गजल

- ऋषि बस्ताकोटी

बेला बित्यो, बल्ल बुझ्यौ, कुदेर के गर्नु,
हसाउदै दुनिया यो, जुधेर के गर्नु !
 
न त मानो न भो छानो, तिम्रै भर पर्दा,
तिम्रो  पछि हिउँद-वर्षे रुझेर के गर्नु !
 
समय हो कर्म गर्ने, समय नै पुज्ने,
घर्काऊँदै समय त्यो, बुझेर के गर्नु !
 
म्याद नाघ्या’ औषधिले विष लाग्छ भन्छन-
जानी जानी त्यही विष पुजेर के गर्नु !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2068

लेखकका अन्य रचनाहरु