आफैँलाई फर्केर हेर्दा

- विनोद रोका

अमेरीकी अद्यागमन विभागले विदेशी नागरिकलाई अमेरीकामा स्थायी रुपले बसोवास गर्नका लागि दिएको ग्रिनकार्ड सधैभरी आफन्ै साथमा नराखेमा मिसडिमिनर अर्थात बिज्याई गरेको कसुर ठहरिन्छ । यसपाली यहि बिषयको सेरोफेरोमा एउटा लेख तयार गर्ने बिचार गर्दैथिएँ । तर आज बिहानै नेपालबाट विश्वभाषा क्याम्पसमा नेपली भाषा पढाऊने शिक्षक एवम् सर्जक प्रिय मित्र मुकुन्दराज पथिकले मलाई सम्झना गरि लेखेको चिठृी पढेपछि मैले माथिको बिषयमा लेख्न सुरु गरेको लेख अगाडि बढन मानेन । मनले भन्यो आज आफनै बारेमा केही लेख । सम्झिने साथीका बारेमा केही लेख । ढुगांजस्ता चिसा र साह्रा कानुनका बारेमा कति बोल्छस । कति लेख्छस् ।

पथिकले लेखे अनुसार उनी नेपाल बार एसोशिएसनको हलमा क्यानाडाबाट गएका कविको किताब बिमोचनमा अतिथिको रुपमा पुगेका र उन्लाई मन्चमा बोलार्ईएको थियो र े। उनले बारको त्यो सभा कक्षको ड्यासमा बसी रहदा मलाई त्यही भवनबाट कालो कोट लगाएर बाहिर भित्र गरेको सम्झना गर्दा आाखा रसाएछन । त्यसपछि जलपानकोे लागि बाहिर आउदा फेरी मलाई त्यहा कालोकोटमा सम्झिदा आँशु नै खसालेछन । अनि घरमा आई तुलशी दिवशजीले टेलीभिजनमा हालै आफूले अमेरीकाका विभिन्न शहरहरुमा पुगी साहित्यीक कार्यक्र्रममा भाग लिएको अनि अमेरीकामा नेपाली साहित्यको उन्नती अतिनै राम्र्रो भएको स्मरणहरु सुनाउने क्रममा अरु साहित्यीक मित्रहरुको साथमा न्युर्योकका विनोद रोकाको नाम पनि लिँदा उनले फेरी पनि मलाई सम्झिएर आँशु झारेछन । त्यस्तै न्युर्योकबाट नेपाल पुग्नु भएका कवि एवं प्रोफेसर दाई गोविन्द कोईराला र दिदी मृदुलासँग प्रज्ञामा भेटेको बेला उनले मलाई चिन्नु हुन्छ भनि सोध्दा वहाहरुले स्नेहपूर्वक मेरो न्युर्योकको साहित्यीक गतिविधिमा सकृयता रहेको र नजीकैबाट चिन्ने व्यक्ति हुन भन्दा त उनी अमm खुसी भएछन । अनि अन्त्यमा लेखेको थिए तिमी यहाँ पनि राम्रो अधिवक्ताको रुपमा परिचित थियो । त्यता पनि तिम्रो राम्रै नाम सुन्न पाऊदा खुसी लाग्छ.... आदि ।

म उनको चिठृी पढेपछि आफ्ना अतित तर्फ लागे । म खोटांगको खुतुम्बु भन्ने गाउँ पाखामा जन्मेको मान्छे । हाईस्कुल सम्म पढदा गाईबाख्रा गर्दै घरबाट १ घण्टा भन्दा पनि बढी समय सम्म खाली खुटृा हिडेर स्कुल पढेको। खुटृा, ढुंगा र काँढाका बिचमा मित्रता थियो । त्यसैले कहिले दुखेन पनि । अनि हाईस्कुल सिम्पानी गएपछि जुत्ता र चप्पलसंग खुटृाको सम्वन्ध कायम भै काँढासँगको मित्रता छेकियो । टेष्ट सकिएपछि एसएलसी पास गरेर गाऊमा शिक्षक हुन फर्किन्छु भनि विराटनगर शहरतिर झरेको थिएँ । एसएलसी पास गरियो । तर गाउँमा शिक्षकको दरवन्दी थिएन । राजविबराजमा अर्जुनकाका हुलाकमा कार्यरत हुँदा उतै हान्निए । उहाँले बुईपाको हुलाकमा मुखियाको जागीर खान हाकीमको तोक लगाएर अब घरछेउ मै जा केटा, आमाको एक्लो छोरा भन्नु भो । २ दिनको पैदल बाटो हिडेर राजबिराजबाट बुईपा छोटी हुलाकमा पुग्दा त्यहाको हाकीमले आफ्नै मानिस राखी सकेको हुँदा पुन राजबिराज फर्किए र कानुनको प्रमाणपत्र तहमा अध्ययन गर्न थाले आमासंग जिद्दि गरेर । पढाई अगाडि बढन कठिन थियो आमाको पसिनाले मात्र । केही समय पश्चात काकाले हुलाकमा टाईपिष्टको अस्थायी काम लगाईदिए पछि पढाई पुरा गरियो वहाहरुकै सानिध्यमा रहेर । त्यसपछि खोटांगमा गएर सानो वकिल हुनु भन्दा काठमाण्डौ बिएल गर्न जाने सुर चड्यो खर्च न बर्च बाटामा मर्छ भने मmै गरी । काकाको सहमति थिएन किनकि खर्च धान्न आमाले नसक्ने अवस्था थियो जो पहाडमा दृईटा साना बहिनीहरु लिएर बस्नु हुन्थ्यो। पिताजी अर्को आमा पटृटी बस्ने हुदा कुनै भरथेग थिएन।

आमाको आर्शिवाद, काकाको अलिकति आश अनि भाग्यको भरोसा लिएर जिद्दी नै गरी २०३५ सालमा काठमाण्डौ तिर लागे नाईटबस चढेर। पैसाको हकमा भर्ना गरेर उभ्रिएको ३५० जति मात्रै थियो । राजबिराजमा संगै पढेका केही साथी थिए काठमाण्डौमा तर कहाँ बस्छन थाहा थिएन । बसले राति नै झारिदियो धरहरामा । भोलीपल्ट सहपाठी मित्रहरुलाई भेट े। केही समय पछि ल्याएको खर्च सकियो । कलेजहरुमा लामो हडताल भएकोले साथीहरु झापातिर हिँडे । आफनो सजीलै सँग जाने ठाउँ र खर्च थिएन । किनकि मैले पहाड नै जानु पर्ने थियो जाँदाखेरीे । त्यसैले दिउँसो भरि काम खोज्न यता उति चाहार्थे । चिनेको कोही थिएन । गोरखापत्र हेर्यो अनि अन्र्तवार्तामा गयो । तर कसले राख्ने ? सबैका आआफ्नै मान्छे हुने आफ्नो कोही थिएन ।

यसै बिचमा काका राजबिराजबाट काठमाण्डौ आएका बखत प्रहलाद आर्चायदाई संग चिनजान भयो । उहाँ र हरिहर दाहालदाई संंगै बस्नु हुदो रहेछ । काकाले मलाई प्रहलाद र हरिहरदाईका जिम्मामा लगाई राजबिराज फर्कनु भयो । म उहाँहरुसंगै बस्न थाले । हरिहरदाई त्यसबेला नेपाल ल फर्ममा भरखर अधिवक्ताको हैसियतले काम गर्नुहुन्थ्यो । पैसा नभएर पढाई छोडनु पर्ला जस्तो अवस्था परेको बेला उहाँहरुको आडमा मैले विश्वभाषा क्याम्पसमा टाईपिष्टको काम पाए । त्यो काम पनि हरि गुरुका छोरा महेशका लागि भनेर बचन दिइएको रहेछ तर उनको आइएसम्मको शिक्षा र टाईपको प्रमाणपत्र नभएको हुँदा सुब्बा सरहको पद मेरा पोल्टोमा उछिटृीएर आएको थियो बोकाको मुखमा कुभिण्डो परेझै गरेर ।

म विश्वभाषा क्याम्पसमा काम गर्न जादा मुकुन्द पथिकजी पनि टाईपिष्टमा नै काम गर्थे । मैले त्यहा पथिक र अन्य लालहरुसंग करिब १० बर्ष संगै काम गरे । मैले त्यहा क्याम्पस चिफ, प्राध्यापक, र सहकर्मीहरुबाट राम्रो स्नेह पाउन सके । केही मित्रहरुको बिचको नाम ‘लाल’ भएको हुँदा हामी सबैजनाको नाम पछाडि लाल झुण्डयाएर सम्बोधन गर्ने गर्थियौ स्नेहपूर्वक । जुन अहिले स्मरण गर्दा मन रोमान्चीत भएर आउँछ । काममा सहजता भएको हुदा मैले आफनौ पढाई, पेशा र न्यायप्रतीक नामक कानुनी त्रैमासिक पत्रिकाको सम्पादनलाई निरन्तरता दिन सके । हरिहरदाइहरुले आप्mनै फर्म खोल्ने भएपछि म उहाँहरुको अभिनव ल च्याम्वरको एक्लो सहायक बन्न पुग े। त्यो फर्ममा सक्रिए रुपमा काम गर्नेहरुमा अधिवक्ता शंकर घिमिरे, हरिहर दाहाल र हरि न्यौपाने भएपनि त्यहा अर्जुन नरसिंह केशी, कमल चित्रकार आदिका पनि नाम थिए । उहाँहरुको लामो संगतको कारणल गर्दा मैले अदालत र कानुन पेशाको क्षेत्रमा राम्ररी आफ्नो पहिचान बनाउँन सकेँ ।

मैले सर्बोच्च अदालत बारमा २०४० सालमा अधिवक्ताको हैसियतले सदस्यता लिए । मेरो सदस्यता बारका लागि नयाँ भएपनि म पुरानो जस्तै भै सकेको थियो, पहिले देखि नै आवज जावत गर्ने भएकाले । त्यसैले अर्को वर्ष म बारको कार्यकारीणी सदस्यमा निर्वाचित भए जस्मा दमन ढुगांनादाई अध्यक्ष र हालका माननीय न्यायाधिश वैद्यनाथ उपाध्यायजी सचिव हुनुहुन्थ्यो । त्यसबेला सबभन्दा सानो उमेरको म नै सदस्य थिएँ होला । २०४१ सालमा मैले मगनी बिवाह गरे मेनुका संग काठमाण्डौँमा मित्र विनीत झा र खगेन्द्रजीको सम्र्पकबाट ।

म २०४५–४६ सालको लागि सर्बोच्च बारको सचिवमा निर्वाचित भएँ । २०४६ सालको जनआन्दोलनमा बहुदलिय व्यवस्थाका पक्षमा कालोकोट लगाएर अरु साथी झँै सडक परिक्रमा गरियो । पुलीस कार्वाहीमा थुनामा परियो । बहुुदलिय व्यवस्थाका पक्षमा सायद सर्बप्रथम सर्र्बोच्च अदालत बारले नै प्रस्ताव पारित गरेको थियो त्यसबेला । अनि पारित भएको प्रस्ताव अधिवक्ता श्रीहरि अर्याल दाइ र म जमल स्थिन ने.का.को अफिसमा गै किशुनजीलाई दिएपछि उहाँले हामीलाई धन्यवाद दिनु भै तुरुन्तै अंग्रेजीमा अनुवाद गरेर वाह्य मिडियाहरुलाई पठाउन लागउनु भएको थियो । किनकि त्यसबेला त्यस्तो प्रस्ताव पारित हुनु भनेको जोखिमको कुरा नै मानिन्थ्यो ।

प्रजातन्त्र आएपछि पेशागत हकहित, न्यायिक स्वच्छता र मर्यादाका लागि लडने वकिलहरु पनि सत्तापक्ष र विपक्षमा बाँडिए । सत्तापक्षका पनि केही सत्तापक्षका ढोके बैठके अनि केही आर्दश र शिद्धान्तका कुरा गरेर अदालतको प्राङगणमा बस्नेमा बाँडिए । ढोके र बैठकेहरुको हेर्दा हेर्दै सुविधा उपल्लो दर्जामा पुग्यो । न्यायपालीकाको स्वच्छतामा प्रश्नचिन्ह लाग्न थात्यो । केही वकिलहरु त्यसैका सहभागी बन्न थालेको हल्ला चुलियो । हामी जस्ता निष्पक्ष न्यायपालीकाको ईजलाशमा उपस्थित भै मुद्दा मामिलामा बहस पैरवी गरेर घरपरिवार चलाउनु पर्ने वकिलहरु बिच्चल्लीमा परेका थियौ । यस्तो प्रवृतीको अन्त्य हुनुपर्छ भन्ने खेमामा म पनि उभिएको हुदा साथीहरुका बिचमा त्यति बिजाएको थिईन । त्यसैले मेरा कालोकोटे साथीहरुको संख्या धेरै नै थियो जस्तो लाग्छ । तर श्रीमतीले तपाई जस्तै वकिलहरुले यस्तो र उस्तो गरिसके, तपाई मात्र हो केही गर्न नसक्ने । केही भन्यौ कि खाली रिसाउनु हुन्छ । आर्दशका कुरा गर्नुहुन्छ । चुनावमा उठे अनि फलानो पदमा छु, यस्तो बिरोध गर्यौ भनेर कतिन्जेल पुग्ने हो । छोराछोरीलाई राम्रो शिक्षा त दिनुपर्ला क्यारे, जस्ता वाक्यहरुले भने म आफै ब्यूझिन्थे । किनकि यस बेलासम्म हामी तीन जना छोरा छोरीका आमाबाबु भै सकेका थियौ ।

म नेपाल बारको केन्द्रीय सदस्यमा पनि सानै उमेर र छोटै समयमा २०४३ सालमा पुग्न सफल भएको थिएँ । जुनबेला अध्यक्ष लक्ष्मण अर्याल, सचिव सुभाष नेम्वाङ, अनि सदस्यहरुमा कृष्ण प्रसाद भण्डारी, कृष्ण प्रसाद पन्त, मोहनकृष्ण खरेल आदि हुनुहुन्थ्यो । त्यसबेला मैले बारबाट प्रकाशित हुने न्यायदुतको सम्पादन अनि प्रकाशन समितिमा बसेर काम गरे। भिम रावलजी त्यस पत्रिकाको प्रवन्ध सम्पादक हुनुहुन्थयो । बार भवन बनाऊने क्रममा नपुग पैसा कानुन व्यवसायीहरुबाट जुटाऊनु पर्ने क्रममा मैले पनि अरुले झै तोकिएको एउटा निस्चित रकम दिएको हुँदा बार भवनमा रहेको शिलापत्रमा मेरो पनि नाम लेखियो जुने अझै पनि साक्षी भएर भुईतल्लामा बक्दैछ ।

प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको समुह डीएलएको स्थापना म र रामकृष्णको मनु ल फर्मको डिल्लीबजार स्थित कार्यालयमा भएको थियो र पहिलो माईन्युट मैले नै लेखेको थिए। यस्मा अध्यक्ष महादेव यादव, उपाध्यक्ष शेर बाहादर केशी र सचिवमा दिपकराज जोशी हुनुहुन्थ्यो। मनु ल फर्ममा नै खोटांग सेवा समाजको स्थापना भएको थियो र म संयोजक थिए यस्को। पहिलो माईन्युट पनि मैले नै लेखेको थिए जस्तो लाग्छ। पछि सम्म पनि अफिस यही रहयो। थाहा छैन वर्तमान नै हराऊने देशमा यी ईतिहासहरु छन कि छैनन।

२०५४ साल अर्थात १९९८ मा नेपाल बारको महासचिवको पदमा म प्रत्यासी भएको थिए प्रजातन्त्रवादी समुहको तर्फबाट । यद्यपि म प्रजातन्त्रवादी थिए । कांगेसको सदस्यता भने लिएको थिईन । त्यो चुनावमा प्रगतीशिल पक्ष विजय भयो जस्को अध्यक्ष भने कृष्ण प्रसाद पन्तजी हुनुहुन्थ्यो ।
१९९८ सालको अप्रिल ५ का दिन म र मेनुका न्युर्योक आईपुग्यौ तीनजना नावालख नानीहरुलाई बृद्ध आमाको रेखदेखमा छोडेर घुम्नका लागि । संयोगले एक दिन प्लेन क्यान्सील भएर हामी काठमाण्डौमा नै बस्नु परेको हुदा न्यूर्योक टेकेको दिन मेरो जन्मदिन परेको रहेछ जुन पछि मात्र थाहा भयोे। अरु झँै घुम्दाघुम्दै म पनि यतैतिर अल्झिएँ । घरपरिवार पछि कालोकोट लाउने साथीहरुकै यादले सताउथ्यो मलाई अमेरीकामा पनि । अरुले भोगेका सबै दुख कष्टहरु सह्यौ मेनुका र मैले । उनको साथ र सहयोगले अनि न्युर्योकमा रहेको टयुरो ल कलेजको अनुदान पाएर मैले त्यहाबाट एलएलएम गरी न्युर्योकको बार उत्तिर्ण भै एर्टनी एट ल को रुपबाट कार्यरत छु ।

करिब ९ बर्ष पछि सन् २००७ सालमा म काठमाण्डौ गएँ । त्यसबेला छोराछोरीहरु न्युर्योक आईसकेका थिएँ । आतुर थियो मन आमाबाबा, परिबारका अन्य सदस्य अनि वकिल साथीहरुलाई भेटेर बिछोडको तृष्णा मेट्ने । त्यसैले म घर पुगेको भोलिपल्टै मैले नेपालमा हुँदा लाउने गरेको कालोकोट लगाए बारमा गए र साथीहरुलाई भने, म विदेशमा भएपनि त्यो पुरानो कालोकोट र तिमीहरुलाई बिर्सिएको छुईन । केहीले त भने होईन यतै बस्ने गरी आएजस्तो देखिन्छौ नि ? तिमी त जस्ताको तस्तै छौ । अमेरीकाबाट आएको जस्तो पनि देखिदैनौ ? आदि ।

त्यसबेला बेला बारका पूर्व अध्यक्ष मित्र प्रेम बाहादुर खड्काले कुनै प्रसंंगमा भन्दैथिए, तेरो हस्ताक्षरको माईन्युट अझै पनि डिएलएमा हुनुपर्छ बुझिस् ।
यसै बेलामा मैले आफनो पहिलो गिति एल्बम ‘मेरीप्रिय’ को बिमोचन मल्ल होटलमा गराएको थिए राष्ट्रकवि माधव घिमिरेज्यूबाट जसकोे संगित शभ्मुजितदाई र गायक गायिकाहरुमा रामकृष्ण, अन्जु, जगदिश, मनोजराज आदि थिए। त्यो कार्यक्र्रममा नेपालका साहित्य, संंगित, कला, कानुन र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिती रहेको हुँदा यो एउटा अविस्मरणीय र ऐतिहासिक बन्न पुगेको थियो। यस्को चर्चा पछि चर्चा गरौला

त्यस्तै २०१० सालमा नेपाल जादा पनि मैले वकिल साथीहरुलाई बिर्सिन। र घर पुगेको भोलीपल्टै पुगे बार भवनमा भेटनका लागि। जुनबेला आफ्ना समकालीन भन्दा नया अनुहारहरु नै बढी भेटिए। तर स्मृतिमा आफुले अतितमा विताएका क्षण र साथीहरु यत्रतत्र देखिए सजिव बनेर । यसपाली पनि प्रवाशमा बसेर आफू जन्मेको माटो र जननी अनि साथीभाईहरुलाई सम्झिएर लेखेको गीति संग्रह जीवनको यात्रा बिमोचन प्रज्ञामा अम्वर गुरुङज्यूबाट गराएँ । अनि एएनए साहित्य प्रतिष्ठान उत्तर अमेरीकाबाट लिएर गएको साहित्यिक पुरष्कार श्रष्टाहरुलाई बैरागी काईलाज्यूबाट वितरण गराई न्युर्योक फर्किए।

मेरो आजका दिनसम्म झण्डै रामचन्द्रजीको वनवासको समय भन्दा बढी अमेरीकामा वित्न लागेको छ । नेपालमा रहेका वकिल मित्रहरुलाई सम्मmेर यताबाट फोन गर्दा उल्टै माया मारिहालिस भन्छन तर उताबाट कहिल्यै फोन गर्दैनन। ईमेल पठाउदैनन। पैसा नभएर भनौ भने मैले उनीहरुको दाजोमा काठमाण्डौ गएको बेला खर्च गर्न सकिन। उनीहिरुको आम्दानी सुन्दा नेपालै अमेरीका भएको छ उनीहरुका लागि। तर करिब १५ बर्ष सम्म उठबस र सहकार्य गरेका नेपालमा रहेका ती मेरा कालोकोट लाउने कुनै मित्रहरुले पनि यसरी पथिकल झैँ मुटुको मुहानमा छुने गरी मलाई मित्रताको कोशेली पठाएका छैनन। त्यसैले लाग्छ कानुनका शव्द र वाक्यहरु अथ्र्याउने मान्छेहरुमा केवल ढुंगा झै कठोर बिचार र हिउँ झँै चिसा मन मात्र हुन्छन । साहित्य, संगित, कला, र धर्ममा रम्ने तुलशी दिवश र पथिकहरुका जस्ता हृदय र सम्वेदनशील मनहरु हुँदैनन । अनि लाग्छ न्युर्योकमा नेपाली राजनिति र गुटहरुबाट पन्छिएर साहित्य, संगित, धर्म र कला तर्फ आफूलाई संलग्न बनाई सृजनाका यात्राहरु, साहित्य प्रतिष्ठान अनि गीत, संगीत, धर्म र समाज सेवामा संलग्न रहेका मित्रहरुसँग नजिकिएर मैले गल्ती गरेको छैन । कम्तीमा यीनीहरुको मनसँगै मेरो मनले उठबस र सहकार्य गर्यो भने म पनि पथिकहरु झै प्रवाशमा बसेर पनि आफू जन्मेको माटो, जननी र मित्रहरुलाई सम्झि रुन सक्ने छु, सम्झना आएका बेला, जुन मलाई मन पर्छ ।

एर्टनी एट ल, न्यूर्योक

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 भाद्र, 2070

लेखकका अन्य रचनाहरु