कृष्णचन्द्रको सम्झना

- डा. ध्रुबचन्द्र गौतम

कृष्णचन्द्रसिंह प्रधानबारे सम्झना गर्दा धेरै कुरा एकैपटक आउँछन्, जसलाई मैले व्यवस्थित गर्नु छ। वीरगन्जमै हुँदा कृष्णचन्द्रको नाउँ सुनेको हुँ। वीरगन्जमै हुँदा पढेको पनि हुँ। भेटघाट भने धेरैपछि मात्र भएको हो। कवि, निबन्धकार, समालोचक सबै रूपमा कृष्णचन्द्रलाई पढेकै हुँ। पछि उनको निबन्धकार, समालोचक व्यक्तित्व चहकिलो भएर आयो। यो निर्णय गर्न कठिन छ, यी दुईमा पनि उनको कुन रूप बढी सार्थक छ ? अरूलाई सोध्यो भने, उनलाई मूलतः समालोचक मान्नेको संख्या बढी आउला। त्यतातिर म जान चाहन्नँ। म संस्मरणतिरै जान्छु।

कृष्णचन्द्रले कवि व्यथित र काव्यसाधनामा मदन पुरस्कार पाएको धेरैपछि सम्भवतः साझा प्रकाशनको महाप्रबन्धक पदमा आएपछि मेरो प्र्रकट परचिय उनीसित भयो। भेट्न थालेँ। एकपटक साझा प्रकाशनले विभिन्न विधाबारे प्रस्ताव लेखाउने र लेखकलाई अगि्रम पारश्रिमिकका रूपमा दुई सय रुपियाँ दिने योजना बनायो। म शिक्षक भइसकेको थिएँ। त्रिचन्द्रमा पढाउँथँे। ०२६/२७ तिर हो कि, मेरो गृहस्थी अलग बसिसकेको थियो। गृहस्थीका साथ मध्यम वर्गीय अपरहिार्यताका रूपमा भित्रिने अभाव पनि भित्रिएर राम्रै हिमचिम गरेर बस्न थालिसकेको थियो। त्यो योजना देखेपछि मैले पनि कृष्णचन्द्रसिंहसित काम मागेँ। उनले भने, "अरू विधा त गइसक्यो, निबन्ध एउटा बाँकी छ। गर्ने भए गर्नूस्।"

निबन्ध विधामा किताब लेख्न मलाई रुचिकर त थिएन तर तत्काल दुई सय रुपियाँ पाइने हुनाले मैले स्वीकार गरेँ। कृष्णचन्द्रसिंह आफूले भने उपन्यास विधा लिएका रहेछन्। उनले परश्रिमसाथ लेखे। त्यसमा मेरो नाउँको छुट्टै अध्याय थिएन। पछि परमिार्जन गरेर निकाल्दा भने मेराबारेमा सबैभन्दा बढी अक्षर लेखेको पाइयो। मेरो निबन्धको कुरापछि।

कृष्णचन्द्रसिंहसित काम माग्दा के थियो त मेरो आधार ? रूपरेखाको ०२४ वैशाखको विशेषांकमा मेरो पहिलो उपन्यास अन्त्यपछि प्रकाशित भएको थियो। त्यो उपन्यास प्रकाशित भएपछि म वीरगन्ज गएँ। उपन्यासले निकै आलोचना खेपेको थियो। रूपरेखाको अर्को अंकमा अघिल्लो अंकको अन्त्यपछिको निकै उत्साहप्रद समीक्ष्ाा गरएिको थियो। समीक्षक थिए, कृष्णचन्द्रसिंह। अन्त्यपछिबारे पहिलो सकारात्मक टिप्पणी त्यही थियो। यसले मेरो हौसला बढायो। एउटा विशिष्ट अग्रजबाट स्याबासी पाइएको थियो। मेरा लागि त्यो पुरस्कारभन्दा कम थिएन। त्यो पनि एक अपरििचत लेखकबाट। त्यसबाट के पनि बुझेँ भने कृष्णचन्द्रसिंह नयाँ लेखक र नयाँ लेखन, दुवैलाई मन पराउँदा रहेछन्। पछि आएका अन्य लेखकलाई दिएको प्रोत्साहनबाट पनि थाहा हुन्छ, नवीनता, प्रयोगशीलतालाई उनी अत्यन्त सकारात्मक रूपमा लिन्छन्। सम्भवतः अरू धेरैभन्दा बढी।

त्यही अन्त्यपछिको उनको प्रोत्साहन नै मसित थियो, उनीसित काम माग्दा। कालान्तरमा साझा प्रकाशनको सञ्चालक समितिमा चुनिएँ। त्यसबखत साझामा क्षेत्रप्रताप अधिकारी अध्यक्ष्ा र कृष्णचन्द्रसिंह महाप्रबन्धक थिए। त्यसैबखत मलाई एकपटक फेर िकेही पैसाको खाँचो भयो। साझालाई दिन अप्ठ्यारो रहेछ। निबन्धबारे लेख्न भनेर लिएको दुई सय रुपियाँ फस्र्योट भएन, किताब नलेखिएका कारण। के गर्ने त ? म त खाँचो परेको, मबाट केही भएन। अनि, क्षेत्रप्रतापले दुई सय रुपियाँ तिरििदएपछि बल्ल मेरो पेस्की लिने बाटो खुलेको थियो।

०४५ सालमा मैले नारायणी वाङ्मय प्रतिष्ठानको पुरस्कार प्राप्त गरेको थिएँ, उपन्यास स्वर्गीय हीरादेवीको खोजमा। त्यसबखत म साझाको सञ्चालक पदबाट हटिसकेको थिएँ। अनि, एकेडेमीमा पनि मेरो प्रवेश थिएन। तर, कृष्णचन्द्रजस्तै विजय मल्ल पनि मलाई स्नेह गर्थे। त्यसले के भयो भने विजय मल्ल प्रमुख अतिथि थिए, कृष्णचन्द्रसिंह वक्ता र म पुरस्कार प्राप्त व्यक्ति। यी तीनै जनाको 'काफिला' एकै गाडीमा वीरगन्जतर्फ हिँडेको थियो। त्यस बखतसम्म कृष्णचन्द्रसिंह पनि १४ वर्ष साझामा बिताएर एकेडेमीको सदस्य भइसकेका थिए। वीरगन्ज जाने गाडी एकेडेमीको थियो, एउटा जिप, नं २४, अहिले पनि छ।

तीन जनाको त्यो यात्रा मेरा लागि अविस्मरणीय यात्रामध्ये पर्छ। वीरगन्ज पुग्ने पुग्ने बेला, कृष्णचन्द्रले बताए, उनी वीरगन्जमा १२ वर्षको उमेरमै थोरै समय बसिसकेका रहेछन्। त्यतिन्जेल वीरगन्जसँगको उनको परचियको गम्भीरताबारे मलाई ज्ञान थिएन।

कृष्णचन्द्रसिंहले मेरा बारे बालेको त्यो पहिलोपटक थियो अर्थात् मलाई विषय बनाएर। तिनलाई एकछिन छोडिदिने हो भने, सार्वजनिक रूपमा मेरो विषयमा बोलेको त्यही अन्तिमपटक पनि थियो। नबोल्ने होइन। मेरा लागि उनी जति पनि बोल्थे, त्यस्तो मौका परेन फेर।ि

अर्को यादगार यात्रा कृष्णचन्द्रसिंहसितको दार्जीलिङको। त्यो यात्रा साँच्चिकै अविस्मरणीय छ। कृष्णचन्द्र श्रीमतीसहित गएका थिए। भाउजू

-उनकी श्रीमती) अत्यन्त सरल महिला थिइन्। दार्जीलिङमा त्यो देखियो।

त्यसबखत 'गोर्खाल्यान्ड' आन्दोलनको प्रखरता थियो। प्रथम आन्दोलन। त्यसबखत, जुन होटलमा हामी बसेका थियौँ, त्यहाँ कृष्णचन्द्रलाई भेट्न, गोर्खाल्यान्डका त्यस बखतका प्रमुख नेता सुवास घिसिङ, भूमिगत भए पनि आइपुगेका थिए। उनले आफ्ना कुरा कृष्णचन्द्रलाई बताएका थिए। उत्सुकतावश मैले पनि सुनेँ।

दार्जीलिङमा कृष्णचन्द्रलाई निकै मान्दा रहेछन्, त्यो मैले देख्न पाएँ। जहाँ पनि कृष्णचन्द्रको सम्मानमा कार्यक्रम हुन्थे, म पनि साथै रहेकाले कृष्णचन्द्रको सम्मानका छिर्काछिर्कीको आनन्द म पनि पनि लिन पाउँथेँ। नत्र म त त्यस बखत कुन त्यस्तो लेखक थिएँ र ?

त्यहीँ कृष्णचन्द्रले एकदिन मलाई इन्द्रबहादुर राईको घरमा लिएर गए। इन्द्रबहादुर राईसँग पहिलो परचिय उनैले गराएका थिए। इन्द्रबहादुर राई त्यसबखत 'तेस्रो आयाम'पछि भर्खर 'लीला-लेखन'तिर लागेका थिए। कोठामा कृष्णको एउटा फोटो थियो। मैले सोधेको थिएँ, "तपाईंको लीला-लेखन पनि यही हो ?" उनले भनेका थिए, "हो।" राहुल सांकृत्यायनकी श्रीमतीसित पनि कृष्णचन्द्रले दार्जीलिङमै परचिय गराएका थिए, पहिलो र अन्तिमपटक।

उनले यति धेरै कार्यक्रममा लगे र यति धेरै परचिय गराए कि म सारालाई सम्भिmन असमर्थ छु। एउटा परचिय सम्भिmहालूँ, पिटर जे कार्थक। उनको प्रत्येक ठाउँ ः प्रत्येक मान्छेका स्थलहरू त्यहाँ उनले बताएका थिए। इन्द्रबहादुर राईले पछि मलाई एउटा चिट्ठी राम्रो अक्षरमा पठाएका थिए, जुन मैले काशीनाथ तमोटलाई राख्न भनेर दिएँ। अब त्यस्ता कुराहरू छाप्ने बेला आएको अनुभव हुन्छ। कृष्णचन्द्रजस्ता मानिसको सम्झनासित पनि ती गाँसिएका छन्। त्यसपछि म दार्जीलिङ गएको पनि छैन। त्यही सम्झना छ, कृष्णचन्द्र र भाउजूका साथ गएको। अब दुवै छैनन् भने त्यो यात्रा अविस्मरणीय होला मेरा लागि।

मेरा केही भए पनि, एउटै बानीका परण्िााम, अरूलाई पनि असर पार्ने हुनजान्छ, सँगै हिँड्दा। त्यो हो अव्यवस्थितता र लापरबाही। कृष्णचन्द्रलाई यो थाहा थियो। त्यसकारण उनीसँग यात्रा गर्दा जहिले पनि मेरो टिकट, आवश्यक र पछि बुझाउनुपर्ने बिलभौचर सब उनी राख्थे। म त एउटा झोला झुन्ड्याएर सुसेली बजाउँदै हिँड्थेँ। कुनै पनि तनावबाट मुक्त। कृष्णचन्द्र भएपछि केही गर्नुपर्दैन। उनी मेरो हेरविचार एक अभिभावकले जस्तै गर्थे, यात्रामा। यहाँ पनि त उनी अभिभावकै थिए, साहित्यमा त खास अभिभावक। स्नेह गर्ने, वास्ता गर्ने र कुनै भूल हुन थाल्दा जोगाइदिने।

कृष्णचन्द्रसिंहसित अनुभवको विशाल भण्डार थियो। उनका साथ बस्दा पुराना र नयाँ अनि आफूले नजानेका कतिपय कुरा सिक्न पाइन्थ्यो। आवाज बुलन्द थियो। टड्कारो र स्पष्ट हुन्थ्यो। तर्क शक्ति प्रबल थियो। प्रोत्साहन र सहयोगका लागि सधँै तयार। यस्ता थिए उनी। मैले उनीसित संगत गरेर धेरै सिक्न पाएको छु। मेरा लागि यो भन्न पाउनु गर्वकै विषय हो। एउटा कुरा भने कस्तो रे भने उनैले सुनाएका, उनी जेलमा बस्दा पनि इस्त्री गरेकै लुगा लगाउँथे। उनका दाजु प्रसिद्ध लेखक हृदयचन्द्रसिंह प्रधान भने त्यसका विपरीत थिए। अनि, साँच्चिकै मैले यात्रामा कोठामा बसेको बेलामा होस्, घरमा सामान्य अवस्थामा बसेको बेलामा होस्, टिपटपभन्दा यताउति बसेको कहिल्यै देखिनँ।

यही कृष्णचन्द्र र मेरा बानीहरूमा अन्तर थियो। म लाउन, खान, हराउन र सम्भिmनमा एकदम ल्याङफ्याङ। खान बस्यो, कृष्णचन्द्र भन्थे, "ध्रुवचन्द्रजी ! हेर्नूस्, तपाइर्ंको सर्टमा दाल पोखिएजस्तो छ।" एक्लै भएको भए म त्यसलाई सुकेर पाको हुन दिन्थेँ अनि सफा गर्थें। कृष्णचन्द्रले भनेपछि उठेर जानैपर्‍यो सफा गर्न। उनलाई त्यस्तो देख्न पनि अप्ठ्यारो लाग्दो हो। हर दृष्टिले सिनित्त बस्नुपर्ने मान्छे थिए उनी।

मेरा बारेमा एउटा वृत्तचित्र बनेको छ। त्यसमा अन्य लेखकबाहेक कृष्णचन्द्रको टिप्पणी पनि छ। कृष्णचन्द्रसिंहले मेरा बारेमा धेरै लेखेका छन्। एकपटक उनको भूमिकैभूमिकाको संग्रह छापिने भयो। गोविन्दराज भट्टराईको परश्रिम पनि थियो। तर, जति लेखे पनि, मेरो पुस्तकमा भूमिका भने उनले लेखेका रहेनछन्। ०६० सालमा कृष्णचन्द्रबाट एउटा लेख लेखाउँदा, मैले भन्नुपरेको थियो, संकोचका कारण। उनले लेखिदिए। त्यही मेरा बारेमा उनको अन्तिम लेखन थियो। 'अन्तिम' भनेको पालना त गर्नुपर्‍यो। तर, वास्तवमा नलेखे पनि मेराबारेमा अभिव्यक्त गरेको, टिप्पणी गरेको भने, त्यही वृत्तचित्र हो, अन्तिमपटकका दुवै सुरक्षित छन्। मेरो सम्झनाका लागि यी सम्पत्तिजस्ता हुन्। मैले कृष्णचन्द्रसिंहबाट जति स्नेह पाएँ, उत्साह र अभिव्यक्ति पाएँ, त्यति पाइने सम्भावना अब कति अग्रज समालोचक छन् ? उनलाई बारम्बार सम्भिmरहनलाई यही एउटा प्रश्न पर्याप्त छ, यस्तो मेरो धारणा छ। कृष्णचन्द्रको सम्झना एउटा जंगल हो, जुन सधँै हरयिो छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 श्रावण, 2069

लेखकका अन्य रचनाहरु