गजल

- गोपाल झापाली

तिमीले देखेको जूनले पोल्न थालेको छ,
पोले मात्रै त हुन्थ्यो, पोल खोल्न थालेको छ ।

न्यास्रो लागेर हेर्छु फोटैले ताक्छ मलाई,
थर्काउँदै किन अचेल बोल्न थालेको छ ।

बेईमान भएछ मुटु आँफैलाई मताउने,
रतगतमा नशा किन घोल्न थालको छ ।

किन्नेहरुको ताँती, आँफैंलाई बेच्नु जस्तो,
बजारले दाम सोध्दै मोल्न थालेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 25 कार्तिक, 2069

लेखकका अन्य रचनाहरु