एउटी पूर्व छापामारसँग एकदिन

- गोपाल झापाली

मिति: २०६७ भदौ ६
समय: बिहान साढे ७ बजे
स्थान: किरा“त, कोचिला, मधेष, लिम्बूवान, सिरिजङ्गा, मिथिला–भोजपुरा–कोच–मधेस ????
(दमक,झापा)
पुनर्नाम, पुनर्संरचना जे भने पनि ओथ्रा बसेको देशको एउटा कुनोलाई चिनाउन मलाई यस्तै लेख्न मन लाग्यो, जे पर्ला पर्ला ।

अघिल्लो दिनको ह्याङ् ओभरको लिसो टाउकाबाट पखालिएकै थिएन । कवि प्रकाश आङ्देम्बेको फोन आयो । सोझै हाम्रा पनि दिन आउ“छन नि, उताको आवाज । उनले दुई दिन अघि ग्यान्टोकमा छु भनेर ‘फेसबुकमा’ लेखेका थिए ,मैले हाम्रा पनि दिन आउ“छन् नि भनेर ‘कमेन्ट’ गरेको थिए“ । त्यसैको जवाफ फर्काए उनले । उनले निम्ताको शैलिमा भने ‘छापामार युवतीको डायरी लेख्ने तारा बैनी आको छिन, अहिले शरणार्थी शिविरमा कार्याक्रम छ आउ है । ’ हुन्छ भने तर ह्याङ् ओभरले टाउको उठाउन सकेको थिईन । ‘अजितजी कति बज्यो ?’ भुईमा बसेर मुला गिंडि रहेका उनले भने ‘ आठ बज्न लाग्यो,के जानु पर्ने भो ।’ अजित उनै थिए , जो स“ग हिजो राति अबर सम्म राजनीतिक आस्थाका बारेमा रस्साकस्सि परेको थियो । उनि भन्थे‘ हामी आदीबासी जनजातीहरुलाई उपेक्षा गर्ने एकात्मकबादी सोचका बिरुद्ध पहिले जातिय मुक्ति आवश्यक छ ।’ मेरो प्रतिवाद ‘ जो उपेक्षित भयौं भन्छन, भन्नुहुन्छ त्यहि जाति भित्रका केहि पात्र अझै पनि आफ्नै नश्लको शिकारमा मस्त छन जसरि पोखरीको ठुलो माछो साना माछाका आहारमा उघ्राई रहन्छ । त्यसैले वर्गिय मुक्ति पहिले ठान्छु म त ।’ अजित त्यहि पात्र पनि हुन् जो मलाई बेला बेला ‘नन्पेईङ् गेस्टका’े रुपमा वारम्बार पालिरहन्छन । म हिजो अवेर राति एउटा त्यस्तै भोजबाट उनकोमा पालिन आएको थिए । संयोग, त्यहि सिद्धान्त अर्थात बर्गिय मुक्ति आन्दोलनको भुङ्ग्रोमा पसेर निस्किएकी एउटी पुर्व छापामारलाई आज बिहानै भेट्ने मौका मिल्यो ।

***
आङ्देम्बेको अस्थाई निवाशको केहि उत्तर एउटा सानो रातो जिप उभिई रहेको थियो । शरणार्थी श्रष्टा याम थुलुङले त्यहि रातो जिपमा तारा राई लगायत रहेको सङ्केत गरे । सायद त्यो जिपको रङ्ग ताराको क्रान्ति स“ग मिल्नु संयोग मात्र पनि हुन सक्छ तर मलाई ‘सुट’ मिलाए जस्तो लाग्यो । पुग्न साथ आङ्देम्बेले तारालाई म तिर औल्याउ“दै भने‘ तारा उ झापाली दाई ।’ अनि मलाई गढेर भने‘ मैले तिम्रो वारेमा उसलाई सबै भनेको छु । ’ उनले के भने उनै जानुन् तर तारा बहिनीले जम्लाहात गरेर अभिवादन फर्काईन र भनिन्‘ए झापाली दाइ तपाई, मलाई प्रकाश दाइले भन्नु भएको थियो । ’ गायिका बहिनी तुलसा आङ्देम्बे, श्रष्टा अशोक बस्नेत म अनि आङ्देम्बे सहित जिप उत्तर हानियो । ताराको पुस्तकले छोटो समयमानैं पाएको लोकप्रियता बारे मैले उनलाई बधाई दिंदा उनि मख्ख परिन । वास्तविकता खासमा त्यहि पनि थियो । बेलडा“गी रोड हु“दै जिप बतियो । पुराना गायक लक्ष्मीप्रसाद जोशीको घर चिनाउ“दै उभै लागियो । ओल्लो खोलो ,पल्लो खोलो गाउने गायक जोशी अहिले दमकको फाल्गुनन्द चोकमा सानो दोकान राखेर अवकाश खा“दैछन् । खासमा उनको घर चिनाउनु तारालाईनै थियो । बा“कि त रैथाने ।

दुई दिन अघि स्थानिय विकाश मन्त्रि पूर्णकुमार शेर्माले दमक नजिकैको गा“उ लखनपुर आएर भनेका थिए– स्थानिय विकाश मन्त्रालयको कार्य सम्पादन मुल्याङ्कनका आधारमा दमक यो वर्ष पहिलो भएको छ । बेलडा“गी रोडको हविगत हेर्दा त्यो साच्चिकै होईन कि गाईजात्राको ३ दिन अगाडिनै दिएको गाईजात्रे किस्सा पो होकि भन्ने भान हुन्थ्यो ।

सम्भवतः टाउकोमा रातो फेटा बा“धेकी ठिटी पहिलो पटक भेट हु“दा कस्सिलो हात मिलाएर ‘म तारा राई’ भन्दी हो । ‘हाम्रो महान क्रान्तिमा तपाई सञ्चारकर्मी कमरेडहरुले सा“च्चै सहयोग पुर्याउनु भएकै हो तर कहिले का“हि राज्य सत्ताको आडमा नचाहिदा आरोप चा“हि ब्यर्थै लाउनु भो है । ’ भनेर गुनासो गर्दि हो । वाक्यै पिच्दे माओ माक्र्सका भनाई ‘कोट’ गरेर तर्क गर्दि हो भन्ने मेरो काल्पनिक चित्र एउटी छामापार प्रतिको त्यति खेर च्यात्चुत् भयो ,जुन बेला म धिमा स्वरमा बारम्बार ‘दाजु’ भनेर सम्भोधित हु“दै बेलडा“गीको भुटानी शरणार्थी शिविरका छाप्राहरु नियाल्दै युवा मैत्री भवन पुगें ।

***

मेरो लागि भुटानी शरणार्थी कुनै नौलो होईन । त्यहा“ केहि नया“ पाउने त्यस्तो उत्पाती उत्कण्ठा पनि केहि थिए । तर केहि समययता जति पल्ट शिविर पुग्छु ,त्यतिनै न्यास्रो लाग्छ । पुराना दौतरीहरु धमाधम तेश्रो मुलुक पुनस्र्थापित हुनथाले पछि प्रत्येक यात्रामा नया“ साथी बनाउनै पर्छ,नत्र पुनः आउ“दा पुरानो चिनारु साथी हुने कुनै टुङ्गो हुदैन थियो ।

शरणार्थी अगुवा युवाहरुको उत्साह अनि आतिथ्यताले त्यो मैत्री भवन साच्चै रोमाञ्चित भयो । आत्मिय मित्र जितेन मुस्कानको समुस्कान अभिवादन ,ओहो....................। एउटा तालिम समापनको छेक । लामबद्ध अतिथी भईयो–तारा ,प्रकाश,म,डिकेश लामा,अशोक अनि तुलसा । कार्याक्रमको उतरार्धमा दमकबाट पुगेका पत्रकार दाइ गोपाल गड्तौला पनि । उनि शरणार्थी ‘बिट’मा लामो समय देखि कृयाशिल पत्रकार हुन् । डिकेश त्यहि हो, जो कहिले शरणार्थी ब्यथालाई उनेर टुक्रिएको मुटु नामको चलचित्र बनाउ“छ, कहिले स्थानिय रेडियामा शरणार्थी डायरी कार्याक्रममा शरणार्थींका बिलौना पस्कन्छ । त्यसैले उनि शरणार्थीहरुका लागि पाहुना थिएन,घरैको मान्छे । त्यहा“ तारानै ‘सेलिब्रेटी’ भईन । उनले युद्धले कसैको जित गर्दैन, हतियारको उन्माद घातक हुन्छ भन्दै युद्धकालिन अनुभव सहितको मन्तब्य अनि शरणार्थी शिविरको पहिलो यात्राको मिठास र तेश्रो देश पुगे पनि नेपालीपन लाई नभुल्न गरेको आग्रह हाम्रा भाषण भन्दा शक्तिशालि बने । तुलसाको गीतले वारम्बार ‘वान्स मोर’ पाउ“दा उनको कालो निलो अनुहार हेर्न लायक हु“दै थियो ।

शरणार्थी महिलाहरुले ढाका टोपि बुनेका, बृद्धहरुको झुण्ड बातचितमा मस्त, मसिना नानीहरु धुलाम्यै भएर सिन्का लुकाई खेलिरहेका अनि कतै च्यादर बा“धेर धारामा यौवन पखाल्न पिंडुला मिचि रहेका खै के के हुन्, के के । भरसक ति सबै दृश्य आङ्देम्बेले खिच्दै थिए, कतै सोधेर ,कतै लुकेर । ‘छापामार युवती’ सानो भुरोझै बनेर देखिए भरिका दृश्यबारे जिज्ञासा राख्थिन । जितेन, म, आङ्देम्बे पालै पालो उनको जिज्ञासा मेट्न कोशिस गथ्र्यौं । उनि त एउटी पुर्व लडाकु तर म उनमा कमरेड रोजा लग्जेम्बर्गको कुनै झल्को देख्दिन थि“ए । सा“च्चि, अचेल त लेखिका भन्नु हु“दैन भन्छन । डाक्टर प्रकाश भए जस्तै डाक्टर गीता हुन्छ, डाक्टरनी गीता हु“दैन । पत्रकार शिशिर भए जस्तै पत्रकार उर्मिला हुन्छ, पत्रकारनी उर्मिला हु“दैन । त्यसै गरि लेखक प्रविण भए जस्तै लेखक तारा हुन्छ, लेखिका तारा हु“दैन । चाहे जे होस, उनि कृति लेखनका लागि ‘प्लट’ खोज्दै थिईन होला तर म चा“हि छापामार र पूर्वछापामार बिचको फरक खुट्याउने जुक्तिमा थिए“ ।

अलिक तल आए पछि शिविर भित्रको वाल संरक्षण गृह पस्न सवैले रहर गरे । खासतः तिनै पुर्व छापामारलाई जीवन खोजीका उदाहरणहरु देखाउन खोज्यौ हामीले । वरिपरि वारेको सानो घर । मुल ढोकाबाट संकेत गरेपछि हामीलाई पस्न अनुमती मिल्यो । छिर्न साथ एक हुल स–साना नानीहरुको तिख्खर स्वरमा नमस्तेले मलाई कच्याककुचुक पार्यो, अरुलाई चा“हि खै के बनायो । वरिपरि झुम्मिएका नानीहरुस“ग एक एक गरि कुराकानी भयो ।
कुराकानीको क्रमः
पहिलो पात्र स“ग–‘नानी तिम्रो नाम के हो ?’
पहिलो पात्रः ‘ हर्के ।’
पुनः म– ‘ कति वर्षको भयौ ?’
लाडे लाडे स्वरमा भन्यो ‘बाह्र ।’
फेरि अर्को जिज्ञासा उ प्रति,‘तिमी कसरी यहा“ आयौ ?’
उसले धारा प्रवाह दियो ‘ मेरो आमा पोईला अर्कै मानछेस“ग जानु भयो कि अनि बुवाले मिनेको आमालाई पोईला लिएर जानु भयो । अनि, अनि (लामो स्वास लिएर) म एक्लै भए अनि यहा“ ल्याएर राखेको मलाई । चार महिना हुन आ“ट्यो ।’

दोश्रो पात्र स“ग–‘नानी तिम्रो नाम के हो ?’
पहिलो पात्रः ‘ मीना ।’
उसै गरि पुनः म– ‘ कति वर्षको भयौ ?’
भु“ईमा खुट्टाले खोस्रदै भनिन्– ‘बाह्र ।’
फेरि अर्को जिज्ञासा उनी प्रति,‘तिमी कसरी यहा“ आयौ ?’

फाट्न थालेको पुरानो जामा टोक्दै उनले अन्काउन भनिन् ‘ मेरो आमा हर्केको बुवास“ग पोईला जानु भयो, अनि बुवाले अर्को आमा ल्याउनुभयो । मलाई हेर्ने कोहि भएन, अनि सरहरुले यहा“ ल्याएर राख्नु भएको ।’
***
यहा“ अर्थात वालगृहमा यस्ता धेरै पात्र थिए, जसका बुवा आमा एकले अर्काका स“ग बिवाह गरेका थिए । उनिहरुकै भाषामा कोहि ‘मतुवा’ थिए । अनि उनिहरु क्रमिक एक्लिंदै थिए आफन्तबाट र यहा“ उस्तै घाउ भएकाहरु एकले अर्काको पिप पुछ्दै बसेका थिए । फेरि अर्को दुखेसो, यहा“ बसेका

मध्ये अलिक उमेर पुगेकाहरु तेश्रो मुुलुक पुनस्र्थापना कार्याक्रम अन्तर्गत अमेरीका,क्यानाडा,अष्ट्रेलिया तिर जान सामल तुमल पनि कस्दै थिए । लाग्यो, तिनका वा, आमाका लागि आफ्नै देश पनि वैरी भयो । उनिहरुलाई जम्माउने बुवा ,आमा पनि आफन्त भएनन् । साथ खोज्दै वालगृह आए । त्यहा“का आफन्त पनि दिगो भएनन् । फेरि त्यहा“बाट बिराना देश जा“दै छन् ।

खै त्यहा“का आफन्त चाहि कतिको डेगिला हुने हुन,केहि पत्तो छैन ।

यि सवै दृश्यका अगाडि, कुनै बेला संसारनै उलट – पुलट पार्ने उम्लिएको खुन बोकेकी एउटी पुर्व छापामारका आ“खा साउनको आकाश भन्दा कम थिएनन् । कुनै वेलाकी कठोर कमरेड ताराको मनमा सौम्यताको सगरमाथा छ कि भनेर अनुमान गर्न बाहेक म के गर्न सक्थें र ।

कुनै दिन बन्दुकको नालबाट समुन्नतीको बिहान जन्माउने उभार बोकेकी एउटी किशोरी ‘मिलिशिया’को मन खै कस्ले के गरि पखालिदियो ? उनि अचेल कलमबाट चेतनाका भु्रण जन्माउन थालेकी छिन । गोलीका पर्राले झमभमाएको उनका कानहरुलाई तिनको सम्झना पनि कर्कस लाग्छ रे । उनका तत्कालिन आस्थाका स्वयम्भू कसरि तिरस्कृत भए उनबाट मैले उत्तर पाउन सकिन । हिजो सुराकी, सामन्त वा अरु अरु आरोपमा सफायका दण्ड कार्यान्वयन गर्न उत्रने उनको हृदय अचेल उदेकलाग्दो गरि मृदुल भएको रहेछ । देशनै रुपान्तरणको उभार बोकेको उनको मननैं रुपान्तरण गर्न सक्ने शक्ति के होला ?

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 4 श्रावण, 2068

लेखकका अन्य रचनाहरु