गजल

- गोपाल झापाली

स“गै जिउने मर्ने, कहानी बेकार भो,
तिमिलाई सा“च्या, जवानी बेकार भो ।

प्यासी ओठमा शीतका थोपा, तिर्खा उस्तै छ,
आगोमा घिउ मेरो, लगानी बेकार भो ।

देउराली र फूलपाती कतै छैन विश्वास अव,
ढुङ्गास“ग मुटु साट्नु, अन्जानी बेकार भो ।

न रहयो बा“स अब, न बज्छ बा“सुरीनै,
धर्ती पनि फाटे पछि घामपानी बेकार भो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु