मेरा केही सम्झनामा केवलपुरे किसान

- डा.मुकेशकुमार चालिसे

किसानजी मेरो मनमा भएको, ठाउँ पाएको नाम हो । मलाई धेरैवर्षसम्म केवलपुरे किसान नै उहाँको वास्तविक नाम हो भन्ने लागि रह्यो । त्यस्तै, किसानजी बारेमा मेरो आप्mनै सोचाइ ‘घरबार तथा परिवारविहीन र जहाँ जाला उहीँ खाला’ चालको ‘घुमन्तु बिद्रोही’ खालका कवि होलान् भन्ने पनि लागिरह्यो । त्यसो लाग्नुमा उहाँका कविता र गीतमा देखिएको तीक्ष्णता, स्पष्टता तथा जनचेतना उठाउने भाषा साथै उहाँको नामको समिश्रण नै थियो । त्यस्तै, मेरी आमा मुना चालिसेले प्राय गरिब तथा कम्युनिस्टका कुरा चल्दा भटमासे कविले भन्थे भनी ‘टा..प..ट..टा’ र किसानलाई ‘छैन तेरा आँखा फुटेका, पाटी पाटीमा लाश सुतेका’ भनी बेलाबेला भन्ने गर्नुहुन्थ्यो । ‘भुत्रो कविता’ र ‘समातेर पछार’का पङ्क्तिहरूलाई तलमाथि पारेर भन्ने उहाँको बानी थियो । बुवा मुकुन्द चालिसे पनि प्रायः त्यस्तो बेला केवलपुरेको ‘बाघ आयो’ र ‘नेपाल नछो’ को प्रशङ्ग प्रशंसापूर्ण तरिकाले उठाउने गर्नुहुन्थ्यो । यही परिवेश नै मलाई किसानबारे उत्सुकता जगाउने कारणहरू थिए । बुवा भारतले हेपेको वा हेपेर टिप्पणी गरेको प्रशङ्गमा ‘किसानजीले उहिल्यै लेख्नुभएको’ भनी कविताको चर्चा चलाउनुहुन्थ्यो । यसरी म किसानबारे अनौठा कल्पना पालेर राखिनेमा परेको थिएँ ।
म तिन–चार वर्षको केटाकेटी छँदा किसान र श्यामप्रसाद मेरा बाको लगनको डेरामा आएको त थाहा पाउँदिन तर आउनुहुन्थ्यो र बाको अफिस बसन्तपुरको कृषिको एउटा सानो डिपोमा प्रायः दिउँसो भेट हुने गरेको र सँगै खाजा खाने गरेको कुरा पछि २०२१ तिर बर्दिया बस्दा उहाँले दोहो¥याएपछि भने भेट भएको रहेछ भन्ने लागिरहन्थ्यो । अनि दुबैजनाको धुमिल चित्र कोर्न मन लाग्थ्यो । एउटा कुरा चाहिँ हेक्का थियो– दुबैजना सानो गाँठीको हुनुहुन्छ, सायद आमाबाको वर्णन सुनेकाले होला । यसरी तराईमा बसुन्जेल र पछि काठमाडौँ पढन आएपछि २०३३ सम्म आमाले तलमाथि पारेर भन्ने कविता तथा बाको ‘बाघ आयो’ र ‘नेपाल नछो’ को प्रशङ्ग बाहेक थप जानकारी मैले पाइनँ । हाम्रो घरमा उहाँहरू दुबैले कविता पङ्क्तिलाई प्राशङ्गिक किसिमले भन्ने हुनाले हाम्रा बोलीचालीमा समेत ती पङ्क्तिले ठाउँ पाएका थिए, उखान टुक्कालेभैmँ र हामी सबै नदेखेका किसान कविलाई सम्झन्थ्यौँ ।
त्यसपछि, राजनीतिको सुन्दरपक्ष क्रान्तिकारी कविता, प्रगतिकामी जनताको आवाजको रूपमा प्रगतिवादी कविताका लागि म किसानजीका कवितालाई गोकुल जोशीका कविता सँगसँगै पढथेँ, प्रयोग गर्थेँ । अलि ठाडै र सोझो कुरा गर्ने तथा वर्गशत्रु सफाया गरेर मात्र समाजले ठीक दिशा लिन्छ भन्ने लागेपछि भने केही कामलाग्ने भनिएका बाहेक भित्री प्रचारका सामग्रीमा नै ध्यान बढी गयो । अरूलाई टिका–टिप्पणी भएपनि किसानजीबारे चाहिँ त्यस्तो सुनिएन, बरू लयबद्ध तथा जनबोलीमा ट्वाक्क भनिने भएर होला उहाँ त सिलोक र कविता भई जनताको बोलीमा झुण्डिएर बढी प्रचारित भए जस्तो लाग्छ । एक पटक शहीद नेत्रलाल अभागीले जनवादी साहित्यकारहरूको प्रशङ्ग चल्दा किसान तथा श्यामजीका बारेमा मसँग कुरा गर्नुभएको थियो । उहाँले काठमाडौँ बस्दा वा आउँदा भेटेको सम्म मलाई भन्नु भएको थियो । नेत्रलालले आप्mनो हस्तलिखतको बान्की श्यामजीको जस्तो गर्नखोजेको पनि स्मरण हुन्छ यतिबेला ।
किसानजीसँग राम्रो परिचय चाहिँ उहाँकी जेठी छोरीको विवाह मेरो गाविसको ग्वालिन्दह गाउँमा भएपछि तथा ‘श्रृङ्खला’ मासिकमा ‘गोकुललाई सम्झन्छु’ छापिएपछि भएको हो । मेरो भाइ मधु विद्यार्थी राजनीतिको भित्री समितिको पार्टी काम गर्न गाउँतिर हिँड्दा किसानजीका जेठा छोरा कमलसँग भएको दोस्तीले पनि मलाई किसानबारे धेरै कुरा थाहा पाउने मौका मिल्यो । त्यसपछि राजनीतिक रूपले कमलको सम्पर्कले हामी दाजुभाइको छलफलमा किसानजीको प्रशङ्ग बढी भयो । करिब प्रलेसको जोड हल्ला र सबै परिपक्वहरूका अगाडि भर्खर दाह्री उम्रिएकालाई संयोजक बनाउने पार्टी निर्णयले मलाई अनौठो लागिरहेको बेला किसानजीबारे उत्सुकता भएको थियो । हुन त पञ्चायतको विकल्प उठ्दा तथा त्यसको नतीजापछि देखापरेको खुलापनले पनि किसानजीबारे बढी चर्चा भयो । यसरी मैले किसानजीलाई एउटा विद्रोही र पञ्चायतका लागि अ.त. नै पाएँ, त्यसले गर्दा झन श्रद्धा बढ्दै गयो । सबभन्दा बढी चर्चा त उहाँको जनबोलीका साहित्यिक रचना र ठ्याक्कै नलुकाई गर्न सकिने जति भन्ने स्पष्ट लेखाइ ।
‘झिस्मिसे’ मुना पे्रसबाट मुद्रण गर्न थालिएपछि र लालिमा प्रकाशनका सामग्री छापिन थालिएपछि सायद गोफल टोलतिर एक दुई पटक उहाँ आए जस्तो लाग्छ, कुराकानी भएजस्तो लाग्छ । त्यसै बेलामा हो क्यार, उहाँको कमिज र कालो टोपी लगाएको दुईओटा फोटो हाप्mटन ब्लक बनाई छाप्न मैले लिएको हुँ । त्यो फोटो मसँग सुरक्षित छ आजसम्म । त्यस फोटोको ब्लक पनि बनाएको थिएँ, सायद घरमा नै कतै होला । त्यसताका बा–आमालाई किसानजीसँग भेट भएको सुनाउँदा उही पुरानै कुरा दोहो¥याउनु भयो, हलो जोतेको, ‘समातेर पछार’, ‘भुत्रो कविता’ आदि । भेट भएर आउन मन गरे ले’रान यसो, रमाइलो हुनुहुन्छ, आमाले जोड दिँदै भन्नु भएथ्यो ।
मेरो अनियमित दैनिकीमा २०४२ साल जेठ १४ गते यस्तो लेखिएको रहेछ– जनक हुमागाईं लुरुलरु अघिअघि र कालो टोपी, कमिज सुरुवालमा किसानजी हात अलिअलि हल्लाउँदै मस्तचालमा पछिपछि भई सातदोबाटो घरमा आइपुग्नु भयो । यसअघि त्यति कुरा हुन नपाएकाले मौकाको ताकमा थिएँ, क्या गजब भयो, मनमनै भनेँ । बुवासँग कुराकानी चलेथ्यो एकछिन्, त्यसपछि ‘किसानजीसँग आएको मुकेशजी’ भन्दै हुमागाईंजी प्रेसमा म काम गरिरहेको ठाउँमा आउनु भयो । ‘आज यतै भान्सा गर्नुपर्ला है ।’ किसानजीबारे मेरो टिपोटमा– ‘ठट्यौलो, हँसिलो, रातो वर्ण, सानो कदको, साधारण लुगामा एउटा भद्र किसानको रूप थियो । उहाँ, म र जनकजीले सँगै खाना खायौँ’ ।
उहाँ काठमाडौँतिरै हुनुहुन्थ्यो कि क्या हो, २०४५ बैसाख १८ गते मई १ को दिन पारेर एउटा अनौठो उपहार प्रदान गरियो । प्रलेस तथा साहित्य सन्ध्या परिवारले हो क्यार आयोजक रहेको त्यस कार्यक्रमको शीर्षक ‘कवि किसान व्यक्तित्व र कृतित्व’ माथि चर्चा–परिचर्चा रहेको थियो भने त्यस सभामा मुरारी अर्यालजी निकै दौडधुपमा देखिनुहुन्थ्यो । किसानजीलाई जग्गा–जमिन नभए पनि बोक्न नसकिने खालको बडेमानको एउटा कोदाली र एउटा ठूलो खुर्पा जस्तो हँसिया उपहार दिइएको थियो । एकछिन कोदाली कसरी लिने वा त्यत्रो कोदाली काँधमा कसरी भिर्ने भनी आयोजकहरू नै अलमलमा परेको अवस्थामा दर्शकहरू त झन् बिलखबन्द, सँगै एकथान कलम पनि एकछिनपछि दिइएकाले राहत भएको थियो । किसानजीको हातमा कलम परेपछि भने हार्दिक समर्थनमा दर्शक–स्रोताहरूबाट जोडदार करतल ध्वनिले सभाकक्ष गुञ्जायमान भएको थियो । बास्तवमा अछन्द्याईलो आकारका ती कोदाली र खुर्पा ग्रहण गर्दा किसानजी पनि अनौठो मानेभैmँ देखिनुभएथ्यो । त्यसराति मैले उपरोक्त प्रशङ्ग बाहेक ‘उहाँको सादा किसानी चालचलन, हँसिलो बोलाई औधि मन पर्छ । बिचरा त्यत्रो कोदाली भिराइदिँदा पनि कति हँसिलो हुन सकेको ? सभापछि उहाँका कृतिहरू प्रकाशन गर्नेबारे कुरा गरेँ । मसँग कुरा गर्न रुचाउने पाकामध्येमा उहाँ अग्रपङ्क्तिका सम्माननीयमा पर्नुहुन्छ’ लेखिएको छ ।
त्यस्तै, २०४५ ज्येष्ठ २९ गते शनिवार, विराटनगरमा ५९औँ गोकुल जयन्ती मनाउन जाने बिचारले र उहाँको अन्तर्वार्ताको छानविनबारे बुभ्mन किसानजी आपैmँ मकहाँ आउनुभएथ्यो । मैले ‘मौखिक अन्तर्वार्ता भएकाले मान्छेले ठाउँ पाए, अबदेखि लेखेर तथा आपूmसँग एकप्रति राखेर आप्mना कुरा दिनुपर्छ’ भनेँ । उहाँले ‘हो त्यही गल्ती भएछ’ भन्नुभयो । त्यसको पछिल्लो शुक्रबार भेटन जाँदा ‘अनावश्यक झमेला गर्ने बानीपरेकाहरूका लागि केही दिन कुरा काट्ने मसला बनेको’ उहाँको ठम्म्याई थियो । उहाँले अभैm गम्भीर हुँदै भन्नुभयो– ‘नेता बनाउने तर कार्यकर्ता नबनाउने देश रहेछ’ । क्या, मार्मिक टिप्पणी उहाँको ।
म चितवनमा बाँदर अनुसन्धानमा २०४६ सालपछि रामनगरतिर जाँदा प्रायः मुर्तिया हिँडेको भन्दै खानीखोला धार्केतिर भेटिई शाझा बसमा सँगै गएको पनि हलुका सम्झना पनि मनमा आइरहन्छ । सायद मुगलिङतिर उहाँको ईच्छा अनुसार पोलेको मकै खाएको पनि सम्झना आउँछ । उहाँले त्यो जग्गालाई सायद सरकारले दिएको उच्चतम् पुरस्कारका रूपमा ग्रहण गर्नुभएको थियो, त्यसैले मुर्तिया जाँदा–आउँदा भेट हुँदा मलाई उक्त जग्गाको उल्लेख गर्वकासाथ भनेझैँ लाग्छ । त्यसको पछाडि सायद उहाँमा कम जग्गा भएको पूर्व अवस्थामा जग्गामालिक भएको स्थितिले आत्मबल थपेको थियो ।
त्यसपछि सायद दुई–तिन पटक म सीतापाइला उहाँको घरमा गएँ हुँला । अन्तिमतिर सायद उहाँकी ‘बुढीमाउ’ बितेपछि होला । त्यतिखेर बाटोमुनिको कोठामा बसेको सम्झना छ । त्यसबेला सानोछोरा विमलले पढाइ सकेका थिए क्यार । किसानजी ओच्छ्यानमा सायद हुमागाईंजी र म सोफातिर बसेर गम्भस्र कुराकानी गरेथ्यौँ ।
सेतीपाखा सर्नुअघि ताल्छीखेलमा डेरा लिएर बस्नुहुँदा एक–दुई पटक के–के परेर फोन गर्नु भएथ्यो । भैरब रिसालले फोन गर्दा जुत्ता सिलाउन लागेको भन्नुभएछ । दुई–चार पटक भैरबजीसँग जुत्ता सिलाउने बुढाकहाँ जाने कि भनी कुरा पनि भएथ्यो । मैले नजिक बस्नुभएछ आउनोस् न यसो फुर्सदमा भन्दा ‘घर बनाउने चटारो, अरू त के भन्नुहुन्थ्यो । मेरो बुवाको देहावशानमा सायद कोराभित्रै आउनु भएथ्यो । संबिधानसभाको निर्वाचनपछि मेरी श्रीमती जनकलाई नेकपा मालेबाट समानुपातिक सदस्य बनाएको अवसरमा हाम्रो घरमा सानो–तिनो जलपान गरिएथ्यो । मेरो भाइ मधुले उहाँलाई खबर गर्दा ‘आम्मै किन नआउनु, बिहानैदेखि आउँछु’ भन्नुभएछ । हुन पनि किसानजी बिहान १०–११ बजेतिर आइपुग्नु भएथ्यो । उहाँलाई हामीले सभासदहरू सिपी मैनाली, सीता मैनाली, जनक चालिसे, मेरी आमा, हजुरआमा, साथै मान्य नातेदारकै हारमा मञ्चमा राख्यौँ । आमासँग राजनीतिक फेरबदलबारे कुराकानी गरेको म पनि नजीक पुग्दा सुन्थेँ । सिपीले संसद प्रयोग गर्नेबारे छलफल गरेको पनि सुन्थेँ । किसानजीले धेरै सदस्य वामपन्थी हुने छाँट भयो, भाँती–भाँतीकाहरू मिलेर गए त राम्रो हुन्थ्यो भन्नु भएको पनि सुनेँ । त्यस दिनको भोजको सुरुवात हामीले उहाँबाटै गरेथ्यौँ, एकछिन् आ तपाईँ भन्दै आमा र सिपीलाई देखाउँदै हुनुहुन्थ्यो किसानजीले तर उहाँहरूले किसानजीलाई नै अघिलाउनु भयो । वास्तवमा नातेदार र ईष्टमित्रहरूको बाक्लो उपस्थिति रहेको त्यो पारिवारिक कार्यक्रममा उहाँ हाम्रो परिवारले मानेको ईष्टमित्रकै हैसियतमा रहनुभएको थियो । परिचय गराउँदा पनि हामी सहजढङ्गले किसानजी भनी गराउँथ्यौँ । त्यस दिन मेरा धेरै नातेदारले उहाँलाई प्रत्यक्ष भेट्ने मौका पाए । किसानजीको अनुहारमा एक किसिमको अनौठो मृदुमुस्कान दिनभरि झल्केको थियो । परिचय गराउँदा उहाँ गम्भीरतापूर्वक त्यो मान्छेलाई पढ्न खोजे जस्तो गर्नुहुन्थ्यो । एकपटक त, ‘ए मुकेशजी, म जस्तो सामान्य मान्छेलाई कतिजनासँग परिचय गराउनु भएको, अब त बिर्सन्छु कि क्या हो’ भन्दै हा हा गरेर हाँस्नु भएथ्यो ।
...किसानजी प्रायः कुनै न कुनै काम परेर वा आपूmले सोभैm भन्न नसकेर मैले भनिदियोस् र काम होस् भनेर आउनुहुन्थ्यो । एक पटक उज्यालो एफएम रेडियोले अन्तर्वार्ता लियो, खै के के गर्नु पथ्र्यो भन्नु भयो । मैले कुरा बुझेँ उहाँलाई चित्त बुझेन छ । तुरुन्त गुरागाईँजीलाई फोन गरेर किसानजीको चिन्ता हटाउनु प¥यो भनेँ र कुरा स्पष्ट बनाईदिएँ । एकपटक अलि–अलि रिसाउँदै अलि–अलि दुखः मान्दै आउनुभयो, ‘लौन, मुकेशजी मेरा सिरीखुरी कविता छाप्छु भनेको कता हो कता ? हरायो ।’ मैले विजय आचार्यलाई फोन गरेर स्थिति बुझेँ । जीवेन्द्र गिरीकहाँ रहेको थाहा भयो । जीवेन्द्रजीले केही दिनमा सकिने जानकारी गराउनु भयो । त्यसपछि बिजयजीलाई छाप्न गाह्रो भए भन्नुहोस् वा तिथि मितिसहित अवधि तोक्न कर गरेँ । पे्रस अनुकुलता नभए म गर्छु भनँे, आचार्यजीले एक महिनाभित्र बजारमा आउने जानकारी गराएपछि किसानजी त्यै’त भन्दै अन्य कुरा गरी खाजा खाएर चम्लागाईँलाई भेट्छु भन्दै हिँड्नुभयो । एक महिनामा किताब निस्किएछ केहि दिनमा मैले पनि पाएँ । तर किसानजी चिल्लै भएको त उहाँले भनेपछि बल्ल पो थाहा भयो । केही दिनमा लेखकस्व पाउनुपर्नेमा जोड गरेँ । म विवेक सिर्जनशील प्रकाशनको अध्यक्ष भएपछि किसानजीले भेटमा ‘अब त लेखकस्व मर्दैन होला’ भनेको मलाई त बाँण लागेको भैmँ भयो । बिजयलाई तुरुन्त राफसाफ गर्न भनेँ आदेश नै जसरी । आदेश त यो देशमा नदेश जस्तै भएछ । पछि आपैmँ किताब पु¥याउँछु लेखकस्व मलाई दिनू भनेँ । किताब बोकेर पु¥याएँ सेतीपाखा र एउटा चेक पनि । पछि थाहा पाएँ त्यो त दुःख दिने चेक रहेछ, बल्ल बल्ल साटियो, मलाई सा¥है लाज लाग्यो उहाँसँग । पछि लजाई लजाई सेतीपाखा जाँदा जिस्क्याउनुहुन्छ कि भनेको त उल्टो प्रशंसा गरिदिएर झन लाज बढाई दिनुभयो । कति नरम हुन सक्ने, जाती मान्छे † म त उहाँको नरमपनाबाट कायल नै भएँ ।
एकफेर एउटा सोधपत्र बोकेर आउनुभयो, छाप्न सकिन्छ कि भन्दै । फेरि मेरो काम शोधकर्ता पत्ता लगाउने, उसको शोध प्रकाशनबारे धारणा आदि बुभ्mने । शोधकर्ता सिन्को नभाँच्ने रे तर किसानजी छपाईदिन पाए कल्याण हुन्थ्यो बबुराको भन्दै चुकचुकाउने । मलाई पढ्न दिनुहोस् राम्रोलागे किसानको कृति बढ्छ भने मै छापिदिन्छु भनँे, बल्ल अस्तु साँचेभैmँ प्लाष्टिकमा बेरेको शोध हेर्न दिनुभयो । एकै रातमा पढेर सिध्याएँ । समीक्षात्मक कुरा रहेछन्– शोधार्थीलाई पुस्तक निक्लेमा त फाईदा नै होला तर किसानजीलाई फुस्रै । मैले शोधार्थीलाई फोन गरेर पुस्तक निकालेमा उहाँको पेसागत उन्नयन हुने हुनाले अघि बढनोस् भने । उहाँ पछि हट्नुभयो । त्यसैले मैले किसानजीलाई त्यो शोधपत्र फिर्ता गरिदिएँ । त्यसताका उहाँले सोधखोज गर्दा कुरा बुझिनँ लुन्द्रो खस्यो भन्दै खुब हाँस्नु हुन्थ्यो । त्यसपछि केही समय हराउनु भयो– हङ्कङतिर हो कि ।
युद्धप्रसाद मिश्र गुठीको वार्षिक कार्यक्रममा गङ्गादास तथा धर्मराजसँग साहित्यकारहरू ज्युँदो छँदै ठूलो ग्रन्थ छाप्ने कुरा चल्दै थियो । प्रशङ्ग श्यामजीको भए पनि किसानजीको पनि कुरा उठ्यो । किसानजी हङ्कङबाट फर्केको मलाई थाहा थिएन । बालचन्द्रले मैले हिजै भेटेको भन्नुभयो । त्यस्तै भैरब रिसालजीले खिर पार्टीको कथा जानकारी गराउनु भयो । घर पुगेर धेरै दुई अङ्क भएको फोन थिचेँ । किसानजीले एकछिन चिन्नु भएन, सायद कानको लुन्द्रोले काम दिएन होला । पछि चिन्नुभयो र फुर्सद भए आउनोस् भन्नु भयो । उहाँले ‘हल्लुँड झुण्ड्याएकाले हिँडडुल गर्न बन्दमा छु’ भन्नुभयो । म भेट्न उत्सुक भएँ विभिन्न कुरा गर्न तथा समस्या बुभ्mन । भेट्न जाने निहुँ पनि भयो– अरुण मिश्रको विशेषाङ्कका लागि उहाँको संस्मरण लिने मेरो जिम्मा थियो । अरुणजीको बारेमा कुरा चल्दा युद्धप्रसाद मिश्रको निधनमा खुलामञ्चमा श्रद्धाञ्जली समारोहमा अनायास किसानजीले पूmल चढाउन लाग्दा ‘आफू पनि कहिले जाने हो’ भन्नुभयो । मैले ‘पालो नआई कोही अघि जान पाउँदैन, पानीको लाइनमा त लामबद्ध हुनुपर्छ, नत्र कसैले मान्दैन’ भनेको सम्झिई आपूm असक्त भए पनि दिन कुरेको भन्दै सधैँजस्तै मजाले हाँस्नुभयो । उहाँले अरुण बारेको सम्झनामा अन्त्यमा तीन लाइनको कविता भन्नुभयो । मैले उहाँसँग गरेको कुराकानीको आधारमा लेखिएको संस्मरण छाप्न उहाँको अनुमतिका लागि सुनाउन जाँदा मैले थपिदिएको चौथो लाइन कवितालाई सहर्ष स्वीकार गरी मलाई सारै माया गरी कति मजाले मिलाएको तपाईँले भनी प्रशंसा सहित धन्यवाद भन्नु भयो ।
‘किसानजी बित्नुभएछ बाबु, नास्सै भो’ मेरी आमा सकी नसकी आप्mनो कोठाबाट मेरो कोठाको भ्mयालसम्म आएर भन्नुभयो । आमा रगत नबन्ने रोगले अशक्त मान्छे उठेर त्यस्तो भन्दै आएकोमा झसङ्ग भई ‘हुँदै होइन’ भनी रहेँ । यो कुरा २०६८ बैशाख–जेठतिरको हो, कसैले गलत सूचना दिएको हुनुपर्छ भन्ने बिश्वास गर्दै किसानजीको घरमा फोन गरेँ, ‘हलो....ओ...’ गर्दै किसानजी बोल्दै हुनुहुन्थ्यो । मैले हतारिँदै ‘किसानजी भेट्न आउँ’ भनेँ । उहाँले ‘घरै छु, आउँनोस् न, भेट नभएको पनि धेरै पो भएछ’ भन्नुभयो । म खुसी हुँदै ‘अहिले नै आँउछु’ भनी हिँडिहालेँ । विभिन्न कुरा भए । मैले बाँचेकै अवस्थामा साहित्यकारका रचनाहरू निकालेर सम्मान गर्नुपर्छ बितेपछि स्मृतिग्रन्थ निकाल्ने प्रथा तोड्नुपर्छ भनेँ । उहाँ खुसी हुँदै तपाईंको राम्रो बिचार भन्दै विश्वनाथ, कमल छोरा तथा पाल्पातिरका पत्रकार मिलेर उहाँको पनि त्यस्तै ग्रन्थ निकाल्ने योजना भइरहेको सुनाउनु भयो । त्यसैले उहाँबारे वा उहाँको रहलपहल रचना निकाल्ने योजनामा मैले मिहिनत गर्न नपाउने भएँ । पछि विश्वनाथजीलाई लिई हुट्हुटी लगाउन गएँ । कुरा त्यति अघि बढाउन सकिनँ, मैले आप्mनो सकृयतालाई बिँड तताउने काम पो गरेछु जस्तो लाग्यो । हुन त्, पेसागत तथा कार्यथलोको हिसावले मेरो मूलथलो पनि होइन कि ? मेरो हुट्हुटीको गति कम भयो, उता त्यो योजनाले पनि ओच्छ्यान लगाएछ । विश्वनाथजीसँग सोध्यो भने– ’खै कोको बसेर संयोजन गर्ने हो, कमलले के भन्छन्’ भन्थे ।
मेरी आमाको व्यथाले च्याप्दै ल्यायो । दुइ–दुई हप्तामा रगत हालिरहनुपर्ने र उहाँमा निकै अपसगुन लक्षण देखिन थाले । मेरो सार्वजनिक जीवनका रहलपहल सीमित भए, फुक्का भएर म कतैतिर पनि जाँदैन थिएँ । त्यसैले, जेठदेखि असोजसम्म अर्थात् दशैँसम्म म घरमा नै केन्द्रित भएँ, किसानजीसँग सायद एक पटकमात्र भेट भएथ्यो ।
किसानजीसँग भेट हुँदा सबभन्दा रमाइलो पक्ष चाहिँ उहाँसँग सामान्य कुरादेखि जीवन–जगत्का कुरा हुन्थे । धेरै प्रगतिवादी साहित्यकारहरूमा भन्दा पृथक, किसानजीमा सार्वजनिक जीवन र ब्यक्तिगत जीवनमा समानता, उमेरजन्य गतिविधिमा सकृयता बिस्तारै सुस्ततामा रूपान्तरण तथा त्यससँगै दार्शनिक तथा सैद्धान्तिक चेतको बिचलन भएको पाइएन । उहाँमा सधैँ एकैनासको चिन्ता, चासो तथा मान्यता भेटेँ । कल्पना गरौँ नेपाली समाजका वर्तमानका मुर्धन्य ब्यक्तित्वहरूमा देखिने बर–व्यवहार, सोचाइ, बुझाइ तथा दार्शनिक मान्यतासँग किसानजीले लेख्नुभएको ‘त्यो दिन कहिले आउला’ कविताको दार्शनिक पक्ष– ‘सबै चिज बाँडेर खाने, देशको पैसा विदेश नलाने ।’ त्यस्तै, ‘बाघ आयो’ कवितामा व्यक्त भएको मर्म– ‘देशबाट हटाउँला विदेशका बाघभालु आफ्ना देशका खुनी’, ‘किसानको बिलौना’ मा ‘जनवाद दबाउनलाई अमेरिका डाक्छ ।’ ‘भुत्रो कविता’ मा ‘प्रजातन्त्रको हे¥यौ रमिता । कविजी ! लेख्छौ तिमी के कविता ?’ के यस्तो परिस्थिति २००९ सालतिरै देख्ने किसानजीको नेपालमा आज के त्यस्तो परिवर्तन भएको छ र हामी नानाभाँतीका कुरा गरिरहेका छौँ ? संसदीय अभ्यासबाट वाक्क भएर २०१६ सालतिर ‘सङ्घर्षको ठीक गर’ कविता मार्पmत् ‘भिक्षाले हक पाइँदैन दरिलो सङ्घर्षको ठीक गर !’ बहुदल तथा निर्दलका नेताहरूका आजका भाषण किसानजीले देखेको ‘मान्छे हो उठ’ कवितामा २०३८ तिर भनेको ‘मान्छे ठग्न कराउँछन् हरघडी भाषण भिरेका पशु’ भन्दा के कम छ अहिले ? ‘टिक्दैन है टिक्न ता !’ मा स्थितिलाई प्रष्ट पार्न गम्भीर, सरल तथा मर्मभेदी भाषामा उहाँले गरेको विश्लेषण, ‘मान्छे जुट्न सकेन फुट्नु बढि भो टाढा गयो एकता, मान्छे जुट्छ भने अवश्य पनि यो टिक्दैन है टिक्नता । ...‘खोक्रो वाद–विवाद चल्दछ यहाँ लाग्दैन घ्यू क्यै पनि, तल्लो वर्ग खँगारिदो छ दिनहुँ माथ्लो धनीको धनी ।’ स्थितिमा परिवर्तन आएको छ र ? यस्ता भावलाई शासकहरूको चाकरी नगरी जनताबीच निर्धक्क प्रचार गर्न लेख्ने किसानजीको चेतलाई आज हामी रङ्गमङ्गिएर अनर्थ नलगाऔँ है, बरू ‘सकिन बाबा’ भनी कायर भएको स्वीकार गरौँ न, हुन्न ?
हिजोआज त झन् ‘गणतन्त्र’ तथा ‘खुला वातावरण, संक्रमण काल’ आदिको जलपले पोतेर हाकाहाकी आप्mनो पन्थबाट चिप्लिएर ज्याद्रो बन्दै ‘समय अनुसार’ चलेको र फोस्रो आधुनिक बनेको धाक पनि छोडिन्छ । हुन त, सङ्घर्षको कठिन बाटो लागेर बहुसङ्ख्यकको सत्ताप्राप्तिको बाटोका जानुपर्ने ‘कम्युनिष्ट पार्टी’ का मान्छेहरू पैसा र डनको बलमा संसदमा उक्लनु परेकाले स्खलित भई अर्दो न मर्दो हुनु परेको स्वाभाविकै हो । तर आँट गरे वा बिचारलाई जीवन–दर्शन मानेर अघि बढ्दा के बेमाख हुन्छ र ? किसानजी नै यसको प्रत्यक्ष उदाहरण हुनुहुन्छ नि, छ दशकदेखि अविरल आफ्ना आवाजहरू बुलन्द पार्दै अघि बढिरहनुभएको । त्यस्तो भएर नै होला उहाँको चेतनाले जहिल्यै जनताको जागृतिको राँको झोसिरह्यो र कहिल्यै फितलोपन देखिएन । सायद चाँडै उपल्लो स्थानमा नपु¥याइएकाले अथवा पुग्ने लालसा नभएकाले नै होला किसानजी– केवलपुर, मुर्तिया, सीतापाइला, ताल्सिखेल अथवा सेतीपाखाको आवहवामा मैले उस्तै पाएँ ।
२०६८ सालको निख्रँदो दशैँको दिन बिहानै घर नजिकैको अस्पतालमा किसानजी नफर्किने गरी जानुभएको फोन आयो । एक मन त मलाई अस्पतालमा भर्ना भएको पनि भनेनन् किनहोला, म काम नलाग्नेमध्ये परेँ कि जस्तो लाग्यो, अर्को मन होइन मिश्रजीको अन्तिम अवस्थामा वीर अस्पतालमा एक्लै परेर मानिस जुटाउनु परेथ्यो । सायद, किसानजीका लागि मेरो भूमिका त्यही हो कि ? जान्छु, आप्mनो कर्तव्य पूरा गर्न भनि गएँ । अस्पतालभरी कोही चिनजानका नदेखेपछि किसानजीबारे नराम्रो हल्ला गरेछन् जस्तो लाग्यो । पालेलाई सोधेर पनि पत्ता नलागेपछि मुर्दाघरमा देखाउन भनेँ । किसानजी चिरनिद्रामा सुतिरहनु भएको थियो । मलाई बेलामा भेट्न किन आइनस् भन्नु भएझैँ लाग्यो ।
मसँग उहाँलाई सम्झना गराउने केही फोटाहरू, फिल्म क्लिपहरू, तथा उहाँका रचनाहरू बाहेक जनताका कुरा अथवा क्रान्तिको चर्चामा तुरुन्त ‘...पाटी पाटीमा सुतीरहेछन्’ भन्दै कविता भट्याउने मेरी आमा, साँच्चैका जनकवि भनि हलो जोतेको घटना सुनाउने मेरा बुवा तथा दुबैजना नहुँदा पनि भेटमा जीवनको जीवन्तता र जनताका कुरा सुनाउने किसानजी कोही हुनुहुन्न † उफ् † कहिलेकाहीँ कति एक्लो महसुस हुन्छ जिन्दगीमा ।
यतिखेर एउटा प्रश्न चाहिँ मनमा उठिरहेछ– जनपक्षीय अथवा वामपन्थी साहित्यकार वा कलाकार भनी– ठूला ठाउँमा पुगेका मानिसहरूलाई किसानजीको जस्तो चेतमा पुग्न कति मिहिनत गर्नुपर्ला ?

बडिखेल, चालिसेडाँडा, ल.पु.

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु