वर्ण विन्यास छलफल: अ‍ेक दृष्टि

- चूडा मणि रेग्मी

यता निकै दिनदेखि नेपाली वर्ण विन्यास वारे निकै छलफल भअ‍ेका छन् । केही दिन पहिले ललित पुरमा केही साहित्यकार भेला भअ‍ेर अ‍ेउटा घोषणा पत्र पनि निकाले । पहिले यो घोषणा पत्रको नेतामा कुनै भाषा विषयको विज्ञ देखा नपरेको स्थिति थियो, पछि पो त्यसमा वाल कृष्ण पोखरेल नेता रहेको थाहा भयो । तारा नाथ शर्माको पनि सहमतिले ! आधा मात्र समर्थन छ भन्ने डा. टङ्क न्यौपानेको पनि समर्थन रे ! यो घोषणा पत्रको नेता मध्येकै कमल दीक्षित पनि अ‍ेउटा हुनु हुन्छ भन्ने हल्ला आयो । जे जसो भअ‍े पनि साहित्यकार मात्र नभअ‍ेर केही भाषाविद् पनि घोषणा पत्रको पछाडि दरो सँग लागेका पाइयो । स्वाभाविक छ – पहिले सृष्टि अनि दृष्टि हुने हुनाले घोषणा पत्रका पक्ष र विपक्षमा मतहरु छापिन थाले । केही सर्जक, केही अनुसन्धाताले पनि देख्ता सजिलो तर अत्यन्त प्राविधिक भाषिक क्षेत्रको वर्णविन्यास वारे सजिलै छलफल गरे । यो घोषणा पत्रमा विचार व्यक्त गरिंंदा मेरो अ‍ेउटा जिज्ञासा भने अझै रहि रह्यो, शान्त भअ‍ेन । विचार व्यक्त गर्नेहरु मध्ये धेरैले सूर्य विक्रम ज्ञवालीदेखि महानन्द हुँदै तारा नाथ शर्मा सम्म र २०३४ पछि अनेकौं गोष्ठीमा भअ‍ेका छलफलहरु विगतका रूपमा कति महत्व पूर्ण थिअ‍े भन्ने कुरालाई त्यति जोड दिइअ‍ेको पाइअ‍ेन । परम्परालाई पनि राम्रो सँग व्याख्या विश्लेषण गरिअ‍ेको पाइअ‍ेन । छलफलमा आश्चर्य लाग्दो कुरो पनि पाइयो, त्यो के भने विचार पोखाइमा तर्क थोरै आक्रोश धेरै पोखिअ‍ेको पाइयो । यो आक्रोश पोखाइ वारे मेरो आफ्नै अ‍ेउटा अनुभव छ । त्यो यहाँ भन्नु सान्दर्भिक होला– ‘नञा शिक्षा लागे पछि नञा पाठ्यक्रम अनुसार पढाउने क्षमता ममा निकै न्यून रहेको हुनाले रहेछ, म विद्यार्थीले केही सोध्यो कि झनक्क रिसाउँथें । मोराशले पढाउँदा चाहिं विषयका दृष्टिले उनी सँग त्यति रिसाउँदैन थे ।’ घोषणा पत्रका समर्थकहरु मध्येका धेरैका लेखाइमा वढी आक्रोश रहनुको पछाडि पनि त्यही मेरो झैं अयोग्ताको प्रधानता त होइन ? वाल कृष्ण पोखरेल, तारा नाथ शर्मा जस्ता केही खाइवाहरुको सत्य तथ्य वुझ्न त उहाँहरुका भाषिक गतिविधि गहिरिअ‍ेर केलाअ‍ेर पढ्नेलाई मात्र छ्याङ्ग हुन्छ । ‘सव्द्यौली’ लेख्नेले ‘शव्द्यौली’, ‘सर्मा’ लेख्नेले ‘शर्मा’ लेख्न जोड गरे पछि उहाँहरुका दृष्टिकोणको भेउ पाउँन निकै कठिन देखिन्छ तापनि गहिरिअ‍ेर केलाअ‍ेर उहाँहरुको यो दृष्टि हेर्दा छ्याङ्ग हुन्छ । यो परिवर्तनमा धेरै कारण अझ मनोवैज्ञानिक पनि छन्, ती मध्ये अ‍ेउटा कुरा चाहिं यहाँ भन्छु– त्यो हो डा.वल्लभ मणि दाहालको मृत्युको निकै लामो समय पछि जेठ १४ मा लेखिने सम्विधानको वर्ण विन्यासमा प्रभाव पार्ने ढङ्गले यो आक्रोश जोडतोड सँग पोखिअ‍ेको छ । यसमा प्रश्न गर्न सकिन्छ– यसो हुनु व्यक्तिगत रहस्य मात्र छ कि, व्यक्तिवादको कुनै रूप ?
आक्रोशको सन्दर्भमा भन्नु पर्दा २०३४ सालदेखि पाठ्यक्रम विकास केन्द्र द्वारा आयोजित अनिवार्य नेपाली विषय गोष्ठीमा म पनि सहभागी थिअ‍ें । त्यसमा मुकुन्द शरण उपाध्याय मात्र होइनन्, निकै जना नेपाली विषयका प्राध्यापकको आक्रोश पोखाइ हुन्थ्यो, परिणाम त्यो गोष्ठी भरि त्यो आक्रोश पोखाइ सोडाको सिसीको उम्लाइमा परिणत हुन्थ्यो । त्यो दृश्य मैले मात्र देखेको होइन देख्ने सयौं नेपाली विषयका प्राध्यापक अझैं छन् । त्यस्ता आक्रोश पोखाहाको अ‍ेउटा हुल पनि घोषणा पत्रको हुल भित्र भअ‍ेको देखिन्छ ।
आक्रोश वारे कुरा हुँदा मैले यति कुरा लेखेको हुँ । प्रज्ञा प्रतिष्ठान द्वारा आयोजना भअ‍ेका भाषिक गोष्ठी मध्ये केही गोष्ठीमा म पनि सहभागी भअ‍ेको हुँ । त्यहाँ पनि अनिवार्य नेपाली गोष्ठीमा पोखिअ‍ेकै चर्का आक्रोश त्यहाँ पोखिन्थे । गत वर्ष प्रज्ञा प्रतिष्ठान द्वारा आयोजित सङ्गोष्ठीमा पनि धुवाधार चर्का आक्रोश अभिव्यक्तिअ‍ेको थियो । आक्रोश पोख्ने व्यक्तिलाई विज्ञ विद्वान्हरुका अगाडि नेपाली भाषाको म पनि विज्ञ विद्वान् हुँ, जिम्मेवार हुँ, मैले शिष्टता पूर्वक तार्किक रूपमा विचार राख्नु पर्छ भन्ने वोध नभअ‍े झैं अ‍ेउटा नेताले अर्को नेतालाई गाली गरे झैं आक्रोश पोखिअ‍ेको थियो । यो भर््खरकै कुरा हो । प्राविधिक कुरामा गाली काम लाग्दैन वैज्ञानिक तर्क मात्रै काम लाग्छ । यो वैज्ञानिक कुरो कसैले पनि विर्सनु हुँदैन ।
छोटकरीमा, २०३४ पछि आक्रोश पोख्नेहरुको हुलले नेपाली भाषाका क्षेत्रमा गम्भीर अध्ययन गरी गम्भीर पुस्तक लेखेको पाइअ‍ेको छैन । प्रश्न नै गर्नु पर्दा घोषणा पत्र भित्र अ‍ेउटा त पाणिनि हुनु पर्यो – कुनै मठमा अघिका शङ्कराचार्य नभअ‍े पनि अहिले नञा शङ्कराचार्य भअ‍े झैं । पाणिनि हुने ल्याकत कसमा छ ? अथवा पाणिनि हुने गरी भाषा र व्याकरणको लागि साधिकार कसले काम गरेको छ ? –
वाल कृष्ण पोखरेलले ?
डा.तारा नाथ शर्माले ?
कमल दीक्षितले ?
अथवा अर्को कुनैले ?
घोषणा पत्रले प्रस्तुत गरेका पुरानो ढङ्गका वर्ण विन्यासका कुराहरुलाई विचारणीय नै छैनन् भन्नु भन्दा घोषणा पत्र ठोकुवाहरुका आक्रोश भने विचारणीय छन् भन्ने देखिन्छ । म, कमल दीक्षित, वाल कृष्ण पोखरेल, तारा नाथ शर्माहरुले किन पुरानो वर्ण विन्यास पछ्याउनु भयो ? भन्दिनँ । कुनै वावु जोगी भअ‍ेर खरानी धस्न थाल्यो भने उसका छोराले ‘किन खरानी धस्यौ वावु ?’ भनेर प्रश्न गर्नु अनर्थ भअ‍े झैं यी तिन मात्र होइन अरु पनि आफ्नो इतिहास राखि सकेकाहरुले कुनै पाइला चाल्दा मेरो इतिहास मैले जसरी वनाअ‍ें, अव यसै गरी मेरो इतिहासलाई अघि वढाउँछु भन्न पाउँछ । यो सत्य हो, तर झर्रोवादीका नाइकेहरुको यो नञा पाइलो सराइ नाइकेहरुलाई सुहाउने नसुहाउने के हो ? त्यो वारे विचार भने भइ रहन्छ, हुनु पर्छ । कुनै पनि विचार ‘ऊर्ध्वगामी’ छ भने त्यसले स्यावासी पाउँछ, ‘अधोगामी’ छ भने त्यसले पाउँदैन । कमल दीक्षितको कुरा गर्दा उहाँ मध्यम मार्गी भाषा साहित्य सेवी तथा पुरानो नेपाली साहित्यका अनुसन्धाताका रूपमा प्रसिद्ध हुनु हुन्छ । यो पालिको यो पाइलाले उहाँको इतिहासलाई वल दिन्छ भन्ने उहाँलाई लाग्छ भने हामीले के भन्ने ? उहाँका पाइला उहाँको व्यक्तित्वलाई माथि चढाउँलान् कि तल झार्लान् ? छलफल उपरान्त सिद्ध हुने नै छ ।
माथि मैले पाणिनिको कुरा ल्याअ‍ेको थिअ‍ें । वर्तमान नेपालको भाषिक चिन्तनमा पाणिनि भन्न लायक अध्ययन भअ‍ेका, चिन्तन भअ‍ेका, काम गरेका, मौलिक व्याकरण लेखेका कुनै विद्वान् छन्् भने त्यो विद्वान् व्यक्ति हो ‘प्रा.डा.हेमाङ्ग राज अधिकारी’ । उनका भाषिक विचार खन्डन गर्नेले उनले प्रतिपादन गरेका विचारको साधिकार खन्डन गर्नु पर्छ । आक्रोश पोखेर, गाली गलोज गरेर, हुल कसेर, दुई चार वटा तथाकथित उदाहरण दिअ‍ेर गरिअ‍ेका भाषिक विचार प्रामाणिक ठहर्दैनन् । २०३४ पछि नेपाली भाषाका क्षेत्रमा ठुलो भुइँचालो आइ सकेको छ । भाषाका क्षेत्रमा अनेकौं गतिविधि भइ सकेका छन् । यस्तो वेलामा ‘गरीव’लाई ‘गरिव’ लेख्यौ, ‘कानून’ लाई ‘कानुन’ लेख्यौ, पद वियोग गरेर भाषा भाँड्यौ, ‘श’ को प्रयोग मनग्गे हुनु पर्ने घटायौ इत्यादि कुरा भनेर आक्रोश पोख्नु कुनै वैज्ञानिक तार्किक कुरा हो भन्ने देखिंदैन । वाल कृष्ण पोखरेलले ‘सव्द्यौली’ लाई ‘शव्द्यौली’ पार्नु भो, पार्न त पार्नु भो लहरो तान्दा पहरो गर्जिने कुरा तर्फ त्यति गम्भीरता अनुभव गरेका छैनन् नञा वर्ण विन्यासका चिन्तकले । तारा नाथ शर्माले आफुले प्रयोग गरेको ‘सर्मा’ लाई आक्रोशमा भन्नै नहुने प्राणीको नाउँ भन्नु भयो । उत्तेजनामा भनिअ‍ेका हुन् यी कुरा भनी नञा भाषिक चिन्तकहरुले भनि रहेका छन् । केहीले ‘फुल’ र ‘फूल’ वेग्ला वेग्लै अर्थ भअ‍ेका हुन् भन्ने तर्क राखे र नञा चिन्तकहरुको हाँसो उडाअ‍ेको पनि पाइअ‍ेको छ । अ‍ेउटा शव्दको अ‍ेउटा अर्थ मात्र नभअ‍ेर धेरै अर्थ हुन्छन् भन्ने कुरा शव्दकोष पल्टाउँदा थाहा पाइन्छ । ‘जुन’ र ‘जून’ लाई ह्रस्व दीर्घले छुट्याउँछ भन्ने मान्ने हो भने सम्योजक ‘तर’ र दुधको ‘तर’ लाई कसरी छुट्याउने ? यसरी कुरा गर्दै जाँदा लहरो तन्किन्छ । व्यूँझनु दीर्घ लेख्नेले फूल्नु दीर्घ लेख्नु पर्यो । द्रि वाट ओअ‍ेको दुई र षष्टि वाट आअ‍ेको साठी ह्रस्व लेख्नु पर्यो अझ साठीको ‘स’ पनि ‘ष’ लेख्नु पर्यो । यसरी महानन्दले प्राकृतलाई हेर्दै नेपाली वर्ण विन्यास वारे चिन्तन गरेको चिन्तन पनि विचार नगरिअ‍ेको हैन । वास्तवमा, राम मणिको पालादेखि अनेकौं वादका विभिन्न वर्ण विन्यासको चिन्तन भअ‍े उपरान्त नै नेपाली विभाग कीर्ति पुरले नञा वर्ण विन्यास नीति प्रचलनमा ल्याअ‍ेको हो । प्रज्ञा प्रतिष्ठानका गोष्ठीमा यी कुरा आअ‍ेका हुन् । परिवर्तित नियमलाई वृहत नेपाली शव्दकोष (२०४०) ले सघाअ‍ेको हो । यता आअ‍ेर उच्च शिक्षावाट माध्यमिक शिक्षामा पनि नञा वर्ण विन्यास प्रचलनमा आअ‍ेको हो । यस कुरामा अघि पनि कपाल दुखाउनेले अहिले पनि कपाल दुखाइ गरि रहेका छन् । मेरो अनुभवमा, ३४ वर्ष क्याम्पसमा नेपाली पढाअ‍ें, लगभग ४० वर्ष पत्रकारिता गर्दा कैयौं लेखकका लेखोट हेरें, त्यो अनुभवमा पुरानो वर्ण विन्यासले कहिल्यै पनि नेपाली शुद्ध लेख्न सहयोग गर्दैन । यहाँ निर म कसैलाई आक्षेप हैन सत्य कुरा व्यक्त्याउन चाहन्छु । त्यो के भने कैयौं सम्पादक लेखक व्याकरणका नियम जान्दैनन्, शुद्ध लेख्न सक्दैनन् गणेश राखेर सम्पादन गर्छन्, लेख छाप्छन् । यी कुराहरु छन् ।
अव तत्सम, तद्भव, आगन्तुक शव्दहरुको वर्ण विन्यास वारे कुरा गर्दा यी विषयमा चिन्तन अगाडि वढि सकेको छ । यस्तो अवस्थामा फेरि पुरानो चिन्तन पुरानो वर्ण विन्यासलाई स्थापित गराउने सपना व्यवहारमा काम लाग्दैन भन्ने मलाई लाग्छ किन लाग्छ भने भाषिक छलफल प्रकाश गर्ने नेपालका प्रसिद्ध अखवारहरुले नञा वर्ण विन्यासलाई पनि अङ्गकार गरेको पनि देखिन्छ (जस्तै ः सहर, मजदुर, मधेस आदि) । नेपाली भाषा अन्तर्राष्ट्रिय भाषा भअ‍ेको हुनाले भारतका केही प्र्रान्त सँग मिल्ने गरी नेपाली वर्ण विन्यास लेख्नु पर्छ भन्ने कुरा पनि गरिन्छ तर माथि माथि सत्य जस्तो देखिअ‍े पनि भित्र यो कुरा सही सिद्ध भअ‍ेको छैन भन्ने कुुरा हामीले नेपाली पढाउँदा अथवा पत्रिकामा सम्पादन गर्दा अनुभव गरि सकेको हो । नेपाली वर्ण विन्यासको नियम श्याम प्रसादले भने झैं आफ्नै भाषा आफ्नै नियम हुनु पर्छ ।
नेपाली वर्ण विन्यासका क्षेत्रमा २०३० को दशक पछि शिक्षा मन्त्री, उप कुलपति, कुलपति आदिवाट मनग्गे प्रोत्साहन नपाउँदा पनि कीर्ति पुरका स्वनाम धन्य वैज्ञानिक ढङ्गले भाषिक चिन्तन गर्नेहरुका प्रयत्नले यता आअ‍ेर नेपाली वर्ण विन्यासले अ‍ेउटा नञा पाइलो चाल्ने ताउरमाउर गरेकामा यो ललित पुर घोषणा पत्र विचारका दृष्टिकोणले विचार हो तर यो विचार नेपाली वर्ण विन्यासको वाधा हाल्ने तगारो हो भन्ने मलाई लाग्छ । यसै सन्दर्भमा, सान्दर्भिक विचारमा सघाउ दिने विचार भअ‍ेको हुनाले भाषा चिन्तक डा.वल्लभ मणि दाहालका यी तिन अम्श प्रस्तुत गर्दछु । यसमा अखवारहरुले पनि तात्विक चिन्तन पाउने छन् भन्ने मलाई लाग्दछ –
१.
नेपाली लेखन–पद्धति (वर्ण विन्यास) मा पहिलेको मानक भत्किँदै गअ‍ेको, तर नञा मानक भने पूर्णतः स्थापित नभइ सकेको स्थिति आज छ । पत्र–पत्रिका, पाठ्य–पुस्तक र स्वयम् ‘वृहत् नेपाली शव्दकोष’ समेतमा पनि यस्ता विभिन्नताहरु पाइन्छन् । वास्तवमा, पुरानो लेखन–पद्धतिको अपर्याप्तता र केही हद सम्मको अव्यवस्थिततालाई हटाई, व्यवस्थित र सरलीकृत गर्नका निम्ति पोखरा–गोष्ठीमा त्रि.वि.नेपाली विषयका शिक्षकहरुका विच व्यापक छलफल भई सुधार गर्ने निर्णयमा पुगिअ‍ेको थियो । जहाँ सम्म यसको कार्यान्वयनको प्रश्न छ– त्रि.वि.अ‍ेक मात्र आधिकारिक सम्स्था होइन, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, शिक्षा–मन्त्रालयको पाठ्यक्रम–विकास–केन्द्र, साझा प्रकाशन जस्ता सम्स्थाहरु पनि छन् साथै देशका देश वासिहरुका मूर्धन्य लेखक तथा भाषाविद्हरु पनि छँदैछन् । पोखराको गोष्ठी पछि त्रि.वि.का नेपाली विषयका कतिपय विद्वान् शिक्षकहरुले आफ्नो लेखन र अध्ययनमा समेत यही सुधारिअ‍ेको वर्ण विन्यास लागू गरि रहेका छन् । पूर्ण रूपमा यसलाई लागू गर्न माथि उल्लेख गरेका आधिकारिक निकायहरु अ‍ेउटै निर्क्योलमा पुगी लागू गर्नु पर्ने हुन्छ ।
२.
लेखन–पद्धतिमा सुधार गर्दा यसले सर्व प्रथम भाषाको प्रतिनिधित्व गर्नु पर्छ, सरल र सुन्दर हुनुपर्छ ; साथै मितव्ययी पनि हुनुपर्दछ ; तर परम्परालाई पनि पूर्ण रूपले त्याग्न सकिँदैन । यी आधारलाई ध्यानमा राखी कार्यान्वयन गर्ने निकायहरुमा अ‍ेकमत हुनु पर्दछ अनि मात्र पाठ्य–पुस्तक–लेखन, शिक्षण र अन्य लेखनमा अ‍ेकरूपता आउन सक्छ । निजी छापाखाना र प्रकाशनमा समेत सुधारिअ‍ेको नियम लागू गराउन सक्नु पर्छ । यसका निम्ति आधिकारिक निकायहरुमा प्रतिवद्धता आउनु पूर्वावश्यकता हुन आउँछ ।
३.
भाषाको उन्नयन र विस्तारमा सन्चारका माध्यमको प्रभावकारी भूमिका रहन्छनै । नेपाली पत्र–पत्रिकाहरुले नेपाली भाषाको उन्नयन र प्रसारमा ज्यादै ठुलो भूमिका खेलेका छन् । यता केही वर्षदेखि पत्रकारिताको नेपाली (?) को विकास भइ रहेको छ । शव्दावली, शैली र वाक्य गठनमा समेत यसका आफ्नै विशेषता देखापरेका छन् । पठन र लेखनका रूपमा नेपाली भाषा पत्रकारिताका माध्यम वाट नै फस्टाइ रहेछ । वढ्दो पाठकको र पत्र–पत्रिकाको विक्रीको सङ्ख्याले नै यो कुरा स्पष्ट हुन्छ । जहाँ सम्म स्तरीय नेपाली भाषाको प्रश्न छ– यी पत्र–पत्रिकाहरुले केही मात्रामा नकारात्मक भूमिका पनि खेलेका छन् । खास गरी वर्ण विन्यास सम्वन्धी छपाइमा ज्यादै हेलचेक्र्याइँ गरेको पाइन्छ । यसवाट लेखनमा स्तरीयता कायम राख्नको सट्टा अ‍ेक प्रकारको अराजकता पनि विस्ता भअ‍ेको छ– जसले जसरी लेखे पनि हुन्छ भन्ने धारणा व्याप्त भअ‍ेको छ ।

सम्पादक जुही

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 जेठ, 2069

लेखकका अन्य रचनाहरु