साहित्यकार डा. वानीरा गिरिसँग कुराकानी

- श्रीओम श्रेष्ठ "रोदन"

जीवनको अधिकांश समय साहित्य साधनामा समर्पित स्रष्टा हुनुहुन्छ, डा. वानीरा गिरि । उहाँ नेपाली साहित्यमा वरिष्ठ कवयित्रीका रूपमा स्थापित र सम्मानित हुनुहुन्छ । कविताका साथै उपन्यास र निबन्ध विधामा पनि आफ्नो काव्यिक विशिष्टता प्रकट गरिसक्नुभएको छ उहाँले । आफ्नो सिर्जना र साधनामा विश्वस्त डा. वानीरा गिरिले पहिलो पटक लेख्नुभएको कविता नै लोकपि्रय भएर सात ठाउँबाट प्रकाशित भएको थियो ।

'गोपालप्रसाद रिमालको कवितामा स्वच्छन्दतावाद' विषयमा विद्यावारिधि गरेर उहाँ नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारीस्रष्टा हुनु भएको छ ।

सन् १९४६ अपि्रलमा दार्जिलिङको खरसाङमा जन्मनुभएकी डा. गिरि साहित्यिक सिर्जनाका साथै स्पष्ट विचार र व्यवहारका पनि धनी हुनुहुन्छ । उहाँले व्यक्तिगतरूपमा गर्नुभएको विदेश भ्रमणबाहेक रुस, अमेरिका, जापान, भारत र फ्रान्सका विभिन्न सहरमा भएका अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा पनि नेपालको तर्फबाट सहभागी हुनुभएको छ ।

हालसम्म उहाँका 'एउटा एउटा जिउँदो जङ्गबहादुर, जीवन थाय्ः मरु, मेरो आविष्कार कवितासङ्ग्रह, कारागार, निर्बन्ध र शब्दातीत शान्तनु उपन्यास र पर्वतको अर्को नाम पार्वती -निबन्धसङ्ग्रह), उहाँको त्जभ एचष्कयल, mथ म्ष्कअयखभचथ, ाचom तजभ बिपभ, यिखभ र ाचom तजभ यतजभचबिलम जस्ता अङ्ग्रेजी पुस्तकहरू पनि प्रकाशित छन् ।

वि.सं. २०६८ देखि प्रत्येक वर्ष प्रदान गर्दै आएको मधुपर्क सम्मान-२०५९ बाट डा. वानीरा गिरि सम्मानित हुनुहुन्छ ।

1)तपाईंको सिर्जना यात्रा कसरी सुरु भएको थियो ?

मैले कक्षा २ मा पढ्दा 'वषर्ा' शीर्षकमा कविता लेखेको थिएँ स्कुलमै । त्यो कविता हेरेपछि शिक्षकहरूले सानो बच्चाले लेखेको भए पनि कवितामा प्राण छ भनेर चर्चा गरेका थिए । पछि सेन्ट जोसेफ स्कुलमा पढ्दा साहित्यप्रति निकैआकषिर्त भैसकेको थिएँ । त्यही कक्षा ८ मा पढ्दा 'मुटु' भन्ने हस्तलिखित पत्रिका निकाले । पत्रिका निकालेपछि मैले धेरै माया पाएँ, अरूले ल्याएका खाजासमेत मलाई खुवाउँथे । यसरी नै थाहै नपाइकन मेरो नियतिले मलाई साहित्यिक यात्रा गराएको थियो ।

2)रचना चाहिँ कहिले छापिएको थियो ?

सम्भवतः म १० कक्षामा पढ्दै गर्दा 'एउटा फूलको जिन्दगी' शीर्षकको कविता लेखेँ । यो कविता दार्जिलिङबाट निस्कने 'दियो' वा कुनै पत्रिकामा प्रकाशित भएको थियो । त्यही कविता आसाम, बनारसका स्थानीय पत्रिकालगायत सात ठाउँका अन्य पत्रिकामा साभार गरेर छापिएको थियो । मैले जीवनमा पहिलोपटक छापिएको कविताले नै धेरै चर्चा पाएकी थिएँ ।

3)अभिव्यक्तिका लागि कविता र उपन्यासमध्ये कुन बढी सहज ठान्नुहुन्छ ?

उस्तै हो । म कविता र उपन्यास दुवै एकै प्रकारले लेख्छु । त्यसैले मेरा तीनवटै उपन्यासहरूलाई काव्यान्यास हुन् भनेर भनेका छन् । मेरा उपन्यास पनि काव्यसरह नै हुन् । अहिले प्रकाशन भएको 'पर्वतको अर्को नाम पार्वती' निबन्धसङ्ग्रहलाई पनि कविताजस्तै भन्न थालिसकेका छन् ।

4)तपाईं आफू चाहिँ कुन विधालाई पि्रय ठान्नु हुन्छ ?

म आफ्नो रचनालाई छोराछोरीजस्तै ठान्छु, आˆनो सन्तानमध्ये कुनलाई राम्रो, कुनलाई नराम्रो भनेर कसरी छुट्याउनु ?

5)पाठकीय दृष्टिले नि ?

कवितालाई जस्तै गरेर पाठकले उपन्यासलाई पनि मन पराएका छन् । प्रशंसा पनि शालिन गर्छन् ।

6)आफूलाई चाहिँ के लाग्छ नि ?

मेरा कविताका पृष्ठभूमि र कारण छन् । त्यतिकै कविता लेख्ने मान्छे होइन, त्यसैले मलाई मेरो लेखनको हाइट छ भन्ने महसुस छ किनभने पाठक सचेत छन् र मूल्याङ्कन गरिरहेकै हुन्छन् भन्ने लाग्छ ।

7)नेपाली साहित्यमा पहिलोपटक विद्यावारिधि गर्न कसरी आकषिर्त हुनु भएको थियो ?

नेपाली साहित्यमा विद्यावारिधि गर्ने म नेपालको मात्र नभएर विश्वकै पहिलो नारी हुँ । किनभने नेपाली साहित्यको अध्यापन नेपालमा मात्र नभएर भारतको बनारस, अक्सफोर्डलगायत अन्य विश्वविद्यालयहरूमा पनि हुन्छन् । ती विश्वविद्यालयबाट पनि कसैले पीएचडी नगर्दै सबैभन्दा पहिला मैले नै गरेकी थिएँ ।

मेरो सानैदेखिको साहित्यप्रतिको प्रेमले गर्दा साहित्यमा नै पीएचडी गर्न आकषिर्त भएकी थिएँ । अर्को कुरा म गोपालप्रसाद रिमाललाई अत्यन्त मन पराउँछु । यदि पूर्वजन्म थियो भने मेरो रिमालसँग पक्कै कुनै सम्बन्ध थियो होला । किनभने रिमालको कविता पढ्दा मैले नरोएको दिन हुँदैन । त्यसैले मैले 'गोपालप्रसाद रिमालको कवितामा स्वच्छन्दतावाद' विषयमा नै पीएचडी गरेकी थिएँ ।

8)पीएचडीको परिणामको विषयमा शक्ति प्रयोग गर्नु भएको भनिन्छ नि ?

कहाँबाट कसरी शक्ति प्रयोग गर्नु ? यतिसम्म त मैले सुनेकी थिइनँ तर केही कथित विद्वान्हरूले मेरो पीएचडीलाई केही पनि होइन भनेर भनेको चाहिँ सुनेकी थिएँ । मेरो पुस्तक अङ्ग्रेजीमा अनुवाद गर्‍यो भनेर मञ्जुश्रीसँग रिसाउने पनि थिए रे । यस्ता हावादारी विषयमा कसले के भन्छ भनेर पछाडि लागेको भए आज वानीरा, वानीरा हुने थिइन । हेर्नुस्, म फाइटर होइन, राइटर मात्र हुँ ।

9)साहित्यिक सभा-समारोहमा जाने गर्नुहुन्न किन ?

कुनै विशेष कारण छैन । म नियतिले लेखक बनेकी मान्छे हुँ । म सधैँ लेखक नै भएर बाँच्न चाहन्छु । त्यसैले एक्लै बस्छु । मेरो साथी म नै हुँ ।

10)अहिले सिर्जनाले भन्दा सक्रियताले प्रभावकारी हुने गरेको समयमा तपाईंको निष्त्रिmयताले हानी पुर्‍याउला नि ?

ठीकै छ, मलाई कुनै अर्थ राख्दैन । लेखकको सबैभन्दा ठूलो कुरा लेखन र अध्ययन नै हो । अरूले प्रभावकारी बन्नेहरू क्षणिक हुन्छन्, स्थायी बन्न सक्दैनन् । कार्यक्रमहरूमा नगएकै कारण हानी पुर्‍याएछ भने म स्वीकार गर्छु । आखिर मलाई के चाहिँ लिनु छ र ?

11)पुरस्कार/सम्मानमा त फरक परेकै होला ?

होस् न त । त्यो भएर के हुन्छ र नभएर के चाहिँ भएको छ र ? झण्डा उचालेर, डण्डा खाएर मलाई कहीँ पुग्नु छैन । कविहरूले जे सत्य छ, त्यही बोल्न सक्नुपर्छ । कसैको झण्डामुनि बसेर सत्य लेख्न नसक्ने कसरी कवि हुन सक्छन् ?

12)स्वदेशमा सक्रिय नभए पनि विदेशी कार्यक्रममा त सक्रिय हुनुहुन्छ ?

नेपालमा मैले जिन्दगी दिएँ तर नेपालले मलाई चिनेन तर विदेशीहरूले चिनेका छन् बरु । उनीहरू सबै सुविधा दिएर डाक्छन् अनि किन नजानु ? म कहिले पनि निम्तोको पछाडि लागेकी छैन, निम्ताहरू नै मेरो पछि लागेका हुन् । हेर्नुस्, वानीराले केही खोज्दिँन, वानीरालाई नै खोज्दै आउँछन् ।

13)तपाईं आफ्नो थरलाई किन प्रचलितभन्दा फरक 'गिरि' लेख्नुहुन्छ ?

यसको ठूलो कारण छ । मैले लेख्ने गरेको 'गिरि' ले पर्वतलाई बुझाउँछ । म सन्न्यासी परिवारबाट आएकी भए पनि 'गिरी' जातलाई म मान्दिनँ ।

कुनै समय हिन्दू धर्ममा भएको अन्याय, अत्याचार र कट्टरताले गर्दा धेरै हिन्दूहरू अन्यत्र लागेका थिए । त्यसपछि हिन्दूधर्मको पुनरुत्थानका लागि शङ्कराचार्यले 'यदि तिमीहरू साँचो सन्न्यासी हौ र हिन्दू हौं भने सबै कुरा छोडेर मसँग हिँड' भनेर लैजानु भयो ।

एकथरीलाई गिरिराज हिमालतिर जान भन्नुभयो र तिनीहरू 'गिरी' भए । अर्काथरीलाई भारत वर्षमा बस्न भन्नुभयो र तिनीहरू 'भारती' भए र दसनामीहरूलाई जगन्नाथपुरी जान भन्नुभयो र उनीहरू 'पुरी' भए । यस अर्थमा हामी 'गिरी' नभएर 'गिरि' नै हौँ ।

14)तर एक्लो वृहस्पतिजस्तो हुनुभयो नि ?

केही छैन । यसलाई पनि म मेरो नियति नै ठान्छु तर मैले लेख्न थालेपछि प्रदीप गिरी र अरूले पनि लेख्न थालेका छन् ।

15)अहिलेको युवापुस्ताको लेखनलाई कसरी हेरिरहनु भएको छ ?

अहिलेको युग युवाहरूकै युग हो । उनीहरूको लेखन शक्तिशाली छ । अहिले युवाहरूले भोगिरहेको कुरा हामी हेरी मात्र रहेका छौँ । युवाहरूबाट हामीले के पाउछौँ, त्यो लिने हो । हामीबाट उनीहरूले के पाउँछन् त्यो दिने हो । यसबाट लेखनमा अनुभवको एक्सचेन्ज पनि हुन्छ ।

16)नेपाली साहित्यमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म एकदमै सन्तुष्ट छु । किनभने मलाई बुझ्नेहरू पनि प्रशस्त छन् । मेरो रचनालाई सम्मान गर्नेहरू पनि छन् । देशविदेशबाट खोजीखोजी आउनेहरू पनि छन् । म खुसी छु । म जे छु जे पाइरहेको छु त्यो भन्दा बढी के हुनु छ र ?

17)भविष्यमा कुनै विशेष लेखनको योजना छ कि ?

मेरो अटोबायोग्राफीलाई विशेषरूपमा नै लेख्छु भन्ने सोचेकी छु । केही जिम्मेवारीहरू सकिएपछि लेख्न थाल्छु । त्यसैले जीवनका प्रत्येक घटनाका विवरणसहित तिथिमिति टिपिरहेकी छु । मेरो अटोबायोग्राफी कतिपय स्थापित पात्रहरू जिउँदो हुँदै छाप्न चाहन्छु । मरेपछि कसैले जवाफ दिइरहनु पर्दैन तर म मरेँ भने तिनीहरू बाँच्न पनि सक्लान् ।
मधुपर्कबाट

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 श्रावण, 2068

लेखकका अन्य रचनाहरु