साहित्यकार कुलबहादुर के.सी. र उनका काव्यकृतिको अध्ययन

- असफल गौतम

१. सन्दर्भः
हिजो पढेका कथा, कविता, उपन्यास, निबन्ध, समालोचना जस्ता विविध विधामा सुनेका नामहरूसँग साक्षात्कार र भलाकुसारी गर्ने मौका मेरो साहित्यिक यात्रा र पोखरा बसाइले दिएको हो भन्दा मलाई कुनै अप्ठ्यारो हुँदैन। यसरी भेटिने र चिनिने क्रममै मसँग जोडिएका साहित्यकार हुन् कुलबहादुर के.सी.। जसलाई छिटो चिनेँ या ढिलो, यही भन्न सक्दिन। जहिले चिने राम्रोसँग, नबिर्सने गरेर चिने। उनीसँग पहिलो पटक लामो समय कुराकानी गरेको शुक्ला साहित्य समिति बाटुलेचौरले जीवन शर्मालाई शुक्ला साहित्य पुरस्कार वितरण गर्दाको दिन हो। जुन समयसम्म मेरा दुई गीती एल्बम र दुई साहित्यिक कृति प्रकाशन भईसकेको समय २०६७ कात्तिक २६ गते शुक्रबारको दिन थियो। सो समयसम्म उनका कविता कृतिहरू केही मात्र अध्ययन गर्न पाएको थिएँ। जब मेरो कलम विविध विधाका कृतिमाथि टीकाटिप्पणीमा केन्द्रित हुन थाल्यो। पोखरेली मुक्तक कृतिहरूको अध्ययन गर्दाको समयमा उनका मुक्तक कृति माथि चर्चा गरिसकेको थिएँ। जुन लेखाइले थोरबहुत के.सी.को मन छोएको मलाई आभाष भएको थियो।
पछिल्लो समय दुनियाँ संसार यसरी साँघुरो भएर गयो। हिजोका समयमा पनि २४ घण्टाको एक दिन, ६० मिनेटको एक घण्टा र ६० सेकेण्डको एक मिनेट थियो वर्तमानमा पनि त्यही छ। त्यो मात्र हैन पृथ्वीको लम्बाई, अक्षांश, चौडाई र गोलाद्र्ध सबै कुरा उस्तै छ तर पनि मलाई कताकता पृथ्वी नै साँगुरो भएको आभाष भयो। जुन दिन मैले साहित्यकार के.सी.लाई भेटे, उनी ओम हस्पिटलमा उपचारका क्रममा थिए। जिउँ केही फुलेको थियो। ‘के बिमार भएको हो पत्तो लागेन, सम्पूर्ण कुराको चेक गराई सकियो।’ उनी चिन्तित देखिन्थे। स्वास्थ्यलाभको कामना गर्नु बाहेक अर्को विकल्प थिएन। जसरी समयले आफ्नो गतिमा बहादुरिता देखाएको थियो त्यसै गरेर के.सी.को स्वास्थ्यमाथि पनि हिजोको तुलनामा समयले आज निकै बहादुरिता प्रदर्शन गरिरहेको थियो, त्यस्तै लाग्यो। बढ्दो समयको बहादुरिपनको अगाडि साहित्यकार के.सी.कोे स्फूर्ति, जोश, जागर र शक्ति घट्दै गएको पाएँ। मान्छे बेमान, धुत्याई, छलकपट र जालझेलमा लागेको त जान्ने भएदेखि देखेको थिएँ। समय पनि यसरी बेमान बनेछ भन्ने लाग्यो। जुन मेरो कल्पनामा आवश्यता भन्दा निकै फस्टाएको भान भयो। मान्छे त हिजोदेखि नै आम मान्छेभन्दा माथि पुग्ने होडबाजीले एकले अर्कोलाई लतार्ने, पछार्ने, उचाल्ने, खसाल्ने, समात्ने र हुत्याउने, फकाउने नभए लुट्ने प्रवृत्ति पालेर आफूलाई सभ्य परिभाषित गरेको थियो। वर्तमान पनि यसरी स्वार्थी भयो, मनमा बेचैनी पैदा भयो। साहित्यकार के.सी.लाई आधुनिक समयले वर्तमानको इमान्दार, परिश्रमी, मेहेनती त बनाएको थियो। समयले नै मान्छेलाई धोका दिएपछि कसको के लाग्दो रहेछ ? मलाई चिन्तामा डुबायो। यस्तै कुरा चलिरहदा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई वि.सं. २०६९ कात्तिक १६ गते एक कार्यक्रमका बीच नगद १५ हजारसहित सम्मान ग¥यो। उनलाई दिइएको सम्मान वार्षिक कार्ययोजनानुरूपको थिएन। उनको सम्मानका लागि गोजीमा खादा बोकेर हिडेको थिए। पहिराए, बधाई दिए, स्वास्थ्य लाभको कामना गरे घोले मारेर। उक्त दिन फणिन्द्र अकिञ्चन प्रकाशक रहेर पोखराबाट नयाँ मुहार निकालेको ‘सुनाखरी सन्देश’ साहित्यिक द्वैमासिक पत्रिकाको विमोचन पनि गरे कवि के.सी.ले। आजसम्मका कार्यक्रममा मैले साहित्यकार के.सी.ले कृति वा पत्रपत्रिकाको लोकार्पण गरेको देखेको त्यही नै थियो। अन्तमा सम्मानित व्यक्तित्वको राख्ने क्रममा उनले आफूलाई यसरी पोेखेः ‘आज भन्नुपर्ने धेरै कुरा थिए, सबैलाई निस्कन हतार भयो, धेरै के भनु ? दुई वर्षको टुहुरो हुर्काएर बचे। अरू विधामा लागेको भए राम्रो चर्चा हुने थियो, कविता लेखेर गल्ती गरे। म नलेखिएको पात्र हुँ, अब लेखिनेछु भन्ने पनि लागेको छैन। मैले कविता लेखेर गल्ती गरे।’ जुन क्षण मेरो मन भावव्यहोल भयो। मलाई उनका अरू कुनै पनि कुराले छोएन। छोयो त जुन कुराले दुई वर्षको टुहुरो, म नलेखिएको पात्र हुँ। मैले आफूलाई नियालेर हेरे। म पनि उनको उमेर भन्दा झन् सानो उमेरमै टुहुरो बनेको व्यक्ति, मेरी हजुरआमाले वर्ष दिनको टुहुरोलाई कसरी हुर्काउनु भयो पत्तो छैन। उक्त विषयमा लागेर म डुब्न आजसम्म चाहिन।
पछिल्लो समय पुनः उनै साहित्यकार के.सी.सँग साक्षात्कार गर्ने अवसर जुटाइदियो परिस्थितिले। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषले साहित्यिक पुरस्कार वितरण गर्नका लागि कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले प्रतिभा छनौट समिति गठन गरेछ। सचिव पद्मराज ढकालको संयोजकत्वमा यमबहादुर पौडेल र ताराप्रसाद तिमिल्सिना सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसअनुसार कवि के.सी.को तीन दशक अघिदेखिको साहित्यिक क्रियाशीलतालाई ध्यानमा राखेर सम्मान गर्न लागेकोमा खुशी लाग्यो। प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारबाट साहित्य क्षेत्रमा पहिलो पटक साहित्यकार के.सी.लाई सम्मान गर्न लागिएकोले हर्षबोध भयो। २०६९ फागुन नौ गते। बेलुका ७ बजे खबर र निम्तो पाएँ। भोलिपल्ट दिनको २ बजेको कार्यक्रमको बारेमा। खुशी लाग्यो प्रतिभा छनौट समितिका ढकाललाई बधाई दिए, राम्रो काम गर्नुभयो भनेर। भोलिको दुई बजेको समयलाई कुरेर बसे उनको घरमा जानका लागि। केही पत्रपत्रिकाका साथीहरूलाई खबर गरे। रेडियो नेपालका पूर्णचन्द्र घिमिरेलाई जानकारी गराए। ‘समय के हो के भन्न सकिदैन २ बजे समय मिलाएर आउनु होला।’ उहाँले आउछु भन्ने इसारा गर्नुभयो। मनमनै पुरस्कारको राशी नगद रू १५ हजार, सम्मानपत्र र दोसल्ला रहेकाले केही भएपनि उपचारमा राहत मिल्ने। छोरा मानबहादुर र बुहारी हरिकला के.सी.लाई राहत पुग्ने भयो भन्ने लाग्यो। १० गते १ बजेतिर के.सी.को घरमा पुगे। पहिलो पटक देखेका र वर्तमानमा देखेका के.सी.मा आकाश जमिनको फरक थियो। मान्छेभित्रको दयनियता र सड्ढटको पर्दाफास व्यक्त गरेर पनि सकिन्थ्यो तर वर्तमान समयको जटिलतालाई पर्दाफास गर्न नसकिने रहेछ, सो मूल्याङ्कन गरे। आजको समकालीन परिवेश र सन्दर्भमा हिजोका के.सी. हिजोका जस्ता थिएनन्। हिजो आफ्नो विचारको मसीले जनताको प्रेम ओकल्थे, पीडाको घाउमा मलम लगाउँथे। बढ्दो महड्डीको विरोध गर्थे। सड्ढट र समस्या समाधानको बाटो खोज्ने यस्तै विषय, समय, सन्दर्भ र परिवेशलाई उठान गर्थे तर आज त्यो थिएन। हिजोका उनका समय र सन्दर्भहरूले आज उनैलाई जिस्काएको जस्तो अनुभूति भयो। जब घरमा साहित्यकारहरूको उपस्थिति बाक्लिदै जान थाल्यो उनको मुहार पनि हसिलो भएको थियो। उनका छोराबुहारी निकै मेहेनतका साथ बाबाको स्याहारसुसार गरेर पालेको देख्दा, बाबाका अप्रकाशित कृतिहरूको प्रकाशन गरेको देख्दा कोही छोराबुहारी यस्ता इमान्दार, कलाप्रेमी र कर्मप्रेमी हुँदा रहेछन् भन्ने लाग्यो। हुन पनि उनीहरू गाउँमा नमुना छोराबुहारी बनेको मलाई आभास भयो। दर्जनौं संस्थाबाट सम्मानित भएका के.सी.को २०६८ सालमै हिमालय क्लब बाटुलेचौरको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भईसकेको थियो।
के.सी.कै घरमा गएर उनलाई सम्मान ग¥यो हरिदेवी कोइराला सम्मान कोषले। कोषका अध्यक्ष बास्तोलाले सम्मानपत्र र नगद प्रदान गरे। संरक्षक रामबहादुर कोइरालाले फूलको माला र संरक्षक हरिदेवी कोइरालाले दोसल्ला ओढाए। सम्मान कार्यक्रममा उनकै घरमा पोखराका साहित्यकारहरू पुगेपछि उनी राम्ररी आÇना आवाजहरू बाहिर ल्याउन नसके पनि भित्रभित्रै खुशी देखिन्थे। सानो स्वरमा भने ‘सम्मानले साहस थपिएको छ।’ हरिदेवी कोइरालाले आÇना गीतहरू रेकर्डिङ गर्नका लागि के.सी.ले प्रारम्भमा ठूलो प्रेरणा दिएको बताउँदै ‘पाइनँ खबर’ गीत गाउँदै गर्दा के.सी. पनि मुस्कुराए। नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, गण्डकी साहित्य संगमका अध्यक्ष नारायण पण्डित, प्रगतिशील लेखक सङ्घ कास्कीका सचिव डा. कृष्णराज अधिकारी, समाजसेवी लीलाभक्त आचार्य, लोकगायक चेकबहादुर बरूवाल, अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, गण्डकी साहित्य संगमका अध्यक्ष नारायण परिश्रमी, प्रगतिशील लेखक सङ्घ कास्कीका सचिव कृष्णराज अधिकारी, शुक्ला साहित्य समितिका अध्यक्ष नेत्रबहादुर बानियाँ, कस्केली अधिकृत समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, रेडियो तरड्डका स्टेशन मेनेजर हिमनिधि लौडारी, साहित्यकारहरू ताराप्रसाद तिमिल्सिना, पद्मराज ढकाल, रूद्रबहादुर थापा, लक्ष्मण गौतम, अम्बिका भट्टराई, छवि सुवेदी, देवी त्रिपाठीलगायतले के.सी.को योगदानको चर्चा गरे।
समय आफ्नै गतिमा हिड्यो हामी फर्कने तयारीमा लाग्यौं। म निस्किसकेको थिएँ, ‘असफल जी’ भनेर के.सी.ले बोलाए, म फर्केर गएँ। अब घरमा बाबु, छोराबुहारी, रेडियो तरड्डका हिमनिधी लौडारी र रविना आले मगर मात्र थियौं। म छेऊमा गएर बसेँ। कल्पना गरेको थिइन उनले मलाई यसो भन्नेछन् भनेर, जुन कल्पना थिएन त्यही भयो। ‘आजसम्म मेरो घर टेक्नु भएको थिएन, आज टेक्नुभयो, खुशी लाग्यो।’ म आउछु किन नआउने, अब आइरहनेछु भने। उनले यसो भनिरहदा मैले दुई वर्ष अगाडिको समय सम्झेँ। शुक्ला साहित्य समितिको कार्यक्रममा बाटुलेचौर जाँदा र उनका मुक्तककृति माथिको मेरो टिप्पणीका कारण नै उनीबाट उक्त कुरा व्यक्त भएको हो भन्ने कुरामा दुई मत राख्नुपर्ने देखिन। ‘अलि मियाँले सम्मान गर्दा भनेको कुरा मैले बिर्सेको छैन हजुरका पुस्तकमाथि मैले केही लेख्ने छु।’ एकछिन बसेर उनलाई निस्कने बेलामा मैले यही वचन दिएर निस्के। विडम्बना उनका काव्यकृतिमाथिको मेरो लेखन पूरा नहुँदै उनी हामी माझबाट ओझेल परे। अरूबाट लेखिने आशा पाल्दापाल्दै उनको भौतिक शरिर हामीबाट विदा भए पनि उनका अमर कृति हामी माझ रहिरहेका छन्। ती निरन्तर बाँच्नेछन् इतिहासको कालखण्डमा। उनी स्वयम्लाई अरूबाट लेखिएको हेर्ने मौका नमिले पनि आफ्ना कृतिद्वारा आफै लेखिएका र अरूद्वारा पनि लेखिनेछन्। लेखिने क्रम जारी रहेको छ।
२. कवि परिचयः
साहित्यकार कुलबहादुर के.सी. बाटुलेचौर–१६ पोखरामा वि.सं. २००४ असार १४ गते माता उषा के.सी. र पिता भोजराज के.सी.को कोखबाट जन्मेका हुन्। ज्यादै मेहेनती र परिश्रमी के.सी. नेपाल सरकारको नुनपानी खाएर आफ्नो जीवन निर्वाह सँगसँगै नेपाली वाङ्मयको क्षेत्रमा कविता विधाबाट आफूलाई परिचित गराएका हुन्। उनको पहिलो प्रकाशित कृति मुटुका झिल्का कवितासङ्ग्रह (२०३९), गरिब उस्तै छ खण्डकाव्य, भैलो र झयाउरे (२०४०), गाउँले कवितासङ्ग्रह (२०५२), आशौच बार्दैछन् कविताहरू (२०६१), बिजय उन्मुख अक्षरहरू कवितासङ्ग्रह (२०६४), समय तरड्ड मुक्तक सङ्ग्रह (२०६७) र समय तरड्ड दोस्रो भाग (२०६८), आलोक खण्डकाव्य (२०६७) र समयका सौगातहरू कवितासङ्ग्रह (२०६७) चैत रहेका छन्। उनको गंगा–जमुना प्रकाशोन्मुख महाकाव्य पनि तयारी रहेको पाइन्छ। नेपाली वाङ्मयको कविता विधामा पु¥याएको योगदानको कदर स्वरूप उनलाई विभिन्न साहित्यिक सङ्घसंस्थाले सम्मान गरेका छन्। विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रथम स्थानसमेत प्राप्त गर्न सफल के.सी. विविध सङ्घसंस्थाबाट सम्मानपत्र, प्रशंसा पत्र र कदरपत्र प्राप्त गरेका छन्। जसमध्येका केही उल्लेख गर्नैपर्ने सम्मान पुरस्कारहरूमा २०३६ फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा लमजुङ्बाट नगद र सम्मानपत्र। दुधपोखरी प्रतिभा परिवार लमजुङबाट अम्बा प्रतिभा पुरस्कार (२०४५)। मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानबाट सम्मान (२०५९)। हिमालय युवा क्लबबाट सम्मान (२०५९)। गण्डकी साहित्य संगमबाट गण्डकी साहित्य पुरस्कार (२०६१)। लेखनाथ साहित्य प्रतिष्ठानबाट सम्मान (२०६०)। माछापुच्छे एफ.एम. पोखराबाट सम्मान (२०६१)। पोखरा पल्लिक स्कुलबाट सम्मान (२०६१)। रातो बङ्गला पाटनढोका ललितपुरबाट आयोजित राष्ट्रव्यापी छन्द कवितामा प्रथम पुरस्कार (२०६२)। जनसांस्कृतिक मञ्च पोखराबाट जनसाँस्कृतिक सम्मान (२०६४)। अलि मियाँ प्रतिष्ठानबाट विशेष सम्मान (२०६९) र हरिदेवी कोइराला साहित्य सम्मान पुरस्कार (२०६९) रहेका छन्।
३. कविता लेखनमा साहित्यकार के.सी. ः
मुटुका झिल्का (२०३९) साहित्यकार के.सी.को पहिलो प्रकाशित साहित्यिक कृति मुटुका झिल्का हो। जुन सहयोगी बन्धुहरू बाटुलेचारै पोखराबाट २०३९ मा प्रकाशन गरिएको कृति जम्मा ६४ पृष्ठमा फैलिएको छ। २६ वटा कविता र एक १८ पृष्ठको स्वर्गको यात्रा शीर्षकको आदिकवि भानुभक्तको स्मरणमा लेखिएको लघु खण्डकाव्यसमेत समावेश रहेको छ कृतिभित्र। उनका १८ वटा कविता ईश्वर के भन्छ ?, मुटुनेरको बास, कवि म.वि.वि. शाहप्रति, घँसिया, विधवा, राउलो घाँस काट्न लागेकी सुन्दरी, मुटुा झिल्का, मेरो देश नेपाल, नेपालको प्राकृतिक सौन्दर्य, आमाको पुकार, एक्लो दुब्लो मान्छे, विरहको मुटुबाट मूल फुटेको छ, छोटो मिलन, अकेला गरीब, वीरको गाछ नेपाल बाँच्दछ शान्ति छाएर, भो शहर नहेरौं दाज्यै, वर्षा, गर्दैछु म त लेक र वेसी उकाो ओह्रालो, स्वर्गीय पिताजीलाई गौप्य पत्र, कवि शिरोमणिः महान व्यक्तित्व, वीर नेपालीको एक झलक, म सधै तिमीलाई साथ दिन्छु, मुस्कान लाखौं छर, सुतेको युवा साथीलाई, भोकै र नाड्डै छौं, महाकवि देवकोटासँग शीर्षकका कविताहरू संगृहित रहेका छन्। उनका कविताका विषयवस्तु भनेका सबै गाउँले परिवेशको चित्रण, गरीब दुःखी र सर्वहाराहरूमाथि जहिले पनि शोषण र दमन भएकोले त्यसको चर्को विरोध। अग्रजप्रति श्रद्धा र अनुजप्रति सम्मान भाव व्यक्त गर्नु नै उनका कविताका विषयवस्तु र सन्दर्भ बनेर आएका छन्। हेरौ उनको कविताको एक टुक्राः
भो, शहर नहेरौ दाज्यै¤ आँखा टिप्ने बिजुलि जस्तो छ।
गाउँघर हेरौं न दाज्यै ¤ अन्धकार अँध्यारो कस्तो छ ?
देशभित्र विदेशका चीज–बीज राश।
जति आउन् गरीबलाई छैन केही आश।।
मानिस नै बन्नुप¥यो मानिसको दास।
बस्नुपर्छ छप्परमा जुन्कीरी झैँ वास।। (पृ.१९)
कृतिको दोस्रो खण्डमा रहेको लघु खण्डकाव्यमा के.सी. निदाएको बेलामा भानुभक्तसँग भेट भएको सन्दर्भबाट अगाडि बढेको छ। जसमा भानुभक्त आचार्यका प्रश्न र कवि के.सी.को उत्तर गरी २२ वटा प्रश्नोत्तररहेका छन्। खण्डकाव्यको विषयवस्तु सुरूमा कविले आफ्नो दुःख व्यक्त गरेका छन्। त्यसपछि पैसावालहरूले गरीब दुःखीलाई रूवाएको। पुरानो वनजङ्गल सबै हराएको। मन्दिर मुर्ति चोरेर बेचेका र विदेशीले किनेका। मन्दिरको छेल पारेर दिसापिसाब फेरि दुगन्ध फैलाएका। पुराना गन्थ रामायण च्यातेर मसला पोको पारेर बेच्ने गरेका। वेदको वाक्यको साटो फिल्मी हिन्दी गीत गाउँदै हिडेका।प्रमाणपत्रको धाक लगाउने काम गर्न नसक्ने। वर्तमानका कविता प्रेमका चुड्का बनेका। गाउँले कान्तिपूर कस्तो छ भनेर चासो नदिएका। युवा पिढीँ चरेस जाड नशाले मातेर कामातुर मन लिएर हिड्ने गरेकाहरू मात्र भेटिएका इमान्दार मान्छे पाइदैन। कवि लेखकहरू पनि चाकडीमा लागेका। अरूको भरिया बनेर अरूलाई काधमा राखेर हिड्ने गरेका सन्दर्भहरू उनको स्वर्गको यात्रामा आउँदाआउँदै उनी बिउँझेका छन् र समाप्त भएको छ। जहाँ समावेश गरिएका सन्दर्भहरू वर्तमान समयसँग तुलना गरेर हेर्दा पनि निकै समयसान्दर्भीक देखिन्छन्।
गरीब उस्तै छ (२०४०) लेखक स्वयम्ले प्रकाशन गरेको कृति हो। जम्मा २० पृष्ठको कृतिको मूल्य २ रूपैया २० पैसा राखिएको छ। लेखक स्वयम्ले प्रकाशन गरेको कृति तीन खण्डमा विभक्त रहेको छ। कृतिको पहिलो खण्डमा लोकलयमा गरीब उस्तै छ शीर्षकको लघु खण्डकाव्य रहेको छ। जुन आमा छोराको वार्तालापको रूपमा कलात्मक रूपमा प्रस्तुत गरेका छन् के.सी.ले। जम्मा तीन खण्डमा विभाजन गरिएको कृतिको पहिलो खण्डमा गरीब उस्तै छ शीर्षकको खण्डकाव्यमा १०२ श्लोक रहेका छन्। दोस्रो खण्डमा १३६ वटा टुक्का रहेको केही भैलो र तेस्रो खण्डमा झ्याउरे गीत रहेका छन् जसमा २५ वटा टुक्का रहेका छन्। उनको गरिब उस्तै छ खण्डकाव्य पूर्ण रूपमा ग्रामीण जनजीवनको कारूणिकताको तस्विर हो। जहाँ उनले आमा र छोरालाई प्रस्तुत गरेर श्लोकका माध्यमबाट गाउँले जनजीवनको पीडा र व्यथालाई ओकलेका छन्। उनको गरीब उस्तै छ खण्डकाव्यको विषयवस्तु भनेको नै गरीबी हो। घरमा खर्च चल्न धौ धौ भएपछि छोरा आमासँग विदेश जाने मनसाय व्यक्त गरेबाट उनको काव्यको शृङ्खला सुरूवात भएको छ। उनको कृतिको शुरूको श्लोकले प्रमाणित गर्छ उनको यो कृति भित्रका सन्दर्भलाईः
खोजेर काम पाएको छैन यो देश भरिनै,
भएन आमा विचार गर्दा बाँचेको सरिनै।
म कति हेरौं आमाको दुःख लल्लय विल्लय,
भोकले सधै रचेको हुन्छ जीवन प्रलय।। (पृ.१)
घरमा दुःख छ, काम खोजेर पाएको छैन। अब विदेश जान्छु। मेरी प्यारी घरको दुःख देखेर माइत गइन उनलाई केही खबर नदिनु रोएर बस्नु हुँदैन भनेर आमासँग सल्लाह गरेर विषयवस्तु अगाडि बढेको छ। गाउँमा शोषकहरू साहू बनेका छन्। इलम खोज्न घुसको थैलो दिनुपर्छ। जागिर कतै पाइदैन। पाइहाले पनि पसिना बेचेर खान पुग्दैन। देशकै कुल्ली बन्दथे काम केही पाइन के गरू भनेर आमाको मन पगाल्दै गर्दा उनलाई आमाले भनेकी छन्ः
नजाऊ छोरा आँशुको ठूलो रहमा पर्छु म,
रोएर मर्छिन् प्रियसी तिम्रो, रोएर मर्छु म।
भर्खर पन्ध्र बर्समा लागिन् दुलही यो साल,
रूबाइ तिन्को कलिलो बैंस आगोमा नहाल।। (पृृ.४)
आमाले उनलाई सम्झाउँदा–सम्झाउँदै ५० बढी श्लोक खर्च भएका छन्। अन्तमा उनले आमाको सल्लाहलाई मनन् गरी जस्तो भएपनि यही आमा र श्रीमतीको साथमा रहेर खोले पिठो खाएर बस्छु भन्ने सोच बनाएर घरको काममा लागेपछि उनको यो खण्डकाव्य खण्ड समाप्त भएको छ। यसले दिन खोजेको मूख्य कथा भनेको जे जस्तो छ आफ्नै देशको माटो र रम्नु पर्छ आटो ढिडो आधा पेट खाएर भएपनि जन्मदिने आमा र जन्म भूमिलाई बिर्सनु हुँदैन यसैमा हामी बसैको भलो छ भन्ने भाव व्यक्त गरिएको छ। दोस्रो खण्डमा रहेको भैलो गीतले गाउँघरमा भैलो खेल्न नजान्ने केटाकेटीका लागि एउटा सिकाइको अभ्यास भएको पाइन्छ भने भैलो किन खेल्न थालिएको हो, दान दिएर के हुन्छ भन्ने खालका सन्देश मुलक टुक्काहरू व्यक्त गरिएका छन् जस्तैः यो लोकमा भैलो, जे–जे ग¥यो भैलो, त्यै–त्यै फल भैलो, परलोकमा भैलो। (पृ.१६) अन्तिम खण्डमा रहेको झ्याउरे गीत गाउघर, बनपाखामा गाउने लोकसंस्कृतिलाई उनले टिपेर कैद गरेका छन् आफ्नो कृतिमा। यहाँ समावेश गरिएका झ्याउरे गीतमा पनि तिहारको छनक पाइन्छ जस्तैः मरेपछि साथै लान पाइदैन धन, खुशिराजी सित गरौं बाँचिञ्जेल दान। (पृ.२०) कृति आकार र आयाममा सानो भएपनि विषयगत विविधताले गर्दा कृति उत्कृष्ट रहेको छ। उनको कलात्मक शैलीले गर्दा खण्डकाव्यलाई उच्च कोटीमा पु¥याएको छ।
गाउँले (२०५२) उनको तेस्रो प्रकाशित काव्य कृति हो। सनतकुमार भट्टराईबाट प्रकाशित उनको कृति ५२ पृष्ठमा फैलिएको छ। उक्त कृतिको मूल्य जम्मा १५ रूपैया राखिएको छ। बढीमा तीन पृष्ठसम्म फैलिएका लामा कवितासहित जम्मा ३५ वटा कविता सङ्गृहीत उनको काव्यकृतिको लामो कविता भनेको सरस्वती बन्दना हो। जुन पृष्ठ ३२ देखि ३४ सम्म फैलिएको छ। उनका अगाडिका कृति प्रकाशन भएको लामो समयपछि उनका सह्दयी मित्रको अनुकम्पाले निस्केको प्रकाशकीय पृष्ठमा उल्लेख रहेको देख्न सकिन्छ। जहाँ कविले आफूलाई गाउँले भएको र गाउँमै बसेर रमाउने भाव व्यक्त गरेका छन्। रमेश श्रेष्ठको आवरणले गाउँले जनजीवनलाई सार्थकता दिएको छ। गाउँकै आटो, ढिलो, रोटो, पीठो मिठो भन्ने भाव उनले गाउँलेमा व्यक्त गरेका छन्। वर्तमानमा कवि के.सी. नेपाली आधुनिक कविता विधामा आÇनो नाऊ स्पष्ट रूपले चम्किलो बनाइसकेका छन्दवादी कवि हुन्। उनको कविता लेखनशैलीले पृथक र छुट्टै पहिचान बनाइसकेको पाइन्छ। सोही शैली र सन्दर्भलाई उठान गरेर समकालीन कविता लेखन र लोकलयमा वाचनबाट आफूलाई भिन्नै तरिकाले चिनाउन सफल कवि के.सी.का कविताको मूख्य विषयवस्तु भनेको नै तीन ‘स’ मा केन्द्रित रहेको पाइन्छ। सङ्कट, सङ्घर्ष र समयको जटिलता। उनी जान्ने भएदेखि कविता लेख्न थालेका हुन र मर्ने बेलासम्म पनि कविता नै लेखेर मरे। साहित्यका कयौं विधामध्ये उनको रूचिको विषय कविता लेखन हो। उनले कविताको मर्म बुझेका। कवितामा भावना मिसाउन जानेका। कवितामै समाज उत्रार्न, त्यो मात्र हैन कवितामै देश, जनता, भेषभुषा, धर्म, भाषाभाषी र सम्पूर्ण समूदायलाई कैद गर्न उनी माहिर थिए। यही अर्थमा उनी सवल, सक्षम, कुशल र जनताका कवि हुन्। म कविता लेखनका विषयलाई लिएर त्यती धेरै वहस गर्ने लेखक होइन र पनि यो मान्दिन कविता अक्षरहरूको थुप्रो लगाउनु मात्र कविता हुन सक्दैन र अक्षर थुपारेर मात्र कोही कवि हुन सक्दैनन्। कविता त कविता जस्तो हुनुपर्छ। कविता कस्तो भन्ने सन्दर्भ आउला नुन, खुर्सानी, मसला, बेसार, लसुन र अदुवालगायतका सम्पूर्ण आवश्यक पूर्वाधार राखेर तयार गरिएको जिब्रो रसाउने स्वादिलो खाद्यपदार्थ जस्तो हुनुपर्छ। यो मेरो मान्यता हो, कविता हुनका लागि। त्यसैका आधारमा मात्र पंक्तिकारको सिद्धान्तमा लेखक कविको रूपमा परिचित हुन्छ। हेरौं उनको यसै कृतिबाट बाँचिरहे नेपाली आमा शीर्षकको कविताबाट एक टुक्रा कविताः
पसीना मेरो नफुले पनि
श्रमको फल नझुले पनि
सेवा मेरो यो देश भूमिलाई
माया मेरो नेपाली आमालाई।
दुःखले मलाई नछोडे पनि
सुखको शास नफेरे पनि
मत मेर देशको सन्तान
माया मा¥यो भनेर नठान। (पृः २०, गाउँले)
यसबाट थाहा हुन्छ उनी एक कुशल कवि हुन्। उनी कविता जस्तै कविता लेख कवि कुलबहादुर के.सी. बनेका हुन्। उनका कवितामा सम्पूर्ण आधारभूत तत्व पाइन्छन्। कविता मात्र लेख्दैन् अलावा सुन्दर र यथार्थवादी विषयवस्तुलाई छन्दमा ढाल्छन् र सिर्जना गर्छन्। कविता श्रुतीमधुर मात्र हैन उनको स्वर पनि उस्तै कोकिलकण्ठ सुनिरहु जस्तो लागिरहने खालको थियो त्यसैले उनका कविता कालजयी रहेका छन्। उनको गाउँले कविता सङ्ग्रहले उनलाई पहिल्यै कालजयी बनाउने एउटा इटा थपेर छोडेको पाइन्छ।
आशौच बार्दैछन् कविताहरू (२०६१) कविता सङ्ग्रह कवि के.सी.को चौथो काव्य कृति हो। प्रगति एजुकेशन फाउण्डेशनका दिनेश श्रेष्ठले प्रकाशन सहयोग गरेको उनको कृति गाउँले भन्दा गुणस्तरिय, दमदार र उत्कृष्ट कविताहरूले भरिएको कृतिको रूपमा देख्न सकिन्छ। जम्मा ५२ वटा कविताहरू सङ्गृहीत कृति ११४ पृष्ठमा फैलिएको र कृतिको मूल्य मात्र एक सय रूपैया रहेको छ। आयाम, आकार एवम् संरचनागत गुणस्तरका हिसाबले मध्यम र समावेश गरिएका कृतिका कविताका गुणस्तरले कृति उत्तम देखिन्छ। दिन दुई गुना रात चार गुनाले वृद्धि भएर उनका कविताहरू उत्कृष्ट बनेको अनुमान गर्न सकिन्छ। हिजोका गाउँले भन्दा उनी साहित्य साधनाको माध्यबाट धेरै माथि पुगेको अनुमान गर्न सकिन्छ, उनका कविताले सोही भाव व्यक्त गरेका छन्। रमेश श्रेष्ठकै आवरणमा सजिएको पुस्तकमा समावेश गरिएका सबै कविताहरू देशमा चलेको तत्कालीन समयको अत्याचार, अन्याय र विद्रोहलाई केन्द्रविन्दु बनाइएको पाइएन्छ। उनी अग्रजहरूलाई सम्मान गर्छन र अनुजलाई प्रोत्साहनका लागि हौसला प्रदान गर्छन। उनले कृतिमा पारिजात, लेखनाथ पौड्याल र भानुभक्त जस्ता नेपाली वाङ्मयका उज्ज्वल नक्षत्रप्रति समर्पित गरेर कविता नै लेखेका छन्। विभिन्न समयमा विभिन्न पत्रपत्रिका र पुस्तकहरूमा प्रकाशित कविताहरू पनि यहाँ सङ्गृहीत छन्। बढीमा चार पृष्ठसम्म लामा कविताहरू यहाँ समावेश भएका छन्। उनका यो काव्य कृतिमा समावेश भएका कविताको समयावधि भनेको ०५२ देखि ६१ सालसम्मको मात्र रहेको पाइन्छ। कवि के.सी. इमान र जमानका सतिसाल हुन भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ। उनी कृतिको लाम लगाउने नाममा सस्तो लोकप्रियता मन पराउँदैनन्। अरूको विज्ञापन भरेर कृति आफ्नो बनाउन चाहदैनन्। सोही कारण उनले गाउँले प्रकाशनमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरे पनि जसमा केही विज्ञापनहरू राखिएकाले प्रयाप्त मात्रमा दिल खोलेर अरूलाई दिन मन नलागेको स्विकार गरेका छन्। हामीले सुनेका चार युग मध्येको पछिल्लो यो कलि युग हो भनेर। वर्तमान युगमा हरेक व्यक्ति आÇनो सुख, शान्ति, मोजमस्ती र अमनचनयका लागि आफूलाई जुनसुकै प्रयोजनमा उभ्याउन तयार भएको वर्तमानको तितो यथार्थताप्रति उनले आशौच बार्दैछन् कविता कृतिका माध्यमबाट तिखो अभिव्यक्ति ओकले। शिक्षाका नाममा उत्पादन भएको शैक्षिक बेरोजगारीप्रति व्यङ्ग्य गर्दै वर्तमान शिक्षालाई गुणस्तरिय बनाउनका लागि आवाज उठाए। मानिसमा बढेर गएको एकलौटिपन र स्वार्थी प्रवृत्तिको विकासले सगरमाथाको शिखर चुम्न लागेको सफलताको कथामाथि पनि उनले कविता, काव्य र मुक्तकका माध्यमबाट कलम चलाए। यस कारण कवि के.सी. व्यक्ति एक प्रतिभा अनेक बनेका छन्। हरेक क्षेत्रमा राजधानी र मोफसलको प्रभाव रहेको छ। मोफसलको हैसियत राजधानीसँग तुलना गर्न लायकको हृुँदैन। यो वर्तमानसम्म देखिएको वास्तविकताको नुतन हो। उनले राजधानीप्रति आक्रोश ओकलेर कविता लेखे। एउटै आमाका सन्तान कसैलाई दुध र भात, कसैलाई मही र भातको भेदभावपूर्ण व्यवहारको उनले खुलेर विरोध गरे। उनी पोखरामा बसेर राजधानीमा सामन्तीले गरेका व्यवहारले मात्र दिक्क भएका होइनन्। स्वदेश तथा विदेशमा भएका तमाम नरसंहारहरूले चिन्तित भएका छन्। तिनै आक्रोशका आफ्ना विचार ओकलेर उनी जनताका कवि बने। हुन पनि चाकडी, चाप्लुसी, पद र प्रतिष्ठाका लागि साम, दाम, दण्ड र भेद सम्पूर्ण अस्त्रको प्रयोग गरेर कुनै व्यक्ति विशेषका अगाडि पछाडि जोडिएका फुर्काकै कारण आफूले भोग्न परेको उपेक्षा र भेदभावको उनले सदा खुलेर विरोध गरे। हेरौ उनको मानवता हराएका मान्छेहरू शीर्षकको कविताबाट एक टुक्रा कविताः
साझा हो घरबार सृष्टि सबको साझा सबै जीवनी
साझा छन् सुख शान्ति, वैभाव, सबै आकाश, धर्ती पनि।
जम्मै छन् सबका समान हकमा छैनन् कुनै निर्धनी
बिग्रेको छ सबै सशक्त बलिया मान्छे चुसाहा बनी। (पृः ३०, आशौच बार्दैछन् कविताहरू)
एउटा लेखक, कवि, कलाकार, साहित्यकार र पत्रकार स्वयम् उसैबाट पीडित, शोषित र शाषित छ। आफ्नै साथीभाइ, इष्टमित्र, छरछिमेकी र कलमजीविहरू हिजो उसैद्धारा खुट्टा टेकाउने बनाइए आज उसैतिर लक्षित गरेर ढुङ्गा हानिरहेको दृश्य देखे र भोगेका कवि के.सी.ले तिनै कथावस्तुलाई आफ्ना कवितामा उतारेका छन्। एउटै थालमा खाएर एउटै पाटीको झोला बोकेर र एउटै विचारधारा बोकेर हिडेका समकालीन मित्रहरूले सौतेनी सन्तानको रूपमा स्रष्टालाई उपेक्षा गरेको सन्दर्भ। एउटा कलमजीवि कलमजीविबाट नै पीडित बनेको। लेक र वेशीका आधारमा अनेक पीडा भोग्नु परेको। चाकडीले दोसल्ला ओडेको र इमान्दार भोकै मरेको वास्तविकता देखेर उनी साहित्य सिर्जना गर्छन्। आशौच बार्दैछन् कविताहरूले यही विद्रोह ओकेल्छ।

विजय उन्मुख अक्षरहरू (२०६४) उनको पाँचौं कृति हो। शुक्ला साहित्य समिति पोखरा–१६ बाटुलेचौरबाट प्रकाशन भएको उनको कविता कृतिमा ५५ वटा कविताहरू समावेश भएका छन्। जम्मा ९६ पृष्ठमा फैलिएको कृतिको मूल्य मात्र एक सय रूपैया राखिएको छ। उनले कृतिका माध्यमबाट अग्रजहरूप्रति सम्मान, पं. नारायण पोखरेल र अलिमियाँलगायतका दिवंगतप्रति श्रद्धासुमन पनि व्यक्त गरेका छन्। सधै छोटा र मिठा कविता लेख्न रूचाउने कवि के.सी. विषयवस्तुले मागेको खण्डमा आफ्ना कवितालाई लामा बनाउन पनि पछि पर्दैनन्। उनको यस कृतिको लामो कविता भनेको प्रकृति र मानिस हो। यो ४८ देखि ५४ सम्म सात पृष्ठ फैलिएको छ। अरू कविताहरू सामान्य आकार र आयामका रहेका छन्। उनी स्वाभिमानी नेपाली हुन त्यसैले देश बलात्कारमा परेको देख्न चाहन्नन्। मान्छेमा मानवता हराएको छ, हराउनु भएन, अब त शान्ति र सुसासन चाहिएको छ भन्दै अशान्तिको अन्त्यका लागि बुद्धलाई गुहारेका र धर्मयुद्धको शुरूवात गरौ भनेका छन्। पोखरामा बसेर उनले पोखराको वर्णन गर्न पनि चुकेका छैनन्। यहाँको वातावरण र मौसम अनुसारको सुन्दरता र प्राकृतिक चित्रणलाई पनि वर्णन गर्न भ्याएका छन्। उनको कृतिमा केही चतुष्पदिय संरचनाका मुक्तकहरू पनि समावेश गरिएका छन्। कविता र मुक्तकको समीश्रणले कृति अध्ययनका लागि स्वादिलो बनाएको मात्र होइन उनले उठान गरेका विषयवस्तुको वास्तविकताले पनि काव्यकृति उत्कृष्ट रहेको छ। हेरौं उनको यसै कृतिमा समावेश गरिएको सामन्तीको खुट्टा तानौं शीर्षकको एक मुक्तकः
कति बसौं जिन्दगीमा भेडा बाख्रा हेरी
यो जिन्दगी सामन्तीले चुस्यो धोका फेरी
कति उठे, कति फुटे हत्केलामा ठेला
बल्ल आयो सामन्तीको खुट्टा तान्ने बेला। (पृः २५, विजय उन्मुख अक्षरहरू)
वास्तवमा भन्ने हो भने विश्व मानचित्र नै अहिले एउटा सानो कोठामा कैद गर्न सकिने समय बनेको छ, प्रविधिको विकासले गर्दा। गाउँमा बसेर ८० वर्षिया आमाले परदेशमा रहेको छोरासँग भलाकुसारी गर्ने गरेकी छन्। उनको मुहार हेरेर चित्त बुझाएकी छन्। सन्चो र बिसन्चो के छ भनेर सबै कुरा घरमै भए जस्तो गरेर बुझ्न, आफ्नै आँखाले देख्न र कानले सुन्न पाएको बेला छ। कसैलाई पनि फुसर्दिलो समय छैन, जो सुके व्यक्ति छोटो समयमा धेरै आर्जन गर्न चाहन्छ त्यसैले बटारिएका कविता लेखेर समय खेर फाल्ने मान्छे महान बन्न सक्दैन भन्ने भाव पारेर नै कवि के.सी. सबैका प्यारा बने। संसार साँघुरिएर कोठामा कैद बनेको बेला, संसारका मान्छेहरूलाई खाए सुत्न, सुते खान हतार भएको बेला पनि कवि के.सी.का कविता कृतिको अध्ययनका लागि कुनै दिन हतार भएन। उनले वर्तमान समयको मागलाई बुझेका थिए। सहज र स्वभाविक तरिकाले आÇनो भावना र कल्पनालाई सहजीकरण गर्नु वर्तमानको माग हो। यस सन्दर्भलाई के.सी.ले नजिकबाट मूल्याड्ढन गरे, यसैले आÇना कविता कठोर हुनबाट रोक्न सफल भए। सरल, सहज र स्वभाविक रूपमा विम्ब प्रतिकका साथ आÇनो खुवी प्रकट गरी कविता कर्ममा सक्रिय के.सी.का सिर्जना शिष्ट, सौम्य र शालीन रहे। हामीले उनका सम्पूर्ण काव्य कृतिहरूलाई नियाल्ने हो भने उनका कविता कृतिहरूका शीषर्कदेखि लिएर त्यहाँ समावेश गरिएका विषयवस्तु अनुसन्धान र विश्लेषण गर्नका लागि दिमाख घोट्नुपर्दैन। पटक–पटक पढ्नु पर्दैन। समय, सन्दर्भ, भाव र विषयको विश्लेषणका लागि समयको बर्वादी गर्नुपर्दैन। यस कारण उनका काव्य कृतिहरू आम जनमानसको मन मुटुमा बास बसेर उनी छन्दवादी कवि बनेका छन्। हेरौं उनको एक कविता यसै कृतिबाट शोसकको मरण शीर्षकको एक टुक्रा कविताः
एक दिन धनी मान्छे म¥यो अचानक
मर्ने बेला पाएन रे पानी खान तक।
एक चम्चा पानी पनि प्युन नपाएर
धनीमानी मानिसको जीवन गयो खेर।।
बाँचिन्जेल गरीवलाई निचरेर खायो
आखिरमा छट्पटिदै नर्कतिर लायो।
दमन र शोषणले बन्दाखेरी धनी
गाली गर्थे सबैजना मरी जाँदा पनि।। (पृः ३६, विजयउन्मुख अक्षरहरू)
उनलाई जनताका कवि भनेर भन्दा कुनै दुई मत हुने छैन यो पंक्तिकारको विचार हो। उनी बाचेको समयसम्म जहिले पनि जनताका गीत गाए। जनताका पीडा ओकल,े जनताको हित र उन्नतीका लागि कहिले गाउँले बनेर निस्के। कहिले नेपाली वाङ्मयको आलोक बनेर। जुन विषयमा जसरी उनी निस्के पनि उनलाई सबैले अध्ययन, विश्लेषण गरे र राम्रैसँग पचाए। उनका कविता, मुक्तक र खण्डकाव्यलगायतका काव्यकृति बिरामीका लागि पचाउन सहज हुने सावदाना बने। गाउँमा बस्ने पुस्तका लागि गाउँमै फलेको आटो र ढिडो बने। शहरमा रम्नेहरूका लागि चिकन र मटन बने। यसरी सबैका लागि उनका सिर्जना स्वादिला बने।
समयका सौगातहरू (२०६७) उनको कविता कृतितर्फको पाँचौं कृति र प्रकाशनको हिसाबले नवौं र सम्भवत् उनी बाँचेको समयसम्मको अन्तिम कृति हो। जम्मा ९० पृष्ठमा फैलिएको कृतिको मूल्य एक सय रूपैया मात्र राखिएको छ। यस्तै उनको यो कृतिलाई तीन खण्डमा विभाजन गरिएको छ। जसमा उनका छन्द र गीतिलयका तथा गद्य कविताहरू र केही मुक्तकहरू समावेश गरी कृतिलाई अध्ययनका क्रममा रूचि बढाउने बनाइएको छ। उनका काव्यकृतिहरूको अध्ययन गर्दै पट्यार लाग्ने र बोझिला कुनै पनि नभएतापनि समयका सौगातहरू समयको माग बनेर आएको छ। मनबहादुर र हरिकला के.सी.द्धारा प्रकाशित कृतिमा दुई खण्डमा छन्द र गीतिलयका तथा गद्य कविताहरू १८÷१८ गरी ३६ वटा समावेश रहेका छन् भने तेस्रो खण्डमा ४६ वटा चतुष्पदिय संरचनाका मुक्तकहरू समावेश गरिएका छन्।
उनले समयको माग अनुसार राजनीति गर्नेहरूलाई पनि ध्यान दिन आग्रह गरेका छन्। राजधानीले तिमीलाई के दिएको छ अब त गाउँ बस्तिबाट तिमीहरूको भलो हुन्छ भनेर कतै अगुवालाई जानकारी गराउँछन्। कतै सेती नदीको लुकामारीमा नै हराउछन्। देशमा परिवर्तन गरेर विजयको माला पहिरन चाहनेहरूलाई सम्झन्छन् भने जनताका कवि गोकुल जोशीलाई पनि सम्झन्छन्। कहिलेकाही आफ्नै जिन्दगी हेर्छन र बनको न्याउली बनेर बाँच्नुपरेको भाव व्यक्त गरिहाल्छन्। हामी नेपालीहरू जहिले पनि अरूको बन्धक बनेर आफ्नो स्वाभिमान गुमाएको कुरा उल्लेख गर्दै हामी नेपालीहरू शीर्षकको कवितामा भन्छन्ः
बन्धक गएको खेतमा
साहुका लाजले शिर झुकाएर
ल्हलह झुल्ने धानका बालाहरू जस्तै
विश्व फाँटमा झुलीरहेका छौं
हामी नेपालीहरू
हामी पराईका स्वार्थ र ईशारामा
धानका बिटाहरू जस्तै
पृथक पृथक भएर
यता–उता बाँडिन्छौं
अनि त खलो खलोमा पुगेर
साफ साफसित चुटिटन्छौं
कतै पराल भएर छुट्टिन्छौं
कतै धान भएर
ओखल ओखलमा कुट्टिन्छौं
कतै भुस भएर छुट्टिन्छौं
कतै चामल भएर लुट्टिन्छांै। (पृः ४६, समयका सौगातहरू)
उनका गाउँलेदेखि समयका सौगातहरूसम्म आइपुग्दा पाँच कविता कृतिमा १७८ वटा कविताहरू सङ्गृहीत रहेका छन्। कयौं फुटकर रूपमा प्रकाशन भएका कविताका बारेमा सोध खोज अध्ययन र अनुसन्धान हुन बाँकी नै रहेको छ।

४. मुक्तक लेखनमा साहित्यकार के.सी.
साहित्यकार कुलबहादुर के.सी. कवि, खण्डकाव्यकार मात्र होइनन् उनी सफल मुक्तककार पनि हुन्। नेपाली वाङ्मयको इतिहासमा मुक्तक लेखनमा नयाँ प्रयोग गर्ने प्रयोक्ता हुन के.सी.। उनले मुक्तक लेखनमा नयाँ प्रयोग गरेर सबैलाई मोहित पारेका छन्। नेपाली लोकजीवनको गाथा गाएजस्तो पृथक शैली नै मुक्तक लेखनमा के.सी.को नयाँ र सार्थक प्रयोग बनेर देखा प¥यो। जसले सम्पूर्ण मुक्तक प्रेमीहरूलाई मुक्तक लयात्मक हुनुपर्छ भन्ने पाठ सिकाएको छ। लोक शैलीमा मुक्तक लेख्ने मुक्तककार कुलबहादुर के.सी.का ‘समय तरड्ड’ (२०६७) र समय तरड्ड दोस्रो भाग (२०६८) गरी दुई वटा मुक्तक कृति प्रकाशित भएका छन्। उनका दुवै कृतिमा लोकलयमा आधारित मुक्तकहरू समावेश रहेका छन्। पहिलो मुक्तक कृति समय तरड्डमा रहेका ९५ वटा मुक्तकहरू सम्पूर्ण लोकलय संरचनाका रहेका छन्। एकातर्फ नयाँ प्रस्तुतिको भाव व्यक्त गरिएको छ। अर्कोतर्फ २०६२÷०६३ को जनआन्दोलनपश्चात जारी भएको अन्तरिम संविधानले पनि सोचे जस्तो कार्य गर्न नसकेको र सरकारमा बस्नेहरूबाट वाक्क भएर राजनीतिक नेतृत्व गर्नेहरूको दुर्दशालाई पनि व्यक्त गरिएका छन् उनका मुक्तक कृतिमा। प्रकृतिको सुन्दर छटामा रमाउन खोज्ने भाव व्यक्त गर्दै चर्को प्रकृति प्रेमलाई पनि उनले त्यतिकै जोड दिएका छन्। २०६८ सालको नयाँ बिहानी सँगसँगै उनको थपिएको अर्को कृति पोखरेली मुक्तकको इतिहासमा हरेक बिहानीको मिरमिरेमा रेडियो तरड्डमा ‘समय तरड्ड’ शीर्षकबाट प्रशारण हुने मुक्तकहरूलाई नै उनले पुस्तकाकार गरेका हुन्। जसमा जम्मा १३२ मुक्तक रहेका छन्। यो कृतिका पनि सम्पूर्ण मुक्तकहरू लोकलयमा आधारित रहेका छन्। उनको पहिलो खण्डमा समावेश न्याय पाइदैन शीर्षकको एक मुक्तक हेरौंः
नेता बने संविधान मिचे पनि भयो
आŠनो छाडा प्रवृत्तिले थिचे पनि भयो
तर पनि जनताले ऐया भन्न हुन्न
अन्यायमा परे पनि न्याय पाइदैन (पृष्ठः २२, समय तरड्ड–२०६७)
यो भन्दा अगाडि पनि उनको ‘समयका सौगातहरू’ (२०६७ चैत) कविता सङ्ग्रह प्रकाशन भएको छ। जसको खण्ड ‘ग’ मा केही मुक्तकहरू शीर्षकमा पृष्ठ ५३ देखी ७५ सम्म जम्मा ४६ वटा मुक्तकहरू समावेश गरिएका छन्। समय तरड्ड मुक्तकसङ्ग्रह प्रकाशनपछिको कृति भएका कारण त्यसमा रहेका मुक्तकका गुणदोषहरू आम पाठकले मूल्याङ्कन गरिसकेको समय रहेको छ। यस अर्थ उनका समयका सौगातहरूका मुक्तकहरू कस्ता रहे भन्ने बोलीरहनु आवश्यक देखिदैन। उनले जीवनकालमा कति मुक्तक लेखे पत्तो भएन तर उनका आफ्नै कृतिमा सङ्गृहीत रहेका मुक्तकहरू भने २७३ वटा देखिएका छन् दुई मुक्तक कृति र समयका सौगातहरूमासमेत गरी।
५. खण्डकाव्य लेखनमा के.सी.ः
नेपाली जनजीवनकको लोक भाका र लयलाई सबैभन्दा नजिकैबाट माया गर्ने पोखरेली साहित्य साधक कुलबहादुर के.सी. नै हुन्। उनको पहिलो खण्डकाव्य र पछिल्लो समय निस्केका आलोक (२०६७) खण्डकाव्यमा पनि लोक झ्याउरे छन्दलाई निकै मिठो बनाएर प्रस्तुत गरेका छन्। उनको आलोक खण्डकाव्य पछिल्लो समय प्रकाशित उनको आठौं कृति हो। उद्योगपति तथा समाजसेवी चन्द्रकान्त बरालले २०६७ मा प्रकाशन सहयोग गरेको काव्यकृति जम्मा ४८ पृष्ठमा फैलिएको छ। उनले आफ्नो लेखकिय मन्तव्यमा भनेका छन्, आलोक गंगा जमुना महाकाव्यका पात्र हुन् तिनलाई निकालेर सानो आलोक छरेको मात्र छु भनेर। उनको आलोक खण्डकाव्यको मुख्य पात्र नै आलोक हो। जो वर्तमान समयमा व्याप्त रहेको अन्याय अत्याचारको अन्त्यका लागि प्रशिक्षण दिदै हिडेको छ। वर्तमानमा देखिएको जातीय राज्यको खिचडी पाकेको बेला कवि के.सी.को मन पाकेर उनले आलोकलाई निकालेर नेपाली जनजिब्रोको स्वाद र वर्तमान परिवेशको कथा व्यथालाई सबै सामु पोखे काव्यका माध्यमबाट।
आलोकको मुख्य विषयवस्तु नै आलोकको आलोक हो। उनी आलोक पात्रका माध्यमबाट देशका जनतालाई सचेत बनाउन हिडेको बेला गंगा जमुनालाई भेटेर देशको वर्तमान परिवेश, जातभात, समाज, चालचलन कला र संस्कृतिको बारेमा प्रचार गरेका छन्। उनका ती कुरा सुनेर गंगा जमुना मोहित बनेका छन्। आलोकले गंगा जमुनालाई धर्म संस्कृतिका नाममा भएको अन्यायको विरोध आफैले मात्र गर्ने साहस गरेको भनेर बताएका छन्। वर्तमानमा कसैले पनि अन्याय र अत्याचारको बारेमा बोल्न नसकेको र लाटिले केरा हेरेझै हेरेर बसेका छन्। यो ज्यादै नराम्रो कुरा हो यो हाम्रो हितमा छैन भन्ने भाव व्यक्त गरेका छन्। यस्तै मान्छेलाई बाचुन्जेल एक वचन मिठो, एकसरो लगाउन राम्रो र एक छाक आटो, रोटो, पिठो खान पाउँदैन तर मर्दाको दिन जिन्दगीभर दुई चार रूपैया नदेखेकालाई लासमाथि ऋण खोजेर पैसा चढाउनुपर्ने यो बुजु्रकहरूले गर्ने काम हो। यो इमान्दार, मेहेनती र देशप्रेमीहरूले कदापी गर्नुहुँदैन भनेर क्रान्तिकारी विचार व्यक्त गरेका छन्। मान्छे मरे भनेर क्रिया बसेर रोग पाल्ने वार्षिक तिथि भनेर खिरको डल्ला बनाएर लडाउनु मुर्खता हो। १३ दिनसम्म क्रिया बस्ने भनेको रोग पाल्नु हो। १३ औं दिनमा उनीहरूका लागि भनेर ऋण खोजेर सम्पूर्ण बन्दोवस्तीको व्यवस्था गर्नुपर्ने। त्यो कदापि उचित होइन, उनको सम्मानमा सम्मान अर्पण गर्ने, स्मृति ग्रन्थ निकाल्ने, जिउँदो छर्दै अभिनन्दन गर्ने र पुस्तक प्रकाशन गर्ने काम महान हो भनेर गंगा जमुनालाई सचेत बनाएका छन्। सँगसँगै उनीहरूको घरमा गएर गंगा जमुनाका बाबा, आमा, निशा र प्रभाकरलाई पनि उनले ईश्वरको बारेमा, दर्शनका बारेमा जानकारी गराएका छन्। ईश्वर भनेको मान्छेको धडकन हो। ढुड्डा पुज्नु मुर्खता हो। सबै मुर्ख बनेर त्यसै गरेका छन्। आफू मात्र त्यसको विरोधमा लागेको र देश निर्माणको बटुवा बनेर एकलव्य झै हिडेको भनेका छन्। जातिका नाममा भएको विभेदले कसैलाई फाइदा गर्र्दैन जाति केवल दुई मात्र छ, महिला र पुरूष। अरू सबै समान हो। यहाँ आफूर्लाइ ठालु भनाउँदाहरूले आफ्नो स्वार्थको लागि अरूलाई भरेड्ड बनाएर आफू शिखर चढेका छन् त्यसको विरोध गर्नुपर्छ यो असल विचारको प्रवाह फैलाउनु छ भनेर उनले भौतिकवाद, आध्यात्मवाद र यान्त्रिकवादका कुरा गर्दा गर्दै उनको आलोक समापन भएको छ। आलोकको मुख्य विषयवस्तु र सन्देश भएको नै साहित्यकार के.सी.ले समाजमा रहेको अन्धविश्वासको अन्त्यका लागि हरेक व्यक्ति आफूबाट नै परिवर्तनको सन्देश लिएर जाग्नुपर्ने समय आएको छ भन्ने विद्रोही भावको व्यक्त गरेका छन्।

६. साहित्यकार के.सीका काव्यकृतिको भाव पक्षः
मानिस एक सामाजिक प्राणी हो। उ बाच्नका लागि समाजको आवश्यकता पर्दछ। समाजमा रहेर सामाजिक प्राणी बनेर जिन्दगीको नौका खियाउँदा झेल्नु परेका सुखदुःख नै उसका जीवनका साथीहरू हुन्। वर्तमान समयमा समाज पनि जातीय र वर्गीय हितका लागि लागेको छ यसर्थ आफ्नो वर्गको हितका लागि हामी जुट्नुपर्छ एक आपसमा फुटेर हामीलाई फाइदा छैन भन्ने वर्गीयताको कुरा उठाएका छन् उनले आफ्नो लेखनमा। २१ औं शताब्दिमा यथास्थितिभन्दा माथि उठेर गतिशीलतालाई अवलम्बन गर्न सकिएन भने हामीले जिन्दगीमा कुनै परिवर्तन र प्रगति गर्न सकिदैन त्यसैले अग्रगामी छलाड्ड मार्नका लागि हामी प्रगतिशिल विचार लिएर अगाडि बढ्नुपर्छ। आजसम्मको समय साम्राज्यवादी र विस्तारवादीहरूले आफ्नो कब्जामा राखेर वर्गीय हितलाई छियाछिया पारे अब हामी जाग्नुपर्छ। विद्रोहको ज्वालामुखी फुटाउनुपर्छ भनेर उनले सबैलाई विद्रोहमा लाग्नका लागि विद्रोही चेतना व्यक्त गरेका छन्। नेपालको सीमा, सांस्कृतिक धरोहर, शासन पद्धतिलागयतका यावद कुराहरूमा घिउको डल्लो देखाएर इटाले हिकाइएको छ। सम्पूर्ण संरचनामाथि सहयोगका नाममा अतिक्रमण भएको छ। त्यो अतिक्रमणमा इमानदारिता छैन। सर्वहारा वर्गको मुक्तिको नारा छैन, व्यक्तिस्वार्थमा केन्द्रित प्रवृत्तिले सर्वहारालाई कुनै उपलब्धि हुदैन। जन्मभूमी स्वग भन्दा पनि प्यारो हुन्छ भन्ने राष्ट्रवादी भाव पनि उनको कृतिमा पाइन्छन्। नेपाली जनताहरू यती धेरै क्रान्तिकारी थिए जसका बलले देशमा प्रजातन्त्र, लोकतन्त्र त्यो मात्र होइन गणतन्त्रै आयो। आउन त आयो खै कहाँ आयो ? हात्ती आयो हात्ती आयो छैन भनेजस्तो भएको छ। सबै शक्ति, सत्ता र शब्दहरू मात्र आए। ठूलाठूला लगानीकर्ताका रड्डीन कागजमा हेर्दै लोभलाग्दा भएर आए गाउँले जीवन बिताउने सर्वसाधारणका लागि आएनन्। तिमी र मेरो, बाटुली र पुतलीको घरआँगनमा आएनन्। अब हामी सबैको घरमा ल्याउनका लागि एक भएर जाग्नुपर्ने भएको छ भन्ने जागरणमुखी भाव उनका काव्यकृतिमा पाइन्छ। देशको नियम र कानुन पटक पटक सुत्केरी बेथाले ग्रस्त भयो। मध्यान्नमा पनि कति बेला सास फुत्कने हो भनेर चिन्ता र चासोको विषय बन्यो तर भोलिपल्ट बिहान उज्यालो हुँदा जस्ताको तस्तै। अन्तरिम संविधानलाई बेथा लाग्दालाग्दा देश बर्बाद भएर गयो। देशमा अराजकताले राज्य जमायो। हामीले चुनेर पठाएका इमान्दार नेता भनौदाहरूलाई दलिय जलपले चिन्नै नसक्ने बनायो भनेर राष्ट्रवादी भाव पनि व्यक्त गरेका छन्। कतै विद्रोह ओकेल्छन्, कतै सालिनतापूर्वक सौन्दर्यचेतको बिजारोपण गराउँछन्। राष्ट्रियताप्रतिको चासो, जनजीविकासँगको चिन्ता, संविधान निर्माणको चाहना, दलित चेतना, महिला मुक्ति तथा विभित्र किसिमका सामाजिक एवम् सांस्कृतिक विकृति विसङ्गतिप्रति प्रहार गर्दै अग्रगामी छलाड्डका लागि आजैबाट लागि हालौं भन्ने भाव व्यक्त गर्दै आफ्नो चिनारी दिएर छोडेका छन्।

७. निष्कर्षः
शुन्यवाद र विसड्डतीवादलाई लिएर हिड्नेहरूका बीचमा सोझोवाद बोकेर सबैको मन मस्तिष्कमा बास बस्न सफल के.सी.ले आफू बाँचेको समयसम्म कहिल्यै साहित्यलाई विभिन्न वादका नाम दिएर झन्झटिलो बनाएनन्। नेपाली जनजीवनको लोक भाकालाई टपक्क टिपेर सबैको जिब्रो रसाउने स्वाद चखाए। आफ्नो जागिरे जीवनपछिको पूरा समय साहित्य सिर्जनालाई अर्पण गरेर हिडेका साहित्यकार के.सी.ले जीवनलाई एउटा महान उत्सव बनाएर गए। जिन्दगीमा आएका निराशा र कुष्ठालाई कहिल्यै मनमा राखेनन्। आम पाठकका लागि पोखिदिए। सरल, सहज र लोक जनजीवनको भाकामा साह्रै स्वादिला, गहन एवम् विश्लेषणयुक्त अभिव्यक्तिलाई सिर्जनाको लाममा उनेर आफूलाई गहन लेखकको रूपमा प्रस्तुत गरे। उनी तरूनीका टिम्के चोलीजस्ता वेतुकका सिर्जना लिएर कहिल्यै पनि निस्केनन्। यही कारणले नै यिनका सिर्जना शक्तिशाली बने। राजनैतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक मूल्यमान्यतालाई सिरोधार्य गरेर सदासर्वदा लागिरहनु उनको असल पाटो हो। उनका प्रकाशित कृतिहरूमा जम्मा जम्मी नौ वटा देखिन आएका पाइन्छन्। नौ वटा काव्य कृतिमा गरी उनका १७८ वटा कविता सङ्गृहित भएका छन् भने २७३ वटा मुक्तक सङ्ग्रहित छन्। यस्तै फुटकर रूपमा उनका दर्जनौ रचनाहरू प्रकाशन भएको देख्न सकिन्छ। साहित्यकार के.सी. सधै विचारको युद्ध गर्ने लेखक हुन्। उनी त्यही विचारको माध्यमबाट नै सबैलाई अपिल गर्छन, भोगेको त्यो बेलाको राष्ट्रिय संकटको। मोफसलमा बसेर साहित्य साधना गर्दाको। हिजो आफ्नै भोटले चुनिएर गएको चाटुकर नेताको हालत देखेर पनि उनलाई चिन्ता लाग्छ। त्यसपछि देखेको त्यही कुरा लेख्छन् कविता बनाएर अनि कालजयी बन्छन् यसरीः–
रोल्पा, डोल्पा पनि मुलुक हो पर्छ नेपाल भित्र
नेता बन्ने कुटिल जन हो हेर त्यो मानचित्र
हेर्दा जिल्ला निमुखा जनता लाग्छ धिक्कार जस्तो
मान्छे नै हुन् तर पनि त्यहाँ भाग्दछन् दुःख कस्तो (आशौच बार्दैछन् कविताहरू)
कवि के.सी.लाई हिजोसम्म देख्नेहरूले कसैले कल्पना गर्न सकेका थिएनन् उनी यति छिटो हामीबाट बिदा भएर जानेछन् भनेर। किनकि उनका गालामा मुजा पर्न बाँकी थियो। कपालमा हिमाल टल्किने बेला हुँदै थियो। विडम्बना उनको लगनशीलता, अदम्य उत्साह, दृष्ढ आत्मबल र आत्मविश्वास हुँदाहुँदै पनि। मृत्युसँग बिस्तारामा जुधिरहदा पनि सम्मानले साहस थपिएको छ भन्दै गर्दा पनि। समयले उमेर अवस्थामै उनीलाई हामीबाट विदा गरायो। जंगा जमुना महाकाव्य प्रकाशनको लागि उनको कलम फटाफट चल्दै थियो। लेखन तेजिलो र फूर्तिलो बनेको थियो। समयको खेलसँग कसैको केही लाग्दो रहेन्छ। हिजो देख्दै नदेखेका र नभोगेका कुराहरू आज उनले देख्नुपर्यो। कल्पना नै नगरेको दृष्यले मन मर्माहत बनायो। केही समयसम्म पीडित र दुःखी बनायो। बनेको घाउले मुटु छियाछिया पारेर चह¥याउने बनायो। साच्चै कली युग पनि कति कहाली र डरलाग्दो भएको रहेछ। त्यसैको मारमा परे साहित्यकार के.सी. र क्यान्सर जस्तो रोगले समात्यो। उनी सिड्डो लामाचौरबासीको आँखाको नानी बनेका थिए। उनको सरल बानी व्यवहार र आफ्नै गाउँले जनजीवनका कथा तथा व्यथालाई सिर्जनाको विषयवस्तु बनाउने सबैले बुझ्ने अनुमान गर्न सक्ने स्वभाविक प्रकृतिका कविता लेखेर नै उनको पहिचान उचो बनेको थियो। उनलाई नेपाली वाङ्मयको क्षेत्रमा एउटा जिउँदो इतिहास बनाएको थियो। जो सुकैले जति ठुला कुरा गरेपछि कुलबहादुर के.सी.सँग भएको लोक झ्याउरे छन्द वर्तमानमा आफूलाई निकै छन्दवादी हुँ भनेर छाती पिट्नेहरूसँग पनि छैन। यसकारण साहित्यकार के.सी. जिउँदो इतिहास हुन्। के.सी. नेपाली वाङ्मयको कविता विधाका सशक्त हस्ताक्षर हुन्। तर हाम्रो समाजमा साहित्यकार, कवि र कलाकार बन्नु भनेको पागल बन्नु हो अरे, समाजका एकथरी इमान्दार बुज्रुकको भाषामा। उनीहरूका कुरा सुनिन्छन्, अरू व्यक्तिहरूले व्यापार गर्छन। पैसा कमाउँछन्। घर, जग्गा, मोटर र कार किन्छन्। आवश्यक सम्पूर्ण भौतिक सुविधा जोड्छन्। सम्पन्नताको जीवन जिउँछन्। यस्तै–यस्तै पंक्तिकारले धेरै पटक सुनेको छ। उनीहरूको नजरमा त्यस्तै पागल बन्ने मध्येका के.सी. एक हुन् र पंक्तिकार पनि। यसरी घर पोलेर खरानी बनाउँदै पागल बन्ने क्रममै उनका काव्य सिर्जनामाथी आफ्नो छोटो टिप्पणी राख्ने प्रयास गरेको हो पंक्तिकारले। हरेक व्यक्तिका सिर्जनामा कल्पना, भावना र सम्वेदना नै व्यक्त हुने हो। तीनै भावना र सम्वेदनाका सुस्केराहरू सुसाउँदा सुसाउँदै के.सी.का आफूँ बाँचेको समयसम्म प्रकाशित र अप्रकाशित गरी झण्डै एक दर्जन काव्यकृतिको सिर्जना भएको पाइन्छ। के.सी.का प्रत्येक सिर्जनाहरूमा कल्पना शक्तिको व्यापक प्रयोग छ। मानवीय भावना र सम्वेदनाको व्यापक विश्लेषण गरिएको छ। यथार्थताको धरातलमा वास्तविकताको उद्घाटन गरिएको छ। त्यसैले के.सी. सबैका प्यारा बनेका छन्। बहुमुखी प्रतिभाको धनी के.सी. सेवावित्तृतपछि पूरा समयका लेखक बनेका हुन। उनको जागिरे जीवनमा पनि कलम चलेको र जागिरपछिको समय पूर्ण रूपले कलमजीवि बने। उनी मानवीयता हराएको दुनियामा मानवियता खोजेर हिँडे। नैतिकताको पाठ बिर्सेकाहरूलाई नैतिकताको पाठ पढाए। इमानमा बाँच्न नजान्नेहरूलाई इमान र जमानको कुरा सिकाए। नेपाल आमाको सन्तान भएर स्वाभिमानका साथ बाँच्न नसकेकाहरूलाई स्वाभिमानी बनेर बाँच्नका लागि हौसला प्रदान गरे। गरिब दिनदुखीहरूलाई सहयोगका हात बढाए। आपसी भाइचार मेलमिलाप नभएकाहरू बीच सौहाद्रता र भातृत्वको भाव उब्जाए त्यसैले उनका सिर्जना कालजयी बने।

सन्दर्भ ग्रन्थसूचीः
के.सी. कुलबहादुर, मुटुको झिल्का २०३९, बाटुलेचौर, सहयोगी बन्धुहरू।
.................... गरीब उस्तै छ २०४०, पोखरा, लेखक स्वयम्।
....................गाउँले २०५२, पोखराः सतन कुमार भट्टराई।
....................आशौच बार्दैछन् कविताहरू २०६१, पोखराः प्रगति एजुकेशन फाउण्डेशन।
.................... विजय उन्मुख अक्षरहरू २०६४, पोखराः श्री शुक्ला साहित्य समिति, बाटुलेचौर।
.................... समय तरड्ड २०६७, पोखराः मानबहादुर, हरिकला के.सी.।
.................... समय तरड्ड दोस्रो भाग २०६८, पोखराः मानबहादुर, हरिकला के.सी.।
.................... आलोक २०६७, पोखराः चन्द्रकान्त बराल।
.................... समयका सौगातहरू २०६७, पोखराः मानबहादुर, हरिकला के.सी.।
प्रधान, कृष्णचन्द्र सम्पा, साझा समालोचना ते.सं., २०४४, काठमाडौं ः साझा प्रकाशन।
पराजुली, ठाकुर, नेपाली साहित्यको परिक्रमा, दो.सं., २०५६, काठमाडौं ः साझा प्रकाशन
श्रेष्ठ, दयाराम, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, पाँ.सं., २०५६, काठमाडौं ः साझा प्रकाशन
पोखरेल, भानुभक्त, साहित्यिक अनुशीलन दो.सं., २०५७, काठमाडौं ः साझा प्रकाशन
त्रिपाठी, वासुदेव र अन्य, नेपाली कविता भाग–४, ते.सं., २०६०, ललितपुर ः साझा प्रकाशन।
एटम, नेत्र, समालोचनाको स्वरूप, २०६१, काठमाडौं ः साझा प्रकाशन।
लुइटेल, खगेन्द्रप्रसाद, कविताको संरचनात्मक विश्लेषण, २०६२, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार।
भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल, नेपाली कविता र काव्य, २०६४ काठमाडौँ ःविद्यार्थी पुस्तक भण्डार।
उपाध्याय, यादवराज, समालोचकीय अभिमत, २०६६ पोखरा ः जन समीक्षा प्रकाशन।
थापा, प्रा.डा. मोहनहिमांशु, साहित्य परिचय पाँ. सं., २०६६, काठमाडौं ः साझा प्रकाशन।
अधिकारी, विश्वप्रेम (सम्पा.) रजस्थल साहित्यिक २०६९ स्याङ्जा।
गौतम, असफल २०६७ सङ्घर्षमा कलम, त्रैमासिक विविध, पोखरा।
....................२०६९, दुर्गाबहादुर शाह बाबा व्यक्तित्व र कृतित्व, पोखरा, सङ्घर्षमा कलम साहित्य समाज।
....................(मुक्तक सङ्ग्रह ‘झटारो’ को संरचनागत पक्षलाई हेर्दा) २०७०, पोखरा, पोखरा विमर्श ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2070

लेखकका अन्य रचनाहरु