प्रस्थान

- डा. मधु माधुर्य

सृजनाको शृंखला न हो
अन्त्य गर्दै युगको -
धमिलो आहाल - साम्राज्य
शुरु हुन्छ -
मेरो कविता !

र थाम्न नसकी
छातिबाट फुत्किने छ
एउटै साझा / उन्मुक्त आवाज -
"यो मेरो स्वास-प्रस्वास हो !"

याद छ तिमीलाई ?
एकान्तमा आनन्दले झाम्म छोपेको !
त्यो कविताको निशव्द स्पर्श थियो .....
अर्थात
प्रेमको पर्याय / विम्व थियो -
मेरो कविता !

आज मान्यताहरुको हाटबजारमा -
जीवनको विकल्प बन्नु परिरहेछ
मेरो कविता ....!!!

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 चैत्र, 2070

लेखकका अन्य रचनाहरु