बाँसै नभेटे कसरी बज्छ बाँसुरी

- विद्या घिमिरे

मापसे यी तीन अलगअलग अक्षरलाई संयुक्त रुपमा उच्चारण गर्दै जाँदा यी अक्षरहरू सिङ्गो शब्दमा नै रुपान्तरित भइसकेका त होइनन् जस्तो लाग्छ । न कुनै भाव, न कुनै अर्थ तापनि संसार पिटिसकेको यो तीन अक्षरको संयोजनलाई शब्द भनूँ शब्दकोेशप्रति बेइमानी गरेको ठहरिन्छ । किनभने नेपाली शब्दकोशमा यसकोे अर्थ र भाव खोज्नुभयो भने तपाईँ जिल्लाराम पर्नुहुन्छ । त्यहाँ यसको नामोनिशान भेट्न सकिन्न, न त यसको महिमा र स्तुति नै त्यहाँ भेटिन्छ । तरपनि कसैले नभेटेको सम्मान अहिले यही तीन अक्षरले पाइरहेको छ । सायद योभन्दा चर्चाको शब्द अहिले हामीकहाँ अर्को छैन । यसले कुनै दिन यति ठूलो महत्व र सम्मान पाउला भन्ने हाम्रा पिता पुर्खाले कहिल्यै कल्पनासम्म गरेका थिएनन् होला ! आज राष्ट्रियस्तरको ख्याति र प्रख्याति कमाएका यी अक्षरहरूलाई हामीले एकै दिनमा पटकपटक उच्चारण गरेर राष्ट्रियमन्त्र बनाई छोडेका छौं । सबै नेपालीले दिनमा एकपल्ट यसको पाठ नगरी सुखै छैन । लाग्छ हामीले यही मन्त्रका प्रतापले यस लोक र परलोकसमेतमा आफ्नो स्थान सुरक्षित गरिरहेका छौं । मादक पदार्थ सेवनकर्ताले त अझ दिनमा कति पटक यस मन्त्रको उच्चारण गर्दै नगर परिक्रमा गरिरहेका हुन्छन्, त्यो गनिसाध्य छैन । तर, मादक पदार्थको उच्चारण सुन्नासाथ राम...राम... भन्दै जिब्रो टोकेर ईश्वर पुकार्नेहरूले पनि यस नगरीमा आजभोलि दिनमा एक पल्ट यो मन्त्र उच्चारण नगरे उसको दिन सार्थक बन्न नसक्ने भइसकेको छ । एकाबिहानै वेदमन्त्र उच्चारणबाट सुरु हुने हाम्रो दिन, राती सुत्नुअघि यो राष्ट्रिय मन्त्र उच्चारण गरेपछि सकिन्छ । किनभने आज कसैले मापसे गरोस् वा नगरोस् ती सबै मानिसहरू कुनै न कुनै रुपमा यसको प्रभावबाट बाहिर छैनन् । सेवन गर्ने त यसै पनि प्रभावित हुने नै भए नगर्नेहरू पनि यसको प्रभावबाट मुक्त छैनन् । यसका केही उदाहरण यहाँ प्रस्ट्याउने जमर्को गर्दैछु ।
युग अनुसार नाम परिवर्तन हुँदै आएको यो पदार्थ देवताका पालामा सोमरसको नामबाट चर्चित थियो । त्रेता युगमा आइपुग्दा ताडी, महुवाजस्ता नामबाट प्रख्याति कमाएको यस पदार्थ द्वापरमा आइपुग्दा मदिरा र दारुजस्ता नामबाट सम्बोधित हुन पुग्यो । कलीको सुरुमा यसलाई रक्सी भन्ने गरिन्थ्यो । जब मत्युलोकका मानिसहरू साँझ पर्नासाथ भक्काभक मृत्युवरण गर्दै परलोक यात्रामा रमाउन थाले । अन्त्यमा मानिसहरूले आफ्नो लोकलाई भन्दा परलोकलाई किन मन पराइरहेका छन् भन्ने गुदो पत्ता लगाउन प्रहरी नामको निकायलाई अह्राइयो । आदेशको तत्काल पालना गर्ने भनेर सर्वत्र चर्चा कमाएको त्यस निकायले व्यापक खोज र अनुसन्धान गरी प्रतिवेदन पेस ग¥यो । प्रतिवेदनमा उसले मापसेबाट उत्पन्न हुने अलौकिक आनन्दका कारण मानिसहरूले मृत्युलोकलाई भन्दा परलोकलाई मन पराउन थालेकाले मापसेलाई कडाइका साथ नियन्त्रण गरी यस लोकका मानिसलाई यहीँ रोक्नुपर्ने सुझाव दियो । प्रतिवेदनउपर छलफल गर्न बसेका वरिष्ठ व्यक्तिहरूले मापसेको अर्थ बुझ्न नसकेपछि अन्त्यमा नेपाली शब्दकोशलाई आधार बनाए । तर त्यहाँ अर्थ त परै जाओस् मापसे भन्ने शब्दसमेत भेट्न नसकेपछि यसको अर्थ खुलाइदिन उनीहरूले पुनः प्रहरीलाई नै हारगुहार गरे । संसारभरको शब्दभण्डार आपूmसित भएझैँ गरी त्यस निकायले बडो ठाँटका साथ मापसे भनेको मादक पदार्थ सेवन हो भनी किटान गरिदियो । सोही मितिदेखि यसको नाम रष्ट्रियस्तरमै मापसे रहन गएको भन्ने विज्ञहरूको भनाइ छ ।
अब के कस्ता चीजवस्तुहरू यस पदार्थको परिभाषाभित्र समेटिएका छन् त ? भन्ने जिज्ञासा उठ्न सक्छ । राष्ट्रियस्तरमा प्रसिद्धि कमाइसकेको विषयमा जानकारी लिने उत्कण्ठा जाग्नु अस्वाभाविक होइन । मस्तिष्कलाई निश्चित अवधिभरका लागि विस्मरण बनाई स्मृतिलाई विस्मृत गरिदिने पदार्थ भनी यस पदार्थलाई ठाउँठाउँमा परिभाषित गरिएको पाइन्छ । तर, यस प्रकारको विशेष गन्ध आउने पदार्थलाई मादक पदार्थ भनिन्छ भन्ने कहीँ कतै उल्लेख छैन । तसर्थ यदि कुनै व्यक्तिले मादक पदार्थ सेवन गरेकै रहेछ भने पनि गन्धको आधारमा उसले मादक पदार्थ सेवन गरेको छ भनी ठोकुवा गर्नु कानुनी हिसाबमा गलत ठहरिन्छ । व्यक्तिले मादक पदार्थ सेवन गरेको छ वा छैन भन्ने खुट्याउन मस्तिष्कको स्थिति परीक्षण गर्नुपर्ने हुन्छ, जुन चिकित्सकीय जिम्मेवारी हो । तर पनि मुखबाट निस्केको गन्धकै आधारमा मादक पदार्थ सेवन गरेको ठहर भई यही कसुरमा मानिसहरूले अनेकौं झमेला र झन्झट व्यहोर्नु परेको समाचारहरू आइरहेका छन् । विशेष गरी सवारी चलाउँदा यस किसिमको झन्झट आइपर्ने मादक पदार्थमा रमाउनेहरूको भनाइ छ । यदि तपाईँले यो पदार्थ सेवन गर्नु भएको छ र गन्धलाई मुखभित्रै दवाउने सामथ्र्यको विकास गर्नुभएको छ भने जतिसुकै मात लागेपनि कसैले तपाईँको केही बिगार्न सक्दैन । तपाईँ आरामले बचेर आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ । तपाईँले चलाउनु भएको सवारीले कसैलाई सिधै हानेर परलोकतर्पm कुँच गराई दियो भने पनि त्यो आकस्मिक दुर्घटनामा दरिन सक्छ तर यो सौभाग्य सबैलाई प्राप्त हुँदैन । मैले अघि नै भनिहालेँ यसको गन्धलाई मुखमा आउनुअघि भित्रभित्रै दवाएर छुमन्तर पार्ने सूत्र तपाईँलाई थाहा हुनु जरुरी छ । मानिसले मादक पदार्थ सेवन गरे÷नगरेको छुट्याउन स्वासबाट निस्किएको गन्धलाई पूर्णतया प्राकृतिक विधिको प्रयोग गरेर दूधको दूध, पानीको पानी छुट्याउने विश्वमा कहीँ नभएको प्रविधि हामीले विकास गरेका छौं । जुन प्रविधिप्रति एउटा नेपाली भएको नाताले हामी सबैले गर्व गर्नुपर्छ । मुखमा सिधै नाक जोतेर स्वासबाट निःसृत दुर्गन्धलाई प्राकृतिक विधिद्वारा पत्ता लगाउने प्रविधिलाई नेपालले अँगालेको निकै समय बितिसकेको छ । विश्वका विकसितभन्दा विकसित मुलुकहरूले समेत अनुकरण गर्न लायक मानिएको यो विधि मापसे चेकिङ्गका लागि निकै भरपर्दो र विश्वसनीय मानिन्छ । यदि तपाईँका आफन्त बिरामी परेर अस्पतालमा छन्, औषधिमूलो र पैसाको जोहो मिलाउने दौडधुपमा तपाईँ हुनुहुन्छ । यही दौडादौडको क्रममा तपाईँ मापसे चेकिङ्गमा पर्नुभयो भने तपाईँले त्यहाँ हतारिएको हाउभाउ र क्रियाकलाप भुलेर पनि नगर्नु होला । किनभने ती प्राकृतिक प्रविधिका पारङ्गतले तपाईँको अताल्लिएको अनुहार हेरेरै मापसे गरेको भनी ठोकुवा गरिदिन सक्छन् । यसबेला आपूmले मापसे गरेको होइन भन्ने प्रमाण तपाईँ आपैmले जुटाउनुपर्ने हुन्छ, जुन फलामको च्यूरा चपाउनुभन्दा मुस्किल काम हो । यो मापसेको कसुर अलि फरक खालको कसुर मानिन्छ यहाँ । एक पटक यसको अभियोग लागेपछि लाग्यो...लाग्यो । यसविरुद्धमा आजसम्म कतै रिट निवेदन लागेको उदाहरण छैन । मुख सुँघ्नेले मुखबाट मापसे भन्ने शब्द फुत्कायो कि तपाईँको इज्जत, मान, प्रतिष्ठा र पैसाको सत्यानास । अब तपाईँको नारकीय यात्रा यहीँबाट सुरु हुन्छ ।
जसले जे मनलाग्यो त्यही गर्न पाइने के नियम कानुन नै नभएको देश हो र ? भन्ने तपाईँको मनमा उठ्ला ! तर यो अलि फरक खालको कसुर हो भनेर अघि नै भनिसकेको छु । कानुनले हरेक अपराधमा सफाइ दिने व्यवस्था गरेको भएपनि यस कसुरमा कुनै सफाइ चल्नेवाला छैन । फेरि यो कसुर गरेकोमा तपाईँले यति चाँडै निर्णय सुन्न पाउनु हुन्छ कि तपाईँले क्षणभर समय गुमाउनु पर्दैन । बरु अदालतको निर्णय आउन समय लाग्ला ! तर यस अपराधमा उता मुख सुँघ्नेले आफ्नो काम फत्ते ग¥यो कि उसको वचन पर्खिएर बसेको चित्रगुप्तले तत्कालै निर्णयको पूर्जी तपाईँको हातमा थमाइसकेको हुन्छ ।
यस्तो जघन्य कोटीमा पर्ने पदार्थ सेवन गर्न हुने कि नहुने भन्ने पनि जान्न मन लागेको होला, यसबारे पनि केही बताइहालूँ । इच्छा हुनेले ठाउँ र अवस्था हेरेर यो पदार्थ डटेर पिउन मिल्छ । कति परिमाण पिउने भन्ने सीमा नतोकिएको हुँदा आपूmले पालना गर्नुपर्ने सामाजिक सीमा र मर्यादालाई कायम राखि यो पिउन मिल्छ । अर्थात यो पिएँ भन्दैमा टोलवासीको निद्रा हराम गर्न र जसलाई भेट्यो त्यसलाई भकुर्दैे हिँड्न तपाईँले पाउनुहुन्न । यसो गर्नुुभयो भने तपाईँले सिधै मामाघरको यात्रा गर्नु पर्नेछ । अझ बच्नुपर्ने मूल कुरो भनेको यो सेवन गरेको सुरमा तपाईँको हातबाट कुनै अपराध कर्म भयो भने तपाईँले कुनै हालतमा उन्मुक्ति पाउने सम्भावना रहँदैन । मापसे गरेको थिएँ, नसा लाग्यो र नसाको सुरमा अपराध कर्म हुन गएछ भनी उम्कन सक्ने अवस्था हुन्न । अधिक रक्सी सेवन गरेको मान्छे स्मृति हराएर निश्चित अवधिका लागि पागल बन्छ, त्यसैले पागलले गरेको अपराध क्षमा भएजस्तै मैले पनि माफी पाउनुपर्छ भन्ने तपाईँको जिकिर हो भने यसको कतै सुनुवाई हुनेवाला छैन । तपाईँ सरासर गलतमा पर्नुहुनेछ । यसको मूल अर्थ के भने तपाईँ आपूm हल्लिँदै हिँड्नुस्, लड्नुस्, फेरि उठ्नोस, नालीमा खस्नोस् चाहे बाटोको कुनालाई दुर्गन्धित बनाउनुहोस् तपाईँलाई कसैले लान्छना लाउन पाउँदैन । तर सुर हराउने गरी सुरा पिएँ भन्दैमा तपाईँले अर्को पक्षलाई बिझाउन भने पाउनु हुन्न ।
मेरो छिमेकमा एक भद्र छन् । हरेक साँझ रमझममा बिताउन शौखिन उनी पहिला आफ्नै गाडीमा हुइँकिन्थे । सहरमा मापसेको चेकिङ्ले गति लिन थालेपछि एक्कासि उनले गाडी बेचिदिए र ट्याक्सीमा आउने जाने गर्न थाले । त्यसको केही दिनमा उनको घरमा अनौठोको प्राणी देखियो । भर्खर २२÷२४ वर्षको त्यो प्राणी नातामा ती भद्रको सालो रहेछ । एउटा कानमा ६÷७ वटा मुन्द्रा छ, अर्को कान बुच्चै, बोली केही लठेब्रो भए पनि सुनिरहूँ लाग्ने त्यो मृदुभाषी सिन्काजस्तो नाडीभरि हरियो, रातो र नीलो रङ्का टालाटुली बाँधेर हिँड्छ । चौबीसै घण्टा झल्लाराम देखिने ऊ पाइन्टको बाहिर कट्टु लगाएर बहुरुपिया भेषमा हरेक बिहान दूध लिन पसल जान्छ । बाटोमा देखे जति कसैलाई अङ्कल कसैलाई अन्टी कसैलाई दाजु त कसैलाई ब्रो सम्बोधन लगाई मुसुक्क हाँस्ने र पख् भनेजस्तो इशारामा एक हातले नमस्ते ठोक्ने अनौठो शैलीले गर्दा आएको चार दिनमै सारा टोललाई उसले आफ्नो बनायो । मोजा नलगाई सिधै जुत्ता लगाउने विशेष पहिचान रहेको उसको अनुहारमा देखिने चुस्स दाह्री र कुखुराको सिउर ठडिएजस्तो कपाल एक पटक देखेपछि उसलाई बिर्सन गाह्रै पर्र्छ ।
ऊ आएको हप्ता दिन नबित्दै ती पियक्कडले उसको रोजाइमा एउटा गज्जबको भटभटे किनिदिए । तर यो साधनको जरुरत त्यो नमुनालाई भन्दा तिनै पियक्कडलाई बढी थियो । जब त्यो अनौठो जीवले पाइन्टबाहिर कट्टु पहिरिएर मोजाबिनाको जुत्तासहित नाडीभरि रङ्गीचङ्गी कपडा बाँधेर अजङ्गको मोटरसाइकलमाथि विराजमान हुन्थ्यो हेर्न लायक देखिन्थ्यो । अझ दुवै हात पैmलाएर भटभटेको हैण्डिल समात्दा त ठ्याक्कै उड्न लागेको हुँचीलजस्तो लाग्थ्यो । रातको दस कटेपछि कराउने त्यो भटभटे पर्न पनि निकै ओरिजिनल परेछ क्यारे ! सुरुकै दिनदेखि त्यसको आवाजले टोलमा बिताण्डा मच्चाउन थाल्यो । स्टार्ट गर्नासाथ निक्कै ताउमा आउने र भयानक आवाजमा पड्कने स्वभाव भएको त्यो मोटरसाइकल पड्किन थालेपछि टोलका बालबच्चा र बूढाबूढीको मुटु काँप्थ्यो । जब राती १२ को आसपासमा त्यो मोटरसाइकल फर्किन्थ्यो, फेरि एक पटक बस्ती थर्कमान हुन्थ्यो र सुत्थ्यो । कतिपय घरका सिसा चर्किए भन्ने पनि सुनियो । उनीहरूले भटभटेको आवाज घटाउन मिल्छ कि भनेर सोधेका पनि रहेछन् । जवाफमा खै ढुङ्गाले हानेको छैन, आपैm घर कच्ची बनाउने अनि मैले के गर्ने ? आवाज सानो बनाउन त कम्पनीमा वार्ता गर्न जानुपर्छ, बरु जाने बेलामा मलाई खबर गर्नु म गएर कुरा मिलाउँला भनेर तारले बाँधेका दाँत ङ्च्यिाएर मरेछ । आपूm टोल सुधार समितिको पदाधिकारी भई खाएको मुद्धा मिलाउँदैको सास्ती । रात परेपछि सधैँ जान्थ्यो र त्यसको भिनाजुलाई पछिल्लो सिटमा राखेर फर्कन्थ्यो । बस् यत्ति नै थियो उसको र मोटरसाइकलको दैनिकी । कहिले त दिक्क लाग्थ्यो । हरे कस्तो विपत्ति भित्रियो यो टोलमा । पहिला पनि यी पियक्कडले पिएकै हुन् । सुरुक्क गाडी लिएर आउँथे कसैलाई थाहै हुन्नथ्यो । आफैले गाडी चलाउने हुँदा थोरै नै पिउँथे होलान् ! सबैले शान्तपूर्वक सुत्न त पाएका थिए । यो सबै परिणामको दोष मापसे चेकिङ्गले पाइरहेको थियो ।
एक रात झन्डै ११ बजेको हुँदो हो, उसको भटभटेको आवाजले ब्युँझायो । केहीबेरमा कल्याङ्मल्याङ् आवाज आउन थाल्यो । यसो छिमेकको घरतिर आँखा पु¥याएको त त्यही नमुनाको कन्तबिजोग भइरहेको ! यो देखेर मलाई ऊप्रति टिठ लागेर आयो । आजचाहिँ तेस्को भिनाजुलाई मज्जाले बाँधेर ल्याएछ । आफ्नै गलबन्दी खोलेछ र खुट्टो टेक्न नसक्ने भिनाजु र आपूm दुवैलाई एकैठाउँमा राखेर कम्मरमा मर्ने गरी कसेछ र लिएर आएछ । त्यो मोजाबिनाको जुत्तेले समस्या सुल्झाउन निकालेको जुक्ति देखेर म तीनछक परेँ । चढाउँदा तेस्को भेनालाई कसरी चढायो कुन्नि ! यहाँ आई सकेपछि भने परेछ फसाद ! गलबन्दी खोलौं, कहाँदेखि बचाएर ल्याएको मुर्छित भिनाजु गल्र्याम्म ढलेर पछारिने डर ! नखोलौं कतिबेर बोकिरहनु त्यो ठस्ठसी गन्हाएको जँड्याहालाई । त्यसमा पनि भिनाजु अग्लो आपूm होचो । भिनाजुले आपूmलाई बोक्ने कि आपूmले भेनालाई । त्यही भेना पनि आपूmलाई बोक्न सक्ने भइदिए त कुरो बेग्लै । अनि पो घरका अरु आएर सहयोग गरिदेलान् भन्ने आशमा मोटरसाइकलमै बसेर कराउँदो रहेछ । हैन त्यो सिटमा गतिलोसित बस्नसमेत नसक्ने अवस्थाको मान्छेलाई यस्तो खतरा मोलेर त्यसले कहाँदेखि लिएर आएको होला ? चालकले मापसे गरेन भन्दैमा हुन्छ र ? ती मापसे चेक गर्नेहरूले के हेरेका होलान् ? केही गरी बोझ थेग्न नसकी यसले सन्तुलन गुमाएर कुनै ठाउँमा ढुन्मुनिँदै लड्न पुगेको भए, एउटै गलबन्दीमा बेरिएर मापसे गर्ने त जान्थ्यो...जान्थ्यो, उसको दशाले सग्लोलाई पनि छोड्ने थिएन क्यारे ! यस्तै सोच्दासोच्दै मेरो एक घण्टाको निन्द्रा चौपट भयो ।
अर्को एक दिन यही मापसेको चक्करमा गुरुजीको हुनु बेइज्जेत भएथ्यो । तै गुरुलाई अप्ठेरो पर्नासाथ कस्सो मलाई सम्झिन पुगेछन् र सुटुक्क फोन गरेर मलाई बोलाएको हुँदा धन्न गुरुको इज्जत जोगियो । यदि यो घटना बाहिर आएको भए गुरुजीको रोजीरोटी कमाएर जहानबच्चा पाल्ने पेसा नै धरापमा पर्न सक्थ्यो । कुरो के परेछ भने कर्मकण्डी पेसाप्रति गुरुको अनुभव र समर्पणबारे धेरै टाढाटाढासम्म चर्चा फैलिँदै गएपछि जजमानहरूको वृद्धि भएछ । जजमानी काममा भ्याई नभ्याई हुने स्थिति आएपछि घरका सबैलाई भेला गरेर बैठकमा उनले आफ्नो समस्या राखेछन् । आम्दानी बढ्ने निश्चित हो भने एउटा दोस्रा हाते स्कुटी किनेर भएपनि घरमा भित्रिने लक्ष्मीलाई अन्यत्र जान नदिने विषयमा सहमति जुटेछ । यसमा सबैभन्दा दह्रो समर्थन भरखर कलेज जान थालेकी छोरीको भएपछि बाबुछोरी भएर भोलिपल्टै दोस्रो हाते स्कुटीलाई माला र अविरले सिँगारेर घर भित्र्याएछन् । त्यसपछि भतिजोलाई गुरु मानेर यो बुढ्यौलीमा निकै दुःख र हण्डर झेलेरै भएपनि उनले स्कुटी चलाउन सिकेछन् । बेलाबेलामा कलेजका साथीहरूलाई फूर्ति लगाउँदै स्कुटीको गफ हाँक्ने अवसर जुरेकोमा उता छोरी दङ्ग । यता बुढ्यौलीमा पनि दिनमै ६÷७ ठाउँमा जजमानी गरी पहिलेभन्दा दोब्बर पोकापन्तुरा र दक्षिणा जोहो गर्न सक्षम बूढालाई देखेर गुरुआमा फुरुङ्ग । स्कुटीको चमत्कारले एकाएक आम्दानी ह्वात्तै बढेकोमा छोराबुहारी सबैको अनुहार चम्किलो थियो भने घरका सबैले आफ्नो सम्मान र खानपानप्रति चासो देखाएकोमा गुरुको मन पनि गद्गद् थियो ।
त्यसदिन पनि सधैँझैँ सुरुवाल कमीज र इष्टकोटमा ठाँटिएर दोस्रो हाते स्कुटीमा सवार भई जजमानी गर्न भनी उनी आफ्नो घर कलङ्कीबाट काँडाघारीतिर छाँटिएछन् । जङ्गली बयर भनेपछि हुरुक्कै हुने गुरुको स्वाद र चाखका विषयमा पारङ्गत भइसकेका जजमानले केही दिनअघि पहाडबाट आई पुगेको बयर बडो जतनसाथ राखेका रहेछन् । कर्मकाण्डी कर्र्म सकेर बिदाबादी हुने बेलामा जजमानले बयरलाई एउटा प्लाष्टिकमा पोको पारेर गुरुको चरणमा चढाएछन् । गुरुले पनि तत्कालै पोको खोलेर पूरै सुकेर चाउरी परिसकेका बयर निकै चाख मानेर धीत् मरुञ्जेल खाएछन् र दुई÷चार दाना मुखमा च्यापेर कुटकुटु पार्दै बाटो लागेछन् । झमक्क साँझमा हिँडेका गुरु आउँदै गर्दा झ्वास्सै परिहाले मापसे चेकिङ्गमा । चेक गर्नेले रोकेर कहाँबाट आउनुभो भन्ने सोधाइको उत्तर दिन काँडाघारीको काँ...उच्चारण गर्न गुरुले के मुख बाएका थिए । मुखनजिकै नाक राखेर प्राकृतिक प्रविधिको प्रयोग गरिरहेको पारखीले स्वासबाट ह्वास्स निस्किएको गन्ध चिनिहाल्यो । उसले मिठासपूर्ण स्वरमा खै लाइसेन्स देखाउनुस् त बा ! भन्यो । उनले पनि खल्तीबाट हत्तपत्त लाइसेन्स निकालेर यी लाइसेन भनी त्यो छोराको हातमा थम्याई दिए । बयरको गन्धलाई मापसेको गन्ध भनेर ठोकुवा गर्दै हातमा आएको लाइसेन्स च्यापेर उसले ल बा यस्तो चीज खाएर सवारी चलाउन मिल्दैन । त्यसैले अब स्कुटी यहीँ छाडेर यो रसिद लिएर जानुहोस्, भोलि बग्गीखानामा आएर स्कुटी र लाइसेन्स लैजानु होला है भन्यो । हातमा रसिद आई सकेपछि यसको सुनुवाइ हुन नसक्ने तथ्यबारे अनभिज्ञ ती गुरुले उसको पीछा छोडेनन् । राम...राम... यस्तो चीजलाई कहिल्यै हेर्दा पनि नहेर्ने मानिसलाई के भन्नुभएको बाबु ! मैले त बयर खाएको हुँ, भन्दै उनले सफाइ प्रस्तुत गरे । तर उल्टै यहाँ पक्राउ खाई सकेपछि सबै यस्तै भन्छन् । यस्तो बुद्धि त्यो चिज खानुभन्दा अघि नै आएको भए राम्रो हुन्थ्यो । ल अब जानुहोस् ! हाम्रो धेरै काम छ भन्दै उनीहरू अर्को मोटरसाइकलतिर लागे । गुरुले कहिल्यै मापसे नगरेका र मापसे चेक गर्नेले कहिल्यै बयर नखाएको हुँदा यी दुवै पदार्थको गन्ध उस्तै आउँछ भन्ने न मापसे चेक गर्नेले बुुझेको थियो, न त गुरुलाई यस कुराको जानकारी थियो । बिचरा गुरु ! नखाएको विष लागेर त्यसैको रन्कोमा घरतर्फ लागे । घर पुगेपछि जहान परिवारबाट आफ्नो वेदना लुकाए । स्कुटी नल्याएकोमा घरमा सोधखोज भयो । आज लाइसेन नलिई गएछु उहाँ पुगेपछि थाहा भो, त्यसैले स्कुटी छोडेर आएँ, भोलि गएर ल्याउँछु भन्दै उनले ढाँटे ।
भेलिपल्ट पैसा तिरेर लाइसेन्स र स्कुटी लिन गएका गुरु बग्गीखानामा पुगेपछि पो छाँगाबाट खसेजस्ता भए । पैसा तिर्नुअघि क्लासमा बस्नुपर्ने नियम उनलाई कसैले बताएकै रहेनछ । एकैचोटी क्लासमा पस्दा त जताततै जजमान र जजमानका सन्तानमात्र । यो देखेपछि गुरुको होसले ठाउँ छोड्यो । उनी एकै झट्कामा करेण्ट लागेझैँे कोठाबाट बहिरिएछन् । धन्न कुनै जजमानले उनलाई देख्न पाएन र उनी बचे । यदि कसैले चिनेर पाऊ लागेँ गुरुजी मात्र भनिदिएको भए भोलिदेखि गुरुको पेसा चौपट । सुरा पिउँदै जथाभावी गर्दै हिँड्नेलाई कस्ले गुरु मानेर चरणस्पर्श गर्छ र कुन मूर्खले कर्मकण्डी काम दिन्छ ? सफाइ सुनाउन नपाउँदा आफूमाथि मापसेको महाअभियोग लागेको भनी कतिलाई काँडाघारीको बयर पुराण सुनाउँदै हिँड्नु । त्यही पनि झुट नै झुटको यो संसारमा उनको भनाइप्रति कति जनाले विश्वास गर्लान् ? यस्तै कुराहरू मनमा खेल्दाखेल्दै पुषको कठ्याङ्ग्रिदो दिनमा पनि गुरुको पसिना छुटेछ । आङ् सिरिङ्ग भएपछि बाहिर आएर परिवारलाई समेत नभनी लुकाएर राखेको गुह्य कुरो बताउँदै सहयोगका लागि मलाई फोन गरेका रहेछन् । म पुगेर भेट्दा गुरुको अनुहारको रङ् उडेको थियो । बयर खाएर यति ठूलो अभियोग र लान्छना सहेका गुरुको अवस्था निक्कै दयनीय देखिन्यो । भेट हुनासाथ रसिद मेरो हातमा थम्याउँदै, बाबु ! बरु हजारको ठाउँमा दुई हजार वा तीन हजार नै तिरेर भए पनि यो सङ्कटबाट पार लगाइदिनु प¥यो । यसपछि यो थोत्रो कण्टकलाई म आजै लगेर जति आउँछ त्यतिमा बेचिदिन्छु । बाँसै नराखेपछि कसले बजाउन सक्छ मेरो बाँसुरी ? ल बाबु ! यति गरिदिनु भयो भने हजुरको यो गुन म कहिल्यै भुल्ने छैन भन्न थाले । तर मैले के नै गर्न सक्थेँ र ? गुरुलाई एकैछिन त्यहीँ बस्न लगाएर म भित्र पसेँ र व्यवस्थापनमा कुरा गरी गुरुले यो क्लासमा नभ्याउने हुँदा यसपछिको क्लासमा राखिदिन अनुरोध गरी गुरु भएको ठाउँमा फर्कें । योभन्दा अर्को विकल्प केही नभएको हुँदा यदि त्यस्तै समस्या आई परे जाडोमा लगाई राखेको उनी टोपीको सक्दो सदुपयोग गरी अनुहार छोप्ने सल्लाह दिएर हिडेँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु