असमेली नेपाली साहित्यकार गीता उपाध्याय

- लीला लुइटेल

१. विषयप्रवेश: परिचय
गीता उपाध्यायको जन्म सन् १९३९ फेब्रुअरी १४ मा असमको शोणितपुर भन्ने ठाउ“मा भएको हो । राजनीतिशास्त्रमा एम्.ए. अध्ययन पूरा गरी शिवसागर कलेजमा राजनीतिशास्त्र प्रवक्ताको रूपमा प्रवेश गरेकी उपाध्याय यसै कलेजमा विभागाध्यक्षसमेतको कार्यभार पूरा गरी हाल सेवा निवृत्त भएकी छन् । नेपाली साहित्य परिषद्, असमिया लेखिका संस्था एवं भारतीय गोर्खा परिसङ्घको अध्यक्ष समेत रहेकी यिनी असम साहित्य सभाको सदस्य तथा असमिया भाषाको प्रगतिशील महिला पत्रिका जोनाको काटको आजीवन सदस्यका रूपमा विभिन्न साहित्यिक संस्थामा आÇनो सक्रियता देखाइरहेकी छन् । साहित्यिक सङ्घसंस्थाका अतिरिक्त सर्वभारतीय राजनीति विज्ञान संस्था एवं सर्वभारतीय निरक्षरता उन्मूलन समितिको आजीवन सदस्य, सेवा साधना संस्थाको अध्यक्ष, हरिहर धाम उन्नयन समिति, तेजपुरको संरक्षकजस्ता पदमा रहेर विभिन्न गैरसाहित्यिक संस्थामा पनि कार्य गरिसकेकी यिनी कुशल सङ्गठकका रूपमा परिचित छन् ।
नेपाली, हिन्दी, असमिया, बङ्गाली, अङ्ग्रेजी आदि विविध भाषा पढ्न, बोल्न र लेख्न सक्षम गीता उपाध्यायको कलम नेपाली र असमिया दुवै भाषामा समान रूपले चलेको पाइन्छ । साहित्यका विविध क्षेत्र र विधामा सक्रिय उपाध्यायका हालसम्म निम्नलिखित पुस्तकाकार कृति प्रकाशित छन् ः
कथा ः कथाञ्जली (२००५) ।
निबन्ध ः मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म (२००३, नियात्रा),
महापुरुष शङ्करदेव जीवन र कर्म (२००३, जीवनी) ।
बालसाहित्य ः आमा म फाष्र्ट भएँ (उपन्यास),
एन फ्रेन्क बाल्यकालमा (२००९) ।
अनुवाद ः एन फ्रेन्कको डायरी (१९७२),
भानुभक्तको रामायण (१९८७, नेपालीबाट असमिया),
मुनामदन (२०००, नेपालीबाट असमिया),
दरबारकी सुसारे (२००८, असमियाबाट नेपाली),
अभियात्री (२०१०, असमियाबाट नेपाली),
कला सूरूज (१९९८, नेपालीबाट असमिया),
नेपाल देशर लोक साधु (२००१, नेपालीबाट असमिया),
निज अभिव्यक्तिर दापोनत कर्मवीर धनबहादुर सोनार (२००८, नेपालीबाट असमिया),
थलुवा सन्तान (२००८, अङ्ग्रेजीबाट असमिया),
आनन्दी गोपाल (२००८, मराठीबाट असमिया)
सम्पादन ः चिन्ता चयनिका (१९९२, निबन्ध सङ्ग्रह)
असमिया नारी कविका निर्वाचित कविता (२००२),
टङ्कनाथ उपाध्यायको मौलिक रचना ।
माथि उल्लेख गरिएबाहेक गीता उपाध्यायका असमिया भाषामा मा मइ फस्र्ट हलों (१९९७), एन फ्रांकर गल्प (१९९६) जस्ता बालसाहित्य एवं सुवासित बताह (२००५) शीर्षक कथा सङ्ग्रहलगायत विभिन्न विधाका गरी एघारवटा पुस्तकाकार कृति प्रकाशित भएको जानकारी पाइन्छ ।
लामो समयदेखि सिर्जना, अनुवाद, सम्पादन आदिका माध्यमबाट नेपाली एवं असमिया भाषासाहित्यको सेवा गरेबापत यिनी विभिन्न पुरस्कार तथा सम्मानबाट पुरस्कृत एवं सम्मानित पनि भएकी छन् । पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार (२००१) बाट पुरस्कृत यिनी १५ अगस्ट २००३ देखि असम सरकारद्वारा साहित्यिक पेन्सन प्राप्त व्यक्तित्व हुन् । यसका साथै यिनी सिक्किम अकादमीको सम्मानीय सदस्य (२००७) का रूपमा मनोनीत पनि भएकी छन् । यिनी पारिजात स्मृति साहित्य पुरस्कार, मितेरी सम्मान (२००७), फुलचन्द्र खण्डेलवाल संहति पुरस्कार (२००९), डा. नीलिमादत्त स्मृति अनुवाद पुरस्कार (२००९), महाकवि देवकोटा शताब्दी सम्मान (२०१०), लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कार (२०१०) जस्ता नेपाल तथा भारतबाट प्रदान गरिने विभिन्न पुरस्कार तथा सम्मानबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छन् ।
२. विषयविस्तार ः साहित्यकार गीता उपाध्यायको व्यक्तित्व
साहित्यकार गीता उपाध्याय सिर्जन, अनुवाद एवं सम्पादनका माध्यमबाट साहित्यका क्षेत्रमा निरन्तर रूपमा सक्रिय व्यक्तित्व हुन् । यिनको लेखकीय व्यक्तित्वका विविध पाटालाई केलाउ“दै तिनको विश्लेषण गर्नु यस लेखको अभीष्ट रहेको छ ।
(१) कथाकार व्यक्तित्व
निकै अगिदेखि नै विविध क्रियाकलापका माध्यमबाट साहित्य सेवामा सक्रिय देखिए पनि गीता उपाध्यायले नेपाली भाषामा कथा लेख्न थालेको पछि आएर मात्र हो । २००३ को हाम्रो ध्वनिमा प्रकाशित ‘जन्मदिन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेकी गीता उपाध्यायको कथाञ्जली (२००५) नामक कथा सङ्ग्रह प्रकाशित छ । १७ वटा कथा सङ्कलित यस सङ्ग्रहका सबै कथाहरू छोटाछोटा संरचनामा आबद्ध छन् । जीविकोपार्जनका क्रममा सन्तान विभिन्न ठाउ“मा जान बाध्य भएपछि बृद्ध आमाबाबुले तिनको सम्झना गर्दै एकाङ्गी जीवन बिताउनु पर्ने बाध्यात्मक परिस्थितिको चित्रण पाइने यिनका कथामा परम्परागत परिवारिक संरचना क्रमशः विघटित हु“दै गएको युगीन यथार्थलाई देखाइएको छ । वर्तमानमा विकराल रूपमा रहेको बेरोजगारी समस्या तथा यसबाट उत्पन्न हुनसक्ने हिंसा, हत्या एवं आतङ्कको स्थिति, देहव्यापार तथा चेलीबेटी बेचबिखन, विधवा समस्याजस्ता पारिवारिक तथा सामाजिक क्षेत्रमा देखापर्ने सन्दर्भहरूलाई प्रस्तुत गरिएका यिनका कथामा शिक्षितहरूले काम गर्नु हु“दैन, जागिर खानैपर्छ भन्ने परम्परागत सङ्कीर्ण सोचाइको खण्डन गर्न खोजिएको छ । ‘प्रकृतितर्पm फर्क’ भन्ने अवधारणाको प्रस्तुति पाइने यिनका कथामा प्रकृति र मानवको तादात्म्यलाई देखाइएको छ । यिनका कथामा परिआएका समस्यालाई सहज ढङ्गमा लिई जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर अगि बढ्नु पर्ने भाव अभिव्यञ्जित छ । चरम गरिबीबाट उत्पन्न हुनसक्ने विविध प्रकारका सन्दर्भ पनि यिनका कथामा अभिव्यञ्जित छन् । यिनका कथामा पुरुषको स्वेच्छाचारी वृत्तिलाई देखाउ“दै नारी अस्मिताको खोजीका साथ नारीवादी अवधारणालाई पनि प्रस्तुत गरिएको छ । अर्काको गर्भ भाडामा लिएर आÇनो सन्तान जन्माउन लगाउने प्रक्रिया अर्थात् वर्तमानमा प्रचलित ‘सरोगेट मदर’ र सन्तान जन्माउन चाहने आमाका बीचको द्वन्द्वलाई यिनको ‘मातृत्व’ शीर्षक कथामा सटीक ढङ्गले प्रस्तुत गरिएको छ । दमित यौनेच्छाको अभिव्यक्ति भएका यिनका कथामा यदाकदा मनोविज्ञानको स्पर्श पनि पाइन्छ ।
अधिकांशतः नेपाली जातीय सहभागीको प्रयोग पाइने गीता उपाध्यायका कतिपय कथामा असमिया जातिका सहभागीलाई पनि उपस्थित गराइएको छ । प्रायः अनुकूल सहभागीको प्रयोग पाइने यिनका कथामा प्रतिकूल सहभागीको उपस्थिति अत्यन्त न्यून रहेको छ । यिनका कतिपय कथामा प्रयुक्त प्रतिकूलजस्ता देखिने सहभागी आÇनो व्यक्तिगत स्वभावका कारणबाट नभई परिस्थितिका कारण प्रतिकूलजस्ता देखिए पनि ती यथार्थमा प्रतिकूल नभई अनुकूल प्रवृत्तिकै रहेका छन् । असमेली नेपाली सहरिया परिवेशमा लेखिएका भए पनि यिनका अधिकांश कथा सार्वकालिक एवं सार्वस्थानिक विशेषतायुक्त देखिन्छन् । सुखद एवं दुखद दुवै वातावरण चित्रित यिनको कथाको अभीष्ट असमेली नेपाली जनजीवनका माध्यमबाट युगीन यथार्थलाई प्रस्तुत गर्नु रहेको छ । असमको सहरिया परिवेशको चित्रण पाइने यिनका कथामा तत्सम शब्दका साथै असमिया शब्दको प्रयोग पर्याप्त मात्रामा भएको छ । सरल भाषिक विन्यासमा संरचित यिनका कथामा प्रयुक्त वाक्य गठनमा असमेली नेपाली भाषिकाको प्रभाव रहेको देखिन्छ ।
(२) उपन्यासकार व्यक्तित्व
गीता उपाध्यायको आमा म फास्ट भए“ शीर्षक बालउपन्यास प्रकाशित छ । प्रकाशन मिति उल्लेख नभएको प्रस्तुत उपन्यास ६ परिच्छेद र ४५ पृष्ठको लघु आयाममा संरचित छ । पोषणसम्बन्धी उचित ज्ञानको अभावमा बालबालिकाको स्वास्थ्यमा हुनसक्ने असरलाई प्रस्तुत गर्दै सहज एवं सरल ढङ्गमा उपलब्ध हुनसक्ने सामग्रीबाटै उचित पोषण पूर्ति गर्न सकिन्छ भन्ने विषयलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । अनुकूल सहभागी प्रयुक्त यस उपन्यासमा असमेली परिवेश चित्रित छ । सुरुमा दुखद वातावरणको प्रस्तुति पाइए पनि यस उपन्यासको अन्त्यचाहि“ अत्यन्त सुखद वातावरणमा भएको छ । सन्तुलित भोजनका विषयमा अभिभावक एवं बालबालिकालाई जानकारी गराउने उद्देश्यद्वारा अभिप्रेरित यो उपन्यास प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छ । सरल एवं सहज भाषा प्रयुक्त यस उपन्यासमा असमेली कथ्य भाषाको प्रभाव रहेको छ । उपन्यासकार स्वयंले असमिया भाषामा अनुवाद गरी मा मइ फस्र्ट हलों (१८९७) शीर्षकमा प्रकाशित गर्नुले पनि प्रस्तुत उपन्यास लोकप्रिय रहेको सङ्केत पाइन्छ ।
(३) निबन्धकार व्यक्तित्व
गीता उपाध्यायको स्वदेश तथा विदेशको यात्रा विवरणमा आधारित नियात्रा सङ्ग्रह मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्ममा सङ्गृहीत रचना विभिन्न छ वटा शीर्षकमा विभाजित छन् । तीमध्ये ‘मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म’ शीर्षक रचना निकै लामो भएकाले यसलाई प्रसङ्गअनुरुप ११ उपभागमा विभाजित गरिएको छ । यसमा सङ्कलित नियात्राहरू कुनै असम क्षेत्रमै गरिएका यात्रामा आधारित छन् भने कुनै भारतको उत्तराञ्चलमा पर्ने विभिन्न तीर्थस्थलको भ्रमणमा आधारित छन् । यसका साथै छिमेकी देश नेपाल तथा युरोपको एउटा शक्तिशाली देश बेलायत यात्राको सन्दर्भ पनि यिनका निबन्धमा समेटिएका छन् । यसमा सङ्कलित प्रायः सबै रचनाहरूमा शीर्षकबाटै कृतिमा वर्णित ठाउ“हरूको जानकारी पाइने यस कृतिमा पुगेका ठाउ“को भौगोलिक, प्राकृतिक एवं सांस्कृतिक पक्षको वर्णन आवश्यकताअनुसार गरिएको छ । भ्रमण गरिएका ठाउ“को वर्णन गर्दै जा“दा विभिन्न सन्दर्भ जोडेर सामाजिक विसङ्गति र विकृतिको उल्लेख गर्दै तिनप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति यिनका नियात्रामा पाइन्छ । यिनका अधिकांश नियात्राहरू विभिन्न तीर्थस्थलको यात्रामा आधारित भएकाले तिनमा अलौकिक ईश्वरीय शक्तिप्रति आस्था पनि प्रकट गरिएको छ । यिनका नियात्रामा धार्मिक तीर्थस्थल मात्र नभई साहित्यिक तीर्थस्थलको पनि वर्णन गरिएको छ । नेपाली जातीय एकताका प्रतीक आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहु“ तथा विश्वविख्यात नाटककार सेक्सपियरको जन्मस्थल स्टाफोर्डअपन इभनलाई साहित्यिक तीर्थ भएको धारणाको अभिव्यक्तिका साथ ती स्थानमा पुग्दाको अनुभूतिलाई भावुक एवं कलात्मक ढङ्गले यिनका नियात्रामा प्रस्तुत गरिएको छ ।
आपूm पुगेका ठाउ“को भौगोलिक, सांस्कृतिक आदि पक्षको वर्णन गरिएका गीता उपाध्यायका नियात्रागत रचनामा उक्त ठाउ“को ऐतिहासिक जानकारीका साथ त्यसस“ग सम्बन्धित आपूmले सुनेका विभिन्न प्रकारका किंवदन्ती एवं कथाहरूको पनि प्रयोग पनि गरिएको छ । यसका साथै आपूmद्वारा अर्जित पूर्व ज्ञानको उपयोग गर्ने लेखकको प्रयास प्रशंसनीय छ । लेखकको अध्ययन र पूर्व ज्ञानमा आधारित यसप्रकारको इतिहास तथा सूचनामूलक ज्ञानहरूको प्रयोगबाट पाठकले अत्यधिक र यथार्थमूलक सूचना लिन सक्ने देखिन्छ । यस्ता सन्दर्भले नियात्रालाई पठनीय, रोचक एवं प्रभावकारी बनाएका छन् ।
गीता उपाध्यायका नियात्रामा प्रयुक्त भाषा सरल एवं सहज रहेको छ । तत्सम आधिक्य पाइने यिनका नियात्रामा असम क्षेत्रमा बोलिने कथ्य नेपालीको प्रभाव पनि पाइन्छ । यसका साथै यिनका निबन्धमा उखान तथा टुक्काको पनि प्रयोग पाइने यिनका यात्रानिबन्धमा वर्णनात्मक एवं विवरणात्मक शैली प्रयुक्त छ ।
निबन्धकार गीता उपाध्यायको अर्को निबन्धात्मक कृति महापुरुष शङ्करदेव जीवन र कर्म (२००३) प्रकाशित छ । असमिया साहित्य, सङ्गीत, नृत्य, चित्रकलालगायत वैष्णव धर्मको प्रचारजस्ता विभिन्न क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याउने एवं असमिया साहित्यमा युगकै निर्माण गर्ने पन्ध्रौ“ शताब्दीका बहुमुखी प्रतिभाका रूपमा परिचित शङ्करदेवका जीवनीका विविध पाटालाई अनुसन्धानमूलक ढङ्गले प्रस्तुत गरिएको छ । शङ्करदेवद्वारा रचित विभिन्न साहित्यिक कृतिको उल्लेख गर्दै उनका प्रतिनिधि रचनाको विश्लेषण गरिएको यस कृतिमा गीता उपाध्यायको समालोचकीय व्यक्तित्व पनि प्रस्टिएको छ ।
(४) सम्पादक व्यक्तित्व
नेपाली साहित्यका विविध विधामा कलम चलाउने गीता उपाध्याय सम्पादकका रूपमा पनि परिचित छन् । यिनीद्वारा सम्पादित असमिया नारी कविका निर्वाचित कविता (२००२) नामक कृति प्रकाशित छ । यसमा विभिन्न समयमा असमिया भाषामा कलम चलाउने सत्तरी जना महिलाहरूका कविता नेपाली भाषामा अनुवाद गरी तिनलाई कालक्रमिक रूपमा समाविष्ट गरिएको छ । यिनले चिन्ता चयनिका (१९९२) नामक कृतिका माध्यमबाट असमिया भाषाका निबन्धहरूको पनि सम्पादन गरेकी छन् । आÇना पिता टङ्कनाथ उपाध्यायका छरिएर रहेका रचनाहरूलाई सङ्कलन गरी टङ्कनाथ उपाध्यायको मौलिक रचना नामक कृति यिनको सम्पादनमा प्रकाशित भएको जानकारी पाइन्छ ।
(५) अनुवादक व्यक्तित्व
गीता उपाध्यायले १९७२ मा नेपालीका जातीय उन्नायक एवं भाषिक एवं सांस्कृतिक एकताका उन्नायक एवं शीर्षस्थ कवि भानुभक्तको रामायणलाई नेपालीबाट असमिया भाषामा अनुवाद गरेकी छन् । यिनले नेपालीबाट असमिया भाषामा अनुवाद गरेको नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटाको अत्यन्त लोकप्रिय काव्यकृति मुनामदन पनि २००० मा प्रकाशित छ । कविताबाहेक यिनले भरत जङ्गमको कालो सूर्य शीर्षक उपन्यासलाई कला सूरूज शीर्षक दिई असमिया भाषामा अनुवाद गरेको पाइन्छ । नेपाली लोककथाहरू असमिया भाषामा अनुवाद गरिएको यिनको नेपाल देशर लोक साधु नामक कृति पनि प्रकाशित छ । यिनले ज्योतिप्रसाद आगरवालाको कारेङर लिगिरी शीर्षक नाटकलाई दरबारकी सुसारे शीर्षकमा असमियाबाट नेपालीमा अनुवाद गरेको पाइन्छ । यो नाटक २००८ मा प्रकाशित भएको देखिन्छ । यसैगरी असमिया उपन्यासकार निरूपमा बरगोहाईको उपन्यासको अनुवाद अभियात्री (२०१०) नामक कृति पनि प्रकाशित छ । यिनले धनबहादुर सोनारको जीवनीलाई निज अभिव्यक्तिर दापोनत कर्मवीर धनबहादुर सोनार (२००८) नाम दिई नेपालीबाट असमियामा अनुवाद गरेकी छन् । यसरी अनुवाद कार्यका माध्यमबाट नेपाली र असमिया भाषामा लोकप्रिय रहेका विभिन्न कृतिलाई एक अर्का भाषीबीच परिचित गराउनु यिनको उल्लेखनीय वैशिष्ट्य हो । यसले यिनलाई नेपाली र असमिया भाषीबीच सेतुको रूपमा स्थापित गरेको छ । यी दुई भाषाबाहेक यिनले अङ्ग्रेजीबाट पनि असमिया एवं नेपालीमा विभिन्न कृतिको अनुवाद गरेको जानकारी पाइन्छ । यिनले एन फ्रेन्कको डायरीको अनुवाद अङ्ग्रेजीबाट नेपाली एवं असमिया दुवै भाषामा गरेकी छन् । यसैगरी यिनले भूमिपुत्र (२००८, अङ्ग्रेजीबाट असमिया) नामक कृतिको पनि अनुवाद गरेको देखिन्छ ।
एक भाषाबाट अर्काे भाषामा विभिन्न कृतिको अनुवाद गर्दा यिनले मूल कृतिको मर्मलाई पहिल्याएर सरल ढङ्गमा प्रस्तुत गरेको पाइन्छ । यसरी अनुवाद गर्दा लक्षित भाषामा नभएका सांस्कृतिक सन्दर्भ तथा शब्दलाई मूलको यथावतै राखी पादटिप्पणीका रूपमा यस्ता शब्द तथा सांस्कृतिक सन्दर्भलाई अथ्र्याइएको छ । यसरी मूल भाषाका शब्दलाई यथावत रूपमा प्रस्तुत गर्दै लक्षित भाषाका पाठकलाई सुगम तरिकाले बुझाउने प्रयास गर्नु यिनको अनुवाद कलामा पाइने वैशिष्ट्य हो ।
३. उपसंहार
नेपाली र असमिया दुवै भाषामा उत्तिकै मात्रामा कलम चलाउने असमेली नेपाली साहित्यकार गीता उपाध्यायका मौलिक तथा अनूदित थुप्रै कृतिहरू प्रकाशित छन् । लगनशील र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा रहेकी गीतालाई कुशल सङ्गठकका रूपमा पनि लिने गरेको पाइन्छ । कथा, उपन्यास, नियात्रा र जीवनीमूलक निबन्धको पनि सिर्जना गर्ने गीता उपाध्यायले अङ्ग्रेजीलगायत असमियाबाट नेपालीमा र नेपालीबाट असमियामा विभिन्न कृतिहरूको अनुवाद गरी दुवै भाषामा एकअर्काको साहित्यलाई परिचित गराउने उल्लेखनीय कार्य गरेकी छन् । कुशल सर्जक र अनुवादकका रूपमा रहेकी गीता उपाध्यायका रचनामा नारीवादको प्रभाव पनि पाइन्छ । लगभग चार दशक लामो साहित्ययात्राका क्रममा यिनले भारतीय नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएकी छन् । विविध विषय र विचारको प्रस्तुतिका साथ नेपाली साहित्यको उन्नयनमा सक्रिय गीता उपाध्यायका रचनामा बहुजाति, बहुधर्मी एवं बहुभाषी असमका विभिन्न समाज, साहित्य र संस्कृतिका बीचमा समन्वय स्थापित गरी अगि बढ्नुपर्ने धारणाको प्रस्तुति पाइन्छ । नेपाली जाति र भाषाप्रति सम्मान प्रकट गर्ने गीताले नेपाली जातिमा एकता हुनुपर्ने धारणा अभिव्यक्त गरेको पाइन्छ । लामो समयदेखि साहित्य सेवामा क्रियाशील गीता उपाध्यायको योगदान नेपाली र असमिया दुवै साहित्यमा उल्लेखनीय र महŒवपूर्ण रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 20 श्रावण, 2069

लेखकका अन्य रचनाहरु