गणेशकुमारलाई चिठी

- राजेन्द्र पहाडी

मित्रवर गणेशकुमार ! पर्वतेली रैथाने साहित्यिक पत्रिका ‘कालीको सुसेली’ त्रैमासिक अङ्क २ मा सम्पादकलाई चिठी लेखेर अचाक्लीको रडाको ग¥यौ रे भन्ने सुनें । कौतुहलताले तिम्रो ‘सम्पादकलाई चिठी’ शिर्षकको कविता नपढि धरै पाइन, आद्योपान्त पढें र धेरैबेर गम खाए“ । प्रायः कुची, क्यान्भास र रङ्गहरुस“ग रमाउने तिमी अचेल कविताको माध्यमबाट छेडखान, घोचपेच र घोरमुखो प्रवृत्तिलाई मर्म मर्ममा प्रहार गर्न खप्पिस निक्लेका छौ भन्दा रहेछन् तिम्लाई नजिकबाट जान्नेहरु । म सुधो बिलखबन्दमा परें । लामो समयसम्म खै के, खै के भयो । तिम्रा अमूर्त चित्रलाई सत्यमा आधारित भएर नबुझ्नेहरुले अन्यथा अर्थ लगाउलान् र मनपर्दी परिभाषित गर्लान् कि भन्ने भयले तिम्लाई कवि बनाएको हो कि ? सामाजिक परिवर्तनको उत्कट चाहनाले सताएर क्रान्तिको आगो ओकल्न कलम उदाएका हौ ? वा क्यानभासको संगतले नरत्ताएर तिमी कवि चिनिन चाह्यौं ? यो तिम्लाई नै थाहा होला । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय कुश्माद्वारा भर्खरै प्रकाशित तिम्रो कृति ‘अग्नियात्रा’ ताप्दै, झोसिंदै, डामिदै अघि बढेदेखि तिमीभित्रको कवि कति जुझारु, उर्वर, सील्पी र अन्तर चेतनाले ओतप्रोत छ भन्ने नजिकबाट बोध गरें । शब्दको सहायताले जीवनको उहापोह दुरुस्त उर्तान तिमी बिछट्टै माहिर रहेछौ । अनिवार्य, अकाट्य तर चुनौतिपूर्ण यात्रामा अगाडि बढ्ने तिम्रो प्रतिवद्धतालाई हृदयदेखिको सलाम । मैले बुझेको गणेशकुमार सनातनी ‘गोरु’ हो भन्ठान्थे म, किनकि ऊ कर्ममा आस्था राख्थ्यो, आफ्नो जिम्माको काम जस्तै अवस्था परे पनि सम्पादन गर्नु उसको स्वभाव थियो (वास्तविक गोरुहरु सच्चाई, इमान्दारिता र पौरखका पक्ष्ँपाती हुन्छन्), तर तिमी आफूलाई चक डस्टर घोट्ने र विद्यार्थीका पिंडौला ठोक्ने ‘गुरु’ (?) पनि मान्दा हौं । मैमत्ता बहर हुनै नपाई (भयौं र ?) र बिना शल्यक्रिया गोरु भएका गणेशकुमार आजकल परिपक्व, धीर र शालीन ढंगले जोतिइरहेको देख्छु आफ्नो कर्ममा÷सृजनामा । कला र साहित्यको क्वा“टी (?) पकाएर सु–स्वादिष्ट पकवान पस्कन सक्ने छोटो नाक भएको गणेश हिजोआज फा“ट फुकेको गोरु जस्तै झर्रो पारामा नलुकाईकन अतिसार गर्ने र अनिष्ट रच्ने निसाचरहरुको दोहोलो काड्न उद्दत छ भन्ने थाहा पाउ“दा पुलकित नभईरहन सकिन“ । वस्तुतः इत्ला कान्ला भत्काउन उद्दत छत्तउरे बहरहरु र जुवा का“धमा हाल्दा नहान्दै थचक्क बस्ने कथित पाका पुराना गोरुहरुको वास्तविकता नङ्गाउनु तथा तिनको खेदो गर्नु कुनै सरमको बात होइन भन्ने लाग्दछ । यसैले गणेशकुमार † तिमी लेखनीको समर जित्न आ“टका साथ अगाडि बढ्नै पर्दछ । तिम्रो ‘अग्नियात्रा’ सार्थक दिशामा अगाडि बढ्दै जाओस् हार्दिक शब्द शुभकामना ।
हितैषी गणेशकुमार † हिजोआज तिम्रो–हाम्रो समाज अतिशय बेइमानी, धोकाधडी र निर्ममता सा“चेर अगाडि बढिरहेको छ । मुठ्ठीभर मान्छेहरु आफूलाई विधाता ठानिरहेकाछन्, हर्ताकर्ता मानिरहेकाछन् र बहुसंख्यकमाथि सुन्दर, शान्त र विशालको सपना बेचिरहेकाछन् । सडक, गल्ली र चोकहरु यिनै कथित ठालूहरुको मौसमी व्यापारका थलो बनिरहेका छन् । मौसम अनुसारको गीत गाउन माहिरहरुले समयलाई दिनदहाडै धोका दिइरहेको तथ्य प्रस्ट बुझ्न सकिन्छ । घरमै बसेर र श्रम गर्नेलाई ठगेर खानेहरुले गरिखानेका पक्षमा काम गर्छौ भनेर आपत्तिजनक र झुट्टा बहानाबाजी गरिरहेकाछन् । नूतन समयको प्रतिक्षामा रहेका तिमी हामी हेरेको हे¥यै अवस्थामा अक्क न बक्क भैरहेको अवस्था छ । हरेक क्षेत्र, तह र तप्का तदर्थवादबाट ग्रसित छ । नया“ विचार, जोश र जा“गरलाई किनारा लगाउन पुरातनपन्थीहरु बल मिच्च्याईं गरिरहेकाछन् । तिम्ले कलम चलाउन रोजेको साहित्य क्षेत्रमा पनि हदैसम्मको अराजकता, गैरजिम्मेवारी र पाखण्डीपनको बोलवाला छ अझै पनि । यसो भन्दा तिम्लाई उतिसारो जाती नलाग्ला, तर पनि सत्य तितो हुन्छ भन्छन् भोगी जान्नेहरु । केही मानिसहरु साहित्यको पसल थापेर सम्मान, पदक, पुरस्कार र अनेक नामका अभिनन्दनहरुको व्यापार गरिरहेकाछन् । कसै कसैले साहित्यलाई मागीखाने भा“डो बनाइरहेकाछन् भने कोही साहित्यकै नामबाट मौजा र हवेली जोड्दै गरिरहेका भेटिन्छन् । जनता, जनजीविका र राष्ट्रका लागि लेख्ने लेखक साहित्यकारहरु पाखा पारिइएकाछन् भने टपरटुइया“हरुले सबैतिरबाट ‘तर’ मारिरहेकाछन् । तथापी, अर्कालाई लेखाएर, अर्काको सारेर र सुटुक्क चोरेर आफ्नो नाममा प्रकाशन वा प्रशारण गर्नेहरु रातारात चर्चित साहित्यकार (?) बन्दैगएको सन्दर्भबाट विचलित हुन जरुरी छैन । एकपटक सोचौं त, सत्यलाई स्वीकार गर्न नसक्नेहरुले लेखेको साहित्य कसरी सामयिक र समय सचेत हुन सक्छ ?, कहिल्यै दुःख, पीडा र अभावलाई नबेहोरेका तथा सात्क्षात्कार नगरेकाहरुले कसरी गरिब र निमुखाहरुका पक्षमा वकालत गर्न सक्छन् ?, स्व–चेतनाको घैंटोमा बिर्को लगाएर केवल घोकाइएका, रटान गरिएका र अर्काको नक्कल गरेका कुराले कसरी बस्तुपरक साहित्य कोर्न सकिन्छ ? समाजको गतीलाई उल्टो दिशामा पल्टाउन दुस्साहस गर्ने पश्चगामीहरु कसरी अग्रगती र प्रगतिवादका हिमायती हुन सक्छन् ? हेर गणेशकुमार † यतिखेर तिमी यस्तै घनचक्करका बीचमा साहित्य लेख्न कलम उदाइरहेकाछौं भन्ने लागेको छ मलाई । लेख्न कठिन होइन, आफ्नो लेखनप्रति इमान्दार र जवाफदेही बन्नु जटिल पक्ष हो । जे पायो त्यही लेखेर कसैप्रति पनि उत्तरदायी नबन्ने नामर्दीपन नालायकी कुरा हो । म विश्वास गर्छु, तिम्रो कलम चाकडी, चाप्लुसी र जि–हजुरी प्रथाको विरोधमा खरो उत्रने छ । तिमी प्रायोजित पुरस्कार, सम्मान वा अभिनन्दनका पछि दौडने छैनौं । पुरस्कार तथा सम्मानको नियोजित आदान–प्रदानमा तिम्ले भित्री हृदयदेखि विश्वास गरौंला भन्ने मलाई लाग्दैन । ताप्के नतातेकाहरुले आफै बिंडतिर आगो फुकेर बिंड तताउनुको कुनै अर्थ छैन भन्ने तिम्ले राम्रोस“ग बुझ्नु पर्दछ । ऐन मौकामा क्षमताको पहिचान गर्न लिइने परीक्षादेखि भाग्ने तर परिणाम आफ्ना पक्षमा होस् भन्ने अपेक्षा राख्नेहरु कायर र हुतिहाराको सूचिको पहिलो दोस्रो नम्बरमा पर्ने ‘पानी मरुवाहरु’ हुन् भन्ने तिम्ले जानीराख्नु जाति होला । का“चो खरमा आगो झोस्न हिम्मत गर्ने अधकल्चाहरुले मच्चाएको कोकोहोलोका पछि लागेर आत्मनिर्णयलाई दाउमा राख्यौं भने आजको तिलस्मी गणेशकुमार भोलीका लागि पनि सही सलामत गणेशकुमार रहने छैन भन्ने सत्य तिम्ले गतिलोस“ग थाहा पाउनु पर्दछ । तसर्थ तिमीले गम्भीर भएर आफ्ना बारेमा सोच्नै पर्छ, तिमी लुच्चा र खुराफातीहरुको कित्तामा की आफ्नै अन्तरमनको निर्देशन अनुसार युगीन साहित्य सृजना गर्ने कित्तामा ?
अचेल दुधमा पानी मिसेर बेच्न खप्पिस साहित्यिक फा“टका ‘बलरामहरु’ र बासी भातलाई साझी भनेर बढी मूल्यमा बेच्ने ‘सुन्तलीहरु’ बजारमा बिकाउ भैरहेको देखे जानेकै कुरा हो । लामो इतिहास बताएर कथित् अगुवा वा भाले हुने इरादा राख्नेहरुको पनि कुनै कमी छैन तिम्रो समाजमा । अरुमा भएको क्षमता, खुबी, दक्षता, सीप र कलाको परख गर्न नजान्ने तर आफ्नै मात्र गुणगान गर्न अघि सर्नेहरुले हु“दा नहु“दाका तरिका निकालेर आफ्नो प्रचार प्रसार गर्ने गरेको कुरा गाउ“, टोल, शहर, बजार सर्वत्र ज्ञात भएको विषय हो । दुरगामी सुद्धि नभएका तर मोटो बुद्धि भएकाहरुले अरुले केही पनि बुझ्दैनन् र थाहा पाउ“दैनन् कि भनेजस्तो गरी प्रहशन गर्ने हल्का र छाडा नाटकलाई हेरेर भद्दा मनोरञ्जन गर्नुको कुनै विकल्प छैन यतिखेर । अरुले लेखेको साउ“ अक्षर पनि नपढ्ने तर आफ्नो रचना सबैले पढिदिएर प्रसस्ती गाएर केही लेखिदिउन्, बोलिदिउन् वा प्रकाशन÷प्रशारण गरिदिउन् भन्ने कामना राख्नेहरुको विचित्रको चरित्र देखेर तिमी कायल छौं कि छैनौं मलाई त्यत्ति मेसो छैन । प्रिय गणेशकुमार † ढंग पु¥याएर नाच्न नजान्नेहरुले रत्यौलीमा लुठोको भूमिका छाडा ढंगले निर्वाह गरेजस्तो गरी साहित्य क्षेत्रमा हुर्कन लागेको छाडापन देखेर मलाई ननिको लागिरहेको छ । साहित्यको सामान्य विद्यार्थी भएका नाताले मैले बुझेको साहित्य समाजलाई जस्ताको तस्तै प्रतिविम्बित गर्ने र आम सच्चाईका पक्षमा सृजना गरिनु पर्दथ्यो । यसको विपरित समाजप्रति अनुत्तरदायी भएर केही न केही प्राप्तीका हेतुमात्र साहित्यलाई लिइनु जायज होइन होला । तिम्लाई कस्तो लाग्छ कुन्नी ?
सखा गणेशकुमार † तिम्ले लेखेको ‘सम्पादकलाई चिठी’ कविता एकपटक होइन, तीन तीन पटक पढें । सप्तमीका दिन बिहान विजयादशमी २०६५ को उपलक्ष्यमा पर्वत साहित्य संगमले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सोही कविता तिम्रै मुखारवृन्दबाट श्रवण गर्ने मेसो पनि मिल्यो । वाचन गर्दा तिमी बिछट्टै ठट्यौला र रसिक भेटिन्थ्यौं, तर तिम्रो कविताको आसय अनपेक्षित गम्भीर, चोटिलो र धारिलो लाग्यो । नेपाली साहित्यको मर्मलाई तिमीले सुविचारित ढंगले उठाएका रहेछौं आफ्नो कवितामा । हो, तिम्ले–हाम्ले नलेखेर, नबोलेर हाम्लाई, सम्पादकलाई र पत्रिकालाई केही फरक पर्दैन होला, तर तात्विक फरक पर्छ तिमी हामी रहे बसेको समाज र राष्ट्रलाई । र फरक पर्छ आफ्नो पीडा, वेदना र निरिहता बोल्न खोजेर पनि बोल्न नसक्ने आवाज नभएकाहरुलाई । त्यसैले लेख्न नछोड भन्छु म तिम्लाई, बरु सम्पादकलाई लेख्न कठिन मान्छौं भने अब आइन्दा व्यवस्थापकका नाममा लेख, किनकी म पनि उल्लिखित पत्रिकाको व्यवस्थापकमा दरिएको छु । म सहर्ष सहन्छु तिम्रो इमान्दार लेखनी । गाली गरेर लेख, उपमा दिएर लेख, बिम्ब र प्रतिकहरु प्रयोग गरेर लेख, छेडखान गरेर लेख, ढाडमा टेकेर टाउकोमा हान्दै लेख, उछितो काडेर लेख, नाङ्गेझार पारेर लेख । लेखेर र निरन्तर लेखेर बिग्रन लागेकोलाई सच्चाउन सकिन्छ, सुर्धान सकिन्छ भने लेख्नु तिम्रो धर्म हुन्छ । तसर्थ निर्वाध र निसंकोच लेख........ । कवितामा तिम्ले भनेजस्तो, ती पात्रहरुको सक्कली रुप उदाङ्ग पार आफ्नो लेखनी मार्फत, जो बेइमान, धुर्त, स्वार्थी, कपटी, जाली, फटाहा, ढोंगी, बेविचारी, इश्र्यालु, क्रोधी, घमण्डी, पाखण्डी, उप–बुज्रुक र दहिच्यूरे छन् । तिम्रो मानसमा कुरुपताको सूची धेरै लामो हुन दिनु समाजप्रति कृतघ्न बन्नु हुनसक्छ । तसर्थ समयमै कुरुपताका ठेकेदार तथा बाहकहरुलाई नाङ्गेझार र आच्छुआच्छु पारिहाल्नु पर्दछ । समाजलाई धमिराहरुले भित्रभित्रै खाएको हेरेर कतिञ्जेल बस्न सक्छौ तिमी ? वास्तवमा तिम्रो कलमले कुरुपता, बेढंग, दुर्गन्ध र बदमासीलाई परफ्यूम (सुगन्ध) छर्केर सुद्ध पार्नु हु“दैन, बरु तिनका विरुद्धमा सशक्त जेहाद छेड्नु पर्दछ, जसको माध्यमबाट वास्तविक साहित्यको समर जित्न सकियोस् । नक्कली, फटाहा, खुराफाती र भ्रमको खेती गरेर रातारात महामहिम तथा विशिष्ठ हुनेहरुको पर्दाफास हुन सकोेस् । खेताला हालेर साहित्य लेखाउने र चर्चामा आउनेहरुको नूर गिरोस् । भक्तीगान गाउने, चिप्लो दल्ने र सम्भ्रान्त भएको नौटङ्की गर्नेहरुको सातो पुत्लो उडोस् । तिम्रो कलम विजेता बन्नु पर्छ साहित्यमा, किनकी तिमी सत्यका पक्षमा छौं, स्वाधिनताका पक्षमा छौं र छौं आजपर्यन्त नभोगेको नविनताको पक्षमा ।
आत्मीय गणेशकुमार † समाजको मूलधारबाट तिरस्कृत, बहिस्कृत र किनारीकरण गरिएकाहरुका पक्षमा ओठे कुरा उठान गर्नुमात्र र तिनको अवस्थाप्रति दयाभाव राखेर चुक्चुकाउनु मात्र प्रयाप्त हुन सक्दैन । केवल माया, पिरती, मिलन, विछोड जस्ता मायावी संसारका सीमित घेराभित्र बसेर साहित्य सृजना गर्नुले फेरिंदै गएको समयलाई आत्मसाथ किमार्थ गर्न सक्दैन । समयको चेत र गतीलाई बुझ्न नसक्ने एवं परिवर्तनको आवाजलाई सुन्न नसक्ने कुम्भकर्णहरु तिमीले उछितो काडे पनि र नकाडे पनि पाखा लाग्नै पर्ने हुन्छ एक न एकदिन । पुरानै चिन्तनशैली, सा“घुरो दृष्टिकोण, हैकमवादी मानसिकता र सीमित विषयवस्तुमा रमाउनेहरुले समाजप्रति जिम्मेवार बन्ने कुरा चुनौतिपूर्ण कार्यभार हो । समाजको तृणमूल तहका समुदायका लागि सोच्नसम्म पनि नसक्नेहरुले केवल हुनेखाने र ठूलाठालूहरुका पक्षमा मात्र साहित्य लेखेर कसको चाकडी र सेवा गर्न चाहेका हुन् सबैले बुझेकै विषय हो । जो अगाडी पर्छ, उसैको भक्तिमा शिर झुकाउनेहरु र बनिबनाऊ शास्त्रीय भजन सुनाउनेहरु आफ्नो क्षमतामा विश्वास राख्दैनन् भन्ने तथ्य बुझ्न धेरै कठिन छैन । ‘सुपारी चाम्रो....जे देख्यो त्यही राम्रो’ भन्दै जता पनि टा“सिनेस“ग के नै लाग्दो रहेछ र ? यतिमात्र कहा“ हो र, साहित्यका हरेक विद्यामा आफूलाई प्रखर देखाउन लालायित अल्पज्ञानी आरिसेहरु जानेमाने सर्जकका कृति अगाडी राखेर ‘हातसफा’ गर्दै गरेको देखिजान्नेले भन्दा सुनेको र रचना पढ्दा पोल खुलेको कुरा हो । नामका लागि मरिहत्ते गर्नेहरुले इमान जमान सबै गुमाएर जे पनि गर्दा रहेछन् भन्ने कुरा बताउन मोतो बस्नै नपर्ने भएको रहेछ अचेल । पद र नामका भोकाहरु मिल्ने भए शहर बजारमा भित्ते लेखन गरेरै आफ्नो सस्तो प्रचारमा उत्रने थिए होला । स्थानीय तहदेखि केन्द्रीय तहसम्म र पूर्वदेखि पश्चिमसम्म नाम चलाएर ‘अमर’ (?) हुने चाहना राख्नेहरुको चुरीफुरी वास्तवमै नाटकीय देखिन्छ । यद्यपी लाजमर्दो गरी गरिने खासखुस, पुरस्कार र रचना समेतको अ‍ैंचोपैंचोको खेतीमा लागेकाहरु सतत् सृजनाको बीउ रोप्न अन्कनाउनु अनौठो लाग्ने घटना पनि होइन । तर यस्ता ‘खुराफातीका सन्तान’ झा“ङ्गिदै जानु र दुबो मौलाउ“दा झै मौलाउ“दै जानु (?) भने सोचनीय विषय बन्नु पर्दछ यतिखेर । यसबारेमा तिम्ले के सोचिरहेका छौ कुन्नी ?
अनन्य मित्र गणेशकुमार † हाम्रो समाजका केही केही मान्छेको अनुहार देखेपछि तिम्लाई बिछट्टैको सिरिङ्गा र भाउन्न उठ्छ रे भन्ने सुनेको थिए“ तिम्रा साथे मार्फत । कतै मलाई पनि त्यही फेहरिस्तमा राखेका त छैनौं ? पत्रिकामा नै छाप्ने गरी किन चिठी लेखिस् भनेर कतै मलाई नै झटारो हान्न कस्सिने त हैनौं ? भन्ने डर लागिरहेछ भित्रभित्रै । मलाई माफ गर मित्र, तिमीले सम्पादकलाई चिठी लेखेर ‘कुराको चुरो’ फुत्काएपछि मलाई पनि असह्य कुत्कुती लाग्यो र यो पत्र लेख्ने धृष्ठता गरेको हु“ । मेरो प्रस्तुत लेखनी तिम्रो चिठीको समर्थनमा छ या विरोधमा, आफै रनभुल्लमा परेको छु । तिम्रो नाममा कोरेको चिठी शिर्षकको लेखोटले कतिजना सरोकारवालाको माथिंगल थर्थराउने हो म बेखबर छु यतिबेला । सायद, सबैलाई हजम हुन नसके पनि तिमी पचाउ“छौ मेरा कुरा भन्ने ठान्दछु । पँच्य हुन नसके नजिकैको डिपार्टमेन्टल स्टोर्समा गएर हाइडोजको हाजमोला खानु । अन्यथा, कुनै बेला यसैगरी मेरा नाममा केही लेखेछौं भने पहिलो पेजमा नसके पनि पुछारको पेजमा तिम्लाई झुण्डाउने यत्न गर्ने नै छु । यहा“ भन्दा के नै लेखू“ र, तिम्रो आस्थाको प्रारुपमाथि धावा बोल्नेहरुको मानमनितो कुन कोटीमा छ ? सारा शहर जलिसक्दा पनि बा“सुरीको धुनमा मस्तराम निरोहरु के कति पानीमा छन् ? र, तलाउमै नपसी पौडिएको आनन्द लिन आतुरहरुको अभीष्ठ के होला ? तिम्ले बुझेकै तथ्य हो भन्ने ठान्दछु । ऐथेन्सलाई दिग्भ्रमित पारेको र अपशकुन बा“डेको बहाना बनाएर सुकरातको हातमा थमाइएको प्यालामा ‘हेमलक’ भर्नेहरु आजको दुनियामा पनि बग्रेल्ती छन् भने करमचन्द गान्धीको ‘चिलिम फर्काउने’ नाथुराम गोड्सेहरुको पनि त्यति ठूलो अनिकाल परेको छैन, तिनको खोजबिन, पहिचान र खबरदारी गर्ने जिम्मा तिम्रो पनि हो । सच्चाईको कसी लगाउ“दा म बबुरो पनि तिम्रो सिस्नो पानीको झटारोमा परेछु भने पनि कोही बात् छैन । अन्त्यमा, म प्रति त्यतिसारो जङ्ग नै चलेको भए वा यो पत्र पढेपछि कन्सिरीका रौं ठडिएका भए क्यान्भासमा मेरो कुरुप तस्वीर उतार्नु र त्यसैलाई गाली गर्नु है स्वाद फेरेर........ । अस्तु
उही तिम्रो हितैषी राजेन्द्र ।
मैत्रीचोक ४, कुश्मा पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 माघ, 2070

लेखकका अन्य रचनाहरु