भूपी शेरचनबारे मेरो अन्तिम संस्मरण

- डा. ध्रुबचन्द्र गौतम

भूपीका बारेमा यो मेरो अन्तिम संस्मरण हो किन भनेँ ? भूपीबारे मैले आजसम्म यति लेखेँ कि यस लेखपछि लेख्ने कुरा बाँकी रहने देख्दिनँ । लेख्न नमिल्ने कुनै-कुनै कुरो भए अर्कै हो ।

भूपीको लेख्नुअघि बारेको प्रक्रियासम्म पनि लेखिसकेँ । उनी कविताको कुनै विषय फुर्दा त्यसलाई खेलाउँदै, हुर्काउँदै एक घन्टा वा बढी पनि घुम्न निस्िकन्थे । घुमेर र्फकंदा उनको कविताको मोटामोटी खाका तयार हुन्थ्यो । यो लेखिसकेको छु । त्यसैगरी उनका अन्य बानीबेहोरा, संगतका कुरा आदि पनि लेखिसकेको छु । उनी तास खेल्न हाम्राे दाइ धच गोतामेको डेरामा आउँथे । फ्लस चल्थ्यो त्यसबखत । हारेपछि, निस्केर गई ब्यागभर िनोट भरेर ल्याउँथे र फेर िखेल्न बस्थे, यो पनि लेखिसकेको छु । कहाँसम्म भने, भूपीको निधनको धेरै दिनपछि एकपटक कान्ति भाउजूसित भेट्नुपर्‍यो भनेर म र सापकोटा उनको घर गयौँ, त्यसै दिन श्राद्ध परेको रहेछ । हामीलाई ख्वाएरै पठाउनुभयो कान्ति भाउजूले, योसम्म पनि लेखिसकेको छु । भूपीले घँैटोभित्रको वटवृक्ष्ा वास्तविक रूपमा पूरा गर्न पाएनन्, यो आइसकेको छ । भूपी काठमाडौँ आउँदा पारस होटलमा बस्थे, जुन अब एउटा किनमेलस्थलमा परण्िात भएको छ । पारसमा बसेर उनको ब्रान्ड 'भ्याट ६९' खान्थे, यो पनि लेखेकै छु । एकपटक शेरेपन्जाबमा रात बिताउनु परेको घटना पनि लेखिसकेँ । सारांशमा के भने, भूपी एउटा वृक्ष थिए, त्यो वृक्षमा भएको फूल मात्र होइन, पात पनि टिपेर अभिव्यक्त गरेको छु । अब बाँकी केही कुरा जुन छन्, तिनलाई म अन्तिम श्रद्धाञ्जलि भनेरै लेख्छु । यसको अर्थ के होइन भने, भूपीको सम्झना मलाई अब आउँदैन । म अन्य तरकिाले त्यो सम्झना र श्रद्धाञ्जलि व्यक्त गररिहनेछु, जस्तो- उनीबारे अखबारमा कुराकानी गरेर । लेखका रूपमा दोहोरनिे कुरा किन लेख्ने भनेर अन्तिम संस्मरण भनेको हुँ ।

अब भूपीबारे केही यस्ता कुरा, जसको म साक्ष्ाी रहेँ तर ती लेेखेको भने छैन जस्तो लाग्छ । थोरबहुत दोहोरनिे बेग्लै कुरो हो ।

भूपी मृदुभाषी थिए, यो धेरैलाई थाहा छ । यदाकदा उनको कविको स्वाभिमानले यसो टाउको उचाल्थ्यो । एकपटक परविारमै उनले भन्नु परेको थियो रे, यो फेमिलीमा कि फलाना, कि भूपी शेरचन नै बाहिर प्रसिद्ध छन् ।

एकपटक भूपी मलाई एउटा घरमा लिएर गए, जुन एक पुरानो दरबारको एउटा हिस्सा थियो । त्यहाँ तीन दिदी-बहिनीहरू बस्थे । भूपी गएपछि तिनले एकदम स्वागत गरे । तीमध्ये एउटीचाहिँ बहिनी मेरी छात्रा रहिछन् । खानपिन गर्ने त धेरै थियो । तर, धेरै सकिएन । कारण, हामी पहिले नै केही लिएर गएका थियौँ ।

त्यहाँबाट र्फकंदा दरबारभन्दा अघिल्तिर तेर्सियौँ । गेटमा पाले थियो । पालेले 'चेक' गर्न खोज्यो । भूपी त्यो नमान्ने । भूपीले भने, "मेरो नाउँ भूपी शेरचन हो ।"

भूपी प्रसिद्ध त थिए तर गार्डलाई छोएको रहेनछ, उनको प्रसिद्धिले । गार्डले भन्यो अलि पछि हट्नूस् । ऊ पहिले मेरो तलासी लिन चाहन्थ्यो क्यार ! भूपीले भने, "पछि हटूँ ? कति पछि हटूँ ? दस कदम ? ल, गनेर हेर्नूस्, एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, दस । अब भयो ?"

पछिबाट सम्भवतः तिनै केटीहरूमध्ये कोही आएर हामीलाई त्यो झ्याउलोबाट मुक्त तुल्याएका थिए ।

एकपटक कुनै पत्रकारले सोधेका थिए, तपाईंलाई लाग्दैन, तपाईंले खर्च गर्नुहुन्छ भनेर, धेरै मान्छे पछि लाग्छन् ?

उनले जवाफ दिएका थिए, "थाहा छ, म यो जानीजानी गर्दछु । यसले मलाई तिनको स्वभाव चिन्न मद्दत गर्छ ।"

यो कुराकानी होउन्जेल भूपीसित मेरो भेट भएको थिएन । तर, भूपी लोकपि्रयताको शिखरमा पुगिसकेका थिए । २०१७ देखि ०३० को समय भूपीको शिखर समय थियो । थालनीमा त्यस बखतका प्रयोगवादी कविमध्ये कति जना भूपीलाई एक सामान्य कविकै रूपमा लिन्थे । म पनि प्रयोगशील पक्षमै थिएँ । हामी प्रकाशित भएपछि भूपीको विद्रोही स्वरले भूपीलाई निकै माथि पुर्‍याएको थियो ।

भूपीको 'यो हल्लैहल्लाको देश हो' ०२४ वैशाख १ गते रुपरेखाको वाषिर्क विशेषांकमा प्रकाशित भएको थियो । त्यसले भूपीलाई चुचुरोमै पुर्‍याएको थियो । एकदमै चर्चित भयो त्यो कविता ।

भूपीको मलाई अत्यन्त राम्राेमध्ये एक लागेको अन्तिम कवितामा न्युरोडको बयान गरएिको छ । त्यहाँ 'कसवा भएर उभिनू' भन्ने अभिव्यक्ति एक ठाउँमा छ । त्यो रतिरागात्मक विम्ब हो ।

भूपी कुनै कमनीय शरीरलाई संकेत गर्नु पर्दा भन्थे, तानपुराजस्तो । त्यसैगरी रक्सीको कुरा गर्दा उनी भन्थे, रक्सी खाएर भोमिट गर्नु भनेको बाँदर उप|mँदा हाँगो समाउन नसकेर झर्नुजस्तै हो । त्यो बेइज्जतिपूर्ण मानिन्छ ।

मैले भनेको थिएँ, "तर त्यस्तो क्षण त आउन नसक्ने होइन ?" अनि उनले विभिन्न खानेहरूका ओकल्ने कथाहरू सुनाएका थिए ।

'पारस'पछि 'झरना'मा पनि भूपी जान्थे ।

एकपटक त भूपी एउटा गाडीमा आए । मलाई भने, जाऊँ । काठमाडौँको मैतीदेवी चोक । अहिले कल्पना पनि गर्न सकिन्न त्यसको एकातिर ठूलो फाँट थियो । सडकको पूर्वपट्ट िविशाल फाँट । ड्राइभरलाई चोक पुग्नुअघि गाडी रोक्न भने । हामी ओल्यौर्ं । एक त सडक सुनसान भइसकेको थियो, दोस्रो सडक गाडीले छेकिएको थियो । पश्चिमपट्ट ित खेतैखेत भइहाल्यो । त्यसैलाई हामीले तात्कालिक रूपको एउटा छोटोमोटो 'मयखाना' को रूप दिइहाल्यौँ ।

दुई-तीन कुरा अरू भूपीमा पाइए । उनी आफ्नोबारे प्रायः कुरा गर्दैनथे । कहिलेकाहीँ मात्र यस्तो लेख्दैछु भन्थे, धेरैजसो भन्दैनथे । एक-दुईपटकबाहेक, भूपी रसिाएको देखिनँ । रसि उठ्नुपर्ने परििस्थतिमा पनि उनी रसिाएको देखिनँ । अंग्रेजी, हिन्दी उनी मज्जाले बोल्थे । हामी त हिन्दीमै कुरा गर्दथ्यौँ ।

एकपटक विदेश जाने भिसा पाएनन् । त्यसबखत उनले प्रतिज्ञा गरे, अब नियमित कविता लेख्छु । समीक्षामा उनले लेेखेका कविताहरू नियमित रूपमा छापिन थाले । केही समयपछि भूपीलाई लाग्यो होला, यसरी लेख्छु भनेर लेखेको कविता नियमित त होला, आयुष्मान नहोला । त्यसपछि त्यो क्रम टुटेको थियो । भूपी ठीक थिए । आज भूपी आफ्ना अन्य कविताका कारण नै जीवित छन् । नियमित कविता त बिर्सिसके ।

भूपीको 'घुम्ने मेचमाथि अन्धो मान्छे', एक चर्चित कविता पनि हो र एक चर्चित कवितासंग्रह पनि हो । कति चर्चित भने, सर्वाधिक बिक्री भएर ०२६ को साझा पुरस्कार पाएको त्यो पुस्तक, आज पनि सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्छ ।

भूपीलाई सम्झँदा मलाई भूपीको अनुहार अनि राम्राे ब्याड्मिन्टन र क्यारेमबोर्ड खेलिरहेको हातको सम्झना आउँछ । कविको रूपमा सबभन्दा पहिले सम्झनु त फेर स्वाभाविकै भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 पौष, 2070

लेखकका अन्य रचनाहरु