सेलिब्रिटी हुनुपर्यो, आकास छुनुपर्यो

- लक्ष्मण गाम्नागे

यसो गर्नुपर्यो, उसो गर्नुपर्यो, जसो गरी भए पनि सेलिब्रिटी हुनुपर्यो । साह्रै लद्दु भइयो, असाध्यै पिछडा भइयो, कुवाको भ्यागुतो भइयो । साह्रै पाखे र परम्परावादी भैयो । अब अलि जाग्नुप¥यो । साहित्यमा लाग्नुप¥यो । लेख्न थाल्नुप¥यो । अब आगो बाल्नुप¥यो । कथा, गीत, कविता, समालोचना, गजल, हाइकू, तान्का जताततै तन्किनुप¥यो । उपन्यास नलेखी साहित्यकार हुने सम्भावना रहेन । संस्मरण नलेखी लेखक हुने चान्सै भएन । त्यसैले ती दुवैथरिमा हत्ते हाल्नु प¥यो, ज्यानै फाल्नु प¥यो ।
केही कविता त लेखेको पनि हो, तर ती साह्रै सोझा भए, लाटा भए । मान्छेले पढ्छन्, पढिसक्ता बुझ्छन् । कुनै रहस्य नभएका, पाठक–श्रोताले टाउकै दुखाउनु नपर्ने खालका नाङ्गा । त्यसैले अब खातका खात वस्त्र बेरेका कविता ओकल्नु प¥यो । विम्व र प्रतिकका खतरनाक गुजुल्टाहरूले कवितालाई गुटमुट्याउनु प¥यो । घामलाई अञ्जुलीमा लिएर समुन्द्रलाई स्वाट्टै पिउनु प¥यो । एक मुठ्ठी आगोको लप्कामा पीडाले कठ्याङ्ग्रिएको मुटुलाई सेकाउनु प¥यो । आजीवन नकोरेको जोगीको कपाल जस्तो कवितामा बेस्सरी लट्टा पार्नुृप¥यो । जस्तै–

१) जिन्दगीको पत्रपत्र
जिजिविषाको कालो चहक
चह¥याएर आउँछ यत्रतत्र ।

२) मरेको लास
लासले खसालेछ आँसु
होस न हवास ।

३) प्रशान्त महासागरमा हाम फालेर आत्महत्या ग¥यो सगरमाथाले
सगरमाथासँगै डुब्यो तिमीलाई पाउने मेरो सपना ।

देख्नु भो कविता ? लेख्न नजानेर नलेखेको हो र ? जिन्दगीका पत्रपत्रहरूमा वेपत्ता भइरहून् न पाठकहरू अब । उच्चाहटको अर्थ र त्यसको चर्चराहटको कल्पनाले चिटचिट पसिना निकालिरहून न श्रोताहरू । कविले कसरी लासलाई पनि मार्दोरहेछ र कसरी खसालेछ लासले आँसु, वाल्ल परिरहून न नवसमालोचकहरू । कविकी पे्रमिका सगरमाथा चढ्न गएकै बेला सगरमाथा कसरी हिँडेर प्रशान्त महासागरसम्म पुगेछ र हाम फालेर मरेछ, रहस्यको गाँठो फुकाउन नसकेर दर्शकहरू हे¥याहे¥यै होउन् न कविको ओजस्वी अनुहारतिर । यी धुवाँदार कवितालाई आफ्ना गुठीको समालोचकले कवितामा नयाँ आयाम भनेर घोषणा गरोस् । आफू मुसुमुसु हाँसिरहुँ । के थाहा, यही कविताले एउटा नयाँ वादलाई जन्म दिने हो कि ! एउटा एउटा वादलाई दह्रोसँग छाँद हालेपछि इतिहासमा अमर भइन्छ भन्ने बुझिसकिएकै कुरा भयो । एउटा नयाँ वादको खेस्रा बनाउन थाल्नुप¥यो अब ।
भन्छन् लेखेर मात्रै हुँदैन, दुनियाँले देख्नु पनि पर्छ । दुनियाँलाई देखाउने काइदा पनि देखिसकियो । गुट जुटाउनु प¥यो । गुठी बनाउनु प¥यो । केही समालोचकलाई आफ्नो मण्डलीमा गोलबन्द गर्नु प¥यो, मुठीमा राख्नु प¥यो । भूमिका लेख्न आफ्नै गुठीका मान्छेलाई लगाउनु प¥यो । संसारको सबैभन्दा राम्रो किताव यही हो भनेर प्रमाणित गर्ने भूमिकाले एक चौथाई किताव भर्नु प¥यो । अरु चौथाई भागमा पुस्तकको प्रशंसा गरेका ज्ञात अज्ञात पाठकहरूका टिप्पणीले सजावट गर्नु प¥यो ।

किताव लेखेर मात्रै अब कुनै माईके लाल लेखक बन्दैन । तात्ताता वहसहरू चलाउनु प¥यो । मिडियाहरूमा बेस्कन प्रचार गर्नु प¥यो । एफएमहरूका दगुरादगुर गर्नु प¥यो । पत्रकारहरूलाई खाजा खुवाउनु प¥यो । पुस्तकमा अडेस लागेको आफ्नो तस्वीर सहित होडिङ बोर्डहरूले सहर सजाउनु प¥यो । पहिलो संस्करण छ सय छापेर छ हजार प्रति भनेर लेख्नु प¥यो । पहिलो छ सय प्रति बिक्री भएर दोश्रो छपाई गर्न पाइयो भने चौथो संस्करण भनेर ठोक्नुप¥यो । समीक्षा गर्न ज्वाईंलाई लगाउनुप¥यो, भाञ्जालाई फेसबुकमा प्रचार गर्न लगाउनु प¥यो । भाञ्जाले ढिलो गरे भने आफैंले कुनै छद्म नामको प्रोफाइल बनाएर एक महान् लेखकको अमर कृति भनेर विज्ञापन छपाउनु प¥यो । धरहराको टुप्पातिर कतै लगेर मोडेल युवतीहरूको हातबाट पुस्तक विमोचन गराउनु प¥यो । सम्मान गर्ने संस्थाहरूसँग निरन्तर सम्पर्क गर्र्नु प¥यो । अथवा आफैंले संस्था खडा गर्नु प¥यो । श्रीमतीलाई अध्यक्ष बनाउनु प¥यो, सालीलाई कोषाध्यक्ष बनाउनु प¥यो । ज्वाइँ महासचिव भै हाल्छन् । ससुरालाई संस्थामा रकम जम्मा गर्न लगाएर जेठी सासूको संयोजकत्वमा मूल्याङ्कन समिति बनाएर आफ्नै कृतिलाई राष्ट्रिय पुरस्कार दिलाउनु प¥यो । हुँदै नभएको फलानो इन्टरनेशनल नेपाली सोसाइटी भनेर अन्तरराष्ट्रिय पुरस्कारै पड्काएको समाचार छपाए पनि कसैका पिताले कुनै प्रश्न गर्ने होइनन् । जसो भए पनि गर्नु प¥यो । डरलाग्दो लेखक बनेर नाम चलाउनु प¥यो । सेलिब्रिटी हुनु प¥यो ।

नेपालीमा लेख्न अंग्रेजी भाषाको छिपछिपे भए पनि ज्ञान राख्नु प¥यो । कम्तिमा अंग्रेजीका पचास–सय शव्द कण्ठ पार्नु प¥यो । ठाउँठाउँमा तिनलाई घुसार्नु प¥यो । रचनामा कफि, क्याफे, रेड लेवल, जिन, कक्टेल, बार, चुस्की, षोडषी आदिका प्रशंगहरू बारम्बार उठाएर आधुनिक र रोमान्टिक लेखक बन्नु प¥यो । यौनका विषयमा मौन नबस्नु प¥यो । जे जसो गर्दा हुने हो, त्यसै गर्नु प¥यो । समय अनुसार चल्नु प¥यो । अग्रगामी हुनु प¥यो । साह्रै सेन्टी भइयो । साह्रै मूर्ख र पछुवा भइयो । अब अघि बढ्नु प¥यो ।

रचनाका शीर्षक चयनमा पनि विशेष ध्यान दिनु प¥यो । शीर्षक अलि आधुनिकता झल्किने हुनु प¥यो । जस्तै, ‘डायस्पोरिक नेपाली लिटरेचर ः हिजो र आज’, ‘साहित्यमा टेक्नोलोजीको इम्प्रेशन’, ‘नोबेल प्राइज र नेपाली साहित्यको लेभल’, यस्तै यस्तै । रचना मात्र होइन, कितावका नाम पनि समयसापेक्ष राखेर सबैको ध्यान तान्नुप¥यो । ‘एराउण्ड बागमती’, ‘ब्यूटिफूल पोखरा’, ‘बिपासा बार’ ‘गौरिया ब्लुज’, ‘भाले टाइम्स’, ‘प्री प्राइमरी लभ’ आदि आगामी पुस्तकहरूका सूचि हुनु प¥यो । सूची त बन्यो, तर लेख्न बाँकी नै रह्यो । लेख्न बाँकी भएर केही गर्दैन, लेखाउने प्रकाशकहरूले लाखौं रुपैयाँ अग्रीम रोयल्टी दिने समय आयो । फलानो प्रकाशकले फलानो पुस्तकका लागि लेखकलाई रोयल्टी स्वरुप पन्ध्र लाख अग्रिम दिएको भनेर सनसनी मच्चाइदिनु प¥यो । कुनै काल्पनिकै भए पनि फलानो पुरस्कार जितेको लेखकको फलानो किताव निस्कँदैछ भनेर आजैदेखि हल्ला मच्चाउनु प¥यो । मै हुँ भन्ने लेखकहरूलाई मुच्र्छा पार्दिनु प¥यो ।

वर्षौदेखि अरुले गरेको प्रगति, कमाएको नाम र सोहोरेको दाम देखेर ईष्र्याले भतभती हुँदै के विषयमा कसरी लेख्ने होला भनेर म गोबर कनेको कनेकै थिएँ । नाथे विषयहरू छ्याप्छ्याप्ती आफैंलाई पछ्याइ रहेका रहेछन् । रत्नपार्क वरिपरि साँझपख भेटिने नगरबधुहरूसँग अन्तर्वार्ता लिएर किताव निकाल्न सकिने रहेछ । पँधेरे प्रेमको बारेमा लेख्न थाल्ने हो भने ठेलीका ठेली कथा संग्रह हुने रहेछन् । आमा, दिदी, बहिनी, छोरी, बुहारी वा सासूआमाहरूले पढेर के भन्लान् भन्ने लागेर आजसम्म नलेखी बसेका लाज लाग्ने विषयमा पनि नलजाइकन भकाभक लेख्नुपर्ने रहेछ । यस्तो ज्ञान बेलामा आइदिया भए उहिल्यै हिट भइ सकिने रहेछ, पर्नु पछि परिएछ । यो बेला सरररर मोटर चढि सकिने रहेछ । थुक्क मेरो बुद्धि ! भनेर आज आफैंले आफैंलाई सराप्नु प¥यो । यस्तो दिन देख्नु प¥यो ।

जिन्दगीमा मैले पनि खुइले कुकुरले नपाउने दुःख र हण्डरहरू खेपेको छु । भोकै नाङ्गै कति दिन गुजारेको छु । बिरामी भएर कति पटक, दुर्घटनामा परेर कतिपटक मृत्युको मुखमा पुग्दै फर्कँदै गरेको छु । त्यसमा केही प्रतिशत थपथाप गरेर मान्छेहरूलाई डाको छाडेर रुवाउने कथा निकाल्नु प¥यो । छापा मार्ने लडाईंमा नभए पनि माछा मार्ने काम गर्दा खोलाले बगाएर तीन हप्ता पछि फर्केर घर आएको कहालीलाग्दो संस्मरण फुराएर बाँकी संस्मरण लेखकहरूलाई सुताउनु प¥यो ।

चालिस वर्षभन्दा कम उमेरमै तीन भन्दा बढी पटक बिहे गरेका मान्छेहरूको संस्मरणको सङ्गालो ‘थर्ड वार’ निकाल्नु प¥यो । केही पात्तिएका चर्चित बूढाहरूलाई आफ्नो अन्तिम प्रेम सम्वन्धका बारेमा लेख्न लगाएर ‘लास्ट लभ अफ ओल्ड गाइज्’ निकाल्नु प¥यो । प्रेम नाथे काल्पनिकै भए पनि सनसनीपूर्ण लेख है बूढा हो भन्नु प¥यो । ‘अटम लभ’ वा ‘स्प्रीङ् विलभ्ड’ लेखेर पुस्तकको बजार तताएर धुवाँ उडाइदिनु प¥यो । बिक्री नभए पनि केही छैन, आफन्त र साथीभाइहरूलाई बाँडेर सिध्याइदिनु प¥यो । बेस्ट सेलरको सूचिमा चढाइदिनु प¥यो । शंका नगर्नुस् है, अंग्रेजी भाषामा कालो अक्षर भैंसी बराबर भए पनि पुस्तक आधासरो अंग्रेजी मिसाएरै ल्याउनु प¥यो । सबैले त्यसलाई नेपाली भाषामा निस्केको कितावमै गनिदिनु प¥यो । मदन पुरस्कार गुठीले पनि आनाकानी नगरिकन दर्ता गरिदिनु प¥यो ।

ठूलो सालो ठूलै पत्रिकामा काम गर्छ । उसलाई भनेर पत्रिकामा अन्तरवार्ता छपाउनु प¥यो । उसले सेलिब्रिटीहरूलाई सोध्ने प्रश्नहरू मलाई कण्ठै छन् । राम्रो तयारी गरेर जानुप¥यो । उसले तपाईं कस्ता पुस्तक मन पराउनुहुन्छ भनेर सोध्नेछ । मलाई मन पर्ने पुस्तकहरूमा म सम्झी सम्झी भन्नेछु– ‘द राउण्ड हाउस’, ‘ब्रिङ् अप द बडिज्’, ‘द प्यासेज अफ पावर’ आदि । उसले नेपाली पुस्तक नि भनेर सोध्यो भने म भन्नेछु, नेपालीमा खासै त्यस्ता पठनीय पुस्तक छैनन् । बच्चा हुँदा देवकोटाका एस्सेहरू ठिकै लाग्थे ।

हिजो आज के पढ्दै हुनुहुन्छ भनेर उसले सोध्नेछ । म रवीन्द्र समीरको ‘अणु र पहाड’, शकुन्तला जोशीको ‘आदिम सिमाना’ वा भुपिनको ‘चौबिस रिल’ भनेर किन भन्थेँ ! डायरी हेरेर फटाफट भन्नेछु– ‘द कोल्डेस्ट नाइट’, ‘डिफेन्डिङ जेकोब’, ‘टच एण्ड गो’, ‘प्राइभेट बर्लिन’ आदि । तपाईंको घरमा कति पुस्तक छन् भनेर पनि उसले सोध्नेछ । म होलान् त्यस्तै पन्ध्र बीस हजार भनिदिनेछु । महिनामा पुस्तक खरिद गर्न कति खर्च गर्नुहुन्छ भनेर सोध्यो भने किन्नै पर्दैन सबै उपहारबाटै जम्मा भएका हुन् भन्दिन्छु । तपाईंलाई मन पर्ने साहित्यकार को को हुन् भनेर सोध्ने प्रश्नको पनि मसँग मुखाग्र जवाफ हुनेछ– ज्याक निकल्सन, अलेक्जेन्डर ग्राहमबेल, हेनरी फोल्डा आदि । पत्रकार सालोले भन्न सक्छ– अलेक्जेण्डर ग्राहमवेल त वैज्ञानिक होइनन् र ? अफ दि रेकर्डमा म उसलाई ‘नकरा साला’ भन्नेछु ।

नयाँ पुस्तालाई के पढ्ने सल्लाह दिनुहुन्छ भनेर पनि उसले सोध्नेछ । म कर्णाली व्लुज, सकस, लू, सुम्निमा, सेतो धर्ती, झोला, सुकरातका पाइला, जुनकिरीको संगीत, शिरिषको फूल, डापी, बिसे नगर्चीको वयान, जय भुँडी इत्यादि पुस्तकहरूको नाम मरिगए लिने छैन । भनिदिनेछु– ‘समवान टू लभ’, ‘वाकिङ् डिजास्टर’, ‘अ विक इन विन्टर’ आदि । ती कस्ता पुस्तक हुन् भनेर उसले सोध्यो भने पढेपछि थाहा हुन्छ भन्नेछु ।

साँच्चै भनेको, वागमतीको गन्ध सुँघेर मात्रै नबस्नु प¥यो अब । खुइले अड्डाको थोत्रो कुर्सीमा उँघेर मात्रै नफँस्नु प¥यो अब । तातो न छारोका व्यङ्ग्य झटाराहरू लेखेर यो एक बारको जुनी नसक्नु प¥यो । मूल धारमा प्रवेश गर्नुृ प¥यो । यो नर चोलालाई सार्थक पार्नु प¥यो । नानाभाँतीका पुुस्तकहरूको चाङ् लगाएर हरि अधिकारीलाई झोँक चलाउनु प¥यो, गोविन्द राज भट्टराईलाई फकाउनुप¥यो, लक्ष्मण गौतमसँग मित लगाउनुप¥यो । कुमार कोइरालालाई दाइ बनाउनुप¥यो, राम प्रसाद ज्ञवालीलाई गुठीमा छिराउनु प¥यो । अरु कसकसलाई के के गर्नुपर्छ त्यो गर्नुप¥यो । कमलमणिजीकोमा पनि कितावका ठेलीहरू ठेल्नुप¥यो, जिवा लामिछानेसँग पनि चिनजान गर्नुप¥यो । जसरी पनि लेखक बन्नुप¥यो । चर्चामा आउनुप¥यो । पुस्तक प्रदर्शनीहरूमा बसेर पाठकहरूको नमस्कार खानुप¥यो, पाठकहरूलाई लाममा लगाएर किताव बेच्नुप¥यो । बेचेका कितावमा ‘सप्रेम उपहार’ लेखेर सही गर्नुप¥यो ।
भ्यागुतो अब पोखरीबाट निस्कनुप¥यो । यसो बाहिर फेर हेर्नुप¥यो । आङ् तान्नुप¥यो । खुट्टा तन्काउनुप¥यो । अब अघि बढ्नुप¥यो । हेर्दा हेर्दै बुरुक् बुरुक् उफ्रिन थाल्नुुप¥यो । छलाङ् हान्नु प¥यो । कसैको आँखाको छारो भएर होस् वा कसैको आँखाको तारो भएर होस्, जसरी पनि चर्चामा आउनुप¥यो । सेलिब्रिटी भएर सर्वत्र छाउनु प¥यो ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 भाद्र, 2070

लेखकका अन्य रचनाहरु