साहित्यकार प्रदीप नेपालसँग छोटो साहित्यिक कुराकानी

- होमशंकर बास्तोला

प्रदीप नेपालको जन्म २०१० साल पौष २८ गते भएको हो । उहा“का पार्टीकी आमा, पूर्वतिर, मुतिm, स्वप्निल शहर, एक हजार वर्ष लगायत १६ वटा उपन्यास, धरहराको शहर, बेचिएका चेलीहरु, बाधमारेको लालसलाम लगायत १० वटा कथासङ्ग्रह, पाइला छोडेर अस्ताएको घाम, इलामको तारा, बन्दीगृहको सिर्जना लगायत १३ वटा नियात्रा÷संस्मरण तथा विविध विषयस“ग सम्बन्धित थुप्रै पुस्तकहरु प्रकाशित भइसकेका छन् । उहा“ले प्रजातन्त्र स्थापनाको क्रममा जेलनेल भोग्नुको साथै २०५१ सालमा संचार र जलस्रोत मन्त्री, २०५५ सालमा स्वास्थ र जलश्रोत मन्त्री, २०६३ सालमा शिक्षा मन्त्री भइसक्नुभएको छ । उहा“ले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनिय काम गरेकाले उतमशान्ति पुरस्कार, नइ ईश्वर वल्लम पुरस्कार तथा साहित्य सन्ध्या, दोभान साहित्य, प्रलेस, गोपालप्रसाद रिमाल सम्मान जस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसक्नुभएको छ । हाल उहा“ साहित्य र राजनीतिमा उत्तिकै क्रियाशील हुनुहुन्छ–सं. ।

यहाँ प्रगतिवादी साहित्यकार पनि हुनुहुन्छ । प्रगतिवादी साहित्य र साम्यवादी साहित्यमा के फरक होला ?

– प्रगतिवादी साहित्यको दार्शनिक आधार माक्र्सवाद हो । यो साहित्य जनताको जीवनसँग जोडिएको हुन्छ । जीवनमा गति भएजस्तै प्रगतिवादी साहित्यमा पनि गतिको आवश्यकता पर्दछ । सामाजिक विकारको चिरफार गर्ने, सीमान्तीकृत नागरिकका दुःख, कष्ट र ब्यथाहरुको उद्घोष गरेर समाजलाई झक्झक्याउने साहित्यलाई प्रगतिवादी साहित्य भनिन्छ । साम्यवादी साहित्य भन्ने कतै छैन । अहिले त्यस्तो साहित्य रच्न सम्भव पनि हुँदैन । प्रगतिवादी साहित्यका विरुद्ध वितण्डाको आक्रमण गर्नेहरुले नै शब्द र सार केही नभएको साम्यवादी साहित्यको आविष्कार गरेका हुन् । हुँदै नभएको त्यस्तो साहित्यसँग प्रगतिवादी साहित्यको तुलना गर्ने कुरै हुँदैन ।

पञ्चायती व्यवस्थाको विरोध गर्दा तपाईं जेल पर्नुभयो । जनचाहना बमोजिम आजको राजनीतिले काम गर्न नसकेको भनेर जनताको गुनासो सुनिन्छ । यस अवस्थामा तपाईंले भोगेको जेल जीवनको स्मरण गर्दा यो परिवर्तन कत्तिको सफल भएको मान्नुहुन्छ ?

– आजको राजनीतिले जनचाहना बमोजिम काम गर्न नसकेको सत्य हो । हाम्रो मुलुकमा छोटो अन्तरालमै तीन खाले व्यवस्थाहरु देखा परे । २०४६ साल अघिको
निरङ्कुश पञ्चायती व्यवस्था, २०४७ सालपछिको सँवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अनि २०६३ पछिको लोकतान्त्रिक गणतन्त्र । चरित्रका हिसाबले यति ठूलो फड्को एउटै पुस्ताले मार्नु भनेको एकप्रकारले असम्भवजस्तो लाग्ने परिवर्तन हो । किनभने पञ्चायती ब्यवस्थाले निरङ्कुश सामन्तवादको प्रतिनिधित्व गथ्र्यो भने संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भनेको सामन्तवाद र पुँजीवाद बीचको सम्झौता थियो । तर लोकतान्त्रिक गणतन्त्र भनेको नागरिक सर्वोच्चताको सुनिश्चितता भएको सामान्य हिसाबमा भन्दा, अहिलेसम्मको नेपाली राजनीतिले राम्ररी बुझ्नै नसकेको समृद्ध पूँजीवादी मुलुकमा पाइने राजनीतिक प्रणाली हो । जनताको आन्दोलनका कारण छिटोछिटो शासन प्रणालीहरु फेरिएका भए पनि, मान्छेको दिमाग त्यो प्रणालीको
परिवर्तनसँगै अगाडि बढेन । मान्छेको चेतना प्रणालीसँगै प्रतिस्पर्धा गरेर दौडिन सक्ने कुरो सम्भव पनि हुँदैन । अहिलेको नेपाली राजनीतिको समस्याको चुरो भनेको यही हो । उन्नत पुँजीवादी प्रणाली र पछौटे सामन्ती चेतनाबीचको द्वन्द्व नै अहिलेको नेपाली राजनितिको समस्या हो । यति हुँदाहुँदै पनि म पैँतालीस वर्षको सकृय
राजनीतिक जीवनमा आपूmले देखेको, भोगेको र ब्यवहार गरेको राजनीतिसँग सन्तुष्ट छु । परिवर्तन भ्यागुतो जसरी उफ्रिएर आउँदैन । झुक्किएर आइहाले पनि त्यो टिक्दैन । विकास भनेको क्रमिक नै हुन्छ । त्यसैले अहिले पछि फर्किएर हेर्दा पनि जेलभित्र या बाहिरको कुनै जीवनप्रति म पछुतो मान्दिन । २०३३ सालदेखि २०३६ सालसम्म म पनि छलाङ राजनीतिको शिकार भएको थिएँ । २०३६ सालको विद्यार्थी आन्दोलनले जनताको संगठित शक्तिले ल्याउने परिवर्तन मात्र स्वभाविक र
परिवर्तनकारी हुन्छ भन्ने ज्ञान पाएपछि त मैले आपूmलाई धेरै कोणबाट बलियो बनाउने सामथ्र्य पाएको छु ।

भूमिगत राजनीति गर्दाको तपाईंको अनुभव कस्तो छ ? त्यसबेला तपाईं कसरी समय कटानी गर्नुहुन्थ्यो ?

– भूमिगत राजनीतिको जीवनलाई थोरबहुत अप्राकृतिकभन्दा पनि हुन्छ ।
रातमा हामी जाग्थ्यौँ । दिनमा हामी निदाउँथ्यौ । गाउँघरमा आपूmलाई लुकाउन हामीले रातीको यात्रामा लाग्नुपथ्र्यो । १४ वर्षको भूमिगत जीवनमा नौ वर्षभन्दा बढी समय मैले गाउँमा गरीब र मध्यम किसानको सान्निध्यमा बिताएँ । पाँचवर्ष चाहिँ शहरी र वुद्धिजीवि क्षेत्रमा बिताएँ । गाउँमा दिउँसो म प्रायः लेखपढ गरेरै बिताउथेँ । म आश्रयदाताको परिवारका घर बसेका सदस्यहरुसँग कुरा गर्थेँ । उनीहरुको जीवनको विभिन्न पाटाहरुका बारेमा सोधपुछ गरेर आफ्नो ज्ञान बढाउथेँ । तिनताकाकै अनुभवमा रमिएर मैले दश उपन्यास र एक दर्जनभन्दा बढी कथाहरु लेखेको छु ।

तपाईंको साहित्य सिर्जनाको विषय गरीब र शोषित जनताको पीडा, रोग र भोकस“ग जोडिएको हुन्छ । प्रजातन्त्र हु“दै लोकतन्त्रसम्म आइपुग्दा ती शोषित जनताले वर्तमानको
परिवर्तनमा न्याय पाएका होलान भन्ने लाग्छ ?

– यसको थोरै उत्तर मैले माथि नै दिएको छु । हामीले जनताको तहमा लोकतान्त्रिक गणतन्त्रको ज्ञान पु¥याउनै सकेका छैनौँ । हाम्रो लोकतान्त्रिक गणतन्त्र यतिबेला मुलुकको मध्यमवर्गीय वुद्धिजीविको नियन्त्रणमा छ । त्यो समुदाय सबैभन्दा बढी सामन्ती चेतनाको बाहक भएको छ । यही मध्यमवर्गीय वुद्धिजीविका कारण अहिले राजनितिक सिद्धान्त मरेको छ । अहिलेको राजनीतिमा न वर्ग छ, न न्याय
छ । न हामीसँग विधि छ, न छ स्वाभिमान । यस्तो स्थितिमा गरीब र शोषित जनताले परिवर्तनले बोकेको न्याय पाउने सम्भावनै हुँदैन ।

यहा“ राजनीतिक पार्टीको केन्द्रीय नेता हुनुहुन्छ । साहित्य लेखनमा पनि सकृय हुनुहुन्छ । साहित्य र राजनीतिबीच कस्तो सम्बन्ध देख्नुहुन्छ ?

– सम्बन्ध देखिने कुरो होइन, भोगिने कुरो हो । सही गलत जेजस्तो भए पनि सभ्यता राजनीतिमय हुन्छ । सिङ्गो समाज त्यसमा बेष्ठित भएको हुन्छ । राजनीति नागरिक दायित्व हो भने साहित्य चेतनाको उद्बोधन हो । साहित्य र राजनीतिका
बारेमा हाम्रो मुलुकमा दुई अतिवादी अनि गलत चिन्तन विद्यमान छन् । एउटाले साहित्य र राजनीतिका बीचमा कुनै सम्बन्ध हुनुहुँदैन भनेर नारा लाउँछ । यो बेकारको नारा हो । अर्कोले चाहिँ साहित्य भनेको राजनीतिको पेच, किला, काँटी हो
भन्छ । यो पनि बेकामे नारा हो । राजनीतिबाट पृथक कोही छैन, हुन पनि
सकिँदैन । म मत खसाल्दिन भन्नु पनि एउटा राजनीति हो । यो भनाइ वर्तमानको सत्तासँग असन्तुष्ट भएर बोलिएको राजनीतिक विश्लेषण हो । त्यसैले मेरो निष्कर्षमा साहित्य र राजनीतिबीचको सम्बन्ध भनेको नङ र मासुबीचको सम्बन्धजस्तै मानिनुपर्छ । राजनीति नागरिक दायित्व भएको हुनाले त्यो आवधिक हुन्छ । तर साहित्य जीवन पर्यन्त चलिरहने उर्जायुक्त अक्सिजन हो भन्ने मान्यतामा म विश्वास गर्दछु ।

साहित्यिक विकासका लागि राजनीतिको कस्तो योगदान हुनुपर्छ ?

– राजनीति सिङ्गो समाजको मियो हो । त्यसले शिक्षा, स्वास्थ्य, बाटोघाटो निर्माणजस्ता कामहरुमा जस्तो योगदान गरेको हुन्छ, साहित्यमा पनि त्यस्तै गर्नुपर्छ भन्ने मेरो मान्यता हो । साहित्य समाजको साँस्कृतिक रुपान्तरणको बाहक हो । सामन्तवादलाई पराजित गर्ने एउटा महत्वपूर्ण हतियार भनकै साहित्य हो । साहित्य नभएको समाज अँध्यारो हुन्छ, दृष्टिवीहिन हुन्छ, शारीरिक र मानसिक दुबै अपाङ्गता बोकेको ढुङ्गे जीवन हुन्छ । नेपालको राजनीतिसँग यो ज्ञान नभएकै हुनाले पछिल्ला दिनमा कल्पना समेत गर्न नसकिने आपराधिक घटनाहरु घटिरहेका छन् । साँस्कृतिक चेतना उठ्न नसकेकै कारण मान्छेहरु अपराधिक गतिविधिको खाडलमा झनझन जाकिँदै गैरहेका छन् ।

कस्तो साहित्यले समाजको परिवर्तन गर्नसक्छजस्तो लाग्छ ?

– समाजका अँध्यारा पाटाहरुलाई नाङ्गेझार पारेर टक्टक्याउन सक्ने, शोषित, पीडित तथा दलित समुदायको चेतना उन्नत बनाउन सक्ने, सामाजिक तथा
राजनीतिक विभेदको विरुद्धमा चेतनाको बिगुल फुक्न सक्ने, जनताको अग्रगति र प्रगतिको सार्थक सन्देश प्रवाह गर्ने साहित्यले समाज परिवर्तनमा सबैभन्दा ठूलो सहयोग गर्न सक्छ । जहाँसम्म राजनीतिक हिसाबको सामाजिक परिवर्तनको विषय हो, त्यो चाहिँ राजनीतिकै जिम्मेदारी हो, साहित्यको होइन ।

समाजको रुपान्तरण र परिवर्तनमा प्रगतिवादी साहित्यको अग्रणी भूमिका रहन्छ भनिन्छ ? अन्य साहित्यको रह“दैन ?

– प्रगतिवादी साहित्य समाज र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने जीवनपक्षीय विधा हो । साहित्यका प्रयोगधर्मीहरुले सामाजिक परिवर्तनमा साहित्यको भूमिका हुनुहुँदैन भन्ने मान्यता राख्छन् । उनीहरु साहित्यलाई जीवनज्योति होइन, उहिलेका साम्राज्ञीहरुको कण्ठमा झुण्डिने मोतिको माला वा औँलामा उनिने हिराको औँठी ठान्दछन् । अर्थात् प्रगतिवादी साहित्य जीवन सँगसँगै हिँड्छ तर अन्य साहित्य जीवनको श्रृङ्गार मात्र हुन पाउने कामलाई आफ्नो गौरव ठान्दछ । त्यसैले तपाईंको प्रश्न आफैँमा सही उत्तर पनि हो ।

साहित्यको सा“स्कृतिक अध्ययन बारे अचेल बढी नै चर्चा गरिन्छ, किन होला ?

– किनभने अहिले त्यसको आवश्यकता बढेको छ । हाम्रो राजनीतिको, हाम्रो समाजको, हाम्रा नेतादेखि कार्यकर्तासम्मको मात्र होइन आम नेपाली जनताको चेतना पछौटे सामन्तवादसँग ट्युमर भएर टाँसिएको छ । त्यसलाई चिरफार गरेर समाजलाई गम्भिर बिमारीबाट बचाउने भनेको नै उन्नतस्तरको साँस्कृतिक चेतना हो । हामीले माथि भनिएको समुह, समुदाय र समाजलाई सामन्ती ट्युमरबाट बचाउन सकेनौँ भने हेर्दाहेर्दै ट्युमर क्यान्सर हुने र क्यान्सरले हाम्रो समाजलाई खाएर समाप्त पार्ने
खतरा हाम्रा सामु उपस्थित भएको छ । त्यो ट्युमरलाई क्यान्सर हुन नदिनका लागि मात्र होइन, त्यसलाई जरैदेखि उच्छेद गर्नका लागि, हाम्रो इतिहासको, हाम्रो सँस्कृतिको, हाम्रा रीतिरिवाज र परम्पराको गहन अध्ययन गर्नु जरुरी भएको छ । हामी उसै पनि सामन्तवादबाट आक्रमित भैरहकै छौँ, अहिले मिसिन आइपुगेको नेपाली समाजमा भूत भविष्य केही नभएको थोत्रो पुँजीवादको आक्रमणबाट हामीपछिको पुस्ता पनि पीडित भैरहेको हामी देखिरहेका छौँ । त्यसैले अहिले अलिअलि चलिरहेको साँस्कृतिक चेतना माथिको छलफललाई हामीले अझै घनिभूत बनाउनुपर्छ ।

तपाईं पार्टी साँस्कृतिक फाँट, राष्ट्रिय जनसाँस्कृतिक महासंघ पनि हेरिरहनु भएको छ । पार्टीभित्र साहित्यको प्रभाव कत्तिको देखिन्छ ?

– पार्टीले केही महिना अघि मात्र मलाई सँस्कृति विभागको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रिय जनसाँस्कृतिक महासंघ सँस्कृति विभाग अन्तर्गत पर्दछ । महासंघको राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय संघहरुका राष्ट्रिय सम्मेलनहरु यसबीचमा सम्पन्न भएका छन् । अन्धविश्वासका विरुद्धमा, महिला हिँसाका विरुद्धमा,
जनजागरणका पक्षमा यी संगठनहरुले आफ्ना अभियानलाई निरन्तरता दिएका छन् ।
राजनीति गर्नु अथवा साहित्य सिर्जना गर्नु व्यक्तिका निजी गुण र निजी पहलकदमीका विषय हुन् । हाम्रो पार्टीका धेरै साथीहरु कवि, गीतकार, उपन्यासकार, नाटककार तथा समालोचक भएर पनि उभिनु भएको छ ।

तपाईंलाई वर्तमान नेपाली साहित्य लेखनको स्तर कस्तो छ जस्तो लाग्छ ?

– नजिकको तीर्थ हेला भन्ने एउटा नेपाली उखान छ । टाढाको मोह हुन्छ, नजिकप्रति बेवास्ता हुन्छ । यो आम नेपालीकै मानसिक विमारी हो । साहित्यकारहरु पनि यो विमारीबाट मुक्त छैनन् । वर्तमान नेपाली साहित्यप्रति कुनै गुनासो राखिनु हुँदैन भन्ने मान्छे हुँ म । हाम्रो समाज, हाम्रा सम्बन्ध र हाम्रो चेतनाभन्दा बाहिर गएर हाम्रो साहित्यको मापो खोजिनुहुँदैन । अहिलेको नेपाली साहित्यको विकासक्रम सन्तोषजनक छ ।

नेपाली लेखक र पाठकप्रति कुनै सुझाव ? तिनका बारेमा कुनै प्रतिकृया ?

– लेखकहरुले लेख्नुभन्दा बढी पढ्नुपर्छ । हाम्रा लेखकले विशेषतः नेपाली साहित्य अनि पाएसम्म जापानी, चिनिया, रुसी, फ्रान्सेली, स्पेनियाली र अङ्ग्रेजी साहित्य पढ्नुपर्छ । जिन्दगीबाट बाहिर बसेर रचिएको कुनै पनि रचना, उत्पादनको समयमा जति विज्ञापन गरिए पनि कालजयी हुँदैनन् भन्ने सत्यको ज्ञान बुझ्नका लागि पनि विदेशी भाषाको साहित्य पढ्नु जरुरी हुन्छ । जहाँसम्म पाठकहरुको कुरा हो त्यो अलिक चित्त दुख्तो छ । नेपालमा किनेर होइन, मागेर पढ्ने चलन छ । महिनाको वीस पच्चीस हजार कमाउनेहरु पनि किताब माग्नमै गर्व मान्छन् । यो असाध्यै दुःखको पाटो हो हामी नेपालीको । त्यसैले म साहित्यकारलाई सबैभन्दा गरीबहरुको समुदाय भन्छु । अपवादका एकाध साहित्यकारलाई छोड्ने हो भने नेपाली साहित्यकारहरु गरीबीको रेखामुनिकै जीवन बाँचिरहेका हुन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 पौष, 2070

लेखकका अन्य रचनाहरु