डा. चूडामणि बन्धुसँग छोटो कुराकानी

- होमशंकर बास्तोला

वरिष्ठ भाषविद् चूडामणि बन्धुको जन्म वि.सं. १९७५ साल जेठमा पाल्पा जिल्लाको चिरतुङ गाउँमा भएकोे हो । उहाँका नेपाली भाषाको उत्पत्ति, भाषा विज्ञान, भाषा विज्ञानका सम्प्रदाय, देवकोटा (समालोचना), देवकोटाका कथा, गीत र कविताहरू संकलन, साझा कविता र साझा एकाङ्कीको सङ्कलनजस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँले नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएको छ । उक्त कार्यहरूको सम्मान स्वरुप उहा“ले मदन पुरस्कार, साझा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, भारती खरेल पुरस्कारजस्ता पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।

– नेपाली भाषाको स्थिति कस्तो छ ?

नेपाली भाषाको स्थिति भन्नाले नेपाली भाषाको प्रयोग कसरी भइरहेको छ भन्ने कुरालाई दृष्टिगत गरिनुपर्दछ । वर्तमान समयमा शिक्षा, सञ्चार, प्रशासन, प्रकाशन जुनसुकै क्षेत्रमा नेपाली भाषाको प्रयोग भइरहेको छ । नेपालको वर्तमान संविधानमा समेत नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा राखिएको हुँदा नेपाली भाषाको अवस्था राम्रो छ ।

– नेपाली मानक भाषा लेखनमा पटकपटक विवाद हुनुको कारण के होला ?

खासगरी कुनै पनि भाषाको मानक हुन्छ, जुन बोलचालभन्दा भिन्न हुन्छ । त्यसलाई प्रशिक्षणको माध्यमबाट मानिसहरूलाई सिकाइन्छ । विद्यालय, विश्वविद्यालयहरूमा मानक भाषाको एउटा रुप वर्ण विन्यास हो भने अर्को व्याकरण हो । अहिले धेरैजसो विवाद देखिएको विषय वर्णविन्यास हो तर अहिलेको विवादका विषयका कुरा पहिल्यै आउनुपर्नेमा अहिले आएको छ । वि.सं. २०३४ सालमा त्रि.वि.वि.का प्राध्यापकहरूको भेलाले केही निर्णय गरेको थियो । जस्तैः अन्य भाषाबाट आएका शब्दहरूलाई आगन्तुक भन्ने र तिनको हिज्जे नेपाली सरह लेख्ने । यसै कुरालाई वि.सं. २०४० सालको प्रज्ञा–प्रतिष्ठानको बृहत नेपाली शब्दकोशले अगाडि बढायो । लोकतन्त्रको आगमनपछि नेपाली भाषाको सरलीकरणको प्रकृयामा केही प्रयास सुरू
भयो । नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले प्रज्ञा–प्रतिष्ठानको निर्णय अनुसारको पाठ्यक्रम छाप्यो । गत वर्षको उच्चमाध्यमिक शिक्षा परिषद्ले ‘सबैको नेपाली’ पुस्तकमा पछिल्लो पटक परिवर्तन भएको कुरा छाप्यो र त्यसपछि प्रतिकृया आउन थाल्यो । प्रकाशकहरूले पनि यही भाषाको प्रयोग गरी पुस्तक प्रकाशन गर्न थाले । यो अन्योलको स्थितिमा पछि फर्कन मिल्दैन । भाषाको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्दछ ।

– नेपाली भाषाको वर्णविन्यासमा देखापरेको अन्योललाई कसरी समाधान गर्न सकिन्छ ?

जुन विषयलाई अगाडि बढाइएको छ त्यस विषयबाट पछि हट्न सकिदैन । कुनै पनि लेखकको स्वतन्त्रतालाई यसले आघात पु¥याउनु हुँदैन । पाठ्यपुस्तकको कुरामा संस्थाले गर्ने निर्णयको स्पेलिङमा छापिन्छ । भाषाका केही कुराहरूमा अनुसन्धान गर्न बाँकी छ । त्यसलाई अनुसन्धान गरी योे यस्तो वियष हो भनी बाहिर ल्याउनुपर्छ । नेपाली भाषाको वर्णविन्यासमा देखापरेको अन्योल समाधान गर्न वर्णविन्यासको अनुसन्धान गरी अगाडि ल्याई छलफल गरौँ, भाषाको संरचना बारे कुन वर्णविन्यासलाई समर्थन गर्ने त्यसलाई अनुसन्धान गरी समाधान निकालौँ । दुईतिरका अतिवादहरू जस्तैः यति हुनुपर्दछ र हुनुहुँदैन भन्ने बीचको छलफलबाट समाधान निकाल्नु पर्ने हुन्छ । व्यक्ति, धर्म, जाति तथा केही साँस्कृतिक पक्षसँग सम्बद्ध शब्दहरूलाई ती व्यक्ति, जातिहरूले जसरी प्रयोग गर्दछन् त्यही अनुरुप त्यसको वर्णविन्यास चलाउनुपर्दछ । कुनै पनि जातिले आफ्नो नाम, थर, पेशा व्यवहार गरे सरह लेख्न पाउनुपर्छ ।

– अहिलेसम्म नेपालमा के कति भाषाहरू अस्तित्वमा रहेका छन् ?

यसको प्रमुख आधार भनेको जनगणना हो । २०५८ सालको जनगणना अनुसार ९२ भाषाको नाम लेखिएको छ । संसारका भाषाहरूको बारेमा सूचना दिने पुस्तक एथ्नोलोग (भ्तजलययिनगभ) को सोह्रौँ संस्करणमा १२६ भाषाको नाम उल्लेख छ । माइकल नुनन् भन्ने अमेरिकी विद्वानले नेपालमा १४० भाषाहरू रहेको बताएका छन् । नेपालमा हाल भाषा सर्वेक्षणको काम राष्ट्रि«य योजना आयोग मार्फत् त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान केन्द्रीय विभागले गर्दैछ, त्यसपछि वास्तविक संख्या थाहा हुन्छ ।

– नेपालमा बोलिने भाषाहरूलाई राज्यले के, कस्तो व्यवहार गर्नु आवश्यक छ ?

मातृभाषाहरू फरकफरक छन् । एकथरी लिखित भाषा छन् भने अर्कोथरी अलिखित भाषा छन् । एकथरी बहुसंख्यकहरूले बोल्ने र अर्काेथरी अल्पसंख्यकहरूले बोल्ने छन् । अल्पसंख्यकहरूले बोल्ने ती लोप हुन लागेका भाषाहरूको कोष बनाउने, सामाग्री संकलन गर्ने काम गर्दैछ । यसरी लोप हुन लागेका भाषाहरूमा साहित्यको विकास गरेर पठनपाठनमा ल्याउन सकिन्छ । अर्को बहुसंख्यकले बोेल्ने लिखितरूपमा आएका र प्रयोग भएका भाषाहरूलाई पनि राज्यले संवद्र्धन गर्नुपर्दछ ।

– तपाईंले भाषा प्रतिष्ठानको आवश्यकता देख्नुभएको छ ?

भाषा प्रतिष्ठानको आवश्यकता छ, तर अहिलेको प्रज्ञा–प्रतिष्ठान जस्तो होइन । जुन प्रतिष्ठान गठन गरिन्छ, त्यसमा नेपालमा बोलिने सबै भाषाको कोश निर्माण, अनुसन्धान, पाठ्यपुस्तक लेखन, व्याकरण लेखन, अनुवाद, ग्रन्थ लेखन, लिपि विकास आदि विभिन्न कार्य गर्ने जनशक्ति सहितको प्रतिष्ठानको आवश्यकता छ । वर्तमान संघीयताको अवस्थामा यसको आवश्यकता अत्यन्त जरुरी छ ।

– विश्वविद्यालय, प्रज्ञा–प्रतिष्ठान र व्यक्तिगत तहबाट नेपाली भाषा, व्याकरण, साहित्यको क्षेत्रमा के कस्ता कार्यहरू भइरहेका छन ?

त्रिभुवन विश्वविद्यालयबाट पठनपाठन र अनुसनधान गर्ने कार्य भइरहेको भए तापनि त्यो कमी नै छ । त्यो कार्य उपाधिको लागि गरेको र जसमा नेपालीमा एमफिल सुरू भएको छ । प्रज्ञा–प्रतिष्ठानले नेपाली बृहत शब्दकोशको परिमार्जन समसामयिक रुपमा गर्दैछ । व्यक्तिगत तर्फबाट विभिन्न विद्वानहरूले पनि गरिरहेका छन् । यसरी भाषा साहित्यको क्षेत्रमा काम गर्ने संस्था भनेका त्रि.वि.वि. नेपाली केन्द्रीय विभाग, मदन पुरस्कार गुठी, नेपाल–प्रज्ञा प्रतिष्ठान नै मुख्य हुन् ।

– अन्त्यमा केही भन्न बा“की छ कि ?

अहिले वर्ण विन्यासको जुन विवाद छ त्यो कसैले बनाएर भएको होइन । त्यो पहिले भइरहेका कुराको अद्यावधिक मात्र हो । खास गरी यो २०३४ सालदेखिको क्रमिक विकास हो, जुन नेपाली भाषा लेखनको
सरलीकरण अपवादको न्यूनिकरणसँग सम्बद्व कुरा हो । यसले भाषाको प्रयोक्तालाई सजिलो नै पार्दछ । यसलाई सबैले यसै रुपमा बुझिदिनु प¥यो । अबका दिनमा सबैले नेपाली भाषा लेखनको सरलीकरण र वर्णविन्यास विकल्पहरूको न्यूनीकरण तर्फ लाग्नु आवश्यक छ ।


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु