साहित्यिक चोरीको जिम्मेवारी कसको ?

- लीला लुइटेल

नेपाली साहित्यमा हुने गरेका विभिन्न खाले चोरीहरूका बारेमा बेलाबखत चर्चापरिचर्चा हुनेगरेको पाइए पनि धेरजसो त्यत्तिकै सेलाएर गएको देखिन्छ । चोरी गरिएको भनिएका कतिपय प्रसङ्गहरू साँच्चिकै चोरी पनि हुनसक्छन् र कतिपय संयोग पनि हुनसक्छन् । अर्काका कतिपय रचनाहरू आÇना नाममा छाप्ने गरेको अनि कतिपय रचनाहरू अनुवाद गरी आÇनै बनाइएका सन्दर्भहरू पनि बेलाबखत चर्चामा आउने गरेका छन् । यस्ता प्रसङ्गमा बेलाबखत कानुनी सन्दर्भ कोट्ट्इएको पाइए पनि खासमा यी नैतिक सन्दर्भसँग बढी गाँसिएका कुरा हुन् । अरूको त के कुरा कतिपय अनुसन्धान गर्छु भन्नेहरूले पनि अर्काको लेखनलाई विना सन्दर्भ जस्ताको तस्तै सारेर आÇनो बनाउने प्रयत्न गरेको पनि पाइन्छ । अनुसन्धानमा पादटिप्पणी दिएर लेख्न पाइने नियम हुँदाहुँदै त्यसो नगर्नु अनुसन्धानको सामान्य धर्मसमेत नबुझ्नु हो । यसप्रकारका साहित्यिक चोरीबाट बेलाबखत म पनि प्रताडित भए पनि अबचाहिँ केही कुरा नखोली नहुने भएको छ ।
नेपाली साहित्यमा महिलाहरूको योगदानबारे खोजी गर्ने काम मैले निकै अगाडिदेखि गर्दै आएको कुरा सर्वविदितै छ । यसै सिलसिलामा मेरा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली महिला कथाकार (२०६०), साझा प्रकाशनबाट नेपाली महिला उपन्यासकार (२०६८) तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गुञ्जनबाट नेपाली महिला साहित्यकार (२०६९) जस्ता नारीकेन्द्री पुस्तकका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय विभिन्न पत्रपत्रिकामा प्रशस्त लेखरचनाहरू प्रकाशित भइसकेको कुरा ज्ञातव्य नै छ ।
यहाँ उठाउन खोजिएको कुरा नेपाली महिला साहित्यकार नामक पुस्तकसँग सम्बन्धित छ । २०६६ साल चैतमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा खाना खाने समयमा गुञ्जनका अध्यक्ष गीता केशरी र महासचिव हिरण्यकुमारी पाठकले महिला साहित्यकारको इतिहास लेख्नाका लागि मसँग प्रस्ताव राख्नुभयो र प्रस्तावका केही बुँदाहरू देखाउनु भयो । उहाँहरूले लिखित रुपमा तयार पारेका केही बुँदाहरू आपूmलाई चित्त नबुझेको हुनाले मैले ठाडै अस्वीकार गरेँ । त्यसको केही समयपछि अध्यक्षले फोनबाट पुनः यो प्रस्ताव राख्नुभयो तर त्यतिखेर म गुवाहाटी विश्वविद्यालयको पाठ्यसामग्री निर्माण र नेपालभित्रकै अन्य काममा अत्यन्त व्यस्त भएकाले अहिले यो काम गर्न नसक्ने जानकारी उहाँलाई दिएँ । त्यसको एक हप्तापछि पुनः फोन गरेर ‘गुञ्जनमा म अध्यक्ष भएका बेला महिला साहित्यकारको इतिहाससम्बन्धी एउटा पुस्तक तयार पार्ने इच्छा भएको र यो काम तपाईंबाटै भए मात्र सफल हुने’ भन्ने कुरा गीता केशरीले बताउनु भयो । अध्यक्षको तीव्र अभिलाषा एवं आपूmप्रति गरिएको विश्वासका साथै आफ्नो रुचिको विषय भएको, आपूmले योजना बनाएको कामअन्तर्गत परेको र अन्य सिलसिलामा पनि सामग्री सङ्कलन भइरहेकाले उहाँहरूले राखेका प्रस्तावका सर्वाधिकारलगायतका कतिपय कुराहरू चित्त नबुझ्दा नबुझ्दै पनि मैले यसलाई स्वीकार गरेँ । २०६७ वैशाख ४ गते बसेको बैठकमा गुञ्जनसँग सम्झौता गरी काम अगाडि बढाइयो । बीचबीचमा अनेक व्यवधानहरू पैदा गरिए, सम्झौता पटकपटक फेरियो, तोड्न पनि खोजियो । कतिपय घटनाको प्रत्यक्ष द्रष्टा वरिष्ठ साहित्यकार परशु प्रधान पनि हुनुहुन्छ र उहाँले यस कुरालाई मिलाउन निकै प्रयत्न पनि गर्नुभयो । यसै सिलसिलामा हाम्रो संयुक्त बैठक पनि बस्यो र पुरानो सम्झौता भङ्ग गरी २०६८।९।२४ मा परशु प्रधानकै हस्ताक्षरमा नयाँ सम्झौता गरियो । यस बारेमा थुप्रै कुराहरु अनेसासका वरिष्ठ उपाध्याक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीलगायतका कतिपय व्यक्तिलाई समेत जानकारी छ । आवश्यक परे यसको विस्तृत जानकारी पछि गरौँला ।
इतिहास लेख्ने काम अत्यन्त कठिन भएकाले यसलाई गम्भीरतापूर्वक युद्धस्तरमा अगाडि बढाइयो । यस बीचमा देशभित्र र देशबाहिर बसेका अनगिन्ती महिला साहित्यकार एवं विभिन्न संस्थासँग टेलिफोन, इमेल तथा अनेक व्यक्तिमार्पmत सम्पर्क गरियो । विभिन्न ठाउँमा रहेका महिला साहित्यकारबाट तदारुकताका साथ अपेक्षा गरेको सहयोग मिल्न थालेकाले म उत्साहित हुँदै गएँ । अझ देशभित्र बसेका साहित्यकारबाट भन्दा देशबाहिर बसेका साहित्यकारबाट अत्यन्त हार्दिकतापूर्वक समयमै सामग्री प्राप्त हुनाका साथै अत्यन्त भावुक एवं संवेदनामिश्रित अनेक पत्रहरू प्राप्त भए ।
विभिन्न कारणवश साहित्यिक कार्यक्रमहरूमा कमै मात्र उपस्थित हुने म अनेक साहित्यकारसँग भेटघाट हुने र त्यसबाट सामग्री सङ्कलनको कार्य सुगम हुने ठानी समयले साथ दिएसम्म त्यसताका भएका विभिन्न साहित्यिक कार्यक्रममा उपस्थित हुन थालेँ । यसै क्रममा २०६७ माघ १० गते श्रीपञ्चमीका दिन गुञ्जनका अध्यक्ष गीता केशरीको निवासस्थानमा भारती गौतमद्वारा लिखित स्मृतिमा भीमू पुस्तकको अन्तक्र्रियामा उपस्थितिको लागि निम्तो पाएँ र म गएँ । कार्यक्रम सञ्चालन भइरहेका बेला मैले तयार गर्दै गरेको नेपाली महिला साहित्यकार शीर्षक कृतिका लागि मैले खोजेका सामग्री दुरुपयोग हुने आभास मलाई अकस्मात् हुन गयो । यसले मलाई अत्यन्त चिन्तित तुल्यायो । मैले तत्काल गुञ्जनका अधिकांश पदाधिकारीहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा भेटेर यस कुराको जानकारी दिएँ र यस्तो अवस्था सिर्जना नहोस् भनी विशेष अनुरोध गरेँ । गुञ्जनका पदाधिकारीहरूले यसलाई एक कानले सुनेर अर्काे कानले उडाइदिनु भयो । त्यसपछि यसबारेमा गुञ्जनको कार्यकारी सचिवको हैसियतमा इल्या भट्टराईसँग मैले अनेकपटक छलफल गरेँ । यस विषयमा उहाँ अत्यन्त चिन्तित एवं संवेदनशील देखिए पनि उहाँले खासै समाधान दिनसक्नु भएन ।
समय, श्रम एवं आर्थिक लगानी गरेर बडो कष्टका साथ आपूmले खोजेका सामग्री दुरुपयोग हुने स्थिति छर्लङ्ग देखिएका कारण उत्पन्न चिन्ता हुँदाहुँदै पनि मैले काम नरोकी दु्रतगतिमा अगि बढाउँदै गएँ । यस बीचमा सामग्रीलाई दुरुपयोग हुनबाट कसरी जोगाउने भन्नेबारेमा हामी बुढाबुढी बीच निकै सल्लाह र छलफल पनि भयो । अन्त्यमा केही सुरक्षात्मक कवचको सिर्जना गरेर यसलाई जोगाउने कुरा हामीले निर्णय ग¥यौँ । यसै क्रममा गुञ्जनले मेरो प्रगति विवरण बुझ्न खोज्यो । त्यसबेलासम्म जेजति प्राप्त भएको थियो त्यसैलाई एउटा ढाँचामा प्रस्तुत गरेर गुञ्जनसमक्ष पेस गरियो । यसको दुरुपयोग हुने स्थिति देखेर सिर्जना गरिएका सुरक्षा कवचलाई यसमा अति विश्वसनीय ढङ्गले समावेश गरिएको थियो ।
आपूmले गर्दैगरेको इतिहासको नमुना गुञ्जनलाई पेस गरेर म आफ्नो कार्यलाई अगि बढाउँदै थिएँ । त्यसैबेला गुञ्जनका अध्यक्ष र अन्य दुईजना सदस्यको हस्ताक्षरसहितको सुझावपत्र मलाई प्राप्त भयो । अत्यन्त हास्यास्पद सुझावहरू भएकाले म कुनै पनि बुँदालाई स्वीकार नगरी आफ्नो कार्य अगाडि बढाउँदै गएँ र ठूलो कष्ट एवं मिहिनेतका साथ नेपाली महिला साहित्यकारको इतिहास लेख्ने काम सकेँ । यसलाई प्रेसमा पठाउन तयार भएको जानकारी अध्यक्षलाई दिएँ र उक्त सामग्री प्रिन्टकपीसहित पेनड्राइभमा समेत पठाइदिएँ । मलाई गुञ्जनले दिएका हास्यास्पद सुझाव र विशेषज्ञको पूर्वाग्रही खालको मूल्याङ्कन प्रतिवेदन मसँग सुरक्षित छ ।
नेपाली महिला साहित्यकार नामक कृतिलाई अन्तिम रूप दिएर २०६९ वैशाख १ गते गुञ्जनको जिम्मा लगाएपछि आपूmलाई अलि होलोखुकुलो महसुस भए पनि केही न केही नपढी बस्न नसक्ने स्वभाव भएकाले म यस बीचमा प्रकाशित भएका सामग्री खोजेर पढ्न थालेँ । यसै सिलसिलामा वनिता प्रकाशनद्वारा प्रकाशित लक्ष्मी उप्रेतीले सम्पादन गरेको नेपालका नारी कथाकार ः प्रवृत्ति र प्रतिनिधि कथा (२०६८) र डा. ज्ञानू पाण्डेद्वारा लिखित विकीर्ण अनुशीलन (२०६८, फागुन) नामक कृति फेला प¥यो । दुवै कृति पल्टाएर हेर्दा म आश्चर्यचकित भएँ । मैले खोजेका सामग्रीको दुरुपयोग हुने अनुमान यी कृतिमा साक्षात् देख्न पाउँदा भएको अनुभूतिको वर्णन गर्ने शब्द मसँग छैन । यी कृति देखेपछि मैले तत्कालै गुञ्जनका अध्यक्ष, उपाध्यक्ष, महासचिव एवं सचिवलाई फोनमार्पmत हार्दिेक रूपमा जानकारी गराएँ तर सचिवबाहेक अन्य कसैले पनि मेरो कुरालाई गम्भीर रूपमा लिनु भएन । ‘हामीले लक्ष्मी उप्रेतीलाई यो सामग्री दिएकै छैन, लक्ष्मी उप्रेतीले तीन वर्ष अगाडिदेखि धेरै दुख गरेर प्रस्तुत कृति तयार गरेको हामीले देखेका छौँ, हामीले तपाईंलाई र लक्ष्मी उप्रेतीलाई बायोडाटा एउटै दिएका हौँ, लेखकको बायोडाटा त मिलिहाल्छ नि, बायोडाटा मिल्यो भन्दैमा अर्कालाई नचाहिने आरोप लगाउन हुन्छ ? काम तपाईंले मात्र होइन अरूले पनि गर्न सक्छन् भन्ने कुरा बुझ्नुपर्छ, अनावश्यक कुरा गरेर हामीलाई दुख दिने’ आदिइत्यादि भन्दै उहाँहरूले मलाई हप्काउनु भयो । यस घटनाले गर्दा गुञ्जनका कतिपय पदाधिकारीहरू मसँग निकै रुष्ट हुनु भएको आभास मलाई हुन थाल्यो भने कतिपय पदाधिकारीहरू मसँग औपचारिकता पनि निर्वाह गर्न नसक्ने स्थितिमा पुग्नुभयो । यस्तो स्थितिको सिर्जना भएपछि मैले ‘त्यसो भए लक्ष्मी उप्रेतीसहित हामी एक पटक भेटेर कुरा गरौँ न त’ भनी उहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गरेँ । ‘यस्ता विनापत्ताका कुरामा समय खेर फाल्न नहुने र भेट्नु आवश्यक नभएको’ कुरा उहाँहरूले मलाई बताउनुभयो । मैले धेरै पटक अनुरोध गरिसकेपछि महासचिवले चाहिँ ‘सधैँ यस्ता किचकिच सुनिरहनुभन्दा एकपटक भेट्दैमा के बिग्¥यो त, ल आजै भेटौँ’ भनेर आ नै घरमा भेटघाट गर्ने व्यवस्था मिलाई लक्ष्मी उप्रेतीलाई पनि बोलाइदिनु भयो ।
गुञ्जनको अध्यक्ष, उपाध्यक्ष, महासचिव, मेरा श्रीमान्, म र लक्ष्मी उप्रेती महासचिवको घरमा उपस्थित भयौँ । मैले ‘मेरो सामग्रीको ढड्डा नै लक्ष्मी उप्रेतीको हातमा कसरी प¥यो ?’ भन्ने प्रश्न राखी लक्ष्मी उप्रेतीको पुस्तकमा मेरा सामग्री दुरुपयोग भएको जानकारी दिँदा लक्ष्मी उप्रेतीले त मलाई काँचै खाउँलाजस्तो गर्नुभयो । प्रस्तुत कृति तयार पार्दा आपूm पूर्व झापादेखि पश्चिम दाङसम्म पुगेर अनि बसमा हिँड्दासमेत सामग्री सङ्कलन गरेको कुरा बताउँदै ‘यदि मैले तपाईंको सामग्री दुरुपयोग गरेको भए पत्रकार सम्मेलन गरेर मेरो क्यारियर ड्यामेज गरिदिनु, म डराउँदिन’ भन्ने जबाफ उहाँबाट पाइयो । गुञ्जनका पदाधिकारीहरू पनि उही पुरानो कुरा दोहो¥याएर ‘बायोडाटा त मिलिहाल्छ नि’ आदि भन्दै लक्ष्मी उप्रेतीको पक्षमा लागी दोष मेरै भएको कुरा प्रमाणित गर्नतर्पm लागे । त्यतिखेरसम्म मैले वास्तविकता बताएकी थिइन । वातावरण शान्त बनाउँदै लक्ष्मी उप्रेतीका पुस्तकमा मेरो प्रिफाइनल फाइलबाट चोरी गरिएका सामग्री भएको यथार्थ विवरण म र मेरा श्रीमान्ले सन्दर्भ, प्रसङ्ग र प्रमाणसहित बताएपछि गुञ्जनका पदाधिकारीहरू छक्क परे, लक्ष्मी उप्रेती बोल्न सक्नु भएन । यथार्थ बुझेपछि सबैले लक्ष्मी उप्रेतीलाई गाली गरे, त्यसमा विशेषतः भुवन ढुङ्गानाले उनलाई निकै कडा शब्दमा गाली गर्नुभयो । लक्ष्मी उप्रेतीले यथार्थ कुरा बताए यसलाई यही टुङ्ग्याउने र फेरि कुरा नगर्ने भन्दा पनि लक्ष्मी उप्रेतीले यथार्थ नबताई ‘यो सामग्री मैले कहाँबाट ल्याएँ, म खोजेर बताउँछु’ भन्नुभयो । यस्ता हास्यास्पद कुरा सुन्दै हामी त्यहाँबाट हिड्यौँ ।
यसै बीचमा विकीर्ण अनुशीलन (२०६८) मा मेरो सामग्री कसरी प¥यो भन्ने बुझ्न मैले डा. ज्ञानू पाण्डेसँग सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँ यहाँ नभएको जानकारी पाएँ । केही समयपछि ‘नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (गद्य÷आख्यान) विभागको योजनाअन्तर्गत ज्ञानू पाण्डेद्वारा अनुसन्धान गरी तयार गरिएको नेपाली नारी कथाकारहरू (२०४० पछिका) को प्रतिवेदन’ भन्ने लेखिएको कृति पढ्ने मौका प¥यो । हातले ‘द.नं. ११÷०६८’ का साथमा ‘मूल्याङ्कन भएको’ भनेर लेखिएको अप्रकाशित अवस्थामा रहेको यस कृतिमा पनि मेरो प्रिफाइनल फाइलको दुरुपयोग भएकै रहेछ । प्रज्ञा प्रतिष्ठानको उक्त अप्रकाशित प्रतिवेदन देखेपछि त म झनै छक्क परेँ । अब के र कसरी चोरियो भन्ने कुराको वास्तविकतातर्पm लागौँ ।
आफ्नो सामग्री दुरुपयोग हुने थाहा पाएपछि अत्यन्त चिन्तित हुँदाहुँदै पनि म विचलित नभई यस समस्याको समाधान गर्ने उपायका बारेमा सोचिरहँदा यसका लागि सुरक्षा कवचको सिर्जना गर्ने सल्लाह हामी बुढाबुढीबीच भएको कुरा मैले माथि नै बताइसकेँ । यसका लागि मैले केही काल्पनिक नाम जम्मा गरेँ र तिनका बारेमा विश्वस्त रूपमा कृतिसहितको विवरण तयार गरी यथास्थानमा ती नाम समावेश गरेँ । (यिनका कृतिसहितको विस्तृत जानकारी चाहिएमा पछि प्रस्तुत गरिनेछ ।) त्यसपछि ‘प्रिफाइनल’ नामक एउटा फाइल तयार गरी प्रिन्ट गरेर गुञ्जनलाई बुझाइदिएँ । यसमा इनु ढुङ्गेल, देउती पराजुली, नवीना शाक्य, नीरा प्रधानाङ्ग, पद्मा सिंह, मञ्जु गजुरेल, रत्नबाबा मल्ल, लीला आचार्य सुरक्षाकवचको रूपमा समावेश गरिएका काल्पनिक साहित्यकारका नाम हुन् । यी नाम काल्पनिक भए पनि वास्तविक जीवनमा यी मेरा स्कुले साथीहरू हुन् । आआफ्ना क्षेत्रमा सफल जीवन बिताइरहेका यी वास्तविक व्यक्तिहरू साहित्य लेख्न होइन पढ्न पनि रुचि राख्दैनन् भन्ने यथार्थसँग म राम्ररी परिचित छु । यी नाम नेपालभित्रका महिला साहित्यकारका रूपमा उल्लेख गरिएको छ । नेपालबाहिरका नेपाली महिला साहित्यकारका रूपमा अन्य काल्पनिक नाम पनि त्यसमा समावेश गरिएको थियो । यस सन्दर्भमा चर्चा आवश्यक भए सम्बन्धित ठाउँमै गरिनेछ ।
लक्ष्मी उप्रेतीको नेपालका नारी कथाकार ः प्रवृत्ति र प्रतिनिधि कथा (२०६८) कृतिको पृष्ठ ५७ मा उल्लिखित देउती पराजुलीको ‘आघात सहने मुटु’ शीर्षकको (कथा सङ्ग्रह २०५५) र पद्मा सिंहको ‘धरमराएका पाइलाहरू’ शीर्षकको (कथा सङ्ग्रह २०५४) अनि पृष्ठ ५८ मा उल्लिखित लीला आचार्यको ‘बीसौँ शताब्दीकी द्रौपदी’ शीर्षकको (कथा सङ्ग्रह २०५८) र रत्न बाबा मल्लको ‘विरह वेदना’ शीर्षकको (कथा सङ्ग्रह २०६०) तथा डा. ज्ञानू पाण्डेद्वारा लिखित विकीर्ण अनुशीलन (२०६८, फागुन) को पृष्ठ ६२ मा उल्लिखित देउकी पराजुली र रत्नबाबा मल्ल अनि उहाँबाटै नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत तयार पारिएको नेपाली नारी कथाकारहरू (२०४० पछिका) को प्रतिवेदन’ (२०६८) नामक अप्रकाशित प्रतिवेदनको पृष्ठ ५० मा उल्लिखित देउकी पराजुली (आघात सहने मुटु, २०६५) र रत्नबाबा मल्ल (विरह वेदना, २०६०) मैले सुरक्षा कवचका रूपमा प्रयोग गरेका नाम हुन् भन्ने कुरा विनम्रतापूर्वक निवेदन गर्दछु । यी हुँदै नभएका नामको विवरण लिनेले अरू के कति सामग्री लिए भन्ने कुरा बुझ्न लाटाबुङ्गालाई पनि कठिन हुँदैन । यसरी अर्काको सामग्री चोरेर साहित्यकार वा समालोचक बन्न खोज्ने र वास्तविक रुपमा सामग्री खोजेर लेख्नेलाई बेवास्ता गर्ने व्यक्तिहरु नेपालीमा थुप्रै छन् । यसप्रकारको चोरी विद्वता कति दिन टिक्छ ?
कुरा यति छर्लङ्ग हुँदाहुँदै पनि लक्ष्मी उप्रेतीले मेरो सामग्रीको दुरुपयोग गरेको छैन भन्नु र तथ्य प्रमाण पेस गर्दागर्दै पनि गुञ्जनले बेवास्ता गर्नु कतिसम्म इमानदारी हुन्छ त्यो सचेत पाठक स्वयंले बुझ्नुहुनेछ । २०६८ भदौ १५ गते मेरो नेपाली महिला साहित्यकार नामक पुस्तकको विमोचनका दिन नै मैले यी सब कुरा खोल्ने सोचेकी पनि हुँ तर त्यसका लागि त्यो उपयुक्त अवसर नभएको ठानी म चुप लागेँ । त्यसै दिन लक्ष्मी उप्रेतीले ‘यी नामहरू कहाँबाट खोजिएर लेखिएका हुन् भन्ने कुरा मलाई केही समयमै बताउने’ भन्दा म झन् छक्क परेँ । यस बारेमा डा. ज्ञानू पाण्डेको प्रतिक्रिया भने सुन्नै बाँकी छ । आशा छ उहाँले पनि प्रतिक्रिया व्यक्त गर्नु नै हुनेछ । यदि यस विषयमा दुवैजना विद्वान् अनि गुञ्जनबाट सार्वजनिक प्रतिक्रिया नआए गुञ्जनले स्वार्थवश मेरो सामग्री अनधिकृत रूपमा अर्काे व्यक्तिलाई दिएको र निजहरूले अर्काको सामग्री चोरेर आपूm सर्वश्रेष्ठ हुन खोजेको स्पष्ट हुन्छ । अझ यस सम्बन्धमा डा. ज्ञानू पाण्डे अझ बुद्धिमान् भएको स्थिति देखियो । लीला लुइटेल र लक्ष्मी उप्रेतीभन्दा एक पाइला अगाडि बढेर उहाँले ‘देउती पराजुली’ लाई ‘देउकी पराजुली’ बनाउनु भयो । किनकि नेपाली धर्तीमा ‘देउती’ भन्दा ‘देउकी’ शब्द बढी प्रचलित भएकाले मबाट गल्ती भएको ठानी सच्च्याएर प्रस्तुत गर्ने बुद्धिले उहाँ प्रेरित भएको हुनुपर्छ ।
मैले संस्थालाई बुझाएको सामग्री लक्ष्मी उप्रेती र ज्ञानू पाण्डेलाई कसले दियो ? त्यसको जिम्मेवारी संस्थाले लिने कि नलिने ? यसमा कसैका व्यक्तिगत स्वार्थ गाँसिएका हुन सक्छन् तर व्यक्तिगत स्वार्थलाई संस्थागत पदीय दुरुपयोग गर्न मिल्छ कि मिल्दैन ? यी सब प्रश्नको उत्तर सम्बद्ध पक्षले दिनुपर्छ । मैले गुञ्जनको अध्यक्षसँग ‘संस्थागत जिम्मेवारी लिएर एउटा खेद प्रस्ताव पारित गरिदिनुहोस्’ भनी अनुरोध गर्दा उहाँले ‘यसरी जिम्मेवारी लिएर प्रस्ताव पारित गर्दा गुञ्जनको बेइज्जत भइहाल्छ नि’ भन्दै यसलाई ठाडै अस्वीकार गर्नुभयो । मेरा सामग्रीको दुरुपयोग गरेको कुरा प्रमाणित गरेर देखाइदिइसकेपछि पनि गुञ्जनद्वारा संस्थागत रूपमा जिम्मेवारी लिन अस्वीकार गर्नुले के बुझिन्छ ? एउटा नारी संस्थाले नारीमाथि नै यसप्रकारको व्यवहार गर्नुलाई के भन्ने ?
मैले यी सबै कुरा लेख्नुको अभिप्राय व्यक्तिगत रिसइबी साँध्नु होइन र कसैलाई चोरीको बात लगाउन खोज्नु पनि होइन । साहित्यिक क्षेत्रमा हुँदैनभएका व्यक्तिबारे गलत सूचना प्रवाह हुँदा त्यसले नेपाली साहित्यमा पार्न सक्ने असरलाई रोक्नु नै मेरो अभिप्राय हो भन्ने कुरा सम्पूर्ण नेपाली साहित्यका पाठकमा विनम्रतापूर्वक अनुरोध गर्दछु । लक्ष्मी उप्रेती र डा. ज्ञानू पाण्डेका कृतिमा उल्लेख भएपछि साहित्यमा रुचि राखेर कलम चलाउन चाहने पछिका व्यक्तिले यसलाई आधिकारिक सामग्रीको रूपमा प्रयोग गर्नसक्ने स्थिति रहन्छ । यसैले हुँदैनभएका गलत व्यक्ति इतिहासमा दर्ता हुने स्थिति सिर्जना भएकाले यसलाई तत्काल रोक्नुपर्छ भन्ने मेरो मनसाय हो । उप्रेती र पाण्डे दुवैका कृतिमा उल्लिखित देउती पराजुली (देउकी पराजुली), पद्मा सिंह, रत्नबाबा मल्ल र लीला आचार्य कुनै साहित्यिक व्यक्ति होइनन् र यिनका आजसम्म कुनै पनि पुस्तक प्रकाशित भएको जानकारी मलाई छैन । यदि उहाँहरूले साँच्चै यिनका कृति देख्नु भएको भए त्यो कहाँ देख्नु भएको हो ? यसको जानकारी नेपाली साहित्यका पाठकलाई दिएर मलाई झुटो सावित गर्नुहुनेछ । लक्ष्मी उप्रेती र डा. ज्ञानू पाण्डेले कथाकारको रूपमा उल्लेख गरेका देउती पराजुली (देउकी पराजुली), पद्मा सिंह, रत्नबाबा मल्ल र लीला आचार्यलाई आवश्यक परे नागरिकताको प्रमाणपत्र र तिनलाई पहिचान्न सक्ने चिरपरिचित सुप्रसिद्ध साहित्यकारकारलाई समेत सार्वजनिक रूपमा उपस्थित गराउन सक्ने मेरो सामथ्र्य रहेको कुरा सम्पूर्ण नेपाली साहित्यका पाठकसमक्ष विनम्र अनुरोध गर्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 आसाढ, 2070

लेखकका अन्य रचनाहरु