संस्कृतिविद् डा. सत्य मोहन जोशी

- बसन्त श्रेष्ठ

सबै जाति, संस्कृति, र सभ्यताको महत्व बाट मात्र सिंगो देशको परिचय सम्भब हुन्छ | आफ्नो पूर्ण परिचय प्राप्त गर्न को लागी आफ्नो नाम र थर ले मात्र होइन उसले आफ्नो सांस्कृतिक पहिचान, भाषा र रीतिथिति अङ्गीकार गरेको हुनु पर्छ भनेर प्रष्ट बोल्नु हुने संस्कृतीबीद को नाम हो-डा. सत्य मोहन जोशी |

२०१३ सालमा ”हाम्रो लोक संस्कृति” मा पहिलो मदन पुरस्कार प्राप्त गर्नु भै अब गाउँ, घर, सभ्यता र संस्कृतिका अलिखित घटना र सन्दर्भहरु प्रकासमा ल्याउनु मा नै आफ्नो कार्य क्षेत्र ठानी सन्तोषको सास लिने र नेपालको इतिहासमा तिन पटक मदन पुरस्कार प्राप्त गरि इतिहास रच्न सफल हुने बरिष्ठ साहित्यकारको नाम हो – सत्य मोहन जोशी

मानिसले बाच्ने शैली सिके झैं मर्ने शैली पनी सिक्नु पर्छ | समयमा जुन दिन जे पर्ला त्यहि बेहोरुला भनेर जीबन प्रतिको सकारात्मक सोच माथि आफ्नो हक्की स्वर बोल्न समर्थ राख्ने नेपाली साहित्यका अमुल्य निधिको नाम हो – सत्य मोहन जोशी |

भादगाउँले टोपी, पुरातन शैलीको दौरा सुरुवाल्र र कोटमा सजिनु मा आफ्नो पहिचान बनाउन सफल हुनु भएको सत्य मोहन जोशी को आज भन्दा करिब ९२ बर्ष पहिला ललितपुरको बखुबहालमा बी.स. १९७७ साल बैसाख २० गते जन्म भएको हो | पिता संकर राज जोशी र माता राजकुमारी जोशी को पहिलो सन्तानको रुपमा जन्मनु भएको जोशीको पांच बर्ष सम्म पनी बोलि नफुटे पछी गणेश स्थानमा एक्लै छोडी दिदा कहालिएर चिच्याए पछी माता पिताले यसलाई भगवानको कृपा माने तापनि आफु यसलाई मनोबैज्ञानिक असर मात्र भन्नु हुन्छ |
त्रिचन्द्र कलेज बाट बी ए सम्मको अध्यन गर्नु भएको वहाले २००० सालमा औधोगिक ब्यापारिक समाचार संग्रह नामक संस्थामा महिनाको साठी रुपैया तलबमा जागिर खान शुरु गर्नु भएको हो | बी स. २००० सालमा भारत बाट पहिलो पल्ट एम कम पास गरेर आएका सर्दार भीम बहादुर पाण्डे लाई घरेलु इलम सर्वेक्षण अड्डाको लागी औधोगिक तथ्यांक लिनु पर्ने भएको ले नेपालको इतिहासमै सर्बप्रथम गोरखापत्रमा पांच पदको लागी दरखास्त आह्वान गरिएको थियो | त्यसमा वहा सफल हुनु भै आफ्नो कार्य क्षेत्र अन्तर्गत तनहु जानु भयो| भर्खर बिबाह गर्नु भएको मात्र नभई, कहिले पनी काठमांडू उपत्यका बाहिर नजानु भएको वहा लाई शुरु शुरुमा धेरै गाह्रो, अप्ठेरो र बिरक्त लागेको थियो | औधोगिक तथ्यांक लिन तनहु पुग्नु भएका वहालाई रहदै बस्दै गए पछी गाउले भाका, रोदी, दोहरी र बालन मा आफ्नो मन रम्न थाल्यो | गाउका पिडित महिलाले बिरहका भाका हालेर गाएका झ्याउरे लोकगीत र दोहरी लाई लिपिबद्ध गरेर २००३ सालमा शारदा पत्रिका मा प्रकाशित गर्नु भयो| त्यस पत्रिकाका अन्तरंग सम्पादक क्रान्तिकारी कबि गोपाल प्रसाद रिमालले यी गीतको पृष्ठभूमि पनी लेख्नुस यी कहाँ बाट, किन र कसरि आए त्यो सबै लेख्नुस भनेर सुझाए | त्यसैलाई काँट छाँट गरेर “हाम्रो लोक संस्कृति” नामको पाण्डुलिपि तयार पार्नु भयो| २०१३ सालमा स्थापना भएको मदन पुरस्कारले पहिलो पुरस्कार यसै पाण्डुलिपि लाई दिएर वहा नेपालको इतिहासमा मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति को रुपमा स्थापित हुनु भयो |
२००९ सालमा जब ससारको उच्च सिखर सगरमाथा मा तेन्जिंग शेर्पा र न्यु जिलान्ड़का एडमण्ड हिलारी ले सफल आरोहण गरेका थिए त्यसैको दोश्रो दिन रास्ट्र संघीय प्राबिधिक सहायता कार्यक्रममा भाग लिन वहाँ न्युजिलैंड पुग्नु भएको थियो | त्यस देशमा पुग्ने वहाँ पहिलो नेपाली हुनहुन्छ |
२०१५ सालमा निर्बाचित सरकारको पालामा स्थापना भएको “पुरातत्व र संस्कृति बिभाग”को वहा पहिलो निर्देशक बन्नु भयो | वहाले त्यस विभागमा रहनु हुदा २०१६ सालमा रास्ट्रीय नाच घरको जग्गा १३७,००० मा खरिद गरेर नाचघरको नामाकरण गरि स्थापना गर्नु भयो | वहाले त्यस समयमा पाटन पुरातात्विक बगैचा, भक्तपुर कला संग्रहालय, पुरातत्व संग्रहालय तौलिहवा को स्थापना गर्नु भो भने राजा मानदेव देखिको राजा महेन्द्र सम्मको नेपाली मुद्राको सफल प्रदर्शनी समेत गर्नु भयो |
२०१६ सालमा नेपालको पाँचौ शताब्दी देखि बिसौ शताब्दी सम्मको मुद्राको बिस्तृत विवरण सहितको “रास्ट्रीय नेपाली मुद्रा” नामक पुस्तक प्रकाशित गर्नु भयो | सोहि पुस्तकले २०१७ सालको मदन पुरस्कार प्राप्त गर्यो र वहाले यो दोश्रो पटक मदन पुरस्कार प्राप्त गर्नु भएको थियो |
२०१७ सालमा वहाले रत्न पुस्तक भण्डार बाट “नेपाली बर्णमाला” प्रकाशित गर्नु भयो र यो पुस्तक अतिनै लोकप्रिय भएर चार सस्करण सम्म निकाल्नु परेको थियो |
२०१९ सालमा चिनिया सरकारको प्रयोजनमा चिनियालाई नेपाली भाषा सिकाउनु पर्ने कार्यक्रममा आबेदन माग भएकोमा वहा छानिनु भै चार बर्ष सम्म को लागी चीन प्रस्थान गर्नु भयो |
२०२६ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको कुलपतिमा केदार मान व्यथित हुनु हुदा वहालाई सह सदस्य मा मनोनित गरियो | नेपाल राजकीय प्रज्ञा प्रतिस्थान पुग्नु भए पछी नेपाली भाषा, साहित्यको बिकाशको लागी केहि ठोस कार्य गर्ने जमर्को गर्नु भयो| त्यसैको को फलस्वरूप नेपाली भाषाको उद्गम स्थल कर्णाली अंचलको सिंजा उपत्यका गएर त्यहाको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र जातीय अध्ययन गर्ने तयारी गर्नु भयो | त्यस अन्तर्गत सिंजा उपत्यकामा नेपाली भाषाको उत्खनन सम्बन्धि बिस्तृत अध्ययन गर्न को लागी एउटा टोलि तयार पार्नु भयो | त्यस टोलीमा स्थिर जंग बहादुर सिंह, बिहारी कृष्ण श्रेष्ठ, चुडामणि बन्धु र प्रदिप रिमाल थिए | करिब दुइ महिनाको अथक परिश्रम र मिहिनेतले त्यस टोलीले पांच खण्डको एक ग्रन्थ तयार पारे | सो ग्रन्थको नाम थियो “कर्णाली लोक संस्कृति” | त्यस ग्रन्थले पनी २०२८ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भयो | यो पुरस्कार समेत गरि वहा तेस्रो पटक मदन पुरस्कार बाट पुरस्कृत हुनु भएको थियो |
२०३० सालमा सुर्य विक्रम ज्ञवाली कुलपति भए पछी वहा प्रतिस्ठानको सदस्य सचिबमा मनोनित हुनु भयो | वहाँ सदस्य सचिबमा मनोनित हुनु भए पछी नेपाली नाटकको विकास गर्नको लागी हरेक नया बर्षमा नाटक महोत्सब गर्न शुरु गर्नु भयो | त्यस समयमा वहाले आफ्ना थुप्रै नाटक हरु फर्केर हेर्दा, सपना ब्युझंछ, जब घाम लाग्छ को सफल नाटक मंचन मात्र गर्नु भएन दार्जीलिंग को चर्चित नाटक मन बहादुर मुखियाको “अनि देउराली रुन्छ” को पनी सफल प्रदर्शन गर्नु भयो | यस बाट नाटक हेर्ने प्रवृतिको बिकाशमा मात्र होइन धेरै आर्थिक लाभ पनी प्रतिष्ठानले प्राप्त गर्यो|
२०३५ सालमा वहाँ कै निर्देशनमा प्रथम पटक गाई जात्रा महोत्सब शुरु भयो | प्रथम प्रदर्शन राजा बिरेन्द्र को उपस्थितिमा प्रदर्शन भए तापनि दोस्रो दिन देखि प्रदर्शन बन्द गर्न गृह मन्त्रि, गृह सचिबको ठुलै दबाब आएतापनि सात दिन सम्म वहाले सफल प्रदर्शन गर्नु भएको थियो | यो वहाको लागि ठुलो चुनौतिको समय थियो |

चीनमा नेपाली भाषाको प्राध्यापनको लागी फेरी निम्ता आएको ले २०३६ सालमा फेरी दुइ बर्षको लागी चिन प्रस्थान गर्नु भयो |
चीनमा रहनु हुदा वहाले नेपालका प्रख्यात कलाकार अरनिकोको बारेमा बृहत अध्ययन गर्नु भयो | त्यसैको फलस्वरूप वहाले “कलाकार अरनिको” नामक अनुसन्धानमुलक कृति प्रकाशित गर्नु भयो | यहि बिषय लाई लिएर वहाले आफ्नो मातृभाषा नेपाल भाषामा पनी अरनिको सम्बन्धि महाकाब्य लेख्नु भएको छ | वहाको नेपाल भाषा मा लेख्नु भएको अर्को पुस्तक “जय प्रकाश” ले नेपाल भाषाको उच्च पुरस्कार “श्रेष्ठ सिरपा” पुरस्कार प्राप्त गर्नु भएको छ |
२०३८ सालमा वहा नेपाल फर्कनु भए पछी त्रिभुबन बिश्व बिद्यालय केन्द्रिय विभागमा नेपाल भाषा को प्राध्यापन गर्न थाल्नु भयो |

आफु सानो छदाँ बुबा शंकर राजले कार्तिक नाच हेरेर पढाई बिगार्ला भनेर जात्रा भरी मावलीमा लुकाउन लाने गरेका डा. सत्य मोहन जोशी आज कार्तिक नाच, चैत्य, नाटक, संगीत मात्र होइन नेपाली भाषा, साहित्य , कला र संस्कृतिका बिबिध बिषयमा अनुसन्धान गर्न मा तल्लिन देखिनु हुन्छ |
आफ्नो जीबनको उतरार्धमा भनौ ९२ बर्षको उमेरमा पनी यसै बिषयको श्री वृद्धि गर्नको लागी सक्रिय रहनु भएको वहा नेपाल भाषा प्रतिस्थान, किर्तिपुरको अध्यक्ष, नेपाल म्युजिक सेन्टर गौशाला र नेपाल आर्ट काउन्सिलको पनी अध्यक्ष हुनुहुन्छ |
वहाको अरु प्रकाशित अमुल्य सिर्जना हरुमा – बाघ भैरब, मृत्यु एक प्रश्न, सिपाही र रैती, दैलाको बत्ती,गुलाब र गुराँस, पुरातत्व एक रोचक कथा, नेपाली लोक गीत एक अध्ययन, नेपाली धातुमूर्ति बिकास क्रम, नेपाली चाड पर्ब र नेपाली मूर्तिकलाको बिकास क्रम छन् |
अप्रकाशित कृतिमा –...........
२०२१ साल मा वहाले पुर्ब पश्चिम राज मार्ग र निर्माण पत्रिकाको सम्पादन पनी गर्नु भएको थियो |

वहाका यिनै नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र बिकासको लागी गर्नु भएको योगदानको कदर स्वरूप वहालाई सुप्रबल गोर्खा दक्षिण बाहु, बिख्यात त्रिशक्तिपट्ट, आदिकबि भानु भक्त पुरस्कार, काठमान्डू बिश्व बिद्यालय ले बिध्याबरिधिको मानार्थ प्रमाण प्रत्र प्रदान गरेको छ भने भर्खरै नेपाल सरकारले उज्ज्वल किर्तिमान राष्ट्रदीप ले सम्मानित गरेको छ |

पानि भीत्रको हिलो बाट उम्रने अनि पानीको तह बाट माथि उठेर सुर्य सीत तादात्म्य स्थापना गर्ने कमलको फूलझैं साधक बन्नु पर्छ भनेर भन्नु हुने वहा अझ बढेर भन्नु हुन्छ सापेक्षबाद हो सबै, अस्तित्व केहि को पनी छैन | मृत्यु जहिले पनी तिमी संगै छ भनेर निर्धक्क संग भन्नु हुने साहित्यकार तथा संस्कृतिबिद डा.सत्य मोहन जोशी को सुस्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको काना गर्दै यो संक्षिप्त वहाको चिनारी यहीं समाप्त गर्ने अनुमति चाहन्छु |

स्प्रिङफिल्ड, भर्जिनिया, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 जेठ, 2069

लेखकका अन्य रचनाहरु