महिला लेखन: समस्याको पहिचान

- लीला लुइटेल

१. विषयप्रवेश
समयका दृष्टिले वर्तमान विश्व एक्काईसौ“ शताब्दीमा प्रवेश गरिसकेको छ । एक्काईसौ“ शताब्दी भनेको विज्ञान र प्रविधिको विकास द्रुततर गतिमा दौडिरहेको समय हो । ज्ञानविज्ञानका हरेक क्षेत्रमा भइरहेको तीव्रतर विकासले आजको विश्व दिनानुदिन परिवर्तन भइरहेको छ । यसले हाम्रो जीवनशैली, संस्कार तथा मूल्य मान्यताहरूलाई समेत निरन्तर रूपमा परिवर्तन गर्दै नया“नया“ अवधारणाहरूको विकास गराइरहेको छ । वर्तमानमा जीवनका प्रत्येक पल प्रविधि नियन्त्रित हु“दै गइरहेका छन् । अझ विद्युतीय सञ्चार र सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व र अकल्पनीय क्रान्तिले विश्व क्रमशः भूमण्डलीकृत हु“दै गइरहेको छ । यसबाट एकातिर सम्पूर्ण मानवीय क्रियाकलापहरू सरल, सुगम तथा मनोरञ्जनात्मक हु“दैछन् भने अर्कातिर परिस्थिति उत्तिकै भयावह पनि बन्दै गइरहेको छ । विश्वमा व्याप्त यसप्रकारका परिवर्तनले नेपाली समाज पनि अछुतो रहन सक्दैन र रहनु पनि हु“दैन ।
वर्तमान विश्वमा भइरहेको विकास र परिवर्तन विज्ञान एवं प्रविधिका क्षेत्रमा मात्र सीमित नभई विचार, सोचाइ र चिन्तनका क्षेत्रमा पनि उत्तिकै व्यापक रूपमा देखापरिरहेको छ । वmुनै समयमा शाश्वत र चिरस्थायी मानिने कतिपय विचार र सिद्धान्तहरू आज पुनव्र्याख्यित र पुनर्परिभाषित हु“दै छन् भने कतिपय नया“ सिद्धान्त र विचारहरू पनि प्रतिष्ठापित भइरहेका छन् । यस्ता नया“ विचार र सिद्धान्तहरूमध्ये नारीवाद पनि एक हो ।
पितृसत्तात्मक शोषणको विरोध गरी महिलालाई शोषणबाट मुक्त गर्ने उद्देश्यले पश्चिममा नारीवादी आन्दोलन सुरु भएको हो । यसले महिला र पुरुषको बारेमा गरिएका परम्परागत परिभाषाहरूलाई पुनःपरिभाषित गर्नुपर्ने धारणा राख्दै लैङ्गिक समानतामाथि जोड दिएकोे छ । विभिन्न समयमा विभिन्न विचारक र चिन्तकहरूले यसलाई आआÇनै ढङ्गले व्याख्या गरेका छन् । यस्ता विचार र चिन्तनहरू भौतिक विकासको चरमचुलीमा पुगिसकेका पश्चिमी देशका सन्दर्भमा अभिव्यक्त भएकाले यिनलाई हाम्रो चेतनाको स्तर, आर्थिक क्षमता र जीवनशैलीले कत्तिको आत्मसात् गर्नसक्छ भन्ने वmुरा बुझ्नु पनि अत्यन्त जरुरी छ ।
२. नेपाली महिलाको अवस्थिति
ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा विश्व पलपल परिवर्तन हु“दै एक्काईसौ“ शताब्दीमा हि“डिरहेको वर्तमान अवस्थामा अधिकांश नेपाली महिलाहरू अभैm मध्ययुगीन बर्बरता र पाशविकताको सिकार बनिरहेका छन् । नेपालको पश्चिमी भेगमा व्याप्त देउकी प्रथा, छाउपडी प्रथा, बादी प्रथा, हिमाली भेगका केही जातिमा प्रचलित झुमा प्रथा, बहुपति प्रथा, तराईमा प्रचलित दाइजो प्रथा, काठमाडौ“मा प्रचलित वmुमारी प्रथा, मुस्लिम समाजमा प्रचलित कथित तलाक प्रथा, राज्यभर व्याप्त कथित बोक्सी प्रथा तथा चेलीबेटी बेचबिखनजस्ता कार्यहरूले एक्काईसौ“ शताब्दीमा प्रचलित मानव अधिकारको अवधारणालाई चुनौती दि“दै मानवीय मूल्यहरूको उपहास गरिरहेका छन् । यसका अतिरिक्त विधवा, रजस्वला, निःसन्तान, गर्भवतीजस्ता विविध अवस्थाका महिलाहरूलाई धार्मिक तथा सामाजिक कार्यमा प्रतिबन्धित गरी मनोवैज्ञानिक रूपले अवमूल्यन गर्ने परिस्थिति शिक्षित तथा सभ्य कहलिएकाहरूको समाजमा पनि जरो गाडेर बसेकै छ । यस्ता कारणबाट महिलाहरू प्रत्यक्षतः शोषित र पीडित बन्न पुगेका छन् ।
आपूmमाथि थोपरिएका यस्ता अनेकौ“ सामाजिक वmुप्रथाहरूबाट महिलाहरू चाहेर पनि मुक्त हुन सकिरहेका छैनन् । आर्थिक दुर्गति तथा धार्मिक अन्धविश्वासका कारण देहव्यापार गर्न बाध्य बनाइएका देउकीहरू आपूmखुसी स्वतन्त्र वैवाहिक जीवनयापन गर्न पाउ“दैनन् । यसैगरी ब“दिनी र उसका सन्तानहरूले चाहेर पनि आÇनो पेसा बदल्न सक्ने स्थितिको सिर्जना भएको छैन किनकि अन्य पेसामा लाग्दा नागरिकताको खोजी गरिन्छ तर आमाको कानुनी हक सुरक्षित नभएका कारण अहिलेसम्म आमाको नामबाट नागरिकता प्रदान नगरिएको हु“दा यो समस्या अत्यन्त जटिल बनेर देखापरेको छ । हाल ‘बाबुको सोधखोज नगरी आमाको नामबाट नागरिकता दिनू’ भन्ने सर्वाेच्च अदालतको आदेश सकारात्मक देखिए पनि सरकारले विशेष कार्यक्रम सञ्चालन गरी बादी महिलाका सन्तानलाई नागरिकता दिने अभियान नचलाएसम्म यो समस्या यथावत् रहनेछ । यसैगरी वरपक्षको मागअनुरूप दाइजो ल्याउन नसक्दा कैयौ“ महिलाहरू जिउ“दै डढेर मर्न बाध्य छन् भने कैयौ“ महिलाहरू अपाङ्ग बनाइएका छन् । हिमाली क्षेत्रमा व्याप्त बहुपति प्रथा स्वीकार नगर्दा समाजबाटै बहिष्वृmत हुनुपर्ने अवस्था कायमै छ । यसैगरी कथित बोक्सीको आरोपमा लछारपछार र वmुटपिट गर्ने, शरीरको अङ्ग डामिदिने, अङ्गभङ्ग गरी अपाङ्ग बनाइदिने, दिसा खुवाउने तथा गाउ“ निकाला गर्नेजस्ता त्रूmर तथा पाशविक कार्यहरूबाट असङ्ख्य महिलाहरू शारीरिक तथा मानसिक यातना भोग्न बाध्य छन् । यस्ता कार्यमा शिक्षित भनिएका व्यक्तिहरूको पनि संलग्नता देखिएको छ । समाजमा विद्यमान यस्ता अमानवीय एवं पाशविक क्रियाकलापहरूलाई सामाजिक तथा पारम्परिक संस्कार भन्नेहरू पनि भेटिएलान् तर केही समयअगि प्रचलनमा रहेको र राज्यबाटै उन्मूलन गरिएको सतीप्रथा तथा रजस्वला नहु“दै कन्यादान गर्ने प्रचलन पनि सामाजिक तथा पारम्परिक संस्कारकै रूपमा रहेको तथ्य हामीले बिर्सनु हु“दैन । यसका अतिरिक्त सामाजिक तथा पारम्परिक संस्कारका रूपमा रहेको विधवालाई रातो रङ्गबाट वञ्चित गरिने सामाजिक व्यवस्थाको विरोध गर्दै देशका विभिन्न भागमा बडो उत्साहका साथ विधवालाई रातो रङ्गको प्रयोगमा स्वीकृति दिनुबाट थोत्रा सामाजिक मूल्य तथा कुसंस्कारहरू क्रमशः धराशायी हु“दैछन् भन्ने शुभसङ्केतचाहि“ देखापर्न थालेको छ । यहा“नेर सम्झनु पर्ने कुरा के छ भने विधवाले रातो रङ्गको स्वीकृति पाउनु मात्र सम्पूर्ण महिला समस्याको समाधान होइन तर महिला उत्पीडनका विरुद्धमा उठेका पाइलाहरू अग्रगमनतर्पm बढेको चाहि“ अवश्य हो ।
केही समयअगि विधवा विवाह गर्नेलाई प्रोत्साहन रकम दिने व्यवस्था बजेटमा गरिएको घोषणालाई पनि अत्यन्त हास्यास्पद एवं निरीह मानसिकताको प्रस्तुतिका रूपमा लिन सकिन्छ । नेपाली समाजमा विधवा समस्या व्यक्तिगत नभएर पारिवारिक एवं सामाजिक रूपमा रहेको यथार्थ सबैका सामु छलङर््ग छ । यस घोषणाले नीतिनिर्माताको नारीप्रतिको दृष्टिकोण अति सङ्कीर्ण र मानसिकता अत्यन्त दरिद्री रहेको पुष्टि गरेको छ ।
कथित सामाजिक संस्कारका रूपमा रहेका प्रचलनबाहेक प्रशासनिक तथा कानुनी निकायहरूबाट पनि महिलाहरू नै बढी मात्रामा पिल्सिन बाध्य छन् । कमैया प्रथा उन्मूलन भएको घोषणा गरिए पनि प्रशासनिक तथा राजनैतिक उदासीनताका कारण उत्पन्न भद्रगोलको स्थितिले आज कैयौ“ महिलाहरूलाई बिचल्लीमा पारेको छ र उनीहरू आÇनै देशमा शरणार्थीको नियति भोग्न बाध्य छन् । यहा“ यस्तो समस्याबाट पुरुषवर्ग पीडित छैन भन्ने खोजिएको होइन । यस सन्दर्भमा पुरुष र महिलाको शारीरिक, पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक स्थिति नितान्त फरक हुन्छ । पुरुष काम र मामको खोजीमा हि“ड्न शारीरिक, पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक सबै रूपले स्वतन्त्र हुन्छ तर महिलालाई सन्तानको माया, पारिवारिक दायित्व र अन्य कारकहरूले अप्ठ्यारोमा पार्न सक्छन् भन्न खोजिएको हो ।
यसैगरी देशमा चलिरहेको सशस्त्र द्वन्द्वको मार पनि बढी मात्रामा महिलाहरूले नै खेप्नुपरेको छ र यसैका कारण कैयौ“ महिलाहरू विधवा बन्नपुगेका छन् । यस्तैगरी कैयौ“ अशक्त, गर्भवती र सुत्केरी महिलाहरू घरबारविहीन अवस्थामा कहालीलाग्दो र भयावह स्थितिमा बा“चिरहेका छन्, कैयौ“ बलात्कारको सिकार भएका छन् । यस्ता विभिन्न खाले सङ्कट तथा समस्याहरूमा आज कैयौ“ नेपाली महिलाहरू अनिच्छापूर्वक जबर्जस्ती पिल्सिन बाध्य छन् । महिलाहरूलाई यस्तो नियति भोग्न बाध्य बनाउने प्रमुख कारकहरू चरम गरिबी, अशिक्षा, वmुसंस्कार, अन्धविश्वास, सामाजिक दबाब र प्रशासनिक तथा राजनैतिक बेइमानीजस्ता सम्पूर्ण पक्षहरू समान रूपले जिम्मेवार देखिन्छन् ।
शिक्षा मानवविकासको लागि अपरिहार्य आधारस्तम्भ हो । शिक्षाविना वmुनै पनि मानवको भौतिक विकास तथा चेतनाको स्तर वृद्धि हुन सक्तैन । नेपाली महिलाको शैक्षिक स्थिति हेर्ने हो भने आज पचहत्तर प्रतिशतभन्दा बढी महिलाहरू अशिक्षाको अन्धकारमै रुमलिरहेका छन् अर्थात् हाम्रो महिला साक्षरताको स्थिति अत्यन्त कमजोर छ । साक्षर महिलाको सङ्ख्या पनि विशेषगरी सहरी क्षेत्रमै सीमित रहेको छ भने ग्रामीण क्षेत्रमा महिला साक्षरताको प्रतिशत अत्यन्त न्यून अर्थात् निराशाजनक रहेको छ ।
पछिल्लो समयमा आएर सहरी क्षेत्रमा महिला साक्षरताको प्रतिशत बढेको र छोरीलाई विद्यालय पठाउने प्रचलनमा वृद्धि भएको पाइए पनि अधिकांश व्यक्तिमा पर्याप्त चेतनाको वृद्धि भएको पाइ“दैन । यहा“ पनि छोरा र छोरीमा पर्याप्त विभेद गरिएको देखिन्छ । छोरालाई पोषिला खानेवmुरामा ध्यान दिने, छोरालाई मह“गा विद्यालयमा पढाउने, छोरीलाई सस्तो र सकेसम्म शुल्क नै तिर्नु नपर्ने विद्यालयमा पढाउने, छोरीलाई आत्मनिर्भरताको लागि शिक्षा दिइनुभन्दा योग्यवर प्राप्तिको लागि पढाइनु पर्ने, छोरी अभिभावकका लागि बोझका रूपमा रहनेजस्ता सङ्कीर्ण सोचाइहरूबाट शिक्षित समाज पनि ग्रसित छ । शिक्षित, चेतनशील तथा स्वाभिमानी केही महिलाहरू आत्मनिर्भर भए पनि दोहोरो जिम्मेवारी निर्वाह गर्नु पर्ने, विनाकसुर चरित्रहत्या गरिनेजस्ता परिस्थितिका कारण उनीहरू शारीरिक तथा मनोवैज्ञानिक दुवै रूपले पीडित छन् । यस्ता महिलाहरूले भोग्नुपर्ने शारीरिक तथा मनोवैज्ञानिक सङ्कट अत्यन्त कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । महिला साक्षरताको स्थिति न्यून भएकै कारण आज शिक्षा, राजनीति, नीति निर्माणजस्ता महŒवपूर्ण कार्यमा महिला सहभागिता शून्यप्रायः नै देखिन्छ । यसले गर्दा पनि महिला हक र हितका सन्दर्भहरू सधै ओझेलमा पर्ने गरेका छन् ।
शिक्षा तथा चेतनाको अभाव, चरम गरिबी, बढ्दो बेरोजगारीका कारण आज लाखौ“ महिलाहरू भारतका विभिन्न सहरहरूका अतिरिक्त थाइल्यान्ड, हङकङ तथा अरब मुलुकहरूमा बेचिएर देहव्यापारमा संलग्न हुन बाध्य पारिएका छन् । यसका अतिरिक्त खाडी मुलुकहरूमा घरेलु मजदुरका रूपमा नारकीय जीवन विताउन बाध्य महिलाहरूको सङ्ख्या पनि ठूलै छ र यो क्रम दिनानुदिन बढिरहेको छ । उच्चशिक्षा हासिल गरेका महिलाहरू पनि पलायन भएर यस्ता कार्यमा संलग्न हुनुपर्ने अवस्थाको सिर्जना हुनु राष्ट्रकै लागि दुर्भाग्यको विषय हो ।
राजनैतिक तथा प्रशासनिक इमानदारी र प्रतिबद्धता महिला विकासका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्ने माध्यम हुन्, तर नेपाली राजनीतिका सन्दर्भमा लैङ्गिक समानता, महिला हकहित, महिला सशक्तीकरण, पैतृक सम्पत्तिमा महिलाको अधिकार, राजनैतिक, प्रशासनिक एवं शैक्षिक क्षेत्रमा महिला आरक्षणजस्ता वmुराहरूलाई नेताका भाषण, चुनावी घोषणापत्र र सडक आन्दोलनका विषयवस्तुका रूपमा मात्र लिने गरिएको छ । यसैगरी मुलुकी ऐनमा व्यवस्था भएका कैयौ“ दफाउपदफाहरूले लिङ्गभेद नगरिने संवैधानिक प्रतिबद्धतालाई चुनौती दिइरहेका छन् । यसतर्पm सम्बन्धित निकाय मूकदर्शक भएर बसेको छ । यस्ता राजनैतिक र प्रशासनिक क्षेत्रमा देखिएको गैरजिम्मेवारीले महिला र महिलाको अस्मितालाई उपहास गर्नुबाहेक अरू केही गर्न सकेको देखि“दैन ।
महिला जनसङ्ख्याको एउटा ठूलो हिस्सा यस्तो भयावह स्थितिमा गुज्रिरहेको अवस्थामा केही पढेलेखेका सहरिया महिलाहरू भने फेसन सो र सुन्दरी प्रतियोगिताको पक्षमा वकालत गर्न निकै व्यस्त देखिन्छन् र आपूm निकै आधुनिक, सभ्य र स्वतन्त्रताप्रेमी भएको दाबी गरिरहेका छन्, तर उनीहरूको चेतनाको स्तर भने अत्यन्त दयनीय देखिन्छ ।
समाजमा विद्यमान यस्ता विवृmति र विसङ्गतिबाट उत्पीडित महिलाहरूको सहयोगार्थ हाल नेपालमा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय स्तरका असङ्ख्य सङ्घसंस्थाहरू पनि खुलेका छन् । गरिब, निमुखा, असहाय, शोषित, पीडित तथा द्वन्द्वपीडित महिलाहरूका नाममा खुृलेका यस्ता संस्थाहरू कथित घरानिया“ महिला तथा राजनैतिक नेताका आफन्तहरूले तारे होटलमा गोष्ठी गर्ने, सञ्चार माध्यममा प्रचारप्रसार गर्ने तथा डलरको आम्दानी गर्ने स्रोतका रूपमा मात्र रहेका देखिन्छन्, यिनको उपलब्धि भने शून्यप्रायः छ ।
लैङ्गिक समानता, महिला आरक्षण र महिला सशक्तीकरण केही समय यता नेपालमा सर्वाधिक चर्चामा रहेका शब्दहरू हुन् । जनसङ्ख्याको आधा आकाश ओगट्ने महिलाहरूको पक्षमा अगि सारिएका विश्वस्तरीय यस्ता अवधारणाहरू नेपालमाचाहि“ नेताहरूका भाषण, तारे होटलका गोष्ठी, सडक आन्दोलन र पत्रपत्रिकाहरूका स्तम्भमै सीमित पारिएका छन् । सरकारी स्तरबाट सञ्चालन हु“दै आएका महिला विकाससम्बन्धी कार्यहरू पनि देशकाल सापेक्ष नभएर अन्तर्राष्ट्रिय जगत्मा देशको इज्जत धान्नुपर्ने बाध्यताको उपज देखिन्छ । यसै सन्दर्भमा केही समयअगि स्थापित महिला मन्त्रालय पनि देशको आवश्यकताबोध गरेर स्थापना गरेको नभई बेइजिङ सम्मेलनबाट उत्पन्न बाध्यात्मक परिस्थितिमा स्थापना गरिएको तथ्य सर्वविदितै छ । सा“च्चै देशको आवश्यकताबोध गरेर स्थापना गरिएको भए त्यहा“ महिलासम्बन्धी विभिन्न तथ्याङ्कहरू राखिने थिए होलान् । केही समयअगि महिला मन्त्रालयमा महिला साक्षरताका बारेमा जानकारी लिन खोज्दा मन्त्रालयले उपलब्ध गराउन नसक्नुले यस तथ्यलाई पुष्टि गरेको छ ।
यस्तैयस्ता अनेकौ“ चुनौतीपूर्ण अवस्थाहरूकै माझबाट पनि केही नेपाली महिलाहरू व्यक्तिगत प्रयासमै समाजमा आÇनो परिचय प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय जगत्मा समेत आÇनो छविलाई स्थापित गर्न सक्षम देखिएका छन् । आÇनो परिचय प्रस्तुत गर्ने क्रममा कतिपय नेपाली महिलाहरूले साहित्य सिर्जनालाई पनि माध्यम बनाएको पाइन्छ ।
३. नेपाली साहित्यमा महिलाको स्थिति
नेपाली साहित्यमा महिलालेखनको थालनी प्राथमिक कालदेखि नै छिटफुट रूपमा भएको पाइए पनि आधुनिक कालको प्रारम्भको हाराहारीदेखि यस क्षेत्रमा निरन्तरता आएको देखिन्छ । खासगरी २००७ सालपछि कविता, कथा, उपन्यासजस्ता विभिन्न विधामा थुप्रै महिला लेखकहरूले आÇनो साहित्यिक इतिहास निर्माण गर्न सफलता प्राप्त गरेका छन् । केहीले अन्तर्राष्ट्रिय स्तरका साहित्यिक वृmतिको सिर्जना पनि गरेका छन् । यति हु“दाहु“दै पनि निबन्ध, नाटक, समालोचनाका क्षेत्रमा महिलालेखन अद्यावधि त्यति फस्टाउन सकेको पाइ“दैन ।
४. महिला लेखन ः चुनौती र समस्या
माथि उल्लेख गरिएका सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक आदि विभिन्न सन्दर्भमा देखापरेका सन्दर्भहरूले नेपाली महिला साहित्यकारको सिर्जनधर्मितालाई प्रत्यक्ष प्रभाव पारेको पाइन्छ । यसका अतिरिक्त सीमित ज्ञानको क्षेत्र, समयको सीमितता, अनावश्यक र झन्झटिला पारिवारिक तथा सांस्कारिक दायित्वहरूले महिलाको सिर्जनधर्मितालाई प्रत्यक्ष प्रभाव पार्ने टड्कारो स्थिति हु“दाहु“दै पनि नेपाली महिला सर्जकहरूबाट निरन्तर रूपले विभिन्न विधाका वृmतिहरू सिर्जना हुनु स्वागतयोग्य र प्रशंसनीय कार्य हो ।
साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हु“दैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, वmुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हु“दा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हु“दैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दि“दै आएका छन् । यसले एकातिर महिलाविरुद्ध हुने शारीरिक, सामाजिक तथा मानसिक हिंसालाई उद्घाटित गर्छ भने अर्कोतिर स्वस्थ तथा उन्नत समाजनिर्माणको निम्ति पथप्रदर्शकको महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्ने देखिन्छ ।
साहित्यका विभिन्न विधामा महिलाहरूको भूमिका र योगदानलाई लिएर वर्तमान समयमा विश्वका अनेकौ“ भाषाका साहित्यमा गहन अध्ययन–अनुसन्धान भइरहेका देखिन्छन् तर नेपाली साहित्यमा चाहि“ यसप्रकारका अध्ययन–अनुसन्धानको स्थिति एकदमै शून्यप्रायः अवस्थामा रहेको छ । नेपाली साहित्यको इतिहासमा पनि प्रशस्त महिला साहित्यकारहरूले आÇना कृतिका माध्यमबाट उल्लेखनीय योगदान पु¥याइरहेका छन् तर तीमध्ये केहीको मात्र चर्चा छिटफुट रूपमा भएको पाइन्छ । नेपालीमा लेखिएका साहित्यको इतिहासमा अधिकांश महिला साहित्यकारको नामसमेत उल्लेख भएको भेटि“दैन । यसपूर्व लेखिएका केही इतिहासमा केही नेपाली महिला साहित्यकारका नाम र तिनका कृतिको उल्लेख गरिएको भए पनि गलत र त्रुटिपूर्ण तथ्यको प्रस्तुतिले त झन् अन्योलको स्थिति सिर्जना गरेको छ । नेपाली महिला साहित्यकारको समग्र तथा विस्तृत र व्यवस्थित अध्ययन एवं विश्लेषण त झनै भएको छैन । पारिवारिक, सामाजिक, प्रशासनिक, प्राकृतिक सन्दर्भका अनेक अप्ठ्याराहरूको सामना गर्दै वर्तमानमा देखापरेको दोहोरा जिम्मेवारी बहन गरी साहित्यमा आÇनो श्रम र लगानी खर्च गरेर कृति प्रकाशित गरी र परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले नेपाली साहित्यमा योगदान गर्ने प्रायः सबै महिला सर्जकहरू ओझेलमै रहेको यथार्थ पनि हाम्रा सामु छ ।
साहित्यको इतिहास लेखन अत्यन्त कठिन र चुनौतीपूर्ण कार्य हो । साहित्यिक इतिहास लेखनका सन्दर्भमा दुई प्रकारका समस्या देखापरेका छन् ः
(१) व्यक्तिगत कारणबाट उत्पन्न समस्या
(२) पूर्वकार्यबाट उत्पन्न समस्या
(१) व्यक्तिगत कारणबाट उत्पन्न समस्या
इतिहास लेखनका सन्दर्भमा विभिन्न व्यक्तिबाट पाएका असामान्य व्यवहारहरुको पनि सामना गर्नु परेको छ । तीमध्ये सार्वजनिक रुपमा अभिव्यक्त गर्न सकिने केही असमान्य व्यवहारलाई तल प्रस्तुत गरिन्छ ः
-साहित्यिक सङ्घसंस्थामा सक्रिय रूपले लागिरहेका कतिपय महिला साहित्यकारलाई अनगिन्ती पटक फोनका साथै प्रत्यक्ष भेटघाटमा विशेष अनुरोध गर्दा पनि व्यक्तिगत विवरण उपलब्ध भएन ।
-सार्वजनिक हुन चाहने र भइरहेका कतिपय महिला सर्जकबाट अन्य विवरण उपलब्ध भए पनि जन्ममितिचाहि“ उपलब्ध भएन । कतिपय महिला साहित्यकारबाट ‘यसरी जन्ममिति सोध्नै नमिल्ने’ भनी प्रतिक्रिया पनि व्यक्त भयो ।
-भिन्न ठाउ“मा प्रकाशित बेग्लाबेग्लै विवरणमा कतिपय स्रष्टाको जन्ममिति एउटै नभई फरक पनि भेटियो ।
-निकै पहिले समय तय गरेर भेट्ने योजना बनाई निर्धारित समयमा सम्बन्धित साहित्यकारको घरनजिकै पुगेर फोन सम्पर्क गर्दा अत्यन्त हास्यास्पद कारण देखाई भेटै नगरी फर्काइएको स्थिति पनि भोगियो ।
-‘मेरो बायोडाटा मैस“ग मागेर उल्लेख गर्दा कसरी अनुसन्धान हुन्छ ? अनुसन्धान भनेको के हो भन्ने कुरा मैले पीएच्.डी. गर्दा राम्ररी बुझेकी छु । सा“च्चै अनुसन्धान गर्ने हो भने अन्तैबाट विवरण पत्ता लगाएर लेख्नु, अनुसन्धानलाई यति हल्काफुल्का रूपमा नलिनु’ भन्ने उपदेश दि“दै कतिपय महिला साहित्यकारबाट हप्काउने काम पनि गरियो ।
-कुनै कृतिको पहिलो प्रकाशन मिति विभिन्न ठाउ“मा बेग्लाबेग्लै उल्लेख गरिएको पाइएकाले र शोधकर्तास“ग पहिलो प्रकाशन नभएकाले कृतिकारबाटै यस्तो अन्योलको निवारण गर्ने हेतुले फोन सम्पर्क गरेर आÇनो उद्देश्य बताई उक्त कृतिको पहिलो प्रकाशन मिति बताउन अनुरोध गर्दा ‘म सधै“ जीवनमा अगि बढिरहने मान्छे भएकाले मैले पछि फर्केर हेर्ने गरेको छैन, आइन्दा यस्ता झिनामसिना कुरामा मलाई डिस्टर्ब नगर्नू’ भनेर रिसाउ“दै ‘ढक्क’ आवाज आउने गरी फोन राख्ने काम पनि महिला स्रष्टाबाटै भयो ।
-केही महिला सर्जकबाट आÇनो नामलगायत अन्य विवरण सार्वजनिक नगरिदिन विशेष अनुरोध गरियो भने केहीले आÇनो कुनै पनि प्रकारको विवरण यस शोधमा समावेश भए शोधार्थीलाई राम्रो नहुने धम्की दिन पनि पछि परेनन् । यसका अतिरिक्त ‘यस्ता विनापत्ताको काम गरेर समय खेर फाल्नुभन्दा कुनै सिर्जनात्मक काम गरे उपयोगी हुने’ उपदेश पनि महिला साहित्यकारबाटै पाइयो ।
-अपरिपक्व अवस्थामा लेखिएका सामग्री अब सार्वजनिक रूपमा देखिए र तिनको चर्चा भए इज्जत जाने भयले केही महिला साहित्यकारले देशको ठूलै पुस्तकालयबाट आÇनो पुस्तकै गायब पारिएको स्थिति पनि ज्ञात हुन गयो ।
-कतिपय सहृदयी साथीहरूले देशका कुनाकाप्चाबाट सङ्कलन गरेर पठाइदिएका सामग्री राजधानीलगायत अन्य ठाउ“बाट गायब पनि गरियो ।
-बायोडाटा यथासम्भव नेपाली भाषामै पठाउन बारम्बार अनुरोध गर्दा पनि नेपालभित्रै सरकारी एवं सार्वजनिक कार्यालयमा क्रियाशील महिला साहित्यकारबाट नेपालीमा बायोडाटा हु“दै नभएको र अत्यन्त व्यस्त भएकाले अहिले बनाउन नसकिने भनी अङ्ग्रेजीमा पठाइएका हुनाले सङ्घसंस्थाको नाम अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्दा कतिपय स्थितिमा समस्या पनि भोगियो ।
-सन्लाई वि.सं. मा परिणत गर्दा महिनाको उल्लेख नभएका स्थितिमा अनेक समस्या झेल्नु प¥यो ।
(२) पूर्वकार्यबाट उत्पन्न समस्या
सामग्री सङ्कलन गर्दा यथासम्भव प्राथमिक स्रोतबाटै गर्नु पर्ने भए पनि कतिपय स्थितिमा पूर्वकार्यको पनि भर पर्नुपर्ने हुन्छ । यसरी पूर्वकार्यको सहयोग लि“दा अधिकांश सही तथ्य फेला नपर्ने स्थिति टड्कारो देखिएको छ । यसले गर्दा साहित्यको इतिहास लेखनमा भद्रगोल हुने स्थिति देखापरेको छ । स्रष्टाको नाम नै गल्ती हुनु, साहित्यकार एवं कृतिको गलत विवरण लेखिनु, मूल कृति हेर्दै नहेरी अनुमान र सुनेका भरमा उल्लेख गर्दा वृmतिको शीर्षक गल्ती हुनु, एउटा विधाको वृmतिलाई अर्कै विधाको भनी उल्लेख गरिनु, प्रकाशन नभएका कृतिहरू प्रकाशित भएको भनी उल्लेख गरिनु, एउटै लेखमा आपूmले के लेखे“ भन्ने कुरा पनि समालोचकलाई पत्तो नहुनु, एउटै लेखकका नाम विभिन्न कृतिमा विभिन्न उल्लेख गरिनु, महिलाका दुईथरी थर भेटिनु, नामको हिज्जे अशुद्ध लेखिनु, उपनामको प्रयोग जथाभावी हुनु, स्रष्टाका जन्म तथा मृत्यु मिति गलत लेखिनु, एउटै स्रष्टाको जन्ममिति विभिन्न स्थानमा फरक भेटिनु, कतिपय कृतिमा प्रकाशन स्थान, प्रकाशक, प्रकाशन वर्ष उल्लेख नहुनु, कृतिको प्रकाशन वर्ष गलत लेखिनु, स्रष्टा स्वयंबाट पछिल्लो पुस्तकको आवरणमा दिइएका पूर्वप्रकाशित तथ्याङ्क गलत हुनुजस्ता प्रशस्त त्रुटिहरु पूर्वकार्यमा देखिएका छन् ।
५. उपसंहार
नेपाली साहित्यको इतिहासमा माथि उल्लेख गरिएका विभिन्न खाले त्रुटिहरू प्रशस्त मात्रामा भेटिन्छन् । विद्यावारिधि तथा एम्.ए. स्तरमा गरिने शोधकार्यमा पनि शोधकर्ताले समेत उपलब्ध हुनसक्ने प्राथमिक सामग्री पनि खोज्दै नखोजी हावादारी कुराको पछि लागेर शोधपत्र तयार पारेको यथार्थ पनि भेटिएको छ । यसप्रकारको लेखनले क्षणिक लाभ र वाहवाही त मिल्न सक्ला तर यस खाले क्रियाकलापले साहित्यको इतिहास निर्माण हुनाका सट्टा लथालिङ्ग र भताभुङ्ग हुन पुग्छ । यसप्रकारका गल्ती र तिनबाट उत्पन्न समस्यालाई एउटा सामान्य पाठकले कुन रूपमा लिने र साहित्यको गम्भीर अध्ययन गर्ने अध्येताले कुन रूपमा लिने भन्ने प्रश्न आजका चेतनशील पाठकसामु विकराल रूपमा उभिएको छ । यसर्थ साहित्यिक इतिहास लेख्न रहर गर्ने तथा रुचि राख्ने व्यक्तिहरूले सुनेका भरमा र अनुमानका आधारमा मनचिन्ते, हावादारी एवं त्रुटिपूर्ण इतिहास लेखिटोपलेर पाठकीय भ्रम सिर्जना गर्नेतर्फ लाग्नु हु“दैन । साहित्यको इतिहास लेख्दा यथासम्भव प्राथमिक स्रोतको प्रयोग गरी सचेततापूर्वक गम्भीर अध्ययन हुनुपर्नेमा वmुरामा सम्बद्ध सबै सचेष्ट रहनु वाञ्छनीय देखिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 आसाढ, 2070

लेखकका अन्य रचनाहरु