डनवाद

- सुरेन उप्रेती

विचारकहरूका चिन्तनले समाजलार्इ सकारात्मक ढंगले,परिवर्तन गर्दै सुव्यवस्थित तौरतरिकाले अगाडि बढाउन खनिएको वैचारिक बाटो नै बाद हो भन्दा कसैले टाउको दुखाउनु पर्ने अबस्था नआउला । संन्सार भरमा बिभिन्न बादहरू आ–आफ्नै बादराम्रो भन्दै रात दिन दौडिरका छन् । ती प्रमुख बादहरू मध्येका चलन चल्न्ती का बाद भनेका पूँजीबाद र साम्यबादले नै अरूलार्इ डोर्याएको पार्इन्छ । एउटाको नेतृत्व अम्रिकाले गर्या छ भने अर्काको रूषले गरेको छ । सायद तपार्इको कन्सिरि ताती सक्यो होला । किन यसले यी दुर्इ बाद भन्दा अरूको नाम लिएन । कि यसलार्इ पत्तै छैन कि क्या हो ? भनेर । छन् धेरै बादहरू छन् यो दुनियामा । राज्यबाद,साम्राज्यबाद, माउबाद, बच्चाबाद, धनबाद,गनबाद ,डनबाद आदी आदी । तर आज यस छोटो लेखाइमा सबै बादको चर्चा परिचर्चा सम्भव छैन ।त्यसैले परा पूर्वकाल देखि चलि आएको तर भर्खर भर्खरमात्र चर्चाको शिखर चुमेको बादको यहाँ चर्चा गरिएको छ । यो बादको नाम हो डनबाद ।
योबाद अरूबादहरू जन्मनु भन्दा धेरै पहिले देखिनै अस्तित्वमा रहेको पुरानोबाद हो । यसबादको परापूर्वकालदेखि भिन्न तरिकाले प्रयोगमा ल्याइएको पाइन्छ । मानव विकाश हुने क्रममा , जब मानिसलार्इ समूहमा बस्नु पर्छ भन्ने चेतनाको विकाश भयो तव यो बाद एकदमै फस्टाएर जान थाल्यो । एकजना बलियो वाङ्गो आफ्नो समूहमा भए पछि त्यस जमातका सबैको पेट भरिने भयो । निर्धाहरू सँग अहिलेका पशलेहरूले र उधोगीहरूले हप्ता तिर्ने जस्ता केहि बस्तुहरू थिएनन् । सुन,रूपैया,पैसा, मोटर, फोन, सिमेण्ट,रड ,घडी,राडी,गलैंचा गाडी केहि हुँदैन थिए । अलि अलि जम्मा गरेको फलफूल र शिकार गरेर ल्याएको चरा चुरूङगी र जनवारको रहलपहल मासु सिवाय । अरूले ल्याएर खान ठिकपारेको बस्तुहरू लुटेर खाने क्रमबाट नै यो बादको शरूवात भएको हो । शिकार खेल्ने र खाने युगबाट विकाश भएर जब पशुपालनको युग सम्म आयो यो बाद झन फस्टायो । कुन जंगलमा या कुन ठाउँमा कुन समुहले गार्इ,गोरू, भैंसी ,बाख्रा जस्ता जनवारहरू पालन गरेका छन् । रातविरात गएर मान्छेलार्इ कुट्ने काट्ने र जनवारहरू लुटेर लाने कार्यको थालनी गरे । त्येसबेला देखिनै लुट्ने र खानेको एउटा समूह र काम गर्नेहरूको अर्को समुह विकाश हुँदै गयो । अरूलार्इ लुट्ने भने पछि लुटिने भन्दा बाठो पनि हुनु पर्यो । बलियो पनि हुनु पर्यो ।
दिनभर केहि नगरि सुत्यो बस्यो । साँझ परेपछि लुट्न निस्कियो । यो नै सजिलो उपाए सुजाए । बिस्तारै आफुलार्इ समयानुकुल परिवर्तन गर्दै हात हतियार बनाउने । आक्रमण गर्नै योजनाहरू बनाउँन थाले । कसरी कम क्षतिमा बढि लुट्न सकिन्छ भन्ने पत्ता लगाउँदै गए । त्यो लुट्ने समूहको नेतृत्व ती मध्धेको बलियाले लियो । र त्यो बलियो नै त्यस समूहको डन बन्यो । उसैका इसारामा सबै सोझा र सिधाहरूले काम गर्न थाले । डनको निगाहामा प्राप्त बस्तुहरूले जीवन धान्न थाले । प्रसस्त लुटेर ल्यायो भने अरूले पनि बढी नै खान पाउन थाले । मार ,र बटुलको अबस्था बाट पशुपालन र कृषि व्यवशायमा रूपान्तरण भए ।
अब लुट्ने समूहले जनवार र खानेकुराहरू सँगै महिला केटाकेटीहरू पनि लुटेर ल्याउन थाले । ती लुटेर ल्याइएका महिला र केथाले । दास दासीहरूलार्इ घरेलु कामका साथै पशुपलनमा र कृषि उत्पादनका काममा समेत लगाए । त्यसताकाका डनलहरूले बर्तमान डनहरूले जस्तै आ–आफ्नो क्षेत्र बाँडेर करहरू उठाउन थाले । भलै नाम भने डन भनेर राखेको थिएन । ती क्षेत्रहरू नै विस्तारै स साना राज्यहरूमा विकाश हुँदै गए । डनहरू राजा रजैौटामा दरिए । हाम्रो देसको इतिहाँसलार्इ नै राम्ररी केलाउने हो भने पुष्टी हुन्छ । दौडमा जितेर राजा हुने । अरूलार्इ कुस्तिमा जितेर राजा हुने आदि , यै डन प्रवृतिको करामत हो । कालान्तरमा अर्को बलियो डन निस्किएर थुप्रै ससाना राज्यहरूमाथि आक्रमण गर्यो । ती हारेका राज्यका मान्छेकाहरूका नाक कान काट्ने, जस्ता उपद्रो गरेको इतिहाँस हाम्रै अगाडि साँक्षि छ । कुनैले जनताको जनै काटेर आश्थालार्इ गोरूगाडामा लादेर पठाएका सबुदहरू हाम्रै अगाडि छन् । अरूलार्इ मारेर राजाहुने प्रवृतिले नेपाललार्इ समेत सयौं बर्ष अँध्यारोमा होम्यो । ती सबै तात्कालिन डनहरूका योजना र कार्यहरूले सफल हुन सकेका हुन । तर नाम र पद भने भिन्न प्रकारको र सम्मानिय प्रकारको थियो । त्यस्ता डनहरूलार्इ राजा महाराजा ,सम्राट,भूपति, भूमिपति आदि आदि नामले सम्वोधन गरिन्थ्यो । अझ भातखाने वेलामा समेत ती डनहरूको नाममा भात चढाउन विवश बनार्इएको कुरा सम्झाइ रहनु नपर्ला । अझै पुस्तौं पुस्ता सम्म यो भात चढाउने क्रम अध्यावधिक छ ।
ती डनहरूले विश्वका विभिन्न ठाउँमा आ–आफ्नै प्रकारले आतङ्क मच्चाएका थिए । तौलिने हो भने केहि कम र बेसी थियो होला तर सर्वसाधारण भने अहिलेका डनले जस्तै अझ बढि नै आतंकित बनाइएका थिए । जर्मनीका हिटलरको दादा गिरी पनि त्यसैको नमूना हो । विश्वलार्इ आफनो नियन्त्रणमा राखे र आफु विश्वको डनहुने सपनाले लाखौको इहलिला समाप्त भयो । फ्रान्सका डनबादबाट अझै धेरै राष्ट्रहरू प्रभावित छन् । स्पेनको डनबादले थुप्रै राष्ट्हरूलार्इ अझै निन्द्रामा पनि सतार्इ रहेको छ । त्यस्तै बेलायति डनबादले विश्वका धेरै राष्ट्रहरूलार्इ दास बनायो । हाम्रै छिमेकी भारतलार्इ समेत निल्न सफल भएको थियो । पछि मुक्तहुन हजारौले हण्डर खानु पर्यो , र बलि चढ्नु परेको सबैलार्इ होशनै छ । नेटो, यूनाइटेड नेशन आदि पनि डनराष्ट्रका संगठनहरू हुन । कस कसले कति आर्थिक भार व्यहोर्न सक्छ उसको शक्तिको र पँहुँचको पनि त्यसैले निर्धारण गर्छ । अहिलेका जी सेभेनहरू, पनि परिष्कृत डनहरू हुन । रसा,चिन आदि डन राष्ट्रहरूको लिष्टमा अग्र पंतिमा छन् । भारत क्षेत्रिय डनहो । यसको दादा गिरि छिमेकी मुलुकहरू नेपाल,बंगलादेस,माल्दिप्स,भुटान ,पाकिस्तान, आदि देशहरूमा व्याप्त छ ।
यी त भए मानव डनका कुराहरू । अझ हाम्रा दवी देउताका पालाका कुराहरू पनि कम रोचकपूर्ण डनबादले भरिएका छैनन् । महादेबका कमाण्डमा नन्दी,भ्रिङगी,चतुर्षष्टी योगिनि, विरबलभद्र, ......आदि । त्यस्तै विष्णुका सैन्यहरू सम्पूर्ण देवगण , देविहरूले चाहे महिषाषुर सँग युद्द गर्दा होस या सुम्भनिशुम्भ सँग युद्द गर्दा सँलग्न सेना सबै डन प्रवृति नै हुन । महिषाशुर, शुम्भ ,निशुम्भ,पनि डनहरू नै थिए । इन्द्रका त्यस्तै सेनामेना थिए । उनले त झन ध्यान गरेर बसेका सोझा बाहुनलार्इ जासुसकेटीहरू पठाएर नाना भाँतिका नाच गान गरेर अल्मल्याउँन लगाउँथे । मात्र उनको डन पद जोगार्इ राख्नलार्इ । त्यस ताकाका ती महान डनहरूलार्इ आज सयौं,हजारौं बर्ष पछिपनि हामी भोक भोकै बसेर ,लाइनमा लागेर पूजा र आजा गर्दै भज्दछौं । देख्नु भो त कुन बाद पुरानो र महान भनेर ।
हाम्रा बर्तमान नेताहरूलार्इ पनि यो डनबादको माहात्मे राम्रै सँग आउँछ । त्येसैले घोषित अघोषित रूपमा भूइँ डनहरूलार्इ संरक्षण गरेर राखेका छन् । यो अहिलेको युग भनेको बिज्ञानको युगहो भन्ने उनीहरूले मनन् गरेका छन् । अब पहिला पहिलाको जस्तो कुदेर, अरूलार्इ शाररिक रूपमा पछारेर डनहुन सकिंदैन भन्ने । त्यसैले अरूहरूलार्इ लड्नलगाउने । कुट्न ,लुट्न र भुट्न लगाउने र प्रतक्ष्य या परोक्ष्य ढंगले त्यसको नेतृत्व आफुले गर्ने । प्रजातान्त्रिक अभ्यास नामको खेलमा ती डननामक यन्त्रहरूलार्इ जति परिचालन गर्न सक्यो तेती बढी भोट आफ्ना नाममा बर्सन्छ । सामान्य जनतालार्इ हेर, तिमिहरूलार्इ भोटहाल्न झन्झट हुन्छ भनेर हामीले सहयोग गरेको भन्दै भोटहालि दिंन्छन् । जनताहरू ए होत नी हाम्रा कस्ता महान विचार भएका विवेकी नेता भनेर गुणगान गाउँछन् । अनि प्रजातन्त्र अमर रहोस् को नारा लगाउँछन् । कस्तो कायदाको प्रजातन्त्र । कस्तो बुद्दिमता पूर्ण छ त डनबाद । एक दुर्इ जना ठेट्नाले विरोध गरे धनबादको सूत्रलगाएर साम्य पार्छन् । त्यसले पनि नटेर अन्तिम अस्त्र गनवाद प्रयोग गर्छन् । मर्नु भन्दा त बौलाउनु निको भनेर घोषेमुन्टो लाउँदै प्रजातन्त्र जीन्दाबादका लार्इनमा लागेर हात ठड्याउँछन् । क्या महान छ यो डनबाद हैन त ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु