गाइको आन्दोलन

- संप्रस पौडेल "दिवस"

बिजुली नदिएको निहुँमा मकवानपुरमा सडक जाम भयो । काठमाण्डौ्रमा अधिकारी दम्पत्ती झण्डै तीन सय दिनसम्म अनसनमा छन् । डन मारिएको निहुँमा धादिङमा सवारी बन्द गरिए । संसद अवरुद्ध गर्नलाई गुट उपगुटका सभासदहरुले पालो पर्खनु परेको छ । चितवनमा नहरमा पानी नदिएको निहुँमा सडक बन्द भए । तरकारीको भाउ नपाएकोमा काठमाण्डौमा सडकमा तरकारी खन्याएर आन्दोलन भयो । दुधको भाउ नपाएकोमा दुध पोखिए । कहिले त्रि.वि.वि. को लाइब्रेरी जलाउने त कहिले वीर अस्पताल बिरामी बनाउने काम गरेर हड्ताल गरियो । नेपाल हो, यहाँ जुनसुकै विषयमा पनि आन्दोलन, हड्ताल, सडक जाम, तोडफोड, मुक्कामुक्की हुन सक्छ ।
कार्तिकमा कुकुर नपाएको निहुँमा कुकुर्नीले आन्दोलन नगर्ली भन्न सकिन्न । खुला दिसामुक्त क्षेत्र घोषणा गराउँदै सडक सडकमा कुकुरलाई पाइखाना गराउनेका विरुद्ध मानहानी र लाजगाजको मुद्दा हाल्न बेर छैन । खहरेवारी र खहरेपारी कुकुर युनियनबीच एक अर्काका गाउँका तुलसीमोठमा तुक्र्याउन नपाएकोमा रिट पर्न बेर छैन । गधालाई भारी धेरै भएर रोएकोमा ‘गधालाई भारी नपुगे रुन्छ’ भन्ने गलत उखान बनेकोमा मानहानीको आरोप लाग्न के बेर ? अरु त के सुधो प्राणी गाईले समेत आन्दोलन गर्न सक्ने एउटा काल्पनिक व्यंग्यात्मक कथा यहाँ प्रस्तुत गरेको छु ः
राज्यमा नेपाली÷स्थानीय गाई जोगाउन गाह्रो परेको छ । गाईलाई राष्ट्रिय जनावरको बिल्ला भिराउनेहरु हो, ‘राष्ट्रिय जनावर’ भन्नमा मात्रै हो कि यथार्थमा पनि हो ? यथार्थमा हो भने हामीलाई आइडी कार्डको व्यवस्था खै ? गाइले चुनावमा सहभागी हुन चाहे नागरिकता खै ? विदेश छिरेर कमाउन चाहे एमआरपि कसले दिने ? राष्ट्रिय नेता, राष्ट्रिय कलाकार र विशिष्टले मात्र पाउने रातो पासपोर्ट अन्तरिम संविधानमै ‘राष्ट्रिय जनावर’ को मान्यता पाउने गाईले पाउनु पर्छ कि पर्दैन ?
स्वदेशकाले सुनेनन् भनी भारतीय प्र.म. नरेन्द्र मोदी आउँदा नै हामीले कुरा राखेथ्यौं । राष्ट्रिय पनि भन्ने अनि दोश्रो दर्जाको व्यवहार गर्न पाइन्छ ? भन्ने प्रश्नमा उनले उल्टै हामीलाई हप्काए । हाम्रो अस्तित्व मेटाउनमा हिन्दुस्तान पनि मरिमेटेर लागेको छ भन्ने हाम्रो ठहर हो ।
हाम्रा वंशज नष्ट गर्ने अभियानका रुपमा विभिन्न युरोपियन र अमेरिकन देशहरुले सजिलो प्रविधिका रुपमा ए.आई. प्रविधि भित्र्याएर नेपालीहरुलाई पंगु बनाएका छन् । सानो दुधालु अछामे गाई संकटमा परेको छ । अन्यत्र पनि स्थानीय गाईको सट्टामा सिङ र जुरो बिनाका गाई भित्र्याएर ब्रह्माजीको प्रयोगशालाको उपहास भएको महसुस गरेका छौं । हामी पौष्टिक पदार्थले भरिपूर्ण दूध दिने आदिवासी गाईहरुका विरुद्धमा हिजो पच्चिस बर्ष अघिदेखि विभिन्न देशबाट भित्र्याइएका गाईहरु लागिपरेका छन् ।
दिनमा तीन छाक दुध दिएर मात्रै हुन्छ, पौष्टिक तत्व हुनु पर्छ कि पर्दैन ? अक्सिटोसिनले झारेको दुधलाई हामी स्लो पोइजन भन्छौं । यसर्थ नेपालभरका सम्पूर्ण लोकल गाइहरुका संगठनस थारो गाइ संघ नेपाल, नेपाल कोरली बाच्छी संघ, दुहुनो गाइ युनियन, नेपाल बकेर्नो गाई जमात जस्ता हाम्रा संगठनहरुले देशव्यापी आन्दोलनमा ऐक्यबद्धता जनाएका छौं । सम्पूर्ण लोकल गाइहरुका ९ बुँदे माग यसप्रकारको रहेको छ ः
ज्ञ. गाँस, बास र कपास पछि यौन अधिकार पनि प्राणीको आधारभूत अधिकार हो । तसर्थ ए.आई. प्रविधिका कारण गाइको यौन अधिकार कुण्ठित गर्नेहरुलाई यथाशीघ्र कारबाही गरी यस अपराधबाट पीडित गाईहरुलाई क्षतिपूर्तिको व्यवस्था होस् ।
द्द. विदेशी गाई भित्र्याएर पौष्टिक तत्वविनाको दुध सेवन गराउने किसानलाई जेल सजाय होस् ।
घ. विषादीयुक्त तरकारीका कारण गाईहरुमा पाठेघर खस्ने, यौन रोग लाग्ने, बाच्छाबाच्छीमा अपांगता देखिने, थारो रहने समस्याका कारण विषादी भरेर भाउ नपाई बिक्री भएका तरकारी गाईलाई नखुवाइयोस् । यस्ता रोगबाट थलिएका गाईहरुलाई तुरुन्त उपचारको व्यवस्था होस् ।
द्ध. बिरामी हुँदा दुध नदिएको र बाच्छाबाच्छीलाई दुध नपुगी एउटा कुनामा लुकाएको निहुँमा हामीले दिनहुँ शारीरिक तथा मानसिक यातना भोग्नु परेकोमा हाम्रै दुधबाट उत्पादित घिउ खाने पीडकबाट जिउ ज्यानको सुरक्षा होस् ।
छ. कृत्रिम दानाका कारण बाह्रै महिना डायरिया हुने हुँदा स्वस्थ घाँसपात र प्राकृतिक दानाको व्यवस्था होस् ।
ट. गाइगोठमा लामखुट्टे, झिँगाको विगविगीले समय समयमा दुध र दुग्धजन्य पदार्थबाट हुने गरेका महामारीबाट मुक्त हुन ती किटाणु नष्ट गराउनमा जोड दिइयोस् ।
ठ. गाई तथा किसान राहत कोषको गठनका साथै निरोगीलाई निरोगिताको प्रमाणपत्र रोगी गाईलाई तुरुन्त उपचारको व्यवस्था होस् ।
ड. गाइगोठ राख्ने किसानले गाईको सेवा सुश्रुवाका लागि कम्तीमा दिनको पाँच घण्टा समय दिनुपर्ने व्यवस्था होस् ।
ढ. बाच्छोलाई धेरै र बाच्छीलाई थोरै दुध खुवाउने परम्पराको अन्त्य गरी ‘छोराछोरी दुवै बराबरी’ भन्ने मान्यता ल्याउन सके मात्र मानिसहरुले लैङ्गिक विभेदको अन्त्य गर्न सक्नेतर्पm ध्यान दिइयोस् ।

देश विगार्ने नेता, नेता बिगार्ने कार्यकर्ता, कार्यकर्ता बिगार्ने जनता हुन् भन्ने चाल पाएर पनि तिनलाई कारबाही नगर्ने र घाँसपात खाएर मानापाथी पौष्टिक दुध दिने सुधो गाईको क्यारिकेचरबाट सम्पूर्ण गाईमाथि अन्याय भएको महशुस गर्दै गाइजात्रा नामको पर्व न्वारान गर्न वा पूर्णत निषेध गर्न नेपाल सरकार समक्ष नेपाल गाई युनियनको तर्पmबाट जोडदार माग गर्दछ । अस्तु ।
२०७१ श्रावण
हाल ः सिद्धार्थ उच्च मा.वि., हेटौंडा–२

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 28 श्रावण, 2071

लेखकका अन्य रचनाहरु