उज्ज्वल जी.सी.को निरीह समयमाथि नियाली हेर्दा

- खिमानन्द पोखरेल

सर्वसाधारण व्यक्तिभन्दा धेरै फरक हुन्छन् सिर्जनशील व्यक्तिका विचारहरू । आपूmले सिर्जना गरेका भावनाहरू बाहिर प्रकट गर्न चाहन्छन् यस्ता व्यक्तिहरू । असल र राम्रा काम गर्ने व्यक्तिलाई असल दर्जामै राख्नु पर्छ । असल काम गर्ने व्यक्तिलाई समाजले मान–प्रतिष्ठा र इज्जतको कदर समेत गर्दछ । आफ्नो जीवनकालमै केही गरेर समाजलाई गुन लगाउ‘ंm भन्ने मान्छेलाई विरलै भेट्न सकिन्छ ।

जीवन मरण भन्ने कार्य सृष्टिकालदेखि नै चल्दै आएको कुरा हो । यो कसैले टारेर समेत टार्न सकिदैन । आफ्नो कार्यकाल सिद्धिएपछि छोड्नु पर्छ यो अनिवार्य पनि छ । मान्छे यी यस्तै परिधीमा रहेर केही गरेर छोडौ‘ं भन्ने अभिप्राय पनि राख्दछ । यो अभिप्राय केवल मान्छे जातीमा मात्र हुन्छ । अन्य प्राणीहरूमा यस्तो इच्छा पटक्कै ह‘ुंंदैन र त्यस्ता प्राणीहरूले प्रकट गर्न समेत पनि जान्दैनन् यी कुराहरू ।

आपूmलाई म हू‘ं भनेर चिनाउन पनि त्यति सहज पटक्कै छैन । परिश्रम गर्नु प¥यो, लेख्नु प¥यो, समाजलाई राम्रा–राम्रा कुराहरू पस्केर दिन सक्नु प¥यो, सामाजिक कार्यमा लोभ लालसा नराखी आपूmलाई हि‘ंडाउन सक्नु प¥यो । हो यस्तैयस्तै अनेक कार्यहरू छन् समाजमा प्रतिष्ठित भएर बस्नका लागि । मान्छे दुईथरि कामबाट प्रसिद्धि कमाउ‘ंछ । एक असल कार्य अर्को खराब कार्य । खराब कार्यबाट पनि मानिस दुर्गन्धित तरिकाले प्रसारित हुन्छ । सुगन्धित तरिकाले प्रसिद्धि कमाउन ठूला–ठूला प्रयत्न र मेहनत त्यत्तिकै गर्नुपर्छ । विना मेहनत असल कार्यको प्रचारक व्यक्ति बन्न सकि‘ंदैन भन्ने कुरा सबैलाई थाहा नै छ ।

आज मेरो हातमा यस्तो कवितासङ्ग्रहको पुस्तक छ जसलाई निरीह समयमाथि शीर्षक दिएर कवि उज्ज्वल जी.सी.ले आफ्ना भावनाहरू पाठकमाझ ल्याएका छन् । यो सङ्ग्रह ८२ पृष्ठको देखिन्छ भने यसभित्र आवद्ध कविताहरू भने जम्मा ३८ वटा मात्र रहेका देखिन्छन् । कवि उज्ज्वल जी.सी.को नाम साहित्यिक फॉंटमा धेरै पहिलादेखि नै चर्चित हु‘ंदै आएको नाम हो । यो नामलाई पाठकमाझ पुनः पुनः चिनाइरहनु पर्ने कुरा पनि त्यति आवश्यकताको विषय नै होइन जस्तो लाग्छ ।

देशमा हत्या,आतङ्कले गर्दा श्रृजनकर्मीका श्रृजनाहरू बाहिर निस्कन पाएका छैनन् । श्रृजनकर्मीहरूलाई चिन्तित तुल्याइदिएको छ हत्या आतङ्कले । यस कवितासङ्ग्रहभित्र आवद्ध कविताहरूले देशको जिम्मेवारी बोकेका नेताहरूलाई व्यङ्ग प्रहार गर्दै कविताहरू अगाडि बढेको देखिन्छ । जनताहरू धेरै त्रसित छन् नेताहरू देखी । मान्छे सत्यमा भन्दा असत्यमा उन्मूक्त देखिन्छ र उसको लागि असत्यता अ‘ंगाली अरुलाई दुःख दिनु नै सर्वश्रेष्ठता ठान्छ भन्ने कुरा देखाउन खोजिएको छ यहॉं । मान्छे मान्छे नभएर ऊ चुरोटजस्तै हो सल्किन्छ रअन्त्यमा निभ्छ भन्ने कुरा दर्शाइएको छ यहॉं ।

कवि उज्ज्वल जी.सी.को निरीह समयमाथि कवितासङ्ग्रहमा समय परिस्थिति अनुसार बोल्ने घोच्ने र दुख्ने गरेका काव्य दृश्यहरू देख्न र मनन गर्न पाइन्छ । यस कवितासङ्ग्रहभित्र आवद्ध कविताहरूभित्र आक्रोशताको झ्वॉंक पोखिएता पनि सरसरती पढ्दै जॉंदा कविताहरूमा आक्रोशताको मीठास भेटाउन सकिन्छ । कुनैकुनै कविताहरूलाई मखमली पूmलस‘ंग दॉंज्ने गरिएको देखिन्छ । पूmलहरू आफ्नो जीवनकालसम्म सुखदुःख सहेर असिना पानी खडेरी सहेर आपूmलाई अन्त्य गराउन डराउ‘ंदैनन् भनि जीवनलाई मखमली पूmलसंग दॉंजिएको छ । मूर्तिहरू ज्यू‘ंदा हु‘ंदैनन् तर यहॉं मुर्तिहरूलाई ज्यू‘ंदा मूर्तिका रुपमा तुलना गरिएको छ । ज्यू‘ंदा मूर्तिहरूले देशलाई नङ्याउन खोजेको तीता कुराहरूलाई यहॉं यसरी व्यक्त गरेको देखिन्छ ः

हामीले
देशका आकर्षक फिलाहरू
सेकुवा बनाउ‘दै हसु¥यौ‘
मह‘ंगी/अन्याय/अत्याचारका
टन्टलापुर घामहरू
निमुखामाथि फर्काउ‘दै
धेरै खेल्यौ‘ं– अनैतिक खेलहरू
पहाडस‘ग झेल गर्दै । ( ज्यू‘दा मूर्तिहरू, पृष्ठ ९–१०)

यसरी आक्रोश व्यक्त गरिएका कविताहरू कविको श्रृजनशील हातबाट उद्धरण भई पाठक समक्ष पुगेको देखिन आउ‘ंछ । मान्छे दाश बनिरहेको छ कसैको नुन खाएर । नुन खाएपछि मान्छेले सेतोलाई पनि कालो भन्छ । देश चलाउनेले देश चलाउन जानेन भने यहॉं सबचिज छरपष्ट हुन्छ पूmलका कङ्कालहरू जस्तै । यहॉं मान्छेका कङ्काललाई पूmलका कङ्कालस‘ंग तुलना गरेर कविताहरूमा गुनासो दुःख व्यक्त गरिएको छ ।

कविलाई आफ्नो देशको औधि माया लागेको देखिन्छ । कवि देशलाई यत्रतत्र सर्वत्र हिमाल,पहाड,तराईमा खोजिरहन्छन् । कविले यहॉं सिङ्गो नेपाललाई र नेपालीहरूका स्वाभिमानलाई समेत भेट्दैनन् र दुःखी हुन्छन् । यस कवितासङ्ग्रहमा जहॉं जता गएर पढ्न खोजे पनि मर्मष्पर्शी कविताहरूले मनै छुने गरी पाठकलाई भुलाउने चेष्टा गरिएको देखिन्छ । यो देशमा लोकतन्त्र आएको छ तर लोकतन्त्र लोकतन्त्रजस्तो नभएर भोकतन्त्र जस्तै भएको छ । नेपाल धरती आमालाई कविले अहिलेजस्तो लोकतन्त्र हैन म अब फेरि आउ‘ंदा सॉंच्चिकै लोकतन्त्रको वैशाखी टेकेर आउने छु आमा भनि आस्वासन दि‘ंदै दुःखपूर्वक लेखिएका कविताले पाठकहरूका मन चसक्क छुन सक्छ ।

हामी नेपाली हुनाको कारण हामीमा वोधिसत्व छ त्यसैले पनि हामी आफ्नो पनस‘ंग गौरव गर्छौं भन्ने जस्ता कविताहरू यस सङ्ग्रहमा प्रस्तुत गरिएका छन् । शान्ति भन्ने कुरा अझ पनि यहॉं अर्धचेतनमै छ । अब यहॉं कुनैदिन बन्दुकले होइन कलमले सबको चेतना जगाउनु पर्छ भन्ने जस्ता अत्यन्त गौढ कुरालाई पनि प्रस्तुत गरिएको देखिन्छ । यसै प्रसङ्गमा निरीह समयमाथि भित्र आवद्ध कविताहरू पढ्दै र बुझ्दै जाने सिलसिलामा उल्टो हुन सक्छ भन्ने कविता देखा पर्छ । समयलाई उल्टो पनि हुनसक्छ भन्ने तरिकाबाट प्रस्तुत कविताले समयको यथार्थ चित्रणलाई पर्दामा उतारी दिएको देखिन्छ ।

मैले जानेबुझेसम्म अथवा मेरो दिमागले भ्याएसम्म कवि उज्ज्वल जी.सी.लाई चिन्नु वा चिनाउनु पर्दा सर्वप्रथम गजलकारकै रुपमा चिन्नुलाई मेरो कर्तव्य ठान्छु । मैले जान्दा र बुझ्दाको वखत यो नाम गजलमा निकै नाम कमाइसकेको नाम हो भन्न म कदापि पछि पर्दिन । त्यसो त कविता,मुक्तक र बालसाहित्यमा पनि उनले बनाएको उचाइ पाठकहरूलाई थाहा नभएको होइन । आफ्नो जिम्मेवारीप्रति सधै‘ं सजग रहने उज्ज्वल जी.सी.नेपाली साहित्यिक क्षेत्रका एक उज्ज्वल नक्षत्र नै हुन् भन्दा फरक पर्दैन । भर्खरै उनको एघारौ‘ं कृतिका रुपमा आएको निरीह समयमाथि कवितासङ्ग्रहलाई जसले पढ्ने र यसभित्रका तत्वहरू केलाउने चेष्टा गर्छ उसले सहस्र चिज पाउन सक्छ सङ्ग्रहभित्र । कवि जी.सी.का कविताहरू खुलेर बोलेका छन्, रमाएका छन् । आपसमा खिचातानीले जन्माएका अनेकौं घटना पनि यसभित्र देख्न पाइन्छ । समयसंग खेल्ने गरेका उल्टा सुल्टा कुराहरू यस सङ्ग्रहभित्र मजाले पढ्न पाइन्छ ।

कसैले कसैको विद्रोह गर्नु भनेको दुश्मनको विजारोपण गर्नु हो । सबभन्दा पहिले विद्रोहीलाई वशमा ल्याउनु पर्दा बाघचालको गोटी खेलाइको पद्धति अनुसार उसलाई वशमा ल्याउन सकिन्छ । जहॉं समवेदना हुन्छ त्यहॉं घाउ हुन्छ । समवेदनाको मर्म बुझ्नेहरूले घाउको मर्म कस्तो हुन्छ भन्ने कुरा बुझ्न सकेका हु‘ंदैनन् । एकातिर अर्को पट्टी भने खुसी मनाइरहेका हुन्छन् । त्यसैले मानिसका भित्री स्वार्थ कस्ता हुन्छन् भन्ने कुरा कवि जी.सी.ले कविता मार्फत झल्काएका छन् । हो,देशलाई बनाउनुको साटो निल्न खोज्नेहरू धेरै छन् । केही दिए जस्तै गरी देश निल्न थालिसकेकोे यथार्थप्रति एक स्वाभिमानी नेपालीले कस्तो अनुभव गर्छ भन्ने कुरा कवितामा झल्कन्छ । कवि बनेर कविता लेख्नेहरूलाई पनि देशको बारेमा चिन्ता हुनुपर्छ– कवि उज्ज्वल जी.सी.लाई जस्तै । हेरौ‘ं, उनले कति निश्चल र निश्प्रवाहपूर्वक जोडेका छन् यी देशप्रेमी शब्दहरू –

तर म
रोल्पामा देश खोज्दैछु
रुकुममा देश खोज्दैछु
वस्ती–वस्तीमा
बुद्धका पदचिन्ह खोज्दैछु ।

( कविता लेख्दैछु म, पृष्ठ ३१)

कति निश्चल छ कविको देशप्रतिको अगाध स्नेह । कवि जी.सी.को जस्तै मन हुनु पर्छ एउटा स्वाभिमानी देशभक्त हुनका लागि । देशप्रेम भेट्टाउन नसकेका कविको मर्मलाई कसले बुझिदिने ? कवि पुनः प्रकट गर्छन् –

जति छाम्छु
भेट्दिन राष्ट्रप्रेम
जति हेर्छु
देख्दिन स्वाभिमान
खै, के भयो मलाई
अह‘ं, केही बुझ्दिन ।

( कविता लेख्दैछु म, पृष्ठ ३२)

यहॉं राष्ट्रलाई माया गर्नेहरू कम छन् । निर्धक्कस‘ंग आफ्नो राष्ट्रलाई सम्पूर्ण नेपालीले माया गर्नु पर्ने हो । तर यहॉं यस्तो हुनसकिरहेको छैन । यसप्रति कवि अत्यन्त दुःखी बन्न पुगेका छन् ।

अत्याचार गर्ने वानी लागेकालाई अत्याचारै गर्न मन लाग्छ ऊ अत्याचार गर्नमै रमाउ‘ंछ । ऊ अत्याचार र अत्याचारी कुकृत्यहरू भरसक मेटाउन पनि खोज्छ । अत्याचार गर्नमै रमाउ‘ंछ भन्ने जस्ता अत्याचार गर्नेहरूका कुरालाई यहॉं समेटिएको देखिन्छ ।

कस्तो तेलकासा हो यो ? आणविक हतियारमा खेलिने तेलकासा जसले कुनैदिन कुनैबेला हामी र हाम्रो निशान मेटाउने छ । शक्तिशाली राष्ट्र भनाउ‘ंदाहरूले यो यस्तो घटिया खेल खेल्नु हु‘ंदैन भन्दै सिङ्गो पृथ्वीलाई माया गर्नु पर्ने कुराहरू यहॉं देखाइएको छ । कवि आफ्नो छोरीलाई सिपाही कस्तो हुन्छ र उसको काम कर्तव्य के हो भन्ने बारे कवितामा स्पष्ट पार्दै बुझाउने चेष्टा गर्छन् । एउटा सिपाहीमा स्वाभिमान हुन्छ राष्ट्र बचाउने । सिपाही भनेका नै राष्ट्रका पहरेदार हुन् । उनीहरू बिना राष्ट्रलाई गर्ने पहरेदारीको काम अधुरो हुन्छ । उसले नै राष्ट्र बचाउने र हेर्ने काम गर्छ भन्ने जस्ता कुराहरू देखाइएको छ यहॉं ।

अशान्त मौलाएको छ शान्तिको खडेरी परेको छ । अब हामीले अशान्तिको मात्र माला जप्ने होइन । हामी शान्ति प्राप्तिका लागि सिगुरी खेल्न सक्छौ‘ं । लुम्बिनीको आकाशमा गोला बारुद होइन परेवा उडाउन सक्छौ‘ं । मातृभूमिको अस्मितामाथि खेलबाड गर्ने प्रवृत्ति राख्न सक्दैनौ‘ं । वैमनष्यताको बीजारोपण नगर्ने प्रण गर्न सक्छौ‘ं भन्ने जस्ता देशप्रेमी कुराहरूलाई यसरी प्रष्ट पार्न खोजेको देखिन्छ कविले ।

कविले आफ्नो देश मात्र नभएर सम्पूर्ण नेपालीको देशमा हत्या,हिंसा जस्ता कुराहरूले देशको स्थिती दिनानुदिन बिग्रिदै गएको यथार्थ औ‘ंल्याएका छन् । यो देश हाम्रो हो, हिमाल,तराई,पहाड हाम्रो हो । तर आ–आफ्नो अस्तित्वलाई ढाल बनाउ‘ंदै हामी लड्छौ‘ं,भिड्छौ‘ं भने हामी नेपाली भएर बॉंच्नुको कुनै अस्तित्व नै रहन्न भन्ने कविको भनाई बुझिन्छ । राष्ट्र र राष्ट्रियता जोगाउनेपट्टी कसैको पनि ध्यान गएको छैन भन्छन् कवि । यो भन्दा अगाडिको नेपाल कस्तो थियो हाल कसरी चलिरहेछ सम्पूर्णको लेखाजोखा कवि राख्न चाहन्छन् । यस्तै गरी जात विशेषले हामी जे जस्तो भए पनि हामी सम्पूर्ण नेपालीको नशा–नशामा यही देशको रगत बगेको छ । भाइभाइको पीडामा कोही हॉंस्नु हु‘ंदैन भन्ने कुरालाई कविले प्रष्टाएको देखिन्छ । हत्या,हिंसा,आतङ्कले पिरोलिएको देशमा कही‘ं कतै शान्ति भन्ने कुराको अनुभव गर्न नपाउ‘ंदा कविलाई अत्यन्त दुःख लागेका कुरा यसरी व्यक्त गर्न चाहन्छन् ।

मेरो देश नेपाल भएर
बॉंच्न छोडेको छ
मेरो देशले हिमाल भएर
हॉंस्न छोडेको छ
विश्वले
बुद्धको जन्मभूमि भने पनि
वीरको कर्मभूमि भने पनि
आजभोलि यो देशमा
शान्ति एकादेशको कथा भा’छ
‘वीरता’ सबैलाई दुख्ने व्यथा भा’छ ।

(बर्वराउन थालेको छु, पृष्ठ ४८)

यसरी कविको मन दुख्न जानाले नै कविलाई योे देशमा शान्ति पूनः आउनै नसक्ने हो कि भन्ने पनि चिन्ताले सताएको देख्न पाइन्छ । कवि स्वयं आफै कवि भएर पनि म यो देशको नागरिक पनि होइन, कवि पनि होइन भनि दुःख व्यक्त गर्न चाहन्छन् । कविलाई यो देशको अपार माया छ । यो देशका प्रत्येक विषय वस्तुहरूको माया छ । बुद्धको देशमा पनि बन्दुकहरूको होडबाजी हु‘ंदा कता हो कता कविको मन दुःखीरहेको अनुभव गर्न सकिन्छ । यो देश सगरमाथाको देश र बुद्धको देश हो भन्न कविलाई लाज लाग्न थालेको छ ।

कवि अगाडि लेख्छन् यो देशलाई लुट्न चाहनेहरूले धेरै लुटिरहेका छन् । देशलाई चौटाचौटा पार्दै आपसमा भागवण्डा गर्न खोज्दैछन् । यो देश आफ्नै देश नभएर परदेश बनाउन खोजिरहेछन् देश सपार्न चाहनेहरू । यस्तै परदेशीएका छोरालाई आफ्नो देशको हालखबर कविले कविता मार्फत यसरी सुनाउ‘ंछन् ः

बाबु ! म त आफ्नै देशमा छु
त्यसैले केही नभए पनि
सबथोक छ
म त सञ्चै छु यहॉं
तिमीलाई त्यहॉं कस्तो छ ?

(तिमीलाई त्यहॉं कस्तो छ ? पृष्ठ ५७)

यो पीडा हरेक स्वाभिमानी नेपालीको पीडा हो जसलाई कविले सुकोमल ढङ्गले व्यक्त गरेका छन् । कविलाई आश पनि लागेको छ यो देश सप्रिन्छ भन्ने । जस्तो जे भए पनि जसले जे गरे पनि एकदिन हामी सगरमाथाका मान्छे हामीलाई एक हुने मौका मिल्छ र हामी एक भैहाल्छौ भन्ने झिनो आशा कविलाई लागेको देख्न पाइन्छ । हामी एक्काइसौं शताब्दीका मान्छेहरुलाई बारुद र ध‘ुंवाको गन्ध मीठो लाग्छ भन्ने व्यङ्ग पनि कवितामा पाइन्छ ।

विभिन्न किसिमका मानिसमा लाग्ने भोक थरिथरिका देखिन्छन् । कसैलाई पैसा कमाउने भोक छ भने कसैलाई ठूलो विल्डिङ्गमा बस्ने कसैलाई सुन लगाउने भोक छ भने कसैलाई हिरा । हो यो सर्व सत्य कुरा हो कविले भोकलाई सत्यमा परिणत गरिदिएका छन् अहिले यतिखेर । कवि उज्ज्वल जी.सी.का कविताहरू जता पल्टायो त्यतै देशप्रेम र भक्तिभावका बीजहरू छताछुल्ल भई पोखिएको देखिन्छ । आपूm जन्मेको भूमि स्वर्गभन्दा पनि बढी प्यारो हुन्छ । आफ्नो जन्मभूमिका मानिसहरू वीर पराक्रमी र ओजस्वी भएर निस्कनु पर्छ । आफ्नो जन्मेको माटोमा वोधिवृक्ष उमार्नु पर्छ । सोरठी भाकामा नाच्नु पर्छ । त्यसैले अब हामी कॉंतर होइन वीर बलभद्र र अमरसिंहजस्तो भएर आफ्नो राष्ट्र र राष्ट्रियता खातिर लड्नु पर्छ भन्ने कुराको चुरो लगाउन खोजेको यो कविताले प्रष्ट पार्छ ।

उत्सर्गता देखाउनु पनि महानता हो । यहॉ महानताका साथ एउटा मिल्ने साथीलाई उत्सर्गतापूर्वक त्याग गरिएको देखिन्छ । उत्सर्गताले मानिसलाई त्यागी र महान् बनाउ‘ंछ भन्ने पाठ यस कविताले देखाउ‘ंछ । आफ्नो भविष्य उज्ज्वल पार्न देशलाई विज्ञापन बनाउने कपुतहरूलाई जननी माताले एकदिन अवश्य सजाय दिनेछिन् भन्ने विश्वास पनि कविले लिएका छन् ।

हाम्रा आफ्ना मित्रहरूलाई हामीले सदैव पूmल नै सम्झिनु पर्छ कॉंढा होइन । यति सानो र सुन्दर नेपालभित्र रहेर आफ्नो जीवन सुखदुःखस‘ंग यापन गरिरहेका हामीले एक अर्को हाम्रै दाजुभाइलाई भाला प्रहार गरी एक आपसमा चोट पु¥याउने काम गर्नु पटक्कै हु‘ंदैन । त्यसैले जसले जे गरे पनि स्वार्थको अन्धकारभित्र रहेर स्वार्थीमाला उनेर लगाउन खोजियो भने ठूलो भूल हुनेछ र यो क्षमा पाउन पनि त्यति सहज हुने छैन भन्ने यो कवितासङ्ग्रहले प्रष्टाउ‘ंछ ।

घोप्टेभीरका दर्दनाक कथा पीडा र शोकबाट आक्रान्त बन्दै अझै पनि यो घोप्टेभीरले निर्लज्जतापूर्वक सास फेरिरहेका कुराहरू कविले कवितामा जोडेका छन् । भ्रष्टाचारीहले अझ पनि घुस खान छोडेका छैनन् जति जे भए पनि उनीहरू घोप्टेभीरझै‘ं ठिङ्ग उभिएर निर्लज्जतापूर्वक घुस खाइरहेछन् । उनीहरूलाई कुनै कुराको लाज छैन भन्ने अभिव्यक्ति कविले आफ्नो कविताको मीठासपूर्ण भाषामा पाठक समक्ष पस्केका छन् । भ्रष्टाचारी व्यक्तिहरूले आफ्नो कार्यलाई कसरी लुकाएर काम गर्दा रहेछन् भन्ने् कुरा कविले आफ्ना कवितामा झल्काएका ंछन् ।

यस्तै ऑंखाले जन्माएको विज्ञान कस्तो अनौठो र विचित्रको छ । यसले अत्यन्त भयावह डरलाग्दा चिजहरूको आविष्कार गरेको छ भने मान्छेले गर्न नसक्ने काम रोवोट बनी दिएर अति सहजको वातावरण पनि यही विज्ञान मार्फत बन्न पुगेको छ । विज्ञानलाई चमत्कारीको संज्ञा एक तर्फबाट दिन मिल्छ भने अर्को तर्फबाट विनाशकारी पनि । मान्छे जुन ऑंखाले विज्ञानको चमत्कारी देख्छ त्यही ऑंखाले उसले विनाशकारी कुराहरू पनि देख्छ र भोग्छ । त्यसैले समय युग अनुसार अविश्वास गरिएका जोखिम अथवा जोखिमरहित विषयवस्तुहरूलाई सुक्ष्म तरिकाबाट यसको खोज गर्दै निवारणतर्फ उन्मुक्त हुनुपर्छ भन्ने कुरा यस कविताले सिकाइदिन्छ हामीलाई ।

कविले आफ्नो कालो जीवनचक्रको कुरालाई सम्झदै‘ं जीवनमा अलिकता निराश, अलिकता साहस लिएर अगाडि बढ्न सकेका कुरालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्न सफल देखिएका छन् । मान्छेका खुट्टा तान्ने प्रवृत्तिले कविलाई निरास बनाएको छैन तर पनि कहिलेकाही‘ं यसले कताकता मनलाई भने हलचल गराउन देखिन्छ । जस्तो जे भए पनि निरास हुनु हु‘ंदैन निरासताले जीवनलाई कॉंढै कॉंढाका झारीमा धकेलीदिन्छ । त्यसै भएर नै निरास नहुनु र आफ्नो निरासितापन अरुलाई नसुनाएर आफैमा राख्नु अत्यन्त श्रेयस्कर छ भन्ने कविको मनसाय देखिन्छ । कहिलेकाही‘ं पराजयको पाइला पनि बोक्नु पर्छ । पराजयको पाइला बोक्दाको अनुभव पनि हासिल गर्नु पर्छ । विजयले त खुसी र उन्माद ल्याउ‘ंछ यसको कुरै छोडौ‘ं । पराजयको पाइलाले मान्छेलाई अरू सचेत र सजग बनाई हि‘ंडाउन मद्धत गर्छ । अन्धकारभित्र रहेका शुन्य विवेकलाई प्रयोग गर्ने तरिका जानिएन भने पनि अलिकता खिन्नताको वोध हुनसक्छ । त्यसैले पनि यो शब्दजालभित्रको मायावी धूर्ततालाई तोड्ने कोशिस गर्नै पर्छ भन्ने कविको आसय देखिन्छ ।

यसै सिलसिलामा अगाडि बढ्दै जॉंदा यस कवितासङ्ग्रह निरीह समयमाथि को अन्तिम कविताको रुपमा देखा परेको छ लिलामीमा उभ्याउ‘ंदै । यस कविताले आपूmलाई प्रस्तुत गर्ने क्रममा भन्छ– हामी सोझा छौ‘ं, हाम्रो सोझोपनलाई लिलामी बनाइदैछ, हामीलाई विखण्डनको अग्लो भीरबाट धकेलिदैछ । हामीलाई विखण्डन तर्फ धकेल्ने राक्षसीहरूले शान्ति र स्वतन्त्रको विगुल फुक्दै दास बनाउन खोजिरहेका छन् । यी पाखण्डीहरूले यस्ता कुटिलता हामीमाथि प्रयोग गरे पनि हामीले आफ्नो नैतिकता नगुमाउने प्रण गर्दै वीर हुनुको नाताले जस्तो अप्ठ्यारोमा पनि आफ्नोपन टिकाउनका लागि रगतको ऑंसु पिउन तयार हुनुपर्छ भन्ने कुराका जोशिला वाक्यांसहरू प्रयोग गर्दै कविले कवितालाई अगाडि बढाउने प्रयास गरेका छन् ।

कवि अगाडि लेख्छन् – हामीलाई यो देश टुक्रा–टुक्रा पारी अंशवण्डा गर्न मन छैन । हामी जे जती जस्तो परिस्थिति जस्तो रितीरिवाज जस्तो चालचलन एवम् संस्कृति र धर्म भए पनि हामी सम्पूर्ण हिजो जसरी अटाएका थियौ‘ं त्यसरी नै बस्छौ‘ं । हे निरीहहरू हो ! हामीलाई टुक्रा–टुक्रा पारी छिन्नभिन्न गर्न नखोज । यो राष्ट्रलाई तिमीहरूले लिलाममा उतार्न मात्र खोजेर उतारिने छैन । यसको पछाडि हाम्रो शक्ति ठूलो छ । तिमीहरू गोमन बनेर हामीलाई तर्साउन होइन तर हामी करेत बनी तिमीहरूलाई नै तर्साउने छौ‘ं, होस गर तिमीहरूको मात्र होइन यो राष्ट्र, यो राष्ट्रलाई सपार्ने हाम्रो पनि उत्तिकै भूमिका रहेको हुन्छ । बुझेर मात्र अगाडि बढ्ने गर नत्र भने तिम्रा स्वाभिमान गुम्नेछ भन्ने जस्ता जोशिला कुराहरूले भरेर यो कवितासङ्ग्रहको अन्तिम टुङ्गो कविले लगाई दिएका छन् ।

समग्ररुपमा यो कवितासङ्ग्रह निरीह समयमाथि लाई स्पष्ट साथ भन्नु पर्दा यो सङ्ग्रहमा देश प्रेमले भरिएका अत्यन्त मीठा मनै छुने कविताहरु छन् । कविले आफ्ना पोखिन खोजेका मनहरुलाई यो सङ्ग्रहभित्र अटाएर राखेका छन् । कविमा त्यस्तो उर्जा (देशप्रेमको उर्जा) छ कविलाई आफ्नो मायाभन्दा देशको माया लागेको छ । कविले जस्तै देशलाई माया गर्न सबै नेपालीले जान्नु पर्छ । हामी समस्त नेपालीहरुले यसरी देशलाई माया गर्न जान्यौं भने मात्र हामी यो देशका सपुत हौं भन्ने कुरा प्रष्ट हुन सक्छ ।

कविले यस कवितासङ्ग्रहमा क्षेत्रीयले गर्नु पर्ने काम कर्तव्य र अधिकारको प्रयोग गरेका छन् । तर वास्तवमा हामी सम्पूर्ण नेपालीको देशप्रेमप्रतिको आवाज एउटै हुनु पर्छ, एउटै आवाज गुञ्जियो भने देशप्रेमको अगाध माया हरेकको मन मनमा छचल्किएर आउ‘ंछ । कवि उज्ज्वल जी.सी.का कवितामा कवि होइन राष्ट्रियता बोलेको छ राष्ट्रप्रेम पोखिएको छ । समस्त नेपाली एक हुनै पर्छ भन्ने भावना उद्गार गरिएको छ । एउटा नेपाली भएर देशप्रेमको पाठ पढ्न सक्दैन भने नेपाली भएर बॉंच्नुको सार नै रहेन भनि भन्न खोजिएको छ । कवि जी.सी.ले जस्तै अन्य कविहरू मार्फत देशप्रेमका भावना सल्बलाएका कविताहरू आजको समयमा जन्मनु पर्छं नेपाली बन्नका लागि, नेपाल बचाउनका लागि ।

आपूm जन्मिएको देशलाई कविले छताछुल्ल माया गरेका छन् । राष्ट्र र राष्ट्रियताप्रति चासो देखाउ‘ंदै लेखिएका कविताहरूबाट नै यो कुरा स्पष्ट हुन्छ कि कविको माया देशप्रेमप्रति अगाध छ भन्ने कुरा । कविले लेखेका देशप्रेमी कविताहरू स्वयम् कवि बनेका छन् । कवि कविता हैन कविता कवि बनि हरेकको मन–मस्तिष्क छुने गरि पोखिएका छन् । यसरी पोखिएका कविताहरूमा भावहरू मार्मिक छन् । कवि आफ्नो देशप्रेमलाई थाती राख्ने सिलसिलामा आफ्नो धर्म र मर्मको जोहो समेत गरी प्रस्तुत भएका छन् ।

कवि हरेक बन्न सक्छन् तर हरेक व्यक्ति कवि बन्न सक्दैनन् । त्यसैले पनि कविद्वारा श्रृजना गरिएका कविताहरूमा भाव हुन्छ मर्म हुन्छ र ऑंसु वेदनाका साथ देशप्रेमी भावना पनि छचल्किएको हुन्छ । कवि जी.सी.लाई यो कवितासङ्ग्रह पढ्दा मैले जे देखे‘ं त्यही हुवहु लेख्ने प्रयास गरेको छु । तर यो मेरो ऑंखाले कविलाई देखेको र मेरो मनले जान्न खोजेको विषयवस्तु मात्र हो । कवि जी.सी.का बारेमा ककस्ले के कति लेखे भन्ने विषयवस्तु मेरो होइन । मैले त मेरो नजरमा रहेका प्रतिभाशाली कवि उज्ज्वल जी.सी.का बारेमा र उनीद्वारा लेखिएका निरीह समयमाथि का कविताहरूको टिकाटिप्पणी गर्नु मात्र हो ।

अन्त्यमा नेपाली साहित्यिक क्षेत्रका एक उज्ज्वल नक्षत्रका रुपमा स्थापित भइसकेका जी.सी.का शक्तिशाली अन्य कृतिहरू पुनः पढ्न पाइयोस् भन्ने कामना गर्दै बिदा लिन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 भाद्र, 2068

लेखकका अन्य रचनाहरु