संजोग

- दिलिप सगर राई

ल है कान्छा दाई ! मेरो बिदेश यात्रा कस्तो छ ? राम्रो हेर्देउ हेर्देउ !” झन्डै ८–१० बर्ष बनारस दिल्ली बसेर ज्योतिषशास्त्र पढि फर्केको तर पेशाको रुपमा नलीई सकेको रिजाल कान्छाको हस्तरेखा हेर्ने कलालाई गाँउमा खासै कसैले वास्ता गर्थेन । यसो कहिलेकाहि टिपाचिना हेर्ने गरेकोले चाम्लिङे जेठा उसकोमा हात हेराउन गएको थियो । रिजाल कान्छो चाम्लिङे जेठाको हात हेर्दै भन्दैथ्यो,– ‘भाई यो हप्ता त तिम्रो बिदेश भ्रमण हुदैन । ठूलो संकट देखापरेको छ । एक महिनापछि मात्र राम्रो काम बन्छ । ढिलो हुन्छ राम्रो हुन्छ । अहिले हतार नगर ।’
“हैन कसरी हुदैन ? भिषा लागिसक्यो । पर्सि दिउसोको फ्लाईट कन्फर्म भइसक्यो । हन के भन्दैछौ दाइ ?” चाम्लिङे जेठा कडकिदैं बोल्यो,– ‘भरे बसको टिकट काटेर राजधानी लाग्दैछु ।’
“तिमी फर्कन्छौ, गए पनि केहि घटना भएर मर्न सक्नेसम्म देखिन्छ । तिमी काठमाण्डौ पुग्दैनौ, कसरी बिदेश उड्छौ ? बरु यो सनी–ग्रह थोरै छ । २३ हजार जप गराएर तीनसाता पछि मात्र जादा राम्रो हुन्छ त्यसपछि कमाई राम्रो हुने काम पाउँछौ ।”
“हेरु म भोली राजधानी पुगेर छाड्छु र उड्छु पनि ।” यति भनि उ घरपरिवारसंग बिदा लिई साँझको बस चढेर बाटो लाग्यो । चराचर जगतमा सम्पुर्ण प्राणिहरु बिश्रमा लिन आ–आफ्नो गुडमा कुर बसे । सुनसान रात घरपरिवार मस्त निदाएको क्षण अँध्यारोमा कसैले ढोका ढक्ढकाएर बोलाको सुनी उठ्दै श्रीमतीले छक्क पदै साधी,– ‘तपाई ! फर्कनु भो त ? के भयो बाटोमा ?”
झोला भुईखाटमा राख्दै आफु फर्कनुको रहस्य बताउदै बोल्यो जेठा,– “यहाँबाट त हिडियो इटहरी कटेपछि इनरुवा नपुग्दै सप्तकोशि बाँध फुटेर गाउँघरतिर पसि घर, बाटो, धान बालीहरु बगाउदै थियो । अनि अघि जाने कुरै भएन सबै यात्रुहरु त्यहि बसमा फकियौ. ।”
त्यो सप्तकोशि बाँध भत्केको दुःखद घटनाको समाचार रातीदेखि नै रेडियो, एफ. एम. र टिभि च्यानलहरुले प्रसारण गर्दैथे, राष्ट्रिय संकटकाल घोषणा भएर ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 28 माघ, 2070

लेखकका अन्य रचनाहरु