आजका कविताहरुकासाथ होमप्रसादको घटनाहरुको जंगलमा प्रवेश गर्दा

- डा. गोबिन्दसिंह रावत

साईबर संसारमा कविता

मित्र किशोर पहाडीद्वारा सञ्चालित पेन लभर नेपाल आजको मितिमा साहित्यप्रति आस्था राख्ने साहित्यागुरागीहरुका लागि दैनिक खुराक बन्दै गएको छ । किशोरले आप्mनो संजालको पाटीमा अहिले कविताले धेरै विकास गर्दै गएको र नित्य नयाँ कविता संग्रह प्रकाशनको समाचार तथा कविहरुको काव्यवाणी प्रस्तुतिका समाचारहरुले छापाहरुमा स्थान पाउँदै गएकोमा खुशीको अभिवादन गर्दै हिजोआज सबै साहित्यकर्मीहरु कुटो कोदालो बोकेर शब्द गुड्नमा तल्लिन छन् भनी लेखेको विचार वास्तवमा सहीनै देखिन्छ । आज नेपाली भाषाका विद्युतीय पत्रिकाहरुमा छ्यापछ्याप्ती कविताहरुले स्थान पाएको देखिन्छ भने ईन्टरनेटको अर्को सामाजिक संजाल फेसबुक पनि आप्mनो र अन्य सामाजिक भित्तामा दैनिक कविता राख्ने काम बढ्दै गएको छ । दिनमा एउटा कविता आप्mनो संजालको भित्तामा राख्नेहरु पनि मनग्य नै छन् । यसरी कविता अहिले भावना अभिव्यक्त गर्ने सिर्जनाको सस्तो र सजिलो माध्यम बन्दै गएको छ । ३१ अगष्ट २००१ देखि अमेरिकाको डि.सी.बाट गिरिस पोखरेलको सम्पादनमा “नेपाली पोष्ट” बाट शुरुभएको नेपाली विद्युतीय पत्रिकाको इतिहास १२ वर्ष पुरानो भए तापनि आजको मितिमा यसको संख्या हजारौंमा पुगेको छ । प्रत्येक दिन नयाँनयाँ कवि र कविताले त्यसमा स्थान पाउँदै आएका छन् । अहिले विद्युतीय पत्रिकामा जस्ले जे लेखेर दिए पनि बिना कुनै सम्पादनको छापिने गर्दछ । एउटै पत्रिकाका लागि उपयोग हुने रचना आज विद्युतीय पत्रकारिताले गर्दा धेरैनै विद्युतीय पत्रिकामा प्रकाशित गर्ने गराउने गरिन्छ । यसले एकातिर कविताको स्तर घटाइरहेको छ भने अर्कोतिर संख्यात्मक रुपमा कविताको संख्या बढाउँदै पनि गएको छ । तर अर्थतन्त्रको सिद्धान्त अनुसार माँग अनुसारको उत्पादन भएमा मात्र आर्थिक लाभ हुन सक्छ नत्र भने आर्थिक हानीको सामना गर्नु पर्छ भने झै पाठकको संख्यामा भने हस आएको देखिन्छ । त्यसैले कविता वाचल गोष्ठीका माध्यमबाट कविताप्रतिको श्रोताको चासोलाई बढाउँदै जानु जरुरी भएको छ । किनभने हिजोआज हामीले आयोजना गर्ने कोठे कवि गोष्ठीमा हामीहरु आआफै आआप्mना कविता वाचन गरेर परम्परालाई निरन्तरता मात्र दिदै गई रहेका छौं ।

आजको मितिमा कवि र कविताको मूल्याङ्कन गर्न विद्युतीय साहित्य पत्रकारिताबाहेक समाचारप्रधान विद्युतीय पत्रिकामा छापिएका कवितालाई भन्दा छापामा प्रकाशित भएका कवितालाई आधार बनाइन्छ । किनभने छापाका कविताको पहिलो पाठक र समीक्षक सम्पादक हुने गर्दछ र उनलेनै कविताको स्तरीयताको मूल्याङ्कन गरेर छाप्ने काम गराउँछन् । तर विद्युतीय पत्रिकामा बिना कुनै मुल्याङ्कन कविता प्रकाशित भएको पाइन्छ । त्यसैले कविताको स्तार निर्धारण गर्न छापाका कवितानै चाहिन्छ । यस्तो हुनुमा सम्भवतः स्तरीयताको कमी पनि हुनसक्छ । जे भए पनि कविता भने फष्टाउँदै गएकोमा भने कसैको दुई मत नहोला । अन्त्यमा भन्नु पर्दा कविताले संग्रहको कलवरमा प्रस्तुत गरेपछि मात्र आफुलाईलाई मूल्याङ्नको कसिमा प्रस्तुत हुने मौका पाउने गर्छ ।

विषय प्रवेश

संस्कृत साहित्यबाट नेपाली साहित्यमा आएको विधाका विभिन्न रुप र स्परुपहरु समयान्तरमा फेरिदै गएको छ । नेपाली साहित्यमा काव्यविधाका अन्य स्वरुपहरुमा उर्दुफारसी साहित्यबाट गजल आएको छ भने जापानी साहित्यबाट हाईकु र कोरिया साहित्यबाट सिजो काव्यका अनेक रुपहरु आएका छन् । शायरी, रुवाई, ताङ्का, केस्रा आदि काव्यका विभिन्न स्वरुपह्रु नेपाली काव्य साहित्यमा देख्न पाइन्छ । वास्तवमा कवितालाई बुभ्mन धेरैनै गाहे छ । छोटो शब्दहरुको प्रयोगबाट विस्तृतताको वर्णन गर्न सक्ने क्षमता रहेकोले कविता साहित्यका अन्य विधाको तुलनामा बढी लोकप्रिय र लेखिने विधाका रुपमा रहदै आएको छ । कालिदासदेखि शेक्सपियरसम्म अनि सुवानन्द दासदेखि देवकोटा, सम, लेखनाथ, माधव घिमिरे, मोहन कोईराला, श्रवण मुकारुङ्ग हुँदै हामीसम्म आई पुग्दा कविताका विभिन्न रुप र स्वरुपहरु देखापरेका छन् । साहित्यको पद्य विधामा पर्ने मानवीय सृजनाको काव्यात्मक स्वरुपलाई हाईकुदेखि मुक्तक हुँदै गजलबाट कवितासम्म हरफदेखि पंक्तिकोगणनाका आधारमा नव्यकाब्य, खण्डकाव्य र महाकाव्यसम्म पु¥याइएको छ । कविताकलाई विभिन्न लय, छन्द, अलंकार, प्रतीकका आधारमा अभिव्यक्त गरिएको पाइन्छ । अझ शेक्सपियरेली शैलीको ब्लेक भर्स कवितात्मक नाटकलाई समले पनि प्रयोग गरेको पाइन्छ भने कविता मञ्चनले पनि आजको मितिमा नाटकको नव्य प्रस्तुतिको रुपमा आप्mनो वेग्लै स्थान बनाउन सफल हुँदै गएको छ ।

नेपालमा पृथ्वीनारायण शाहको समयमा सुवानन्द दासबाट लेखिएको वीरताको कविताबाट शुरु भएको नेपाली कविता लेखनको परम्परालाई वि.सं. १९५० तुलाचन आलेले “मनिपुरको लडाईको सवाई“ लेखेर पूर्वाञ्चल भारतसम्म पु¥याएपछि पूर्वाञ्चल भारत पनि नेपाली कविताको लागि उर्बर भूमि बन्दै जान थल्छ । त्यसपछि १९५१ सालमा नै धरनीधर भण्डारीको “अब्बर पहाडको सवाई“ र त्यसपछि भूईचालोको सवाईले छोड्दै गएका कवितात्मक डोबहरु पच्छ्उँदै हरिनारायण उपाध्याय, पद्मप्रसाद ढुङ्गाना, गोकुलप्रसाद जोशी हुँदै महानन्द सापकोटा र हरिभक्त कटुवाल जस्ता काव्य पुरुषहरु यस भेगमा कवितालाई अझ हराभरा बनाउन पुग्छन् । त्यही पाईलाहरुलाई टेक्दै हरिप्रसाद गोर्खा राई, पुष्पलाल उपाध्याय, गोपीनारायण प्रधान, कृष्णप्रसाद ज्ञवालीबाट चन्द्रकला नेवार, नव सापकोटा आदि देखापर्छन । यही उर्बर भुमिको पछिल्लो काव्य पुरुषका रुपमा हामीले होमप्रसाद छेत्रीलाई पाएका छौं । हुन त हरिभक्तदेखि होमप्रसाद क्षेत्रीसम्मको समयावधिमा पुर्वाञ्चल भारतमा कविताले धेरै उतार चढाउ पार गरीसकेको छ । हिजो हस्तलिखित रुपमा पत्रिका निकालेर कवितालाई निरन्तरता दिदै आजको अवस्थासम्म पु¥याएकोले नै आज हामी निर्धक्क कविता लेख्दै छौं र छपाउँदै छौं ।

कवि परिचय

डिगबोई, आसाममा जन्मेर देहरादुन, ,छत्तिसगढमा आप्mनो वासस्थल रहेका कुबृतलाई कार्यथलो बनाएर विभिन्न शहर र मुलुकहरुको माटो चहार्दै त्यसभित्रका प्राकृतिक स्रोतमा समेत काव्य गुण खोज्दै हिड्ने कवि हुन् होमप्रसाद क्षेत्री । आधुनिक नेपाली कथा साहित्यका शसक्त हस्ताक्षर तथा नेपाल सरकारको कुटनैतिक सेवाका विज्ञ कुबेतका वर्तमान राजदूत मित्र मधुवन पौड्यालका माध्यमबाट ईमेल मार्फत चिनापर्ची भएका क्षेत्रीज्युका माध्यमबाट “स्पन्दन” साहित्यिक पत्रिका पढ्ने मौका पाउन थालेपछि मैले उनमा रहेको नेपाली साहित्यप्रतिको रुचि र लगन देखेर नतमस्तक भएको थिए । उनले आप्mनो अध्ययन भारतको शिलाङ्गमा गरेको र मेरो पनि अध्ययन शिलाङ्गमा नै भएको हुनाले होला हामीबीच साइनो गासिएको हुनुपर्छ । होमप्रसादको साहित्यिक ढुकुटीको मुद्दती खातामा नियाल्दा उनले २००६ मा ”मृगतृणाको नदी”, २००७ मा “डुलुवाको डायरीबाट”, २००८ मा “सूर्य निभ्दैन” आदि कविता संग्रहहरुका साथै २००६ मा “क्षितिज हराएको छैन” र २००७ मा “युद्धान्त” कथा संग्रहहरु प्रकाशित भएको पाइन्छ । उनका यसअघि प्रकाशित भएका काव्यात्मक कार्यबारे मैले सुनेको मात्र छु पढ्ने मौका पाएको छैन । तर वहाँको नविनतम् कृति “घटनाहरुको जंगल” भने वहाँकै सौजन्यबाट विद्युतीय पुस्तक (ई–बुक) मार्फत पाएको थिए । यसमा संकलित ४६ वटा कविताहरुमा एक घोत्ल्याय सिध्याएपछि कविता संग्रहको शीर्षकमा धेरैपटक घोत्ल्याएर एउटा कविताले ४५ वटा कविताहरुको भार बोक्ने सामथ्र्य भएकोमा यसभित्रका शब्द शक्तिमाथि लख्ने विचारका साथ यो लेख तयार परिएको हो ।

कविको काव्यात्मक गुण

होमप्रसादको व्यक्तित्वलाई नियाल्दा उनी पेशाले माटाकोे प्रकृति स्रोत पत्ता लगाउने विशेषज्ञ हुनुहुन्छ । तर उनको झुकाव साहित्यप्रति रहेको प्रमाण खाडीमा बसेर साहित्य सेवा गर्नु र फुर्सद उबारेर भए पनि आप्mनो सिर्जनाहरुलाई निरन्तरता दिनुबाट थाहा पाउन सकिन्छ । एकदर्जन कृतिका श्रष्टा र त्यतिनै मात्रामा विभिन्न संघसंस्थाबाट साहित्यिक सम्मानबाट विभूषित होमप्रसादले आप्mनो साहित्यिक कार्यकालमा नेपालीसँगै हिन्दी र अंग्रेजी साहित्यप्रति पनि झुकाउँ राखेर सेवा प्रदान गर्दै आएको पाइन्छ । आसामको डिगबोईबाट “साथी” पत्रिकामा आप्mनो पहिलो कविता प्रकाशित गराएर निरन्तर काव्ययात्रा गर्दै आउनु भएका होमप्रसादले आप्mनो काव्यात्मक सिर्जनाको थालनी विद्यार्थीकालमा हिन्दी कविताबाट गरेको पाइन्छ । १९७०—७१ को दशकदेखि कविता यात्रा शुरु गर्नु भएका होमप्रसादको साहित्यिक यात्रामा नेपालीका अतिरिक्त हिन्दी र अंग्रेजी पत्रिकाको संपादन पनि पर्दछ । उनी पेशाले प्राविधिज्ञ भए पनि राष्ट्रिय कवि माधव घिमिरेले कविको परिभाषा गर्ने क्रममा “बालुवाबाट अमृत निकाल्ने व्यक्ती कवि हो” कवि होमप्रसादलाई नै परिभााषित गर्न खोजेको आभास हुन्छ । होमप्रसादले पनि वास्तवमा आसामको तेल उत्पादन (प्रशोधन) बाट काव्ययात्रा शुरु गरेर हाल तेलको खानी रहेको अरब देशमा बालुवाबाट कवितानै निकल िरहनुभएको छ ।

आज एकातिर विद्युतीय पत्रकारिताले साहित्यको गुण दोष र स्तरीयताको मूल्याङ्कन बिना थोकमा कविताह प्रकाशित गर्दै आप्mना पाना भर्ने काम गर्दै गएको पाइन्छ भने अर्कोतिर “स्पन्दन” जस्ता विद्युतीय पत्रिकाको समेत माध्यम समातेका साहित्यिक पत्रिकाले नेपालबाहिरको नेपाली साहित्यको स्तरलाई अझ व्यापकता प्रदान गर्दै गएको देखिन्छ । यस्ता विद्युतीय साहित्यिक पत्रिकामा समकालिन साहित्य, खसखस, नेपाली कलासाहित्य, प्रयास आदि धेरैनै साहित्यिक पत्रिकाहरु छन् जसलाई आप्रवासी नेपाली सहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा दुई मत नहोला । छापा पत्रिकामा मधुपर्क, अभिव्यक्ती, रचना, गरिमा आदिको बेग्लै गरिमा रहे जस्तै ईपत्रिकामा यी साहित्यिक पत्रिकाको स्थान सर्वपारी रहेको देखिन्छ ।

घटनाहरुको जंगलमा अवलोकन गर्दा

होमप्रसाद छेत्रीको अघिल्लो संग्रहका रुपमा “घटनाहरुको जंगल” प्रकाशित भएको छ । ५८ पृष्ठको यस कविता संग्रहमा पृष्ठ ११ देखि पहिलो कविता “रमिता” बाट शुरुभएर पृष्ठ ५८ मा अन्तिम कविता “फरक” राखिएको पाइन्छ । संग्रहमा कविताको क्रमबद्धता मिलाउने कामलाई पनि महत्वपूर्ण मानिन थालिएको छ । यस संग्रहको र्शीषक बोकेको अर्थात भनौं ४५ वटा कविताको भार बोकेर ४६औं कविता बनेर संग्रहको नामाकरणमा प्रयोग भएको कविता “घटनाहरुको जंगल” कविता पृष्ठ १८ मा एघारौं कविताका रुपमा प्रस्तुत भएको छ । यस लेखनको मूल उद्देश्य यही शीर्ष कविता “घटनाहरुको जंगल” का बारेमा रहेको छ ।

“घटनाहरुको जंगल” शीर्षक कवितामा जम्मा १८ वटा पंक्तीहरु रहेका छन् । कविले आप्mना अभिव्यक्तीलाई दुई चरणमा विभाजित गरेर पहिलो चरणमा नौंवटा पंक्तीहरुका माध्यमबाट आज समाजबाट मनवीयता समाप्त भएको र समाजमा अप्रत्यासित तरिकाबाट घट्ने विध्यशंकारी घटनाहरुको वयान गर्दै भवितव्यका सम्भावनाहरुप्रति संकेत गरेका छन् भने दोस्रो चरणमा हामी निरीह र निसहाय मुक प्राणी बनेर तमासायी बनेको वास्तविकतामाथि प्रकाश पारेका छन् । यी दुई चारणमा घटित घटनाह्ररुबीच समयान्तरताका लागि कवि क्षेत्रीले “घटनाहरुको जंगलमा यसरी एउटा घटना थपिन्छ” पंक्ती प्रयोग गरेर आप्mना अभिव्यक्तीलाई दुई चरणमा दुईपटक मुल पंक्तीको प्रयोगका माध्यमबाट छुट्याएको देखिन्छ ।

प्रस्तुत कविताले आजको अराजकताले भरीएको समाजको वास्तविक तस्विरलाई देखाउन खोजेको छ । नेपालको धन हरियो वन आज उखान बनी सकेको समयमा सम्पूर्ण विश्वनै कंक्रिट जंगल बनेको छ । त्यही जंगलमा मानवीय वस्ती पनि बसेको छ । त्यसैले आजको समाजनै जंगल बनेको अवस्थामा मानिसहरुनै मानिसको नासको कारण बन्दै गएको आभास कविले गरेका छन् । समाज प्रकृतिहीन बनेपछि मानिसहरुमा नै पशुप्रवृतिको विकास हुन थालेको छ । त्यसैले मानवहरुको एकमात्र सहारामा रुपमा पुजितै आएको अराध्य देवहरु पनि किङ्कर्तव्यविमुढ भएर आप्mनो सुरक्षा खोजीरहेका छन् । दिनानुदिन मानिसबाट मानिस मारिने घटनाहरुले गर्दा समुदायनै भयभित भएको आभास कवितामा प्रकट गरिएको छ । यस कवितामा निराशावादी स्वर मुखारित भएको छ भने त्रासदी बन्दै गएको समाजको चित्रण गरिएको छ । त्यसैले कवितामा कविले आजको यान्त्रिक जीवनप्रति विष्तृष्णता पोखेका छन् । आजको यान्तित्रक युगमा मानवीय संवेदना मानिसहरुका बीचबाटै हराएको आभास गर्दै कविले तिमी–म÷हामीको बहुवचनको आभाष दिदै आज हामीहरुका बीच रहदै आएको आत्मीय विश्वास मलिन हुँदै गएकोले मानिस नै मानिसको विनासको कारण बन्दै गएको यथार्थवादी दृष्टीकोण राखेका छन् । पहिलो चरणमा कविले मानिसको पतनका सम्भाव्य कारणहरु मानवीय अविष्कार रहेको वास्तविकतालाई औंल्याउँदै आप्mना अभिव्यक्तीलाई चरणबद्ध पार्न “घटनाहरुको जंगलमा यसरी एउटा घटना थपिन्छ” बाट घटनाहरु निरन्तर बढ्दै गएको देखाउने प्रयास गरेकाछन् ।

कविले मिथलाई समेत प्रयोगमा ल्याएर आदिम युगको आभास दिन देवता र मानवबीचको सम्बन्धलाई अगाडि सारको देखिन्छ । देवकोटाले आप्mना कवितामा मानव–प्रकृति–ईश्वरका बीच रहेको त्रिकोणात्कम सम्बन्ध देखाएका थिए भने समयान्तरमा मानवीय व्यवहारबाट ईश्वर पनि टाढिदै गएर लुक्न बाध्य भएकोले कवि होमप्रसादले प्रकृतिमाथि समेत मानवको अधिपत्य बढ्दै गएपछि आजको अनिश्चित कालका बीच मानिस सुख शान्तीको मरिचिकामा बाच्न बाध्य भएको देखाएका छन् ।

“जंगलका रुखहरुमा लुकेर देवाताहरु
हेरिरहन्छन् र परिक्षा लिनुमा संलग्न हुन्छन्”

मानिसलाई धर्म भिरु पनि भनिन्छ । हामी आस्थामा बाँचेकाहरु ढुङ्गामा देवता देख्ने गर्छौ र पापको डरले पुण्य कमाउन नरसंहार गर्न पनि पछि पर्दैनौं भन्ने तथ्य हाम्रा इतिहासले देखाउँदै आएको छ । त्यसैले ईश्वरीय शक्तीमा नतमस्तक भएर हामी दुःखको क्षणमा ईश्वर खोज्न थाल्छौं । तर अशान्ती र असुरक्षित वातावरणका बीच ईश्वरीय प्राप्तीका लागि तल्लीन मानवहरुनै दानव बन्न थालेपछि ईश्वरले समेत आप्mनो सुरक्षा खोज्नु परको आभाष दिदै कविले मानवीयस सभ्यता विस्तारै दानवीय सभ्यतामा परिणत हुँदै गएका घटनाहरु थपिदै गएको र विश्वलाई एउटा फुटबलको रंगशालामा परिभाषित गर्दै हामी निरिह प्राणीहरु मनवको भेषमा दानवको छाला ओढेकाहरुका बीच परमाणु युगमा बाच्न बाध्य भएका छौं भन्दै मानव सभ्यतालाईनै ध्यशं पार्ने शक्तीको होडबाजीमा मानिसहरुको वर्तमाननै हरदम भयभित रहने समाजको चित्रण गरेका छन् । अतियथार्थवादी कविता लेखनमा क्रियशिल होमप्रसादका कवितामा विचारका हिसाबले परिपक्क हुने गर्दछ । यही अतियथार्थवादी विचारोक्तीका माध्यमबाट आजको अणुबममा अडेको समाज दिनानुदिन नरसंहारका घटनाहरु जन्माउने माध्यम बन्दै गएको वास्तविकतालाई उजगार पार्ने प्रयास गरेका छन् ।

कविले मानवीय सभ्यतामा थपिदैगएको असमानताको पर्खाल र दिनानुदिन मानवहत्याका घटनाहरुका विरुद्ध सहनशिलता नभई संघर्षको आवश्यकता औंल्याउँदै खबरदारी गर्दै भन्छन् ः

कतिसम्म झेल्न सक्छौं जंगलको राजस्व
कसरी फुत्कन सक्छौं मृग मरीचिकाको पासोबाट

यो एउटा चेतावनीमात्र नभएर कविले मानिसलाई मानवीय धर्मबोध गराउँदै स्वच्छ सभ्यताको आवश्यकताका लागि धर्यताको बाँधलाई फुटाल्ने प्रश्नात्मक सन्देश दिने प्रयास गरेका छन् । अझ प्रस्तुत कविताको अन्त्यमा अभिव्यक्त कवि विचार ः
अनि कसरी नरभक्षी जनावरहरु खचाखच भरिएको स्टेडियममा खेल्ने छौं फुटवल
का माध्यमबाट दिनानुदिन नरसंहारका घटनाहरु घटने आजको विश्वमा आफुलाई सुरक्षित पार्न सक्ने÷नसक्ने दोधारमा रहेको मानवीय सभ्यताप्रति चिन्ता व्यक्त गरेका छन् ।

निष्कर्ष
कवि होमप्रसादको प्रस्तुत कवितालाई नबुभ्mनेले विचार शुन्यको पगरी पनि लाइदिन सक्छन् भने बुभ्mनेले कविको प्रयोगात्मक अभिव्यक्तीमा पाईने परिपक्कताको तारिफ पनि गर्न सक्छन् । कविता विधाको अत्याधुनिक कालमा लेखिएको कविता भएकोले यसको विचारमा जटिलता मुखारित भएको दोष पनि लाग्न सक्छ । तर कविताको संरचनागत प्रवृतिको कसीबाट नियाल्ने हो भने यस कवितामा भाव, विचार वा घटकहरुको विशिष्ट लयात्मक भाषिक संरचनाहरु पाइन्छन् । यस कवितामा वर्तमान सिङ्गो युग अनिर्णायक भएको, मानिसहरु असहाय भएर जीवनप्रतिको आस्था क्षीण हुँदै गएको, समाजमा निराशैनिराशा बढ्दै गएको र मानिसको विवशता, असहायपन तथा असुरक्षित अवस्थाको चित्रण गरिएको छ । प्रस्तुत कविताको उद्देश्य खोज्यौं भने यस कविताको प्रमुख उद्देश्य भनेको वर्तमान युगीन यथार्थलाई प्रस्तुत गर्नु रहेको छ । कविले ईमान्दारितापूर्ण अस्त्रशस्त्रको होडबाजीमा मानवीय सभ्यता अन्तयतिर पुग्दैगरेको विसंगत यथार्थलाई प्रष्ट्उँदै नरसंहारको आँगनमा उभिएर विडम्बनायुक्त कटुयथार्थको मार्मिक चित्रण गरेका छन् ।

टोरोन्टो

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 जेठ, 2070

लेखकका अन्य रचनाहरु