बोटानिका प्रेम

- मनि राई गोठाले

फू–पेकले दिएको ठेगानामा निर्धारीत समय मै क्योरी आईपुगी ।
क्यानडिल डिनर ईन्भाईटेशन हो यो । साँग्रिलाको तडक भडकमा क्योरीको श्रृङगार निकै खुलेको थियो । हाई, हेल्लो र वेलकमको औपचारीकता पछि केही झुकेर अलिकति मुख बिगारी क्योरीले । तर, त्यो कुरा फू–पेकको नजरबाट लुक्न सकेन र बोल्यो,– ‘मलाई थाहा थियो, यो स्मोकिङ जोन तिमीलाई मन पर्दैन भनेर ।’
‘हैन हैन ।’ –क्योरीले सापट झुट बोली ।
‘के गर्नु ! हालमा म सँग भएको पैसाले यो मात्र रिर्जव गर्न सके । म माफी चाहन्छु ।’
तपाई मेरो मनले खाएको साहित्यकारमा पर्नु हुन्छ । वाईन खनाउनुस न तपाई ।’ –कुराको प्रसंग नै अर्को तिर मोडेर क्योरी बोली ।
‘क्योरी !’ –फू–पेकले गम्भिर भएर भन्यो ।
‘हुँ !’ –क्योरीले सामान्य रुपले सम्बोधन स्विकारी ।
‘यसो भनौ की ? म तिमीलाई नराम्रो लाग्दैन भने मेरो ओभरकोटको गोजीमा भएको दुईवटा निलो गुलावको फूल यो फ्लावर पोटमा सजाऊँ ?’
‘अवश्य सजाउनुस ।’
फूल सजाई सकेपछि फू–पेकले अर्को पटि फर्केर हातले केही ईशारा ग¥यो । तत्कालै एकडीङ्ग, बेला, सेक्साफोन र प्रिजम ड्रम उपस्थित भयो । नोटेशन स्टयाण्ड उभाईयो र त्यसमा नोटेशन राखियो । र, तिनीहरु आफ्नो काममा लागे ।
‘कृपयाः हामी दुई केही समय डान्स गरौ !’ – फू–पेकले हात बढाउदै भन्यो ।
वातावरण सेन्टिमेन्टल संगीतको शुर सागरमा स्खलन भयो । क्योरीले बिस्तारै भनी,– ‘म कसरी विश्वास गरु कि तपाई एक मछवारा हुनुहुन्छ भनेर ?’
‘क्योरी ! तिमी सुन्दर छौ । अहिले मलाई विश्वास भयो ।’
‘तपाई आफ्नो ओठ मेरो ओठसँग विस्तारै जोड्नुस र दुवै हातले मलाई कम्मरमा समाई आफूतिर खिच्दै फेरी यै कुरा भन्नुस त !’
फू–पेकले त्यसै गरेर भन्यो,– ‘तिमी सुन्दर छौ क्योरी ।’
‘फू–पेक ! म सुन्दर होईन, तपाईको हेराई सुन्दर हो ।’
‘बस...बस...भयो । नबजाउ अब बाजाहरु ।’ –फू–पेक केही झोक्कियो र भित्री गोजीबाट पाईप निकाल्यो, भाप्यो र सल्कायो ।
क्योरीले फू–पेकको ओठमा एक मिठो चुम्बन दिदै यसो भनी,– ‘साहित्य लेखनको निम्ती तपाईलाई दुहाई दिन आवश्यक छैन । तर जब तपाई माछा मार्न लाग्नु हुन्छ त्योबेला भगवानको कृपा दृष्टि तपाईमा परोस माछाले गर्दा तपाईलाई जाल तान्न हम्मे हम्मे परोस । गुड नाईट फू–पेक ।’
क्योरीले ‘गुड नाईट फू–पेक’ भन्न साथ फू–पेकले बलिरहेको एकजोडी क्यानडिललाई फुकेर निभाई दियो र उ पनि उठेर एकातिर लाग्यो । अब त्यो रिर्जव स्मोक जोन सुनसान भयो र मौन लाईटको प्रकाशमा निभेको क्यानडिलको पातुलो–पातुलो धुवा र गुलाबको निलो दुई थुङ्गा फूल मात्र देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 माघ, 2070

लेखकका अन्य रचनाहरु