ईन्पेक्टर सुनिता

- गोपाल झापाली

आवाज निक्कै कर्कस थियो, ‘हैन पत्रकार भए पछि जे माग्दा पनि पाईन्छ ? झन ईन्भेष्टिकेसन चलि रहेको केसबारे धेरै भन्न मिल्दैन भन्छु, तपाँई कस्तो कुरा बुझ्नु हुन्न ।’ मैले हारे । जति सुचना लिन चाहेको थिएँ, सकिन । जति पाएँ त्यतिमै ‘स्टोरी’ बनाउनु पर्ने भयो । मैले पत्रकारीताका क्रममा एक दजर्न भन्दा बढि ईन्सपेक्टरसँग यहि कार्यालयमा सँगत गरेँ, तर यस्तो अविवेकि कोहि आएको थिएन ।
उनि यस ईलाकाको ईन्चार्ज भएर आएको १ महिना भएको छ । यस विचमा सवै जसो मेरा सहकर्मीको एउटै गुनासो, यसले त केहि पनि सुचना चुहाँउदै चुहाउँदिन । केहि सहकर्मी त ‘माथि’ भनेर तु–सरुवा गराई दिनु पर्छ पनि भन्छन् । मेरो खास प्रतिक्रिया छैन । सुचना पाउनु हाम्रो मात्रै होईन सवै जनताको अधिकार हो । हामी पत्रकार भएकै कारण सर्वसाधारण भन्दा बढि अपेक्षा गर्नु हामी भित्रको दम्भको उपजमात्र जस्तो लाग्छ । ‘ब्युरोचिफ’ले भुमिगत अपराधी समूहको ‘स्टोरी’ गर्नु भनेको ३ दिन भई सक्यो । बल्ल आधा जसो मात्र सुचना फेला पर्दैछ । बाँकि कुरा प्रहरी अनुसन्धानका छन, राख्नै पर्नेछ । तर पुुलिस दिन मान्दैन । अर्थात ईलाका ईन्चार्ज दिनै मान्दिन । एउटा उपाय । जिल्लामा एसपिलाई फोन गरेर थर्काउन लाउनु प¥यो । ‘ हैन एसपि साब एउटा सुचनाका लागि धाएको ३ दिन भयो पाउन सकिएन । हाम्रो ईलाकाको ईन्सपेक्टर साब दिनै मिल्दैन भन्नु हुन्छ । तपाईले भनिदिँदा सजिलो हुने थियो कि ?’ एसपि म भन्दा थकित सुनिए, फोनमा । ‘खै बिनोदजी म के भनुँ । त्यो फाईल हामीले पनि स्टडि गरि रहेका छौं, बरु मलाई भन्दा सुनितालाईनै थाह छ, उतैबाट लिने कोसिस गर्नुन यार । अनुसन्धानमानैं समस्या हुने गर म कसरी दवाव दिउँ ?’ एउटा जाबो ईन्सपेक्टरलाई जिल्लाको हाकिम भएर पनि ठेगान लाउन सक्दैन । के–के न हाकिम भई खाको ? मनमनै मुर्मुरिएँ ।
अब त खाना पनि खाईसकि होला । रातको ९ बज्न लाग्यो । केहि ‘कुल’ भईकि । एक चोटि ‘लाष्ट ट्राई’ गर्नु पर्यो । फोन दवाएँ । ‘के तपाईँले मलाई एसपि साब सँग थर्काई माग्नु भएको थियो । मलाई जिल्लाबाट फोन आएको थियो । त्यो केसबारे भन्न मिल्ने जति भनि दिनु भनेर । तर मैले त भनि दिएकै थिँए त । फेरी के चाहियो र एसपि साबलाई फोन गर्या ?’ फोन उठाउन पाको छैन, क्या कडा कुरा । अब त मै गल्नु पर्यो । ‘त्यसो होईन मेम्, जिल्लाबाट प्रकृया पुर्याउँदा सजिलो हुन्थ्योकि भनेर मात्रै हो ।’ उताबाट केहि नरम कुरा आयो– ‘तँपाई पत्रकारहरु एक कल फोन गरेका भरमा सबै कुरा आओस भन्नु हुन्छ । कार्यालय सम्म आउन सक्नु हुन्न । हामी ड्यटी आवरमा कहाँ कुन मोडमा हुन्छौं । बरु भोली ११ बजे अफिसमा आउनु के–के दिन र भन्न मिल्ने हो, म सहयोग गरौंला ।’ कुरो ‘पोजेटिभ’ आए पछि मन हल्का भयो । सोचे– ‘ के स्वादकी पुलिस हो यो । हेर्दा भर्खर २६,२७ की जस्ति छ । यत्रा पुलिस तह लगाकी छे । बजारमा पहिलाका गुण्डाहरु कता हराए कता । यस्ति अग्रााख केटी, त्यो पुलिस । ताजुक लाग्छ ।’
बिहान देखि दुईटा पत्रकार सम्मेलन धाईयो । साढे १० भई सक्यो । खानाको ठेगान छैन । बल्ल ढु¨ो टुसाउन थालेको छ । उस्ले भनेको समयमा पुगिएन भने फेरी गाह्रो पर्छ । अगाडीको होटलमा गएर बा“कि चाउमिन मागे । बा“कि पनि भन्नु पर्दैन । तिन महिना भयो, चिया–खाजा खाको । एक सुक्को दिन सकिएको छैन ।
‘ए, आईपुग्नु भो बिनोदजी । म त टोलीमा जान लागेकी थि“ए ।’ अभिवादन फर्काए पछि आफ्नै कार्यकक्षमा ठाँटिएर बसेकी ईन्सपेक्टर सुनिताले भनि । मैले मुसक्क हाँसे अर्थात ३ दिन सम्मको थकाईबाट म गले जस्तै भएँ । उसले ‘सेट’बाटै भनि– ‘म अहिले टोलीमा जान्न । सईसाबले लिएर जानु ।’ मैले मेरो ‘स्टोरी’का बारेमा बेलि बिस्तार लाए पछि उसले बोलि । ‘ हुर्नुस बिनोदजी, कतिपय सुचना यस्ता हुन्छन जुन दिँदा हाम्रो अनुसन्धानमा बाधा पुग्छ । अपराधी फुस्किए भने तपाईहरुनै हो हाम्रो छाला काडेर लेख्ने । त्यसैले ‘ईन्फरमेसन सेक्रेसी’ का लागि मैले तपाईँलाई अफिसमै बोलाएकी हुँ ।’ फोनमा कहाँ भुङ्ग्रो जस्ति पुलिसकी हाकिम अहिले त सिमल जस्तो कुरा गर्छे बा । म थोर बोलेँ, उ बोलि रहि । अर्थात मलाई बोल्नु भन्दा उसैको स्वर सुनिरहँु लाग्यो । दराजबाट फायल झिकेर दिई । मैले खुरुखुरु चाहिने सुचना सारेँ । लुती पनि होईन, मोटी पनि होईन । काली–काली तर राम्री, ईन्सपेक्टर सुनिता । त्यहि बिचमा उ ‘सेट’बाट बारम्बार निर्देशन लिने र दिने गरि रहेकी थिई । काम सकेँ । डायरी खोजीमा कोचेँ ।‘थ्याङ्स मेम’ । मेरो छोटो उतर । ‘ओके बिनोदजी । हामी बिच कोर्डिनेसन जरुरी छ । कडा नबोली हाम्रो जागिर चल्दैन । आगामी दिनमा पनि सुचना आदन–प्रदान हुँदै रहोस ।’ मिठो उतर पछि म अविवादन फर्काउदै आफ्नो बाटो लागेँ ।
प्रहरीबाट आउन नसकेका गहन सुचना पाउन मलाई गाह्रो पर्न छोड्यो । सहकर्मीहरु मलाई ‘के हो बिनोद, पुलिस्निसँग त लभै गरिस कि क्याहो । हामीलाई केहि गन्दिन यार । तँ त पुरै ‘स्कुप मारि’ राछस्’ भनेर पनि जिस्क्याउन थाले । म सामान्यरुपाम लिन्थेँ ।
काम सकेर ल्यापटप बन्दै गर्दैछु । मोवाईलमा घण्टि बज्यो । नम्बर हेरेँ, ईन्सपेक्टर सुनिताको । घडि हेरेँ रातको ११.१५ बजे । सोचेँ– ‘कुनै गतिलै सुचना आए जस्तो छ ।’ ‘बिनोदजी नमस्कार, डिस्टर्ब गरेँ है ।’ कति मुलायम अभिवादन । कति मायावी याचना । ‘हैन, हैन । कहाँ सुत्नु । म त भर्खर न्युज पठाई सकेर ल्यापटप बन्द गर्दैछु । बरु केहि नयाँ ईन्फरमेसन आयो कि हामीलाई त सुचनाकै कुरो छ ?’ मेरो सहज उतर । ‘कति सुचना र समाचारको कुरा गर्नु हुन्छ बिनोदजी । के तपाई–हाम्रो चाँहि पर्सनल लाईफ हुँदैन र ?’ अलिक मादक लाग्यो उसको कुरा । ‘खाना खानु भयो ?’ कहिल्यै नगरेको नितान्त बैयक्तिक प्रश्न आयो । मेरो उहि तयारी जवाफ ‘अघिनै नि, हैन कसरी यस्तो कुरा गर्नु भयो आज’ उत्तरसँगै मिसिएको मेरो प्रश्न उतै हुर्रियो । आवाज आवाजमात्र थिएन । अर्थात ईन्सपेक्टर सुनिताको आवाजमा प्रश्न र उत्तर मात्र महसुस गरिन मैले । ‘ साथिले खाए–नखाएको सोध्न पनि मैले यस्तो कुरो गरेको भयो ?’ उसको आवाजमा प्रश्न थियो कि उत्तर मैले खुट्याईन । कुरा लम्बिँदै गयो । मैले काँध र कान दाँया तिर निहुर्याएर टाँसे । कान र काँधका बिचमा मोवाईल थियो, यो मध्य रातमा उनलाई र मलाई जोड्ने । मैले फोनमा बोलि बोलि ओछ्यान मिलाँए । ढल्किँए पनि । बत्ति पनि निभाँए । अनि ओछ्यान पल्टिएर सजिलो गरि बात मार्न थालँे । प्रहरीको जागिरका समस्या । झनै महिला हुनुका उल्झन उनि सुनाउँदै थिईन् । उनको ५ वर्षे जागिर । मेरो १४ वर्षे पत्रकारीता । अनुभव साटियो । भोगाईका गाह्रा, अफ्ट्यारा पनि । ‘ साँच्चि मेम् तपाईँको उमेर कति भयो ?’ खै कसरी फुत्कियो मेरो मुखबाट । ‘तँपाई थाहा छैन छोरी मान्छेको उमेर सोध्नु हुन्न भनेर ?’ यतिका बेर हराएको ईन्स्पेक्टर सुनिताको पुलिसपना फेरि बौरियो । ब्यर्थै सोधेछु भन्ने भयो । म निरुत्तर भएँ । करिब १० सेकेण्डको शुन्यतालाई भ¨ गर्दै उतैबाट आयो लामो हा“सो । अनि थपियो– ‘के हो डराउनु भयो कि क्याहो ?’ ‘नडराएर भोत पुलिसस“ग’ म मेरो ३ वर्षे भान्जो भए“ । जो कोहि स“ग नडराए पनि पुलिस बोलाईदिन्छु भने पनि जे भने पनि मान्छ, गर्छ । उतै बाट आयो जवाफ– ‘२६ अनि तपाई“ ?’ ‘मेरो तलब सोधेको भए मैले जानेको थियो थर्काउन धन्न उमेर सोध्नु भयो’ म पनि ठट्टिन खोजे“ । ‘ म पनि उस्तै हो, २६ त नाघे“, ३० पुग्या छैन ।’ ‘आयो फेरी पत्रकारे कुरो, कुरो नघुमाई भन्न त जानेको भए पो ’ अलिक असन्तोक सहितको उत्तर आयो । ‘कति नजिक बनाई दियो, प्रविधिले । मलाई त लागि रहयो एउटै खाटमा पल्टेर भला कुसारी गरि रहेका छौं ।’ मन मनै सोचेको मुखैबाट फुत्किएछ । ‘किन रहर लाग्यो ?’ प्रश्न अनि लामो हा“सो । कुरो जागिरमै गएर ठोक्यिो । ‘ए मैले त भुसुक्कै भुलेछु । भोली बिहान जिल्ला जानु छ । रात बिरात तपाई“लाई डिस्टर्ब गरे“ सरि है ।’ फेरी बिनित बिट मरौनी कुरा आयो । ‘ हेई कति जागिरको कुरा, हाम्रो चाँहि पर्सनल लाईफ हु“दैन’ मेरो उत्तर अनि लामो हा“सो अर्थात बिदाई अभिवादन । मध्यरातको नजिक भएको बिना प्रास¨िक ४५ मिनेट लामो कुराकानीको अर्थ बुझिँन । हुन त अलि अलि बुझँे फेरी शंकामै डुबे“– ‘पुलिसले त अनुसन्धान गर्न अनेक नाटक गर्छन अरे । मेरो बारेमा पनि कसैले कुनै गलत सुराक दियो र अनुसन्धाननैं पो गरेकी हो कि ईन्स्पेक्टर सुनिताले ?’ आ.........जे होस मैले केहि बिराएको भए पो । सिरक ताने र भित्रिए“ । मंशिरको बढ्दो ठिहिमा जिउ तताउने अरु बिकल्पैपो के छ र मस“ग ।
मैले काम गर्ने पत्रिकाको महिला परिशिष्टांकका सम्पादकले एउटा एसायन दिए । राम्रो र उदाहरणिय कार्य गर्ने एक जना महिलाको बारेमा ‘सक्सिस् स्टोरी’ बनाउन । सोँचे अनेक महिला । ठ्याक्के भने जस्तो भेटिन । एउटा पात्र त सुनिता पनि हुन सक्छिन । पहिला मेरो धारण सुनिताप्रति तँ थियो, अचेल तिमी । खै किन हो । उनीसँग मैले फोनमा कुरा गर्न वा भेट्न अरु पत्रकारलाई जस्तो गाह्रो छैन, अचेल । तर प्रचार नचाहने उनको स्वभावका अगाडी म पनि धेरै पटक हारेको छु । अनेक गरेर फकाएँ । लामो कुरा गर्नु पर्ने भएकाले आज साँझ बोलाएकी छिन् । भनेकै समयमा साँझ ६ बजे पुगेँ । मौसम चिसिदै थियो । उनी सामान्य पोशाकमा थिईन् तर कार्यकक्षमानैं । ट्याप्प जिउमा टाँसेजस्तो निलो कुर्ता सलवारमा सेतो सल ओढेर अपराध शाष्त्रको एक किताव पढि रहेकी । अगाडी टेबुलमा राखिएको चियाको कपबाट उठेको बाफ लगातार गएर उनको छाति चुमि रहेको थियो । म न त त्यो उनको चिया पिउने कप बन्न सके, बिहान होस वा साँझ उनले चाहेको समयमा उनको पातलो ओठ चुम्न पाई रहन,े न त त्यो बाफै बन्न सकेँ चियाको बिना अवरोध उनको छातिमा ठोक्किने ।
मौसम चिसो हुने छाँटमा भए पनि उ भर्खर नुहाएर आएकि जस्ति । भिजेको कपाल त्यसै छोडिएको । छेउमा कुममा एक फुली सिउरिएकी एक महिलानै खातामा केहि टिप्दै थिईन । सामान्य औचपारीकताबाट कुरा शुरु भयो । ‘तपाँई पनि के गर्नु हुन्छ बिनोदजी, मलाई यति ठुलो नबनाई दिनु न । जाबो एउटा जागिर त खाएकी हुँनि मैले त । महिला अधिकारका क्षेत्रमा जीवन बिताउने कयौ चेलीबेटीले मेरो कथा पढेर मलाई सम्ममान गर्छनकि उनिहरु अपमानित भएको महसुस गर्छन्, तपाईनै भन्नुस त ?’ कुरो उनको प्रश्नबाट शुरु भयो । मैले फेरि पनि फकाएँ । स्टोरी गरेँ ।
सल्यानमा सामान्य परिवारमा जन्मिएकी । परिवारकी कान्छि छोरी । एसएलसीमा ७८ प्रतिशत अंक ल्याए पछि आईएससि पढ्न काठमाण्डौ आएकी । सो पछि एमबिबिएसमा फर्म भरेकी तर फेल भएकी । सो पछि बिएससि गरेकी । बिएससिमा ६५ प्रतिशत अंक ल्याए पछि स्कलोरसिपमा बेलयात जान लाग्दा प्रहरी निरीक्षकको आवेदन खुलेको । त्यसमा पहिलो भएर उतिर्ण भएकी । तालिम पछि बिरगञ्ज पोष्टिङ् भएकी । ९ महिना त्यहाँ बस्दा बेचिन लागेका १६ युवती र ५ जना दलाल नियन्त्रणमा लिएकी । अदालतमा मुद्धा चल्दा आरोपित ५ जना जेल चलान भएका । सो पछि बिभागबाट सम्मानित भएकी । यसै गरि काठमाण्डौ ठमेलमा रहँदा २ दर्जन यौन व्यवसायी महिलालाई उद्धार गरि महिलो पुनस्र्थापना केन्द्रमा पु¥याएको । स्टोरीको सार यस्तै थियो ।
पठाएको ३ दिन पछि परिशिष्टाङ्को ‘कभर स्टोरी’ बनेर ईन्सपेक्टर सुनिता देश–बिदेश पुगिन् । साँझ खाना खाएर ल्यापटपमा काम गरि रहेको थिएँ । फेसबुक खुल्दै थियो । सुनिता झुल्किन– ‘ बिनोदजी मसँग धन्यवादका शव्द छैनन् ।’ म खासमा व्यस्त पनि थिँईन । म पनि सुनितातिरै आकर्षित भएँ ।
म– ‘किन र मैले त्यस्तो के नै पो गरेँ र धन्यवाद पाउनलाई ?’
सुनिता– ‘फेरी मलाई सर्मिन्दा नबनाउनु न’
म– ‘स्टोरीको कुरा गर्नु भो होला, त्यो त मेरो जागिर हो नि’
सुनिता– ‘ मलाई हेडक्वाटरबाट पनि कल गरेर थ्याङ्क्स भन्नु भयो, यो मेरो लागि ठुलो सम्मान भयो म तँपाई प्रति ऋणी छु’
म उत्तर दिन खोज्दै थिँए । नेट कनेक्सन झ्याप्पै गयो । मन तुलबुल भयो । फोनै गर्न खोँजे । मरे लागे पो । मन अमिलो भयो । खै किन हो, यो पुलिस्नीसँग के भयो–के भयो । कुरा गरि रहन मन लाग्छ, उसैको बारेमा मात्र लेखि रहन मन लाग्छ । उनलाई चाँहि कस्तो हुन्छ होला ? एक पटक उनको मनमा सटुक्क छिरेर हेर्न पाए पनि त हुन्थ्यो नि, के गर्नु मिल्दैन ।
आज साथिहरुले बोलाएका छन् । होटल सिँगापुरमा । साँझको ७ बज्यो । म नपुगि हुँदैन । म पुग्दा सवैले पेग उठाउन थालेका थिए । थोरै रिसाए पनि । ‘त्यहि पुलिस्निलाई भेटेर आको होलानि, हामी त के हौ र ?’– उमेशले आक्रोश देखाई हाल्यो । मैले सामान्य प्रतिवाद गरेँ । मैले सेकुवा उठाँए । ‘म आज पिउने मुडमा छैन यार’ मैले अरुची देखाएँ । ३ जनाको पेलाई मैले थेग्न सकिन, पिएँ एक बोत्तल बियर । चुरोटको लामो सर्को तानेर आकाश तर्फ हुर्याउँदै गर्दा मोवाईलमा घण्टि बज्यो । हेरेँ सुनिताको नम्बरबाट फोन आएको रहेछ ।’ मैले बाहिर जाने अनुमति मागेँ । ‘तपाईँ कहाँ हुनुहुन्छ बिनादजी ?’ सुरुमै यस्तो प्रश्न उनले गरेकी थिईनन् । ‘ म रुममानै छु, खाना खाँदै’ टार्न खोजेँ । ‘तपाईँ नढाट्नुस मलाई, यति राति–राति भट्टिमा गएर पिउने ? तपाई जस्तो मान्छेले फेरी मलाई पिएर ढाँट्ने ? प्लिज मलाई यस्तो मन पर्दैन । पत्रकार भए पछि पिउनै पर्ने ? नपिई चाँहि पत्रकारीता गर्न सकिन्न ?’ सुनिताको निक्कै मायावी कर्कस पछि फोन काटियो । हेलो हेलो हेलो ...........मेरो उत्तर आएन । साथीहरुसँग जवरजस्ति छुटेर म बिदा भएँ । हल्का लागेको थियो, कतिबेला कोठामा पुगँे, निदाएँ थाह भएन ।
भोलि पल्ट म उनको निजी ईजलासमा बोलाईँए । सधै त उनैले सोझै फोन गर्थिन । आज त हवल्दारलाई बोलाउन लाईछिन् । लाग्छ म एउटा अपराधी, प्रहरी अफिसरलाई बयान दिन जाँदैछु । उनको कोठामा पुग्दा शुन्यताले उनि बेरिएकी थिईन । मैले नमस्कार गर्न पनि भुलेँ । बस्ने अनुमति पनि मागिन, उनले बस्नु पनि भनिनन् । म सोझै सोफामा बसेँ र ‘सरि सुनिता मेम् मैले गल्ति गरेँ’ बयान शुरु गरेँ । घोरिएको मुण्टो उठाएर भनिन्, सुस्तरी–‘ बिनोदजी, खै म किन तपाईँसँग नजिकिएँ मलाई थाह छैन । तपाईँले गरेका साना गल्तिमा पनि मलाई बिझाउन थालेको छ । सहरमा तपाँईको गुणगान सुन्दा म किन खुसि हुन्छु त्यो पनि थाह छैन । तपाईको म प्रतिको धारणा के छ त्यो पनि मलाई के थाह र ? हिजो तपाईँलाई राति भट्टिमा देख्दा साह्रै चित्त दुख्यो र किन तपाईँले रक्सि खाँदा म नराम्ररी माँते त्यो पनि थाह छैन ।’ म जुन डरमा गएको थिएँ त्यो डर विल्कुल हट्यो तर यस्तो अनकन्टार शुन्यतामा झरेँकि समाउने–टेक्ने केहि भेटिन । ‘सरि एगेन, तर यति हो तपाईँसँग कुरा गर्दा गर्दै फोन काटिँदा, फेसबुकमा कुरा गर्दा गर्दै नेट वा लाईन जाँदा म बिचलित हुन्छु । त्यो बिचलन किन हुन्छ त्यो चाँहि मलाईनै थाह छैन ।’ उनि सुस्तरी उठिन र ढोका ढप्क्याईन । म झनै डराएँ । सुस्तरी आएर मेरो छेउमा बसिन् । आज पोशाक र भावना दुवैमा प्रहरी थिईनन् । निजी आवाशको कोठामा थिईन् । परिभेष पनि निजी बनाउन खोज्दै थिईन । ‘बिनोदजी’ मेरा आखाँमा आँखा जुधाईन र हात च्याप्प समातिन् । हल्का मातले छोए जस्तो भयो । ‘यति चाँडै यति नजिक हुनु राम्रो होईन रहेछ । म आज तपाँईसँग एउटा सर्पाईज कुरा गर्न खोज्दैछु । हुन त यो मेरो करियरको लागि खुसिको कुरा हो तर आज यहि कुरा मेरो लागि मनको खिल बन्न खोज्दै छ ।’ मैले पनि उनको मुलायम हात उसै गरि समातेर उनलाई समर्थन गरेँ । ‘ म मिसनमा जान छनौट भएँ । मेरो यति छोटो करियरमा यो चानचुने कुरा होईन । म भोलीनै काठमाण्डौ जानु पर्छ । सायद अबको १६ महिना हाम्रो प्रत्यक्ष भेटघाट हुने छैन । यहि अभावले मलाई सधै पिरोल्ने भयो । म यो अवसर चुकाउन सक्दिन ।’ यति भनिन्जेलमा उनको मुण्टो मेरो काँधमा गलेको साग जस्तै भएर ओईलाएको थियो । मैले उनसाई सक्दो ढाडस दिँए र सफलताको कामना पनि गरेँ । धेरै बोलिन । उनि पनि सुस्तरी बोलिन र धेरै भन्न चाहन्थिन, सक्दिन थिईन् । बाहिरको चिसिँदो मौसम मानौ त्यो शुन्यता छिचोलेर हामी बसेको कोठामा छिर्न हिम्मत गरि रहेको थिएन । म चिट चिट पसिना काडि रहको थिएँ । करिव एक घण्टा कुरा भयो । आखिर उनि भोली काठमाण्डौ जानेनै भईन् ।
म फुत्त बाहिर निस्किएँ । सानामा आमासँग कल गर्दा बाहेक आँशु झारेको सम्झना थिएन । आज लाज भयो । साँझको ७ बजे ताकको अध्यारो । बाहिर सवै प्रहरीहरु आफ्नै ठेगानमा थिए । कोहि मेम्लाई दिने भन्दै उपहारको सल्लाह पनि गरेको सुनिदै थियो । प्रहरी कार्यालयको आँगनमा आएर माथि हेरेँ । बरण्डाको रेलि¨मा उनि लेटिएकी थिईन । एक हातले आ“खा पुछिन्, एक हातले बिदाई अभिवादन गरिन हात हल्लाएर । मैले पनि फर्काए“ । मन यस्तरी अमिलिएको थिएन । किन सुनितास“ग टाढिने कुराले म बिचलित भए“ । यहि कार्यालयमा कति ईन्सपेक्टर आए–गए यस्तो कहिल्यै भएन । के एउटी महिला प्रहरी अधिकृत भएकै कारण म सुनितास“ग यति नजिक भए छु त ? उत्तर भेटिन । उनि के सोच्दै होलिन । के उनि पनि यस्तै बेचैन थिईन त ? डेढ वर्ष पछि उनि आए पछि हाम्रो भेट होला ? कोहि भेटिन प्रश्न गर्ने । आखिर मेरो मनले त उत्तर दिन सकेन । आकासको जूनस“ग प्रश्न गर्दै म डेरा तिर सुस्तरी हानिए । त्यो जूनले पनि के नै पो दिन सक्थ्यो र मलाई उत्तर ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 जेठ, 2069

लेखकका अन्य रचनाहरु