गजल

- डा.रुपक श्रेष्ठ

जेलिगाँठो पर्यो हजुर जाली जिन्दगी
खालीखाली भयो हजुर खाली जिन्दगी

हिलैहिलो धुलैधुलो रह्यो काँडैकाँडा
पोखिएर फुलैफूलको थाली जिन्दगी

नाली आफ्नै फाली आफ्नै बाली नि आफ्नै
जालीझेली बाटैभरि गाली जिन्दगी

धुरीखांबो जलाएर आगो तापौं भन्छन
धुवाँभित्रै निसास्सिन्छ बाली जिन्दगी

कहाँबाट आयौ 'रुपक' कस्तो गाउँ टेक्यौ
लाटो गाउने डुंडो नाच्ने ताली जिन्दगी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 7 बैशाख, 2070

लेखकका अन्य रचनाहरु