शीलाको लीला

- पिँडालु पण्डित

मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, छिनमा खुर्सानी सुकाउने भदौको झलमल्ल घाम जस्तो । अनि, मति यही नै हो जो छिनमा उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर मात्र होइन, पूर्वबाट पश्चिम र पश्चिमबाट पूूर्व हानिन पनि बेर लाउँदैन । यति मात्र कहाँ हो र ! यो आकाशबाट पाताल र पातालबाट आकाश भयो भने पनि अचम्म मानिहाल्नु पर्दैन । कुरो बुझ्नु भो कि नाइँ ? नबुझे एकछिनमा बुझ्नु हुन्छ ।
बेसोमतिहरुका सहमतिका कुरा सुन्दासुन्दा शङ्किएको तपाईंको मनमा मति र श्रीमतीको केही नाता त छैन ? भनेर कुरो खेल्न सक्छ । अर्काले प्याच्च भनेका कुरा थ्याच्च बस्ने ठाउँ नभएको तपाईंका मनमा कुरा खेल्ने भकुण्डे चउर नै छ । कसले नथा’पा कुरा हो र ? तपाईंको मनको शङ्का अरुका त के कुरा ! हनुमानले सातो उडाएका लङ्काका मान्छेले पनि चाल पाउँछन् ।
‘आज खाना खान बेलैमा आइस्योस् है ।’ वर्षौँदेखिको विनम्रताको अनिकाललाई सहकालमा परिणत गर्दै शीलाले मीठो आवाज निकालिन् । सधैँ ठुस्किइरहने शीलाको लीला देखेर दिलेको दिमाग दङ्गियो । केही भनूँ भने अघिपछिभैmँ दाउराको झटारो आइलाग्छ कि भत्रे त्रासले बास बस्न आयो उसका मनमा । यति हुँदाहुँदै पनि कुत्रि किन हो आज दिलबहादुरले धार्नीको टाउको हल्लाएर श्रीमतीको आग्रहलाई स्वीकार ग¥यो । होसमा हल्लायो वा बेहोसमा उही जानोस् । तर दिलेले सबैले देख्ने गरी रामै्रसँग टाउको हल्लायो ।
भान्सामा कहिले पिरो हालेर पिरोल्ने कहिले नुनैनुन छिरोल्ने शीलाले आज सबैथोक चट्ट पारिन् । इन्द्रको चौरासी व्यञ्जनभन्दा पनि चर्को भो आजको उनको बनाइतुल्याइ । बनाउनै नजानेकी त कहाँ हुन् र उनले ? बूढाका टाउकामा गिर खेलेर खिर खान थालेपछि मात्र आजभोलिका बजारमा सुनको भाउ बढेजस्तै उनको पनि भाउ अकासिएको ।
‘आइस्योस् । खाना तयार छ ।’ शीलाले भरखरै घाँसको भारी बिसाएर भित्रिएका आफ्ना बूढालाई आग्रह गरिन् ।
‘आज के भइरहेछ कुत्रि ? म सपनामा छु कि विपनामा ?’ दिलेको दिमाग दिग्भ्रमित भयो । तैपनि आफ्नै श्रीमती हो भनेर मनमा अनेक कुरा खेल्दाखेल्दै पनि विश्वास ग¥यो । हातगोडा धोयो । किलामा झुन्ड्याएको रुमालले चिसो हात पुछ्यो । सधैँ मैलो पिर्का ओछ्याउने भान्सामा आज भरखर बुनेको नयाँ गुन्द्री छ । छुँदा पनि मैलो लाग्ला जस्तो चटक्क परेको नेपाली गलैँचा छ गुन्द्रीमाथि । दिले अकमकायो । शीलाको लीला बुझ्न नसकेर ऊ केही हच्कियो पनि । बूढाको मनोभाव नियालिरहेकी शीलाले कुरो बुझिन् र फेरि दोहो¥याइन्,— ‘बसिस्योस् भन्या । त्यही गलैँचामाथि बसिस्योस् न ।’
मान्छेको मन न हो । दिलबहादुरको शङ्का बढ्दै गयो । ऊ दसैँमा मार हात्र ठिक्क पारेको खसीलाई मार हात्रुअघि घाँस हालेको सम्झिन थाल्यो । यतिखेरै आपूmलाई खसी र गलैँचालाई घाँससँग तुलना गर्न पनि पछि परेन ऊ । कताकता मन आत्तियो । अगाडिन ठिक्क परेका पाइला पछाडिन खोजे । आजको आफ्नो व्यवहारले बूढाका मनमा शङ्का उब्जिएको राम्रैसँग चाल पाइन् शीलाले । फेरि पूर्ववत् आग्रह गरिन्,— ‘बसिस्योस् न । किन अप्ठ्यारो मानि’स्या ? अप्ठ्यारो मात्रु पर्दैन क्या ।’
मनमा अचम्म लाग्दालाग्दै पनि दिलबहादुरले गलैँचामा आसन कसे । शीला फ¥याकफुरुक गरेर यताउति गर्न लागिन् । आजको उनको भावभङ्गी हिजोअस्ति जस्तो छैन । निकै भित्र छिन् उनी आज ।
भोजनको तयारी सुरु भो । हरियो साग मात्रै चार थरि । अरु पनि विभित्र किसिमका साकाहारी परिकार । च्याउको सुप जस्तो देखिने अलिकति पिठोको खोले पनि । भान्साका यी सप्पै परिकार उनैले तयार गरेकी हुन् । देख्दै पनि खाऊँखाऊँ लाग्ने जस्ता अनौठा परिकार । त्यत्तिकै स्वच्छ र ताजा पनि ।
शीलाको लीला र आजको उनको आदरसत्कार देखेर दिलबहादुरको मन निक्कै रमायो । केटाकेटीभैmँ फुरुङ्ग प¥यो । अगाडि राखिएका व्यञ्जनहरु देख्नेबित्तिकै उसका मुखमा पानी आयो । दोजिया महिलाले अमिलो देखेको भन्दा चर्को भयो उसलाई । भोको पेट । मन थाम्न सकेन । खानका लागि हात बढायो ।
‘ए ! पखिस्योस् । पखिस्योस् ।’ शीला आत्तिएर कराइन् । दिलबहादुरको मनको चिसो फेरि सगरमाथा बन्यो । ‘उठूँ कि बसूँ ?’ दोमन भयो । हतासियो । के गरुँ ! के नगरुँ !! भयो उसलाई ।
शीला क्षणभरमै पूजाका सामान लिएर दिलबहादुरका अगाडि खडा भइन् र भत्र लागिन्,— ‘पखिस्योस् है हजुर । हजुरलाई आज म भूजाअघि पूजा गर्छु । माला किनेर ल्याएकी छु । पहि¥याउँछु ।’
साँच्चै उनले आज दिल खोलेर पूजा गरिन् दिलबहादुरको । सुन्दर सयपत्री पूmलका माला । दिलबहादुरका गलामा निकै सुहाए् । तर पनि यो अनौठो नाटक नबुझेर अन्यमनस्क भावमा टोलाइरह्यो दिलबहादुर । नटोलाओस् पनि किन ? कहिल्यै नघटेको घटना घटिरहेछ । एक्कासि कल्पनै नगरेका कुरा भइरहेछ । साँच्चै, ऊ आज सपनामा छ कि विपनामा ? उसले छुट्ट्याउन सकिरहेको छैन । कसैलाई सोधूँ भने शीला बाहेक घरमा अरु को नै छ र ? कि ऊ आपैmँ छ । कसलाई सोध्नूँ ?
परिस्थितिको आकलन गर्न सकेन दिलबहादुरले । न तत्काल कुनै अनुमान नै लगाउन सक्यो । आफ्नी पे्रयसीको पूजा चुपचाप स्वीकार ग¥यो । अगाडि आएको भोजन ग्रहण ग¥यो । मनको खुल्दुली घट्नुको साटो पलपल बढिरह्यो । भोजनको समाप्तिपछि लुकाइराखेको खुल्दुली खोल्यो ।
‘शीला ! आज यो सबथोक के भइरहेछ ? मैले त केही पनि बुझ्न सकिन ।’ दिलबहादुरले डराइडराइ मुख खोल्यो ।
‘कठै !! यी सोझा बूढा ।’ दया जाग्यो मनमा । मान्छेकै मन न हो, अलिकति पग्लियो पनि ।
‘के बुझ्नुहुन्थ्यो त हाम्रो नयाँ व्यवस्था ?’ शीला मुसुक्क मुस्कुराइन् र बेलिबिस्तार लाउन थालिन्,— ‘बुझ्नु भो ? हामीले मुलुकको नयाँ संविधानमा विवाहिता प्रत्येक नारीले वर्षको एकपटक गोरु तिहारका दिन आफ्ना लोग्नेलाई पुज्न र मीठोमीठो ख्वाउन पाउनु पर्छ भनेर मौलिक अधिकारमा नै लेखाएका छौँ । बिचरा ! लोग्नेमान्छेहरु । रातदिन डोकोनाम्लो, घाँसदाउरा केही नभनी खटिएका खटियै छन् । वर्ष दिनभरि जोत्ने, जोतिने र बाली लाउने गोरुभन्दा कति नै फरक छन् र यी लोग्नेमान्छेहरु ? त्यसैले अरु नपाए पनि गोरुले पाएको सुविधासम्म त यिनलाई दिनै पर्छ भनेर हामीले आफ्ना आवाज बुलन्द ग¥यौँ र संविधानमा लेखाई छाड्यौँ । त्यसैको प्रतिफल हो यो आजको पूजाआजा र भोजन ।
बुझ्नु भो ! श्रीमान्ज्यू, आज गोरु तिहार हो । संविधान बमोजिम तपाईंहरुले आ–आफ्ना स्वास्नीबाट पुजिन पाउने दिन । मीठोमीठो खान पाउने दिन । हामीलाई बुद्धि पु¥याएर बेलैमा संविधान बनाउन पठाउनु भा’थ्यो, र त तपाईंहरुले यसरी पुजिने अवसर पाउनु भयो । बुझ्नु भो ? यसअघि कहिल्यै यस्तो व्यवस्था भा’थ्यो संविधानमा ? थिएन नि ।’ शीलाले गर्वसाथ आफ्नो पुरुषार्थ ओकलिन् । आजको यथार्थ खोलिन् ।
विचरा ! दिलबहादुर । न राजनीति थाहा’थ्यो, न संविधान । बूढीका कुरा चुपचाप सुन्यो मात्र । कुनै प्रतिकार गरेन । त्यस्तो प्रतिकार गर्न सक्ने हैसियत पनि ऊसँग कहाँ थियो र ? तर एउटा प्रश्नचाहिँ उसका मनमा नाचिरह्यो,— ‘आपैmँ गोरु हुने संविधानमा त्यत्रा लोग्नेमान्छेले चाहिँ कसरी सहीछाप हाले होलान् ? कसले दियो होला तिनलाई त्यस्तो सल्लाह ? आपैmँ गोरु हुने संविधानमा आपैmँ सहीछाप !! के हुन लाग्यो यो मुलुकमा ? अचम्म छ बा !!!’

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 माघ, 2068

लेखकका अन्य रचनाहरु