अन्तरेहरुको अनौठो अभियान

- पिँडालु पण्डित

‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘जन्मने अधिकार सुरक्षित होस् ।’
‘सुरक्षित होस् । सुरक्षित होस् ।’
‘हाम्रो हकहितका लागि संवैधानिक व्यवस्था होस् ।’
‘व्यवस्था होस् । व्यवस्था होस् ।’
एकपछि अर्को गरी निरन्तर नारा लागिरहेको छ । निकै उत्तेजित देखिँदैछन् जुलुसका सहभागीहरु । हुन पनि हो नि ! उनीहरुको समस्या निकै पीडादायी छ । दर्दनाक छ । विस्मयकारी छ । संसारबाट डाइनोसर लोप भएभैmँ लोप हुने अवस्थामा पुगिसकेका छन् उनीहरु । अनि नकराऊन् पनि किन ? आफ्नो अस्तित्व नै निमिट्यात्र हुने गरी समाजमा बढ्दै गएको सामाजिक मानसिकता, व्यवहार, सरकारी टेवा र अन्तर्राष्ट्रिय हौवाले उनीहरु आजित छन् । धैर्यताको बाँध फुटिसकेको छ । दिनप्रतिदिन उनीहरुको पीरमर्का बुझ्ने र भनाइ सुत्रेहरुको न्यूनता देशविदेश जताततै बढ्दो छ । उनीहरुको समस्या विश्वव्यापी भइसकेको छ । अनि, अस्तित्व नै सङ्कटमा परेको यस आक्रान्त घडीमा उनीहरुसँग यसरी कुर्लनु र जुलुस निकाल्नुको अरु कुनै उपयुक्त विकल्प पनि छैन । समस्या अति नै विकराल छ । एकपछि अर्को गरी जुलुसमा सहभागिता व्यापक हुँदै गइरहेको छ । प्रचार–प्रसारमा तीब्रता छ । जुलुस–जोस जाग्दो छ । र त,— निरन्तर एकनासले नारा घन्किरहेको देख्न पाइन्छ —
‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘बिनाअवरोध जन्मने अधिकार सुरक्षित गर् ।’
‘सुरक्षित गर् । सुरक्षित गर् ।’
‘नियोजनवाद मुर्दाबाद ।’
‘मुर्दाबाद । मुर्दाबाद ।’
कुनै नारा स्थिर छन्, कुनै परिवर्तन भइरहेछन् । आ–आफ्नो अस्तित्व रक्षाका लागि सबै प्रतिबद्ध
छन् । सहभागीहरुको सङ्ख्या अभैm बढ्दो छ । एक स्वरले आवाज घन्काइरहेका छन् । यति जोसका साथ उनीहरु कुर्लिरहेका छन् कि त्यो आवाज सारा अन्तरिक्षभरि गुञ्जायमान भइरहेको प्रतीत हुन्छ —
‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘नियोजनको तानासाही चाहिँदैन ।’
‘चाहिँदैन । चाहिँदैन ।’
‘जथाभावी मिल्काउन पाइँदैन ।’
‘पाइँदैन । पाइँदैन ।’
‘परिवार नियोजन मुर्दाबाद ।’
‘मुर्दाबाद । मुर्दाबाद ।’
लैङ्गिक हिसाबले पनि जुलुस निकै समावेशी बनिरहेको छ । जातीयताको सङ्कीर्ण सोच पनि यहाँ देखिएको छैन । सबै एकठ्ठ छन् । जुलुसमा माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे मात्र होइन माइली, साइँली, काइँली, ठाइँली, अन्तरी, जन्तरी सबै समावेश छन् । के साना के ठूला ? कुरो बुझ्ने जति सबै जुर्मुराएका छन् आफ्नो अस्तित्व रक्षाका लागि । आफ्नो वर्गको भविष्यको सुनिश्चितताका लागि ।
खास भत्रे हो भने परिवार नियोजनको व्यवस्था र त्यसको सफलतापछि यिनीहरुको सङ्कट सुरु भएको हो । त्यसमाथि जनसङ्ख्या नियन्त्रणका क्रममा ‘हामी दुई हाम्रा दुई’ भत्रे नारा चर्किँदै र व्यापक हुँदै गएपछि यिनीहरु अझ थप सङ्कटमा परेका हुन् । तसर्थ यिनीहरुको आवाज कुनै पनि हालतमा नाजायज भत्र सकिने स्थिति छैन । सृष्टिकर्ता ब्रह्माजीले बसालेको स्थिति र परम्पराप्रति नै हाँक दिने यस चुनौतीको सामना गर्न यिनीहरु सक्दो प्रयास गरिरहेका छन् । कुरो सुन्दा पनि मन पग्लिएर आउँछ । ‘यिनीहरुको भविष्य के त ?’ भत्रे प्रश्न उब्जिन्छ । अनि, उनीहरुको आवाजमाथि अन्धसमर्थन जनाउन मन लाग्छ । उनीहरुले लगाएको नारामा आवाज थपिदिन मन लाग्छ । उनीहरु कदापि आफ्नो आवाजलाई विश्राम दिने पक्षमा देखिँदैनन् । नारा निरन्तर घन्किरहन्छ —
‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘कृत्रिम रोकावट खुला गर् ।’
‘खुला गर् । खुला गर् ।’
‘निरपराध भू्रणलाई स्वतन्त्रता दे ।’
‘स्वतन्त्रता दे । स्वतन्त्रता दे ।’
आन्दोलनलाई सफल पार्न मुलुकका ठाउँठाउँमा विभित्र किसिमका सभासम्मेलनहरु नियमित रुपमा भइराखेका छन् । विविध किसिमका छलफल, अन्तत्र्रिmया र गोष्ठिको आयोजनामा व्यापकता दिइएको छ । आमसभाको कार्यक्रमलाई बिस्तार गरी मुलुकका सबै क्षेत्रमा पु¥याउने तय भइसकेको छ । त्यस्ता सभामा को–को जाने ? कहाँ कहाँ जाने ? निर्णयसमेत भइसकेकाले कार्यक्रम चरणगत रुपमा सम्पत्र हुनेछ । आमसभाको पहिलो चरणमा खटाइने माइला–माइलीदेखि जन्तरे–जन्तरीसम्मका सबैलाई मुलुकमा पछिल्ला चरणमा सम्पत्र हुने अन्य कार्यक्रममा पनि समावेश गराइनेछ । अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा पनि यिनीहरुकै संलग्नता रहनेछ ।
यस मुद्दालाई यिनीहरु किमार्थ छाड्ने छैनन् । यसलाई जतिसक्दो चाँडो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउनेछन् । उनीहरुलाई सडक, गल्ली, ढल र फोहरका कन्टेनरमा पोको पारेर मिल्काइनबाट जोगाइनेछ । विभित्र औषधिहरुको प्रयोगले बीजमै निष्कृय हुनबाट बचाइनेछ । इच्छाले होस् वा अनिच्छाले उनीहरुलाई सखाप पार्न सघाउने चिकित्सकहरुको हात निमोठिनेछ, तर आन्दोलनलाई कदापि रोकिने छैन । अन्तरेहरुलाई उनीहरुको आवागमन मार्गमा तुहाइएभैmँ यस कार्यक्रमलाई बीचैमा तुहाइने छैन ।
एकातिर आमसभाहरुमा उर्लिरहेका यी अभिव्यक्तिले सहस्र हातका ताली पाइरहेका छन् भने अर्कातिर जुलुसमा सहभागिता जनाउनेहरुको मुख पटक्कै थाकेका देखिँदैनन् । र त,— चारैतिर जोडतोडका साथ नारा घन्किरहेको छ —
‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘जेठाकान्छाको तानाशाही मान्दैनौँ ।’
‘मान्दैनौँ । मान्दैनौँ ।’
‘अन्तरे–अन्तरे एक होऊँ ।’
‘एक होऊँ । एक होऊँ ।’
‘हाम्रो एकता जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
यिनीहरुको आन्दोलनको एउटा छुट्टै इतिहास छ । सुरुदेखि कै कुरा गर्ने हो भने यिनीहरु माथि अन्यायको सुरुआत विश्वमा मान्छेको गोटागिन्ती सुरु भएदेखि प्रारम्भ भएको हो । गोटागिन्ती नहुञ्जेल कहाँ कति मान्छे थिए कसलाई के थाहा ? गोटागिन्तीको प्रथा सुरु भए यता मान्छेका पनि भाले कति ? पोथी कति ? जन्मने दर कति ? मर्ने दर कति ? जम्माजम्मी कति ? कुन देशमा कति ? कुन महादेशमा कति ? आदिइत्यादि चाहिँदा नचाहिँदा तथ्यहरु सार्वजनिक हुन थाले । यस कार्यबाट आपैmँ मात्र खाऊँ, आपैmँ मात्र लाऊँ भत्रे डाढे मान्छेहरु आत्तिन
थाले ।
उद्योगधन्दा, कलकारखानाको स्थापना, अत्रबालीहरुको उब्जनीमा बृद्धि आदि गराउनेतर्पm यिनको सोच नगएर पटकपटकको कस्तो कठोर परिश्रमले मानव सृष्टि गर्न सफल भएका ब्रह्माजीको प्रयोगमाथि नै रोक लगाउने बुद्धि मान्छेले निकाल्यो । मान्छे सृष्टि गर्ने ब्रह्माजीको प्रयोग सफल भएपछि मान्छेहरु खुशी भएर अरुथोक काम नै छैन जस्तो गरी हुरुरुरु मान्छे जन्माउन थालेका थिए । ब्रह्माजीले ती मान्छेका गिदीमा त्यस्तो के तत्व हालिदिएका थिए कुत्रि प्रत्येक मान्छे यस किसिमको उत्पादनका काममा औधी रमाउँथे । यस्तो काममा कुनै समय तिनलाई रोकटोक भएन । हजार काम छाडेर पनि मान्छे यसैमा लाग्न थाले ।
फलामले फलाम काट्छ भनेभैmँ मान्छेका शत्रु मान्छे नै निस्के । खुराफाती दिमागले खुराफाती
काम गर्न थाल्यो । संसारमा मान्छेको प्रवेशमा रोक लगाउने तरिकाको खोजी हुन थाल्यो । पटक–पटकको प्रयासले खुराफाती दिमाग भएका यी मान्छे अड्कलेर अरु मान्छे पाउने अभियानमा सफल भए । फलतः मान्छेहरु अड्कलेर मान्छे जन्माउने काम सिक्न थाले । यसको मार माइला–माइली, साइँला–साइँली, काइँला–काइँलीलाई पर्न गयो । ठाइँला–ठाइँली, अन्तरे–अन्तरी, जन्तरे–जन्तरी पनि यसै अन्यायको घानमा परे । समाजमा जेठाकान्छा मात्र हाबी हुन थाले । तिनीहरुको मात्र अस्तित्व देखिन थाल्यो र बाहुल्यता पनि तिनीहरुकै हुन थाल्यो । यसरी जेठाकान्छाको मात्र उत्पादन हुन थालेपछि बीचका सबै हराए । यसरी चेपुवा वा अन्तरमा परेका अरु सबै कुनै न कुनै तरिकाले मासिन थाले । अनि, भविष्यमा गएर मान्छेले उहिले–उहिले हाम्रा पिता पुर्खाका पालामा माइला–माइली, साइँला–साइँली, काइँला–काइँली पनि हुन्थे रे भनेर किताबका पानाहरुमा पढ्नु पर्ने अवस्था आउने भयो । अझ त्यो भन्दा बढी ठाइँला–ठाइँली, अन्तरे–अन्तरी, जन्तरे–जन्तरी पनि हुन्थे भन्दा त मान्छे खित्का छाडेर हाँस्ने भए ।
अनि, जेठाभन्दा मुनिका र कान्छाभन्दा माथिका सबै मिलेर आफ्नो वर्गीय अस्तित्व र इतिहास जोगाउनका लागि मन्त्रणा गर्न थाले । यिनले सबैको एकताको सङ्गठन निर्माण गर्ने अभियान चलाए । यसका लागि छुट्टाछुट्टै सङ्गठन नबनाएर एउटै सङ्गठन बनाउने निधो पनि तिनले गरे । छलफलका क्रममा माइला–माइली, साइँला–साइँली आदि इत्यादि नभनेर अन्तरमा परेर अन्यायमा परेका जेठादेखि मुनि कान्छादेखि माथि सबैले एउटै सामूहिक नाममा सहमति गरे,— अन्तरे । अब अन्तरे भनेपछिमाइला–माइलीदेखि जन्तरे–जन्तरी र त्योभन्दा पछिका ठूलोकान्छा, सानुकान्छासम्म पनि जनिने भए । चाहे भाले हुन्, चाहे पोथी हुन् वा अन्य जुनसुकै हैसियतका हुन्, सबै एउटै नामले चिनिने भए,— अन्तरे । यस्तो वास्तविकता बोधपछि यिनीहरु आ–आफ्नो अस्तित्व रक्षाका लागि एकठ्ठ भए । जुर्मुराए । भविष्यमा आफ्नो नामनिसाना नरहने पक्कापक्की भएपछि यिनले आन्दोलन छेड्ने निधो गरे । यिनको आन्दोलनले कसैलाई मार्नु मराउनु थिएन । कसैको लुट्नु लुटाउनु थिएन । त्यसैले डरछेरुवा वा कपटी तालले भूमिगत भएर होइन, ऊध्र्वगत भएर आफ्ना आवाज बुलन्द गर्ने निर्णय यिनले लिए । यसैको परिणाम अहिलेको यो जुलुस अभियान, विरोध कार्यक्रम सुरु भएको छ । विज्ञप्ति जारी गर्नेदेखि मागपत्र प्रस्तुत गर्नेसम्मका काम सम्पत्र भइसकेका छन् ।
गोटागिन्तीका हिसाबले अहिलेसम्म संसारमा यिनीहरुकै सङ्ख्या बढी भएकाले विरोधको सामना गर्नेहरु आत्तिन थालेका छन् । भूमिगत क्रियाकलापदेखि ऊध्र्वगत आन्दोलनसम्मका सबै सञ्चालकको तारो मान्छे नै हुन थालेपछि सबै मान्छे मासिने हुन् कि भनेर तिनका मनमा शङ्का उब्जिन थालेको छ । यदि यस्तै भएर भोलि सबै सृष्टि नासिने अवस्था आइलाग्ने हो भने यी अन्तरेहरुको प्रवेशलाई गर्भमै किन रोक्ने ? भत्रे छलफल पनि सुरु हुन थालेको छ । संसारका अरु प्राणीमा आफ्नाले आफ्नैलाई मार्ने प्रचलन नहुनु तर त्यही संसारका सर्वश्रेष्ठ बुद्धिमान भनेर कहलिएका मान्छे नामधारी प्राणीले आ–आपैmँ लडाईं गरी आफ्नै वंशजहरुलाई मार्ने बुद्धिको विकास गरेपछि भोलि गएर डायनोसरभैmँ यी जेठाकान्छा पनि रहन्छन् नै भत्रे के निश्चित छ र ? भत्रे थप बहस पनि चल्न
थाल्यो । तर आन्दोलनकारीहरुको माग सम्बोधन गर्ने सम्बन्धमा अहिलेसम्म कुनै निर्णय सार्वजनिक भइनसकेकाले यिनीहरुको आन्दोलन जारी छ । सरकारले यिनलाई न दमन गर्न सकेको छ, न सम्बोधन नै । र त, प्रत्येक गाउँबस्ती र सडकगल्लीहरुमा एकनासले नारा घन्किरहेको छ —
‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘जन्मने अधिकार खुला गर् ।’
‘खुला गर् । खुला गर् ।’
‘हाम्रो माग पूरा होस् ।’
‘पूरा होस् । पूरा होस् ।’
‘नियोजनको निर्णय फिर्ता ले ।’
‘फिर्ता ले । फिर्ता ले ।’
‘हाम्रो सङ्घर्ष जारी छ ।’
‘जारी छ । जारी छ ।’
‘अन्तरे–अन्तरे एक होऊँ ।’
‘एक होऊँ । एक होऊँ ।’
आन्दोलनका सहभागीहरुले आपसी छलफल, परामर्श र अन्तत्र्रिmयालाई अझ व्यापक बनाउँदै लगे । यिनीहरुबीच फुटको खेल सुरु भएको आभास पनि यदाकदा देखिन थाल्यो । कतिपयले प्राविधिक हिसाबले कान्छाकान्छी भनिए पनि दुई जना मात्र जन्मेका अवस्थामा दोस्रो नम्बरमा जन्मने जति सबै माइला–माइली त हौ भनी तिनलाई आन्दोलनबाट विमुख गराउन खोजे । आन्दोलनकारीहरुलाई फुटाउन सुरु भएका यस्ता गोप्य र घृणित खेल समयक्रममा भण्डाफोर हुन थाले । यसले आन्दोलनकारीहरु मानसिक रुपमा झन् उत्तेजित भए । तर बाह्य रुपमा भने आफ्नो संयमता र धैर्यतालाई उनीहरुले कायमै राखे । तोडफोड, बन्द, धर्ना जस्ता क्रियाकलापलाई भित्र्याएनन् । यसलाई नमुनाको आन्दोलन बनाउन उनीहरु लागिपरिरहे ।
पुनर्जन्ममा विश्वास गर्नेहरु चौरासी लाख जुनी पार गर्दै मान्छे भएर जन्मने बेलामा पनि बाटो छेक्ने, पासोमा पारेर जहाँ पायो त्यहाँ मिल्काइदिने, आँखा छलेर भू्रण बत्र पुग्दासमेत थुतेर मिल्काइदिने यी कस्ता अपराधीहरु हुन् भनेर रिसाउन थाले । कतिपय अरु कान्छाहरुलाई आफ्ना पक्षमा ल्याउन भोलि गएर तिमीहरुको पनि भविष्य छैन । महङ्गी यस्तै हो । आपूm त कसरी पालिने भनेका बेलामा दुईदुईटा बच्चा कसले पाल्ने ? भन्दै तिनलाई पनि रोक्न सक्छन् । तसर्थ तिमी कान्छाहरु पनि सुरक्षित छौँ भनेर पूmर्ति नगर भन्दै तिनलाई सम्झाउन फकाउन थाले । कतिपय जेठाहरुलाई अल्मल्याउन थाले । उकास्न थाले । जेठा भनेर के पूmर्ति गर्छौ ? अब जेठाहरुको पनि दुर्गति हुने बेला आइसकेको छ । विकासको क्रम नरोकिने हो भने भोलिका दिनमा भटाभट मेसिनले मान्छे उत्पादन गर्न थाल्छन् । अनि इच्छा हुनेलाई उत्पादनमा ट्याग लगाएर वितरण गरिन थाल्छ । उत्पादनको क्रमसङ्ख्या जनाउन नम्बर लाग्न थाल्छ । नम्बरले नै तिनलाई सम्बोधन हुन थाल्छ । अनि को जेठो ? को अन्तरे ? को कान्छो ? सबैको इतिहास मेटिन थाल्छ । अनि त्यतिखेर चाल पाउलाऊ अन्तरेहरुले त भनेकै थिए भनेर । त्यसैले हाँस्ने ठट्टा गर्ने विषय यतिखेर यो होइन । सबैसँग बुझ । सोध । आपूmले पनि ठण्डा दिमाग गरेर विचार गर । अनि, थाहा पाउँछौ स्थिति कति भयावह छ भनेर ।
यति छलफल र परामर्शपछि जेठाकान्छा पनि हो त साँच्चै भन्दै बिस्तारबिस्तार आन्दोलनमा होमिन थाले । जनलहर व्यापक रुपमा उर्लियो । गाउँघर, टोलछिमेक सबैका सबै एउटै स्वर गर्न थाले । परिआए ब्रह्मलोक पुगेर ब्रह्मअदालतमा रिट दायर गर्नेसम्मका कुरामा सबैको सहमति भयो । प्रतिपक्षबिहिन देखियो बस्तीका बस्ती र पूरै वातावरण । कसैले रोक्न सकेनन् त्यस आन्दोलनलाई । यतातिर भने आन्दोलन सफलताको शिखरतिर उन्मुख भइसकेकाले सबै एक भएर अझ बढी जोडतोडका साथ कुर्लिन थाले —
‘इन्क्लाब जिन्दाबाद ।’
‘जिन्दाबाद । जिन्दाबाद ।’
‘फुटपरस्तदेखि सावधान ।’
‘सावधान । सावधान ।’
‘जन्मने हक पाउनै पर्छ ।’
‘पाउनै पर्छ । पाउनै पर्छ ।’
‘भू्रण स्वतन्त्रता सुनिश्चित गर् ।’
‘सुनिश्चित गर् । सुनिश्चित गर् ।’
‘बाटो छेक्न पाइँदैन ।’
‘पाइँदैन । पाइँदैन ।’
परिवार नियोजन चाहिँदैन ।’
‘चाहिँदैन । चाहिँदैन ।’
‘नियोजनको निर्णय फिर्ता ले ।’
‘फिर्ता ले । फिर्ता ले ।’
‘हाम्रो माग पूरा होस् ।’
‘पूरा होस् । पूरा होस् ।’
‘पछाडि हामी हट्दैनौँ ।’
‘हट्दैनौँ । हट्दैनौँ ।’
यस किसिमको अनौठो आन्दोलनलाई मानवलोकले मात्र होइन, ब्रह्मलोकले पनि निकै चासोका साथ नियालिरहेको थियो । ब्रह्मलोकबाट संसारका यी सबै गतिविधि नियालिरहेका ब्रह्माजी पनि सहभागीहरुको सबै माग आफ्ना पक्षमा देखेर मुसुमुसु हाँस्न थाले । साथमा भएका अरु ब्रह्मलोकीलाई पनि यहाँका सबै दृश्य देखाउन भ्याए उनले । अझसम्म कच्चै छन् भनी सोचिएका आफ्ना सृष्टिका यी बबुराहरुले गरेको करामत उनलाई निकै परिपक्व लाग्यो । रमाइलो लाग्यो । यी मनुवाहरुले उहिल्यै बुझ्नु पर्ने कुरो यतिखेर बुझे भनेर उनी दङ परे । अन्तरेहरुको यो अनौठो अभियान अन्तमा सबैको हुन सकेकोमा उनी औधी सन्तुष्ट देखिए ।
त्यति मात्र कहाँ हो र ! यी संसारी बबुराहरुका कुरा सुन्दासुन्दै बूढालाई पनि कता–कता अलिअलि रौनक चढे छ कि क्या हो ? बूढियापट्टि यस्सो ढेस्सिन खोजेका थिए, बूढा पुर्लुक्क पल्टे । नपल्टुन् पनि किन ! बूढाको चालामाला अलि उत्ताउलिएजस्तो बुझेर सँगै बसेकी उनकी बूढिया यस अघि नै त्यहाँबाट टाप ठोकिसकेकी
थिइन् । बूढा दङ परेर रमिता हेरेका हे¥यै । यता मत्र्यलोकी अन्तरे बबुराहरु भने आन्दोलनलाई औपचारिकतामा लगेर टुङ्ग्याउन खोज्दै थिए, तर त्यस्तो लगन भने अझ्भैm जुरिसकेको थिएन ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु