गुवाहाटीमा नेपाली एम्.ए. प्रारम्भ गर्दाका तितामिठा अनुभूति

- डा. खगेन्द्रप्रसाद लुइटेल

अगिल्लो पटक गुवाहाटी विश्वविद्यालयको सेमिनारमा विशेषज्ञका रूपमा सहभागी भएर केही काम त गरियोे तर त्यहा“को कामबाट उति सन्तुष्ट भइएन । अर्काका ठाउ“मा गएर सन्तुष्ट भइएन, राम्रो लागेन भन्नुभन्दा चुप लागेर फर्कनु नै उपयुक्त ठानियो । सेमिनारबाट कामको बा“डफा“ड गरियो र जिम्मेवारी पनि लिइयो तर मनमनमा काम नगर्ने भन्ठानेरै लिइएको जीवनको यो पहिलो जिम्मेवारी थियो । त्यहा“ सहभागीमध्ये सबभन्दा बढी मेरै भागमा परेको थियो । केसु र रासुको भागमा केही एकाइ मात्र थिए भने मेरा भागमा त सिङ्गासिङ्गै किताब नै लेख्नुपर्ने थियो । सम्पत्तिको बा“डफा“डमा धेरै लिन खोज्ने तर कामको बा“डफा“डमा कमभन्दा कम लिन खोज्ने वा लि“दै नलिने नेपाली बानीबाट म मुक्त मान्छे । म कर्मवादी भए पनि नगर्ने मनस्थिति बनाएको काम धेरथोरस“ग के नै पो सरोकार र≈यो र ? त्यो यात्रा लगभग पुत्नेछोराकै करामतमा टुङ्गियो ।

त्यहा“बाट फर्किनेबित्तिकै मलाई गुवाहाटी विश्वविद्यालयले नेपाली एम्.ए. कार्यक्रमको स्पेसल कोर्स एड्भाइजर बनाई पाठ्यक्रम र पाठ्यसामग्री तयार गर्ने सम्पूर्ण अधिकार प्रदान गरेको जानकारी गरायो । त्यसको केही दिनभित्रै एकेडेमिक एड्भाइजरी बोर्ड (निनाद) को सदस्य बनाइएको इमेल आयो । यसै बीचमा तोकिएको केही काम गरिदिन आग्रह गरिएको गुवाहाटी विश्वविद्यालयको चिठी लीलालाई पनि आयो । तैपनि काम सुरु गर्ने अत्तोपत्तै थिएन । उताबाट फोन र इमेलका पर्रा छुट्न थाले । त्यसमा धेरजसो फोन डा.शान्ति थापाको र इमेल डाइरेक्टर डा.कन्दर्प दासको हुन्थ्यो । पहिलो पटक जा“दा एकजनाले परिचय गराइदिएपछि शान्तिले हाम्रो ध्वनि पत्रिकाका विभिन्न अङ्क उपहार दिएकी थिइन् । दिनभर सेमिनारमा व्यस्त भइयो । अग्लो कदकी साडीचोलोमा ठा“टिएकी शान्तिस“ग त्यसपटक सामान्य चिनजान भए पनि खासै कुराकानी भएन । शान्तिले फोनमा पटकपटक कामको प्रगति विवरण सोध्दै काम छिटै सकिदिने अनुरोध गर्न थालिन् । मैले विविध कारणबाट काम नगर्ने कुरा बताए“ र उनको अनुरोधलाई ठाडै अस्वीकार गरिदिए“ । त्यहा“का नेपाली साहित्यिक सङ्घसंस्थाहरूबाट पनि फोन र इमेल आउन थाले । तिनमा ‘हाम्रो पचासौ“ वर्षको प्रयास त्यत्तिकै खेर जाने भयो’ भन्नेजस्ता नेपाली जाति र भाषासाहित्यसम्बन्धी संवेदनशील कुरा उठाइएका हुन्थे । मैले यी सब कुरा मित्रमण्डलीलाई पनि सुनाए“ ।

मलाई नेपाली जाति र भाषाप्रेमका साथै पदीय जिम्मेवारीले पनि गा“ज्न थाल्यो । अन्ततः काम गर्नै पर्ने निधो गरी मैले काम सुरु गरे“ र मित्रमण्डलीलाई पनि घच्घच्याउ“दै गए“ । अहोरात्र खटेर पाठ्यक्रम र पाठ्यसामग्री व्यवस्थित रूपमा तयार पारियो । लीलाको काम पनि निर्धारित समयमै सकियो । यतैका एकजनाले केही अंश लेख्न चाहेको हु“दा के गर्ने भन्नेबारे उताबाट मस“ग राय लिइयो । मैले स्वीकृति दिए“ तर यो कुरा मैले कसैलाई भनिन“ । उनले चाहि“ त्यसलाई मबाट गोप्य राख्ने प्रयत्न गरे । केही पछि मैले उनको सामग्री मलाई बुझाउन भने“, त्यो कुरा उनलाई उतैबाट पनि निर्देश गरिएको थियो । उनले चाहि“ सामग्री मलाई जानकारी नै नदिई सोभैm उतै इमेल गरेछन् । युनिभर्सिटीले तत्कालै त्यो फाइल नै नखोली सोभैm मकहा“ फरवार्ड गरिदियो ।

मैले सामग्री लिएर आपूm जानुभन्दा अरूलाई नै पठाउने वा समूहमै जाने सोचेर उता कुरा गरे“ तर विविध कारण दर्साउ“दै युनिभर्सिटीले मानेन र मलाई नै आउन आग्रह ग¥यो । रासुले केसुलाई पनि जाने बन्दोबस्त मिलाइदिने कुरा गरे तर त्यो उनको हैसियतभित्र पर्दैनथ्यो । मलाई यताका सबै सामग्री जम्मा गरी लिएर आउन तथा अन्यलाई सम्पूर्ण सामग्री मलाई हस्तान्तरण गर्न आग्रह गरिएका इमेल प्रशस्तै आए । धेरैजसो इमेल मेरैमा आउने हु“दा मैले प्रिन्ट निकालेरै पनि मित्रमण्डलीलाई देखाए“ र काम गर्ने वातावरण बनाउ“दै गए“ । अरूको काम नसकिए पनि तपाई“चाहि“ आइदिनु प¥यो भन्ने आग्रह मलाई पटकपटक आए पनि मैले भरसक सबै जम्मा गरेर जानु नै उपयुक्त ठाने“ र त्यसकै लागि प्रयत्न गरिरहे“ । बेलाबखत लेखन, सम्पादन, फम्र्याटिङजस्ता कुरा कोट्ट्याएर केही साथीहरू बम्किए पनि मैले त्यसलाई वास्ता गरिन“ । काग कराउ“दैछ, पिना सुक्दैछको नीति लिए“ ।

अन्ततः मैले गुवाहाटी जाने निधो गरी टिकट लिने कुरो गरे“ र सल्लाह गरिएभन्दा केही पछिको टिकट लिए“ । हाम्रो काम पहिले नै सकिएको भए पनि अरूको काम सकिएको थिएन । म उता जाने भनेको अगिल्लो दिन बेलुका केसुले सामग्री ल्याइदिए र ‘आपूmले जीवनमा हारेको’ कुरा बताए तर के हारेका थिए त्योचाहि“ मलाई थाहा भएन । रासुको सामग्री राती एघार बजेतिर सनत ढकालमार्पmत मकहा“ आइपुग्यो । मलाई युनिभर्सिटीले गहन दायित्व सुम्पिएकाले सबैका सामग्रीलाई एकरूपताका साथ व्यवस्थित गर्नु थियो । देशबाहिर जाने सामग्रीलाई व्यवस्थित गर्न एकपटक मिटिङ बसौ“ भन्ने कुरालाई समेत साथीहरूले आवश्यक ठानेनन् । त्यहा“को फम्र्याट अलि बढी नै प्राविधिक खालको भएकाले त्यसबारे कतिपय विज्ञ नभए पनि सोध्न सक्दैनथे । मचाहि“ फम्र्याट निर्माणमै संलग्न भएको हु“दा मलाई त्यसमा अप्ठ्यारो हुने कुरै भएन । प्रुफसमेत राम्ररी नहेरिएको सामग्री तत्काल मिलाइसक्ने अवस्था पनि रहेन । म निर्धारित मितिमा सबै सामग्री बोकेर गुवाहाटीतर्पm लागे““ ।

यी सबै गन्थनको तात्पर्य कहिलेकाही“ नगर्ने भनिएको काम पनि गर्नुपर्ने रहेछ र त्यसरी काम गर्दा अप्ठ्यारा पनि झेल्नु पर्दाेरहेछ भन्ने जानकारी गराउनु हो ।

जेठ २५ गते बिहान दस बजेको बुद्ध एयरबाट म भद्रपुर गए“ । त्यस दिनको बसाइ पुराना मित्र गङ्गा अधिकारीका घरमा भयो । त्यस रात लोडसेडिङ्का कारण लामखुट्टे र गर्मीले आतङ्कित नै तुल्यायो... । अर्काे दिन बिहान गङ्गाजीले मलाई गलगलियाको बाटो हु“दै बागडुग्रा पु¥याए । त्यहा“बाट स्पाइस जेटमा २.०५ को उडान थियो । पहिलो पटक ट्रेनमा गएकाले त्यहा“को एअरपोर्टबारे जानकारी हुन पाएन । हामी एअरपोर्ट भनेर अलि टाढै पुगेछौ“ । फेरि फर्किएर आउनु प¥यो । तैपनि म निर्धारित समयमै एअरपोर्ट भित्रिए“ । मेरो परिचयपत्र हेर्नेबित्तिकै झोलासमेत चेक नगरी सम्मानपूर्वक मलाई भित्र पु¥याइयो । त्यहा“ पुलिसले प्राध्यापकलाई गरेको सम्मान देख्दा म आÇनो देशलाई झलझली सम्झन पुगे“ । त्यहा“ जहाजको एकजना कर्मचारीले पनि मलाई निकै सहयोग गरे । सुरक्षा जा“चका प्रक्रिया सकेर भित्रिएपछि म एक्लै धुम्धुम्ती बसिरहेको थिए“ । मेरो नजिकैको सिटमा एउटी मैया“ मोबाइलमा मैले नबुझ्ने भाषामा कुरा गर्दै रोइरहेकी थिई । उसको हाउभाउ हेर्दा दुईका बीचमा ठाकठुक परेजस्तो बुझिन्थ्यो । मैले पर क्यान्टिनमा अभि सुवेदी उभिएर चिया खा“दै गरेको देखे“ । म प्रसन्नतापूर्वक फटाफट त्यतैतिर लम्किए“ । नजिक पुग्दा पो थाहा भयो कपाल मात्र अभि सुवेदीको जस्तो, मान्छे त अर्कै कतैको धमरधुस पो रहेछ... । कसो पछाडिबाटै नबोलाएको, म मनमनै हा“से“ ।

म धेरजसो घडीतिरै आ“खा घुमाइरहेको थिए“ । निर्धारित समयमै प्लेन चढियो र गुवाहाटी एअरपोर्टमा पुगियो पनि । गुवाहाटीका यात्री उतारेर त्यो प्लेन दिल्ली जाने रहेछ । म प्लेनबाट निस्केर सामान लिने ठाउ“मा पुगी झोला ट्रलीमा राखेर गुडाउ“दै बाहिर निस्किए“ । गेटमै नेपाली साहित्य परिषद् असमका अध्यक्ष नव सापकोटा, भारतीय गोर्खा परिसङ्घका सभापति कृष्ण भुजेल र डा.शान्ति थापा मेरो स्वागतमा प्रतीक्षारत रहेछन् । म गेटबाट निस्कनेबित्तिकै मेरो ब्याग उनीहरूले नै समाए र मलाई गाम्चा (त्यसको नाम पुलाम गामोसा रहेछ, त्यो पछि मात्र थाहा भयो) ओढाएर स्वागत गरे । मैले त्यसलाई यतैको खादाजस्तै सम्झिए“ तर त्यहा“को त निकै ठूलो सम्मानसूचक वस्तु पो रहेछ ।

हामी गाडी चढेर त्यहा“बाट अगि बढ्यौ“ । बीचमा मलाई खाना खुवाउने योजना रहेछ तर मेरा लागि त्यो समय खाजा खाने थियो । हामी एउटा होटलमा खाजा खाएर बाहिर निस्किएका मात्र के थियौ“, कुनै भिआइपीको सवारीका कारण बाटो खुला गरियो र हाम्रो गाडी पनि साइड लगाइयो । पुलिस असिनपसिन गर्दै दौडधुप गरिरहेका थिए । त्यहा“का गभर्नरको सवारी रहेछ । पूरै सुरक्षा बन्दोबस्तका साथ एकै रङ्गका ५–६ वटा कालो सिसा भएका झन्डावाल गाडी आए । सबै गाडी उस्तै भएकाले कुनचाहि“मा गभर्नर छन् भन्ने कुरा थाहा नहुने रहेछ । सुरक्षाका दृष्टिले त्यहा“ त्यसो गरिन्छ रे । त्यस्तो सुरक्षाका बीचमा गाडी अगाडि बढिरहेका बेला एउटा गाई दौड“दै एक्कासि बाटाका बीचमा आइपुग्यो भिआइपीको गाडीसमेत रोक्नुपर्ने गरी । बाटामा उभिएका डन्ठेलाई गाडीमा बसेका बन्दुकेले खुब हप्कायो । बाटाको डन्ठे त्यसै कालो त छ“दै थियो त्यस घटनाले त अ“गार नै भइहाल्यो । हामी सडक किनारामा उभिएर त्यो रमाइलो दृश्य हेरिरहेका थियौ“ । त्यसै बेला डा.शान्तिले भनिन्— ‘यो गाईलाई प्रोटोकल नै थाहा भएन, यसले पुलिसको जागिर उडाइदियो ।’ त्यो रमाइलो ठट्टाले एकछिन हा“सो गुन्जियो । झट्ट हेर्दा नीरसजस्ती लाग्ने शान्ति हा“स्न र ह“साउन पनि जान्दिरहिछन् भन्ने कुरा थाहा भयो ।

गाईको प्रोटोकल मिचाइ काण्डपछि हामी अगि बढ्यौ“ र केही बेरमै गुवाहाटी विश्वविद्यालयको गेस्ट हाउसमा पुग्यौ“ । त्यहा“ एसी भएको निकै राम्रो भिआइपी कोठा मिलाइएको रहेछ । त्यही“ बसेर नवपरिचित मान्छेहरूस“ग निकै बेर गफगाफ भयो । धेरैजसो यता र उताका औपचारिक कुरा भए । उनीहरू त्यहा“बाट बिदा भएर आआÇनो बाटो लागेपछि म खाना खाएर नेपाल टिभी हेर्दै सुते“ ।

अर्काे दिन बिहान शान्ति हातमा एउटा झोला बोकेर मुस्कुराउ“दै आइन् र त्यो झोला मेरो हातमा थमाउ“दै भनिन् ‘सरले चप्पल ल्याउन बिर्सिनुभएछ जस्तो लागेर यो चप्पल ल्याइदिएको ।’ अगिल्लो दिन बेलुका उनीहरूलाई बाहिरसम्म पु¥याउन जा“दा उनले त्यस्तो सोचिछन् । मेरो झोलामा चप्पल भएको कुरा उनलाई थाहा भएनछ, थाहा हुने कुरो पनि भएन । मैले पैसा लिने भए मात्र लगाउने कुरो गर्दा उनी रिसाइन् । उनी रिसाउ“दा झनै राम्री देखि“दिरहिछन् तर मैले त्यो कुरा उनलाई भनिन“ । ‘रिसाउ“दा झनै राम्री, रिसाइदेऊ न बिन्ती’ भन्ने गीत मात्र सम्झिए“ । हामी त्यहा“बाट सरासर युनिभर्सिटी गयौ“ । सामान्य औपचारिक कुराकानीपश्चात् मिटिङ गरी पोलिसी बनायौ“ र त्यसैअनुरूप काम सुरु गरिहाल्यौ“ । मेरा लागि निर्धारित कोठामा एसी भएकाले त्यहा“ गर्मीको समस्या थिएन । केहीले अनावश्यक कुरा झिकेर समय बिताउने प्रयत्न गरेका भए पनि मलाई युनिभर्सिटीले सम्पूर्ण अधिकार दिएकाले मैले हस्तक्षेप गरी अन्तिम निर्णय सुनाए“ र यसैअनुरूप काम गर्ने निर्देशन दिए“ । सबै चुप लागे ।

त्यहा“ कम्प्युटरमा फन्टसम्बन्धी केही समस्या रहेछ । त्यहा“को कम्प्युटर एक्स्पर्टले ‘नेपाली र हिन्दी फन्टमा धेरै कुरा मिल्दैन, सरले ल्याएको म्याटर रिटाइप गर्नुपर्छ, यदि यसो गर्न सम्भव नभए नेपालमै गई पुस्तक छापेर ल्याउनुपर्छ, यसका लागि सरले सहयोग गर्नुपर्छ’ भने । उनले युनिभर्सिटी पदाधिकारीलाई पनि कन्भिन्स गरिसकेका रहेछन् । उनको कुरा सुन्दा म छक्क परे“ र मैले भने“ ‘कम्प्युटरमा फन्ट इन्स्टल गरे भइहाल्छ नि ।’ उनले ‘हु“दैन, मिल्दैन’ भने । मैले ल्यापटपका साथै फन्टको छुट्टै सिडी र पेनड्राइभ पनि लगेको थिए“ । मैले फन्ट निकाले“, इन्स्टल गरियो । म्याटर प्रिन्ट गर्दा केही क्यारेक्टर चेन्ज भएछ । एडिटर इन्चार्ज प्रसेनजित दास हस्याङ्फस्याङ् गर्दै ‘सब म्याटर बिग्रियो सर, बरबाद भयो अब के गर्ने’ भन्दै आए । मैले प्रिन्ट हेरे“ र हा“स्दै ‘यो केही होइन दासजी, यो सामान्य क्यारेक्टर चेन्ज हो, यसलाई यसो गर्दा भइहाल्छ नि’ भनी गरिदिए“ पनि । उनले मैले भनेका कुरा सबै टिपे अनि त्यहा“बाट गएर फेरि प्रिन्ट गरे र प्रसन्नतापूर्वक ‘सब ठीक भयो सर’ भने । कुरा सामान्य थियो, ठीक नहुने कुरै थिएन । विषयको एक्स्पर्ट त मलाई मानिएकै थियो, अब त मलाई कम्प्युटरको पनि एक्स्पर्ट मान्न थालियो । खासमा म कम्प्युटरको एक्स्पर्ट हुनु भनेको लाटो देशमा गा“डो तन्नेरी हुनुभैm“ थियो । जे भए पनि आखिर तन्नेरी भनेको तन्नेरी नै हो, आपूm भइहालियो तन्नेरी ... ।

त्यस दिनको काम सकी अर्को दिनका लागि होमवर्क दिएर हामी गेस्ट हाउस पुग्यौ“ । नव सापकोटा त्यहा“ आइसकेका रहेछन् । यो काम फत्ते गराउन उनी निकै सक्रिय थिए । निकै शान्त र भद्र देखिने सापकोटाजीको गतिविधि प्रशंसनीय नै लाग्यो । कामकै सन्दर्भलाई लिएर शान्ति र मेरा बीचमा केही ठाकठुकजस्तो भएको सुनेर सापकोटाजी अलि चिन्तित भई शान्तिलाई गाली गरेर भए पनि मिलाउनेतर्पm लागे तर त्यो कुरा मध्यस्थता गरेरै मिलाउनुपर्ने खालको चाहि“ थिएन । शान्ति निकै जिद्दी स्वभावकी रहिछन् तर म पनि कहा“ कम थिए“ र ¤ मैले उनलाई बहिनी बनाउने र पेल्ने कुरा गरे“ । नव सापकोटाले स्वीकार गरे तर उनी मानिनन् । निकै बोल्ड पर्सनालिटी भएकी शान्ति कसैलाई टेर्दी रहिनछन् तर मलाई चाहि“ अलिअलि टेर्न थालेकी थिइन् । उनी कसैको गाली नसहने ढिट स्वभावकी पनि रहिछन् तर मचाहि“ उनलाई अलिअलि गाली गर्न थालिसकेको थिए“ र उनी सहन पनि थालिसकेकी थिइन् । उनीहरूलाई गेस्ट हाउसबाट बिदा गरेपछि म एकछिन यताउति रल्लिए“ र खाना खाएर सुते“ ।

अर्को दिन मैले भनेकै समयमा सबैजना आइपुगे । मैले तिनीहरूका जिम्माको काम हेरे“ र थप जिम्मेवारी दिए“ । म आपूm पनि काम गर्न र अरूलाई पनि काम लगाउन थाले“ । त्यहा“ कुरा गर्न त के पान खानसमेत प्रतिबन्ध लगाइदिए“ । दिउ“सो खाना खान पनि समय तोकिदिए“ । बेलुका सबैलाई होमवर्क दिएर मिटिङ समाप्त गरे“ । त्यस दिनको मिटिङमा डाइरेक्टर डा. कन्दर्प दास उपस्थित थिएनन् । काम सकेर हि“ड्न लाग्दा आÇनो कोठामा गएर चिया खाऊ“ भनी उनी स्वयं बोलाउन आए । हामी गयौ“ । उनले मेरो काम गर्ने शैलीको खुब प्रशंसा गरे । मिटिङमै नभएका मान्छेले प्रशंसा गर्दा म छक्क परे“ र यहा“ पनि हामीकहा“जस्तै कुरा यताउति गर्ने सुलसुलेको कमी रहेनछ भन्ठाने“ तर खासमा कुरा त्यसो होइन रहेछ । उनी त आÇनै अफिसमा बसेर सिसी टिभीबाट सबतिरका गतिविधि हेरिरह“दा रहेछन् । मेरो निर्णायक भूमिका उनलाई खुब मन प¥यो रे । उनले नरम स्वरमा भने ‘यसपटक जति दिन लागे पनि काम सक्नुपर्ला, एड्मिसनको बेला पनि भयो, समय कति लाग्छ सरले नै निर्धारण गर्नुपर्ला, अरू बन्दोबस्त म मिलाउ“छु...।’ मैले भने“— ‘चिन्ता नगर्नुहोस्, सब काम समयमै सकिन्छ, केही मिलाउनु पर्दैन ।’ मेरो कुरा सुनेर उनी प्रसन्न भए । यी सब कुरा अङ्ग्रेजीमा भएका थिए ।

चिया खाएर हामी त्यहा“बाट हि“ड्यौ“ । नव सापकोटा र शान्तिले मलाई युनिभर्सिटी कम्पाउन्ड घुमाए । गाडीमै घुम्न पनि निकै बेर लाग्दो रहेछ । युनिभर्सिटीको कम्पाउन्ड निकै ठूलो भए पनि बीचमा हाइवे हुनुचाहि“ त्यति उपयुक्त लागेन ।

बेलुका खाना खाने बेलामा एकजना प्राध्यापकस“ग भेट भयो र एकछिन गफगाफ गरियो । उनी मस“ग निकै गफ गर्ने मनस्थितिमा थिए तर मैले आÇनो धेरै काम भएको बताएपछि उनी आÇनो कोठातिर लागे । म राती निकै बेर काम गरेर ढिलै सुते“ । अर्को दिन बिहान शान्ति र खगेन शर्मा छालाको चप्पल लिएर आइपुगे । अगिल्लो दिन जुत्तामोजाले बढी गर्मी भएको ठानेर त्यसो गरेको रे ∕ मैले बाहिर हि“ड्दा लगाउने चप्पलचाहि“ सा“च्चै बोकेको थिएन । त्यसको पनि पैसा लिन मानेनन् । पैसा नलिएपछि मैले भने“— ‘मेरा घरमा अरू पनि मान्छे छन्, ती सबैलाई पुग्नेगरी ल्याइदेऊ अनि म उता गएर गुवाहाटीमा चप्पल उपहार भनेर लेख्छु ।’ यसो भन्दा निकैबेर हा“सो गुन्जियो । शान्ति पनि दिल खोलेर हा“सिन् । तिनी सन्किन मात्र होइन, हा“स्न पनि जान्दिरहिछन् भन्ने प्रमाणित भयो ।

अर्काे दिन निकै बेर बत्ती आएन । त्यहा“ खैलाबैला मच्चियो । म त दैनिक अठार घन्टे लोडसेडिङ खेपेको मान्छे, मलाई खासै अनौठो लागेन तर गर्मीले भने निकै सतायो । बत्ती नआए पनि मैले काम रोक्न दिइन । ल्यापटपबाटै काम गरियो र भएजति काम मोटामोटी सकियो पनि । त्यतिबेलासम्म उताका अन्य व्यक्तिका जिम्मामा रहेको सामग्री केकति तयार भएको छ भन्नेबारे मलाई जानकारी गराइएको थिएन । मैले त्यो सामग्री हेर्न मागेपछि शान्ति निकै अशान्त बनिन् । सबैजना मुखामुख गर्न थाले । ‘यताको काम सब सकियो त्यताको मात्र बा“की छ’ भन्ने शान्तिको पटकपटकको फोनले मलाई पहिलेदेखि नै चिमोटिरहेको थियो । मैले त्यताको काम हेरेर मिलाइदिने कुरा गर्दा पो थाहा भयो त्यहा“ त केही भएकै रहेनछ भन्ने । ढुङ्गाजस्ती शान्तिले नौनीजस्तो भएर भनिन् ‘सर यहा“ काम भएन । प्लिज कथाको ब्लक तपाईंले गरिदिनुप¥यो ।’ मैले सुरुमा अस्वीकार गरे पनि सबको निकै अनुनयविनयपछि म स्वीकार गर्न बाध्य भए“ र नाटकको ब्लकबारे सोधे“ । शान्तिले त्योचाहि“ मस“ग छ भोलि हेर्ने भनिन् । त्यस दिनको काम सकेर हामी घुम्न निस्कियौ“ ।

अर्काे दिन मिटिङ सुरु हुनेबित्तिकै शान्तिले निन्याउरो मुख लाएर भनिन्— ‘सर अब नाटकका दुई ब्लक पनि जिम्मा लिइदिनु प¥यो, यहा“बाट काम हुनै सकेन ।’ यो कुरो शान्तिको मात्र नभएर सिङ्गो अथोरिटीकै थियो । ‘नाटकको चाहि“ छ भनेको होइन’ भनी मैले सोधे“ । ‘हिजो एकैपटक सबै भन्न नसकेर मात्र त्यसो भनेकोे, यहा“ काम भएकै छैन ।’ मैले बोल्ने शब्दै भेटिन । आपूmले थप काम गर्नु पर्ने भयो भन्दा पनि त्यहा“काले जिम्मा लिएको काम पटक्कै नगरेको सुन्दा म निकै चिन्तित भए“ । समय निकै छोटो थियो तर कामचाहि“ निकै बढी । मलाई जिम्मा लिन पनि र नलिन पनि त्यत्तिकै असजिलो स्थिति सिर्जना भयो । जिम्मा लिनुभन्दा अर्काे उपाय पनि थिएन । कि सबै काम छोडिदिनु पथ्र्यो । त्यसो गर्दा कार्यक्रम नै स्थगित हुने स्थिति भएकाले मैले छोड्नु पनि उपयुक्त भएन । त्यसैले मैले बाध्य भएर काम गरिदिने वचन दिए“ । एकाएक सबका मुहार उज्यालिए र मप्रति आभार प्रकट गरे ।

डाइरेक्टरले विद्यार्थी भर्नाको सूचना निकाल्नेबारे मस“ग कुरा गरे । मैले स्वीकृतिसूचक टाउको हल्लाए“ । त्यो मेरा लागि मनोवैज्ञानिक दबाब रहेछ । उनले भोलिपल्टै भर्नाको सूचना छापिएको पत्रिका मलाई थमाए । त्यस दिन सक्ने भनेको काम मैले राती नै सकिसकेको थिए“ । मैले मिटिङको सुरुमै काठमाडौ“ फर्किने टिकटको कुरो गर्दा डाइरेक्टर छक्क परे र भने— ‘काम नसकी त जानु भएन नि सर ।’ मैले भने“— ‘काम सकिइहाल्यो नि, अब त उही“ गएर गर्ने काम मात्र बा“की छ ।’

त्यस कामका लागि लामै समय छुट्ट्याइएको र मेरो रायअनुसार अरू थप्ने मनस्थिति बनाइएको रहेछ । सबै कामको प्रगति विवरण र भावी कामको खाकासमेत बताएपछि डाइरेक्टरले आश्चर्य मान्दै भने ‘डा.साब, यहा“ यति काम गर्न त आठ–नौ महिना लाग्थ्यो, तपाईंले यति छोटो समयमा सकिदिनुभयो, यसका लागि हामी आभारी छौ“ । युनिभर्सिटीको तर्पmबाट तपाईंलाई धेरै धन्यवाद । मैले भने“— ‘डाइरेक्टर साब, यो सब मैले नेपाली जाति र भाषाका लागि गरेको सहयोग हो, त्यसैले मलाई धन्यवाद दिनु आवश्यक छैन ।’ मेरो कुरा सुनेर उनी मुस्कुराए मात्र केही बोलेनन् । उनको मुस्कुहारटमै अनेक रहस्य लुकेका हु“दारहेछन् । केही क्षणको अनौपचारिक ख्यालठट्टा र चियापानपश्चात् हामी त्यहा“बाट निस्कियौ“ ।

बेलुका नव सापकोटाले मलाई ब्र≈मपुत्रको सराइघाट पुल घुमाउन लगे । त्यो पुल ऐतिहासिक महŒवको रहेछ । बङ्गालको मुगल सम्राट्ले आक्रमण गरेका बेला गढको सुरक्षा नगरी सुतेकोमा राष्ट्रभन्दा ठूलो मामा हु“दैन भन्दै सेनापतिले आÇनै मामा काटिदिएको किंवदन्ती त्यस पुलस“ग जोडिएको रहेछ । यी सबै प्रसङ्ग बताउ“दै सापकोटाजीले मलाई गाडीमा निकै परसम्म पु¥याए । फर्केर आएपछि प्रा.डा. हेमचन्द्र गौतम मलाई भेट्न आए । निकै बेर कुराकानी भयो । खासमा उनी मप्रति आभार प्रकट गर्न आएका रहेछन् । उनी नेपाली एम्.ए. कार्यक्रम ल्याउने अभियन्तामध्येका प्रमुख एक भएको बुझियो । उनी त्यहा“बाट फर्किएपछि म ओछ्यानमा पल्टिएर टिभी हेर्न थाले“ ।

अर्काे दिन मलाई गुवाहाटी घुमाउने कार्यक्रम राखिएको रहेछ । नव सापकोटा बिहानै आइपुगे र हामी कामाख्या दर्शनका लागि हि“ड्यौ“ । नीलाचल पर्वतमा रहेकाले कामख्यालाई नीलाचलवासिनी पनि भनि“दो रहेछ । त्यहा“ असाध्यै भिड भएकाले टाढैबाट दर्शन गरी फर्किइयो । त्यस दिन बिहानको खाना नव सापकोटाका घरमा खाने बन्दोबस्त मिलाइएको थियो । उनको घरनजिक पुग्दा गाडी फस्यो । त्यहा“को बाटो नेपाललाई पनि बिर्साउने खालको रहेछ । हारगुहार गरी गाडी त निकालियो तर अगि बढाउन नसकिएकाले त्यही“ साइड लगाएर घर गइयो । वरिपरि नरिवल घारीका बीचमा भव्य घर रहेछ सापकोटाजीको । त्यहा“ पुगेपछि परिवारका सदस्यस“ग परिचयको आदानप्रदान भयो । उनकी श्रीमती मुन्नी सापकोटा स्पष्ट वक्ता रहिछन् । उनले गरेका कतिपय टिप्पणी यहा“ उल्लेख नगरे पनि ती सटीक, यथार्थ र अविस्मरणीय थिए । छोरो डा. समीर र बुहारी वनिता निकै भलाद्मी रहेछन् । एकछिन पारिवारिक गफगाफ गरी खाना खाइयो र केही क्षण आराम गरियो । त्यस दिन अपरान्ह देवकोटा नगरमा नेपाली साहित्य परिषद्ले मेरो संवर्धना–अभ्यर्थना गर्न राखिएको कार्यक्रममा मलाई आमन्त्रण गरियो । साहित्य अकादमी दिल्लीबाट समेत मान्यता प्राप्त त्यो संस्था गुवाहाटीका लाखौं नेपालीको प्रतिनिधि संस्था मानि“दो रहेछ । सापकोटाजीको घरनजिक देवकोटाको अर्धकदको सालिक बनाइएको अनि त्यस ठाउ“को नाम पनि देवकोटा नगर राखिएको, आहा कति मज्जा ∕ मैले देवकोटाको सालिकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरे“ र केही फोटा पनि खिचे“ । हामी कार्यक्रम स्थलतिर लाग्यौ“ । कार्यक्रमको आयोजना नेपाली मन्दिर गोशाला, मालीगाउ“मा गरिएको रहेछ । त्यहा“ पुग्दा उपस्थित सबैले उठेर कर्तल ध्वनिका साथ भव्य स्वागत गरे ।

त्यहा“ ‘त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलज्यूको गुवाहाटी आगमनमा नेपाली साहित्य परिषद्, असम केन्द्रीय समितिको तर्पmबाट अभिनन्दन अनुष्ठान’ भन्ने आकर्षक ब्यानर टा“गिएको थियो । परिषद्का सचिव दुर्गा खतिवडाले कार्यक्रममाथि प्रकाश पारे र ‘पितृभूमि नेपालबाट यहा“ आएर हामीलाई यति ठूलो गुन लगाउने डा.लुइटेललाई भगवान्को साक्षात्मा राखेर सम्मान गर्न पाउनु हाम्रा अहोभाग्य होे’ भन्दै आसन ग्रहण गराए अनि बा“की कार्यक्रम सञ्चालन गर्ने जिम्मा सभाका सभापति नव सापकोटालाई दिए । सभापतिले नै कार्यक्रम सञ्चालन गर्ने त्यहा“को चलन रहेछ । त्यहा“ साहित्यकार र साहित्येतर थुप्रै व्यक्तिको उपस्थिति थियो । त्यस कार्यक्रममा डा. शान्ति थापा, पद्मधर पौडेल, नित्यानन्द उपाध्याय, अमर अधिकारी, युवराज गड्तौला, चिन्तामणि उपाध्याय, चेतनाथ जोशी, नन्दबहादुर छेत्री, उमानाथ गौतम, मोहन छेत्री, आनन्द भुजेल, दीपक उपाध्याय, टेकनारायण उपाध्याय, डा. खगेन शर्मा, रोहित गौतम, चन्द्रप्रसादलगायतका साहित्यकार, बुद्धिजीवी, प्राध्यापक, पत्रकार, कानुन व्यवसायी आदि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस सभामा डा.खगेन शर्माले मेरो परिचय दिए । उनले मेरो साहित्यिक तथा शैक्षिक योगदानको विस्तृत चर्चा गर्दै ‘नेपाली समालोचनामा संरचनावादी समालोचना पद्धतिका प्रवर्तक तथा पा“च दर्जनजति पुस्तकका लेखक डा. लुइटेलजस्तो यति विशिष्ट साहित्यिक योगदान पु¥याउने व्यक्ति नेपालीमा कमै भएको र यस्ता व्यक्तिको सम्मान गर्नु संस्थाकै लागि गौरवको कुरो भएको’ बताए । मेरा प्रकाशित पुस्तक सङ्ख्या सुन्दा त्यहा“ उपस्थित सब आश्चर्यचकित भए ।

नेपाली साहित्य परिषद्ले भव्य कार्यक्रमका बीच मेरो अभिनन्दन ग¥यो । त्यस कार्यक्रममा मलाई त्यहा“को संस्कृतिअनुरूपको अति उच्च र विशिष्ट सम्मान–अभिनन्दन गरियो । त्यहा“ सर्वप्रथम मलाई पुलाम गामोसा ओढाइयो । त्यो असमिया जातीय उत्सवमा उच्च सम्मान गरिने अत्यन्त लोकप्रिय चिज रहेछ र त्यसलाई नेपालीमा पूmलबुट्टे गाम्चा भन्दा रहेछन् । त्यसपछि रेडी र मुगाको एन्डी ओढाइयो । त्यसको पनि त्यस क्षेत्रमा विशेष ऐतिहासिक महŒव रहेछ । त्यसपछि जापी लगाइदिए । त्यो अति उच्च व्यक्तिलाई लगाइदिने एकप्रकारको रङ्गीचङ्गी टोप रहेछ । त्यसपछि मलाई खराइ नामक अत्यन्त कलात्मक धातुको वस्तु प्रदान गरे । त्यो पहिले राजामहाराजाले मात्र प्रयोग गर्ने र यतिखेर अति उच्च एवं विशिष्ट व्यक्तिको सम्मानमा दिइने चिज रहेछ । त्यहा“ मलाई ‘गुवाहाटी विश्वविद्यालयको स्नातकोत्तर नेपाली विषयको पाठ्यक्रम निर्माण तथा तत्सम्बन्धी पाठ्यसामग्रीहरूको प्रणयन एवं प्रस्तुतिमा रहेको विशिष्ट योगदानका निम्ति समस्त असमवासी नेपालीहरूका तर्पmबाट हार्दिक अभिनन्दन गर्दछौ“...’ आदि लेखिएको कलात्मक अभिनन्दनपत्र पनि प्रदान गरियो । यो सम्मान त्यस क्षेत्रकै लब्धप्रतिष्ठित बेग्लाबेग्लै व्यक्तिहरूबाट गरिएको थियो । यसका साथै संस्थागत एवं व्यक्तिगत रूपमा विभिन्न उपहारसमेत प्रदान गरी मलाई सम्मान–अभिनन्दन गरियो । मञ्चमा सम्मान–अभिनन्दन भइरह“दा सभामा उपस्थित सम्पूर्ण व्यक्तिहरूले आआÇनो ठाउ“बाट उठेर कर्तल ध्वनिका साथ सम्मान–अभिनन्दन प्रकट गरेका थिए । यो मेरा लागि नौलो र आश्चर्यलाग्दो अनुभूति थियो । त्यहा“ मलाई प्रदान गरिएका सम्मान एकैजनालाई एकै ठाउ“मा बिरलै प्रदान गरिन्छ रे । त्यहा“ मलाई प्रदान गरिएका वस्तुको परिचय र तिनको महŒव संस्थाका सचिवले गराएका थिए । अभिनन्दनपछि मन्तव्यको क्रम सुरु भयो ।

वरिष्ठ अधिवक्ता नित्यानन्द उपाध्यायले ‘डा.लुइटेलको यति विशिष्ट साहित्यिक योगदान विश्वकै समस्त नेपाली जातिका लागि गौरवको विषय भएको र उहा“ले गुवाहाटी विश्वविद्यालय र असमे नेपालीहरूलाई लगाउनु भएको गुन कहिल्यै कसैले नभुल्ने र फेरि पनि उहा“को सहयोग निरन्तर रहने विश्वास रहेको...’ बताए ।

अर्का वरिष्ठ अधिवक्ता पद्मधर पौडेलले ‘डा.लुइटेलजस्तो प्रतिभाशाली व्यक्ति आपूmले हालसम्म नपाएको र यस्तो व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रा लागि गौरवको विषय भएको र उहा“ले नेपाली जातिलाई कहिल्यै तिर्न नसकिने ऋण लगाउनु भएको...’ अभिव्यक्ति दिए ।

टेकनारायण उपाध्यायले ‘मेरा आदरणीय गुरु, आदर्शका पुञ्ज डा. लुइटेलका उपदेशलाई मैले मेघालयमा लागू गरेको छु, यस्ता विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउनु सिङ्गो गुवाहाटी विश्वविद्यालय र असमबासी नेपालीकै लागि गौरवको विषय भएको...’ भन्ने अभिव्यक्ति दिए ।

वरिष्ठ साहित्यकार युवराज गड्तौलाले ‘हाम्रो यहा“ नेपाली खोल्ने बीसौं वर्षको तपस्या थियो र आपूm जीवित छ“दा नहुने ठानेको थिए“ तर यसलाई साकार पारिदिने काम विशिष्ट विद्वान् डा. लुइटेलबाट भएकोमा असमबासी नेपालीले उहा“को योगदानलाई कहिल्यै भुल्ने छैनन्...’ भन्ने विचार व्यक्त गरे ।
वरिष्ठ पत्रकार रोहित गौतमले ‘आपूmले डा.लुइटेललाई धेरै पहिलेदेखि पढ्दै र उहा“को योगदानबारे सुन्दै आएको र आज प्रत्यक्ष भेट गरी सम्मान गर्न पाउ“दा सारै खुसी लागेको, उहा“जस्तो विशिष्ट विद्वान्बाट नेपाली भाषासाहित्यका लागि पु¥याइएको योगदान ज्यादै महŒवपूर्ण रहेको, त्रिभुवन विश्वविद्यालय र गुवाहाटी विश्वविद्यालयका बीचमा सहयोगको आदानप्रदान हुनुपर्ने...’ बताए ।

समारोहमा डा.शान्ति थापाले भनिन्— ‘डा.लुइटेल गुवाहाटी विश्वविद्यालय एम्.ए. नेपालीको सञ्चालन तथा व्यवस्थापनको ‘महानायक’ हो, ‘अवतार’ नै हो । उहा“ नआइदिनु भएको भए यो कार्यक्रम नै चल्ने थिएन । यस्तो अन्तर्राष्ट्रिय ख्याति कमाइसकेको विशिष्ट विद्वान्बाट हाम्रो आग्रहलाई स्वीकारी हार्दिकतापूर्वक गर्नुभएको सहयोगप्रति विश्वविद्यालय सदैव ऋणी रहनेछ । नेपाली एम्.ए.लाई एउटा टुङ्गोमा पु¥याउन्जेल उहा“बाट सदैव सहयोग पाइरहने अपेक्षा र आग्रह गर्दछु । गुवाहाटी विश्वविद्यालय रहुन्जेल डा.लुइटेलको नाम स्वर्णाक्षरमा लेखिने छ । यस्तो महान् व्यक्तित्वलाई हाम्रा माझ पाउनु हामी सबैको अहोभाग्य हो र उहा“लाई म विश्वविद्यालय, नेपाली साहित्य परिषद्का साथै समस्त असमबासीका तर्पmबाट सम्मान–अभिनन्दन गर्दछु । मैले कति कुरा ढा“टेर उहा“प्रति षड्यन्त्र पनि गरे“, त्यसका लागि म हृदयदेखि नै क्षमायाचना गर्दछु... ।’

समारोहमा उपस्थित सबैले मलाई अब टियु र जियु दुवैको प्राध्यापक हुन आग्रह गर्दै मेरो साहित्यिक र शैक्षिक योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै कामाख्या माईस“ग मेरो सुस्वास्थ र दीर्घायुको कामना गरेका थिए । त्यहा“ नेपाल चेयरका बारेमा पनि चर्चा भएको थियो ।

सबैका अत्यन्त भावुक मन्तव्य सुनिसकेपछि म पनि निकै भावुक बनेको थिए“ । मैले ‘आपूmले नेपाल र अन्यत्र पनि थुप्रै सम्मान÷पुरस्कार पाएको भए पनि यसप्रकारको सुखद अनुभूति पहिलोपटक यही नै भएको बताउ“दै जातीय अस्तित्व जगेर्नाका लागि असमबासी नेपाली जातिबाट सञ्चालित अभियानमा आÇनो सधैं साथसहयोग रहने र आगामी दिनमा समेत असमवासी नेपालीको जातीय अस्तित्वको केन्द्रबिन्दु गुवाहाटी विश्वविद्यालयको नेपाली एम्.ए.लाई व्यवस्थित तुल्याउन हरप्रकारले सहयोग गर्ने’ वचन दिए“ । मैले त्यहा“ नेपाली साहित्य र भारतीय नेपाली साहित्यका बारेमा लामै भाषण गर“े ।

सभापतिको आसनबाट नव सापकोटाले ‘नेपाली साहित्य परिषद्ले थुप्रै व्यक्तिको सम्मान–अभिनन्दन गरेको भए पनि भाषा, साहित्य, समालोचना, शिक्षालगायतका अनेक क्षेत्रमा कलिलो उमेरमै यति विशिष्ट योगदान पु¥याउने डा. लुइटेलजस्तो विशिष्ट व्यक्तिलाई पहिलोपटक सम्मान–अभिनन्दन गर्न पाउ“दा यो संस्था नै सम्मानित भएको र हामी सबैलाई गौरवको अनुभूति भएको छ । यो हामीले गरेको सम्मान देखावटी नभई अन्तरहृदयबाट गरिएको सम्मान हो र यसलाई स्वीकार गरिदिएर तपाईंले हामीलाई ऋणी तुल्याउनु भएको छ’ आदि भन्दै सभा विसर्जन गरे ।

माथि उल्लेख गरिएका विभिन्न व्यक्तिले मेरा बारेमा भनेका कुरा कसैलाई बढाइचढाइजस्तो लाग्यो भने त्यो पूरै त्रुटिपूर्ण हुनेछ । यहा“ उल्लेख गरिएका कुरा त एकाध नमुनांश मात्र हुन् । खासमा त्यस समारोहमा ममाथि प्रशंसाको वृष्टि नै गरिएको थियो ।

कार्यक्रम सकिएपछि मलाई विभिन्न ठाउ“ घुमाउ“दै गेस्ट हाउस पु¥याइयो । बेलुका हेमचन्द्र गौतम लिन आए र उनकैमा खाना खाई निकै ढिलो गेस्ट हाउसमा फर्किएर मैले पोकापुन्तुरा मिलाए“ । अर्काे दिन मैले यता फर्कनु थियो । बिहान सबेरैदेखि विभिन्न व्यक्तिहरू भेटघाट गर्न आए । मेरो १.४० को फिर्ती टिकट थियो गो एयरको । मलाई एअरपोर्टमा बिदाइ गर्न आएकाहरूले भावविभोर भएर हात हल्लाउ“दा म पनि निकै भावुक बनेको थिए“ । मेरा झोलामा सम्मानपत्र र उपहारहरू थिए, मनमा त्यहा“का नेपालीहरूको न्यानो माया थियो भने का“धमा थप जिम्मेवारीको भारी पनि थपिएको थियो । त्यो जिम्मेवारी त्यहा“ दिएका भौतिक वस्तुभन्दा निकै गरुङ्गो थियो । म प्लेनमा बसेपछि मनमनै अब गर्ने कामको योजना बनाउन थाले“ । बागडुग्रा एयरपोर्टमा ओर्ल“दा मैले मस्तिष्कमा एकप्रकारको खाका कोरिसकेको थिए“ ।

म आÇनो झोला टिपेर प्रिपेड ट्याक्सी लिन अगि बढ्दै गर्दा एकजना नेपाली भाइस“ग भेट भयो । उनी आमाबाबुलाई लिएर दिल्लीबाट फर्किएका रहेछन् । उनले मलाई आपैm“ले बन्दोबस्त गरेको ट्याक्सीमा स“गै जान आग्रह गरे । मैले पनि त्यस ठाउ“मा अरूस“ग हि“ड्नुभन्दा नेपालीस“गै हि“ड्नु उपयुक्त ठानी उनको आग्रहलाई स्वीकार गरे“ । उनी मेरो नामबाट परिचित रहेछन् । हामी गफ गर्दै आयौ“ । का“कडभिट्टा आइपुगेपछि नेपाली पुलिसको चलखेल सुरु भइहाल्यो तर त्यहा“ मलाई चिनेकाले उति दुख दिएनन् । तिनीहरूलाई लिन झापाबाटै गाडी आएको रहेछ । मलाई पनि त्यसैमा क्याम्पस मोडसम्म ल्याइदिए । मैले पैसा दिन खोज्दा लिन मानेनन् । मलाई लिन गङ्गा अधिकारी आइपुगे । त्यस रात उनकै घरमा बसियो ।

अर्काे दिन साढे दुई बजेको टिकट थियो बुद्ध एअरको । बिहान गङ्गाजीको गाई ब्यायो तर मलाई हि“डिहाल्नु पर्ने भएकाले बिगौती खान भने पाइएन । गङ्गाजीले मलाई एअरपोर्ट ल्याएर बिदा गरे । म सा“झ नपर्दै घरमा भित्रिए“ । थप कामको बोझले निकै बेर निन्द्रा लागेन । हवाइजहाजमा बनाएको खाकालाई परिमार्जन गर्दै म निदाए“ । राती सपनामा पनि त्यही कामकै दृश्य आइर≈यो । बिहान उठेपछि बिपनैमा पनि त्यसैमा लागियो । लीलाले कथाको र मैले नाटकको ब्लक तयार ग¥यौ“ ।

यसै बीच मलाई अर्काे टन्टा थपियो । त्यहा“को अथोरिटीले यताका साथीहरूका सामग्री फम्र्याटअनुसार नभएकाले ती छाप्न नमिल्ने र तिनको पेमेन्ट गर्न पनि नसकिने बतायो । मैले त्यस कुरालाई कडाइका साथ ठाडै अस्वीकार गरे“ र भने“— ‘मेरा साथीहरूको पेमेन्ट रोक्न मिल्दैन, यदि त्यसो गर्ने भए म तिमीहरूको कुनै पनि काम गर्दिन ।’ मैले त्यसो भनेपछि उनीहरू हच्किए र मेरो कुरा मान्न बाध्य भए । ती सामग्रीलाई न्यूनतम फम्र्याटमा मिलाउने काम पनि गरियो । शान्तिका घन्टीले बेलाबखत अशान्ति मच्चाए पनि निर्धारित समयमै सबै काम सकेर पठाइयो । विश्वविद्यालयले पनि समयमै पुस्तक छाप्यो र कक्षा सञ्चालन सुरु भयो । कामको चाप बढी नै भए पनि नेपाली जाति र भाषाको लागि गरिएको यो मेरो जीवनकै महŒवपूर्ण काम भएको मैले ठानेको छु ।

यसरी एकपटक मरिसकेको मन फेरि जगाएर काम पूरा गरियो । यसका लागि उताका सारै खुसी भएको बुझियो भने यताका अरू जे भए पनि मचाहि“ सारै खुसी भएको छु । कामकै सिलसिलामा उता र यता दुवैतिरबाट अनेक कुरा नसुनिएका पनि होइनन् । म नेपालीहरूको चुर्के बानीस“ग परिचित भइसकेको हु“दा त्यसले मलाई असर पार्ने कुरै भएन । काग कराउ“दै छ पिना सुक्दै छ भन्ने सूत्रलाई अनुसरण गरी काम सम्पन्न गरियो । नेपाली एम्.ए.मा थुप्रै विद्यार्थीहरूले भर्ना गरेर पढे भने र तिनले त्यस क्षेत्रमा नेपाली भाषाको विस्तारमा थोरै भए पनि काम गरे भने मेरो परिश्रम सार्थक हुनेछ ।

संयोग नै भनौ“ यस पटकको गुवाहाटी यात्रामा डाइरेक्टर कन्दर्प दास, एडिटर इन्चार्ज प्रसेनजित दास र गेस्ट हाउस इन्चार्ज रञ्जन दास गरी तीनजना दासस“ग ख्यालख्यालमै सुमधुर सम्बन्ध र≈यो । यी दासत्रयका अतिरिक्त डा.शान्ति थापा, नव सापकोटालगयात थुप्रै असमबासी नेपालीहरूस“ग पनि घनिष्ठता बढ्यो । यो घनिष्ठता स्वार्थरहित भएकाले सायद पछिसम्मै कायम रहला... । गुवाहाटीमा गाईले प्रोटोकल मिचेर केही क्षण वातावरण आतङ्कित तुल्याए पनि मैले त्यहा“ निर्माण गरेको मैत्रीपूर्ण प्रोटोकल भने सदैव जीवन्त रहने कुरामा म विश्वस्त छु ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 22 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु