उस्तै ! उस्तै !

- चूडा मणि रेग्मी

रातो होस् कि सेतो कालो अचेल त उस्तै !
जति हुङ्कारे नि वावै !सवै उस्तै !उस्तै !

यो पालि त त्यसलाई ! अर्कालाई चुन्छु !
चुन्यौ तानि ! आखिरमा सवै उस्तै !उस्तै !

प्रतिक्रियावादी सुइ ! डुक्री डुक्री हिंड्थ्यौ !
सुइ अरे ! देसै छायो ! खायो ! अझै उस्तै !

केही प्राज्ञ रोए अरे ! 'देश सड्यो ! 'भनी
किन रोए ? कठै वरा ! भने 'अझै उस्तै !

अचेल त अचम्म छ ! मस्त मस्त पारा !
फिक्री मरु !कसो गरुँ ! अझै पारा उस्तै !

उहाँ निकै राम्रो मान्छे ? उडाउनु पर्छ !
थाहा छैन? यो देश छ अझै उस्तै उस्तै !

यो देशको माया गर्ने ! कटिवद्ध हुने !
जत्ति होउन् ! ठिक पार्छौ ! चाला अझै उस्तै !

आखिरमा धन धान्य पद शक्ति मिठो !
यो स्वादमा नडुव्ने को ? यो देश छ उस्तै !

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु