एक टुक्रा जीवन

- गोपाल झापाली

मैले हाँस्न खोजें, तिमिले रोए जस्तो देखियो भन्यौ,
फेरि रुन खोजें, फेरि पनि हाँसे जस्तो देखियो भन्यो ।
त्यसैले अब म रुने र हाँस्ने दुवै प्रयास नगरौंला,
एक मुठि जिन्दगीन हो, मुठीमै राखौंला, बिस्कुन नबनाउँला ।

जीवन निराकार त हो आकाश जस्तै, बादलको बुट्टे बिस्कुनको मेला,
त्यहि बुट्टे चाँददार बादलको रङ् बदल्दा मेरो र उसको रङ् एउटै हुन्छ
त्यहि बेला तिमी भन्छेउ बादल र तिम्रो रङ् उस्तै भयो,
मेरो प्रतिवाद–मेरो र बादलको रङ् उस्तै भयो ।
भैगो मेरो रङ् बादललाई नदिउँला, बादलको रङ् म नलगाउँला
खुसि च्यातियोस सिमल बनेर,सियो–धान नदेउ, म कहिल्यै नसिउँला ।

म पानी जस्तै बग्नुमा मलाई ग्लानी छैन,
छाँगाबाट छङ् छङ् झर्दा पनि पछुतो छैन
तिमी टम्म पोखरीमा जमे जस्तै हुन्छ,
लेउ र लेदो चाँहि नगन्हाउनु, बरु कमल फुलाए हुन्छ
कमल हिलोमै फुल्छ, हिलोलेनै कमल हुर्काउँछ,
तिमीलाई कमल नफुलाए पनि हुन्छ भने म पानी चाँहि बन्छु,
बरु तिमी भन फुल्नै÷फुलाउनै मन भए चाँहि म पनि जमि दिउँला ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2070

लेखकका अन्य रचनाहरु