असमेली नेपाली महिला साहित्यकार

- लीला लुइटेल

१. असम क्षेत्रको परिचय
प्राचीन कालमा कामरूप नामले प्रसिद्ध क्षेत्र अहिले असमका नामबाट परिचित छ । यसलाई आसाम पनि भनिएको पाइन्छ । भारतमा अङ्ग्रेजी उपनिवेश सुरु भएपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थाल्यो । सम्पूर्ण भारतको ७.७ प्रतिशत भूमि ओगटेको मानिने असम सन् १९४७ मा भारत स्वतन्त्र भएपछि एउटा राज्यका रूपमा स्थापित भयो र यसको राजधानी सिलाङ बनाइयो । सन् १९५७ देखि असम राज्य टुक्रिएर विभिन्न राज्यमा विभाजित हुने क्रम सुरु भयो । सन् १९५७ मा मणिपुर असमबाट छुट्टिएर बेग्लै राज्य बन्यो भने १९६३ मा नागाल्यान्डले पनि छुट्टै राज्यको अस्तित्व प्राप्त ग¥यो । यसपछि मेघालय, त्रिपुरा, अरुणाचल, मिजोरमजस्ता राज्यहरू पनि क्रमशः असमबाट अलग भई स्वतन्त्र राज्यका रूपमा स्थापित भए । यसरी पहिले एउटै राज्यका रूपमा रहेको असम राज्यमा हाल असम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाचल, त्रिपुरा र मिजोरम गरी सात राज्य रहेका छन् । अहिले यी सात राज्यको समूहलाई उत्तरपूर्वी भारत पनि भन्ने गरेको पाइन्छ । प्रस्तुत लेखमा असम भन्नाले प्रशासनिक दृष्टिले विभाजित वर्तमान असम राज्य नभएर उत्तरपूर्वी भारतमा अवस्थित सम्पूर्ण राज्यको समूहलाई समेटिएको छ ।

असम र नेपालको सम्बन्ध प्राचीन कालदेखि नै रहेको पाइन्छ । भारतमा अङ्ग्रेजी शासन सुरु भएपछि अङ््गे्रजहरूले नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न थाले र विश्वयुद्धमा संलग्न गरिएका नेपालीहरूलाई युद्धको समाप्तिपछि भारतका विभिन्न क्षेत्रमा बसोबास गराइयो । सुगौली सन्धिपछि नेपाली भूभाग मेची र महाकालीको सिमानामा सीमित भएकाले यस क्षेत्रका नेपालीहरू स्वतः भारतीय हुन पुगे । यीबाहेक काम र मामको खोजीमा असम क्षेत्रमा प्रवेश गरेका नेपालीहरू पनि जङ्गल फाँडेर खेती तथा पशुपालन गर्दै त्यतै बस्न थाले । यसरी विभिन्न कारणबाट यस क्षेत्रमा नेपालीहरूले बसोबास बढ्दै गयो । हाल यस क्षेत्रमा निकै ठूलो सङ्ख्यामा नेपालीहरूको बसोबास रहेको छ । यस क्षेत्रका अधिकांश ठाउँमा नेपाली भाषालाई प्रमुख भारतीय भाषाको रूपमा मान्यता दिई यसैका माध्यमबाट पठनपाठन हुने गरेको पाइन्छ । यसका अतिरिक्त हाल गौहाटी विश्वविद्यालयमा दूर शिक्षाअन्तर्गत नेपाली विषयमा एम्.ए. स्तरको कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस क्षेत्रका विभिन्न स्थानमा नेपाली भाषासाहित्यसम्बन्धी गतिविधि निकै सक्रिय रूपमा सञ्चालन भइरहेका छन् भने नेपाली भाषामा प्रशस्त साहित्य सिर्जना र पत्रपत्रिकाको प्रकाशन हुने क्रम पनि निरन्तर चलिरहेको छ । त्यस क्षेत्रमा विभिन्न महिला साहित्यकारहरुले पनि विभिन्न विधाका साहित्यिक कृतिको रचना गरेका छन् ।
२. विषयविस्तार ः असमेली महिला साहित्यकार
असमका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरू अहिले शिक्षा, समाजसेवा, राजनीति, प्रशासन आदि विभिन्न माध्यमबाट आप्mनो पहिचान प्रस्तुत गर्न सक्रिय रहेका देखिन्छन् । आप्mनो परिचय प्रस्तुत गर्ने क्रममा असम क्षेत्रका कतिपय नेपाली महिलाले साहित्य सिर्जनालाई पनि माध्यम बनाएका छन् । यस क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाले साहित्यका विभिन्न विधामा कलम चलाएको पाइन्छ । यस क्षेत्रका महिला साहित्यकारको कलम नेपाली भाषामा मात्र नभई असमिया, हिन्दीजस्ता अन्य भाषामा पनि सक्रिय रूपले चलेको देखिन्छ । यसै क्षेत्रमा बसोबास गरी नेपाली भाषामा कलम चलाएर कम्तीमा एउटा पुस्तक प्रकाशित भएका महिला साहित्यकारको विवरणमूलक परिचय वर्णानुक्रमका आधारमा यस लेखमा प्रस्तुत गरिएको छ ।

अनामिका
अनामिका राईको जन्म सन् १९६२ मे ११ मा दार्जिलिङमा भएको हो । यिनले एम्.ए., बी.एड्. सम्मको शिक्षा हासिल गरेकी छन् । केही समय दार्जिलिङ सरकारी महाविद्यालयमा शिक्षण गरेकी अनामिकाले पछिल्लो समयमा मेघालयको मदान लवान नेपाली स्कुलमा अध्यापन गरेको जानकारी पाइन्छ । विभिन्न समयमा आयोजित निबन्ध प्रतियोगितामा दुईपटक पुरस्कृत भएकी यिनले सिक्किममा आयोजित कथा लेखन प्रतियोगितामा तेस्रो पुरस्कार पनि प्राप्त गरेकी हुन् ।
अनामिका राईका अन्तद्र्वन्द्व (सन् २०००) र नीलकण्ठ (सन् २००१) गरी दुईवटा कविता सङ्ग्रह प्रकाशित छन् भने 'बादलपारिको आव्हान' (सन् २००२) शीर्षकको कथा सङ्ग्रह पनि प्रकाशित छ । युगीन विकृति, विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरिएका अनामिकाका कवितामा वर्तमान समयमा मानवीय मूल्य खस्किँदै गएकोमा चिन्ता प्रकट गरिएको छ । वर्तमान विश्वमा व्याप्त हत्या, आतङ्क तथा युद्धको विरुद्धमा आवाज उठाइएका यिनका कवितामा शान्तिको चाहना मुखरित छ । नारीका विविध रूपको चर्चा गर्दै उनीहरूप्रति श्रद्धाभावको प्रकटीकरण पाइने यिनका कवितामा नारी अस्मिताको खोजी पनि गरिएको छ । पूर्ववर्ती साहित्यकारप्रति सम्मान भाव प्रकट गरिएका यिनका कवितामा भानुभक्त, लेखनाथ, देवकोटा, सम, विक्रमवीर थापा, अगमसिंह गिरी आदि अग्रज साहित्यकारप्रति श्रद्धाभाव अभिव्यञ्जित छ । अझ भानुभक्तलाई आलम्बन बनाएर लेखिएका यिनका थुप्रै कविताम युगीन बेथिति, विकृति आदिलाई हास्यव्यङ्ग्यात्मक पाराले प्रस्तुत गरिएको छ ।

आशारानी राई
आशारानी राईको जन्म सन् १९३५ जुलाई १३ मा मणिपुरको इम्फालमा भएको हो । बी.ए. सम्मको शिक्षा हासिल गरी आसाम राइफल्समा अध्यापन कार्यमा संलग्न राई भारतीय नेपाली भाषा सङ्ग्रामीका बीच ‘मणिपुरकी दिदी’ का नामबाट परिचित थिइन् । अखिल भारतीय नेपाली भाषा समितिको केन्द्रीय उपाध्यक्ष, मणिपुर राज्य नेपाली भाषा समितिको सभापति, भारतीय नेपाली राष्ट्रिय परिषद्को वरिष्ठ प्रतिनिधि सदस्य, मणिपुर नेपाली महिला सङ्घको सञ्चालक, मणिपुर नेपाली छात्र सङ्घको उपदेष्टा आदि विभिन्न सङ्घसंस्थामा सक्रिय रहेकी राईका रचनाहरू २०२० को दशकदेखि नै पत्रपत्रिकामा प्रकाशित हुन थालेका हुन् । यिनको यम द्वितीया (सन् १९९९) नामक कथा सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्ति यिनले ‘विराटसभा’ शीर्षकको एकाङ्की पनि लेखेको जानकारी पाइन्छ ।

नारीको सहनशील प्रवृत्ति, त्याग, अगाध पतिभक्तिको प्रस्तुति पाइने आशारानी राईका कथामा पुरुषको दम्भी, हठी र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको छ । समाजमा व्याप्त अन्धविश्वास र जातीय विभेदको अन्त्य तथा समाज सुधार र जातीय सम्मानको जगेर्ना गर्नुपर्ने भावना मुखरित भएका यिनका कतिपय कथामा आदर्शवादी स्वर पनि अभिव्यञ्जित छ । भारतको सुदूरपूर्व माणिपुरको सेरोफेरोमा लेखिएका यिनका कथामा प्रयुक्त भाषामा कहीँकहीँ व्याकरणगत त्रुटि पनि पाइन्छ ।

इन्दु प्रभादेवी
इन्दुप्रभादेवील सन् १९६९ अप्रिल १ का दिन सोनितपुर, असममा जन्मेकी हुन् । यिनले असमियामा एम्.ए. गरी पी्एच्.डी. उपाधि पनि हासिल गरेकी छन् । १९९८ देखि बी. बरुवा कलेज असममा असमिया भाषासाहित्य प्राध्यापनरत यिनी असम लेखिका साहित्य परिषद्को सदस्यका साथै रहेकी साहित्य भारतीमा पनि संलग्न देखिन्छिन् । आÇनो साहित्य यात्रमा हरिभक्त कटुवाल स्मृति पुरस्कारद्वारा पुरस्कृत एवं सम्मानित यिनको सपनाको जरो पहिल्याउँदै (२००७) शीर्षक कविता कृति प्रकाशित छ । यसका अतिरिक्ति यिनले चौधौँ शताब्दीका असमिया कवि माधव कडाँलिजको रामायण (अयोध्याकाण्ड) को अनुवाद पनि गरेकी छन् ।

छोटाछोटा संरचनाका कविता सिर्जनामा रुचि राख्ने इन्दुप्रभादेवीका कवितामा मातृत्वको महिमागान गरिएको छ । नारीका विविध रूपले भोग्नुपर्ने पीडाको प्रस्तुति पाइने यिनका कवितामा नारी शोषण र उत्पीडनको विरोध व्यङ्ग्यात्मक पाराले गरिएको छ । जीवन र मृत्युको दोसाँधमा सङ्घर्षरत मान्छेको निरीहपनलाई प्रस्तुत गरिएका यिनका कवितामा प्रकृति र मानवका बीचको अन्तर्सम्बन्धलाई पनि केलाइएको छ । असमिया जनजीवनको परिवेश चित्रित यिनका कवितामा असमेली संस्कृति, लोककथा, दन्त्यकथा, लोकोक्ति आदि सन्दर्भहरू यिनका कवितामा प्रत्यक्ष रूपमा अभिव्यक्त भएका छन् ।

गीता उपाध्याय
सन् १९३९ फेब्रुअरी १४ मा असमको शोणितपुरमा जन्मिएकी गीता उपाध्यायले राजनीति शास्त्रमा एम्.ए. गरेकी छन् । लामो समयसम्म शिवसागर कलेज, असममा प्राध्यापन सेवामा संलग्न यिनले नेपाली साहित्य परिषद्, असमको अध्यक्ष पदमा रहेर कार्य गरिसकेकी छन् । असमिया लेखिका संस्थाको अध्यक्ष, भारतीय गोर्खा परिसङ्घ, असम शाखाको अध्यक्ष, असम साहित्य सभाको सदस्यजस्ता पदमा रहेर यिनले यिनले साहित्यको सेवामा आपूmलाई सक्रिय राखेकी छन् । यसका साथै यिनी असमिया भाषाको प्रगतिशील महिला पत्रिकाको जोनाको काटको आजीवन सदस्य पनि रहेकी छन् । साहित्यिक संस्थाबाहेक सर्वभारतीय राजनीति विज्ञान, सेवा साधना, हरिहर धाम उन्नयन समिति आदि गैरसाहित्यिक संस्थाहरूमा पनि यिनको सक्रियता उत्तिकै रूपमा देखिएको छ ।
लामो समयदेखि सिर्जना तथा अनुवादका क्षेत्रबाट साहित्य साधनामा लागिरहेकी गीता उपाध्याय विभिन्न पुरस्कार एवं सम्मानबाट पुरस्कृत तथा सम्मानित पनि भएकी छन् । पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार (२००१) बाट पुरस्कृत यिनी १५ अगस्ट २००३ देखि असम सरकारद्वारा साहित्यिक पेन्सन प्राप्त व्यक्तित्व हुन् । यसका साथै सिक्किम अकादमीको सम्मानीय सदस्य (२००७) का रूपमा मनोनीत यिनी पारिजात स्मृति साहित्य मितेरी सम्मान (२००७), फुलचन्द्र खण्डेलवाल संहति पुरस्कार (२००९), डा. नीलिमादत्त स्मृति अनुवाद पुरस्कार (२००९), महाकवि देवकोटा शताब्दी सम्मान (२०१०), लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कार (२०१०) जस्ता विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित पनि भएकी छन् । लामो समयदेखि साहित्य साधनामा लागेकी गीता उपाध्यायको हालसम्म आख्यान अन्तर्गत कथाञ्जली (सन् २००५) शीर्षक कथा सङ्ग्रह र आमा म फास्ट भएँ (सन् १९९८) शीर्षक, बालउपन्यास प्रकाशित भएको पाइन्छ । यिनका मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म (सन् २००३, यात्रा संस्मरण), महापुरुष शङ्करदेव जीवन र कर्म (सन् २००३) एन फ्रेन्क बाल्यकालमा (सन् २००९) नामक कृति पनि प्रकाशित भएका छन् । सिर्जनात्मक लेखनका अतिरिक्त यिनी अनुवाद कार्यमा यिनको सक्रियता रहेको पाइन्छ । यिनले एन फ्रेन्कको डायरी (सन् १९७२), दरबारकी सुसारे (सन् २००८), अभियात्री (सन् २०१०) जस्ता विभिन्न भाषाका कृतिलाई नेपाली भाषामा अनुवाद गरेकी छन् । यसका अतिरिक्त यिनले असमिया नारी कविका असमिया कविता (सन् २००३) तथा टङ्कनाथ उपाध्यायको मौलिक रचनाजस्ता कृतिको सम्पादन पनि गरेकी छन् । माथि उल्लेख गरिएबाहेक गीता उपाध्यायका असमिया भाषामा विभिन्न विधाका एघारवटा पुस्तक प्रकाशित भएको जानकारी पाइन्छ ।
यिनको आमा म फास्ट भएँ सन्तुलित भोजनका विषयमा बालबालिकालाई जानकारी गराउने उद्देश्यद्वारा अभिप्रेरित कृति हो । यिनको यात्रा संस्मरण मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्ममा नेपाल, भारत र अन्य देशमा गरिएको संस्मरणलाई समेटिएको छ । पारिवारिक तथा सामाजिक क्षेत्रमा देखापर्ने सन्दर्भहरूलाई प्रस्तुत गरिएका यिनका कथामा मनोविज्ञानको स्पर्श पनि पाइन्छ । असमको सहरिया परिवेशको चित्रण पाइने यिनका कथामा तत्सम शब्दका साथै असमिया शब्दको प्रयोग सहज रूपमा गरिएको छ ।

गीता लिम्बू
गीता लिम्बूको १४ अप्रिल १९६४ मा असमको गोलाघाट भन्ने ठाउँमा भएको हो । बी.ए. सम्मको शिक्षा हासिल गरेकी यिनका बिहानी (सन् २००८) कविता सङ्ग्रह तथा बुढाबाको छाता (सन् २००३) शीर्षक कथा सङ्ग्रह प्रकाशित भएका छन् । सन्तानको आमाप्रति आदर र आमाको सन्तानप्रतिको ममताको प्रस्तुति पाइने यिनका कथामा पुरुषको स्वेच्छाचारिताको विरोध र नारीको सहनशीलताको प्रशंसा गरिएको पाइन्छ । नारीको सकारात्मक चरित्रलाई मात्र प्रस्तुत नगरी नकारात्मक एवं व्यभिचारिणी रूपलाई पनि देखाइएका यिनका कथामा आदर्श समाजको परिकल्पना गरिएको छ । धार्मिक सङ्कीर्णताको जालोभित्र चेपिएर रहन बाध्य मानसिकताको प्रस्तुति पाइने यिनका कथामा जस्तोसकै निराशाका क्षणमा पनि जीवनप्रति सकारात्मक एवं आशावादी दृष्टिकोण राख्नु पर्ने भाव अभिव्यञ्जित छ । जातीय विभेदका विरोधमा आवाज उठाइएका यिनका कथामा प्राकृतिक सम्पदा र प्रतिभाको दुरुपयोग नगरी सदुपयोग गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । असम क्षेत्रमा बोलिने भाषाको प्रयोग पाइने यिनका कथामा भाषिक कसरमसर पनि पाइन्छ ।

गोमा शर्मा
सन् १९४२ मे २४ मा असमको गुवाहाटीमा गोमा शर्माको जन्म भएको हो । असम गोर्खा सम्मेलनको केन्द्रीय सदस्य तथा नेपाली सङ्गीत बिन्दु, उजान बजारको परिचालकको रूपमा रहेर काम गरेकी यिनी कटुवाल स्मृति ग्रन्थ प्रकाशन समिति एवं अखिल भारतीय नेपाली भाषा समितिको राज्यिक समितिको उपसभानेत्री पनि भएकी हुन् । नेपाली मन्दिर प्रबन्धक समितिको सभानेत्रीका साथै अजन्ता आर्ट एसोसिएसन, गुवाहाटीको केन्द्रीय सदस्यका रूपमा सक्रिय यिनी असमिया महिला समिति उजानबजारको उपसभानेत्री तथा गुवाहाटी बिहु सन्मिलनको केन्द्रीय सदस्य पनि भएकी थिइन् । नेपाली साहित्य परिषद् असमको केन्द्रीय सदस्य, असम नेपाली साहित्य सभाको उपसभानेत्रीजस्ता पदमा रहेर पनि काम गर्नुका अतिरिक्त यिनले नेपाली साहित्य कला निकेतन र नेपाली साहित्य परिषद्को उपसभानेत्री भएर आप्mनो जिम्मेवारी निर्वाह गरेको पाइन्छ । भारतीय गोर्खा परिसङ्घ, असमको महिला प्रकोष्ठको अध्यक्ष शर्मा भाग्योदय नेपाली चलचित्र निर्देशिका सिलिगुढीको प्रतिनिधि सदस्य पनि रहेकी हुन् । लामो समयदेखि गीत लेखन तथा गायनमा संलग्न यिनका तिम्रो निम्ति (१९८६) कविता सङ्ग्रह तथा तिम्रो प्रेरणाले (१९८६) गीत सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्ति भानुस्मृति ग्रन्थ (१९९३) को सम्पादनमा पनि यिनको विशेष सक्रियता रहेको देखिन्छ भने असमिया भाषामा प्रकाशित ब्र≈मपुत्रर परा बाग्मतीलोई (१९९७) पनि यिनले सम्पादन गरेकी छन् । सुभद्राकुमारी चौहान जन्मशताब्दी सम्मान, भारतीय नेपाली राष्ट्रिय परिषद्द्वारा भाषा सेनानी सम्मान, गुञ्जन परिवार (काठमाडौं), नेपाली साहित्य परिषद् (विराटनगर) ब्रहन्तर गुवाहाटी भानु जयन्ती समारोह समिति, नेपाली साहित्य परिषद् (असम), नेपाली साहित्य कला निकेतन (गुवाहाटी), नेपाली मन्दिर प्रबन्ध समिति, अजन्ता आर्ट एसोसिएसन, नेपाली साहित्य कला निकेतन, असमी बिहु समिति (गुवाहाटी), महाकवि देवकोटा शताब्दी सम्मान (काठमाडौं), मितेरी स्वागत सम्मान (काठमाडौं), वाणी पुरस्कार (विराटनगर) जस्ता नेपाल र भारत दुवैतर्पmका विभिन्न सङ्घसंस्थाबाट यिनी सम्मानित एवं अभिनन्दित पनि छन् ।

चन्द्रकला नेवार
वि.सं. १९९९ पौष १६ गते, डिगबोई, असममा जन्मेकी चन्द्रकला नेवारले आई.ए. अध्ययन पूरा गरेकी छन् । ए.ओ.सी.स्वmुल, डिगबोइमा केही समय अध्यापन गरेकी यिनले अल इन्डिया रेडियोमा प्रशस्त गीतहरू पनि गाएकी हुन् । युथ काङ्ग्रेस डिगबोई शाखाको ज्वाइन्ट सेक्रेटरीको कार्यभार सम्हालेकी यिनी नेपाली भाषा आन्दोलनमा अत्यन्त सक्रिय रूपले लागेकी व्यक्तित्व हुन् । भारतीय जननाट्य संस्थाको सेक्रेटरीसम्म रहेकी यिनी हाल नेपालमा बसोबास गरिरहेकी छन् । यिनी मितेरी नेपालको अध्यक्ष, वाशुशशि प्रतिष्ठानको कार्यकारी समितिको सदस्य, डक्टर्स वाइभ्स एसोसिएसनको सदस्य हुनाका साथै गुञ्जनको संस्थापक उपाध्यक्ष पनि भएकी हुन् । अखिल भारतीय नेपाली सङ्घबाट आयोजित कथा प्रतियोगितामा ममता कथामा प्रथम पुरस्कार प्राप्त गरेकी चन्द्रकाला नेवार असम प्रगतिशील साहित्य कला संगमद्वारा सम्मानित पनि भएकी छन् । यसका अतिरिक्त यिनी लोकप्रिया पुरस्कारबाट पुरस्कृत यिनी विभिन्न सङ्घसंस्थाद्वारा सम्मानित एवं अभिनन्दित पनि भइसकेकी छन् ।
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने चन्द्रकला नेवारका ममता (वि.सं.२०२२) र साँघुरो धरातल (वि.सं.२०६२) गरी दुई कथा सङ्ग्रह प्रकाशित छ भने चक्रव्युह (वि.सं.२०५०) र याशिलालाई मेरो आज (वि.सं.२०६२) शीर्षक दुई कविता सङ्ग्रहका साथै तृष्णाको लहरी (वि.सं.२०६२) गीत सङ्ग्रह पनि प्रकाशित छ । यिनका सीताको वनवास र नेपाली जीवन नामक रेडियोबाट प्रसारित हुनुका साथै एउटा गीति एल्बम पनि सार्वजनिक भएको जानकारी पाइन्छ ।
लेखनयात्राको पूर्वार्धमा असममा बसोबास गरेकी र पछि नेपाल आएर साहित्य सिर्जनालाई निरन्तरता दिइरहेकी हुनाले चन्द्रकला नेवारलाई भारतीय नेपाली र नेपाली दुवैतिरका साहित्यमा चर्चा गरिएको पाइन्छ । यिनका कथामा मूलतः नारीमाथि पुरुषले गर्ने अन्याय, अत्याचार, दुराचार, शोषण आदिलाई विषयवस्तु बनाइएको छ । विधवामाथि गिद्देदृष्टि राखेर यौनशोषण गर्ने तथा नारीलाई भोगको साधन मात्र ठान्ने पुरुषको स्वार्थी, आडम्बरी र पाखण्डी चरित्रलाई यिनका कथामा स्वाभाविक ढङ्गमा देखाइएको छ । यिनका कथामा नारीका दुरवस्था, पीडा, असन्तुष्टि, विवशता आदिको प्रस्तुतिका क्रममा पुरुषको प्रतिवूmल चरित्रलाई प्रस्तुत गरिएको छ । नारीभित्र रहेको शाश्वत चीज मातृत्वको चित्रण पनि चन्द्रकलाका कथामा पाइन्छ । सन्तानविहीन नारीप्रतिको सामाजिक दृष्टिकोणलाई प्रस्तुत गरिएका यिनका कथामा पुरुषका वासनाको परिणतिले गर्दा आमा बन्न पुगेकी पीडित नारीको चित्कार र तनावलाई पनि देखाइएको छ । यसरी नारीले भोग्नुपर्ने विविध प्रकारका पीडालाई प्रस्तुत गरिएका आÇना कथाहरूमा यिनले पीडाबाट आहत भएका नारीहरूको चेतन तथा अवचेतन मनको विश्लेषण गरेकी छन् । नारी मनोविश्लेषणका क्रममा यिनले प्रवृmतिको सहारा लिई अर्थात् प्रवृmतिचित्रण गरी कथालाई थप मार्मिक, प्रभावकारी र जीवन्त तुल्याएकी छन् । यस क्रममा यिनले आÇना कतिपय कथामा जीवनसम्बन्धी आत्मदृष्टिकोणसमेत प्रस्तुत गरेकी छन् ।
चन्द्रकला नेवारका कथामा नारीका पीडा मात्र नभई प्रेमिकाको मृत्युबाट आहत युवकको व्यथालाई प्रस्तुतिका साथै पत्नीबाट पीडित पतिको पनि चित्रण मार्मिक ढङ्गले गरिएको छ । यिनका सुरुका कथामा असमेली नेपाली जनजीवनको परिवेश चित्रित छ भने पछिल्लो समयका कथामा काठमाडौको परिवेश चित्रित छ । मुख्यतः पुरुषको अत्याचार भोगेर पीडायुक्त जीवन बाँच्न विवश नारीका कारुणिक यथार्थलाई प्रस्तुत गर्ने उद्देश्यबाट यिनका कथा अभिप्रेरित देखिन्छन् । परम्परित शैलीमा कथा लेख्ने नेवारका कथाको भाषाशैलीय विन्यास कतिपय ठाउँमा व्याकरणिक दृष्टिले त्रुटिपूर्ण भए पनि सरल छ ।

दैवकीदेवी तिमसिना
रौता, असममा जन्मेकी दैवकी देवीले नेपाली साहित्यमा स्नातकोत्तर गरेकी छन् । त्रि.वि. मा अध्ययनरत रहँदा भारतीय विद्यार्थी सङ्घको कोषाध्यक्ष भएकी यिनी असम नेपाली विद्यार्थी सङ्घ दरङ जिल्ला शाखाको सभानेत्री पनि भएकी हुन् । सतिया महाविद्यालय शोणितपुरको नेपाली विभागमा प्रवक्ताका रूपमा कार्यरत यिनी सेवा साधना संस्था चाँदमारीको सदस्य, नारी साहित्य संस्कृति विकास मञ्च चाँदमारी शाखाको कार्यकारी अध्यक्ष, नेपाली साहित्य परिषद् तेजपुर शाखाको उपाध्यक्ष, नेपाली संस्कृति सुरक्षा परिषद्, असमको साहित्य सचिव पनि भइसकेकी छन् । योग प्रशिक्षकका रूपमा पनि परिचित यिनले संस्कृति सुषमाको सम्पादन पनि गरेकी छन् । वि.सं. २०६६ को मितेरी सम्मानबाट सम्मानित यिनको तिम्रो स्थान कहाँ छ ? (सन् २०१०) शीर्षक कविता सङ्ग्रह प्रकाशित छ ।

नया देवी
नया देवीको जन्म सन् १९४२ मे १ मा बिहाली, असममा भएको हो । यिनले बी.ए. सम्मको शिक्षा हासिल गरेकी छन् । लामो समयसम्म बिहाली हाई स्कुल तथा तेजपुर सरकारी उच्चतर माध्यमिक बालिका विद्यालयमा अध्यापन कार्यमा संलग्न यिनी हाल सेवानिवृत्त जीवन यापन गरिरहेकी छन् । पुष्पलाल अध्ययन गोष्ठी तथा महिला समिति नेपालीपट्टि तथा विष्णुलाल उपाध्याय स्मृतिग्रन्थ प्रणयन समितिमा यिनको विशेष सक्रियता रहेको पाइन्छ । यिनका युगसन्धि (सन् २००२) तथा कौसल्या (सन् २००६) नामक दुईवटा औपन्यासिक कृति प्रकाशित छन् भने अन्नपूर्णा शीर्षक कृति पनि प्रकाशित छ । यसका अतिरिक्त यिनका फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।
पारिवारिक वृत्तमा लेखिएका नया देवीका उपन्यासमा असमझदारीका कारण हुने पारिवारिक विघटनलाई देखाइएको छ । पारिवारिक समझदारीले परिवार र समाज सुखद र आनन्ददायी हुन्छ र असमझादारीले दुर्घटना हुन गई परिवार पतनको खाडलमा जाकिएर अत्यन्त दुखद र त्रासद स्थितिको सिर्जना हुन्छ भन्ने धारणा अभिव्यक्त यिनका उपन्यासमा नारी शिक्षाको आवश्यकतालाई पनि प्रस्तुत गरिएको छ ।
मूल रूपमा अनुकूल सहभागीको समावेश पाइने नया देवीका उपन्यासमा प्रतिकूल सहभागीहरू पतनको खाडलमा परेर आÇनो बर्बादी भोग्न पुगेका छन् । वर्गीय सहभागीको उपस्थिति पाइने यिनका उपन्यासमा असमेली ग्रामीण परिवेश चित्रित छ । निम्न मध्यमवर्गीय पारिवारिक वृत्तमा घुमेका यिनका उपन्यासमा दुखान्त र सुखान्त दुवै वातावरणको प्रस्तुति पाइन्छ । असमझदारी तथा मनमुटावको अन्त्य गर्दै सुखी र आदर्श पारिवारिक वातावरणको चाहनाका साथ नारी शिक्षाको आवश्यकतालाई देखाउनु यिनको औपन्यासिक अभीष्ट हो । तृतीयपुरुष दृष्टिबिन्दु र वर्णनात्मक शैलीमा संरचित यिनका उपन्यासको भाषा सरल तथा असमेली नेपाली भाषिकाबाट प्रभावित रहेको छ ।

निरु शर्मा पराजुली
सन् १९६८ अप्रिल १५ मा जन्मेकी निरु शर्मा पराजुलीले असमिया भाषासाहित्यमा एम्.ए. तथा एल्.एल्.बी. गरेकी छन् । गौहाटी हाइकोर्टमा अधिवक्ता तथा गौहाटी उच्च न्यायालयमा कानुन व्यवसायी तथा बार एसोसिएसनको सदस्य शर्मा असम लेखिका संस्थाको आजीवन सदस्य तथा सहायक महासचिव, नेपाली साहित्य सभाको आजीवन सदस्य एवं सहसचिव पनि भएकी छन् । यिनले असम गोर्खा सम्मेलनको सचिव तथा महासचिव, गौहाटी लेखिका संस्था तथा साहित्य भारती केन्द्रीय समितिको ज्वाइन्ट सेक्रेटरी को पदमा रहेर कार्य गरेको पाइन्छ । भारतीय गोर्खा परिसङ्घको आजीवन सदस्य शर्मा पूर्वाङ्गनाको सम्पादनमा पनि संलग्न देखिन्छिन् । नेपाली भाषामा यिनको भोकमा कोरिएका शब्दहरु (सन् २००८) कविता सङ्ग्रह प्रकाशित छ । यसका अतिरिक्त असमिया भाषामा यिनका कविताइ मोर बुभुख्या (सन् २००४), माथो प्रेमोर बाबे इमोथी अनुभव (सन् २००९), बोगी बोरमार बारी (सन् २००९) जस्ता कविताकृति प्रकाशित छन् । यिनको चेतना (सन् २०१०) नामक कथा सङ्ग्रह पनि प्रकाशित भएको जानकारी पाइन्छ । मीना दासको हिन्दी उपन्यास स्वप्न अति ढहाटी दिवारे असमिया भाषामा, शरद क्षेत्रीका तरल कथाहरु नेपालीबाट असमिया भाषामा तथा माइ मनोहर अमल उत्सव नामक कृति असमियाबाट नेपाली भाषामा अनुवाद पनि गरेकी छन् ।

माया ठवmुरी
वि.सं. २००४ असार १८ गते भारतको लखनउमा जन्मेकी माया ठकुरीले बी.ए. सम्मको शिक्षा हासिल गरी शास्त्रीय सङ्गीतमा जुनियर डिप्लोमा पनि गरेकी छन् । आÇनो साहित्य यात्राको अगिल्लो समयमा मेघालयको सिलाङमा सक्रिय रहेकी यिनी पछिल्लो समयमा नेपालमा रही विशेष रूपले कथा सिर्जनामा निरन्तरता दिइरहेकी छन् । विभिन्न विद्यालयमा अध्यापन गरेकी यिनी हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभाका सदस्य तथा समकालीन साहित्य पत्रिकाको सम्पादक मण्डलको सदस्य पनि रहेकी छन् । रत्नश्री स्वर्ण पदक, मैनाली कथा पुरस्कार, शिक्षा पुरस्कार, खिल शर्मा–राजीवलोचन जोशी स्मारक पुरस्कार, मैना पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सर्वाेत्कृष्ट पुस्तक पुरस्कार आदि विभिन्न पुरस्कारद्वारा पुरस्कृत यिनी थुप्रै सङ्घसंस्थाबाट सम्मानित एव. अभिनन्दित पनि भएकी छन् । यिनका नजुरेको जोडी (२०३०), गमलाको पूmल (२०३३), साँघु तरेपछि (२०३९), चौतारो साक्षी छ (२०४६), माया ठवmुरीका कथाहरू (२०४८), आमा ¤ जानुहोस् (२०६४) जस्ता कथा सङ्ग्रहका अतिरिक्त इन्द्रधनुष नामक गीत सङ्ग्रह पनि प्रकाशित छ । यिनले बालकथाका पूmलबारी तथा नानीहरूलाई कोसेलीको सम्पादन पनि गरेकी छन् ।
समाजमा व्याप्त रोग, भोक, गरिबी, अन्धविश्वास, शोषण, प्रणय जस्ता विविध व्यक्तिगत, पारिवारिक र सामाजिकजस्ता विविध पक्षको यथार्थमूलक प्रस्तुति पाइने माया ठवmुरीका कथामा नारीका विभिन्न समस्याहरूलाई विशेष स्थान दिएको पाइन्छ । विभिन्न उमेर, अवस्था र वर्गका नारीहरूले भोग्नुपरेका दुरवस्था, अन्याय, अत्याचार, दुराचार, पीडा, अभाव, असन्तुष्टि, विवशता, वmुण्ठा, निराशा, तनाउ, विसङ्गति आदि अनेक पक्षहरूको चित्रण यिनका कथामा गरिएको छ । यिनले यस्ता शोषण विरुद्ध आवाज उठाउनाको सट्टा नारीको दुख सहनसक्ने क्षमतालाई प्रस्तुत गरेकी छन् । मूलतः नारीसुलभ सरल, कोमल, करुण एवं भावुक पक्षहरूको प्रस्तुति पाइने यिनका केही कथामा युगीन परिस्थितिअनुसार नारीहरू आÇनो अस्मिताप्रति केही मात्रामा सचेत भए पनि अधिकांशतः सहनशील प्रवृत्तितर्फ बढी झुकाव रहेको देखिन्छ भने कतिपय कथाहरू त पलायनतर्फ समेत उन्मुख भएका छन् । यिनका कथामा नारीप्रति घृणा र अपमान नभएर सम्मान र श्रद्धा प्रकट गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । यिनका पछिल्ला समयका केही कथामा चाहिँ नारीको सहनशीलभन्दा विद्रोही रूपको प्रस्तुतिका साथ नारी अस्मिताको खोजी गर्दै नारीवादी अवधारणालाई अगि सारिएको छ । यिनका सुरुसुरुका कथामा मुख्य रूपमा असमको नेपाली समाज र वि.सं. २०३१ पछिका अधिकांश कथाहरूमा नेपालभित्रकै मध्यमवर्गीय सहरिया परिवेश चित्रित छ ।

मुन्नी सापकोटा
मुन्नी सापकोटाको जन्म सन् २५ नोभेम्बर १९५० मा गुवाहाटीमा भएको हो । प्रवेशिकासम्मको शिक्षा हासिल गरेकी यिनीे हिन्दीमा प्रबोध, नेपालीमा साहित्य भूषण हुनाका साथै जे.बी.टी. प्राप्त व्यक्ति हुन् । बडागाउँ नेपाली विद्यालयको प्राथमिक शाखामा प्रधानअध्यापकको रूपमा काम गरेकी यिनको सहभागिता हाम्रो सयपत्री परिवारमा पनि रहेको पाइन्छ । १९७४ देखि नै अखिल भारतीय नेपाली भाषा समिति मालीगाउँको सक्रिय सदस्य रहेकी यिनी नेपाली साहित्य परिषद्, असमको स्थापना कालदेखि सक्रिय सदस्यका रूपमा कार्यरत छन् । देवकोटानगर महिला समितिको संस्थापक सभापति पनि भएकी यिनी नरतन सारथि सङ्गीत विद्यालयको सदस्य भएकी छन् । यसका साथै देवकोटानगर, नेपाली मन्दिर प्रबन्ध समिति, बडागाउँ नेपाली माध्यमिक विद्यालय सञ्चालन समिति, बडागाउँ नेपाली उच्च विद्यालय सञ्चालन समिति, मालीगाउँ विद्यालय शिक्षक केन्द्र, गुवाहाटी १० वार्ड शिक्षा समिति आदि विभिन्न संस्थामा सदस्यका रूपमा यिनको सक्रियता रहेको पाइन्छ । बडागाउँ नेपाली विद्यालय सञ्चालन समितिको सदस्य सचिव भएर कार्य गरेकी यिनी असम लेखिका सङ्घ तथा नेपाली साहित्य परिषद्, असमको आजीवन सदस्य पनि हुन् । बालपत्रिका पूmलबारीको सम्पादन कार्यमा संलग्न यिनी रेडियो गुवाहाटीको नेपाली कार्यक्रमका नियमित वार्ताकारका रूपमा पनि परिचित छन् ।
अखिल भारतीय नेपाली भाषा समिति, मालीगाउँ,भारतीय नेपाली राष्ट्रिय परिषद्, सिक्किम, अखिल भारतीय नेपाली भाषा समिति, असम राज्य शाखा, नेपाली साहित्य परिषद्, मालीगाउँ शाखा, नरतन सारथी, नेपाली साहित्य परिषद्, असमजस्ता थुप्रै सङ्संस्थाबाट सम्मानित बाट जस्ता विभिन्न समयमा सम्मानित भएकी यिनी असम सरकारबाट कीर्ति शिक्षक पुरस्कार तथा भारत सरकारको राष्ट्रिय कीर्ति शिक्षक पुरस्कारबाट पुरस्कृत पनि भएकी छन् । साहित्य अकादमीको लेखन भ्रमण अनुदान प्राप्त गर्न सफल यिनी साहित्य अकादमीको अनुवाद पुरस्कारका निम्ति जुरी सदस्यमा मनोनीत पनि भएकी हुन् ।
मुन्नी सापकोटाका कथा पूmलबारी (सन् २००१) तथा बल्ल बुद्धि पलायो (सन् २००५) गरी दुईवटा बालकथा सङ्ग्रह प्रकाशित छन् । असमिया महिला कविहरूका कविता (सन् २००२) मा यिनको सफल अनुवादकला देखिन्छ । यिनका केही रचना पाठ्यपुस्तकमा पनि समावेश भएका छन् । यसका अतिरिक्त भारतीय नेपाली नारीलेखन, भारतीय नेपाली कथा, ज्ष्कतयचथ ७ ऋगतिगचभ या ब्ककबmभकभ, ल्भउबष् िऋजष्मिचभल ष्तिभचबतगचभ ष्ल ब्ककबm मा यिनका कथा र लेखहरू समाविष्ट छन् ।

मैना थापा ‘आशा’
सन् १९५२ जनवरी २४ मा गुवाहाटी, असममा जन्मेकी मैना थापा ‘आशा’ ले स्नातकसम्मको शिक्षा हासिल गरेकी छन् । लामो समयसम्म अध्यापन सेवामा संलग्न यिनले प्रधानाध्यापकको पदमा पनि रहेर काम गर्नुका साथै पत्रकारितामा पनि यिनको संलग्नता रहेको पाइन्छ । नेपाली साहित्य कला निकेतनको अध्यक्ष भएर काम गरेकी यिनी नेपाली साहित्य सभा तथा भारतीय गोर्खा परिसङ्घ असम राज्य शाखाको उपाध्यक्ष पनि भएकी हुन् । यिनी भीमराव अम्बेडकर पुरस्कार तथा राज्यिक शिक्षक पुरस्कार पुरस्कृत भइसकेकी छन् भने नेपालबाट गुञ्जन स्रष्टा सम्मान, महाकवि देवकोटा शताब्दी पुरस्कार तथा मितेरी स्वागत सम्मानद्वारा सम्मानित पनि भएकी छन् । यिनको कस्तूरी (सन् २०००) शीर्षक कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित छ भने हिन्दी भाषामा रजनीगन्धा (सन् १९५५) कविता सङ्ग्रह प्रकाशित छ ।
हिन्दी र नेपाली भाषामा समान रूपले कलम चलाउने मैना थापाका कवितामा वर्तमान विश्वमा व्याप्त जातिभेद, भाषा भेदका कारण हुनगएको सङ्घर्षको विरोध गरिएको छ । युद्धजन्य परिवेशका कारण उत्पन्न अशान्त परिस्थिति चित्रित यिनका कवितामा शान्तिको स्थापनाका लागि आ≈वान गर्नुका साथै कविको कलममा अपार शक्ति निहित हुने भाव मुखरित छ । कवितामा दाइजोको निहुँमा बुहारी नै जलाउने कुकृत्यको विरोधमा आवाज उठाउँदै दाइजो प्रथाको विरोधमा लाग्न सबैलाई अनुरोध गरिएको छ । विविध प्रकारका विविध प्रकारका नारी शोषण तथा उत्पीडनको प्रस्तुति पाइने यिनका कवितामा नारी विरोधी यस्ता गतिविधिको विरुद्धमा आवाज उठाइएका यिनका कवितामा नारी विद्रोहलाई सङ्केतात्मक पाराले देखाइएको छ । यसका साथै यिनका कवितामा बेरोजगारी समस्या तथा जीवनको क्षणिकता पनि अभिव्यञ्जित छ ।

रिजु देवी
रिजु देवीको जन्म सन् १९७८ जुन ३० तारिखका दिन तेजपुरमा जन्मेकी हुन् । यिनले असमियामा एम्.ए. गरेकी छन् । गायन र गीत लेखन र अभिनयमा रुचि राख्ने यिनी असम गोर्खा सम्मेलन तेजपुर जिल्ला समितिको उपसभानेतृका साथै असम नाट्य सम्मेलन बडझार शाखाको साङ्गठनिक सचिव पनि भइसकेकी छन् । यिनको औँशीको चन्द्रमा (सन् २००७) नामक कथा सङ्ग्रह प्रकाशित छ । यसका साथै यिनको संयुक्त रूपमा वर–पीपल (सन् २००८) शीर्षक कविता सङ्ग्रह पनि प्रकाशित भइसकेको छ ।
वर्तमान मान्छेका विवशता, बाध्यता आदिलाई देखाइएका रिजु देवीका कथामा रूढिवादी सङ्कीर्णताले ग्रस्त समाजको यथार्थ चित्रित छ । लैङ्गिक विभेदको विरोेधात्मक प्रस्तुति भएका यिनका कथामा मातृत्वको महिमागान गर्र्दै मातृत्वका विविध रूपलाई देखाइएको छ । मानवीय सद्भावलाई प्रस्तुत गरिएका यिनका कथामा श्रमको सम्मान हुनुपर्ने भाव अव्यिञ्जित छ । असमेली नेपाली जनजीवन चित्रित यिनका कथामा मनोविज्ञानको स्पर्श पनि भेटिन्छ ।

लक्ष्मी ‘मीनु’
सन् १९५६ मे १९ तारिख खत्ला, मिजोरममा जन्मेकी लक्ष्मी ’मीनु’ अध्यापन पेसामा संलग्न छन् । मिजोरम गोर्खा नारी समाजको मुखपत्र गहना मासिक तथा मिजोरम गोर्खा युवा संस्था मुखपत्र युवा मासिकको सम्पादनमा संलग्न यिनी मिजोरम गोर्खा नारी समाजको केन्द्रीय सचिव तथा मिजोरम गोर्खा नारी समाज खत्ला शाखाको सचिव पनि भएकी हुन् । मिजोरम गोर्खा युवा सङ्घको सदस्य तथा मिजोरम गोर्खा युवा सङ्घ खत्ला शाखाको सल्लाहकार यिनी भारतीय गोर्खा परिसङ्घको आजीवन सदस्य पनि रहेकी हुन् । मिजोरम गोर्खा युवा सङ्घद्वारा ‘आदर्श युवती’ को सम्मान प्राप्त गरेकी यिनी मिजोरम गोर्खा युवा सङ्घद्वारा प्रदान गरिने अनुकरणीय विशिष्ट सेवा सम्मानबाट सम्मानित छन् । मिजोरमका विभिन्न सङ्घसंस्थाबाट विभिन्न समयमा अभिनन्दित एवं सम्मानित यिनी हरिभक्त कटुवाल स्मृति पुरस्कार, सिक्किमबाट स्रष्टा पुरस्कारबाट पुरस्कृत हुनाका साथै अवम किनार प्रकाशन, गान्तोकबाट सम्मानित पनि भएकी छन् । यिनका मिर्मिरेको अनुभूतिहरू (सन् २००६) कविता सङ्ग्रह तथा कर्तव्य (सन् २००३) शीर्षक एकाङ्की सङ्ग्रह प्रकाशित छन् ।

लावण्य देवी
लावण्य देवीको जन्म माजगाउँ, गाङमौथानमा भएको हो । स्नातक सम्मको शिक्षा हासिल गरी लामो समयसम्म शिक्षण पेसामा संलग्न यिनी हाल सेवा निवृत्त जीवन बिताइरहेकी छन् । केही समय असम साहित्य परिषद्, तेजपुर शाखाको सभापति पदमा रहेर कार्य गरेकी यिनी असम लेखिका संस्था, तेजपुर शाखाको पनि सभापति भएकी हुन् । यिनको ब्रिटेनमा केही दिन (सन् २०१०) नामक यात्रासंस्मरण संयुक्त रूपमा प्रकाशित भएको पाइन्छ । यस यात्रासंस्मरणको पहिलो भाग यिनले लेखेकी हुन् भने पछिल्लो भाग यिनका पति जगन्नाथ उपाध्यायले लेखेका हुन् । यात्रासाहित्यको लेखनमा महिलाको कलम अत्यन्त न्यून देखिएको असमेली नेपाली साहित्यको सन्दर्भमा यिनको प्रवेश निकै आशालाग्दो देखिएको छ । विवरणमूलक–वर्णनमूलक प्रस्तुति पाइने यस यात्रा संस्मरणमा यिनको लेखाइमा असमिया भाषाको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

शान्ति थापा
शान्ति थापाको जन्म सन् १९६१ जनवरी ९ मा गुवाहाटीको शान्तिपुर भन्ने ठाउँमा भएको हो । गुवाहाटी विश्वविद्यालयबाट हिन्दीमा एम्.ए.गरेकी यिनले पीएच्.डी. उपाधि पनि हासिल गरेकी छन् । हाल आर.जी.बरुवा कलेजमा हिन्दीको प्राध्यापनमा संलग्न यिनी गुवाहाटी विश्वविद्यालयको नेपाली एम्.ए. कार्यक्रमको संयोजक पनि रहेकी छन् । असममा भएको कोलाज आन्दोलनमा पनि यिनको सक्रियता रहेको थियो ।
गीत लेखन र गायनमा पनि रुचि राख्ने शान्ति थापाको माया (सन् २००४) नामक गीत सङ्ग्रहका साथै आवत्र्तन (सन् २००७) शीर्षक कथा सङ्ग्रह तथा मोहनी डट कम (२००९) शीर्षक उपन्यास प्रकाशित छ । सिर्जनात्मक लेखनका अतिरिक्त यिनले असमियाबाट नेपाली भाषामा नामघरे र अस्तराग शीर्षक दुईवटा उपन्यासका साथै भारतके स्वाधीनता आन्दोलन में पानवारी रेलदुर्घटना काण्ड नामक कृतिको अनुवाद गर्नुका साथै असमेली नेपाली कथायात्रा, लोहित घाँटीकी कहानियाँजस्ता सङ्ग्रहको सम्पादन पनि गरेकी छन् । अन्तरङ्ग पत्रिकाको नेपाली कथा विशेषाङ्कको अथिति सम्पादक, रङ्गघर नामक हिन्दी पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा दस्ताबेजको असम विशेषाङ्कमा सहयोगी सम्पादकका रूपमा सक्रिय रहेकी यिनी मृण्मय (बहुभाषी शोध पत्रिका) र पूर्वाको सम्पादनमा संलग्न रहेको देखिन्छ । लामो समयदेखि निरन्तर रूपमा असमबाट प्रकाशित हुने हाम्रो ध्वनि पत्रिकाको सम्पादन कार्यमा पनि यिनको विशेष सक्रिय छन् । लामो समयदेखि सिर्जना, अनुवाद एवं सम्पादनमा सक्रिय रहेकी शान्ति थापा सञ्चयनारायण प्रधान स्मृति स्वर्णपदक (सन् १९९८), साहित्य अकादमी अनुवाद पुरस्कार (२००२), आवत्र्तन कथा सङ्ग्रहका लागि टङ्कनाथ स्मृति पुरस्कार (२००८), गुञ्जन प्रतिभा पुरस्कारजस्ता पुरस्कारबाट पुरस्कृत पनि भइसकेकी छन् ।

शान्ति थापाका कथामा युगीन जनजीवनका विभिन्न विषयवस्तुको प्रस्तुति पाइन्छ । यिनी विभिन्न वर्ग र अवस्थाका नारीहरूले सम, विषम तथा विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विविध सन्दर्भका माध्यमबाट विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन् । यिनले मूलतः नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई कथावस्तुको रूपमा आना कथामा समेटेकी छन् । यस दृष्टिले हेर्दा यिनका कथामा अभिव्यक्त मूल स्वर नारी संवेदना हो । सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि औंल्याइएका यिनका कथामा तथाकथित इज्जतका लागि यौनदुव्र्यवहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण पनि पाइन्छ । पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनपुगेको मानसिकतालाई पनि यिनले आप्mना कथामा स्थान दिएकी छन् । सामाजिक संस्कार, रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्न हुने सामाजिक परिपाटीप्रति व्यङ्ग्य प्रहार गरिएका यिनका कथामा कतिपय परम्परित बिम्बका माध्यमबाट व्यक्तिको क्षणिक मनोवेगको प्रस्तुति गरिएको छ यिनको को मोहनी डट् कम नामक उपन्यासमा असमेली नेपाली जनजीवनका विविध सन्दर्भहरूलाई विशृङ्खल रूपमा प्रस्तुत गर्दै सन् १७७९ मा असममा भएको ‘बहिरागत हटाओ’ आन्दोलन र त्यसको परिणामलाई केलाइएको छ । जातीयताका नाममा भएका सङ्कीर्णता तथा मानवताविरोधी क्रियाकलापको विरोध गरिएको यस उपन्यासमा मानवतावादी अवधारणा मुखरित छ । नेपाली जातिमाथि गौरवबोध गरिएको यस उपन्यासमा जातीय प्रेम पनि अभिव्यञ्जित छ । प्रकृतिमाथि निर्वाध रूपमा मानव अतिक्रमण भएकोमा चिन्ता प्रकट गरिएको यस उपन्यासमा आपूmमाथिको आक्रमण प्रकृतिले पनि एउटा सीमासम्म मात्र सहन गर्ने कुरालाई भावुक पाराले अभिव्यक्त गरिएको छ । अग्रज साहित्यकारप्रति आस्थाभाव व्यक्त गरिएको यस उपन्यासमा लोकप्रिय नेपाली कवि हरिभक्त कटुवालको मृत्यु प्रसङ्गको उल्लेख गरेर साहित्यकारको नियतिलाई यथार्थवादी ढङ्गमा प्रस्तुत गरिएको छ ।

सीता देवी
५ मे १९७१ मा उदालगुडी, असममा जन्मेकी सीता देवीले इतिहासमा एम्.ए. र हिन्दीमा प्रवीणसम्मको शिक्षा हासिल गरेकी छन् । बिहपुरीया बालिका हाई स्कुल, लखिमपुरम शिक्षण पेसामा संलग्न यिनले अन्तर्राष्ट्रिय नेपाली नारी विचारप्रधान पत्रिका सम्झना तथा मंगलदै सरकारी कलेजको मुखपत्रको सम्पादन पनि गरेकी छन् । असम साहित्य परिषद् तथा असम साहित्य सभाजस्ता साहित्यिक संस्थामा पनि यिनको सक्रियता रहेको देखिन्छ । नेपाली र असमिया भाषामा समान रूपले कलम चनाउन सक्षम यिनका तिम्रो स्मृतिमा (सन् १९९७) तथा नेपालकी छोरी (वि.सं.२०६०) जस्ता कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित भएका छन् भने दिगन्त आकौ सुर्य (सन् २००७) कविता सङ्ग्रह असमिया भाषामा प्रकाशित भएको जानकारी पाइन्छ ।
माथि उल्लेख गरिएबाहेक यस क्षेत्रका सुनिता सुब्बा र रीता सोनोवारका पुस्तकाकार कृति प्रकाशित भएको जानकारी पाइन्छ । यसका साथै असम क्षेत्रका विभिन्न भूभागमा बसोबास गर्ने महिला साहित्यकारहरूका विभिन्न विधाका लेखरचना फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । यीमध्ये आमिया छेत्री, आशा छेत्री, कमलादेवी भट्टराई, कुसुम थापा, गायत्रीदेवी, गीता राई, गोमा पौड्याल, चम्पादेवी, तुलसी देवी, दिव्यादेवी मैनाली, दीपा शर्मा, दुर्गा शर्मा, धनमाया छेत्री, निशा गुरुङ, पद्मादेवी, बासन्ती जोशी, मञ्जु उपाध्याय, मञ्जु लामा, रत्ना खडका, रश्मि रेखा शर्मा, राधा ज्ञवाली, रामकुमारी लामा, रोजी रानी शर्मा, लावण्यदेवी, वन्दनादेवी, वसुन्धरा शर्मा, विजया शर्मा, वेणुरानी राई, वेदादेवी, शशि रावत, सरला लिम्बू, सरस्वती सोनार, सुनिता थापा, हिमा जोशी आदि उल्लेखनीय रहेका छन् ।

उपसंहार
बहुभाषी तथा बहुधर्मी असमेली क्षेत्रमा अन्य जातिसँग सद्भावका साथ बसोबास गरिरहेका नेपाली जातिले बेलाबेला अस्तित्वको सङ्कट पनि बेहोर्नु परेको देखिन्छ । यस्तो विषम परिस्थितिमा प्राकृतिक जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी पारिवारिक, सामाजिक, प्रशासनिक सङ्कीर्णताको घेरा तोडेर जातीय तथा वर्गीय अस्तित्वका लागि सङ्घर्ष गर्दै साहित्य सिर्जना गर्ने असमेली नेपाली महिला साहित्यकारको प्रयास एकदमै सराहनीय छ । यति भएर पनि तिनको उचित विश्लेषण र मूल्याङ्कन असम क्षेत्र र नेपाल दुवै तर्पmबाट हुन सकेको देखिँदैन । यसै अभावलाई ध्यानमा राखी प्रस्तुत आलेख तयार पारिएको हो । पङ्क्तिकारको निजी सङ्कलनमा सङ्कलित सीमित सामग्रीलाई आधार बनाएर तयार पारिएको यस लेखमा सामग्रीको अभावका कारण कतिपय सन्दर्भहरू छुटफुट हुन गएका भए सम्बद्ध सबैबाट सुझाव र सामग्री प्राप्त भएमा यसलाई पूर्णता दिने प्रयत्न गरिन्छ ।
कीर्तिपुर, काठमाडौं, नेपाल
फोन : ०९७७१४३३२१७८

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 22 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु