मन

- रन्जु "मार्ग"

*मन्दिरको नजिक दान बाकस राखिएको थियो !आज त्यो बाकस राख्ने अन्तिम दिन !मानिसहरुले आ -आफ्नो गक्ष्य अनुसार दान गरिरहेका थिए !
*त्यो बाकसको सुरक्ष्याखातिर केहि युवाहरु खटीएका थिए !
*त्येस्तैमा एक मैलो ,झुत्रो लुगा लगाएकी ,कहिल्लै कपाल नकोरेकी जस्ती एउटी माग्दै हिड्ने महिला काखमा आफ्नो दुधे बालक च्याप्दै दौड्दै त्यहा आइपुगी !
'के तिमीलाई पैसा चाहियो ?'उसलाई देख्ने बित्तिकै ति युवाहरुले सोधे !
*त्यो महिला केहि डराएको जस्तो भावमा आफ्नो टाउको सांकेतिकरुपमा हल्लाउछे र तिनीहरुको अगाडी आफ्नो हातको मुठ्ठी फुकाउदै त्यो बाकस भित्र केहि पैसा खसाली त्येहाबाट हिड्छे!!!

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु