अधम र अधमहरु

- राजेन्द्र पहाडी

मुलुकमा शान्ति प्रक्रिया अगाडि बढिरहेको आजको सन्दर्भमा समाजमा अनेकौं चरित्र र स्वभावका अदमहरुको बिगबिगि पनि बढिरहेको देखिन्छ । राजनैतिक, आर्थिक र सा“स्कृतिक फूर्ति लगाएर अरुलाई लगार्नेदेखि भौतिक रुपमै आक्रमण गरेर विपक्षीलाई पछार्नेसम्मका खेल जो कसैले देखिरहेकै विषय हो । बहुविविधताले भरिएको मुलुक भएर पनि होला सबै क्षेत्र र तप्कामा विविधताको झल्को भेटिइहाल्छ । जो जे जस्तो अवस्थामा छ उसले सोही ढंगको फूर्तिफार्ति देखाइहाल्छ । ठेलागाडा चालक देखि रिक्सा चालकसम्म, साइकलदेखि मोटरसाइकलसम्म र चार पाङ्ग्रेदेखि दश पाङ्ग्रैसम्म सबैको आ–आफ्नै तुजुक छ । यतिमात्र होइन, गर्न हुने र गर्न नहुने विधि प्रयोग गरेर हात पारेको उच्च शिक्षाको प्रमाण–पत्र देखाएर अरुलाई तर्साउन खोज्नेहरुको पनि कमि छैन वर्तमान समाजमा । मेहेनतले योग्यता हासिल गर्न नसकेपछि चाकडीका माध्यमबाट नया“ उपाधी हातपार्न तल्लीनहरुको लज्जास्पद अवस्था पनि देखेकै विषय हो । चर्चा र प्रचारका लागि मात्र भएपनि सबै संघसंस्थामा पद ग्रहण गर्ने तर पदीय दायीत्व निर्वाह नगर्ने रोगबाट ग्रसितहरुको संख्या पनि उल्लेख्य छ नै ।
विहानको एककप चिया पिउनका लागि मात्रै भएपनि अर्काको दैलो चाहर्नेहरुले यो समाजलाई के नै दिन सक्लान् र ? आफ्नो खल्तीबाट दुईपैसा निकाल्न हात कमाउनेहरु अर्काको प्रायोजनमा सित्तै खान पाएपछि होसै छाडेर घिच्दा र’छन्, परेकाले भनेको कुरा हो यो । ‘चाकडी’ विषयमै भएपनि विद्यावारिधीको उपाधी ग्रहण गर्ने लालसा भएकाहरु हाकिमका घरमा विदेशी ब्रान्डका पेयपदार्थदेखि स्वदेशी तरकारीसम्म ओसार्दा र’छन् सरम नै नमानी । केही हुनेखाने, सुकिलामुकिला र मोजमस्तीमा रम्न चाहनेहरुको पछि लागेर तिनकै जुठोपूरो खान पल्केकाहरु अरुको बद्ख्वाईं गरेर मालिकहरुको प्रसस्ती गाउन रात–दिन खट्नुको अर्थ खोज्न धेरै मेहेनत गर्नै पर्दैन । कथित ठूलाबडालाई रिझाउनका लागि आफ्नै थातथलो दाउमा राख्ने वृत्ति भने निन्दनीय कुरा हो । समस्या परेपछि रुझेको बिरालो झैं लल्याकलुलुक गल्नेहरुले कसरी आफ्नो निम्छरो अडान छाडेर आफैले आफैलाई हुतिहारा, कमजोर, मूर्ख र हरिलठ्ठक घोषणा गर्दछन् त्यो परिजान्ने र देखिजान्नेलाई घाम जत्तिकै छलङ्र्ग भएको विषय हो । तर अचम्म त के छ भने तिनै स्वघोषित अधमहरु कहिलेकाही“ आफ्नो असली रुप बिर्सिएर स्यालहुइया“ गरेका भेटिन्छन् ।
आफू सुरक्षित भएपछि वा आफ्नो हितरक्षा भएपछि सबै ठीकठाक हुन्छ भन्ने ठान्ने अतिवादीहरु अर्काले गरिखाएको सहन सक्दैनन् । अर्काको कमाइमा ¥याल काड्ने यस्ता प्रवृत्तिका कामचोरहरु अनेक बहाना गरेर श्रमजीविको शोषण गरिछाड्छन् । बाह्य आवरणमा के के न भएजस्तो देखिए पनि भित्र खासै केही क्षमता, खुबी र हैषियत नभएकाहरु अरुहरुमाथि लिंडे ढंगले राज गरेर खाइरहेका छन् । आफ्ना समकक्षी, सहकर्मी, आफन्त र छिमेकीको राम्रो कुरा सुन्नै नचाहने तन्नमहरु भित्रभित्रै रिस, डाह र आक्रोसले कति जल्दा हुन् यो भने अध्ययनकै विषय हो ।
हिसाब–किताबलाई दाया“ बा“या, तलमाथि मिलाई मिलाई खान पल्केका भ्रष्टहरु स्वार्थ नमिल्दा कसरी भा“डिन्छन् र मिलेपछि कसरी एकैठाउ“ हुन्छन् यो सामान्य व्यक्तिले पनि भन्न सक्ने कुरा हो । यताको कुरा उता र उताको कुरा यता गरेर खान पल्केका दलाल मानसिकता भएकाहरुको खासै कित्ता हु“दो रहेनछ । कित्ताको भ्रम दिएर मन नपरेकालाई भित्ता लगाएपछि तिनले कसरी बा“कीजनलाई जिल्ल्याउ“दा रहेछन् त्यो त जिल्लिने नियति भोगेकाले नै भन्लान् ।
हात्तीको देखाउने र चपाउने फरक–फरक दा“त भएजस्तै अर्कालाई प्रयोग गरेर स्वार्थसिद्ध गर्न पल्केका मस्तरामहरुले दिनदहाडै रुप फेर्न कत्ति सरम मान्दैनन् । जो सामुन्ने पर्छ उसैको स्तुतिमा लाग्ने भतुवा प्रवृत्ति भएकाहरुले अर्कालाई स्वाभिमान, गौरव र आत्म–सम्मानका अर्ति सुनाउनु वेकारको फूर्ति गर्नु मात्रै हो । आफ्नो योग्यता, क्षमता र गुणमा पटक्कै विस्वास नभएझैं ख्वामितहरुका दैला ढुक्ने र झिंगा धपाउनेहरु ऐन मौकामा कमजोर र लुते प्रमाणित हुने कुरामा कुनै शंका छैन ।
वास्तवमा सत्य के हो भने गफ हा“केर र चिप्ला कुरा गरेर केही पनि परिवर्तन हुन सक्दैन । अर्काको मेहेनत, परिश्रम र विद्वता खर्चिएको ठाउ“मा आफ्नो नाम राखेर गमक्क फूल्नुको कुनै अर्थ हु“दैन । नया“लाई अवसर दिने हो भन्दै जिम्मेवारी लिनबाट पन्छिने तर भित्रभित्रै आफ्नै दुनो सोझ्याउन षड्यन्त्र गरेको नबुझ्ने गोबर गणेश आजको जमानामा को होला र ?
दृष्टिकोण र चिन्तनमा एकरती पनि सकारात्मक सोच नभएका टेढाहरुले अरुका लागि सोच्ने, अर्काको अस्तित्व स्वीकार्ने र बसुधैव कुटुम्बकम्को भावना राख्लान् भनेर अनुमान गर्न सकिंदैन । फाइदा हुनेभए आफ्नै भाइ भतिजालाई कुच्चाउने कुत्सित मनसाय राख्ने नकच्चराहरु कसरी लोककल्याणका बारेमा सोच्न सक्छन् होला र ? अर्काको पसिना, श्रम र आम्दानीको केही प्रतिशत काटेर खान पल्केकाले सुको पैसो अरुका लागि लगानी गर्दैनन् । बरु पाए अरुको हसुर्छन् । अरुलाई रित्ताउ“छन् । सिद्धाउ“छन् । आफू धुरीमा बस्छन् र सडकमा हिंड्नेको टाउको कुच्याउ“छन् ।
वास्तवमा यो एउटा नकच्चरो प्रवृत्ति हो । अरुलाई होच्चाएर अरुको कद घटाएर आफ्नो उचाई बढेको महसुस गर्ने युटोपियन प्रवृत्ति । अरुलाई चुसेर आफू मोटाउने सामन्ती प्रवृत्ति । आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बा“दर प्रवृत्ति । सुनेपनि नसुनेजस्तो गर्ने, ननिदाए पनि निदाएजस्तो गर्ने र नभए पनि भएजस्तो गर्ने बोक्रे अधम प्रवृत्ति । आफू हा“सेर बा“कीलाई रुवाउने घोरमुखो प्रवृत्ति ।
आफू मात्र ठीक अरु सबै खत्तम र कामै नलाग्ने देख्ने खोटी आ“खा भएका स्वा“ठहरु आफ्नै आङको फोहोर देख्दैनन् र अरुको कोट्याई–कोट्याई देखाउ“छन् । आफूलाई मात्र पूर्ण, योग्य र सक्षम भन्ठान्ने र अरुलाई अपूर्ण, अयोग्य र अक्षम देख्ने हेराइ नै गलत छ । ‘मै खाऊ मै लाऊ.....अरु सब मरुन् दुर्वलहरु’ भन्ने उक्तिलाई आदर्श मानेर अघि बढ्दा अधमपनाले अरु धेरै मलजल पाउ“छ । अधम प्रवृत्ति रोपेर असल प्रतिफलको अपेक्षा गर्नै सकिन्न । अ“ध्यारो, बेथिति र उल्झनमा विश्वास राख्नेहरुले उज्यालो र दुनियाको भलो भएको हेर्न चाह“दैनन् ।
दुर्नियत राखेर दैलादैला चाहार्ने र दहिच्यूरे बानी प्रदर्शन गर्ने लुठाहरु सकेसम्म अर्काको घर फुटाउन चाहान्छन्, यति गर्न नसके आपसी भर काट्न सिकाउ“छन् । ‘फुटाउ र राज गर’ भन्ने आदर्शलाई शिरोपर गरेर हिंडेकाहरुले अरुलाई भट्काउनु, बिच्काउनु र फुटाउनुमा आफ्नो सर्वोच्च सफलता देख्छन् । अधमहरुको जमात थपिंदै जा“दा यिनको भविश्य सुनिश्चित हुन्छ भन्ठान्छन् यिनीहरु । तसर्थ जति सक्यो धेरै अधमहरु जन्माउनु यिनको अभीष्ट हो । अरुलाई खुइल्याएर, भुत्ल्याएर, नङ्गाएर र जङ्ग्याएर अधम सर्वोच्चता कायम गर्नु अधम र अधमहरुको अन्तिम लक्ष्य भएको बुझ्न कठिन छैन । अधमहरु नसच्चिइकन समाज सच्चिन सक्दैन । अधमहरु नफेरिइकन राष्ट्र फेरिन सक्दैन । तसर्थ देशबासी समस्त अधमहरु जतिसक्दो छिटो फेरिनु पर्दछ । देशको भविश्य यिनै अधमहरुको बानी व्यहोरा र आचरणमा निर्भर छ । सम्पूर्ण अधमहरुलाई चेतना भया । अस्तु ः

मैत्रीचोक १०, कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2071

लेखकका अन्य रचनाहरु