महागाईजात्रा: जिन्दाबाद !

- डा. खगेन्द्रप्रसाद लुइटेल

प्रताप मल्ल नामक शासकका प्रतापबाट प्रारम्भ भएको गाईजात्राले जातीय संस्कृतिविशेषको रूप धारण गर्दै यतिखेर राष्ट्रिय संस्कृतिकै रूप ग्रहण गरिसक्यो । केही समय यसलाई विभिन्न क्षेत्रका विसङ्गति र विकृतिको भण्डाफोर गर्ने माध्यमका रूपमा अनुसरण गरिए पनि अब त्यो स्थिति रहेन । उहिलेदेखि अहिलेसम्म हामी कहिले रैती त कहिले जनताका नाममा अनेक नाममधारी शासकबाट शासित भएकै हौ“ । नाम जेसुकै दिइए पनि हामी मूला जनताको हालत कहिल्यै उकालो लागेन सधै“ ओरालाको ओरालै । सधै“ गाईजात्राका रमिते मात्र ! प्रतापे गाईजात्रा भरखरै सकिए पनि नया“ गाईजात्रा रातदिन फस्टाउ“दो छ ।

पहिले गाईजात्रा पर्दाभित्र हुने ह“ुदा कमै देखिन्थ्यो । विगत दुई दशकदेखि चरणबद्ध रूपमा यसको स्वरूपमा व्यापक परिवर्तन आयो उदाङ्गै भएर । यसले राजनीति, न्याय, शिक्षा, स्वास्थ्यलगायत कुनै क्षेत्रलाई पनि छोडेन ।

एकमतीयका पालामा स्वच्छछवि आदि भन्दै ठाडो पदपजनी हुन्थ्यो भने यतिखेर यो तेर्सिएको छ । एकमतीय खम्बा ढलेपछि समतीय र बौमतीय खम्बा गाड्ने र उखेल्ने प्रयोग सुरु भयो । कुरो बोलाबोलमा सीमित नरही ठोकाठोकमै परिणत भयो । आफ्नैले आफ्नैलाई लडाउने र भिडाउने खेलले चरम रूप लियो । शपथग्रहणस“गै राजिनामाका चलखेल बढ्दै गए । राजिनामा दिइसकेकाले पनि उच्च पदमा धमाधम आफ?ना र आफ्नी भर्ने क्रमले निरन्तरता पायो । कतै उच्च पद खाली भएमा तुरुन्त नियुक्ति गर भन्दै अनि नियुक्ति गरेपछि आफ्ना वा आपूm परिएन भन्दै तालाबन्दी, चक्काजामले ठूलै गाईजात्रा देखायो र देखाउ“दो छ । नियुक्ति नगर्दा पनि बन्द अनि नियुक्ति गर्दा पनि बन्दको खेल चल्दो छ । भागबन्डा नमिलेर संवैधानिक पद खालीका खाली...। देखावटी समतीय र लुकावटी बौमतीय सरकार बनाउने खेलको त के कुरा गर्नु र ? फेरि यिनका उम्मेदवार नै फरकफरक ! समतीयका लागि म्याद थपाएर बौमतीय खेल खेलि“दोछ । समतीय र बौमतीयको रडाको मच्चाउ“दामच्चाउ“दै एकमतीय हुने हो कि भन्ने कुराले चिन्तित छन् जनता । अहिले नै यसको कल्पनाचाहि“ नगरौ“ । जेसुकै र जस्तासुकै बु“दा र फु“दामा हस्ताक्षर गरेर भएनि सबैलाई घुम्ने कुर्सी नै चाहिएको छ । सूर्यास्तका पच्चीस दल सूर्याेदयस“गै कति पुग्ने हुन् टुङ्गो छैन । फुट्ने–फुटाउने क्रम जारी छ, जुट्ने त कुरै भएन । शान्ति र संविधानका जतिसुकै भाषण छा“टे पनि राति बार बजे म्याद थपेर जागिर खानेभन्दा बाहेक एउटा सिन्को भा“चिएको छैन । देशलाई चिरा पार्ने र चन्द्रसूर्य भएन भन्दै झन्डामाथि नै डन्डा बर्साउने खेलमा लामै समय बिताइयो । व्यवस्थापिका होहल्लामै व्यस्त अनि सांसद् बैठक बहिष्कार र भत्ता स्वीकारमै मस्त ।

कार्यपालिका र व्यवस्थापिका मात्र होइन न्यायपालिकाको पनि हालत उस्तै छ । न्यायालयमा एउटै मुद्दा तीन पुस्तासम्म तारिख धाउनुपर्ने कुरा त सामान्य नै भयो । पैmसला भइहाले पनि त्यसलाई मान्नुपर्छ भन्ने छैन । आÇना पक्षमा भए ठीकै छ नत्र आगो लगाउन सुरु भइहाल्छ । न्यायमूर्ति नै भागबन्डामा नियुक्ति गरेसि पैmसला त्यसैअनुरूप हुने नै भयो । अगिअगिको त के कुरा गर्नु भरखरै राष्ट्रिय पोसाकबारे गरिएको पैmसलाको धुवा“धार विरोध हु“दोछ, डढाइ“दोछ, निर्णय उल्टाइ“दो छ । वास्तवमा त्यो पैmसला त्रुटिपूर्ण नै छ । यस्तो मह“गीमा त्यति धेरै कपडा लाग्ने र पूरै जिउ ढाक्ने दौरासुरुवाल टोपीलाई पनि राष्ट्रिय पोसाक बनाउनु हुन्छ त ? अलि कम कपडा लाग्नेतिर सोच्नुपर्छ नि ¤ सर्टप्यान्ट र कुर्थासुरुवाल अर्काकै भइहाले, धोतीलाई पनि बढी नै कपडा लाग्छ, फेरि कतै पर्खाल नाघ्दा खुस्केला भन्ने डर ∕ कपडा नि धेरै नलाग्ने, ढाक्न पनि केही नढाक्ने अनि हाम्रा पुरुष पुर्खाले त पहिलेदेखि नै लगाएकै हो, यतिखेर नारीले पनि वरण गरिसकेकाले त्यसैलाई राष्ट्रिय पोसाक बनाउनु पर्छ । त्यसमा विरोधको कुरै छैन । देशमा एउटा राष्ट्रिय पोसाक चाहिने हु“दा अब छिटै लगौ“टीलाई राष्ट्रिय पोसाक बनाइहालौ“ ।

शिक्षा क्षेत्रमा चलेको गाईजात्रा त भनिसाध्य छैन । जुसे र घुसेले भरिभराउ विश्वविद्यालयमा भिसी नियुक्ति गर भनेर तालाबन्दी अनि गर्नेबित्तिकै आÇना वा आपूm परिएन भनेर फेरि तालाबन्दी ¤ तलबको त के कुरा भो र ? ठूलाघरेले पाइहाल्छन्, अरूको के मतलब ! माथिबाट गाईजात्रे झरेर तल खोल्ने रे भन्ने सुनि“दैछ, त्यसो भएमा झन् कस्तो गाईजात्रा हुनि हो कुन्नि ? पठनपाठन त ठप्प हुने नै भयो । हुन त पढेर नै के गर्नु छ र बेरोजगारको सङ्ख्या बढाउनुबाहेक !

स्वास्थ्य क्षेत्रको त कुरै नगरौ“, घा“टीको अपरेसन गर्न लगिएको बिरामीलाई पाठेघर निकालिदिने भएसि । घा“टी र पाठेघरको सा“धसिमानासम्म छुट्ट्याउन नसक्ने अनि दमको रोगीलाई टीबीको औषधी दिएर मार्ने डाक्टरलाई खै के भन्नु र ? धन्य छन् हाम्रा डाक्टरसाबहरू । दानदातव्य र ल्याप्चेलाल मन्त्रीका सिफारिसमा कतै गएर डाक्टरी सर्टिफिकेट लिएर आएका डाक्टरसाबबाट यहा“भन्दा ठूलो अपेक्षा त के नै गर्नु छ र ? यसका विरुद्ध उजुर गरौ“ भने दले डन्डा बर्सिहाल्छ । सबका भ्रातृ सङ्गठन डन्डा बोकेर आदेशको पर्खाइमा तम्तयार छ“दैछन् ।

विकासको त के कुरा गर्नु । सिंहदरबार अगाडिको बाटो मात्र हेरे पुगिहाल्छ अन्त कतै जानै पर्दैन ।

पहिले घरविशेषमा मात्र हुने गाईजात्रा अहिले देशभर व्याप्त छ । कानुन जन्माउने नै त्यसको बलात्कार गर्दाछन् । अख्तियारवालाले नै अख्तियारको दुरुपयोग गर्दाे छ । भ्रष्टाचार मौलाउ“दो छ, सदाचार चाउरि“दो छ, हत्या, अपहरण, लुट, बलात्कार, झाङ्गि“दो छ ।

मानवअधिकारवादीका नाममा देखाइने गाईजात्रा त झन् भयङ्कर । मल्खु, हानेपा, च्यानडा“डा, स्यालगुफा सबतिरका दैनन्दिन, रिसोर्टे वार्ता र तानातान, ढ“टुवारे भाषण हेरिसुनिसक्नु छैन । सहमति र प्रतिबद्धताका बु“दा हजार नागिसके, लागू हुने कुरै छैन । सहमतिका लागि अर्को रिसोर्टे वार्ता गर्ने सहमतिबाहेक अरू केही छैन । बेपत्ताजति बेपत्तै छन्, पत्ता पनि कताकता । भिरबाट लडेर मर्नेको त के कुरा कालगतिले मर्ने पनि सहिद घोषित हु“दाछन् । जो बढी ढाट्न सक्छ त्यही ठूलो नेता । पाटीका अध्यक्ष नै अदक्ष... । कानुन मिच्ने उत्तम र कानुन मान्ने खत्तम, दण्डहीनताको पराकाष्ठा... । सत्ता र भत्तामा निर्लिप्त भएसि यस्तै त हो नि !

हामीकहा“ प्रचलित गाईजात्राका यी एकाध नमुना मात्र हुन् । गाईजात्रा नभएको कुनै ठावै“ छैन । यतिखेर पशुपति बा पनि यी सब गाईजात्रा हेर्दाहेर्दा वाक्क भएर निदाएजस्ता छन्, कि विदेश सयरतिर हानिए कि हामी मूला सार्वभौम जनतालाई चाहि“ ‘...लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै भएको छ यतिखेर । विरोध गर्नेलाई प्रतिगामीको बिल्ला भिराइदियो बस् । लेख्ने त प्रतिगामी भइहाले, पढ्ने पनि प्रतिगामी हुन बेर छैन नि !मैलेचाहि“ लेखिहाले“, तपाईंचाहि“ सोचेर पढ्नु होला । यतिखेर गाईजात्रा नभएको ठाउ“ र दिनै नभएकाले अब यसलाई महागाईजात्रा भनौ“ र सबले डन्डा उचालेर जिन्दाबादको नारा घन्काऔ“ । महागाईजात्रा जिन्दाबाद !

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 24 भाद्र, 2068

लेखकका अन्य रचनाहरु