अनौंठो साँढे

- राम बिनय

उज्यालो घाम ।पुष माघको याम ।हरियो घास भएको चौरमा एउटा गाई चरिरहेको थियो । गाई चराउनै गोठालो नजिकको चौतारिमा एक जना साथी सित बाघचाल खेल खेली रहेको थियो ।
यतिकै बेलामा नजिकको जङलबाट एउटा जख्ख्ड्को ब्वाँसो निस्कियो ।
ब्वासोले यता उता हेर्यो ।त्यहाँ नजिकै एउट सोझी गाई एक नासले चरी रहेकी थिइन ।गोठालो खेलमा मस्त थियो ।यताउता कोही थिएन ।यही मौका छोपेर ब्वासो गाईको नजिकमा गयो ।गाईलाई यसो सुङ्यो । र भन्यो-अहो दिदी तपाईं कती राम्रस्,कति शोभासिलि, तपाईंलाई देखेर कुरा गर्न मनलागेर म आएको ।सन्चै हुनुहुन्छ ?
गाईले केही जवाफ फर्काएन ।टाउको हल्लायो मात्रै ।एक्नासले घास खाई रह्यो ।ब्वाँसोको कुरालाई सुने को नसुने जस्तो गरी रह्यो ।ब्वाँसोले गाईलाई गहिरिएर हेरी रह्यो । ब्वाँसो अझ गाईको नजिक गयो । गाईको पछाडी पिठ्युँमा सुमसुमाई दियो । पुच्छर मुनी कन्याइ दियो । गाई पनि चर्न छाडेर ब्वासोले कन्न्याइ दिएकोमा आनन्द मानी । ब्वासोले गाईको पिठ्यूँमा कन्याउदै गर्दा गाईको गुदद्वारमा पनि कन्याइ दियो ।गाई यती आनन्दमग्न भयो कि चौरमा चरिररहेको छु भन्ने कुरा नै बिर्सियो ।यही मौका छोप्पेर ब्वाँसोले आफ्नो ढ्राहा नङ्रा गाईको मल द्वार भित्र पसायो ।
गाई छटपटाएर भुइमा डङरङ पछारियो ।गाईको पेट्को आन्द्रा भुडी सबै निकाली दियो ।पहिले जस्तो उस्ले गाईको मासु खाएन । यस पटक उस्को रणनीती अर्कै थियो -" पेट भित्र पसेर आफै साँढे हुने ।"
यसो आकास तिर हेरयो ।बिस्तारै गाईको पेट भित्र आफै पस्यो ।गाईको जिउमा आफ्नो प्राण घुसायो ।लिङ्ग परिवर्तन गरियो । पहिले गाई चरिरहेको ठाउँमा पछि त्यो ब्वाँसो साँढेको रुपमा उभियो ।बाघ चाल खेली रहेका गोठलोलाई यि सबै घट्नाहरुको बारेमा केही पनि थाहा थिएन ।उ आफ्नै सुरमा खेलिरहेको थियो ।घर जाने बेला भयो । गाईलाई धपाउन नजिक गयो ।उस्ले देख्यो गाई त खतरनाक हान्ने साँढे पो भएछ ।गोठालो छक्क पर्यो ।
यो गाई कसरी हान्ने सान्धे भयो ? उस्ले छक्क परेर हेरिरहयो ।यत्तिकै बेलामा साँढेले ह्क्वाँ गरेर उनिहरुको नजिकमा आयो ।उस्लाई र उस्को साथीलाई हान्न थाल्यो ।
"हे भगवान यो के अचम्म भयो ? यस्तो सुधो गाई कसरी साँढेमा फेरियो ? यो के अनर्थ भयो भन्दै ति दुबै जना भाग्दै घर तिर लागे । यो अनौठे घटनाको खबर चारतिर फैलियो ।
।साँढे अब फुक्का भएर जहाँ पनि जान थाल्यो ।जस्को पनि बालीमा पसेर बाली नास गर्न थाल्यो. लगाइ राखेको बार र पर्खाल पनि भत्काउन थाल्यो ।मानिसहरुलाई देख्ना साथ तेस साँढेले फु फु गर्दै हक्वाँ गर्दै घाइते बनायो तथा कसै कसैलाई हानेर पनि मारिदियो ।मानिस हरुलाई लखेट्न थाल्यो, ।
मानिसहरुलाई देख्ना साथ त्यस साँढेले फुँ फुँ गर्दै हक्वाँ गर्दै घाइते बनायो तथा कसै कसैलाई हानेर पनि मारिदियो ।मानिसहरुलाई लखेट् थाल्यो, । त्यस्ले घर टोल छिमेक्लाई सबै तिर हा हा कार बनायो ।त्यस्को बारेमा कसैलाई जानकारी थिएन ।त्यस्लाई कसरी तह लगाउने हो भन्ने बारेमा कसैलाई एकिन भएन . ।
घर टोल छिमेक्लाईइ सबै तिर हा हा कार बनायो ।तेस्को बारेमा कसैलाई जानकारी थिएन ।तेस्लाई कसरी तह लगाउने हो भन्ने बारेमा कसैलाई एकिन भएन ।कसै कसैले भन्न थालेका थिए- यो काली युगमा पनि गाईको पेटम ब्वासो कसरी पस्न सक्छ ? यो गाई कसरी साँढेमा फेरियो ? अचम्मको कुरा भयो बा ।
कसै कसैले भन्न थालेका थिए -" जे हुन्छ त यो कली युगमा हुन्च ।हुने नहुने सबै हुन्च ।अब हामिले सत्य युगको र कली युगको कुरा होइन ,अहिलेक यथार्त युगको कुरा गर्नु पर्दछ । जे जसो होश तेस साँढेले हाम्रो धन जनको क्षेती पुर्याएको छ ।बाल, युवा,बुढापाका ,महिला ,पुरुष कसैलाई पनि आक्रमण गर्न यस्ले छोडेको छैन ।मार्न छोडेको छैन ।यस्लाई तहा लगाउने उपाय खोज्नु पर्यो ।
सबैले एकै स्वरमा भने " हो , हो उपाय खोज्नु पर्यो।"
त्यस्तो सल्लाह गरिरहेको ठाउँमा पनि त्यो साढे आई पुगे ।त्यस्ले त्यहाँ पनि मानिसहरुलाई जथाभाबी हानेर हमला गर्न लागे ।जम्मा भएका मानिस हरु भागा भाग भए ।धेरै दिनदेखि खोरमा थुनिएर निस्केका जस्ता साढे उन्मत्त बनेका थिए ।अनौठो साँढेको आतंकबाट ग्रसित गाउँले मानिसहरुले गोप्य भेला बैठक गरे ।त्यस बैठकले सबै एक जुट भएर साँढेलाई ठिक ठाउँमा ल्याएर तह लगाउँने रणनिती र कार्य नीती तयार पारे ।क कस्ले के के जिम्मेवारी लिएर कसरी कार्यन्वयन गर्ने भन्ने बारेमा कार्य योजना बनाए ।
गोप्यो भेलाको निर्णय अनुसार उनिहरु सरकारी कार्यालयमा गए । वन्य जन्तु आरक्षेण कार्यालयम गएर उजुरी दिए उजुरिको ब्यहोरा हेर्दा ढिलो गर्न हुने अवस्था थिएन ।सरकारले तुरुन्तै शान्ति सुरक्षाको ब्यवस्था मिलाउन प्रशसनिक कर्मचारी,सशास्त्र प्रहरी खताइयो ।साँढेको आतंक देखेर सशस्त्र प्रहरीहरु समेत छक्क परे ।साँढेरुपी त्यस ब्वाँसालाई सबै मिलेर घेराबन्दिमा पारे । साँढे हक्वाँ गरेर उफ्रदै थियो ।त्यस्लाई जालोमा पार्न खोजियो ।भएन ।त्यो झन बढी हिंसक भएर जथाभाबी आक्रमण गर्न थाले ।त्यस्लाई बेहोस पार्ने गोली चलाउन हाकिमले आदेश दियो ।ससस्त्रवालाले गोली चलाए ।साँढे त लड्यो,तर बेहोस भएन ।साँढे फेरी उठ्यो ।उफ्रन लाग्यो ।झन हिंसक भएर सबै तिर आक्रमण गर्न लाग्यो ।अन्तमा त्यस्लाई बन्दुक्को गोली हानेर मारियो ।
गाउँलेहरु र अरुहरुले लामो श्वास फेरे ।उनिहरुले भने - बल्ल यस्को आतंकबाट मुक्ती पाइयो । बाँच्न सकियो ।
साँढे त मारियो ।तर त्यो सुदागाई भित्र त्यो ब्वासो कसरी पस्यो ? शंकरआचार्यले सन्सारिक जीबनको आनन्द बुझ्नको लागि मरिसकेको राजाको लास भित्र पसेर बाँचेको नाटक गरेर रानी सँग रात बिताएर सम्भोगको आनन्दको अनुभब गरे जस्तो ।तर यो त शंकरआचार्य पनि होईन ।यो त साँढेको रुप्मा ब्वाँसा हुन ।
यस बारेमा निकै बहस छलफल चलेका छन ।छानबिन आयोग पनि गठन गरिएकोछ ।त्यस्को प्रतिबेदन आएको छैन । गाउँलेहरु लगायत अरुहरु समेत त्यस्को पर्खाईमा बसेका छन ।मानिसहरु भन्छन्-त्यो गोठालालाई पनि कारबाई गर्नु पर्छ,जस्ले गाईको राम्रो रेख देख गरेन र यस्तो अवस्था आयो ।त्यस बारेमा सबैले सहमती जनाएका छन ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु