विक्रमवीर थापाको औपन्यासिक शिल्प

- लीला लुइटेल

१. परिचय
विक्रमवीर थापाको जन्म तत्कालीन असम तथा हाल मेघालयमा पर्ने शिलाङअन्तर्गत बारपत्थार भन्ने ठाउ“मा सन् १९५० फेब्रुअरी २२ बुधबारका दिन भएको हो । सन् १९६८ भारतीय सैनिक सेवामा प्रवेश गरेका थापा सन् १९८३ मा सेवाबाट स्वेच्छिक अवकाश लिई साहित्य सेवामा लागिरहेका छन् । यिनी गोर्खा एक्स सर्भिसमेन युनियन शिलाङका सदस्य, नेपाली साहित्य प्रकाशन समिति शिलाङको कार्यकारी सदस्य, युगान्तर, युगदृष्टि पत्रिकाका प्रधान सम्पादक, सप्तऋषि सांस्कृतिक सङ्घ, तिनसुकियाका सल्लाहकार, देउराली सांस्कृतिक सङ्घ बालिजान, शोणितपुरका सल्लाहकार पनि रहेका छन् । रत्नश्री सुवर्ण पदक (सन् १९८५, नेपाल), स्रष्टा पुरस्कार (सन् १९९२, सिक्किम), हरिभक्त कटुवाल स्मृति पुरस्कार (सन् १९९५, असम), साहित्य अकादेमी पुरस्कार (सन् १९९९) जस्ता विविध पुरस्कारबाट पुरस्कृत एवं सम्मानित थापा साहित्य अकादेमी नया“ दिल्लीबाट भ्रमण अनुदान (सन् १९९२) प्राप्त गर्नुका साथै तथा सिक्किम सरकारबाट मासिक रूपमा भत्ता पनि प्राप्त गरिरहेका छन् ।
साहित्यका विविध विधामा कलम चलाउने थापाका विगतको परिवेशभित्र (सन् १९८३), टिस्टादेखि सतलजसम्म (सन् १९८६) तथा माटो बोल्दो हो (सन् २००७) शीर्षकका तीनवटा उपन्यास प्रकाशित छन् भने बीसौ“ शताब्दीकी मोनालिसा (सन् १९९७) शीर्षक कथा सङ्ग्रह प्रकाशित छ । यसका साथै यिनको हत्या रातो डायरीको (सन् १९९४) तथा मणिसिंह गुरुङको जीवनी जस्ता कृति पनि प्रकाशित भएको पाइन्छ । पुस्तकाकार कृतिका अतिरिक्त विक्रमवीर थापाका फुटकर रूपमा कविता निबन्ध, लेख आदि विभिन्न पत्रपत्रिका प्रकाशित भएका छन् भने यिनीद्वारा रचित गीतहरू सङ्गीतबद्ध गरी विभिन्न रेडियोद्वारा प्रसारित पनि भएका छन् । यसैगरी यिनले लेखेका कतिपय नाटक÷एकाङ्कीहरू विभिन्न सङ्घसंस्थाद्वारा मञ्चित र रेडियोद्वारा प्रसारित भएका छन् । विक्रमवीर थापाका औपन्यासिक प्रवृत्ति केलाउ“दै विभिन्न कोणबाट उनको विगतको परिवेशभित्र उपन्यासको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।
२. विक्रमवीर थापाका औपन्यासिक प्रवृत्ति
पूर्वाेत्तर भारतको शिलाङमा बसेर नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका विक्रमवीर थापाका तीनवटा औपन्यासिक कृति प्रकाशित छन् । यिनका हालसम्म प्रकाशित तीनवटै उपन्यास मूलतः स्वच्छन्दतावादी प्रवृत्तिमै केन्द्रित छन् । यिनको तेस्रो उपन्यास माटो बोल्दो होमा ठाउ“ठाउ“ यथार्थवादी झल्कने खालका घटना विवरणको प्रस्तुति पाइए पनि यसमा समेत स्वच्छन्दतावादी प्रवृत्तिकै प्रबलता रहेको छ । तीनवटा उपन्यासको सिर्जना गरे पनि ती सबै विशेषतः एउटै प्रवृत्तिमा केन्द्रित रहेकाले यिनको औपन्यासिक यात्राको चरण विभाजन गर्ने अवस्था देखि“दैन । विक्रमवीर थापाका तीनवटै उपन्यासका आधारमा यिनका औपन्यासिक प्रवृत्तिहरू निम्नलिखित छन् ः
(१) विक्रमवीर थापा संरचनागत विविधताका साथ उपन्यास सिर्जना गर्ने उपन्यासकार हुन् । यिनका उपन्यास परम्परागतभन्दा भिन्न संरचनामा संरचित छन् । यिनले आÇना उपन्यास प्रचलित ढा“चाअनुरूप सोभैm प्रस्तुत नगरेर विभिन्न सन्दर्भ र पृष्ठभूमिको उल्लेखका साथ काल्पनिक लेखकको सिर्जना गरी उसैका माध्यमबाट उपन्यास लेखिएको भ्रम दिन खोजेका छन् । काल्पनिक लेखकको सिर्जना गर्ने क्रममा यिनको विगतको परिवेशभित्र उपन्यासका लेखकमा रमेश शाही तथा माटो बोल्दो हो शीर्षक उपन्यासका लेखकमा कुशलसिंह थापा मगरको नामोल्लेख गरी कुशलसिंह थापा मगरद्वारा लिखित उपन्यास गोडधुवा हो भनेर नौल्याइ“ प्रदान गर्न खोजिएको छ । यसरी उपन्यासभित्र काल्पनिक उपन्यासको सिर्जना गरी प्रचलित र परम्परित ढा“चाभन्दा भिन्न ढङ्गले प्रयोगशील संरचनाका उपन्यास सिर्जना गर्नु उपन्यासकार विक्रमवीर थापाको संरचनागत वैशिष्ट्य हो ।
(२) थापा स्वच्छन्दतावादी उपन्यासकार हुन् । यिनका उपन्यासमा भावुकता, आवेग, कारुणिकता, संवेदनशीलता, प्रकृति चित्रणमा विशिष्टता, प्रकृति र मानवको तादात्म्य, कला एवं भाषासाहित्यप्रति अगाध आस्था, राष्ट्र, परम्परा एवं जातीयताप्रति गौरवबोध, आÇना गौरवमय परम्पराको महत्ता आदिको चित्रण विशिष्ट ढङ्गले गरिएको छ । स्वच्छन्दतावादका निकट रहेका यस्ता प्रवृत्ति यिनका उपन्यासमा पाइनुले यिनलाई स्वच्छन्दतावादी उपन्यासकार मान्न सकिन्छ ।
(३) थापा सामाजिक यथार्थवादी उपन्यासकार हुन् । यिनका सबै उपन्यासका विषयवस्तु र पात्रहरू भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समाजस“ग सम्बद्ध छन् । विभिन्न सामाजिक यथार्थलाई खोजीखोजी प्रस्तुत गर्न रुचाउने थापाका उपन्यासमा यथार्थलाई प्रामाणिकता दिने प्रयत्नस्वरूप पत्रिकाका सन्दर्भ, ऐतिहासिक घटना, साहित्यिक व्यक्तित्वको परिचयजस्ता विभिन्न सन्दर्भलाई प्रस्तुत गरेको पाइए पनि सामाजिक यथार्थमा स्वच्छन्दतावादको सम्मिश्रणसमेत गरिएको छ ।
¬(४) थापा घटनाप्रधान उपन्यासकार हुन् । यिनका सबै उपन्यासमा चरित्रचित्रणलाई भन्दा घटना वर्णनलाई महŒव दिई अनेक घटनावलीको प्रस्तुति गरिएको छ । घटनाको बहुलताका कारण यिनका उपन्यास रोचक र कौतूहलपूर्ण बनेका छन् । यिनका उपन्यासमा घटनाको प्रस्तुति व्यतिक्रमिक रूपमा नभएर क्रमिक रूपमा भएको छ । यसरी चरित्रलाई भन्दा घटनालाई बढी महŒव दिइएको हु“दा घटनाप्रधानता यिनको औपन्यासिक प्रवृत्ति हो ।
(५) थापा बहुल पात्रहरूको प्रयोग गर्ने उपन्यासकार हुन् । धनी, गरिब, शिक्षित, अशिक्षित, सहरिया, गाउ“ले, नैतिक आदि विविध खाले सहभागीको प्रयोग पाइने यिनका उपन्यासमा एकभन्दा बढी पुस्ताका विभिन्न सहभागीको पनि प्रयोग पाइन्छ । अनुवूmल सहभागीको बढी वर्णन र प्रतिवूmल सहभागीको कम वर्णन पाइने यिनका उपन्यासमा प्रतिकूलभन्दा अनुकूल सहभागीको बाहुल्य रहेको छ । घटना वर्णनलाई बढी महŒव दिने हु“दा यिनका उपन्यासमा चरित्रचित्रणगत सूक्ष्मताभन्दा बढी वर्णनात्मकता पाइन्छ ।
(६) थापा ऐतिहासिक सन्दर्भको प्रयोग गर्ने उपन्यासकार हुन् । यिनका उपन्यासमा विभिन्न सन्दर्भबाट भारत नेपालको सम्बन्ध, भारतमा अङ्ग्रेजहरूको आगमन, बृहत्तर असमको स्थापना, सुगौली सन्धिबाट सीमित हुनपुगेको नेपालको भौगोलिक स्थिति र त्यसले नेपाली जनजीवनमा परेको प्रभाव, भारतमा नेपालीहरूको आगमन र अवस्थितिजस्ता विविध सन्दर्भलाई ऐतिहासिक तथ्यमा आधारित रही उपयुक्त र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ ।
(७) थापा प्रवृmतिवादी उपन्यासकार हुन् । यिनका सबै उपन्यासमा प्रवृmतिको विशिष्ट चित्रण पाइन्छ । यिनले प्रवृmतिको बा≈य चित्रणका साथै आन्तरिक चित्रण पनि गरेका छन् । प्रवृmतिको बा≈य चित्रणका सन्दर्भमा पहाड, तराई आदि स्थानिक प्रकृतिको मनोहर रूपको वर्णन तथा आन्तरिक प्रवृmति चित्रण गर्दा मानिसका मनभित्रका प्रेम, ईष्र्या, स्वाभिमान, घमण्ड, दया, करुणा, घृणा, वैमनष्य, हर्ष, बिस्मात आदिको वर्णन यिनका उपन्यासमा पाइन्छ । उपन्यासकार थापा प्रवृmति र मानवको तादात्म्य देखाई मानिसको आन्तरिक दुख–सुखात्मक भावअनुसार प्रवृmति चित्रण गर्न सक्षम छन् ।
(८) थापा स्थानीयताको दिग्दर्शन गर्ने उपन्यासकार हुन् । यिनका उपन्यासमा नेपालीहरूको बसोबास रहेको भारतका विभिन्न क्षेत्रको स्थानीय रड्ड र आञ्चलिकता प्रबल भएर देखापरेको छ । यिनका तीनवटै उपन्यासमा भारतका विभिन्न क्षेत्रको स्थानीय र आञ्चलिक पहिचानलाई सजीव रूपमा चित्रण गरिएको छ । यिनले आÇना उपन्यासका माध्यमबाट विविध क्षेत्रको रहनसहन, चालचलन, वेषभूषा, बोलीचाली, परम्परित सामाजिक संस्कार, जीवन चेतना र स्थानीय प्रवृmतिको जीवन्त चित्रण गरेका छन् । यिनका उपन्यास भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली जनजीवनका प्रतिरूप भएर देखापरेका छन् ।
(९) थापा सन्देशमूलक उपन्यासकार हुन् । यिनका उपन्यासमा नेपाली जातिले आÇनो गौरवमय परम्परा र इतिहासलाई कायम राखेर आÇनो पहिचान र जातीय अस्तित्वप्रति सचेत हुनुपर्ने सन्देश पाइन्छ । नेपाली भाषा र साहित्यलाई माया गर्नुपर्ने सन्देश पाइने यिनका उपन्यासमा नेपाली भाषासाहित्यप्रति अगाध आस्था प्रकट गरिएको छ । यिनका उपन्यासमा नेपालभित्र र नेपालबाहिरका अग्रज एवं समकालीन साहित्यकारहरू भानुभक्त आचार्य, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, तारानाथ शर्मा, इन्द्रबहादुर राई, मणिसिंह थापा, दिलबहादुर नेवारप्रभृति स्रष्टाप्रति सम्मान भाव प्रकट गर्दै उपन्यासभित्रै विभिन्न प्रसङ्गमा तिनका कृतिको चर्चासमेत गरिएको छ ।
(१०) थापा त्रासद उपन्यासकार हुन् । यिनका विगतको परिवेशभित्र र टिस्टादेखि सतलजसम्म उपन्यास करुणा र भयको आधिक्यका कारण त्रासद एवं दुखान्त हुनपुगेका छन् भने माटो बोल्दो होमा पनि कारुणिक एवं त्रासद वातावरणको बाहुल्य पाइन्छ । यिनका उपन्यासका प्रमुख नारी एवं पुरुष सहभागी उपन्यासको अन्त्यमा आत्महत्या गरी वा दुर्घटनामा परी मर्छन् र उपन्यास त्रासद एवं कारुणिक बन्नपुग्छ । करुणाको बढी सञ्चार पाइने यिनका उपन्यास त्रासद भएकै कारणबाट बढी मार्मिक एवं कारुणिक बन्नपुगेका छन् ।
(११) थापा कथ्य भाषाका प्रयोक्ता हुन् । भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीले बोल्ने स्थानीयताको प्रभावयुक्त भाषिक प्रयोग तथा अनेपाली भाषीले उसको मातृभाषाबाट प्रभावित भई बोल्ने नेपाली भाषाको प्रयोग पनि यिनका उपन्यासमा स्वाभाविक रूपमा भएको छ । यसप्रकारको भाषिक प्रयोगले यिनका उपन्यासलाई स्वाभाविक र जीवन्त तुल्याएको छ ।
३. विगतको परिवेशभित्र उपन्यासको विश्लेषण
तीनवटा उपन्यासको सिर्जना गरी भारतीय नेपाली उपन्यासको इतिहासमा मूलतः स्वच्छन्दतावादी उपन्यासकारका रूपमा आÇनो विशिष्ट पहिचान बनाएका विक्रमवीर थापाको विगतको परिवेशभित्र पहिलो उपन्यास हो । यहा“ विभिन्न कोणबाट यस उपन्यासको विश्लेषण गरिन्छ ।
३.१ शिल्पसंरचना
रचनाकाल सन् १९७२ तथा प्रकाशनकाल सन् १९८३ भनी उल्लेख गरिएको विक्रमवीर थापाको विगतको परिवेशभित्र शीर्षक उपन्यासको सुरुमै कोष्ठमा ‘शिलाङको पृष्ठभूमिमा लेखिएको प्रथम यथार्थवादी एवं रोमान्टिक उपन्यास’ भन्ने लेखिएको छ । पुस्तकको मुखपृष्ठ, भूमिका आदिसहित २७५ पृष्ठमा आबद्ध यस पुस्तकको पृष्ठभूमिका रूपमा रहेको प्रारम्भ शीर्षकलाई (क) र (ख) गरी दुई भागमा विभक्त गरिएको छ । यसको भाग (क) मा लेखकले आÇनी हराएकी प्रेमिकालाई पाउन झुटो व्यहोराको चिठी पठाएको र प्रेमीको चिठी पाएपछि प्रेमिका प्रेमीलाई भेट्न गएको प्रसङ्ग उल्लेख गरिएको छ भने भाग (ख) मा प्रेमिकालाई पत्नी बनाइसकेपछि लेखक रमेश उपन्यास लेख्न तल्लीन रहेको र तीन महिनापछि एउटा उपन्यास ल्याएर रमेशले सुधालाई दिएको प्रसङ्ग उल्लेख गरिएको छ । राति सुत्ने बेलामा सुधाले उपन्यास पल्टाउन थाल्छे । उपन्यासको प्रथम पृष्ठ समर्पणको रहेको छ । यस पृष्ठमा समर्पित छ जीवनका सुख–दुख, मुस्कान–क्रन्दन अनि हास–परिहासमा साथ दिई मेरा लक्षहरूलाई साकार तुल्याउने मेरी धर्मपत्नी सुधालाई ∕ ‘रमेश’... । भनेर उल्लेख गरिएको छ । यसपछि उपन्यासकार थापाद्वारा परिकल्पित उपन्यासकार रमेश शाहीको भूमिका रहेको छ । यसमा उपन्यास लेखनको पृष्ठभूमि प्रस्तुत गर्दै उपन्यास लेखनमा सहयोग गर्ने व्यक्तिलाई कृतज्ञताज्ञापन गरिएको छ । यसपछिको पृष्ठमा उपन्यासको शीर्षक विगतको परिवेशभित्रपछि कोष्ठमा अमर प्रेमको पृष्ठभूमिमा लेखिएको मर्मस्पर्शी उपन्यास लेखिएको छ भने त्यसको ठीक तल लेखक रमेश शाही लेखिएको छ ।
चौबीसौ“ पृष्ठदेखि मात्र वास्तविक उपन्यास सुरु गरिएको विगतको परिवेशभित्र शीर्षक उपन्यास सङ्ख्याङ्कनका साथ १५ परिच्छेदमा विभक्त छ र यसका प्रत्येक परिच्छेद चि≈नाङ्कनका साथ अन्त्य गरिएको छ भने विभिन्न परिच्छेदमा भएको प्रसङ्ग परिवर्तनका सन्दर्भमा चाहि“ कुनै पनि चि≈न वा सङ्केतको प्रयोग गरिएको छैन । यस्ता ठाउ“मा प्रसङ्ग परिवर्तन गर्दा अनुच्छेद मात्र परिवर्तन गरिएको छ । उपन्यासको पृष्ठभूमि खण्डलाई बेग्लाबेग्लै शीर्षक–उपशीर्षकमा विभाजन गरे पनि उपन्यासको अन्त्य खण्डलाई बेग्लै शीर्षक दिइएको छैन । उपन्यासलाई ‘इति’ भनेर समाप्त भएको देखाएपछि ङ्क ङ्क ङ्क ङ्क चि≈न दिई उपन्यासकारकी पत्नी सुधा उपन्यास पढिसकेर रोइरहेकी भन्ने कुराको उल्लेख गर्दै ‘बाहिर भने रिमरिम उज्यालो हुन लागिरहेको हुन्छ’ भन्दै उपन्यासको अन्त्य गरिएको छ । यसरी प्रचलनभन्दा पृथक् ढङ्गले नवीन ढा“चाको संरचनाका साथ प्रयोगशील पाराले उपन्यासको सिर्जना गर्नु उपन्यासकार विक्रमवीर थापाको संरचनागत वैशिष्ट्य हो ।
३.२ कथावस्तु
सामाजिक विषयवस्तुमा आधारित विगतको परिवेशभित्र शीर्षक उपन्यासको मूल कथावस्तु यसप्रकार रहेको छ ः
चार वर्षअगि शिलाङ छोडेर हि“डेकी सुधा नर्स ट्रेनिङ सकेर बागडोगराको बेस अस्पतालमा कार्यरत हु“दा एक दिन उसको हातमा एउटा चिठी पर्छ । एयर फोर्समा सर्भिस गर्ने सुदामबाट ठेगाना पाएर लेखिएको उक्त चिठी शिलाङबाट रमेशले पठाएको हुन्छ । सुधाविना रमेश पागलभैm“ भौ“तारिएर हि“डेको कुरा उल्लेख गरिएको त्यस चिठीमा अन्त्यमा परिस्थितिस“ग हार मानी तीन महिनाअगि रमेशले सुधा नै नाम गरेकी र चालचलन पनि उसकै जस्तो भएकी अर्कै केटीस“ग बिहे गरेको लेखिएको छ । बहिनी पोइल गएपछि हृदयाघातबाट बाबुको मृत्यु भएकाले आमा अत्यन्त दयनीय अवस्थामा रहेकी र आमाले सुधास“ग गरेको दुव्र्यवहार सम्झ“दै विगतको घटनाका लागि प्रायश्चित्त गरी सुधास“ग माफी माग्नाका लागि सुधाको प्रतीक्षा गरिरहेको कुरा त्यस चिठीमा उल्लेख गरिएको छ । चिठी पढेपछि सुधा शिलाङ फर्कन्छे । ऊ रमेशकी नवविवाहिता पत्नीलाई देख्न अत्यन्त आतुर छे । रमेशले कोठामा लगेर ऐनामा उसैको प्रतिबिम्ब देखाएपछि रमेशको बिहे भइसकेको कुरा त उसलाई बोलाउने बहाना मात्र भएको थाहा पाउ“छे । यत्तिकैमा रमेशकी आमाको बुहारीको सम्बोधनले ऊ छक्क पर्छे र आमाले पनि आपूm अन्धकारमा भएको र अहिले आ“खा खुलेर आपूm परिवर्तन भएको कुरा बताउ“छे । रमेश र सुधाको बिहे गरिदिने कुरा बताएर आमाले घरको सा“चो सुधालाई जिम्मा लगाउ“छे ।
बिहेपश्चात् रातको दुई बजेसम्म पनि रमेशलाई लेखिरहेको देखेर सुधा उसलाई सुत्न आग्रह गर्छे । बिहान खाना खाने बेलामा रमेशले सुधालाई पत्नी बनाउन पाएकोमा गौरव गर्दै छोरो पाए विजय र छोरी पाए मञ्जुला नाम राख्ने प्रस्ताव राख्छ । यसले सुधालाई सुखद कल्पनामा पु¥याउ“छ । तीन महिनापछि रमेशले सुधालाई विगतको परिवेशभित्र शीर्षक उपन्यास ल्याएर दिन्छ । सुधा ओछ्यानमा पल्टेर उत्सुकताका साथ उपन्यास पढ्न थाल्छे ।
अवकाशप्राप्त कर्नेलको छोरो रमेश शिलाङ कलेजको छात्र हो । उसलाई बज्यैले हुर्काएकी हुनाले ऊ आÇनो रीतिरिवाज, संस्कार तथा नेपालीत्वमाथि अत्यन्त आस्था राख्छ । यसका विपरीत उसका बाबुआमाचाहि“ क्लब, पार्टी जानेजस्ता आधुनिक खालका भएको हु“दा उसकी बहिनी पनि आमाबाबुस“गै यस्ता कार्यमा सामेल हुन्छे । यसकारण ऊ आपूmलाई घरमा नितान्त एक्लो अनुभव गर्छ । उसको विजय नाम गरेको सुखदुखको एउटा साथी छ । बी.एस्सी. गरेर डाक्टरी पढ्ने सपना सा“चेको विजय बाबुको मृत्युपश्चात् साधारण क्लर्कको काम गर्न बाध्य हुन्छ । विजय आमाबाबुविनाको टुहुरो हो भने रमेशचाहि“ आमाबाबु जीवितै भए पनि टुहुरो अनुभव गर्न बाध्य छ ।
विजयको जीवनमा घरभेटीकी छोरी मञ्जुलाको प्रवेश हुन्छ । ऊ विजयलाई असाध्यै माया गर्छे तर चिठी लेख्ने, हाउभाउ देखाउने गर्दिन । यही बीचमा सुधालाई बुझ्न नसकेर तथा उसका व्यवहारबाट दिक्क भएर सुधाको लोग्ने सुलेमानले आत्महत्या गर्छ । लोग्नेको मृत्युपश्चात् विधवा सुधा अनेक प्रकारले आलोचित हुन थाल्छे । उसको स्थितिप्रति सहानुभूति राख्ने रमेशलाई पनि परिवारले नै आलोचना गर्न थाल्छन् । यही निहु“मा उसको परिवारस“ग द्वन्द्व बढ्दै जान्छ र अन्त्यमा ऊ घरपरिवार छोडेर शिक्षकको नोकरी गर्न थाल्छ । यसै बीचमा आÇना कारणले रमेशको बदनामी भएको देखेर सुधा शिलाङ छोडेर अज्ञात स्थानतर्पm हि“ड्छे । सुधास“गको वियोगले रमेश अत्यन्त मर्माहत हुन्छ ।
यता विजय र मञ्जुलाको सम्बन्ध विकसित हु“दै जान्छ । विजयभित्र रहेको कलाकार व्यक्तित्वलाई पुनर्जीवित गर्न मञ्जुला निकै उत्साहित भएर लाग्छे । फलस्वरूप विजयले थुप्रै चित्रहरू बनाउ“छ । यसै बीचमा रमेशले मञ्जुलाकी आमास“ग मञ्जुला र विजयको बिहेको कुरा चलाउ“छ र आमाको स्वीकृति पनि पाउ“छ । यसै क्रममा विजयलाई फोक्सोको क्यान्सर हुन्छ । जीवनका अन्तिम दिन पर्खिरहेको विजयकै अनुरोधमा मञ्जुलाको बिहे एउटा डाक्टरस“ग हुने निधो हुन्छ । विजयलाई खुसी तुल्याउन रमेशले विजयको चित्र प्रतियोगितामा पठाइदिन्छ र त्यो चित्र प्रथम पुरस्कार जित्न पनि सफल हुन्छ । रमेशले गोल्ड मेडल अस्पतालमा लगेर विजयलाई दि“दा मञ्जुलाकै प्रेरणा, उत्साह र सहयोगबाट त्यो चित्रकला सिर्जित भएको भन्दै विजयले त्यो तक्मा मञ्जुलाको बिहेमा दाइजोस्वरूप दिन आग्रह गर्छ । यत्तिकैमा विजयको अवस्था दयनीय हु“दै जान्छ र उसलाई आकस्मिक कक्षमा लगिन्छ । एकै छिनपछि उसको मृत्यु हुन्छ तर त्यो मृत्यु क्यान्सरका कारणबाट नभई विष सेवनका कारण भएको जानकारी डाक्टरले गराउ“छ । यता मञ्जुलाले पनि विष सेवन गरेरै प्राण त्यागेको कुरा रमेशले थाहा पाउ“छ । जीवित छ“दा दुई प्रेमीको मिलन नभए पनि मृत्युपश्चात् आत्माको मिलन हुने विश्वासमा विजयको चित्रले पाएको सुनको तक्मा रमेशले मञ्जुलाको छातीमा राखिदिन्छ । अनि त्यहा“ बस्न नसकी रमेश अन्यत्र लाग्छ र यही“ नै उपन्यासको मूल कथावस्तु टुङ्गिन्छ । उपन्यास पढिसकेपछि सुधाका आ“खाबाट अश्रुधारा बगिरहेको हुन्छ र ऊ टोलाइरहेकी हुन्छे । बाहिरचाहि“ रिमरिम उज्यालो हुन लागिरहेको छ ।
नेपालबाहिरका नेपाली जनजीवनको विषयवस्तुमा आधारित विगतको परिवेशभित्र उपन्यासको प्रारम्भ प्रमुख नारी सहभागी सुधाले रमेशको चिठी प्राप्त गरेपछिको प्रसङ्गबाट भएको छ भने अन्त्य अन्य विविध घटनावलीका साथ सुधाले आÇनो पति रमेश शाहीद्वारा लिखित उपन्यास पढिसकेपछि भएको छ । विभिन्न स्वभाव र आचरणका व्यक्ति र सामाजिक मनोविज्ञानको प्रस्तुति पाइने यस उपन्यासको मूल कथ्य आत्मिक प्रेमको महिमागान हो । आत्मिक प्रेमको प्रस्तुतिका अतिरिक्त यस उपन्यासमा नेपाली जातीयताप्रति गौरवको भाव अभिव्यञ्जित छ । नेपाली जातिले आÇनोपनलाई बिर्सि“दै गएकोमा चिन्ता प्रकट गरिएको यस उपन्यासमा नेपालीवादको आवश्यकता रहेको भाव व्यक्त गरिएको छ । नेपाली भाषासाहित्यप्रति अगाध आस्था प्रकट गरिएको यस उपन्यासमा नेपालभित्र र नेपालबाहिरका अग्रज एवं समकालीन साहित्यकारहरू बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, तारानाथ शर्मा, मणिसिंह थापा, दिलबहादुर नेवार प्रभृतिप्रति पनि सम्मान भाव प्रकट गर्दै उनीहरूका कृतिको प्रशंसा गरिएको छ । यसै क्रममा उपन्यासकारले आÇना कतिपय कविता, गीतलाई पनि उपन्यासमा ठाउ“ठाउ“ समावेश गरेका छन् । बहुसांस्कृतिक क्षेत्र शिलाङको सेरोफेरोमा केन्द्रित यस उपन्यासमा बङ्गाली, खासी आदि जातिको सांस्कृतिक प्रस्तुति पनि पाइन्छ ।
नेपाली जनजीवनका सकारात्मक पक्षलाई प्रस्तुत गर्दागर्दै पनि यस उपन्यासमा नेपालीहरूको निरीह स्थिति, नेपाली नारीहरूको दयनीय अवस्था आदिलाई पनि उल्लेख गरिएको छ । यसका साथै अनमेल विवाहको विरोध पनि यस उपन्यासमा भएको छ । यस उपन्यासमा आन्तरिकभन्दा बा≈य द्वन्द्वको प्रस्तुति पाइन्छ । रमेशको आमाबाबुस“ग द्वन्द्व भएर घरै छोड्नु पर्ने स्थिति आएको छ तर अन्त्यमा आमाबाबुको हार हुन गई रमेशको विजय हुन गएको छ । यस उपन्यासमा मञ्जुलाका माध्यमबाट आन्तरिक द्वन्द्वको संयोजन गर्न सकिने प्रशस्त सम्भावनाहरू हु“दाहु“दै पनि उपन्यासकारको ध्यान द्वन्द्वविधानतर्पm गएको छैन । नारी संवेदनशीलतालाई प्रस्तुत गर्दै आत्मिक एवं अमर प्रेमको स्थितिलाई प्रस्तुत गर्नु उपन्यासकारको ध्येय रहेकाले आन्तरिक द्वन्द्वविधानमा अल्झिएर उपन्यासलाई लम्ब्याउने पक्षमा उपन्यासकार नरहेको स्थिति प्रस्ट देखिन्छ ।
विगतको परिवेशभित्र उपन्यासमा कथानकको विन्यास आदि, मध्य र अन्त्यका क्रममा क्रमिक रूपले भएको छ । विजय र मञ्जुलाको भेट हुनु यस उपन्यासको आदि भाग हो भने सुधाले शिलाङ छोडेर हि“ड्नु, विजय र मञ्जुलाको सम्बन्ध विकसित हुनु, रमेशले आÇना घरपरिवारलाई छोडेर छुट्टै बस्नथाल्नु यस उपन्यासको मध्य भाग हो । विजयलाई क्यान्सरले समात्नु र उसलाई अस्पताल भर्ना गरिनु अनि मञ्जुलाले विजयलाई विष दिएर आपूm पनि आत्महत्या गर्नु उपन्यासको अन्त्य भाग हो । ठाउ“ठाउ“मा प्रसङ्गस“ग सम्बद्ध कतिपय विषयमा उपन्यासकारका विचारको प्रस्तुति पाइए पनि ती नारावादी नभई स्वच्छन्द ढङ्गबाट सामाजिक यथार्थलाई द्योतन गर्ने खालका देखिन्छन् । यसरी प्रस्तुत उपन्यासको कथानक क्रमिक र व्यवस्थित रहेकाले उपन्यास सहज पठनीय बन्नपुगेको छ । समग्रतः अधिकांश घटना वर्णनमा एकरूपता र स्वाभाविकता पाइनाका साथै आत्मिक प्रेमका विविध रूप तथा जातीय गौरवबोधलाई प्रस्तुत गरिएको यस उपन्यासको कथानकको व्यवस्थापन क्रमिक र स्वाभाविक रहेको छ ।
३.३ सहभागी
विगतको परिवेशभित्र उपन्यासमा विजय, रमेश, कर्नेल, सुलेमान, डाक्टर आदि पुरुष सहभागी तथा मञ्जुला, सुधा, रमेशकी आमा, मञ्जुलाकी आमा, रमेशकी बहिनी आदि महिला सहभागीहरूको सहभागिता रहेको छ । यस उपन्यासका पुरुष तथा नारी प्रमुख सहभागी रमेश, विजय, सुधा र मञ्जुला हुन् । उपन्यासमा यिनको सहभागिता वा चरित्रचित्रण यसप्रकार रहेको छ ः
(१) रमेश
यस उपन्यासको लेखकको रूपमा रहेको रमेश शिक्षित युवक हो । ऊ बाबुआमा साथमा भएर पनि आपसी व्यवहार नमिलेका कारण टुहुरो अनुभव गर्न बाध्य छ । नेपाली भाषा र साहित्यलाई माया गर्ने, नेपाली जातीयताको गौरवबोध गर्ने, आÇनो संस्कार भनेपछि हुरुक्कै हुने रमेश नेपाली समाजले आÇनो संस्कारलाई बिर्सि“दै गएकोमा अत्यन्त चिन्तित छ । बा≈यभन्दा आन्तरिक सौन्दर्यमा आस्था राख्ने रमेश कुनै पनि व्यक्तिको मूल्याङ्कन बा≈य रूप एवं क्रियाकलापबाट नगरी आन्तरिक रूपमा उसलाई बुझेर गर्नुपर्छ भन्ने दृष्टिकोण राख्छ । कसैको पनि दुख देख्न नसक्ने भावुक अनि संवेदनशील स्वभावको रमेश विद्रोही पनि छ । ऊ आÇनो विचार एवं दृष्टिकोणमा स्थिर रहने पात्र हो । ऊ असल एवं सहयोगी मित्र अनि सच्चा एवं सहृदयी प्रेमीका रूपमा यस उपन्यासमा चित्रित छ । समग्रमा ऊ अनुकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध, प्रमुख पुरुष पात्र हो ।
(२) विजय
आमाबाबु नभएको टुहुरो विजय लेखक रमेशको सुखदुखको साथी हो । आमाबाबुको असमायिक निधनले आÇना सपनाहरू चकनाचुर हु“दा पनि ऊ हतासि“दैन । सच्चा प्रेममा आस्था राख्ने ऊ भावुक, संवेदनशील एव आदर्शवादी पात्र हो । मञ्जुलालाई प्रेम गरे पनि ऊ अभिव्यक्त गर्न सक्तैन । ऊ प्रतिभाशाली कलाकार पनि हो । आपूmलाई क्यान्सर भएको थाहा पाएपछि आÇनी प्रेमिकालाई अन्तै बिहे गर्न अनुरोध गर्दै आपूmचाहि“ अन्त्यमा विषपान गरेर प्राण त्याग्ने विजय स्वच्छन्द खालको भावुक प्रेमी हो । समग्रमा ऊ अनुकूल, स्थिर, व्यक्ति, मञ्च, बद्ध, प्रमुख पुरुष पात्रका रूपमा यस उपन्यासमा चित्रित छ ।
(३) सुधा
उपन्यासका लेखक रमेशकी साथी, प्रेमिका र पत्नी सुधाको पहिलो बिहे सुलेमानस“ग भएको हुन्छ तर तिनीहरूको वैवाहिक जीवन सुखी हु“दैन । ऊ सोझो पतिका क्रियाकलापबाट सन्तुष्ट हुन सक्दिन र पतिमा पुरुषत्वको बीजारोपण गराउने चाहनाले अन्य केटाहरूस“ग खुलेआम हि“ड्छे तर समाजले उसलाई वेश्या भन्न थाल्छ र सुलेमानले पनि आत्महत्या गर्छ । विधवा भई अनेक प्रकारका लान्छना खेप्न बाध्य सुधा रमेशको आडभरोसा पाएर सम्हालिन खोज्छे तर आÇनो सङ्गतले रमेशको इज्जतमा धक्का लाग्ने ठानी ऊ रमेशले बिहे नगरी शिलाङ नफर्किने वाचा गरी त्यहा“बाट अज्ञात स्थलतर्पm लाग्छे । रमेशले बिहे गरेको थाहा पाएर ऊ तुरुन्त शिलाङ फर्किन्छे । त्यहा“ रमेश र उसकी आमाले रमेशस“ग उसको बिहे हुने कुरा सुनाउ“दा ऊ प्रतिवाद गर्दिन र तुरुन्तै उनीहरूको बिहे हुन्छ । समग्रमा यथार्थ र भावुकता मिश्रित सहभागीका रूपमा रहेकी सुधा अनुकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध, प्रमुख नारी पात्र हो ।
(४) मञ्जुला
उपन्यासकी प्रमुख नारी सहभागी मञ्जुला मिजासिली, स्नेहमयी, शिक्षित, सभ्य र सुसंस्कृत छे । पुराना रूढिवादी विचार एवं संस्कारकी विरोधी ऊ स्वतन्त्रताको दुरुपयोग गर्न नहुने तथा आधुनिकताका नाममा आÇनोपनलाई बिर्सिन नहुने विचार राख्ने आदर्शवादी चरित्र हो । अङ्ग्रेजी पढे पनि ऊ नेपाली भाषा र साहित्यलाई अत्यन्त माया गर्छे । उसलाई उपन्यासमा प्रेरणादायी चरित्रको रूपमा प्रस्तुत गरिएको छ । विजयभित्र सुषुप्त रहेको कलाकार व्यक्तित्वलाई पुनजीर्वित गरी उजिल्याउन उसको भूमिका महŒवपूर्ण रहेको छ । ऊ सच्चा प्रेमिका पनि हो । विजयलाई ऊ हृदयदेखि नै चाहान्छे तर ऊ कहिल्यै पनि सस्तो ढङ्गले आÇनो प्रेम प्रदर्शन गर्दिन । नो प्रेमी विजय क्यान्सरबाट मर्ने बुझेपछि ऊ पनि विष खाएर आत्महत्या गरी सच्चाआ प्रेमको अभिव्यक्ति दिन्छे । समग्रमा मञ्जुला अनुकूल, स्थिर, व्यक्ति, मञ्च, बद्ध, प्रमुख नारी पात्रका रूपमा यस उपन्यासमा देखापरेकी छे ।
समग्रमा यस उपन्यासमा रमेश, विजय, सुधा र मञ्जुला प्रमुख सहभागी हुन् भने सुलेमान, कर्नेल, रमेशकी आमा, मञ्जुलाकी आमा आदि सहायक सहभागी हुन् । यहा“ पन्जाबी युवक, मञ्जुलाको दाजु, बङ्गाली डाक्टर आदि गौण सहभागीका रूपमा रहेका छन् । यसमा विजय र मञ्जुला व्यक्ति सहभागीका रूपमा देखापरेका छन् भने अन्य सबै वर्गीय सहभागी छन् । यसैगरी उपन्यासमा रमेशकी आमालाई गतिशील सहभागीका रूपमा प्रस्तुत गरिएको छ भने अरू सबै स्थिर सहभागीका रूपमा चित्रित छन् ।
३.४ परिवेश
परिवेशसूचक स्थानका दृष्टिले हेर्दा यो उपन्यास उत्तरपूर्वी भारतको मेघालय राज्यमा पर्ने (तत्कालीन असम) शिलाङको सेरोफेरोमा घुमेको छ । यसमा शिलाङ वरिपरिका अपर मौप्रेम, लवर मौप्रेम, महादेव खोला, नक्साइ खोला, सुना कुरुङ आदि ठाउ“को उल्लेख पाइन्छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली जातिका रहनसहन, लवाइखवाइ आदिको प्रस्तुति यस उपन्यासमा भएको छ । बिहेपश्चात् लोग्ने स्वास्नीको घरमा गएर बस्नुपर्ने खासी जातिको सांस्कृतिक झल्कोसमेत यस उपन्यासमा दिइएको छ । नेपाली जनजीवनमा देखापर्दै गएको परिवर्तनलाई पनि सङ्केत गरिएको छ । यस उपन्यासमा समयको स्पष्ट उल्लेख छैन तर सुमन पत्रिकाको प्रकाशन सन्दर्भ उल्लेख भएको हुनाले यसमा चित्रित समय सन् १९६५ पछिको भारतीय नेपाली समाज भएको सङ्केत पाइन्छ ।
यस उपन्यासमा वातावरणसूचक सङ्केतकहरू प्रशस्त मात्रामा पाइन्छन् । यसमा सुखदभन्दा दुखद वातावरणको प्रस्तुति बढी मात्रामा भेटिन्छ । उपन्यासको प्रारम्भ भागमै रमेशको आÇनो घरपरिवारस“गको कटु सम्बन्धको प्रसङ्ग उल्लेख गरिएकाले कथाको सम्पूर्ण वातावरण दुखद एवं त्रासद हुने सङ्केत पाइन्छ । कथाको मध्य भागतिर विजय र मञ्जुलाको सम्बन्ध विकसित हुने क्रममा वातावरण सुखदजस्ता लाग्ने केही प्रसङ्गहरू आए पनि अन्ततः उपन्यास अत्यन्त दुखद एवं त्रासद वातावरणमा टुङ्गिएको छ । सुलेमानले आत्महत्या गर्नु, सुधा शिलाङ छाडेर अज्ञात स्थानतर्पm जानु र रमेश मर्माहत हुनु, विजयलाई क्यान्सर लाग्नु, विजय र मञ्जुलाले विषपान गरी आत्महत्या गर्नु आदि घटना प्रसङ्गले उपन्यासको वातावरणलाई दुखद र त्रासद बनाउन महŒवपूर्ण भूमिका खेलेका छन् । समग्रमा परिवेश चित्रणका दृष्टिले यो उपन्यास सशक्त रहेको छ ।
३.५ उद्देश्य
स्वच्छन्द ढङ्गबाट अमर एवं आत्मिक प्रेमगाथालाई प्रस्तुत गर्दै करुणाको सञ्चार गराउनु यस उपन्यासको मूल उद्देश्य रहेको छ । नेपाली जातिप्रति गौरवको भाव प्रकट गर्नु, आÇना संस्कार, मूल्यमान्यतालाई कायम राखी नेपाली भाषासाहित्य र साहित्यकारप्रति आस्था र सम्मान प्रकट गर्नु पनि यस उपन्यासको उद्देश्यकै रूपमा आएका छन् । बहुजातीय एवं बहुभाषिक समाजले नेपाली जनजीवनमा पारेको प्रभाव तथा परिवर्तनलाई देखाउ“दै तिनका बीचमा आÇनो अस्तित्वलाई जोगाउनु पर्ने धारणाको प्रस्तुति पनि यस उपन्यासको अभीष्ट रहेको छ । उपन्यासमा यी विभिन्न उद्देश्यहरूलाई प्रत्यक्ष ढङ्गले नभई विविध सहभागीका माध्यमबाट परोक्ष रूपमा प्रस्तुत गरिएको छ ।
३.६ दृष्टिबिन्दु
प्रथमपुरुष दृष्टिबिन्दुमा संरचित यस उपन्यासकोे पृष्ठभूमि खण्ड सुधाका माध्यमबाट तथा खास उपन्यास भनिएको खण्ड उपन्यासकार अर्थात् रमेशलाई केन्द्रमा राखेर प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएको छ । उपन्यासकारले प्रायः तटस्थ रही ठाउ“ठाउ“मा सहभागीमार्पmत विविध विषयमा आÇना विचार व्यक्त गर्दैैैै स्वच्छन्दतावादी भावभूमिमा यस उपन्यासको सिर्जना गरेका छन् । प्रथमपुरुष दृष्टिबिन्दुमा आत्मिक प्रेम, जातीय गौरव, भाषासाहित्यप्रतिको प्रेम आदि विविध विचारको प्रस्तुति यस उपन्यासमा गरिएको छ । त्यसैले उपन्यासको घटना र प्रसङ्अनुसारका अनेक विचारहरू उपन्यासमा ओइरो लागेर प्रस्तुत भएका छन् ।
३.७ भाषाशैलीय विन्यास
भाषाशैलीय विन्यासका दृष्टिबाट हेर्दा विक्रमवीर थापाको यस उपन्यासमा विशेष गरी शिलाङतिर बोलिने नेपाली भाषाको प्रयोग गरिएको छ । शिलाङ असमिया, खासी, बङ्गाली, हिन्दी आदि विविध भाषीको बसोबासको क्षेत्र भएकाले ती भाषाले नेपाली भाषामा पारेको प्रभाव यस उपन्यासमा पाइन्छ । यसका साथै अनेपाली भाषीले बोल्ने नेपाली भाषामा ती भाषाका उच्चारण र शब्दहरूको प्रभाव देखाएर भाषिक प्रयोगलाई स्वाभाविक र जीवन्त बनाउने सराहनीय प्रयास गरिएको छ । सरल, सहज र सुबोध भाषिकविन्यास पाइने यस उपन्यासमा ठाउ“ठाउ“मा अङ्ग्रेजीका शब्द, पदावली, वाक्यको प्रयोग पाइए पनि त्यसले उपन्यासलाई बोझिलो बनाएको छैन, बरु यसप्रकारको प्रयोगले उपन्यासको भाषालाई सहज, स्वाभाविक र यथार्थमूलक बनाउन महŒवपूर्ण भूमिका खेलेको देखिन्छ । यस उपन्यासका कतिपय ठाउ“मा अरमाइलो, विलुप्तिनु, टिठालु, विवशित, व्याप्तिनु, पोस्याउनु, भताभुङ्गिनु जस्ता शब्दहरूको निर्माण गरी कोशीय विचलनको प्रयोग गरिएको छ । यो व्याकरणिक दृष्टिले अस्वाभाविक देखिए पनि यसले उपन्यासको पठन एवं सम्प्रेषणमा बाधा पु¥याएको छैन । कतिपय ठाउ“मा प्रयोग भएका अनेपाली भाषाका शब्दहरूको अर्थ पादटिप्पणीका रूपमा दिइएकाले उपन्यासको पठन सुगम बन्नपुगेको छ । लक्ष्मण रेखा, क्लियोप्याट्रा, जुलियस सिजर र एन्टोनीजस्ता विभिन्न बिम्बको प्रयोगले उपन्यासको भाषिक प्रयोगलाई बिम्बात्मक, प्रतीकात्मक र आलङ्कारिक तुल्याइएको छ ।
उपन्यासका विभिन्न प्रसङ्गमा नेपाली र अन्य भाषाका लोकोक्तिको प्रयोग पनि पाइन्छ । भालुलाई पुराण सुनाउनु, आकाशको फल आ“खातरी भर, शोक न सुर्ता भोक न भकारी, म ताक्छु मुढो बन्चरो ताक्छ घु“डो, सा“प पनि मरोस् लौरो पनि नभा“चियोस्, चकचकले गाल पार्छ घुसघुसेले दाउ पर्छ, भुक्ने कुकुरले कहिल्यै टोक्दैन, मनको लड्डु घिउसित, मजबुरीका नाम शुक्रिया, बार्किङ्ग डग सेलडम बाइट जस्ता विभिन्न लोकोक्तिहरूको प्रयोगले उपन्यासको भाषाशैलीलाई थप आकर्षक, रोचक एवं जीवन्त तुल्याएको छ । उपन्यासकार स्वयंले रचेका विभिन्न गीत, कविताहरूलाई पनि यस उपन्यासमा सन्दर्भअनुसार समावेश गरी उपन्यासलाई थप प्रभावकारी तुल्याउने प्रयत्न गरिएको छ । मूलतः वर्णनात्मक र संवादात्मक शैली प्रयुक्त यस उपन्यासको कतिपय ठाउ“मा वाक्यविन्यासगत सामान्य भाषिक कसरमसर पाइए पनि त्यसले उपन्यासलाई नकारात्मक असर भने पारेको छैन । स्थानीय भाषिक प्रभावले यस्तो स्थिति सिर्जना भएको हो । छोटाछोटा वाक्यद्वारा निर्मित अनुच्छेदयोजनामा आबद्ध प्रस्तुत कृति सबै खाले पाठकका लागि सहज पठनीय छ ।
४. उपसंहार
परम्परित र प्रचलितभन्दा बेग्लै ढङ्गको बा≈य संरचनामा पन्ध्र भागमा विभाजित तथा आदि, मध्य र अन्त्यको क्रमिक विन्यासमा सङ्गठित विगतको परिवेशभित्र शीर्षक उपन्यास स्वच्छन्द एवं भावुक प्रेममा आधारित विचारमूलक कृति हो । यसमा युगीन सामाजिक जनजीवनस“ग मेल खाने खालका विभिन्न सहभागीहरूका माध्यमबाट कथ्यलाई विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ । शिलाङको सेरोफेरोमा दुखद एवं त्रासदीय वातावरणमा सिर्जित यो उपन्यास भावुक प्रेमको प्रस्तुति आदिका सन्दर्भबाट सोद्देश्यमूलक रहेको छ । प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरी सरल र सहज भाषाशैलीय विन्यासमा विविध विषयक विचार र दृष्टिकोण प्रस्तुत गरिएको यो एउटा महŒवपूर्ण स्वच्छन्दतावादी उपन्यास हो ।
यस उपन्यासको शीर्षक विगतको परिवेशभित्र पदावलीमा प्रयुक्त विगत शब्दले बितेको अर्थ बुझाउ“छ भने परिवेश शब्दले स्थान, समय र वातावरणलाई सङ्केत गरेको छ । उपन्यासकारले आÇना विगतको स्मरण गर्दै उपन्यास लेखन कार्य गरेको अभिप्राय बोकेको यस उपन्यासको शीर्षक विगतको परिवेशभित्र सार्थक, सामञ्जस्यमूलक र औचित्यपूर्ण देखिन्छ । समग्रमा उत्तरपूर्वीय भारतीय नेपाली जनजीवनका सामाजिक, आर्थिक, साहित्यिक एवं समसामयिक विषयवस्तुलाई समेटेर ठाउ“ठाउ“ यथार्थको पुटका साथ स्वच्छन्दतावादी भावधारामा प्रस्तुत गरिएको यो उपन्यास अत्यन्त मार्मिक एवं हृदयस्पर्शी कृति हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 श्रावण, 2069

लेखकका अन्य रचनाहरु