विषय प्रवेश
खनाल रेवतीरमण नेपाली साहित्यका पाठकबीच सुपरिचित साहित्यकार हुन् । कविता, गजल र गीत लेख्ने खनालले आफूलाई उपन्यासकारको पङ्क्तिमा पनि उभ्याउन सफल भएका छन् । उनले उपन्यास विधामा पृथक विचार र प्रवृति लिएर प्रस्तुत भएका छन् । उनले जम्बुुद्विपमा प्रचलित पौराणिक ग्रन्थ रामायणमा खलनायकको भूमिका र राक्षसको संज्ञा दिइएका रावणलाई ‘रावणायन’ नामक उपन्यासमा आदर्श पात्रको रूपमा प्रस्तुत गरेर प्रचलित मूल्य र मान्यताका विरुद्ध जेहाद छेडेका छन्
मुरलीधर नेपाली कलाक्षेत्रमा चिनाइरहनुपर्ने नाम भने होइन । व्यक्ति एक तर प्रतिभामा विविधताका धनी । गायक, सङ्गीतकार, लेखक, निर्देशकको अलावा उनी कलाका थुप्रै विधामा पोख्त छन् । मैले मुरलीधरलाई आफू एउटा दर्शक र श्रोताको रुपमा मात्र चिनेको थिएं । नेपाली चलचित्र सम्झनामा नकारात्मक भूमिकामा उनी थिए तर अभिनय सम्झन लायकको थियो
धेरैवटा साहित्यिक कार्यक्रममा ठूला साहित्यकारहरूले भनेको हामी सुन्छौँ, “साहित्यले समाजलाई जोड्ने काम गर्छ”। समाजलाई जोड्नुको अर्थ सायद व्यक्ति व्यक्तिमाझ भाइचारा बढ़ाउनु पनि होला। मेरो निम्ति त्यस्तै भइरहेको छ। म एउटा ठाउँको, एउटा राज्यको वा समाजको एकजना व्यक्तिलाई अर्को ठाउँ वा समाजका व्यक्तिहरूसित परिचय साट्ने, मित्रचा बढ़ाउने अवसरहरू दिइरहेको हुन्छ
राती कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी 'साइलेन्ट किलर' बनिदिएछ। पानीले भरएिको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरन्िछ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु
सधैँझैँ लवदेवको बा बिहान मन्दिरबाट फर्कनुभयो । बिहानै मन्दिर जाने गर्नुभा’छ उहाँ । एक्लै, कहिलेकाहीँ मात्रै लवदेवकी आमालाई सँगै लग्ने गर्नुभा’को छ । तर लवदेवकी आमालाई धेरैजसो बिसन्चो भइरहन्छ । त्यसैले आमा जान सक्नुहुन्न र बाले पनि जोड गर्नुहुन्न । भन्नुहुन्छ— ‘बूढाको पुण्य बूढीलाई पनि भाग लाग्छ
म कास्कीको पोखरेली भए पनि पोखरा हुँदै तय गरिने धेरै पदयात्रा र पुगिने पर्यटकीय स्थल पुगेको छैन । पृथ्वी राजमार्गमा सयौंपटक ओहोरदोहोर गर्ने गरेको भए पनि डुम्रे झरेर मनाङतिर गएको छैन । कासकीकै घलेगाउँ पुगेको छैन । बन्दीपुर पनि नपुगेको कुरो थाहा पाएर धेरै साथीहरूले गिल्ल्याएपछि २०७८ कात्तिक १७ मा दमौलीमा रहनुहुने मेरी ठूलियाँका छोरा सुजन वाग्लेसँग काठमाडौंबाट पोखरा फर्कंदा डुम्रे झरेर बन्दीपुर पुगेको थिएँ