डाँडामाथिको जुन

- रन्जु "मार्ग"

नरनाथ प्राय:मन् अशान्त भएको बेला डाँडाको चौतारीमा गएर बस्ने गर्दथिए ! आज पनि उ सबेर घरबाट त्येतै तिर जान भनि निस्किए !

हिडदै गर्दा बाटोमा उनको गाँउका एक जना साथी सँग जम्का भेट भयो तर उनी आफ्नो शुरमा लुरुलुरु हिडि नै रहे!
हिजो मात्र भेट हुंदा त्येस्तो राम्रोसंग बोलेको मान्छे आज त्येसरि नबोलि हिडेको देखेर साथी लाइ अनौठो लाग्यो !उनि रोकिए अनि फरक्क् फर्किएर आफ्नो पाइला उ गएतिर मोडे !

नरनाथ डाँडा माथिको चौतारोमा पुगे अनि खुइय गर्दै थच्क्क भुईमा बसे! खल्तिबाट चुरोट निकालि सल्काउन थाले !त्येति नै बेला उन्को साथी त्येहा अाइपुगे!

'होइन, किन यसरी यहा बस्नु भएको एक्लै?आम्नेसाम्ने हुदापनि नदेखि हिड्नु भयो!'-उस्ले गम्भिर हुदै सोध्यो!

'केहि भएको छैन!'-चुरोटको सर्को हावामा उडाउदै नरनाथले भन्यो!

'अनुहार पनि मलिन देख्छु।के घरमा झगडा परयो?'-उस्ले फेरि सोध्यो!

'छैन'-उ तर्किन खोज्यो!

'के कोहि बिरामी पो भए कि?

'सबै ठिकै छन!भन्दै नरनाथ जुरुक्क उठ्यो अनि हातको चुरोट फ्यात्त भुईमा फ्याक्दै भन्यो-'हिजो राती छोरासंग फोनमा कुरा भएको थियो!'
'अनि के फर्कने भए त?'

'कहा फर्कने कुरा गर्छ र् त्येस्ले!उल्टै उस्ले पाउने अशं भाग बेचेर पैसा पठाइदिनु भन्थ्यो! उ भन्दै थियो -'सडक चिल्ला नबने सम्म,बत्ति झलमल्ल नबले सम्म,धारो बाट पानि चौबिसै घन्टा नझरे सम्म देश फर्किन्न पो भन्थियो!'तपाई आफै भन्नुस त यी सबै मेरो बुढो ज्यानले गर्न सक्ने कुरा हो र?डाँडा माथिको जुन अस्ताउन कति बेर लाग्छ र?

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 28 पौष, 2070

लेखकका अन्य रचनाहरु