सरुभक्तलाई ५० प्रश्न

- निकुञ्ज तिवारी

जीवनको आधाभन्दा बढि समय नेपाली साहित्यका लागि नै लगाउनुभयो । विद्यार्थी जीवनदेखी नै उहाँले थाल्नु भएको साहित्यिक यात्रा ले झण्डै चारदशक समय पुरा गरिसकेको छ । नेपाली साहित्यको मुक्तक, कविता, गजल, नाटक, कथा र उपन्यास विद्यामा निरन्तर लाग्दै आउनु भएका सरुभक्तका साहित्यिक यात्रामा कहिलै थाक्नु भएन । सायद थाक्नु भएको भए पछिल्लो सयमसम्म आइपुग्दा ३७ वटा कृति प्रकाशित पनि हुने थिएनन् । अझै एउटा महाकाव्य प्रकाशित गर्ने तैयारी गरिरहनु भएको छ ।

काविता विद्यातर्फ बन्द खामभित्र (मुक्तक संग्रह) २०३५, बोक्सीको आव्हान र घोषणा पत्र (कविता संग्रह) २०४०, कवि, प्रेमी र पागल (कविता संग्रह) २०५०, करुप मशिहा (खण्डकाव्य) २०५४, ज्यानमारा (खण्डकाव्य) २०५६, का पुरुष (खण्डकाव्य) २०५७, प्रयोगशालाभित्र (कविता संग्रह) २०५८, मनभरि माटोभरि (गीत संग्रह) २०६१, इतर समय (कविता संग्रह) २०६१, हजार वुद्वहरु (मुक्तक संग्रह) २०६१, भेडीगोठ (खण्डकाव्य) २०६३, खोल्सावारि खोल्सापारि (खण्डकाव्य) २०६५,र पे्रम यात्रा (मुक्तक संग्रह)२०६७, उहाँले रचना गरेका कृति हुन् ।

त्यसैगरी नाटकतर्फ नेपाली साहित्यका क्षेत्रमा बहुचर्चित नाम हो सरुभक्त । वि.स २०१२ साल भाद्र महिनामा पोखरा उपमहानगरपालिका वडा नं १ बागबजारमा जन्मनु भएका प्राज्ञ सरुभक्त अहिले ५५ वर्षको हुनुहुन्छ । आफ्नो युद्वःउहि ग्यास च्याम्वरभित्र २०३७, इतिहास भित्रको इतिहास २०४१, शिशिरका अन्तिम दिनहरु २०४२, इथर २०४३, गाउँघरका नाटकहरु २०५०, बालबालिकहरुको नाटक २०५३, समयम अमौसम २०५४, निमावीय २०५५, एसोधम्मो सनंतनो २०४५, जस्तो दन्त्कथा २०५७, सिरुमारानी २०६१्, गाउँको कथा यस्तो हुन्छ है २०६१ शरणाथीहरु २०६३ रहेका छन् ।
कथा उपन्यासतर्फ एक अविनवको आत्मकथा २०४४, छोरी व्रह्माण्ड २०४७, पागल वस्ती २०४८, तरुनी खेती २०५३, यामागल २०५४, सयम त्रासदी २०५८, चुली २०५९ अध्यारो कोठा २०६० र पदार्थहरुको गीत २०६३ जस्ता कृतिहरु प्रकाशित गरिसक्नु भएको छ । उहाँका कृतिमध्ये पागल वस्ती उपन्यासले २०४८ सालमा मदन पुरस्कार समेत प्राप्त गरेको थियो ।
साहित्यिक यात्राका क्रममा उहाँलाई विभिन्न तीन दर्जनभन्दा बढि पुरस्कार र सम्मान मिलेको छ । उहाँले साहित्यको विकासका लागि पु¥याएको योगदानको कदरगर्दै विभिन्न संघ संस्थाले प्रदान गरेको सम्मान पत्रले उहाँको घर भरिएको छ । उहाँलाई आफुलाई सम्मानगर्दै प्रदान गरिएका सम्मान पत्रको व्यवस्थापन गर्न समेत धौ धौ परिरहेको छ । तर पनि आफुलाई दिइएका सम्मान पत्रलाई उहाँले आफुलाईभन्दा पनि बढि माया घरमा जतन गरिरहनु भएको छ ।

भनिन्छ साहित्यिक यात्रा निकै कठिन छ । तर पनि वरिष्ठ साहित्यकार सरुभक्त मानवीय जीवनमा सवैले विभिन्न कठिनाई भोग्दै आएकोभन्दै आफ्ना लागि साहित्यिक यात्राका क्रममा पाएका दुःखलाई पनि सुख झै मानिरहनु भएको । अविवाहित सरुभक्तले आफुले धर्मपुत्रीका रुपमा सरस्वती प्रतिक्षा पाएको क्षणलाई सवैभन्दा खुशीको क्षण भएको बताउहुन्छ ।

नेपाली साहित्यका पुर्वीय र पाश्चात्य साहित्यको प्रभाव पर्नु स्वभाविक भएको उहाँको भनाई छ । जुनसुकै साहित्यमा पनि धर्म, दर्शन र सस्कृतिको प्रभाव पर्नु नौलौ कुरा होइन सरुभक्तले भन्नुभयो – आफ्नौ मौलिकतामा नै धक्का पुग्ने गरी कुनै पनि साहित्यको अनुकरण गर्नु भने राम्रो होइन । नेपाली साहित्यमा राजनीतको विकृति भित्रिएकोप्रति धैरैको चिन्ता बढिरहेको छ । साहित्यकारहरुले साहित्यलाई भन्दा राजनीतिलाई महत्व दिन नहुने उहाँको भनाई छ ।

कुनै पेशा र व्यवसायको वास्तै नगरी निरन्तर रुपमा एकनासको गतिमा साहित्य यात्रामा लम्कीएका उहाँका पाइलाहरुमा कहिले ठेस नलागोस् । उहाँले पु¥याएको योगदानलाई राज्यले पनि समय नै कदर गर्न सकोस् भन्दै उहाँसंग गरिएको कुराकानीका केहि अंश ‘‘।

१. कुन पुस्तक लेख्दै हुनुहुन्छ ?
केही विज्ञान कथाहरु लेख्दै छुँ । र त्यसका अलवा फूटकर कविता, गजल, गीत र मुक्तक त छदैछन् ।

२. यहाँको सिर्जना यात्रा कहिले र कसरी आरम्भ भयो ?
स्कुले जीवन कक्षा ६ मा पढ्दा देखिबाटै कविता लेख्न सुरुवात गरेको हुँ । पछि क्याम्पसको विद्यार्थी भएपछि अनौपचारीक रुपमै नेपाली साहित्य लेखन तर्फ लागेँ ।

३. साहित्य लेखनको कुनै उद्धेश्य थियो की ?
खासै उद्धेश्य छैन । आँफू एक साहित्यकार भएको नाताले अहम् सन्तुष्किा लागि लेख्ने गर्छु ।

४. प्रायःकुन समयमा लेख्ने गर्नुहुन्छ ?
मेरो लागि अध्ययन र लेखनको कुनै निर्धारित समयनै हुँदैन । बिहान उठेदेखि राति नसुतुन्जेल कुनै न कुनै रुपमा अध्ययन र लेखनमा आफूँलाई व्यस्त पारिनै रहन्छु । तर आजभोली पोखरा र यस आसपासमा भइरहने विभिन्न साहित्यिक गतिविधिले मेरो सिर्जनात्मक समय प्रभावित भएको छ ।

५. यहाँको मदन पुरस्कार प्राप्त उपन्यास पागल वस्तीमा के छ ?
मानवीय प्रेम र सुन्यतावादी जीवन दृष्टि छ ।

६. यहाँको साहित्यमा आजसम्म कतिवटा शोधकार्य भएका छन् ?
मेरो साहित्यमा हालसम्म दुई दर्जनभन्दा वढि व्याक्तिले शोधकार्य गरिसक्नु भएको छ । खुशीको कुरा हालै मात्र एक जना भाइ लक्ष्मीशरण उपाध्यायले मेरो औपन्यासीक प्रवृतिमा विद्यावारिधि प्राप्त गर्नु भएको छ ।

७. यहाँलाई कस्तो लाग्छ अवको परिवेसमा नेपालमा लेखेर बाच्न सकिन्छ ?
अवश्य पनि लेखेर बाच्न सकिन्छ । तर त्यसको लागि कठोर संघर्ष र मेहनतको खाँचो पर्छ ।

८. लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?
मेरो लेखनमा सधैं म अहम् सन्तुष्टिको खोजि गरिरहेको हुन्छु । जसरी प्रत्येक कृतिको लेखनपछि मेरो लागि अर्को कृति लेखन एक चुनैतीका रुपमा खडा हुन्छ । त्यसरीनै, नयाँ नयाँ चुनौतीहरुमा नयाँ नयाँ सन्तुष्टिको खोजि गरी रहेको हुन्छ ।

९. पोखरा र साहित्यको नाता कस्तो छ दाइ ?
पोखरा र साहित्यको नाता ऐतिहासिक छ । नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौडेल, जनकवि केशरी धर्मराज थापा र लोककवि अलिमियाँ जन्म र कर्मले यस ठाउँसंग जोडिन्छन् । त्यसैले पनि होला धेरैले पोखरा र नेपाली साहित्यलाई प्रर्यायवाचीका रुपमा हेर्ने गरेका छन् । त्यसोत नेपाली साहित्य, कला र संगीतमा पनि पोखराले आफ्ना अग्रजहरुको पद्चिन्ह्र पछ्याउँदै एक ठोस र अविश्मरणीय योगदान् दिएको हुदाँ पोखरा र साहित्यको नाता अटुट छ ।

१०. पोखरेली साहित्य परिवेश कस्तोे छ त ?
अहिले पोखरामा धेरै साहित्यिक संघ संस्थाहरु खुलेका छन् । र धेरै साहित्यिक कृर्याकलाप पनि भइरहन्छन् । म यसर्थ खुशी छुँ की यहाँ नवोदित प्रतिभाहरु फल्ने, फुल्ने र हुर्कने वातावरण पाएका छन् ।

११. पोखरालाई साहित्यको राजधानी मान्न सकिन्छ ?
पोखरालाई साहित्यको भन्दा पनि संस्कृतिको र राजधानी मान्न सकिन्छ ।

१२. साहित्य र माटोको सम्बन्ध के छ ?
असल साहित्यमा माटोको सुगन्ध हुन्छ । माटोका पनि दुख र पीडाहरु ह्ुन्छन् ।त्यसैले बिना माटो साहित्यको परिकल्पना गर्न सकिदैन ।

१३. यहाँलाई के लाग्छ साहित्यमा वाद जरुरी छ ?
हामीले कुनै पनि साहित्यलाई वाद अन्र्तगत व्याख्या, विश्लेषण गर्न सक्छौ । साहित्यमा देखा पर्ने नयाँ नयाँ वादहरुलेनै नयाँ नयाँ जीवन दृष्टिहरुलाई सम्वोधन गर्ने हुनाले साहित्यमा वाद जरुरी छ जस्तो मलाई लाग्छ ।

१४. जीवन के हो ?
जीवन एक अहम् हो ।

१५. जीवनप्रति सन्तुष्ट हुनुहुन्छ ?
मैले आफ्नो भागको अर्धसताब्दी भन्दा लामो जीवन बिताईसकें । अव किन जीवनप्रति असन्तोष पोखेर आँफ्नै जीवनको अपमान् गरुँ ?

१६. दुःख के हो त ?
मानवजीवनको एक अनुभूतिजन्य रुप हो ।

१७. के कुराले गर्दा यहाँलाई दुःख लाग्छ ?
जीवनमा धेरै कुराले दुःख लाग्छ । विश्वव्यथा, राष्टव्यथा, पारिवारिकव्यथा इत्यादीले ।

१८. सुख के हो ?
दुःख जस्तै सुख पनि एक अनुभूतिजन्य रुप हो । कसैलाई देशको लागि छातिमा गोली खाएर पनि सुख र सन्तोषको अनुभूति हुन्छ भने कसैलाई सुन चाँदीको थालमा खाना खाएर पनि दुःखको अनुभूति हुन्छ ।

१९. यहाँको जीवनको एकदमै सुखद क्षण भन्नुपर्दा ?
मेरो जीवनको एकदमै सुखद क्षण जव पचपन्न सालमा आस्था र धर्मकी छोरी सरस्वतीलाई पाएँ त्यो नै जीवनको सुखद क्षण हो ।

२०. प्रेम के हो ?
मानवीय अहम्को शर्वश्रेष्ठ रुप हो ।

२१. राजनीति के हो ?
देशलाई एकतावद्ध पारि विकास निर्माण गर्ने अत्यावश्यक प्रक्रिया हो ।

२२. यहाँलाई राजनीतिप्रति रुचि भएन ?
साहित्य लेखनप्रति सर्मपित हुँदा राजनीति गर्ने फुर्सदै भएन ।

२३. थपिएको समयमा नयाँ संविधान बन्छ होला ? यहाँलाई कस्तो लाग्छ ?
अहिलेसम्म राजनीति दल र नेताहरुको मानसीकतालाई हेर्दा थपिएको समयमा नयाँ संविधान बन्छ जस्तो मलाई लाग्दैन । तर अझै समय छ हे¥यौं के हुन्छ ।

२४.नेपालीको संविधान कस्तो बन्नुपर्छ ?
देश र जनतालाई एक सुत्रमा बाँधि चौतर्फि विकास गर्न सक्ने संविधान बन्नुपर्छ भन्ने मलाई लाग्छ ।

२५. बालककालमा कस्तो हुनुहुन्थ्यो ?
कक्षामा सधँै प्रथम हुने भएकोले अध्ययन् गर्न मन पराउथें ।

२६. किशोेरवस्थामा के बन्छु जस्तो लाग्थ्यो ?
डाक्टर वा इन्जिनियर बन्छु जस्तो लाग्थ्यो ।

२७. अहिलेसम्म कुन कुन देश घुम्नुभयो ?
भारत, अमेरिका, चिन र कोरिया घुमेको छुँ ।

२८. सरकारी नोकरी तर्फ किन आर्कषित हुनु भएन ?
जीवनमा कुनै नोकरीनै गरिन ।

२९. दिनमा के गर्नुहुन्छ त ?
आफ्नो समय पूर्ण रुपमा साहित्यलाई दिने चेष्टा गर्छु ।

३०. विश्व साहित्यमा नेपाली साहित्य ?
जसरी नेपाल विश्वको एक अंगहो । त्यसरीनै नेपाली साहित्य पनि विश्व साहित्यको एक अंग नै हो । तर अहिलेको आवश्यकता नेपाली साहित्यका उत्कृष्ट कृतिहरुलाई भाषा अनुवाद गरी विश्व साहित्यका पाठकको ध्यान आकृष्ट गर्नु रहेको छ । यदि हामीले यसो गर्न सक्यौ भने नेपाली साहित्यले पनि विश्व साहित्यसंग प्रतिष्पर्धा गर्न सक्ने थियो ।

३१. यहाँ के भन्नुहुन्छ–राजनीतिले साहित्य प्रभावित हुन्छ ?
राजनीतिले साहित्य प्रभावित हुन्छ , तर साहित्यले पनि राजनीतिलाई प्रभावित पार्न सक्ने क्षमता हुनुपर्छ ।

३२. साहित्य राजनीतिको अनुवाई हो ?
साहित्य राजनीतिको अनुवाई होइन, शिक्षक बन्न सक्नुपर्छ ।

३३. नेपाली साहित्यका पाठक कस्ता छन् ?
समयसंगै नेपाली साहित्य मन पराउने पाठकहरुको संख्यामा वृद्धि भैरहेको छ ।

३४. पाठकहरु कस्तो साहित्य खोजिरहेका छन् ?
आजका पाठकहरुले असल साहित्यलाई खोजिरहेका छन् ।

३५. कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अफ्रिकाली लेखिका चिमा माण्डाको उपन्यास ‘हाफ अफ अ राइजिङ् सन’ पढ्दै छुँ । जसमा नाइजेरियामा भएको द्धण्द्धको कथालार्इृ समेटिएको छ ।

३६. नेपाली साहित्यका उत्कृष्ट कुनै पाँच सिर्जनाहरु यहाँको रोजाइमा–
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, वालकृष्ण समको ‘अमरपसिंह’, भूपि शेरचनको ‘ घुम्ने मेभ माथि अन्धो मान्छे’,पारिजातको ‘शिरिषको फूल’ र मदनमणि दीक्षितको ‘माधवी’ ।

३७. यहाँलाई मन परेको लेखक ?
नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र विश्वसाहित्यमा वेदव्यास ।

३८.सबैभन्दा मन परेको पुस्तक र किन ?
देवकोटाको मुनामदन । किनकी सरल, सहस र लोकलयमा जीवनको यथार्थ संघर्ष र दुःखहरु छोएर लेखिएको छ ।

३९. असल साहित्यकारमा हुनुपर्ने गुण के हो जस्तो लाग्छ ?
अध्ययनशील, अनुसन्धानपूर्ण दृष्टि र निरन्तर साधना गर्न सक्ने क्षमता हुनुपर्छ ।

४०.यहाँका ३७ वटा कृतिमध्य असाध्यै मन परेको कुनै–
आँफ्ना कृतिहरु आँफैले यो राम्रो यो नराम्रो भन्नु भन्दा पनि पाठकहरुले मुल्याङ्कन् गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।

४१.सवैभन्दा बढि बिक्रि भएको पुस्तक–
मदन पुरस्कार प्राप्त उपन्यास ‘पागलवस्ती’।

४२.साहित्यमा भित्रिएको विकृतिबारे केहि बताईदिनु हुन्छ की ?
साहित्य पनि समाजको एक अंग भएको हुनाले समाजमा भएका कतिपय विकृतिहरु साहित्यमा पनि भित्रिएका छन् । तर यसतर्फ साहित्यकारहरु सधैं सचेत हुनु जरुरी छ ।

४३.यहाँले २०५३ सालबाट सुरुवात गरेको संरक्षण कविता आन्दोलनको सन्देश–
संरक्षण कविता आन्दोलनको नेपाली साहित्यको जनमूखि र प्रगतिउन्मुख आन्दोलन हो ।

४४.यहाँलाई अव कस्तो साहित्य लेखिनुपर्छ भन्ने लाग्छ ?
जनताको सुख,दुःख,भावना र संवेदनालाई अभिव्यक्त गर्ने, समाजलाई गति दिने र मानवीयतालाई प्रतिनिधित्व गर्ने खालको साहित्य लेखिनु पर्छ भन्ने मलाई लाग्छ ।

४५. साहित्यमा कला वा राजनीति कुन पक्ष भएको राम्रो ?
अवश्य पनि साहित्यमा कला पक्ष नै बढि भएको राम्रो हो ।

४६. यहाँलाई अहिले नेपाली साहित्यको समस्या के हो जस्तो लाग्छ ?
नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थापन हुने क्रममा भएपनि अहिलेसम्म मोफसलका आवाजहरु राजधानीका सुनिएका छैनन् । मोफसलमा भएका धेरै राम्रा साहित्यहरु र प्रतिभाशाली स्रष्टाहरु मेफसलमानै हराइरहेका छन् । सरकारले तीनवटा एकेडेमी गठन गरेतापनि साहित्यको चौतर्फी र समानुपातिक विकासका लागि ठोस् कदम्हरु चाल्न सकेको छैन् ।यी नै अहिलेका जटिल समस्या भएका छन्् नेपाली साहित्यका लागि ।

४७. यहाँलाइ अहिलेसम्म नेपाली साहित्यका लागि के गरें जस्तो लाग्छ ?
इमान्दारीतापुर्वक भन्नुपर्दा मैले आँफ्नो साहित्यिक जीवनमा खासै केहि गरें जस्तो अनुभूति गरेको छैन । तर अव केहि गर्नुपर्छ भन्ने भावनाले मलाइ घच्घचाइरहन्छ ।

४८. अव आउने पुस्तालाई केहि भन्नुहुन्छ ?
सधै इमान्दार बन र असल साहित्य लेख ।

४९.सरुभक्त किन लेख्छ ?
सरुभक्त मानवीय अहमलाई अभिव्यक्त गर्न लेख्छ ।आँफूले देखेको, भोगेको र परिकल्पना गरेको कुराहरु जीवन र जगतलाई सम्वोधन गर्न लेख्छ । समग्रमा भन्नुपर्दा समयको आवाजलाई सुनाउनका लागि लेख्ने गर्छ ।

५०. अन्त्यमा आँफ्ना पाठक र शुभचिन्तकहरुलाई केहि भन्नुहुन्छ ?
प्रत्यक स्रष्टा आँफ्ना ज्ञात अज्ञात पाठकहरु र शुभचिन्तकहरुको माया र ढुकढुकीमा बाँच्न चाहन्छ । त्यसैले पाठक र शुभचिन्तकहरुले स्रष्टालाइ सधै उत्कृष्ट सिर्जनाको लागि उत्पे्ररण र हौसला दिने काम गर्नुपर्छ । धन्यवाद ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 6 आश्वीन, 2069

लेखकका अन्य रचनाहरु