बम बिर्सिदाको बेहाल

- डिल्ली मल्ल

दुई चार दिन हामीलाई सुरक्षित हुनु थियो– सरकारी सेनाको नजरबाट छलिनु थियो । तर कसरी ? चारैतिरको घेराबन्दी, बाहिर निस्कने मुख्य नाकाहरुमा सेनाको उपस्थिति र गाउँ–गाउँमा परिचालन गरिएका सिआइडीहरुको निगरानीबाट बच्न बडो मुश्किल थियो हामीलाई– फलामको च्यूरा चपाएजस्तै ।

पूर्व कता हो अनि कता हो पश्चिम ? बिहान र साँझ भए पो सूर्य उदाएको र अस्ताएको हेरेर केही भेउ पाइदो हो, अन्धकार रातको यात्रा । त्यो पनि जेठमासमै वर्षिएको झरीमा कसरी पत्तो लगाउनु पूर्वपश्चिम । अहँ, केही मेसो छैन, थाहा छ त केवल स्थानीय साथीहरुको भनाईमा हामी पूर्व जा“दैछौ“– पूर्वी तनहु“ ।

०६१ को ग्रीष्मकाल । जेठको दोस्रो साता हुनुपर्छ सायद– हामी थियौ“ तनहु“को पश्चिम क्षेत्र कालीगण्डकीको आसपास पहाडी गाउ“मा । न कहिल्यै आएको न त जाने सुनेको ठाउ“ नै । ‘आधारइलाका’ (रोल्पा) बाट पुग्नै त एक महिना लागेको थियो हामीलाई । सरकारी सेनाका दर्जनौ“ घेराबन्दी र शाही क्याम्प नजिकैबाट उनीहरुलाई झुक्याउ“दै दिनरात सबै बरोबरी ठानेर कति हण्डर र दुःख कष्ट झेल्दै पुगेका थियौ“ हामी गण्डकमा ।

संकटकालको तेस्रो वर्ष चलिरहेको थियो देशमा । संकटकालका संकटमय दिनहरुका बीच हामी ‘आधारइलाका’ छोडेर बिस्तारको इलाकामा पुगेका थियौ“– क्रान्तिका लागि । हामी अर्थात् आधारइलाकामा कार्यरत जनकलाकारहरुको टोली– प्रतिरोध सा“स्कृतिक परिवार । टोली कमाण्डर थिए– मोहलाल चन्द ‘आधार’ । साथमा थियौ“ हामी रोल्पा, रुकुम, सल्यान, दाङ, प्यूठान, बाग्लुङ, कपिलवस्तु, गुल्मी र म्याग्दीका गरी २२ जना कलाकारहरु ।

हाम्रो एउटै उद्देश्य थियो– क्रान्तिकारी गीतसंगीतको माध्यामबाट जनचेतना जगाउनु । मुख्यतः सामन्ती निरंकुश राजतन्त्रका विरुद्धमा जनमत तयार पार्नु अनि न्याय, समानता र गरिब वर्गको मुक्तिका लागि जारी जनयुद्धका पक्षमा आम मानिसलाई आकर्षित गर्नु । साथै पश्चिमा मुलुकबाट आयातित छाडा, अश्लील र भ्रष्ट संस्कृतिको अन्त्य गरी सभ्य, समुन्नत र प्रगतिशील संस्कृतिको स्थापना गर्नु ।

अ“, हामी थियौ“ पश्चिम तनहु“को विकट बस्तीमा ।

जानु थियो हामीलाई पूर्वी तनहु“मा । जहा“ सरकारी सेनाको उपस्थिति न्यून थियो । र, हामीलाई दुई÷चार दिन सुस्ताउनु पनि थियो ।

तर, पूर्व जाने दुई–दुई पटकको प्रयास असफल भएपछि कता–कता डर लागेर आउन थालेको थियो भित्रैदेखि । कालीगण्डकीको किनार होस् या पहाडी क्षेत्रको कच्ची मोटरबाटो र सहायक नाकाहरु सबैतिर सेनाले बन्द गरेर बसेको थियो । लाग्थ्यो– कतै हामी उपलब्धिहीन, अनपेक्षित क्षतिको शिकार हुने त होइनौ“ ? आवेगमा आएर वा हतास भएर अघि बढ्न खोज्दा वा पछि हट्न खोज्दा सेनाको फन्दामा परिने त हैन ? त्यतिखेर हामीले अलिकति सचेतता र सर्तकता गुमाएको भए .... सायद अहिले बा“चेका साथीहरुले हाम्रो नाममा पनि एक मिनेट मौनधारण गर्नका लागि घडिको सुई हेरिरहेका हुन्थे कि ?

गोल्ड स्टार जुत्ता, (हरियो कपडाको मिल्ट्री बुटबाट हामी ‘माथि’ उठिसकेका थियौ“ त्यतिखेर ।) वान पोलार झोला, झोलामै झुण्ड्याइएको स्लिपिङ व्याग, नुहाउन, धुन नपाएको फुस्रो, मैलो शरिर र कपडाहरु अनि दुई मिटर टाढै भएपनि नाकमै ठोक्किन आइपुग्ने पसिनाको गन्ध..... । आखिर जति लुकाउन खोजे पनि माओवादी हुलिया कहा“ ढाकिन्थ्यो र ?

हुलिया लुकाउन नसकेपनि दुई÷चार दिन लुक्नैपर्ने भएको थियो हामीलाई । किनकि माओवादी जनसेनाको खारा आक्रमणको असफलतापछि सरकारी सेना गण्डकका पाल्पा, तनहु“ र स्याङ्जामा खनिएको थियो । स्थानीयबासीका अनुसार सेनाहरु भन्थे रे– ‘आजभोलि यता बन्दुकेहरु छैनन्, खारातिर गा’छन्, यी झोलेहरुलाई त लखेटी–लखेटी सिध्याइन्छ ।’

हुन पनि भएको थियो त्यस्तै । सेनाले हाम्रो अवस्था राम्रैस“ग बुझेको थियो । र, ‘झोले’हरु खोज्दै निस्फिक्रीका साथ दुर्गम गाउ“–गाउ“सम्म पुगेको थियो । एकदिन अघिमात्र कालीगण्डकीको किनार करुवाटार पुगेर एकछिन सुस्ताउने, पानी पिउने र अघि बढ्ने मनसायले अघि बढेको हाम्रो टोलीलाई गोठालो बाले जंगलमै नरोकेको भए सायद हामीले पानी पिउन नपाउ“दै सरकारी सेनाले हाम्रो ज्यान लिइसकेका हुने रहेछन् । धन्न ती गोठालो बा समयमै भेटिएर मृत्युको मुखैबाट हामीलाई फिर्ता गरिदिएका थिए ।

जेठको दोस्रो साता थियो । दिनभरको चर्को गर्मी, सेनाको घेराबन्दीबाट बच्न दिनभर स्थानीय कुमाल बस्तीमा छिपेर बस्यौ“ । र, सा“झ खाना खाइसकेपछि तेस्रोपटक पूर्वी यात्राका लागि झिटी गुन्टा बोकेर बाटो लाग्यौ“ ।

आखिर जानु नै थियो– पहिलो र दोस्रोपटक जंगल र सहायक बाटो अपनाएर जा“दा फर्किनु परेकाले यसपटक मोटर बाटैबाटो जाने निर्णय भयो । बाटोमा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्ने र रातभरमा जोखिमपूर्ण नाका पार गर्ने योजनासहित सा“झ ८ बजेतिर नै हिडियो ।

विडम्बना ! चैतदेखि नपरेको पानी त्यसै रात पर्नुपर्ने ? हिडेको एक घण्टा नबित्दै ठूल्ठूलो पानी प¥यो । एकातिर पानी, अर्कोतिर सेनाको तीव्र घेराबन्दी । हाम्रा लागि सबै शत्रु नै भैदिए । तैपनि माओवादी न परियो– प्रधान शत्रु र सहायक शत्रुलाई छुट्याउन जानेकै थियौ“ क्यारे । प्रधान शत्रु (सरकारी सेना) बाट बच्न सहायक शत्रु (पानी)को उपयोग गरियो । पानी–पानीमा रुझेर के पाउनलाई गौडा कुरेर बस्थे र सेनाका जवानहरु । उनीहरुलाई हामीप्रति सद्भाव थियो÷थिएन ? त्यो त उनैले जानून् । तर, उनीहरुले पानीमा रुझ्दै दुःख कष्ट बेहोरेर रातभर हामीलाई कुरिरहन सकेनन् सायद । त्यसदिन हामीले प्रयोग गरिरहेको बाटोमा उनीहरु बसेका रहेनछन् । हामी भने पानी–पानीमा रुझ्दै, भिज्दै प्लाष्टिक ओढेर रातभरमा जोखिमपूर्ण नाका र सेनाको घेराबन्दी पार ग¥यौ“ ।

जम्मा जम्मी २४ जनाको संख्यामा थियौ“ हामी । सैन्य फौजस“ग मुकाबिला गर्न हामीस“ग त्यस्तो कुनै हातहतियार थिएन । थिए त मात्र– मादल, सारङ्गी, गिटार र त्यस्तै १०÷१५ वटा सकेट बम । अनि केही बन्दोबस्तीका सामानहरु । त्यसैले हिड्दा सुरक्षा अवस्था ख्याल गर्दै केही परि आएपनि कम क्षति हुने गरी मुख्य टोलीलाई बीचमा पारेर ५०÷६० मिटरजतिको दूरीमा ३ जना अगाडि हिड्ने र २ जना पछाडि हिड्ने गरी फर्मेशन मिलाएका थियौ“ । फर्मेशनमा त्यस दिन म र एकजना रोल्पाली साथी ‘मुक्तिआह्वान’को जिम्मा पछाडि परेको थियो । साथमा दुई÷दुईवटा सकेट बम बोकेर हामी टोलीभन्दा अलि पछि–पछि हिडिरहेका थियौ“– ताकि हाम्रो पीछा कोही लागेमा पत्तो पाउन वा पछिको गतिविधि बुझ्नलाई सजिलो होस् र पछिबाट आक्रमणै गरिहाले पनि मुख्य टोलीलाई क्षति पु¥याउन नसकोस् ।

हिड्दा टर्चलाइट बाल्नु, बोल्नु त आफैमा आत्मघाती कदम थियो, सामान्य खोक्ने र हिड्दा खुट्टा जोडले बजाउने स्थिति पनि थिएन । पूरै चुपचाप निस्पष्ट अन्धकारमा अगाडिको कालो आकृति हेर्दै अनुमानको भरमा पाइला चाल्नु कम्ति कष्टकर थिएन ।

झण्डै रातको १ बजेतिर तनहु“को रिसिङ रानीपोखरी भन्ने ठाउ“भन्दा अगाडि पुगियो । त्यसभन्दा अगाडिको गाउ“ पार गरेपछि स्थानीय साथीहरुले जोखिमपूर्ण नाका क्रस गरिएको भन्दै १५ मिनेटजति आराम गर्न भन्नुभयो । ४÷५ घण्टादेखिको लगातारको हिडाई, वर्षे झरीलाई नै बिर्साउने मुसलधारे पानी, निस्पट अ“ध्यारोमा भेलले चिरा पारेका खाल्डाखुल्डीमा परेर ढल्दै, उठ्दै हिड्नुपर्दाको हालत र ‘बन्दोबस्तीका सामान’ बोकेका गह्रौ“ झोलाहरुको थिचाइले थिचिएका हामी यति थाकेका रहेछौ“ कि आराम गर्ने भनेका त निदाउन पो थालेछौ“ ।

१५÷२० मिनेट आ–आफ्नो लाइनमै बसेर सुस्ताएका हामी फेरि गन्तव्यका लागि पाइला बढायौ“ । थकान र निन्द्राले अर्धचेतजस्तै भएको मैले हातमा समाएको सकेट बम बसेकै ठाउ“मा छोडेर हिडेछु । हिडेको त्यस्तै ५ मिनेटजति भएको थियो होला, आफैलाई केही छुटेजस्तो न केही हराएजस्तो कस्तो–कस्तो महसुस भयो । झोला छामे“, गोजी छामे“, यसो कम्मरतिर हात लिएको त ग्रिनेड पर्समा एउटै मात्र बम छ । त्यसपछि पो निन्द्रा खुल्यो । लौ बर्बाद भयो, हातमा समाइराखेको बम त कता छोडिएछ कता ? स“गै हिडिरहेको साथी मुक्तिआह्वानलाई बम हराएको र भर्खर बसेको ठाउ“मा छुटेको हुन सक्ने बताए“ । लिन जाउ“ कि के गरौ“–गरौ“ भयो ।

पछिबाट त्यत्रो टोलीलाई के भनेर रोक्न लगाउनु ? बम नै बाटोमा बिर्सेको खबर पठाए कमाण्डरले के भन्लान् ? नरोकेर एक्लै खोज्न जाउ“ त पछि टोलीलाई भेट्न सकिएन र हराइयो भने ? न त कतै चिनेको ठाउ“, न जानुपर्ने ठाउ“ नै थाहा छ । झन् त्यसमै चारैतिर सेनाको घेराबन्दी छ, गाउ“–गाउ“मा सिआइडीहरु परिचालित छन् । अलिकति मात्रै तलमाथि भयो भने दुश्मनको पञ्जामा पर्न के बेर ?

तर, यतिका धेरै सोच विचार गर्ने समय नै कहा“ थियो र ? यता उता कतै नसोचिकन झोला स“गै हिडिरहेको साथीको हातमा दिएर पछिल्तिर यसरी कु“दे कि मानौ“ म यो बाटोमा सयौ“ पटक हिडिसकेको छु, जहा“ आ“खा चिम्लेर पनि दौड्न सक्छु ।

त्यतिखेर सेनाको डर, त्रासभन्दा पनि बम भेटिन्छ कि भेटिन्न भन्ने सुर्ताले ओठ मुख सुकिसकेका थिए । एकातिर अनिकालको बेला बम हराउनु, अर्कोतिर त्यही बमका कारणले हुने सम्भावित मानवीय क्षतिको चिन्ताले म बेहोसजस्तै भएको थिए“ ।

अघिसम्म आएको पानी केही कम भएपनि आकाशमा बादलले पूरै ढाकेको थियो । पारि–पारि क्षितिजमा पहाडका काला ढिस्काहरुले आकाश र जमीनको फरक त्यही हो भन्ने छुट्याउन सक्ने बाहेक अरु केही देखिदैनथ्यो । म पहिले आएको बाटैबाटो दौडिए बेस्मारी । त्यस्तै दुई तीन मिनेटको दौडाईपछि जहा“ म बसेको थिए“, त्यही पुगेछु, त्यसको एउटै संकेत म बसेको सिधै अगाडिको ठूलो रुख थियो । रुख के को हो थाहा भएन तर त्यही निशानाका कारण मैले बिर्सेर गएको बम यतै होला भन्ने अनुमान गर्दै भु“ईमा छामछुम गरे“ । नभन्दै मसिना ढुङ्गा भएको जमीनमा अलि हात लाग्ने त्यही बम नै रहेछ । बम भेटिएपछि छाती ढक्क फुलेजस्तै भयो, शरिरभरि जिङरिङ्ग का“डाहरु उम्रिए, हातगोडा लगलग का“पे ।

भोलिपल्ट दिउ“सोको समीक्षात्मक बसाईमा रातीको त्यो ‘बमकहानी’ गुपचुप पारियो । ‘जे भयो–भइसक्यो, कमाण्डरलाई जानकारी गराए गाली पाइन्छ, आखिर बम भेटिहाल्यो, कमाण्डर र टीमलाई नभन्नू’ भनेर स“गैको साथीलाई मनाइसकेको थिए“ पहिले नै ।

त्यो घटना सम्झ“दा अहिले पनि कता–कता डर लागेर आउ“छ– यदि त्यस रात त्यो बम नभेटिएको भए ?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 आसाढ, 2069

लेखकका अन्य रचनाहरु