डा गोकुल सिन्हा: एक पौरखी पुरूष

- नवीन पौड्याल

क) नेपाली साहित्यिक जमात, नेपाली विषयका विद्यार्थी र भारतमा गोर्खाली राजनैतिक चासो राख्ने समाजका लागि डा गोकुल सिन्हा एक प्रखर परिचित नाम हो। उहाँ एक कुशल समालोचक, प्रवीण भाषाविद्, एक आदर्श शिक्षक, एक सफल अनुवादक, एक पक्का साहित्यकार, एक जण्डा राजनितीज्ञ र एक चिन्तक।
जन्म- १५ डिसेम्बर, १९४०। यस हिसाबले सत्तर बसन्त पार भइसक्नुभएको।
जन्मस्थान-महारानी चियाकमान, टुङ।
माता-पिता- स्व. कर्णबहादुर खँड्का र स्व. लक्षिमी खँड्का।
शैक्षिक योग्यता- शिक्षण कार्य गर्दै विद्यावारिधिसम्म।
(ख) कर्म क्षेत्र-
शिक्षण- रङबुल निम्न बुनियादी पाठशाला- १९५७ देखि १९६६ सम्म।
शिक्षण- केन्द्रीय तिब्बती विद्यालय, कालिम्पोङ-१९६६ देखि-१९८५ सम्म।
सिलगडी महाविद्यालय- १९८५ देखि २००० सम्म। त्यहाँ नेपाली विभागका तत्कालीन एक्ला प्राध्यापक। त्यहाँ नेपाली विषयमा सम्मान खोल्न ठुलो भूमिका खेलेका हुन्।
दार्जीलिङ सरकारी महाविद्यालयमा २००४ देखि अतिथि प्राध्यापक।
हालसम्म शिक्षणमा उहाँसित पचास वर्षे अनुभव छ।
(ग) प्रकाशन- प्रकाशनका हकमा डा सिन्हा धनी हुनुहुन्छ। हालसम्म उहाँका अँग्रेजी र नेपाली भाषा गरी जम्मा १८ वटा पुस्तक प्रकाशित छन्। ती हुन्-
अनुवादतर्फ-
१. पवित्र कुरआन, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८०।
२. चालिस हदिस, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८१।
३. हदिस चयन, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८६।
४. नेपाली भाषाको मान्यताको प्रश्न, प्रोलेतारियन एरा, कलकत्ता, १९८१।
५. गालिब, साहित्य एकाडेमी, नयाँ दिल्ली, १९८७।
६. चिरकुमार सभा, साहित्य एकाडेमी, नयाँ दिल्ली,१९९७।
७. बहाई घर, बहाई प्रका. दार्जीलिङ, १९९८।
८. नयाँ नियम, वर्ल्ड बाइबल ट्रान्लेसन सेन्टर, बङ्गलोर, २०००।
९. पुरानो नियम, वर्ल्ड बाइबल ट्रान्लेसन सेन्टर, बङ्गलोर, २००२।
१०. भागवद्गीता, पाइन्स प्रका. दार्जीलिङ, २००८।
अँग्रेजी भाषामा
१. A Treatise on Nepali Language, Uttaranchal Prakashan, 1978.
२. A Critical of the Ramayana Studies in the World (Vol I-II), Sahitya Academy, New Delhi, 1991 & 1993.
३. Medieval Indian Literature (Nepali Section), Sahitya Academy, New Delhi, 1989 & 1990.
४. Masterpieces of Indian Literature (Nepali Stories), National Book Trust of India, 1998.
५. A Lexicon of Linguistic & Literary Terms, CIIL, Mysore, 2004.
६. Role of Gorkhas in Making of Modern India, Bharatiya Gorkha Parisangh, 2006.
७. Nepali Ramayana: Versions & Variations (Paper), International Ramayana Conference, Bangkok, Thailand, 2000.
८. Myth in Contemporary Indian Literature (Paper), National Seminar, Sahitya Academy, New Delhi, 2003.
९. An Intensive Course in Nepali, (Co. Writer- Editor), CIIL. Mysore. 1999-2003.

सम्पादन
१. महाकवि देवकोटा दोर्जेलिङैमा, पाइन्स प्रकाशन, दार्जीलिङ, २००९।
यीबाहेक विभिन्न पत्र-पत्रिका, स्मृति ग्रन्थ र अभिनन्दन ग्रन्थहरू सम्पादित।
अझै वहाँसँग कथाहरूको एक पुलिन्दा, भाषासम्बन्धी चिन्तनका एक बिटा, समालोचनात्मक लेखहरू एक झुसी, भूमिकाहरूको एक थाक छाप्न बाँकी नै छन्।
(घ) पुरस्कार-सम्मान प्राप्ति-
१. डा पारसमणि पुरस्कार, कालिम्पोङ, २०००.
२. भानुभक्त पुरस्कार इत्यादि।
३. विभिन्न ठाउँबाट अभिनन्दित।

(ङ) डा सिन्हाको राजनैतिक व्यक्तित्व पनि आफ्नै किसिमको छ। गोर्खालीगसित पनि एकसमय सक्रिय हुनुहुन्थ्यो। अहिले सिक्किम-दार्जीलिङ एकीकरण मञ्चका उपाध्यक्ष। ऐतिहासिक सन्धि-सम्झौता र दस्तावेजका आधारमा दार्जीलिङलाई सिक्किममा गाभ्नुपर्छ भन्ने राजनैतिक अडान। एक स्पष्ट राजनितीज्ञ र चिन्तक।
शैक्षिक क्षेत्रमा एक लोभलाग्दो पौरखी। प्राइभेट तवरबाट नै उच्च शिक्षा हासिल गर्नुभएको हो। यसका साथै शोधनिर्देशकबिना नै नेपाली रामकाव्य परम्परा विषयमा विद्यावारिधि (पी.एच.डी.) हासिल गरेको हो। यसबाट हामी सबैले प्रेरणा लिनुपर्दछ।
नेपाली भाषाको अध्ययनमा डा सिन्हाको महत्त्वपूर्ण योगदान छ। नेपाली भाषाको वर्णविचारदेखि लिएर, व्याकरणिक व्यवस्था, भाषिक एकीकरणसम्बन्धी विशद् अध्ययन र लेखनमा आजपर्यन्त सक्रिय। विभिन्न राष्ट्रीय र अन्तर्राष्ट्रीय संगोष्ठीतिर प्रपत्र प्रस्तोता, साहित्यिक र विभिन्न सामाजिक संस्था आदिका पदाधिकारी, विभिन्न साहित्य समारोह आदिका मुख्य अतिथि, अध्यक्ष, स्रोत व्यक्ति आदि हुनुभएका एक व्यक्तित्व। यीबाहेक विभिन्न सरकारी निकायमा विषयविज्ञका रूपमा रहनुभएको। उहाँ भाषाका एकेक शब्द केलाई त्यसको अर्थ, व्युत्पत्ति आदिबारे चिन्तन गर्नुहुन्छ। उहाँ हरेक लेख बौद्धिक- चिन्तनपरक रहेका हुन्छन्। उनले डा पारसमणि प्धान अभनन्दन ग्रन्थमा नेपाली व्याकरणमा एकरूपताको प्रश्न विषयमा एक अत्यन्त गहकिलो लेख लेख्नुभएको छ। त्यस लेखमा नेपाली नेपाली भाषामा एकरूपताको समस्याको दिशा, तिनका कारण आदिबारे गम्भीर अध्ययन गर्नुभएको छ।

(च) डा गोकुल सिन्हाभित्र विभिन्न अनुभव र ज्ञानको भण्डार छ। पारसमणि प्रधान, भाइचन्द प्रधान, देवप्रकाश राई, गुमानसिंह चामलिङ, रामकृष्ण शर्मा, महानन्द पौड्याल आदिसँग राम्रो संसर्ग गर्नुभएको हो। वहाँ स्वयम् नै इतिहास र संस्मरणको पुस्तक हुनुहुन्छ। वहाँ दार्जीलिङ, कालिम्पोङ र सिलगडी तीनै ठाउँका एक सिङ्गो व्यक्ति हुनुहुन्छ। अहिले वहाँ भानुभक्तीय रामायणको अँग्रेजी अनुवादमा सक्रिय हुनुहुन्छ। हालसम्म उहाँले पाँच काण्ड त अनुवाद गरिसक्नु भएको छ। बाँकी दुई काण्ड पनि निर्विघ्न रूपमा चाँडै समाप्त होस् भन्ने हामी चाहन्छौँ।

(छ) डा सिन्हा अत्यन्त मिलनसार, हँसमुख, युवा जोसले भरिपूर्ण, लोकप्रिय गुरूबा, सदाचारी, सबैलाई मित्रवत् व्यवहार गर्ने, गुणी, सरल र सहज व्यक्तित्व हुनुहुन्छ। अब उहाँले सानातिना झिनामसिना कामभन्दा नेपाली भाषा र साहित्य क्षेत्रमा ठोस कार्य गर्नुभए असल हुनेछ। उहाँलाई उमेरको वार्धक्यले चाँडैनै नगलाओस्, उहाँ पुस्तक संख्या बढेर दुई दर्जन नाघोस, थालेको रामाय़ण अनुवादको काम चाँडै समाप्त होस्, उहाँको जोसमा कमी नआओस्, अझै अरू गरिमामयी पुरस्कार हात पर्दै गरोस्, उहाँका छोराछोरीले पनि अझै उन्नति गरून्, सबैतिरबाट सुख-समृद्धि प्राप्त होस् तथा उहाँको सुस्वस्थ्, दीर्घायु र उत्तरोत्तर प्रगतिको काम राख्दछौँ।

दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु