वैचारिक उपन्यास 'चुली'

- लीला लुइटेल

१. आमुख : परिचय
साहित्यकारले आप्mनो जीवनका भोगाइ, अनुभव तथा सोचाइका आधारमा जीवनजगत् र त्यसको वास्तविकतालाई आत्मसात गरी वृmतिको सिर्जना गर्ने हुँदा हरेक प्रकारका साहित्यिक वृmतिमा वmुनै न वmुनै विचार अभिव्यक्त भएकै हुन्छ । वृmतिमा अभिव्यक्त गरिने विचारहरू सामाजिक, आर्थिक, राजनैतिक, सांस्वृmतिक, धार्मिक, दार्शनिक आदि विविध क्षेत्रसँग सम्बद्ध हुनसक्छन् । हरेक प्रकारको अभिव्यक्तिमा वmुनै न वmुनै रूपले विचार प्रस्तुति गरिने हुनाले जुनसुकै अभिव्यक्ति पनि विचारधाराविहीन हुँदैन । यसप्रकारको अभिव्यक्ति लेखक स्वयं वा अन्य सहभागीका माध्यमबाट गरिन्छ । विचारधारा प्रस्तुत गर्दा वृmतिमा प्रयुक्त सहभागीको बौद्धिक र मानसिक क्षमताअनुसार गरिनुपर्छ नत्रभने त्यो कृत्रिम र निरर्थक हुनपुग्छ । यस दृष्टिबाट हेर्दा प्रत्येक रचनाकारलाई एउटा विचारक मान्न सकिन्छ । साहित्यमा विचार प्रस्तुत गरिँदा कलात्मक र प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ, अन्यथा उक्त कृति सिर्जना नभएर वैचारिक–दार्शनिक लेख बन्नपुग्छ ।

२. विषयप्रवेश ः वैचारिक उपन्यास चुलीको सङ्क्षिप्त परिचय
कुनै पनि दर्शन, चिन्तन वा विचारलाई अभिव्यक्त गर्ने प्रयोजनद्वारा सिर्जित उपन्यासलाई वैचारिक उपन्यास भनिन्छ । पश्चिमी साहित्यमा विभिन्न वाद र सिद्धान्तको प्रतिपादनपछि विश्वसाहित्यमा वैचारिक उपन्यास लेखिन थालेका हुन् । नेपालीमा पनि पश्चिमी साहित्यमा देखापरेका विभिन्न सिद्धान्त र वादको अनुसरण गर्दै प्रशस्त मात्रामा वैचारिक उपन्यास लेखिएका छन् । नेपालीमा एक चिहान, आशमाया, शिरीषको पूmल, पागलबस्ती आदि उपन्यासलाई वैचारिक उपन्यासका कोटिमा राखेर चर्चा गरिएको पाइन्छ ।
नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएर आप्mनो निजी पहिचान बनाउन सफल सरुभक्त उल्लेखनीय उपन्यासकार पनि हुन् । यिनका हालसम्म पागल बस्ती (२०४८), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८) एवं चुली (२०५९) जस्ता उपन्यासहरू प्रकाशित छन् । यसका अतिरिक्त यिनको अँध्यारो कोठा (२०६०) नामक बालउपन्यास पनि प्रकाशित छ ।
५२ पृष्ठको लघु आयाममा आबद्ध सरुभक्तको चुली उपन्यास (लघुन्यास) मा बाहृय रूपले कुनै पनि विभाजन गरिएको पाइँदैन । यति हुँदाहुँदै पनि सन्दर्भ एवं प्रसङ्ग परिवर्तनका माध्यमबाट यस उपन्यासमा आन्तरिक रूपले विभाजनको रेखा कोर्न सकिने स्थिति स्पष्टै देखिन्छ । यसरी कुनै पनि बा≈य विभाजनविना एउटै क्रममा कथालाई प्रस्तुत गर्दै अन्त्यमा पु¥याउनु सरुभक्तको चुली उपन्यासको सङ्गठनात्मक विशेषता हो । विश्वकै सर्वाेच्च चुली सगरमाथाको आरोहणलाई विषयवस्तु बनाएर लेखिएको चुली उपन्यास मानवीय साहसको उत्कृष्ट नमुना हो । सगरमाथा आरोहणका क्रममा पार गर्नुपर्ने विविध प्रकारका कार्य एवं प्रविधिको सूक्ष्मातिसूक्ष्म ढङ्गले विश्लेषण गरिएको यस उपन्यासमा आरोहणका समयमा भोग्नुपर्ने विविध प्रकारका कदम एवं समस्याहरूलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । सगरमाथा आरोहणमा जस्तै मानव जीवनमा पनि अनेक प्रकारका समस्या र सङ्कटहरू आउन सक्छन् तर त्यसलाई बुद्धिमत्तापूर्वक पन्छाउँदै निरन्तर आप्mनो लक्ष्यमा अगि बढ्नु पर्ने भावाभिव्यक्ति पाइने यस उपन्यासमा जीवनवादी तथा प्रेमवादी धारणाको सशक्त र जीवन्त प्रस्तुति भएको छ । यसका साथै गीताको कर्मवादी दृष्टिकोणलाई यस उपन्यासले मूर्त रूप दिन खोजेको छ । प्रशासनिक कर्मचारीहरुप्रति व्यङ्ग्य प्रहार गरिएको यस उपन्यासमा जीवनप्रति अत्यन्त सकारात्मक र आशावादी दृष्टिकोण अभिव्यञ्जित छ ।
साहसी प्रवृत्तिको अनुकूल सहभागीको समायोजन पाइने चुली उपन्यासमा प्रमुख सहभागीको रूपमा ऊलाई समावेश गरिएको छ । प्रस्तुत उपन्यासको ऊ सहभागी नेपाली हो कि विदेशी हो कुनै पनि जानकारी पाइँदैन किनकि ऊका बारेमा कुनै पनि प्रकारको जानकारी दिने उपन्यासकारको रुचि रहेको देखिँदैन । ऊ जो भए पनि विश्वका सम्पूर्ण मानिसको प्रतिनिधि हो । विना गाइड, विना भरिया एक्लै सगरमाथा आरोहण गर्न आँट गर्ने अत्यन्त साहसी व्यक्ति ऊ चुलीमा पुग्न सफल पनि हुन्छ । सगरमाथा आरोहणका क्रममा हुने उसैका क्रियाकलापमा यसको कथानक अगि बढेको छ । ऊका अतिरिक्त भरियाहरू, गाइडहरू तथा सगरमाथाका अन्य आरोहीहरूलाई पनि सहभागीको रूपमा यस उपन्यासमा समावेश गरिएको छ तापनि तिनीहरूलाई उपन्यासमा खासै भूमिका दिइएको छैन । उपन्यासमा उनीहरुलाई गौण सहभागीका रूपमा समावेश गरिएको छ । यसरी अत्यन्त न्यून (लगभग एक्लो) सहभागीको प्रयोगबाट मानवलाई महत्व दिँदै उपन्यासको सिर्जना गर्नु सरुभक्तको प्रस्तुत उपन्यासको सहभागीगत प्रवृत्ति हो ।
अत्यन्त छोटो समयलाई आधार बनाएर लेखिएको यस उपन्यासमा मुख्य स्थानको रूपमा सगरमाथा आधार शिविरदेखि चुलीसम्मको मार्गलाई प्रस्तुत गरिएको छ । यसरी विश्वकै सर्वाेच्च चुली सगरमाथा र त्यसको आसपासलाई परिवेश बनाइएको यस उपन्यासमा वातावरणको चित्रण सघन रूपमा रूपमा भएको छ । अत्यन्त सुखद एवं साहसिक वातावरणमा सिर्जित यस उपन्यासमा प्रमुख सहभागी ऊ मृत्युको मुखमा पुगिसक्दा पनि दुखद वातावरणको झल्कोसम्म पाइँदैन ।
नेपालमा हिमालहरू प्रशस्तै मात्रामा छन् तर यससम्बन्धी साहित्यहरू अत्यन्त न्यून छन् । यसर्थ हिमाल र हिमालआरोहण सम्बन्धी साहित्यको अभाव परिपूर्ति गर्ने उद्देश्यले यस उपन्यासको रचना गरेको उपन्यासकारको आत्मस्वीकृति रहेको छ । उनकै भनाइमा दुर्भाग्यवश हामीकहाँ हिमालहरु छन् तर हिमालसम्बन्धी हिमाल आरोहणसम्बन्धी साहित्य त्यति छैनन् । सायद म यही आश्चर्यजनक अभाव परिपूर्तिको चाहनाले धेरै प्रेरित भएको छु (सापेक्ष, चुली) । यसरी उपन्यासकारले आप्mनो उपन्यास लेखनको उद्देश्य स्पष्ट पारेका छन् । यति हुँदाहुँदै पनि सङ्घर्ष र समस्याका बीचमा पनि आप्mनो लक्ष्यप्रति सचेत हुँदै जीवनवादी प्रेमवादी, कर्मवादी अवधारणाको सशक्त अभिव्यक्तिका साथ जीवनप्रति आशावादी र सकारात्मक दृष्टिकोणलाई प्रस्तुत गर्नु यस उपन्यासको मूल उद्देश्य रहेको देखिन्छ । तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित यस उपन्यासमा कतै पनि सहभागी नामको प्रयोग नगरी, सर्वनाम ऊका माध्यमबाट कथानकलाई अगि बढाइएको छ । यसमा आ˚ैँ टिप्पणी गरेर तथा समाख्याता आख्यानभन्दा बाहिरै रही आपूm सर्वज्ञ भएर आप्mना भाव, विचार र घटनालाई प्रस्तुत गरिएको छ । यसरी उपन्यासकारलाई उपन्यासका सम्पूर्ण घटनाका बारेमा पूर्ण जानकारी भएकाले यहाँ तृतीय पुरुष सर्वज्ञ दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट देखिन्छ ।
काव्यात्मकतायुक्त परिष्कृत एवं परिमार्जित गद्य भाषाको प्रयोग पाइने यस उपन्यासमा ठाउँठाउँमा कथ्य भाषा तथा पर्वतारोहणसम्बन्धी पारिभाषिक शब्दहरूको पनि प्रयोग पाइन्छ । यस प्रकारको भाषिक प्रयोगले अभिव्यक्तिलाई स्वाभाविकता र जीवन्तता प्रदान गर्न महŒपूर्ण भूमिका निर्वाह गरेको छ ।
प्रस्तुत उपन्यासलाई चुली शीर्षक प्रदान गरिएको छ । यहाँ प्रयुक्त चुलीले अभिधात्मक एवं प्रतीकात्मक दुवै अर्थ वहन गरेको छ । अभिधात्मक अर्थमा यस उपन्यासमा चुलीले विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई बुझाएको छ भने प्रतीकात्मक अर्थमा यसले जीवनको उद्देश्यलाई सङ्केत गरेको छ । एकातिर विश्वकै सर्वाेच्च चुली सगरमाथाको सेराफेरोमा लेखिएको यस उपन्यासको उद्देश्यअनुरुप यसको शीर्षक चुली अभिधात्मक रुपले सामञ्जस्यमूलक देखिन्छ भने अर्काेतिर चुली शब्दले जीवनको महान् उद्देश्य तथा गन्तव्यलाई सङ्केत गरेको छ र जुनसुकै परिस्थितिमा पनि मानिस आप्mनो चुलीमा पुग्नुपर्ने धारणा अभिव्यञ्जित छ । यसरी अभिधात्मक र प्रतीकात्मक दुवै दृष्टिबाट हेर्दा प्रस्तुत उपन्यासलाई प्रदान गरिएको शीर्षक चुली उपन्यासको कथ्य, भाव तथा उद्देश्यअनुरूप सार्थक र उपयुक्त देखिन्छ ।
२. विषयविस्तार ः चुली उपन्यासमा वैचारिक पक्ष
सरुभक्तको चुली नितान्त वैचारिक उपन्यास हो । यसमा सरुभक्तका जीवनजगत्सम्बन्धी सोचाइ, धारणा, अनुभव तथा जीवन दर्शन अटेसमटेस भएर अभिव्यक्त भएका छन् । व्यक्ति शाश्वत छैन, नाशवान् शरीरप्रति आसक्त भएर आप्mनो लक्ष्यबाट पलायन भई विवश जिन्दगी बाँच्नु हुँदैन । मानव जीवन उद्देश्यविहीन हुनु हुँदैन । मानिसले आप्mनो उद्देश्य आपैंm पहिल्याउन सक्नुपर्छ । मानव जीवन समस्या एवं सङ्घर्षको पहाड हो । पहाडको टुप्पोमा पुग्न जति कष्ट बेहोर्नु पर्छ त्यति नै जीवनको लक्ष्यमा पुग्न बेहोनुपर्छ । मानिस जन्मेदेखि मृत्युसम्म सङ्घर्षरत रहनुपर्छ । मानवको मृत्यु अवश्यंभावी छ तर मृत्युको त्रास कुनै पनि महान् कार्य एवं उद्देश्यका लागि बाधा बन्नु हुँदैन । एउटा मान्छेको मृत्युले यो सृष्टिलाई केही असर गर्दैन । एउटै कार्य पनि कसैका लागि उद्देश्य हुन्छ भने कसैका लागि पेसा बन्नपुग्छ । जस्तोसुकै दुखद र कष्टप्रद परिस्थितिमा पनि प्रेम तथा प्रियसीको याद अत्यन्त शक्तिशाली तथा उर्जाशील हुन्छ । जीवनमा समस्याहरू आइपर्छन् तर त्यसलाई सावधानीपूर्वक पन्छाउँदै आप्mनो लक्ष्यतिर बढिरहनुपर्छ । लक्ष्यका अगाडि समस्याहरू फिका हुन्छन् । लक्ष्यहरू सरल र बाधारहित नभएर अत्यन्त जटिल हुन्छन् ।
संसारमा अन्धविश्वास सबैतिर हुन्छ । भूलबाट नै केही सिकिन्छ । अधिक उत्तेजना र चाहिनेभन्दा बढ्ता खुसी मानवका लागी उपयोगी हुँदैनन् जस्ता विविध विचारको प्रस्तुति पाइने सरुभक्तको चुली उपन्यासमा अभिव्यक्त सूक्तिमूलक विभिन्न विचार धाराहरूलाई तल उल्लेख गरिन्छ ः
- मान्छे समाजमा बस्नुपर्छ तर हिमाल चढ्दा एक्लै चढ्नुपर्छ ।
- हिमाल चढ्नु भनेको बाँच्नु हो ।
- मनले मात्रै सगरमाथा चढ्न सकिँदैन ।
- चुलीको यात्रा भनेको जहिले पनि एक्लो यात्रा हो ।
- जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो ।
- काँडाहरूले अरूलाई घोच्छन् आपैmँलाई घोच्दैनन् ।
- हिमालमा सबै कुरा जम्छ तर हृदय जम्दैन ।
- जिन्दगीको अर्काे नाम विवशता हो तर विवशताको अर्काे नाम जिन्दगी होइन ।
- जीवनमा दुःख छ, जीवन दुःख होइन ।
- यदि भाग्य मान्ने हो भने मान्छेले आप्mनो भाग्य आपैंm बनाउनु पर्छ ।
- उद्देश्यविहीन जीवन मृत्यु हो । मृत्यु कुनै उद्देश्य होइन ।
- जीवन सक्न एउटै दुर्घटना पर्याप्त भइदिन्छ ।
- दुर्घटनाहरूसित लुकामारी खेल्नुको नाम नै हो जीवन ।
- गल्तीका सम्भावनाहरूले कुनै गल्ती गर्दैनन् ।
- राम्ररी योजना गरिएन भने सपना सधैं सपनै रहन्छ ।
- भावुकताले मान्छेलाई कमजोर बनाउँछ ।
- कति मान्छेका जीवन राम्रो मौसमको प्रतीक्षा गर्दागर्दै त्यत्तिकै वित्छन् । राम्रो मौसम राम्रो कुरा हो तर राम्रो मौसमको प्रतीक्षा गरिबस्नु मात्रै राम्रो कुरा होइन ।
-ड्मन्छे एक साहस हो । साहस आपैंmमा एक प्रतिभा हो ।
- कति मान्छेका लागि जीवनको अर्थ नयाँ बाटो पत्ता लाउनु हुन्छ ।
- जीवनमा कोही हिमाल चढेर थाक्छन्, कोही हिमाल नचढेर थाक्छन् । हिमाल चढ्नेहरूका जीवनमा थकाइ हुन्छ, थकाइमा जीवन हुँदैन । जीवनको सतहमा उभिएको मान्छेले जीवनको होचाइ र पुड्काइ अनुभव गर्न सक्दैन । जीवनको महानताबोध गर्न मान्छेले पखेटा लगाइ उड्नु पर्दैन ।
- खरपस हिमालमा पनि हुन्छ, जीवनमा हुन्छ, देख्न सक्नुपर्छ ।
- मान्छेले जीवनहीन जीवन होइन मृत्युहीन मृत्यु रोज्नुपर्छ ।
- मान्छे आप्mनै इतिहासको स्वप्नद्रष्टा हो ।
- सबै सम्भावनाहरू दुर्भाग्यपूर्ण हुँदैनन् तर चुनौतीपूर्ण भने हुन्छन् ।
- प्रियसीको सम्झना जहिले पनि न्यानो हुुुुन्छ चाहे हिमालमा होस् चाहे उत्तरी–दक्षिणी धु्रवहरूमा ।
- मायाको सानो घर संसारको सबैभन्दा ठूलो गगनचुम्बी भवनभन्दा बलियो हुन्छ ।
- मान्छेले सबभन्दा पहिले आपैंmलाई चिन्न र विश्वास गर्न जान्नुपर्छ ।
- महान् लक्ष्यहरू महान समस्याहरू र महान् संघर्षहरूले नै महान् बन्छन् ।
- मान्छेको चरित्र पनि यस्तै हुनुपर्छ । पवित्र एवं सिर्जनशील ।
- जीवन लक्ष्यको महान् यात्रा हो भने त्यो अनवरत हुनुपर्छ । आराम गरीगरी, सुविधा हेरीहेरी यात्रा गर्नेहरू जहाँ पुगे पनि कतै पुग्दैनन् ।
- जीवनमा कोही हिमाल चढेर आपैंm हिमाल बन्छन् । कोही दलदलमा फसेर आपैंm दलदल बन्छन् ।
- जो यात्रा गर्छन् उनैका पाइला शिथिल हुन्छन्, तर जो जीवनमा कुनै यात्रा गर्दैनन् उनका मन शिथिल हुन्छन् ।
- मान्छेका महान् कर्महरू शिथिल मनका उपज होइनन् ।
- चुलीको यात्रा हजारौं र लाखौं समस्याहरूको यात्रा हो ।
ड्ड जीवन भूल होइन तर जीवनमा भूलहरू हुन्छन् ।
ड्ड मान्छेका भूलहरू मान्छेकै कर्मले महान् वा तुच्छ बन्छन् ।
ड्ड महान् लक्ष्यको यात्रा भनेको फोहोरी स्वार्थको यात्रा होइन, पवित्र विश्वास र समपर्णको यात्रा हो ।
ड्ड अज्ञानीहरू आपूmलाई ज्ञानी सम्झन्छन् ।
- जीवनको महान् यात्रामा हिँड्नेहरू बाटोमा निदाउँदैनन् ।
- चुलीहरू उत्तेजनाले जितिँदैनन्, बुद्धिमता र हिसाबहरूले जितिन्छन् । उत्तेजनामा त मान्छेले आपूmलाई म मान्छे हुँ भन्ने कुरा नै बिर्सिदिन्छ ।
- विना शरीर मन हुँदैन र विना मन शरीर रहँदैन ।
- मान्छे मरे पनि मानवता कहिले पनि मर्दैन । महान्ता कहिले पनि मर्दैन ।
- जीवनका लक्ष्यहरू नदेखिनुको अर्थ जीवनका लक्ष्यहरू नहुनु होइन ।
- जीवन नबुझ्नेहरू जीवनलाई शत्रुतापूर्ण दृष्टिले हेर्छन् ।
- गलत निर्णय गर्नेहरूले एकदिन जीवनको सही बाटो पत्ता लाउन सक्छन्, तर अनिर्णित भई बस्नेहरूले जीवनको कुनै बाटो पत्ता लाउन सक्दैनन् ।
- पानीको तिर्खा फलपूmलले मेटिँदैन ।
-सत्य ज्ञानले अज्ञानहरू त केही मेटिन्छन् तर आवश्यकताहरू भने सबै मेटिँदैनन् ।
- जब लक्ष्य महान् हुन्छ, जीवन मृत्युका प्रश्नहरू समस्या बन्दैनन् ।
- जति आप्mनो नलागे पनि आप्mनो भन्ने कुरा आप्mनै हुन्छ । दुःख कहिले पनि अरूको हुँदैन ।
- विजयमा खुसी हुनुपर्छ, सफलतामा हुनुपर्छ तर चाहिनेभन्दा धेरै होइन । चाहिनेभन्दा धेरै खुसी मूर्खहरू मात्र हुन्छन् ।
- जीवन एउटा मात्र चुलीका लागि होइन, धेरैधेरै चुलीहरूका लागि हो ।
-पृथ्वीको इतिहासमा एक युगमा एक दुई जनाले मात्र मानवताको चुली टेके भने मुक्तिका लागि मान्छेहरूले कल्पना गरिराख्नु पर्दैन ।
- धेरैजसो मान्छेहरू असफलताहरूमा दुर्घटित हुँदैनन्, सफलताहरूमा दुर्घटित हुन्छन् ।
- अनावश्यक भावुकताले बाटो छेक्छन् । मान्छेको भावुकता मान्छेको बाटो हुनुपर्छ, मान्छेको बाधा होइन ।
- अति उत्साहले कुनै पनि घात गर्नसक्छ ।
- मान्छेले जीवनमा गतिला पदचिन्हहरू छोडे भने ती आप्mनै लागि र अरूका लागि पनि मार्गदर्शक बन्न सक्छन् ।
- जीवनमा तुफानहरू आइरहन्छन् । तुफानहरू आए डटेर मुकाबिला गर्नुपर्छ । तुफानसित भागेर तुफानबाट बच्न सकिँदैन ।
-जीवनमा तुफानहरू गुज्रनका लागि आउँछन्, रोकिइबस्नका लागि आउँदैनन् ।
- महासङ्कटका बेला भगवान् सधैं अनुपस्थित हुन्छ ।
४. उपसंहार
अत्यन्त झिनो कथानक रहेको चुली शीर्षक आख्यानात्मक वृmतिका माध्यमबाट सरुभक्तका जीवन जगत्सम्बन्धी धारणाहरू घनीभूत रुपमा प्रस्तुत भएका छन् । सरुभक्तका विचारधाराको भोक्ता एवं प्रस्तुतकर्ता उपन्यासको प्रमुख सहभागी ऊ रहेको छ । यसमा अभिव्यञ्जित विचारहरूमध्ये कतिपय उपन्यासकारको प्रत्यक्ष वर्णनबाट तथा कतिपय मुख्य सहभागीका माध्यमबाट प्रस्तुत गरिएका छन् । यसरी यस उपन्यासमा प्रत्यक्ष–परोक्ष दुवै ढङ्गले विचारधाराहरू ओइरो लागेर प्रस्तुत भएका छन् । यसमा अव्यिक्त विचारधाराहरु अस्तित्ववादी, जीवनवादी, आशावादी, मानवतावादी, प्रेमवादी तथा कर्मवादी रहेका छन् ।
सरुभक्तको चुली उपन्यासले सचेत रूपमा दार्शनिक र बौद्धिक सन्देश दिन खोजेको छ । यिनको यस उपन्यासमा प्रयुक्त दार्शनिक एवं भावनात्मक विचारहरू तर्कपूर्ण रुपमा भावनात्मक ढङ्गले प्रस्तुत गरिएको छ । आप्mना विचार प्रस्तुत गर्ने क्रममा यिनका उपन्यासमा अस्तित्ववादी धारणाहरू पनि प्रस्तुत भएका छन् । यिनको अस्तित्ववाद प्रेम, मानवतावाद, व्यक्तिवाद तथा अहंसँग गाँसिएर आएका छन् ।
नेपाली उपन्यासका क्षेत्रमा नवीन प्रयोगका साथ वैचारिक उपन्यासहरू सिर्जना गरी सफल वैचारिक उपन्यासकारका कोटिमा आपूmलाई उभ्याउन सरुभक्तको चुली उपन्यासको मूल प्रवृत्ति नै वैचारिकताको प्रतिपादन गर्नु रहेको देखिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु