प्रेम छोटा व्यक्ति एक व्यक्तित्व अनेक

- सदानन्द अभागी

मानव जीवनका खुडकिलाहरू, हाम्रो संस्कारबाट हेर्दा गर्भधारण हुन्छ, जन्मन्छ ,जन्मे पछि छैटी (भावीले जीवनकर्म÷ भाग्यरेखा लेख्ने दिन), न्वारन, अन्नप्राशन, छेवर अर्थात चूडाकर्म ब्रतबन्ध, विवाह आदिकर्म गर्दै अन्त्यष्टीसम्म पुगे पछि पुरा हुन्छन् । यो बीचमा हामीले बालक अवस्था, युवा अवस्था र बृद्ध अवस्था पार गर्नु पर्छ । यी अवस्थामा गरिने कर्महरूबाटै मानिसले आफ्नो पहिचानलाई अमरत्व कायम गर्न सक्छ । संसारबाट मानिसले लिएर जाने केही छैन तर दिएर जाने चिजहरू भने धेरै छन् । यहाँ मैले ती व्याक्तिको चर्चा गर्न गैरहेको छु जस्ले ७० बर्षको उमेरमा पदार्पण गर्दै हुनुहुन्छ र हामीलाई विभिन्न विधामा लेखिएका २६ओटा कृेतिहरू प्रदान गरिसक्नु भएको छ । यी अमूल्य रत्नहरूले केवल उनको जीवनीलाई मात्र प्रकाशमय बनाएको छैन किन्तु सारा धौलागिरीको गरिमालाई बढाएको छ भने नेपाली साहिको श्रीबृद्धिको लागि कोशे ढुङ्गा थपेको छ । यस्ता द्विगज बहुआयामिक स्रष्टाको नाम प्रेम छोटा (औपाचारिक नाम प्रेमप्रसाद श्रेष्ठ) हो । उहाँ वि.सं २००२साल बै्रसाख १४ गतेी विहीबार बागलुङ जिल्लाको किनारा टोलमा जन्मनु भएको हो । शिक्षामा स्नातकको अध्ययन गर्नु भएको छ । आज उहाँको साहित्यिक योगदानको कारणले हामीले प्रेम छोटालाई प्रज्ञा भनि सम्बोधन गर्न पाएका छौ । प्रेम छोटा केवल साहित्यमा मात्र रमाउनु हुन्न उहाँको सामाजिक लोकसांस्कृतिक, ऐतिहासिक र आन्वेषणको क्षेत्र पनि त्यत्तिकै फराकिलो र अनुकरणीय छ । यिनै कामले गर्दा आज उहाँलाई दर्जनो सम्मान, पुरस्कार र अभिनन्दनले सुशोभित गराएको छ र विविध क्षेत्रमा उच्चाइमा पु¥याएको छ । एउटा साहित्यकारको कलमको शक्ति विध्वंसकारी एटमवम भन्दा पनि ठूलो हुन्न्छ । कलमले विध्वंस हेैन सिर्जना गर्छ र समाजलाई कुमार्ग छाड्न लगाएर सुमार्गमा परिवर्तन गर्छ । प्रेमछोटाको कलम पनि तीब्र छ र परिवर्तनकारी छ अनुशासित छ र स्वाबलम्बनको मार्र्गगामी छ । म यहाँ उहाँले सिर्जना गरेका कृतिहरूको विधागत विवरण पेश गर्न अनुमति चाहान्छु–
प्रेम छोटा कथाकारको रूपमा–
कथा लेखनमा उनको ‘आल्मारीभित्रको वेचैनी’ प्रथम कथा हो । यो कथा २०२५तिर लेखिएर धवलागिरी वीरेन्द्र माध्यमिक विद्यालय, बागलुङको बार्षिक मुख–पत्र मुनो–२०२५मा प्रकाशन भएर उहाँको कथा लेखनमा हौसला मिलेको कुरा प्रष्टिएकोे छ । यो उनको चर्चित कथा हो । उनका कथासङ्ग्रहको मूल्याङ्कनमा प्रा. डा. महादेव अवस्थीले अस्तित्ववादी दर्शन भएको पाउनु भएको छ । डा.कपिल लामिछानेले यिनका कथामा नारीवादी चिन्तन पाउँछन् । मैले प्रारम्कि कथा पढेको छु । यस कथासङ्ग्रहमा ८ओटा कथाहरू समावेश गरिएका छन् । यी कथामा उहाँले न्यून घटना र पात्रहरूको चयन गर्नु भएको छ । धेरैजसो कथामा मनोगत एकलापको प्रयोग भएको पाइन्छ भने थोरै कथाहरूमा दोहोरो वार्तालापमा भएको पाइन्छन् । यी कथामा कही प्रेमप्रणयले स्थान लिएको छ त कही. प्रेममा विश्वास, अविश्वास, धोका , मिलन, समर्पण, नारीवादी चिन्तन,आदि थुप्रै कुराहरू समेटिएको पाइन्छ । उहाँको कथामा समाजमा घट्ने घटनाहरु प्रतिबिम्बित भएको पाउन सकिन्छ र उहाँका कथाहरू सत्यतथ्य घटनामा आधारित भएर लेखेजस्ता देखिन्छन् । कथाका विविध सार बस्तुलाई केलाउँद प्रेम छोटलाई एउटा सफल कथाकारको रूपमा लिन सकिन्छ ।
प्रेम छोटाले कथा लेखनमात्र गर्दैनन् उनले कथासम्पादन पनि गरेका छन् । उनले लेखेका कथासङ्ग्रह र सम्पादन गरेका कथा कृतिहरू यसप्रकार छन् –
- ‘प्रकारान्त’ कथासङ्ग्रह(२०४२)
- धौलागिरिका कथाहरू सम्पा (२०५३)
- ‘प्ररम्भिक कथाहरू’ २०६८
प्रेम छोटा र लोकसंस्कृति–
आजका जमानामा पश्चिमीया विविध नक्कलले नेपालमा पनि प्रभाव जमाएको छ । यसमा हामिले आफ्नो लोकसंस्कृतिलाई छाड्दै गएका छौ । बाबुआमा जस्तो प्यारो शब्दलाई आजकाल डैडी ममी भनिन्छ । लोक नित्र्यको ठाउँमा डिस्को नाचले स्थान लिएको छ । नेपालजस्तो विविध जातजातिले भरिएको देशमा आफ्ना आफ्ना महत्वपूर्ण लोकसंस्कृतिहरू आफैमा विशाल र सबैलाई आकर्षक गर्ने खालका छन् । लोक संसकृतिमा नेपाल धनी छ । धौलागिरी पनि लोकगीत र लोकसंस्कृतिमा धनी छ र आफ्नै किसिमको लोकसंस्कृति पनि छ । धौलागिरि लोकसंस्कृतिमा आफ्नो अमूल्य पहिचान बनाइसकेको अञ्चल हो । हरेक बर्षको चैते दशैंमा बागलुङमा ठूलो मेला लाग्छ । लोकगीतहरू गाइन्छन् र लोक नृत्यहरू नाचिन्छन् । बर्षभरिको लागि गीतको थेगो÷रहनी या लय भनौ सिर्जना गरिन्छ । यसकोे संरक्षण र सम्बर्धन हुन आवश्यक छ भने यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्राचारप्रसार गर्नु पनि अति आवश्यक छ । यस्तो गहन लोकसाँस्कृतिको मूल्य र मान्यतलाई प्रेमछोटाले पहिचान गर्नु भएको छ र प्रचलित लोकसाँस्कृतिलाई लिपिवद्ध गरेर कृतिको रूपमा प्रकाशन गर्नु भएको छ । उहाँका लोकसाँस्कृतिमा लेखिएका र सम्पादन गरिएका कृतिहरू यसप्रकार छन् –
- ‘धौलागिरीका लोकसंस्कृतिहरू (लोकसंस्कृति, २०४४)
- धौलागिरिको सांस्कृतिक सम्पदा (लोकसंस्कृति, २०६१)
- बागलुङको बास्सानाच अनुसन्धानमूलक लोकसंस्कृति (२०६५), र थपसतिको दोस्रो संस्करण(२०६५),
- बागलुङको साँस्कृतिक पहिचान लोकसंसकृति(२०६८)
- हनुमान नाच बागलुङको साँस्कृतिक पहिचान(लोकसाँस्कृति ,२०६८ )
उपरोक्त अमूल्य कृतिहरू प्रकाशन गरेर लोकसंस्कृ्ितलाई संरक्षण र सम्वर्धन गर्नु चानचुने काम होइन । लोकसाँस्कृतिमा प्रेम छोटाले पु¥याएको योगदान अनुकरणीय र अविस्मरणीय छ । यसमा प्रेमजीले हामीलाई ऋणि बनाउनु भएको छ ।
प्रेम छोटाका कवितासङ्ग्रह र कविता सम्पादित कृतिहरू–
प्राय धेरै जसो साहित्यकाररले साहित्य लेखनको थालनी कविताबाट गरेको पाइन्छ । प्रेम छोटाले पनि कविता लेखनको थालनी करिब १३ ÷१४ बर्षको कलिलो उमेर मै गरेको देखिन्छ । उहाँले आफ्नै शब्दमा भन्नु भएको छ– मेरो सुतेको कवितात्मक आत्मालाई आफ्नो कालजयी, शब्द वाणीरूपी सुइराले छोई दिएर ब्यूँझाई दिनु भयो नाट्य सम्राट बालकृष्ण समज्यूले(अणु–अणुको थुप्रो जीवन र प्रेम नामक मेरो २०१६ सालदेखि २०३० सालसम्म रचित एवम् सङ्ग्रहित कवितासङ्ग्रहको भूमिका –२०६४)’ । प्रेम छोटा कविता लेख्ने काममात्र गर्र्नु हुन्न । उहाँ एक कुशल सम्पादक पनि हो । उहाँले कविता लगायत धेरै कृतिहरू सम्पादन गर्नु भएको छ । त्यतिमात्र नभएर साहित्यिक पत्रकारितामा पनि उहाँको योगदान तुलनीय छ ।
प्रेमजीका कवितासङ्ग्रह र सम्पादित कविता सङ्ग्रहका कृतिहरूको एकझलक
- प्रेमका केही कविता (कवितासङ्ग्रह २०४५)
- काव्य–त्रिवेणी सम्पा (कवितासङ्ग्रह २०५०)
- शााश्वत स्वरहरू सम्पा (कवितासङ्ग्रह २०५३)
-धौलागिरिका कवि र कविता सम्पा (कवितासङ्ग्रह २०५५)
- अणु–अणुको थुप्रो जीवन र प्रेम (कवितासङ्ग्रह २०६४)
- मरणअघिका दुःखीका अभिव्यञ्जनाहरू सम्पा((कवितासङ्ग्रह २०६६)
उनका कविताका कृतिहरूको अध्ययन गरेर समालोचकीय विशेषता त मैले यहाँ प्रस्तुत गर्न सकिन तर उहाँले लेखेका फाटफुट कविता कृतिहरू सरल र भावयुक्त, अस्तित्ववोधी, जीवनवोधी, राष्ट्रवोधी मानवतावोधी भावनाले भरिएका सबैको मन छुने खाले हुन्छन् । अतः प्रेम छोटाका कविता कृतिहरूले उनको जविनीलाई कवितामय बनाएको छ । नेपाली साहित्यको फाँटमा एउटा कोशेढुङ्गा थपेको छ ।
प्रेम छोटा र वंशावली–
कुनै पनि समुदायले आफ्नो पुर्खाको (वंश)को इतिहाँसलाई सजीव बनाउनु सचेत कुलप्ूतहरूको दायित्व हो । आजकल सबै समुदायले आफ्नो आफ्नो वंशको वंशावली तयारमा जुटेको पाइन्छ । प्रेमजीले वंशावलीको महत्व बुझेर सिंह (श्रेष्ठ) पसःखलःको वंशावलीको कृति नै २०६१ सालमा तयार पारी प्रकाशनमा ल्याउनु भएको छ । नेवारी संस्कृति परम्परालाई समेत समावेश गरी वंशावली तयार पार्नु एउटा चुनौतीपूर्ण काम हो । नेवार समुदायको गौरवमय इतिहास छ, गौरान्वित संस्कृति छ, आफ्नै मातृभाषा छ । यस समुदायमा विभिन्न जात जाती छन् । यस्तो गहन संस्कृतिलाई समेटेर वंशावली तयार पार्ने प्रेमजीलाई कुलरत्नको रूपमा लिइन्छ र उहाँ आफ्नो वंशको उज्ज्वल कुलदीप हो भन्न मन लाग्छ मलाई ।
प्रेम छोटाका विविध सिर्जनाहरू–
उहाँलाई मैले व्यक्ति एक व्यक्त्वि अनेकको रूपमा लिएको छु किनकी उहाँको योगदान समाजिक क्षेत्रम, आख्यानको क्षेत्रमा, काव्यत्मक क्षेत्रमा, लोकसंस्कृतिको क्षेत्रमा, इतिहाँस र जीवनी लेखनमा, अनुसन्धानको काममा, पुस्तकालय तथा अक्षय कोष साहित्यिक पुरस्कार स्थापना , समीक्षकक आदि विविध क्षेत्रमा आपूmलाई उभ्याएर गहकिला कामलाई थालनी गरी व्यवहारमा सप्रमाण सम्पन्न गर्ने व्यक्ति उहाँजस्तो समाजमा विरलै पाइन्छन् । उहाँले भानुभक्त भन्दा पुराना कवि वीरशाली पन्तको बारेमा अनुसन्धान गरेर कृति प्रकाशन गर्नुभएको छ भने वीरशाली पन्त बारे लेखिएका लेखलाई सम्पादन गर्नु भएको छ । बागलुङको इीतहाँस लेख्नु भएको छ । उहाँका सिर्जनाका केही विवरण यसप्रकार छन् –
- गुरु गणेशप्रसाद श्रेष्ठ, केही संस्मरणहरू (जीवनी सम्पादन, २०४३)
- धवलागिरिका पुरस्कृत कृति र विहङ्गम दृष्टि सम्पा (समालाचना, २०५७)
- प्रेमका उद्गार (लिखित भाषण , २०५९)
- धवलागिरीको वाङमय सूची(कृतिहरूको सूची, २०६०)
- भूमिकै भूमिकाको भूमिका (भूमिकासङ्ग्रह, २०६२)
- भानुभक्त भन्दा पुराना कवि वीरशाली पन्त –(अनुसन्धान, २०६२)
- प्राथमिककालीन पुराना कवि वीरशाली पन्त सम्पा (अनुसन्धान ,२०६२)
- कुहिरोभित्रश्वेत बान्की एक सृष्टि–दृष्टि अनेक सम्पा( समीक्षा २०६४)
- भक्तिसंङ्कीर्तन ज्ञानमाला ( भजनसङ्ग्रह २०६५)
- बागलुङको ऐतिहासिक घटना (इतिहास, २०६६)
प्रेम छोटाले आफ्नो जीवनमार्गलाई वहुआयमिकरूपमा जसरी अगाडी बढ्नु भएको छ त्यसको लागि निश्चय पनि कठीन परिश्रमको खाँचो अवश्य पर्दछ । यसको लागि प्रेमजीको उच्च साहित्यिक व्यक्तित्व, स्ववलम्वी कार्यशैली, प्रभावकारी सामाजिक प्रष्तिठा, प्रगतिवादी चिन्तन, कार्य सञ्चालनप्रति उहाँको अठोठता, मानवीय मूल्य र मान्यताप्रतिको उहँको प्रभावकारी धारणाले गर्दा सुकार्यको लागि उहाँ हरप्रकारको कठीन्याईलाई सामना गर्न सफल देखिनु हुन्छ । उहाँको भावीजीवन पनि उहाँले आज सञ्चालन गरेका सवै सबै काममा निरन्तरता दिंदै्र, सफलता प्राप्त गर्दै, उज्ज्वल रहोस् र उहाँको ७०बर्षे काव्ययात्राको सफलताको कामना गर्दै, दिर्घायुको लागि बागलुङ भगवती समक्ष प्रर्थना गर्दछु ।

कावासोती नगरपालिका वार्ड नं ७, शान्तिचोक, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 भाद्र, 2071

लेखकका अन्य रचनाहरु