बाल साहित्यकार मुन्नी सापकोटासँग कुराकानी

- ॠतु आसीक

आमा पद्ममाया ठकुरी र बुबा इन्द्रसिंह ठकुरीबाट २५ नोभेम्बर १९५० मा अमिन गाउँ गुवाहटी असममा जन्मनु भएकी मुन्नी सापकोटा कविता निकेतन देवकोटा नगर गुवाहटीमा बस्दै आउनु भएको छ ।
साहित्यभूषण (नेपाली) गर्नुभएकी मुन्नी सापकोटाले २००६ मा शिक्षकलाई दिइने राष्ट्रिय पुरस्कारद्वारा सम्मानित हुनु भएको छ । उहाँका मौलिक कृतिहरूमा २००१ मा प्रकाशित कथा फूलबारी २००५ मा प्रकाशित बल्ल बुद्धि पलायो (बाल कथा) प्रकाशित भएका छन् ।
भारतबाट प्रकाशित हुने विभिन्न पत्र–पत्रिकामा रचनाहरू प्रकाशित भएका छन् । असम प्रवासकालमा विशेषत वाल साहित्यकारको रूपमा दर्जिनु भएकी मुन्नी सापकोटासँग स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिइएको अन्र्तवार्ता–

१.“प्रेमिकालाई विहे गरेर भित्राएको दिन र नेपाली भाषाले भारतीय संविधानमा स्थान पाएको क्षण मेरो जीवनका सवै भन्दा आनन्दका क्षण हुन्” भारतीय नेपाली साहित्यका अग्ला व्यक्तित्व नवसापकोटाका यी माथिका अभिव्यक्ति शब्दप्रति के भन्नु हुन्छ ?
एउटा प्रेमीले नै राम्ररी बुझ्दछ कि प्रेमीकालाई विहे गर्न पाएर भित्राएको मोल ठीक त्यसरी नै एकजना साहित्यप्रेमीले आफ्ना मातृभाषाले संविधानमा स्थान पाउँदा नव सापकोटा साँचो प्रेमी र साँचा साहित्यकार हुन साथै नेपाली जाति र भाषाका पनि प्रेमी हुन् ।

२. तपाईहरू दुवै साहित्यकार भएको नाताले दाम्पत्य जीवनको गाडी कसरी चलिरहेको छ ? प्रेम विवाहप्रति कस्तो दृष्टिकोण राख्नु भएको छ ?
दुवै साहित्यकार हुँदा जुन आनन्द छ त्यो सबैले जान्दैनन् । एक अर्काको
मर्का सजिलै बुझिन्छ र दाम्पत्य जीवनको गाडी चलाउन धेरै सजिलो हुन्छ र चलिरहेको छ ।
प्रेम विवाह धेरै जसो सफल भएको देखिदैन । वास्तविक जीवनमा सबैको सपना न प्रेमीको न प्रेमीकाको पूर्ण हुन्छ । जोहरू सफल हुन्छन् त्यसको कारण हो साँचो मायाको एक अर्काप्रतिको सम्झौता ! दुवैमा “एक दुजेके लिए” भने जस्तो गहिरो चाहिन्छ । नत्र भने प्रेम विवाह नगरेको वेस हुन्छ ।

३. प्रेमको व्याख्या गर्नु पर्दा कसरी गर्नु हुन्छ ?
प्रेमको व्याख्या आजसम्म कसैले गर्न सकेको छैन । राधा र कृष्ण, मीरा र कृष्णको र राम र सवरीका बीचमा जुन माया छ, त्यही हो प्रेमको सही अर्थ ।

४. साहित्यतिर कसरी आकर्षित हुनु भयो ?
वाल कथा पढ्थे, दन्ते कथा हजुरबा आमाका बा सित सुन्थे । वाल कविता वाल कथा चाहि नेपालीमा त होइन हिन्दीमा पढ्थें र मनमनै सोच्थे–ठूली भएर म पनि यसरी नै कथा कविता लेख्छु । सौभाग्यको कुरा के भयो होला त्यो भनी रहनु परेन ।

५. साहित्य लेखनका लागि कसरी प्रेरण पाउनु भयो ?
मेरो साहित्यप्रति कसरी आकर्षक भयो त्यो त माथिको उत्तरमा पाइहाल्नु भयो । प्रेमी पतिलाई नै प्रेरणाको विन्दु मान्दछु । लेखनको कारण पनि त्यो भन्दा भिन्न छैन ।

६. तपाईंको जन्म÷जन्मिएको थलो आदि वारे भन्नुपर्दा कसरी भन्नु हुन्छ ?
मेरो जन्म मध्यमवर्गीय परिवारमा भएको थियो । ठाउँ असमको व्रम्हपुत्र नदीको छेउमा गुवाहाटीको अमिन गाउँ भन्ने ठाउँमा रेल्वे क्वाटरमा भएको हो ।

७. आमाबाुवा तथा पारिवारिक पृष्ठभूमिको वारेमा सङ्क्षिप्तमा भनिदिनु हुन्छ कि ?
मेरा बुवा स्व. इन्द्रसिंह ठकुरी र आमा श्रीमती पद्ममाया ठकुरीकी जेठी छोरी मै हुँ । मेरा तल एक वहिनी र पाँच भाइ छन् । वहिनी हालैमा विमारीले थलिएर स्वर्गे भइन् । भाइहरूको पनि विहे भएर आ–आफ्ना काममा कार्यरत भएर परिवार चलाइरहेका छन् । वुवाको मूल थलो देहरादून हो । आमा गुवाहाटीकी ।

८. वाल्यकालका वारेमा चर्चा गर्न चाहनु हुन्छ ?
मेरो वाल्यकाल कष्टमा वित्यो । कारण एकजना कमाउने आठजना खाने थियौं । तर हाम्री आमाले कसरी पु¥याउनु हुन्थ्यो, उनी नै जान्दिनन् । शिक्षित पनि सवैलाई बनाउनु भयो । म पाँचौ पुगे पछि घरको काममा सघाउने प्रयत्नमा जुटे । आफू भन्दा तल श्रेणीका नानीहरूलाई ट्युशन पढाउने काम गर्न थालें ।
सातौं श्रेणीबाट कपडा सिलाउन थालें । पढाइ चै जारी नै राखे । इच्छा हुन्थ्यो निकै पढेर काम गरी बा आमालाई सघाउने तर एस. एल. सी. को परीक्षामा अङ्ग्रेजीमा ५ नम्बर कम भएकोले गर्दा पास गर्न सकिनँ । त्यसपछि पढ्ने चाहना रहेन । कारण श्रेणीमा पहिलो, दोस्रो स्थानमा पास गर्ने छात्राको मन नै विगरियो र माइतमा सघाउने रहर त्यसै रहृयो । विहे भएर दुईटा छोरी जन्मिए पछि ९ वर्ष पनि भएछ पढाइ छाडेको । कोर्ष वदलिने कुरा सुने र मनमा कुन्नि के लहड चल्यो परीक्षा हुनु तीन महिना थियो । फारम भरेर तीन महिना पढेर परीक्षामा वसे । त्यसपाली त पास भएछु र शिक्षा दान गर्ने मौका पाएँ ।

९. तपाई कस्तो किसिमको साहित्य सिर्जना गर्न चाहनु हुन्छ ?
अहिले आउने पिढीलाई शिक्षा दिने साहित्य सिर्जना गर्न चाहन्छु । म नानीहरूकी गुरुआमा भएकोले उनीहरूका निम्ति धेरै सिर्जना गर्न चाहन्छु । कारण साहित्यप्रति नानीहरूको रुचि वसाले मात्र उनीहरू ठूला भएपछि साहित्यमा रुचि राख्लान् हाम्रो वाङमयमा वाल साहित्य थोरै छ । हिजो आज छिटफुट रचिन थालेको छ यतातिर । पारितिर त अचेल यो विद्या निकै पुष्टिइसकेछ ।

१०. तपाईंको दृष्टिमा साहित्य भनेको के हो ? साहित्य किन लेख्नु हुन्छ ? साहित्य कसका लागि लेख्नु हुन्छ ?
मेरो दृष्टिमा साहित्य समाजको ऐना हो । जुन समाजको साहित्य जति विकसित हुन्छ त्यो समाज पनि उती नै उन्नत भएको हुन्छ । साहित्य किन लेख्नु भन्दा म त यही भन्छु कि आउने पिंढी आज जस्तो नहोस र साहित्यप्रति रुचि राखी आफ्नो जातिलाई अरु जाति सरि अघि बढाएर लगोस भन्ने उद्देश्यले । यसैले मेरो लेखन पनि त्यस्तै उद्देश्य प्रणोरित हुन्छ ।

११. तपाईका रचनाहरूमा जीवनप्रति लगाव÷जीवन वोध आदि वारे कति प्रतिशत सम्म प्रतिविम्वित छन् ?
यो कुरा समालोचकले हेरेर भन्ने कुरा हो । म जान्दछु साहित्य मेरो निम्ति ‘स्वान्त सुखाय होइन । यो पर हिताय हो प्रजन्म सुखाय हो ।’

१२. तपाईका लागि जीवनको मूल उद्देश्य÷आकाङ्क्षा के हो ?
पहिला त मेरो उद्देश्य आफ्ना नानीहरूलाई राम्रो शिक्षा दिएर सक्षम बनाउने । सवै इच्छा कहाँ पूर्ण हुन्छन् ? ठूली छोरीले कत्थकमा एम. मयुज गरी । सानीले ए। ग्। सम्म मात्र पढी । छोराले भने मेरो जीवनको उद्देश्य सम्पूर्ण रूपले पूरा ग¥यो । उसले आर्युविज्ञानमा द्य।ब्।ः।क्। र ः। म्। ग¥यो । अहिले ए ज् म गरिरहेको छ । मेरो पेशा शिक्षक भएको हुनाले मेरो आर्को उद्देश्य थियो स्थानीय नेपाली नानीहरूलाई सवै किसिमले शिक्षित बनाउनु, अनि नारी जातिको उन्नति साधन गर्नु ।

१३. तपाई आफूभित्र साहित्यकार हुने सपना पाल्नु भएको थियो ? तपाईलाई अभिप्रेरित गर्ने प्रसङ्गहरू के थिए ?
साहित्यकार हुने सपना त होइन सामाजिक हुने सपना थियो । साहित्यप्रति रुचि थियो । कथा कहानी पढ्थें । साहित्यकार सित विहे हुनु, साहित्यिक गोष्ठीहरूमा भाग लिनु पर्दा । सवैको सुन्दा आफूले पनि सुनाउने रहर हुँदो रहेछ । साथै उहाँले मलाई लेख्ने उत्साह दिनु हुन्थ्यो र मेरी सानीमा की छोरी डा. शान्ति थापाबाट र अंकल स्व. प्रेमसिंह सुवेदीबाट धेरै प्रेरणा पाएकी छु ।

१४. महिला साहित्यकारको नाताले पारिजातका कृतिहरूले तपाईलाई कस्तो प्रभाव पारेको छ ?
पारिजातका कृतिमा दुईवटा तत्व पाएकी छु । पहिलो फ्रायडेली यौवनवाद जसले शिरिषको फूलमा पन्पेर वैशको मान्छेमा चरमोत्कर्ष प्राप्त गरेको छ । त्यस पछिका कृतिहरूमा उनी सम्पूर्णतः माक्र्सेली विचारधाराले प्रभावित भएर प्रगतिशील धाराको साहित्य सिर्जना गरेकी छन् । सर्र्वमोठमा उनी ज्यादै चर्चित र उच्चासनमा प्रतिष्ठित नेपाली नारी लेखिका हुन भन्ने मेरो सोचाइ छ ।

१५. पारिजात प्रतिको दृष्टिकोण वारे बताई दिनु हुन्छ कि ?
पारिजातका कृति पढ्दा आनन्द र धेरै नयाँ कुरा भेट्टाए तापनि उनको लेखनबाट म प्रभावित हुन सकिनँ ।

१६. तपाईंलाई मन पर्ने विधा कुन हो ?
मलाई कविता र कथा विधा मन पर्छ ।

१७. कथा कविता विधालाई कसरी हेर्नु भएको छ ?
कथा कविता जीवनका प्रतिविम्व हुन् भन्ने मेरो सोचाइ छ । त्यसैले यथार्थ जीवनको प्रकाश नपर्ने रचनालाई मैले महत्व दिने गरेकी छैन ।

१८. नेपाली भाषा साहित्यलाई विश्वको आन्य भाषा सरह उन्नत गर्नका लागि तपाईको विचारमा के गर्नु पर्छ जस्तो लाग्छ ?
उत्तम प्रश्न गर्नु भयो । धन्यवाद छ । नेपाली भाषा सर्वाधिक पढ्ने र लेखिने गरेको हुनुपर्छ । सर्वधिक तव लेखिन्छ, जव लेखिएका किताव पढिन्छन् । जव पढिन्छन् तब लेखिन्छन् । जव लेखिन्छ तव भाषालाई पनि बढी सरल र समयउपयोगी ।

१९. असमीया वङ्गाली साहित्यले भारतीय नेपाली साहित्यकारहरूलाई के कस्तो प्रभाव पारेको छ ?
परोक्ष प्रभाव अवश्य परेको होला । नकार्न सकिन्न । तर प्रत्यक्ष प्रभाव देखिदैन ।

२०. तपाईले जीवनमा भोग्नु भएका आनन्दका क्षण वारे भन्नु पर्दा के भन्नु हुन्छ ?
संघर्षपूर्ण विहे भएको दिन, छोरो जन्मेको दिन, राष्ट्रिय शिक्षक पुरस्कार पाएको क्षण नेपाली भाषाले भारतीय संविधानमा मान्यता पाएका दिन र छोरी र छोराको विहे गरेका दिनहरू आनन्दका क्षणहरू छन् ।

२१. ससक्त भारतीय नेपाली महिला साहित्यकारको नाताले महिलावर्गको शोषण उत्पीडनका लागि अश्सील साहित्यको प्रचार विभिन्न रूपमा आइरहेको सन्दर्भमा त्यसका विरुद्ध कसरी लडिरहनु भएको छ ?
अश्लील साहित्यले महिला पुरुष दुवैवर्गलाई विपथगामी वनाइरहेको छ । त्यसले अश्लील साहित्यको वजार ध्वंश पार्न त्यस साहित्यका श्रष्टाहरू सामाजिक वहिष्कार गरिनु पर्दछ । नारी चरित्रलाई विज्ञापनको चीज वनाउन दिनु हुन्न । नारी वर्गले आफ्नो जीउलाई सुहाँउदो आवरणले ढाक्नु पर्दछ । उनीहरूको नग्नमुखी आचरणले अश्लीलतालाई निम्त्याएको बुझिन्छ ।

२२. भारतीय नेपाली महिला साहित्यकारहरूले लैगिंक विभेदका कारण के कस्तो समस्या भोगी रहेका छन् ?
भारतीय नेपाली महिला साहित्यकारहरू लिङ्ग भेदका शिकार भएका छन् भन्ने मेरो सोचाई छैन । जसले राम्रो लेख्न सकेका छन् उनीहरूले यथोचित समादार पाएकै छन् ।

२३. भारतीय नेपाली महिला साहित्यकारका लागि चुनौतीका विषयहरू के–के हुन सक्छन् ?
भारतीय नेपाली महिला साहित्यकारहरूको संख्या अपेक्षाकृत कम छ । संख्यामा वृद्धि चाहिन्छ । उनीहरूबाट अपेक्षाकृत गुणवत्ता साहित्यको सिर्जना अपेक्षित छ ।

२४. नेपाली वाङमयका साहित्यकारहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
नेपाली साहित्यको वजार सुव्यवस्थित हुनुपर्दछ । सुन्दर भन्दा सुन्दर र उच्च स्तरका साहित्यको सिर्जना व्यापक रूपमा हुनु पर्दछ । यसका साथै अनुवादद्वारा हाम्रा कृति अरु उन्नत भाषामा प्रकाशित गराउनु पर्दछ । त्यसैगरी अरु भाषाका राम्रा कृति नेपालीमा भिœयाउनु पर्दछ ।

२५. आदरणीय मुन्नी सापकोटा जी ! यहाँका व्यस्तता वावजुद पनि अन्र्तवार्ताका लागि अमूल्य समय प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्दछु ।
तपाईले पनि मलाई आफ्नो अन्र्तवार्ताका लागि रोज्नु भएकोमा म आभारी छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 मङ्गसीर, 2069

लेखकका अन्य रचनाहरु