जन्मभूमिमा नागरिक सम्मान पाउँदाको अनुभूति

- डा. खगेन्द्रप्रसाद लुइटेल

जननीजन्मभूमिश्च स्वर्गादपिगरीयसि... मेरो जन्मभूमि तेरथुम, सोल्मा– ९ कालिमाटी । मेरो तेरथुमस“गको साइनो अनि तेरथुम बसाइ र छोडाइबारे केही रोचक प्रसङ्ग छन् ... ।
मैले प्राथमिक शिक्षा त्यही“ मेरा हजुरबाका नाममा स्थापित गौरीशङ्कर प्राविमा लिए“ । त्यहा“ मलाई सुरुमै कक्षा तीनमा भर्ना गरियो । त्यसमा स्कुल फस्ट गरे“ र मलाई डबल प्रमोसन गरी पा“च कक्षामा लगियो । त्यसमा पनि म स्कुल फस्ट नै भए“ । त्यसपछि मलाई इटहरीको जनता माविमा कक्षा छ मा भर्ना गरियो । कक्षा छ मा केही समय पढेपछि म गर्मीले त्यहा“ बस्न सकिन र पुनः तेरथुमै फर्किए“ । घरबाट तीन घन्टाजति उकालो हि“डेर पुगिने रत्न मिडिल स्कुलमा मलाई भर्ना गरियो र त्यहा“ मैले घरबाटै धाएर एक वर्ष पढे“ । त्यस स्कुलमा मैले छ कक्षाको अर्धवार्षिक परीक्षामा स्कुल फस्ट गरेपछि बीचैमा सातमा लगियो, त्यसमा पनि स्कुल फस्ट नै गरे“ । घरनजिक हाइस्कुल नभएकाले मलाई छथर फाक्चामाराको नवीन शिक्षा सदन माविमा कक्षा आठमा भर्ना गरियो र मैले त्यही“बाट एस्.एल्.सी. पास गरे“ । मैले त्यस स्कुलबाट एस्.एल्.सी. पास गर्नुभन्दा अगि लगातार दुई पटक स्कुलको एस्.एल्.सी. रिजल्ट निल गएको थियो । त्यस वर्ष पनि स्कुल निल गएमा स्कुल काटिन्थ्यो रे । संयोग नै भन्नुपर्छ त्यस ब्याचमा मैले मात्र एस्.एल्.सी. पास गरे“ । स्कुल काटिनबाट जोगाइदिएको भन्दै सबको वाहवाह, ताली, प्रशंसा पाउ“दा म फुरुङ्ग भए“ । त्यतिखेर म निकै सानो गा“ठीको थिए“ । फाक्चामाराबाट एकजना मात्र एस्.एल्.सी. पास गर्ने मान्छे कस्तो होला भन्ने कुरा अनेकका मुखबाट आÇनै अगि सुन्दा मक्ख पर्थे“ तर त्यो म नै हु“ भनेर कसैलाई भन्दैनथे“ ।
एस्.एल्.सी. पास गर्दा म सानो भए पनि क्याम्पस पढ्ने भैसकेको थिए“ । म एकदिनको बाटो टाढा भएर पनि घरबाट नजिक पर्ने धनकुटा बहुमुखी क्याम्पसमा आई.ए. मा भर्ना हुन गए“ । त्यतिखेर क्याम्पसमा भर्ना हुन नागरिकताको प्रमाणपत्र पनि चाहिने रहेछ, त्यो मस“ग थिएन । म तुरुन्त घर फर्केर नागरिकता बनाउन भनी सदरमुकाम म्याङलुङ पुगे“ । फर्म भरेर बुझाइयो तर मलाई त्यहा“का कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन’ भनी हप्काए । त्यतिखेर सिडिओलाई भेट्न ठूलै मान्छेलाई त कठिन थियो भने मजस्ता फुच्चालाई सजिलो हुने कुरै भएन । म ढोकामा बसेका पुलिसको आ“खा छलेर सुट्ट सिडिओको कोठामा पसे“ र मलाई नागरिकता चाहियो भने“ ।
सानो फुच्चेले नडराई बोलेको सुनेर हो कि किन हो सिडिओले हा“स्दै भने— ‘तिमीलाई किन चाहियो बाबु नागरिकता ? यति सानो बच्चालाई नागरिकता दिन त मिल्दैन नि ∕’ मैले ‘क्याम्पस पढ्न नागरिकता चाहिएको’ बताएपछि त्यही“ बसेका अरू पनि हा“से । सायद ती जिल्लाका ठुटे नेता थिए होलान् । सिडिओले फेरि भने— ‘क्याम्पस पढ्न त एस्.एल्.सी. पास गर्नुपर्छ नि, एस्.एल्.सी. पास गरेपछि मात्र नागरिकता लिन आउनू अहिले घर जाऊ’ । मैले तत्कालै भने“— ‘एस्.एल्.सी्. पास गरेरै त म नागरिकता बनाउन आएको नि ।’ त्यहा“ बसेका सब हा“स्न थाले, मलाई भने रिसरिस उठिरहेको थियो । सिडिओले सोधे— ‘कैले पास गरेको बाबु एस्.एल्.सी. ?’ मैले ‘यसैपालि’ भन्नेबित्तिकै उनले सोधे ‘कहा“बाट ?’ मैले पनि कड्केरै भनिदिए“— ‘नवीन शिक्षा सदन मावि फाक्चामाराबाट ।’ सिडिओले भने— ‘त्यहा“बाट खगेन्द्रप्रसाद लुइटेल नाम गरेको एकजनाले मात्र पास गरेको होइन र ?’ सिडिओलाई पास गर्नेको नामसमेत थाहा भएको तर पास गर्ने मान्छेचाहि“ थाहा नभएको कुरा मैले बुभे“m । मैले पनि हा“स्दै तत्कालै भनिदिए“— ‘यहा“ नागरिकता बनाउन दुईजना आएका छन् र ? त्यो एकजना त मै हु“ ।’ सबजना चुपचाप मेरा कुरा सुनिरहेका थिए ।
त्यत्तिकैमा एकजनाले तिमी कसको छोरा हौ बाबु भनेर सोधे । मैले इन्द्रप्रसाद लुइटेलको भने“ । ती सबैले मेरो बुबालाई राम्ररी चिन्दा रहेछन् । सिडिओले सोधे— ‘तिम्रो रोलनम्बर कति हो बाबु ?’ मैले पनि फट्ट भनिदिए“— ‘३३८८५ जी ।’ उनले टेबुलमै राखेको एउटा पत्रिका पल्टाएर नम्बर खोजे र नम्बर भेट्टाएपछि ‘बधाइ छ बाबु बस्नुहोस्’ भने । मैले त्यतिखेरसम्म मेरो नम्बर छापिएको पत्रिका देखेकै थिइन“ । पत्रिकामा छापिएको नम्बर देख्नेबित्तिकै म ‘तिमी’ बाट ‘तपाईं’ मा प्रमोसन भए“ । म पनि छेउको सोफामा बसे“ । त्यो मेरो जीवनमा ठूला मान्छेका अगि सोफामा बसेको पहिलोपटक थियो ।
सिडिओले घन्टी बजाएर फा“टवालालाई बोलाई ‘उहा“को नागरिकता तुरुन्त बनाइदिनू’ भन्ने आदेश दिए र मलाई ‘उनैस“ग जानू’ भने । म तिनै फा“टवाला महिलाको कोठामा गए“ ।
अब मेरो नागरिकता बन्ने भो म क्याम्पस पढ्न पाउने भए“ भन्ने कुरामा म ढुक्क भए“ । फा“टवालीले मतिर हेर्दै नहेरी ‘तीन दिनपछि आउनू अहिले जाऊ’ भनिन् । तिनका बडाहाकिमले तपाईं भन्न थालेका बेला तिनले तिमी भन्दा रिस त उठ्यो तर मैले नरम स्वरमा भने“— ‘मेरो क्याम्पस एड्मिसनको अन्तिम मिति भोलि छ आज नागरिकता नबने मेरो एड्मिसन नै हु“दैन त्यसैले आजै बनाइदिनुहोस् न ।’ तिनले मलाई हप्काउ“दै भनिन्— ‘आज बन्दैन, आजै चाहिने भए दुध खुवाउनुपर्छ ।’ मैले कुरा बुझिन र सोधे“— ‘कस्तो दुध ? मस“ग त दुध छैन ।’ छेउमा बसेको अर्काले खुसुुक्क त्यसको अर्थ बताइदियो । त्यो त तिनीहरूको कोड ल्याङ्ग्वेज पो रहेछ, मस“ग पैसा पो मागेका रहेछन् । म जुरुक्क उठेर कुद्दै सिडिओका कोठामा पुगेर सब कुरा बताए“ । सिडिओले जङ्गिएर घन्टी बजाउ“दै तिनलाई बोलाएर मेरै अगाडि तिनको घन्टी बजाइदिए र उहा“को नागरिकता तुरुन्त लिएर आउनू भने । म त्यही“ बसिराखे“ । केही छिनमै तिनी पहाडे कागज टा“सेको रातोबुक लिएर आइन् । सिडिओले सही गरेर मलाई नागरिकता दि“दै हात मिलाए र ‘राम्रो पढ्नू है’ भने । सिडिओस“ग हात मिलाउ“दा म त फुरुङ्ग, खुट्टै भुइ“मा रहेनन् ।
मलाई उता फा“टमा बोलाइयो र एउटा खातामा सही गर्न लगाइयो । मैले सही गरेपछि यस्तो कुरा सिडिओलाई किन भनेको भनेर ती महिला मलाई हप्काउन थालिन् । मैले ‘मस“ग किन दुध मागेको त ? म फेरि सिडिओसाबलाई भनिदिऊ“’ भनेपछि तिनले मस“ग माफी मागिन् । मेरो नागरिकताको पुछारमा तिनको पनि सही छ । तिनलाई द्वापरयुगमा पा“चजनाकी साझा भए पनि कलियुगमा एककी पनि हुन नसकेकी भन्दा रहेछन् । त्यस कुरास“ग मेरो कुनै सरोकार थिएन । मेरो सरोकार नागरिकताको प्रमाणपत्रस“ग मात्र थियो ।
म नागरिकता बोकेर घरतिर दौडिए“ । म बेलाबेला गोजीमा नागरिकता छाम्दै दौडि“दै तीन घन्टाजतिको बाटो पत्तै नपाई घर पुगे“ ।
मेरो नागरिकता फर्ममा सिफारिस गर्ने मालपोत अधिकृत परशुराम राई पछि कता गए थाहा भएन सिडिओ सुशीलकान्त झाचाहि“ सचिवसम्म भए ।
म भोलिपल्ट बिहान भालेको डाकमै उठेर धनकुटातिर लागे“ । क्याम्पसमा मेरो एड्मिसन भयो । म पहिलो दिन कक्षामा जा“दा एकजनाले ‘कसलाई भेट्न आएका हौ मिस पढाउन आउने बेला भयो पछि आउनू’ भन्यो । त्यत्तिकैमा मिस आइपुग्नुभो । हाजिर गर्दै जा“दा मेरो रोलनम्बर आएपछि म उठेर बोले“ । उहा“ले ‘हिजोअस्ति किन नआएको’ भनेर सोध्नुभयो । ‘मेरो एड्मिसन नै आज मात्र भएको’ भने“ । त्यतिखेर अगि मलाई बाहिर जा भन्ने साथीको अनुहार हेर्न लायकको देखियो । सायद मेरो पनि हेर्न लायककै थियो होला । निकै समयसम्म त्यो साथीस“ग बोलचाल भएन । पहिलो सेमिस्टरमा म फस्ट र ऊ फेल भएपछि उसले मस“ग माफी माग्यो । त्यसपछि हाम्रो मित्रता बढ्यो । म धनकुटा क्याम्पसबाट सर्वप्रथम हु“दै प्रथम श्रेणीमा आई.ए. पास गरेर घर फर्किए“ ।
मलाई शिक्षक हुने रहर जाग्यो । हुन त एस्.एल्.सी. दिएपछि केही समय आपैm“ पढेको गौरीशङ्कर स्कुलमा निःशुल्क पढाएको थिए“ । त्यसबाट मेरो रहर मेटिएको थिएन । मैले निमाविको अङ्ग्रेजी र गणित शिक्षकमा नियुक्ति पाए“ । पछि स्थायी हुने बेलामा थाहा भो मेरो त पुलिस रिपोर्ट बिग्रिसकेको रहेछ भन्ने । त्यो २०३६ सालको शिक्षक आन्दोलनमा जिल्लाभरि डुलेको परिणाम रे ∕
मलाई जिशिअमार्पmत सिडिओ कार्यालयमा बोलाइयो । पुरानो सिडिओ फेरिएछन्, नया“ आएछन् । तिनले ‘पञ्चायतको विरोध गर्ने’ भन्दै निकै हप्काए र ‘अबदेखि विरोध गर्दिन भन्ने कागज गरे मात्र शिक्षकमा स्थायी नियुक्ति दिने’ बताए । मैले पनि ठाडै जबाफ दिए“ ‘मैले के अपराध गरेको छु र कागज गर्ने ? सिडिओले जङ्गिदै जेल हाल्ने धम्की दिए । मैले पनि ‘हुन्छ’ भनिदिए“ । मान्छे सानो भए पनि कहा“ कम्तीको थिए“ र म पनि ∕ जिशिअले ‘कागज गर्दैमा के हुन्छ र’ भनी मलाई सम्झाउन खोजे । मैले ‘कुनै हालतमा कागज नगर्ने’ अडान लिएपछि मेरो जिद्दीका अगाडि तिनको केही लागेन । मलाई बाहिर पठाइयो । त्यहा“भित्र केके कुरा गरे मलाई थाहा भएन ।
अर्काे दिन जिशिअले बोलाएर मलाई स्थायी नियुक्ति दिए । पछि कुरो बुझ्दै जा“दा मलाई निगरानीमा राख्नेगरी नियुक्ति दिइएको रहेछ । जागिर खाने मेरो रहर मात्र थियो बाध्यता थिएन त्यसैले मलाई डर पनि थिएन । मलाई छथरदेखि आठराईसम्म अनेक ठाउ“मा सरुवा गरिए पनि मलाई केही फरक पार्दैनथ्यो । म जहा“ जान्थे“ जनताका बीचमा घुलमिल भइहाल्थे“ र पञ्चायत विरोधी राजनीतिको प्रचारप्रसार नै गर्थे“ । बेलाबखत आएर पुलिसले सोधपुछ गर्थे । म जहा“ गए पनि कट्टर पञ्चबाहेक सबैले रामै्र गर्थे । केही वर्षभित्रै मेरो पुलिस रिपोर्ट नसप्रिने गरी बिग्रिएछ । त्यसपछि म शिक्षकबाट राजिनामा दिएर बी.ए. पढ्न फेरि धनकुटातिर हि“डे“ । स्ववियु र विभिन्न सङ्गठनका जिम्मेवार पदमा बस्दै पटकपटक जेल यात्रा गर्दै फर्कदै मैले बी.ए. सर्वप्रथम भएरै उत्तीर्ण गरे“ र एम्.ए. पढ्न काठमाडौ“तिर लागे“ ।
एम्.ए. गर्नेबित्तिकै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमै पढाउन थाले“ । मेरो तेरथुम जाने क्रम घट्दै गयो । दुईतीनपटक म्याङलुङ क्याम्पसमा परीक्षा सञ्चालन गर्न जा“दा आÇनो घर पुगे“ । केही वर्षपछि मलाई तेरथुम क्याम्पसमा क्याम्पस प्रमुखको प्रस्ताव आयो । उता र यता दुवैतिरबाट निकै दबाब पनि दिइयो । म जान मानिन । मैले काठमाडौ“मा घर बनाए“, बिहे गरे“ अनि अलिअलि गर्दै म काठमाडौ“वासी हुनपुगे“ ।
यो सब कुराको बेलिविस्तार लगाएर मैले बडप्पन देखाउन खोजेको पटक्कै होइन । पुन्टुप्रसाद हु“दा कार्यालयमा कतिसम्म हेप्दारहेछन् अनि मेरो तेरथुमस“गको साइनो के रहेछ भन्ने जानकारी गराउन मात्र खोजेको हु“ । यथार्थ बताउ“दा बडप्पन पनि त हु“दैन नि ।
यतिखेर म कामको सिलसिलाबाट काठमाडौ“बासी हुनपुगे पनि मेरो मनमस्तिष्कमा तेरथुमका बाल्यकालीन संस्मरण ताजै छन् र मेरो तेरथुमप्रतिको माया उत्तिकै गाढा छ । कहिलेकाही“ सपनामा उतैका डा“डापाखा घुमिरहेको देख्छु, त्यसैमा पनि रमाइलो लाग्छ । श्रीमती र बच्चाको तेरथुम हेर्ने रहर पनि मैले पु¥याउन सकेको छैन । यो सब मेरो बाध्यता हो । आखिर म जहा“ पुगे पनि जे जत्रो भए पनि म तेरथुमकै उपज हु“, तेरथुम मेरो जन्मभूमि हो । गीताङ्गेले ‘तीनजुरेको डा“डामुनि ढल्क्यो तितेपाती, कुटे पनि मारे पनि आÇनै आमा जाती’ भनेभैm“ दुर्गम नै भए पनि मलाई तेरथुमको असाध्यै माया लाग्छ तर यताका कार्यव्यस्तताले र भौगोलिक दूरीले गर्दा सोचेको बेलामा जान सकिन्न । कहिलेकाही“ सपनामै त्यताका डा“डापाखा डुलेर चित्त बुझाएको छु । अनुकूल परेमा सेवानिवृत्त जीवन उतै बिताउनेछु । यो मेरो दिलको बोली हो । तपाईं भन्नु होला यस्तो माया लाग्ने भए तेरथुमै आए भइहाल्यो नि, किन काठमाडौ“ बसेको त ? कुरो ठीकै हो तर मेरो योग्यताअनुसारको बस्ने ठाउ“ त चाहियो नि मलाई पनि ।
केही वर्ष अगिको कुरा हो । म्याङ्लुङ क्याम्पसमा नेपाली एम्.ए. सञ्चालन प्रारम्भ गरिएपछि त्यहा“ शिक्षक राख्ने कुरामा मतभेद भएछ । यो त हामी नेपालीको पैतृक सम्पत्ति नै भएकाले अनौठो मान्ने कुरै भएन । त्यहा“ सर्वपक्षीय सहमतिबाट शिक्षक राख्ने काम मलाई जिम्मा दिने भनी निर्णय गरिएछ र मलाई बोलाइयो । मैले सुरुमा त मानिन तर सबैको आग्रहलाई नकार्न नसकेर म तेरथुम पुगे“ र सबै प्रक्रिया पु¥याएर भएमध्येको योग्य व्यक्तिलाई नियुक्ति दिने निर्णय गरे“ । त्यसलाई सबैले हार्दिकतापूर्वक स्वीकार गरे । म पनि प्रसन्न भएर फर्किए“ ।
यसपटकको नववर्षारम्भको अवसर पारेर तेरथुम महोत्सव गर्ने र त्यस अवसरमा तपाईंलाई विशेष सम्मान गर्ने निर्णय भएको हु“दा आइदिनुप¥यो भन्ने फोन पटकपटक आए पनि त्यसलाई मैले त्यति ध्यान दिएको थिइन । जब मलाई निम्ता गर्न आयोजक समितिका महासचिव लक्ष्मण तिवारी काठमाडौ“ आए तब मैले जानु नै उचित ठानेर ‘हुन्छ म आउ“छु’ भनिदिए“ । उताका सबै खुसी भएको जानकारी पाइयो । त्यसबाट म पनि खुसी नै भए“ । सबका मोबाइलमा ‘चुले निम्तो छ है तेरथुम महोत्सवमा’ भन्ने धुनबाट पनि महोत्सवको प्रचारप्रसार गरिएको थियो ।
म चैत २९ गते बुद्ध एयरबाट विराटनगर पुगी पुराना मित्र भरत शर्माकहा“ बसे“ । उनकी श्रीमती मेरी चेली । मलाई त्यहा“ बस्न असहज हुने कुरै भएन । मेरो जिल्ला दुर्गममा पर्छ । त्यहा“ अझसम्म हवाइमैदान बनेको छैन । बस पनि भर्खरै पुगेको छ । म केटाकेटी छ“दा हवाइमैदान बनाउने रे भन्ने हल्ला सुनेको थिए“ । अहिलेसम्म त्यो साकार भएको छैन । दुर्गमै भए पनि त्यो मेरै जिल्ला हो, मेरै जन्मभूमि मलाई त्यसकै माया छ ।
अर्काे दिन बिहान स्नातकोत्तर क्याम्पस विराटनगरमा गइयो । त्यहा“का शिक्षक एवं विद्यार्थीको आग्रहमा केही क्षण क्लास पनि लिइयो । ‘कीर्तिपुरमुखी रिजल्ट हुन्छ’ भन्ने विद्यार्थीको गुनासो सुनियो, ‘त्यसो नभएको’ बताइयो ।
तेरथुमबाट अगिल्लै दिन गाडी आइसकेको थियो । दुई बजेतिर हामी तेरथुमतिर लाग्यौ“ । साथमा निमित्त एल्डिओ नयराज नेपाल, लेखापाल दम्पती र दुईजना पत्रकार भाइ थिए । भेडेटारको उकालोस–ओरालो छिचोल्दै हाम्रो यात्रा अगि बढ्यो । तमोर नदी छेउको विश्रान्ति मन्दिर पार गरी केही माथि गाडी तातिएकाले हामी केही छिन सेलायौ“ । त्यहा“को जङ्गलमा प्रशस्तै बेल पाकेका रहेछन् । कागलाई बेल पाक्यो हर्ष न विस्मात् आदि भनी ठट्टा गर्दै पाकेका बेल फुटाएर खाइयो । केटाकेटीको स्वाद जिब्रामा बा“की नै रहेछ । हामी त्यहा“बाट उकालिएपछि धनकुटा सल्लेरी वनमा केही क्षण सुस्ताएर अझ उकालियौ“ । हिलेतिर पुगेपछि जाडोले मुटु हल्लाउन थाल्यो । जोरपाटी सिधुवा हु“दै हाम्रो यात्रा निरन्तर अगि बढ्दै गयो । वसन्तपुरमा पुगेर गुरा“से जुस र भात खाएर अगि बढियो । लसुने जिरीखिम्ती हु“दै राती दसबजेतिर म्याङलुङ पुगी एल्डिओको क्वार्टरमै सुतियो । मलाई बस्ने बन्दोबस्त अन्तै गरिएको भए पनि एल्डिओ निकै रमाइलो मान्छे भएकाले साथ छोडिएन, उनले पनि छोड्न मानेनन् ।
अर्काे दिन बिहान आयोजक समितिका पदाधिकारीलगायत थुप्रै तेरथुमेहरूस“ग भेटघाट भयो । पुरानास“ग परिचय नवीकरण गरियो अनि नया“स“ग परिचय गरियो । मलाई ‘तेरथुमको गहना’ भनी जताततै चर्चा गरियो । मानवीय स्वभाव हो प्रशंसा सुन्दा खुसी नै लाग्छ तर म कसैले लाउनचाहि“ नमिल्ने गहना परे“ । मैले आÇनो क्षेत्रबाट तेरथुमका लागि केही गरेको भए पनि यत्ति नै पर्याप्त छैन, अझ धेरै गर्नु छ भन्ने मलाई राम्रो बोध छ ।
त्यस दिन बिहान हाम्रो स्वागत र जिल्लाका विविध समस्याबारे छलफलको आयोजना जिविस हलमा गरिएको रहेछ । त्यही“ गइयो । आसन ग्रहण र परिचयात्मक कार्यक्रम सकिएपछि औपचारिक कार्यक्रम सुरु भयो । मूल आयोजक समितिका अध्यक्ष गोविन्दप्रसाद ढुङ्गानाको सभापतित्वमा भएको त्यस कार्यक्रममा स्वागत मन्तव्य २०३६ ताकाको शिक्षक आन्दोलनका मेरा सहयात्री एवं पूर्व जिविस सभापति किशोरचन्द्र दुलालले राखे । त्यसपछि जिल्लाका विविध गतिविधबारे लक्ष्मण तिवारीले कार्यपत्र प्रस्तुत गरेपछि विभिन्न व्यक्तिले आआÇनै ढङ्गबाट कार्यपत्रमाथि आलोचनात्मक टिप्पणी गरे ।
अन्त्यतिर मेरो बोल्ने पालो आयो । मबाट सुझाव मागिएकाले मैले विभिन्न विषयमा सुझाव नै दिनु उपयुक्त थियो । बाहिरबाट एकछिन आउनेले सल्लाह दिने मात्र हो काम यही“ बसेकाले गर्नुपर्छ । फेरि काम गर्नभन्दा सल्लाह दिन नै सजिलो । मैले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकतायुक्त तेरथुम जिल्ला नेपालमै छुट्टै पहिचान भएको जिल्ला रहेको र यहा“ अहिलेसम्म सबैका बीच रामै्र मेलमिलाप र सद्भाव रहेको तर सङ्घीयताका नाममा त्यो खल्बलिने हो कि चिन्ता व्यक्त गर्दै नखल्बलियोस् भन्ने आग्रह गरे“ । जिल्लाको समग्र पक्षलाई समेटेर त्यसको इतिहास लेखिनुपर्ने, सबै जातिका भाषा संस्कृतिको जगेर्नाका लागि सबैले मिलेर काम गर्नुपर्ने, साहित्यिक गतिविधि बढाएर समाजलाई सचेत तुल्याउनु पर्ने, कलासाहित्य एवं पर्यटनको विकास गर्नुपर्ने, त्यहा“का अनेक पोखरी, मन्दिर, गुम्बा, छहरा, जङ्गल आदिको चर्चा गरी पर्यटनका दृष्टिले यो जिल्ला सारै सुन्दर रहेको हु“दा यो हेर्न लायक छ भनी प्रचारप्रसार गर्नुपर्ने, अन्यत्रभन्दा छुट्टै विशेषता सर्वदलीय सहमति र प्रतिबद्धता प्रशंसानीय भएकाले यसलाई दिगो बनाउनुपर्ने, यहा“को ढाका उद्योगलाई थप विस्तार र प्रचारप्रसार गर्नुपर्ने, जिल्लाको चौतर्फी विकासका लागि तात्कालिक, अल्पकालिक र दीर्घकालिक योजना बनाएर कार्यान्वयन गर्नुपर्ने, अरूले काम गरेन भनी गाली गर्नुभन्दा आपूmले गरेर देखाउनेतर्पm क्रियाशील हुनुपर्ने आदि कुरा बताए“ ।
मैले तेरथुम जिल्लाको साहित्यिक योगदान र सबैजसो तेरथुमे साहित्यकारबारे त्रिविबाट शोध गराएको र गराउ“दै जाने बताए“ । आÇनो तेरथुमप्रति विशेष श्रद्धा रहेको र आपूmले विदेश जा“दासमेत तेरथुमे टोपी लाएर तेरथुमलाई सधै“ सिरमा राख्ने गरेको सन्दर्भ उल्लेख गर्दा सभा हल पनि निकै भावुक बनेको थियो । जिल्लाका ग्रामीण डा“डापाखामा बाटो खनेको देख्दा खुसी लागे पनि विना योजना जथाभावी डोजर कुदाएर बनाइएको सडकले विकासभन्दा बढी विनाश निम्त्याउ“छ भन्ने कुरातर्पm सचेत हुनुपर्छ भन्ने कुरा पनि बताए“ । विकासमा प्रतिस्पर्धा राम्रै कुरा हो तर त्यो योजनाबद्ध हुनुपर्छ । हामीले सर्वत्र सकारात्मक सोचाइ राखेर अगि बढेमा यस सुन्दर जिल्लालाई थप सुन्दर र विकसित तुल्याउन सकिनेलगायतका थुप्रै कुरा बताए“ । यी अनेक सन्दर्भमा मैले लामै भाषण गरे पनि कोही यताउता हलचल गरेनन् । मेरो कुरालाई बीचबीचमा तालीको गडगडाहटका साथ स्वीकार गरिरहे ।
त्यहा“को कार्यक्रम सकिएपछि खानपिन गरेर हामी टु“डिखेलतिर लाग्यौ“ । त्यहा“ निर्मित भव्य मञ्चमा हाम्रो सम्मान कार्यक्रम राखिएको रहेछ । हामीलाई त्यतै लगियो । एक्कासि घनघोर पानी दर्कियो । प्रकृतिले पनि हाम्रो आगमनलाई विशेष महŒव दिएभैm“ लाग्यो । त्यति ठूलो जनसमूह मैले तेरथुममा त के अन्यत्रका सम्मान कार्यक्रममा पनि यसपूर्व कहिल्यै देखेको थिइन । वारिपारि सबतिरका मान्छे ओइरिएका । पानीका पर्वाह नगरी ताली बजाइरहेका । त्यहा“को वातावरणले मलाई निकै भावुक तुल्यायो । म एकोहोरिएर त्यो दृश्य हेरिरहेको थिए“ ।
हाम्रो सम्मान कार्यक्रम सुरु भयो । हामीलाई मञ्चको अग्रासनमा ल्याएर राखियो । दर्के पानी र तालीको गडगडाहटका बीचमा हामीलाई तेरथुमे ढाकाटोपी लगाएर सम्मान गरियो । मैले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका प्रशस्तै सम्मान–पुरस्कार पाइसकेको भए पनि यो मेरो माटोबाट गरिएको सम्मान भएकाले त्यसको छुट्टै र विशिष्ट महŒव थियो । त्यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा रक्षामन्त्री विष्णुप्रसाद पौडेल पुगेका थिए । मलाई लाउके नेताका हातबाट सम्मान ग्रहण गर्न पटक्कै मन लाग्दैन । विष्णुजी पहिलेदेखि नै चिनेका कामरेड परे । फेरि त्यहा“को सम्मानमा हात मात्र उनको मनचाहि“ मेरा तेरथुमे जनताको भएकाले मैले प्रतिवाद नगरी सहज ढङ्गमा सम्मान ग्रहण गरे“ ।
कार्यक्रम सञ्चालक लक्ष्मण तिवारीले सम्मानपत्र पढेर सुनाए । तेरथुम महोत्सव मूल आयोजक समितिका अध्यक्ष गोविन्दप्रसाद ढुं्गाना, महासचिव लक्ष्मण तिवारी तथा प्रमुख अतिथि रक्षा मन्त्री विष्णुप्रसाद पौडेलद्वारा हस्ताक्षरित मलाई प्रदान गरिएको सम्मानपत्रमा यस्तो लेखिएको थियो—
तेरथुम जिल्ला सोल्मा गाविस— ९ कालीमाटीमा जन्म भै हाल काठमाडौ“ निवासी तपाईं डा. खगेन्द्रप्रसाद लुइटेलले नेपालको त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०५८ मा नेपाली साहित्यमा विद्यावारिधि उपाधि हासिल गरी विशेषतः विश्व साहित्यको आधुनिक संरचनावादी समालोचना पद्धतिको नेपालीमा प्रवर्तन र मानक स्थापना गर्नाका साथै भाषासाहित्यको अध्ययन, अध्यापन र अनुसन्धानका माध्यमबाट राष्ट्रको प्राज्ञिक उन्नयनमा महŒवपूर्ण योगदान पु¥याइरहनु भएकाले तेरथुम र समग्र राष्ट्रको गौरवको रूपमा हामी यहा“लाई सम्मान गर्दछौ“ ।
समूहबाट ‘धेरै पढेकाले मोटाउन सकेनछ, जिउ लागेनछ, कति धेरै पढ्न सकेको, सधै“ फस्ट हुन्थ्यो...’ जस्ता अनेक खुसखुसे टिप्पणी पनि सुन्दै थिए“ । त्यहा“को भिड छिचोलेर शौचालय जानसमेत हम्मेहम्मे थियो । मलाई भेट्न प्रतीक्षा गरिरहेका कतिपयस“ग सामान्य भलाकुसारी भयो । सबैस“ग भेटघाट गर्न पनि सकिएन ।
सित्तैमा हेलिकप्टर चढ्न पाएपछि आपूmलाई संविधान निर्माणका ठेकेदार ठान्ने तर कामचाहि“ भुत्लो पनि नझार्ने थुप्रै साक्षर र ल्याप्चेल्याप्चीहरू त्यहा“ नपुग्ने कुरै भएन । जिल्लाका मात्र के अन्तैका पनि आएका थिए ∕ फेरि एउटा दलको आएपछि सबै आउनै पर्ने तिनको मानसिकता । संविधान बनाउ“दाबनाउ“दै थाकेर एकछिन यहा“ आएको भन्ने ढर्रामा एकपछि अर्काे गर्दै नानाथरी भाषण छा“ट्न थाले तर तिनका कुरा कसैले पत्याए पो ¤ नपत्याए पनि नेते भाषण सुन्न बाध्य थिए जनता । हुन त संसद्मा बोल्न नपाउनेले गाउ“घरतिर यसो मान्छे जम्मा भएका ठाउ“मा पनि बोल्न नपाए के गरुन् विचराहरू । सबैले रातो पासपोर्ट यताउता गर्न पनि जानिसकेका छैनन् । संसद्मा तीन टाउकेका रिसोर्टे निर्णय र ≈िवप सुन्नुबाहेक अरू के नै पो काम छ र ती बबुराको । फेरि धेरजसो त संविधानभन्दा साउने धान मात्र बुझ्ने खालका । त्यस्ताले संविधान बनाएर छाड्छु भन्दा हा“स्नुबाहेक विकल्प थिएन । यो त हाम्रो नियति नै हो । सम्मान कार्यक्रम सकिएर नेताका भाषण थालिएपछि भिड पनि पातलि“दै गयो तर ठेउके नेता बोल्न छोडे पो । फेरि मान्छे भेला भएको देखेपछि कन्दै पा“डे भाषण छा“ट्न तिनको जिब्रो चिलाउन थालिहाल्छ ।
पानी र≈यो, घाम लाग्यो । नेते भाषणका बेला पातलि“दै गएको भिड पुनः बाक्लि“दै गयो । त्यस जिल्लामा बसोबास गर्ने विभिन्न जातिका लोकभाका र सांस्कृतिक कार्यक्रम सा“च्चिकै हेर्न लायक थियो । म त्यही“ जन्मेर पनि मैले ती सबै देख्न पाएको थिइन । यसपालि देख्दा सारै खुसी लाग्यो । त्यहा“को च्याब्रुङ नाच होस् वा मारुनी नाच, पुरुषका नृत्य हुन् वा नारीका सब एक से एक मनोरञ्जक... ।
कतिपय नेता भाषण सकी हेलिकप्टरतिर लागे भने कतिपय त्यतै बसे । मलाई हेलिकप्टरमा फर्कन भनिए पनि सबैको आग्रहमा अर्काे दिन वसन्तपुरको कार्यक्रममा पनि सहभागी हुनुपर्ने भएकाले फर्किइन । मैले मेरा तेरथुमेहरूको त्यत्रो सद्भाव र मायालाई बिर्सनै सकिन । फेरि एकपल्ट नेते हेलिकप्टर चढेर के गर्नु र ? निकै बेरसम्म सांस्कृतिक कार्यक्रम हेरी विभिन्न व्यक्तिस“ग भेटघाट गरियो । मलाई आÇनो गाउ“ र वरपर घुम्न जिल्ले हाकिमहरूले गाडी दिने पनि भनेका थिए तर मलाई तुरुन्त काठमाडौ“ फर्किएर गुवाहाटी युनिभर्सिटी जानु थियो भने त्यहा“को बाटो देख्दा त्यतातिर जाने हिम्मत गर्न पनि सकिएन ।
त्यस रात निकै रमाइलोस“ग म्याङलुङमै बिताइयो । राती ठट्टैठट्टामा एकजनाले यस महोत्सवको नाम ‘बलजिते’ र ‘भुलके’ राखिएको बताए । तिनको कुरो नबुझिएपछि उनैले त्यसलाई अथ्र्याए । बलजितेको अर्थ वसन्तपुर, लसुने, जिरिखिम्ती र तेरथुम अनि भुलकेको अर्थ भुपति, लक्ष्मण र केदार लगाए । पहिलो अर्थचाहि“ ठाउ“ समेटिएको हुनाले रामै्र लाग्यो, पछिल्लोचाहि“ समिति सर्वदलीय सर्वपक्षीय भए पनि यी तीनजनाको बढी सक्रियता भएकाले त्यसो भनिएको रहेछ ।
अर्काे दिन बिहान रेडियो मेन्छ्यायेममा अन्तर्वार्ता र म्याङलुङ क्याम्पसमा छलफल कार्यक्रम राखिएको भए पनि विविध कारणले त्यहा“ सहभागी हुन भ्याइएन । हामी खाना खाएर जिरिखिम्ती हु“दै सोल्माको तीनजुरे डा“डाको काखैकाख वसन्तपुरतिर लाग्यौ“ । निमित्त एल्डिओ नयराज नेपाल, सहायक सिडिओ गणेश कार्की, जिविसका कर्मचारी फाक्चामारे भाइ देवेन्द्र निरौला हामी जिविसको गाडीमा थियौ“ । आयोजक समितिकालगायत अरू थुप्रै व्यक्ति अरू गाडीमा थिए । हामीलाई बाटामा ठाउ“ठाउ“मा स्वागत गरियो । वसन्तपुर पुग्नेबित्तिकै हामीलाई दर्के पानीले पुनः भव्य स्वागत ग¥यो । त्यहा“को उपस्थिति पनि उत्पातकै । अगिल्लो दिन हेलिकोप्टरमा काठमाडौ“ फर्केको भए त्यत्रो उपस्थितिमा आपूmलाई समाहित गर्नबाट चुकिने । त्यहा“ हाम्रो सम्मानमा राष्ट्रिय स्तरका कलाकारसमेत बोलाएर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको रहेछ । त्यहा“ निर्मित भव्य मञ्चमा समेत हामी भिज्न बा“की रहेनौ“ भने अरूको त कुरै भएन तैपनि दर्के पानीका तालमा भव्य सांस्कृतिक कार्यक्रम चलिर≈यो । खुसीको कुरा त्यहा“ नेते भाषण भने सुन्न परेन ।
त्यस रात सबै वसन्तपुरमै बस्ने योजना थियो तर लक्ष्मण तिवारी र नयराज नेपालको तातो बहसले वातावरण केही धुमिल बनायो । त्यसमा मध्यस्थता मैले नै गरे पनि त्यस घटनाले मलाई निकैबेर चिमोटिर≈यो । तिनीहरू राती नै म्याङलुङ फर्किए । मचाहि“ भान्जीकहा“ बसे“ । त्यहा“को जाडो कुरा गरी साध्यै छैन । त्यसले मलाई चिनेन कि बढी माया ग¥यो पत्तो भएन ¤ वैशाखमा कोइला बालेर आगो तापी जिउ तताएको यो मेरो जीवनकै अविस्मरणीय घटना हो ।
अर्काे दिन पत्रकारको टोली र म धरानतिर लाग्यौ“ । गाडीमा केहीले मेरो परिचय मागे । मैले नाम बताउनासाथ तिनीहरूले खुुसी हु“दै मेरा थुप्रै किताब पढेको बताए र अटोग्राफ मागे । ती धनकुटा क्याम्पसका विद्यार्थी रहेछन् । तिनीहरूले मलाई अनेक कुरा सोधे । म बताउ“दै गए“ । बाटो काटेको पत्तै भएन । मस“ग कुरा गर्दा तिनीहरूका मुहारमा देखिएका चमकले मलाई पनि प्रसन्न तुल्यायो । केही पत्रकार धरानमै बसे । हामी विराटनगरतर्पm लाग्यौ“ । इटहरीमा टङ्क न्यौपानेस“ग केही बेर गफगाफ गरी विराटनगर पुगेर उही मित्र भरत शर्माकैमा बसियो । अर्काे दिन मेरो टिकट अलि ढिलोकै भए पनि एकजना भाइले पहिलो प्लेनमै टिकट मिलाइदिए । ठाउ“ठाउ“ विद्यार्थी हु“दाको फाइदा भनेकै शिक्षकका लागि यस्तै हो । म खाना खान घरमै आइपुगे“ ।
मैले थुप्रै सम्मान प्राप्त गरिसकेको हुनाले राख्ने ठाउ“को पनि कमी हु“दैछ । सम्मान गर्नेले एकै साइजका सम्मानपत्र दि“दैनन् । आÇनो ठाउ“अनुसार यो साइजको देऊ भन्न पनि भएन । तर यस पटकको सम्मान यी सबैभन्दा छुट्टै थियो । त्यो मेरो जन्मभूमिको सम्मान थियो । त्यसैले मैले कुनै प्रतिष्ठित संस्थाबाट दिइएकोे सम्मानपत्र भित्ताबाट झिकेर त्यस ठाउ“मा यो सम्मानपत्र राखे“ । त्यतातिर आ“खा पर्नेबित्तिकै मलाई तेरथुम सम्झाउने साधन भएको छ त्यो सम्मानपत्र । मेरो जन्मभूमिमा गरिएको नागरिक सम्मान मेरा मनमस्तिष्कमा ताजै छ र सदैव ताजै रहनेछ... ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 14 श्रावण, 2069

लेखकका अन्य रचनाहरु