भानुभक्त र रामगीता

- सदानन्द अभागी

परिचय
भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाती र धनञ्जय आचार्यका पुत्र थिए । भानुभक्तले आझ्ना बाजे श्रीकृष्ण आचार्यबाटै शिक्षा हाँसिल गरेका ्िथए । उनी बाजेको साथमा काशी गएका थिए । त्यहाँ उनको अध्ययन राम्रो भयो । उनले रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि लेखे । भानुभक्तका कृतिहरूमा मैले रामगीतालाई अध्ययन गरेंर समीक्षकीय रूपमा केही सारतत्त्वहरूलाई यहाँ लेख्ने प्रयास गरेको छु । भानुभक्त कालजराले थलिएको र मरणासन्न अवस्थामा भएको बेला रामगीतालाई आपूmले अनुवाद गरेर आपूmले लेख्न नसकी छोरा रामनाथलाई टिपाएका हुन् भनिन्छ । जे होस् रामगीता आज हामीले पढ्न पाएका र्छौं यसको देन भनेको भानुभक्तको नै हो ।
रामगीताको संरचना
बाबू सोमनाथजी काठमाण्डको सम्पादन र जय नेपाल प्रकाशन कचौडी गली वनारसीले प्रंकाशन गरेको २०४६ सालको संस्करणको असली ठूलो श्री आदिकवि भानुभक्त आचार्यले लेखेको. रामायण अध्ययन गर्ने मौका पाएँ । रामगीता यही रामायणको उत्तरकाण्डको ‘अथ रामगीता–५’ शीर्षकमा पृष्ठ नं २६८ मा समावेश गरिएको छ । श्लोक नं १२०देखि १४९सम्म २९श्लोक तथा ११६ ओटा पङ्तिहरूले सजिएको छ रामगीता ।
रामगीताभित्र पस्दा
संसारमा जब जब अन्याय अत्याचार पापाचारले स्थान ओगट्दै जान्छ । जीवहरूले शान्तिमय जीवन विताउन कठिन पर्दछ । त्यतिवेला भगवानले कुनै न कुनै रूप लिएर यस पृथ्वीको भारलाई हरणा गरेर सबैलाई हित गर्ने कामहरू भएको हामीले पाउँछौं । त्रेता युगमा रावणादि दानवहरुले पृथ्वीकामात्र नभएर ऋषि मुनि तथा देवादिहरूसमेतलाई नाना किसिमका दुःख दिएको हुँदा स्वयम् विष्णु भगवानले दशरथ राजाको मानवपुत्रको रुपमा जन्म लिएर यस पृथ्वीको भार हरण गर्नु भएको थियो । हामीले रामायणको अध्ययन गर्दा के पाउँछौं भने रामचन्द्र भगवान स्वयम् ईश्वर हुँदा हुदै पनि मानव क्रियाकर्मलाई अङ्गाल्दै सबको कल्याण गर्दै, दानवादिहरुलाई पनि तार्दै लोककल्याणकारी काम गर्नु भएको यथार्थतालाई यी श्लोक बाट अध्ययन गर्न सकिन्छ –
लीला मेरि भनी सुनीकन तरून् ई लोक संसार भनी ।
लोकैको हितका निमित्त भगवान् मानिस स्वरूप्का बनी ।।
लीला गर्नुभयो र बृद्धहरूले जो गर्दथ्या सो गरी ।
सत् कर्मै गरि दिन् बिताउनु भयो बाधा सबैको हरी ।।१२०।।
यसै समयमा लक्ष्मणजीले भगवान रामसँग आपूmलाई लागेका धारणाहरू राख्नु हुन्छ र भगवान रामचन्द्रले पनि लक्ष्मणले राखेका जिज्ञाशाहरूलाई प्रष्ट पार्नु हुन्छ । लक्ष्मणजीले संसारमा सबै भन्दा ठुलो विष कुन हो भन्ने जिज्ञाशामा भगवानले भन्नु हुन्छ – ‘ब्रह्मस्वै विष हो’। यसबाट लक्ष्मणजीलाई चित्त बुझ्यो र पुन प्रश्न राख्नु हुृन्छ – भगवान ज्ञानस्वरूप देहहरूका आत्मा अधिनमा भए पनि अनेक तरहका भूभार हर्नुृ भयो । यो आत्मारूपी भगवानको लीला हो भन्ने ज्ञान त केवल भक्तहरूले मात्र जान्दछन् । यो लीला त दयाको निमित्त हुन गयो भन्ने पनि मानिन्छ । त्यसो हुँदा म हजुरको पाउ पर्दछु भन्दलै मलाई यो जान्ने इच्छया जाग्यो कि यस संसारमा आनन्द भोग गरी पछि सहजरूपमा संसार कुन पाठले तरिन्छ ? लक्ष्मणका यी बचन सुनेर भगवान रामचन्दले मुखै हँसिलो बनाएर लक्ष्मणको सम्पूर्ण तापलाई हरण गर्दै तत्त्वज्ञान दिन थाल्नु भयो । यो तत्त्वज्ञानलाई वेदले पनि संसार तर्ने साँगु मानेको छ त्यस तत्त्व ज्ञानलाई भगवान रामचन्द्रले लक्ष्मणलाई यसरी भन्नु हुन्छ –
ई वर्णाश्रमका क्रिया जति त छन् तिन्लाइ पैल्हे गरी ।
दश इन्द्रीय र मन जितेर गुरुका साम्ने अगाडी परी ।।
आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर ग¥या ।
आत्मज्ञान पनि मिल्छ यही रितले संंसार् कतीले त¥या ।।१२१।।
बास्तवमा ब्रह्मचर्य, ग्राह्यस्थ वानप्रस्थ र सन्यास आश्रम चार किसिमका आश्रमलाई हिन्दुधर्मले लिएको छ । यी वर्णाश्रमका कर्महरू जे जति छन् यिनलाई सर्बप्रथम गरेर, दश इन्द्रियमा पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय( बाक, पाणि, पाद, वायु र उपस्थ) साथै मनलाई जितेर , एउटा शिष्यले एउटा गुरुप्रति गर्ने कर्म आदर सत्कारगदै आत्मज्ञान प्राप्त गर्न गरिने कर्मले गर्दा आत्मज्ञान पनि प्राप्त हुने र यो संसारबाट पनि
यसको साथ साथै काम गर्दा फलको आशा गर्दछ भने पुन यस्तै देहको रूप लिन्छ र त्यो फलको भोगको साथै अरु कर्महरू पनि मन लगाएर गर्दछ । यस्ता व्यक्तिको देह यस भूवनमा चक्रसरी भएर घुम्दछ । यो चक्रमा घुमाउने कर्म अज्ञानले गर्द छ । यो अज्ञान शत्रुसमान हुन्छ । यो शत्रू समानको अज्ञानलाई नष्ट गर्ने पनि ज्ञानले मात्र सक्दछ । अज्ञान र कर्ममा कति फेर छ भन्ने कुराको ज्ञान हुन पनि आवश्यक छ र अज्ञानलाई नष्ट गर्ने काम ज्ञान बाहेक अरु कुनै छैन । यदि यही अज्ञानका कर्मबाट अज्ञानबाट मानिस मुक्त हुँदैन मानिसबाट राग छुट्दैन र अज्ञानी कर्म गर्दै जान्छ भने यही जगतमा घुम्दै कर्म गर्दै जान्छ । त्यसो हुँदा ज्ञानको कर्म गर्दै जानु पर्दछ र संसारबाट पार लाग्न सकिन्छ । वेदहरूमा पनि विद्यालाई सहायक गर्ने कर्म हुन्छ भनिएको छ । विद्याालाई सहायक होला भनेर कर्म गर्नु पर्दछ तापनि कसैले विद्यालाई रतिभर सहाय केही चाहिंदैनन् भन्छन् भने पनि भन्न दिऊ किनकी विद्या र कर्ममा पनि विरोध छ –
हुन्छन् कर्म त देह गेहहरुमा पूरा अभिमान भई ।
विद्याहुन्छत जो छ तेहि अभिमान देहादिमा को गई ।।
विद्याको र इ कर्मको त छ विरोध् सहाय हुन्थ्यो कहाँ ।
विद्यै एक् छ समर्थ मुक्ति दिनमा यैजान्नु सबले यहाँ ।।१३०।।
त्यसो हुँदा सबले जान्नुपर्ने कुरा के हो भने विद्या नै मुक्ति दिनमा सामर्थवान् छ । श्रुतीहरूले पनि विद्याले अरुको सहायक खोज्दैन भनेका छन् । तस्मात विद्या विरोधी कर्महरुलाई छाडी दिनु पर्दछ र विद्यामात्रै ठूलो भनेर यो मनमा स्थान दिनु पर्दछ । तत्त्वमसीको वाक्यार्थ जान्नु पर्छ र तीन पदका तात्पर्यमा मन दिनु पर्छ भनिएको छ –
जो यो तत्त्वमसी छ वाक्य यसको वाक्यार्थंजानी लिनू ।
यसमा तीन पद छन् ति तीन पदका तात्पर्यमा मन् दिनू ।।
तत्को अर्थ परात्मा हो ति पदमा त्वं भन्नु जीवात्मा हो ।
इनको ऐक्य बुझाउन्याअसि छपद् रातदीन विचार गर्नुयो ।।१३२।।
परात्मा र जीवात्मको बारेमा जानकारी लिनु र विचार पु¥याउनु, त्यसैको बारेमा दिन रात मनन चिन्तन हुनु आवश्यक छ । शरीर भनेको मायाले बनेको हो र यो आखिरमा नाशवान नै छ । देख्नु भनेको सबैमा पञ्चमहाभूत नै हो र संसारको सुख दुःख साधन स्वरूप यो देह देखिन्छ साथै स्थूलोपाधि पनि कहिन्छ सबैले तर यो एकक्षण पनि टिकेर रहदैन यो गलेर जान्छ भनिएको छ –
दश इन्द्रीय र मन अपञ्चिीकृतभूत यो सोह्र जम्मा छ जो ।
स्थूलोपाधि भनि कहिन्छ सबको मूल भोग मानिन्छयो ।।
यसै स्थूल उपाधि भित्र छ सदा यिनको वियोग भो जसै ।।
स्थूलोपाधि गलेर जान्छ सबको टिक्तैन एक क्षण कसै ।।१३४।।
बास्तवमा हामीले भोगेकै कुरा हो यो शरीर त नाशवान छँदैछ भने के चिज यस मानव जीवनमा टिकाऊ छ भन्ने कुरा पनि भगवान रामचन्द्रले भन्नु भएको छ । जीवमात्र मुक्त, शुद्ध र निर्मल छ –
जीवता मुक्तछ शुद्ध निर्मल फटिक जस्तो उपाधि गरी ।
सो निर्मल पनि हुन्छ सङ्ग गुणले उस्तै उपाधि सरि ।।
ईनै दूई उपाधिदेखि बुझ जब होला फरक् जीव् जसै ।
तस्सै मुक्त हुन्याछ छैन नहिंंता अर्को उपायै कसै ।।१३५।।
जसरी राताका सँगमा फटिक रहे रातै देखिन्छ त्यस्तै आत्मा पनि जस्तो उपाधि सँग रहन्छ त्यस्तै देखिन्छ तर यो भनेको झलक मात्र हो । यो झलक पनि झुटो मात्र हो किनकी फटिक भनेको एक पारदर्शी सेतो पत्थर हो यसमा रातो मिसिएको हुँदैन पारदर्शी भएकोले रातोझलकसँग राखिएकोले रातो देखाइ दिएको मात्र हो । त्यसरी आत्मा पनि मुक्त, शुद्ध र निर्मल छ । यस भित्र भएको उपाधिलाई हामीले झुटा मानेर छाडिदिनु पर्छ –
जाग्रत् स्वप्न सुषुप्तिवृति तिन छन् यस् बुद्धिका ई पनि
झुटै देखिलिइन्छ नित्य सुखरूप यस ब्रह्म रूपमा भनी
जानी वृत्ति निरोध् गरेर जनले यो आत्म जानी लिनू
आत्मा भित्र उपाधिलाइ त झुटा जानेर छोडी दिनू
गुरुका र वेदका बचनले आत्मालाई चिन्नु पर्दछ । यसरी जसले आत्मालाई बुझ्दछ त्यो त्यसै घरीमा तर्छ । त्यसो हुँदा आत्माविचार गर्नु पर्छ । आत्माविचार गर्नुपर्दा हामीले हामी यस रूपको हुँ भनि जानकारी हुनु पर्छ । अज्ञानबाट मुक्तिपाउनको लागि आत्मविचार बाहेक केही छैन भनि जान्नुपर्छ । आत्मलाई चिन्हको लागि पनि एकान्तमा गएर बस्नुपर्छ दश इन्द्रीय र मनलाई पनि जितेर आत्मै विचारमा पस्नु पर्छ । यो जगतको सबै प्रकाशमय आत्मै सत्ताबाट भएको हो जान्नु पर्दछ । यही रूपमा बुझ्न सके आपूm पनि यसै रूपमा भइन्छ । बास्तवमा अज्ञान अवस्थामा ओंकार वाचक हो सबै जगतको तर वाचक ज्ञानोत्तर हुन सक्दैन त्यो आत्ममा लिन हुन्छ , भनिएको छ –
ओंकार वाचक हो सबै जगतको अज्ञान अवस्थामहाँ ।
ज्ञानोत्तर हुन सक्छ वाचक कहाँ लीन हुन्छ आत्मैमहाँ ।।
आत्ममाजबलीन् भया अउम तीन विश्वादि शाक्षी सहित् ।
आत्मै मात्र रहन्छ तेस् बखतमा निर्मल उपाधी रहित् ।।१४२।।
जब ज्ञानका विचारले निर्मल उपाधी रहित आत्मा म हूँ भन्ने दृढता जुन मानिसमा पलाउँछ त्यो मानिसलाई जीवनबाट मुक्त भएको कहिन्छ र त्यो कहिलै तापमा पर्दैन । आफ्नो साम्ने कसैले हरिलाई देख्न चाहान्छ भने पनि देख्न सक्छ । त्यसको लागि –
सब् इन्द्रीय शमन् गरेर बलवान् कामादिको नाश गरी ।
अभ्यास गर्नु समाधिमा त सहजै देखिन्छन् साम्ने हरि ।।
यही पूर्ण अनन्त आत्मरूपको सधै ध्यान गर्दै जानुपर्दछ अनि प्रारब्ध छ बलियो छ त्यसलाई पनि बुझेर सबै सुख दुःखलाई सहदै दैनिकक्रमलाई विताउँदै गइन्छ भने यो देह छुट्छ र संसारका सबै दुःख छाडेर ईश्वर (राम) मा लिनहुने छ भन्ने मार्गदर्शन भगवान बाट प्राप्त भएको छ –
आदीमा न त अन्त्यमा न बिचमा यो देहधारी बनी ।
पूर्णानन्द हुँदैन जान्नु सबले यो सत्य बात् हो भनी ।।
तस्मात् यो विधि छोडि गर्नु जनले आत्मै विचार खुप गरी ।
त्योमैमामिलिजान्छजलजलधिमा पौंचेर मील्या सरि ।।१४५।।
देहमा रहुन्देर देहधारीको लागि पूर्णानन्द हुँदैन । पूर्णानन्दको लागि त हामीले परमात्मा स्वयम् ईश्वरमा लिनहुने मार्गमा लाग्नु पर्दछ । यस सम्बन्धमा भगवान रामचन्द्रजीले मार्गदर्शन दिंदै भन्नु हुन्छ –
आत्मा मात्रछ सत्य यो सब जगत् झुट्टै छ भूmटो पनि ।
डोरी सर्प बुझ्या सरी अबुझमा देखिन्छ साँचो भनी ।।
जान्नू जानिइएन पो यदि भन्या मेरो चरणमा परी ।
सेवा गर्नु र जान्दछन् नतर ता टर्दैन कस्तै गरी ।।१४६।।
भगवान रामचन्द्रले भाइ लक्ष्मणलाई, वेदका सार तथा रहस्य सबै बताउँदै भन्नु हुन्छ कि जसले यसलाई विचार गर्दछन् मनन् गर्दछन् कोटी जन्म लिएर गरेका सकल पाप सजिलै टर्दछन् । यो सबै जगत झुटो हो भन्ने जानेर सदा भगवान रामचन्द्रमा भक्तिभाव लगाएर आनन्दरूपी भएर रहनु राम्रो हो भन्दै सकल जनमा पनि रामचन्द्रले संसारको यो दुखबाट मुक्ति प्राप्त गर्ने यसप्रकार बताउनु भएको छ –
श्रद्धा भक्ति रहोस् गुरू चरणा मेरा वचन्मा पनि ।
यसलाई श्रुतिसार् बुझीकन पढोस् मूल् तत्त्व यै हो भनी ।।
यस्ता रीत्यो पढ्यो पनिभन्या अज्ञानको नाश गरी ।
मेरै रूप् बनिजान्छ जान्छ सहजै संसार सागर तरी ।।१४९।।
भगवान रामचन्द्रले मानवले मुक्तिप्राप्त गर्न सक्ने सहज मार्ग के हो र त्यसलाई कसरी अवलम्वन् गर्नु पर्छ भन्ने मार्गदर्शन जो लक्ष्मणलाई दिइएको थियो, त्यसको सङ्क्षिप्त सार उपरोप्त बमोजिम मैले यहाँ प्रस्तुत गर्दै विदा चाहान्छु ।
धन्यवाद,

कावासोती नगरपालिका वडा नं ७ नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु